मैले गोविन्दभटृ र केवलपुरे किसान दुवैजनालार्इ स्व. जनक प्रसाद हुमागार्इ मार्फत नै चिनेको हुं । जनकदाइसंग जव मेरेा हिमचिम सम्पर्क वढ्रयो तव देखि म साहित्यिक कार्यक्रमहरू वढी लाग्न थाले । साहित्यिक पत्र पत्रिका किन्ने पढ्ने गर्न थाले । पढ्दै जांदा मलार्इ गोविन्द भटृज्यूका लेख रचनाहरू साह्रै मन छुने यथार्थ लाग्न थाल्येा । मैले टाइप राम्ररी गर्न जानेको हुनाले जनकजीका कति लेख रचनाहरू मलाइर् टाइप गर्न दिनु हुन्थ्येा । जागिरको सिलिसलामा हरीहर भवनमा तालीममा जंदा मैले पहिलो पटक हरिहरभवन भित्र रहेको रास्टी्य पुस्तकालय देखेको हुं । त्यसैताका श्रृड०खला पत्रिकामा पनि सहयोग गदर्थे । जसमा मेरो नाम जीसी कार्की उल्लेख थियो । गोकुल जोशी वारे मैले त्यही पत्रिकामा सहयोग गर्दा जनकदाइवाट थाहा लागेको थियो । त्यस पुस्तकालयमा मैले गोकुल जेाशीको सिमानाको दीप नामक पुस्तक पाए । त्यो पुस्तक पाए पछि मैले तालीम छेाडेर २। ३ दिनसम्म त्यही पुस्तक देाहेार्रयार्इ तेहराइ पढे । अनी सींगै पुस्तक टाइप गरी मैले त्यसलार्इ पुस्तकाकारको रूपमा तैयार पारी विभिन्न व्यक्तिलार्इ पढ्रन दिए । यो ०३७ तिरको कुरो हो । मैले पाएको त्येा पुस्तक २०१५ सालमा प्रकाशित भएको थियो । त्यसका प्रकासक तथा मुद्रक नरेन्द्र यंत्रालय , काठमांडु नेपाल थियो । त्यतिवेला यसको मूल्य दुर्इ रूपैया राखिएकोमा लेखकको भनार्इ थियो, २ रूपैयाज्यादा भएको जस्तो लाग्ला , यो मेरो पेसा हो , मलाइ केही दिन वांच्नु छ। तेसैले महंगो भएको हेाला ।
यो पुस्तक पछि सिर्जना प्रकाशनवाट २०३८ सालमा प्रकाशित भएको थियो । यसमा गेाविन्द भटृज्यले लामो झन्डै किताव जत्तिकै अति मर्मिक भूमिका लेख्नु भएको छ ।
त्यस पुस्तकको शुरूमै गोकुल जोशीले लेख्नु भएको थियो
भोक भोकै मर्न लागे कवि कलाकार ,
तडपाएर न मारिदेउ झुन्डाएर मार ।
त्यसै क्रममा म गोविन्द भटृज्यूसंग पहिलो पटक जनकदार्इ मार्फत २०३७ सालतिरै प्रज्ञाप्रतिस्ठानको ठीक पूर्व पटृी रहेको कमलादी जाने मोड माथी अलीकती सिंढी चढेर वाहा वसेको घरमा पुगेका थियैा। त्यही वहांसंग भेट भएको थियो । म वहासंगको पहिलो भेटमै अति प्रभावित भएको थिए । वहांको फारो तिनो गर्ने वानी पनि मलार्इ ज्यादै मन परेको थियेा । वहां त्यतिवेला अाशा चुरोट खानु हुन्थ्यो जस्तो लाग्छ । अनि त्यही अाशा चुरेाटको वटृा संकलन गरी विभिन्न कार्यक्रममा जांदा त्यसैमा टिपोट गरी रहेको पाउंथे । भटृज्यू सहभागी हुने थाहा पाए सम्मका कार्यक्रममा उपस्थित हुने प्रयत्न गर्थे । वहांको दाशर्निक र समिक्षात्मक टिप्पणी ज्यादै मन पर्दथ्यो । जनकजीले वहांका विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका विभिन्न लेख रचनाहरू मलार्इ पढ्रन दिनु भयो । म राती अवेर सम्म पनि ती लेख रचनाहरू पढ्रने गर्थे । नेपाललार्इ कसरी वुझ्ने भन्ने सानेा पुस्तक निकै मनपरेको थियो । संकलक विजयको नामवाट वहांका विभिन्न पत्र पत्रिकामा प्रकाशित पढेका लेखहरू मध्ये अघाएको साहित्य र भोकाएको साहित्य , जनअमृत २०२८ मा प्रकाशित,तीन घुम्ती कि छाडावादलार्इ स्वीकृति? ,जस्केलो २०२६ मा प्रकाशित, अाजको नेपाली साहित्य र त्यसको समस्याहरू , प्रेरणा २०२१,अराजकतावादी लेखकहरूसंग, विहान२०२२, सत्तरी वर्षको वूढो सुगा र यैाटा सिकारू गाइने , किरणा २०२३, मेरो दाही् , शक्ति २०१७, ढाक्न सक्दैन संधै वादलले सूर्यलार्इ,रूपरेखा २०२२, वीरएिन्टयसको संझना र अाधुनिक नेपाली कला, कलाकार ….. अादि लेखहरू संग्रहगरी गोविन्दभटृका केही चिन्तनयोग्य लेखरचनाहरू नामदी संगालो तैयार पारी २०३९ सालतिर केही साथीहरूकोमा पुराएको थिए । अनी २०४० सालितर यी दुवै सामाग्री लिएर गोविन्द भटृज्यूकोमा जनकदार्इसंग गएर देखाएको थिए । त्यतिवेला वहांले यो ज्यादै राम्रो काम गर्नु भएछ । म संगनै यी लेखहरू सुरक्षित छैनन् यो राम्रो काम हेा । यसरीनै राम्रा लेखरचनाहरू तैयार पारी साथीभाइहरूको वीचमा पुराउने तपाइको काम सराहनीय छ भन्नु भए पछि मेरेा नाक घिरैाला जत्रो भएकेा थियेा । मैले राम्रै काम गरे छु भन्ने लागेको थियो । त्यसरी नै वाहांकी छेारी लुना भटृले एसएलसीमा वेार्ड फस्ट ल्याएपछि भेटन गएको संझना छ ।
कुलमानदार्इ मार्फत श्याम प्रसादज्यूसंग भेटघाट भएपछि वहांलार्इ लेराउने विभिन्न ठाउंमा पुराउने र घरमै पनि समय समयमा थलो विसाउनेको रूपमा राख्ने काम पाए । त्यतिवेला श्याम प्रसाद ,केवलपुरे किसान, गेाविन्द भटृ, मोदनाथ प्रश्रित अादिका वारेमा विभिन्न पत्र पत्रिकामा लेखिएका लेखहरू संकलन वा तिथी मिति टिप्ने वा वहांहरूको वारेमा लेखिएका कुरा टिप्ने काम मैले गरेको थिए।
केवलपुरे किसानज्यूसंग पनि जनकदार्इकै माध्यमवाट परिचय भएको हो । वहां केवलपुरवाट वसार्इ सरी सीतापाइलामा अाएपछि वहासंग हिमचिम वढेकेा हेा । वहांसंग भेटघाट भएपछि वहांको वाघ अायो किताव पढे । साह्रै मन छुने सरल भाषाको लागेको थियो । किसानका कवि केवलपुरे सादा जीवनसैली संधै कमिज सुरूवाल, जुहारीकोट वा हाफ स्वीटर र कालो टोपीमा देखिनुहुन्थ्यो । वाहांमा पदको कुनै लेाभ लालचा कहिल्यै देखिन । साहित्यीक फांटमा लागेका व्यक्तीत्वहरू समेतको उपस्थितिमा एकपटक सुन्दरीजलमा पीकनिक अायोजना गरिएको थियो । त्यसमा केवलपुरे किसान, मुकेश चालिसे, जनकदाइ, कुलमानदाइ, मंजुल,गंगा