नमोबुद्ध,बलथली पदयात्रा

जुलाई 17, 2017

 

नमोबुद्ध,बलथली पदयात्रा
धुलीखेलवाट सिन्धुलीवर्दिवास जाने सडक समात्यौ । शिखरभन्ज्याङ ,बांझकोट, दाप्चा पिपलटार हुंदै फलासे सम्म वसमा हुइकियौ । काभ्रेको नमोवुद्ध पुग्न पनौतीवाट भने २९ कि मि गाडीको वाटो हिंड्नु पर्छ । नमोवुद्धलाइ दोस्रोपटक पाइतालाले चुम्दा अझ नौलो अनुभूति भयो । प्राचिन स्तुप अगाडि ठूलो माने छोएर ढोग्ने र घुमाउनेको लस्कर, अघिल्लो पटक जस्तै स्तुप अगाडि बत्ति वाल्ने र अन्य कर्म गर्ने श्रद्धालु मानिसको आज पनि कमिदेखिएन । नमोवुद्धको फन्को मारेर शंंखुतिर हानियौ । सुन्तलाघारीसंग आंखा लडाउंदै कहिले ओराली कहिले उकाली गर्दै शंखेश्वरी खोलामा पुग्यौ जहां पक्कि पुल रहेछ । पुल नजिकै नदीको किनारमा पुरानो शंखेस्वरी मन्दिर छ । महादेव मन्दीर प्यागोडाशैलीको कलात्मक थियो । तर त्यसको उचित संरक्षण, रंग रोगन सरसफाइ भने थिएन । नजिकै भगवतीको मन्दिर पनि रहेछ । हामी पुलको वाटो नलागि दक्षिण पश्चिमतिरको एक्लेखेत (१५६५ मिटर) जाने वाटो लाग्यौ । एकलेखेतवाट देखिने सवै भित्तो पाखोमा सुन्तलाका वोटहरु देखिन्थे । सुन्तला खेतिले यहांको जनजीवनमा पनि आर्थिक प्रभाव राम्रै पु¥याएको प्रस्टै देखिन्थ्यो । सवै घरहरु जस्तापाताले छाइएका राम्रा चिटिक्क देखिन्थे । चारैतिरको डांडा र मकैबारी भएको ठाउंमा अलिकति खेत रहेछ त्यसैले सायद एक्लेखेत भनिएको हुनुपर्छ मेरो मनले अनुमान ग¥यो । काभ्रे शंखु एक्लेखेत नजिकै शंखु पाटीचौरमा धनकाली मा.वि..प्रजातन्त्रपश्चात ०४७ मा स्थापना भएको रहेछ । यो विद्यालय जापानको कुमामोतो र जापान मेडिकल हाइस्कुल ( जे एसए ) वाट २०६० सालमा निर्मित एल आकारको एकतले भवन वडो रमणिय स्थानमा रहेको छ । हामी एक्लेखेतकै भन्ज्याङवाट स्कुल माथिको उचा डांडामा वसेर विहानीको भनौ वा आजको तीनवरावर खाना खायौ । आजको खानामा मिठ्ठा सम्यवजी चांही नौलो थियो, सदाझै तीनथरी हरियो तरकारी र सांधेको बोक्रा सहितको आलु त छैदै थियो ।
प्रकृतिसंग रम्न, डांडाकांडा घुम्न र उसको सुन्दरता हेर्ने समय भनेकै असार मास जस्तो लाग्छ । भुइपनि हरियै कार्पेटले सजिएको छ । पाखा पखेरामा पनि हरियै कार्पेट टांसेझै लाग्छ । वसन्तऋतुका रुख विरुवा त हरिया हुने नै भए । पालुवा चढेर मोहित पार्ने भएनै अझ तिनै रुखमाथि वसेका कोइली चरी अन्य विभिन्न चरीका मिठा आवजा र कुकु चरीका कुकु आवाजले कस्को मन आनन्द भएन होला । कस्को घांटि र आंखा रुखतिर तानिएन होला
खाना खांदै थियौ ,सिमसिम पानी प¥यो, छाता खोल्नै पर्ने गरी । फेरी एकैछिनमा इन्द्रेणी परेझै घाम लाग्यो । मनसुनी वेला फेरी दर्केरै पानी प¥यो । वलथली जानुपर्ने वाटो अलि अप्ठेरो रहेछ त्यसैले हामी यता धेरैवेर अलमलिएनौ । एक्लेखेतवाट ओरालो झरेपछि हामी रोसिखोलातिर झर्यौ । भीरको सानो बाटोमा ३०० जनाको लस्करको मुखकता पुछर कता भयो, हामी चांही वीचतिर रहेछौ । वनको पहरोको वाटो हुंदै रोसिखोलातिर ओर्लियौ । भीरमा चुत्रो लटरम्म पाकेका थिए । धेरै साथीहरुले मिठो मानी मानी हिंड्दा हिड्दै लामाहात गरेर मुख वुजो लगाउनु भयो ।
