अामा वित्नु भएको पांच महिनामात्र भएकोले दशैमा हाम्रो खासै केही काम थिएन । समय विताउन यसपाला दशैमा गाउंका भाइहरूसंग मिलेर चड०गा उडाइयो । सानो केटाकेटीमा हाम्रोलागि दशै भनेको नयालुगा लगाउने र चड०गा उडाउने अनि तिहार भनेको देउसी भैलो खेल्ने पर्व हो भन्ने लाग्थ्यो । दशैमा चड०गा उडाउन पाउंदा र चैट भएर अाएको चड०गा छोप्न पाएपछि मासु चिउराको पनि कुनै मतलव हुंदैनथ्यो । हाम्रो समयमा मानिसहरू चड०गा खुव उडाउंथे र चड०गा पारी खुव लडाउंथें । अाजकल त चड०गा देखनै पनि गाह्रो भयो । मानिस अरू अरू कुरामा वढी रमाएको पाइन्छ । गाउघर जतातै पीड० हुन्थे। साना देखि ठुला सम्म पीड०मा झुम्मिन्थे । यसपाला गाउंमा पीड० समेत देख्न पाइएन । पीड० हाल्ने खेल्ने कुरामा युवा जमात केटाकेटी कसैको चासो समेत रहेको पाइन्न । चड०गा उडाउंदा शारीरिक र मानसिक दुवै कुराको अानन्द लिन सकिन्छ । , अचेल त टीभी कि कम्प्युटर की लड०गुर वुर्जामै सवै झुम्मिए जस्तो लाग्छ ।
यसपाला चड०गा उडाउंदा विगतको दिनलाइ सम्झेर यो चड०गा कविता कोरेको हुं कस्तो लाग्छ तपाइलार्इ पढेपछि भने कमेन्ट गरी दिनु होला है । जय व्लग
सिरसिर हावा चलेको छ
अाकाश खुल्ला रमाइलो छ
खेतमा झुलेछ धानवाली
वारीमा पहेंलै तोरीवाली ।
कक्का छेडने तल माथि
डांडाभाटा मिलाइ साथी
सहरतिर घुमे वनतिर ग्वांख
वनतिर घुमे शहरतिर ग्वांख
छोडिदिए लटृार्इ धागो
उड्छ नाच्दै फांइ फुंर्इ गर्दै
दांया वांया घुम्दै चड०गा
माथि माथि उडछ च०गा ।
पटपट वेर्दा लटृार्इ चड०गा
तनमन हुन्छ हाम्रो उमड०ग
पिरताप चिन्ता भगाउंछ चड०गा
चड०गा उडाउंदा मनै चड०गा ।
अाली खोल्सा धानवाली
तोरीवारी कान्ला कान्ली
लुकिछिपी वस्यो छोप्न चड०गा
ढलमल गर्दै अाउने चैट चड०गा ।
मादा लाउंछैा छुरा पारी
लडाउंछैा चड०गा पारी पारी
धागो नछोडे जोडले कराउंछैा
नभए धागो टुप्पी गांस भन्छैा ।
मादा सुकाउंदा भुमरी परोस्
अरू कसैले देख्न नसकोस्
कस्तो रमाइलो चड०गा उडाउंदा
भोक प्यास सवै विर्साइदिंदा ।
चड०गा जस्तो जीवन राम्रो
कतिवेला चैट हुने हाम्रो
समाजरूपी धागो न हो
कहां कहां पुराउने हो ।
हावासंगै चड०गा उड्छ
चड०गासंगै यो मन उड्छ
कैांठी तान्दा कावा खान्छ
लटृार्इवेर्दा अकासिन्छ ।
पुच्छरविनाको चड०गा उडाउंदा
वादलभित्र लुकामारी खेल्दा
सवलार्इ काटी चैट पार्दा
दशैको मजा चड०गा उडाउंदा ।
२०६८ ,असोज नवमी