प्रसाद उप्रेतीज्यू ,युवराज संग्रैाला अादि समेतको उपस्थित थियो । दिउंसभरीको कार्यक्रममा केवलपुरे किसानवाट कन्ठाग्र कविता र गीत लय हालेर गाउनु भएको थियो भने , मंजुलले गीतार वजाउंदै गीत गाउनु भएको थियो । अन्य सहमागी प्राय सवैले अाफना कविता लेख रचना सुनाएर कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै ०४६ साल पछि स्वदेश फर्कनु भएका युद्ध प्रसाद मिश्र विरामी परेको अवस्थामा पनि वहांलार्इ भेट्न जनकदाइ लगायत केवलपुरे किसान , गोपालराज मैनाली ,गंगाप्रसाद उप्रेती अादि संगै म पनि गठृा घरमा रहेको मिश्रज्यूको छोराको घरमा भेट गर्न गएका थियैा । पछि युद्ध प्रसाद मिश्रको देहवसान हुंदा वहांको पार्थिव शरीरलार्इ खुल्ला मंचमा राखिएको थियो । त्यस वेलामा केही ले वहांको पार्थिव शरीरलार्इ तत्कालिन राजकिय प्रज्ञा प्रतिस्ठानमा राख्ने कि भन्ने कुरा पनि गरेका थिए । तर मिश्रले जिउंदो छंदानै अाफनो मृत्यु पछि अाफुलाइ अन्त कतै नराखि खुल्ला मंचमा राख्नु भन्नु भएकोले वहांलाइ खुल्ला मंचमा श्रद्धान्जलीको लागि राखिएको थियो । श्रद्धान्जली कार्यक्रम भै रहेको थियो केवल पुरे किसानज्यूले र मैले भने वहांको दाह संस्कारको लागि चन्दा ठाउने कार्य गरेका थियो ।कापीमा चन्दा दाताको नाम लेख्दै उहांहरूले दिएको रकम उल्लेख गरिएको थियो । यसरी वहांसंग एक पछि अर्केा कार्यक्रममा सहभागी हुन पइएकोले हिमचिम समेत वढ्दै गएको थियो ।
पछि पछि त कतिपटक वहांकोमा चिया नास्ता खादै वाहाका कन्ठस्थ कविता र गीत मकैका फुल झै पड्रकन्थे । कुराका वीच वीचमा कन्ठाग्र कविता फुरिरहन्थे । समसामयिक राजनीतिवारे कुरा हुन्थे । समय समयमा हाम्रो भेट भैरन्थयो । त्यस लगायत कुलमानदार्इलाइ भेट्रन अाउंदा नाता पर्ने हरीगोविन्दजीलाइ भेट्न अाउंदा पनि म काहां पस्न विर्सनु हुन्नथ्यो । घरमा अाएर मकै भटमास खाजा खांदै सवैलार्इ मन्त्र मुग्ध पार्नेगरी सात साल यतादेखिकै कविता र गीत पनि सुनाउनु हुन्थ्यो । कलंकिमा पत्र पत्रिका किन्न हेर्न अाउंदा पनि वरेावर भेटघाट हुन्थ्येा । सरल , मिठास र मिलनसार स्वभावको स्वभावको हुनुहुन्थ्यो ।
मेरेा जीवनलार्इ मेाडीदिने ,असलवाटो लाग्न प्रेरित गर्ने र दुखी जनताका पक्षमा लाग्न वाटो देखाउने जनक प्रसाद हुमागार्इ , कुलमानसिंह दार्इ, केवलपुरे किसान अनि गेाविन्द भटृज्यूहरू अाज स्वर्गिय हुनु भएको छ । सवै प्रति पुन एक पटक हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु ।
October 17, 2011 at 1:43 PM |
मन छुने लेख! यहाँका संस्मरणात्मक प्रसंगहरु निकै घतलाग्दा लागे। स्वर्गिय सर्जकहरुमा हार्दिक श्रद्धाञ्जली!