पदयात्रामा विदेशी केटी पनि हाम्रै अघि पछि उनका नेपाली साथीसंगै थिइन् । औधी रमाइलो मानीरहेकी थिइन् तिन्ले । बाटामा बलथली बाट नमोवुद्ध जाने केही विदेशीहरु पनि हामे लामो लस्कर देखेर रमाउंदै दुइहात जोडेरै नमस्ते गरि रहेका थिए । हाम्रो लस्करले पनि एउटै स्वरमा नमस्ते भन्दै नेपाल मनपराएकोमा हुदयदेखि धन्यवाद दि रहेका थिए । रोसिखोला झर्नु अघिनै पारीपटिृ वलथली देखियो , बलथलीले सवैको मन लोभ्याएकोले मोवाइल, क्यामरा फोटो र सेल्फी खिच्न व्यवस्त भै हाले । हरियो जंगलले चारैतिर घेरिएको थलीको वरीपरी वस्ती वीचको पुरै खेतमा धान रोपाइले हरियै देखिएको बलथली स्वर्गको टुक्रा जस्तै लाग्ने थियो । भकुण्डो जस्तै आकारको थली भएकोले वलथली नाम रहेको हुनु पर्छ मैले अन्दाज लगाए । किवंदन्ती चांही, तामाङ भाषामा थली भनेको सम्म परेको जग्गा रहेछ । बलियो तामाङले वस्ती बसालेकोले बलथली भनिएको कुरा गाउंलेले सुनाए । पहिले बलथली गाविस वडा नं १ अहिले पनौति नगरपालिको ११ नं वडा भएछ । बलथली समुनद्र सतहवाट करिव १७०० मिटरको उचाइमा अवस्थित छ । रोसिखोलाको झोलुङगेपुल तरेर ठाडै उकालो काटे पछि थलीको मुखैमा वारीका ठुला ठुला पाटामा घैया गोड्दै हुनुहुन्थ्यो आमाहरु । किन मकै नलगाएर घैया लगाउनु भयो , रामे हुन्छ र घैया सोध्न नपाउंर्दै आमाले आफनै दुखेसो पोख्नु भयो ‘ मकै लगाएर खान पाउने भए पो वांदरले सखापै पार्छ । त्यसैले घैया लगाएको । ’ अगाडि पछाडि रहेका सहरीया साथीहरुलाई घैया वारे थाहा रहेन छ । गहुं हो कि जौ भन्दै हुनुहुन्थ्यो ।
बलथलीसंग मेरो धेरै पहिलेको साइनो छ । त्यो साइनो जनक प्रसाद हुमागाइले जोडिदिनुु भएको हो । पहिले वलथली जांदा खोपासीेतिरबाट झोलुङगे पुल वा सांघु तरेर बलथली टेकेका थियौ । उकालो लागेपछिको मुखैतिर साहित्यकार जनकप्रसादंको घर थियो । त्यहां मैले दुइपटक गरेर दुइ रात विताएको छु । त्यतिवेला बलथलीलाई यति सुन्दर यति राम्रो देखेको थिइन । अहिले एक्लेखेततिरवाट हेर्दा र आउंदा पो बलथलीको असली सुन्दरता देखे । बलथलीमा अहिले ठुला साना रिसोर्ट खुलेका रहेछन् । बलथलीमा रिसोर्ट खोल्ने पहिलो मान्छे रामप्रसाद हुमागाइ हुंनुहुदोरहेछ । पहिलेको भन्दा वाटो फराकिलो भएछ । पहिलो पटक श्यामप्रसाद, कुलमानदाइसंगै जनकदाइ बा को किरिया वसेका वेला भेटघाटगर्न आएको थिए । पंचायतकालको कालरात्री थियो । श्यामप्रसाद भूमिगत अवस्थामै भएकोले उतिवेला लुकि लुकिनै सांझतिर पुगियो । खाना पछि कोठामै गफ चले । सुत्न पनि छरिएरै सुतियो जनकदाइका घर वरीपरी । केही भै हाल्छ कि भन्ने डर थियो । गाउं घुम्ने त्यस्तो मौकै मिलेन । आज जव हाम्रो टोली लड्केश्वर महादेव मन्दिर चोक जहां लड्केश्वर पुस्तकालय थियो त्यही अगाडी गएर रोकियो म नतमस्तक भए । जनकदाइको अगुवाइमा वनेको लड्केश्वर बिद्यालय, लड्केश्वर पुस्तकालय, झोलुङगेपुल देख्दा एकछिन वहांको संझनाले पानी पानी भए । जनकदाईलाई झलझली संझे । आज वहां हुनु भएको भए मैले कत्रो धाक लगाउन पाउंथे, प्रकृतिप्रेमी समूहको पदयात्रा कार्यक्रममा तपाइको गाउं पुगेर आए भनेर । अथवा वहांलाई समेत म आज यो कार्यक्रममा सरिक गराएर धेरै साथीहरुको वीचमा सादा जीवन उच्च विचारका प्रतिमूर्ति जनकदाईलाइ चिनाउन पाउंथे । लौ त्यति पनि नसकेको भए बलथली पुग्दा हाम्रो प्रकृतिप्रेमी समुहले वहांको सहयोगमा ठूलो स्वागत पाउने वातावरण वन्थ्यो । बलथलीको दही दुध मही खुवाउने वहांको इच्छा हुन्थ्यो । तर वहां अहिले हामी वीच हुनुहुन्न क्यान्सरजस्तो घातक रोगले हामीवाट छिन्यो ।
लड्केश्वर चोकमै हाम्रो कार्यक्रम हेरेर रमाइ रहनु भएका वेल प्रसाद हुमागाईबाट थाहा पाए बलथलीको त्यो घरमा अहिले भाइ शारदा हुमागाई वस्नुहुदो रहेछ । फर्कदा हामी वहांकै घर नजिकैको वाटोमा मेरा पाइला अगाडि वढे पनि मनका पाइताला भने जनकदाइकै घर आंगन चोटा कोठा र मटानसम्म पुग्यो । वहांको अभावमा अहिले पनि धेरै कुरामा जीवन संधै एक्लो रहेको महसुस म मा भै रहन्छ ।
जज्ञेचौरको लड्केश्वर मन्दिर अगाडीकै चोकमा अन्तरक्रिया र नाचगान भै रहंदा म भने त्यही पिपलको चौतारीमा लड्केश्वर पुस्तकालय हेरेर जनकदाइसंगका ०३४ ।३५ सालदेखिका दिनहरुको संझनाले दिमाग फन्फन्ती घुमिरहे । ०४२ सालको राष्ट्र्यि पंचायत को सदस्यमा जितेरपछि शैलेन्द्र कुमार परराष्ट्र् मन्त्री भए । त्यसवेला वहां धेरै पटक बलथलीमा पुल हाल्न अन्तराष्ट्र्यि वाल दिवसको सन्दर्भ पारेर योजना पारौ त्यसको नाम बाल पुल राखौ भनेर खुव दौडनु भयो । क्लव पुस्तकालय र वृक्षारोपणका लागि विभिन्न ठाउंमा धाइ धाइ योजना पार्नुहुन्थ्यो । त्यही भेटिएका स्थानीय वेल प्रसाद हुमागाइसंग चिनापर्ची गर्दैजांदा उनीपनि जनकदाईका सहयोगी रहेछन् । उनले जनकदाइले बलथलीमा गरेका कामको वेलिविस्तार लगाए । धेरैलाई बामपन्थी बाटोमा उनैले डोराएको कुरा, सहरमा वसे पनि तन मन गाउंकै लागि रातोदिन खटाएर सवैका आंखा खोलिदिने, न्याय अन्याय छुट्याइदिने मानिस जनकै थिए । गाउं ढुक्क थियो जनक छन् भनेर । भर्खरै सकिएको स्थानीय चुनावमा पैसा र जातित्वका नारा उठाउनेले चुनाव जितेकोमा भने उनलाई पटक्कै चित्त वुझेको रहेनछ ।
आलु खेतीका लागि कहलिएको बलथलीमा किसानले भर्खरै आलु भित्राएर धान खेतीका लागि खेतखेतमा व्यस्त देखिन्थे । बलथली यस्तो टापुका रुपमा रहेको छ जहां पुग्न जताबाट गएपनि झोलुङगे पुल तर्नु पर्छ । यसका वरीपरी रोशी र लड्केश्वर खोला नदी वगेकि छिन् । बलथलीवाट वाहिर निस्कन पनि झोलुङगे पुल तर्नु पर्छ । तीनवटा झोलुङगे पुल बलथली आइजाइ गर्ने माध्यम वनेका छन् । एउटा लडकेश्वर महादेवपटि । अर्को कोतुङगेपुल , तेस्रो बालुवातिरको झोलुृंङगे पुल ।
बलथलीलाई केन्द्रविनदु वनाएर ककनी देखि पदयात्रा शुरु गरेर चिसोपानी, नगरकोट, धुलिखेल , नमोवुद्ध हुदै पनौती सम्मको अलि लामो यात्रा पनि गर्न सकिने रहेछ । हामी नमोवुद्धवाट वलथली आयौ, यस्को उल्टो खोपासी बलथली हुंदै नमोवुद्धसम्मको पदयात्रा २।४ जना मिलि गर्न सकिन्छ । हामी बलथली पार गरे पछि रोशीखोलाको झोलुंगे पुल तरेर खोपासी वजार आइपुग्यौ । बाक्लै वजार वसिसके छ । हिंड्न अझै मजालागि रहेको थियो, अझै खोपासी वजार पुरै हिंडेर पनौति पुग्न पाए हुन्थ्यो मन भनिरहेकोे थियो । तर गाडी खोपासी बजारको मुखैमा रहेकाले फर्कदाको यात्रा बसवाटै अगाडि वढायौ । धेरै अघि पनौतीवाट हिंडेर गएका यादहरु पनि म भित्रै कतै रेकर्ड भै रहेकै रहेछ, विगत संझदै गर्दा त्यो रेकर्ड खुल्दै सिनेमा झै पुराना कुरा एक पछि अर्को गरी लामवद्ध हुन थाले । कस्तो अचम्म , म आफै छक्क परे । रेसम खेती अहिले पनि त्यस्तै छ । हिजो र आज यसवाट के फाइदा भए होलान् मनमा जिज्ञासा उठ्यो । यहांको ठूलो खेतीयोग्य जमिनमा घर ठडिने होडवाजी चलि सकेछ । सवैतिर यसै गरी घर मात्रै बन्दै जाने हो भने भोलीका सन्ततीका दिन कसरी वित्लान् मन फेरी अमिलियो ।
२०७४।२।२७।७

Advertisements

रारा पुग्नु जुम्लाको वाटो

जुलाई 13, 2017

१०
रारा पुग्नु जुम्लाको वाटो
घुमफिर वर्ष २०७३,पुग्नु रारा थियो । जीवनमा पहिलो चोटी ६ दिन पैदल हिंड्ने साहस वोकेर २०७३ असोज महिनाको ३० गते सोमवारका दिन सातदोवाटो निरोगधाम ( १३२५ मि ) पुगियो । गाडी वनेपावाट आउनु पर्ने रहेछ । दुइवटा वस मध्ये हामी दोस्रामा, टोलीनेता डा.उमेश सर पनि हामीसंगै अगाडिको सिटमा हुनुहुन्थ्यो । ४ वजेको थियो , धादिङको टायलघरमा पानी पिसावका लागि रोकियौ । पानी पिसाव पछि अलिकति हिंड्ने वित्तिकै हाम्रै गाडीको अगाडीको टायर सुसाउंदै पड्किए पनि कुनै वित्यास भने पारेन । ओरालोको यात्रामा अगाडीको पांग्रा पड्किदा हुन सक्ने खतरावाट हामी वच्यौ ।
पहिले पहिले पनि पश्चिमको वाटो लागे पछि नवलपरासी को धुम्सीको पाल्पाली ढिंडो रेष्टुरेन्टको भात अतिनै मिठो लागेको थियोे । आज पनि कता खाने कता भन्दा भन्दै यही खान जुराएको रहेछ । ५० जनाको हुलले सजिलैसंग साकाहारी दाल भात खान कुनै आइतवार लागेन । योजना अनुसार यसदिन गुडिरहेको गाडीमै रात विताएर १ गते वेलुका कर्णालीको जुम्ला वास वस्न पुग्ने थियो ।
विहान ६ वजेतिर कोहलपुर चप्परगेडीमा पुग्यौ । सवैलाइ विहानीको नित्य कर्म गर्नु थियो । चिया खाइदिए शौचालयको ढोका खुल्ने भएकोले दुइचार होटलमा वांडिएर फ्रेस हुने अवसर छोडेनौ । कोहलपुरबाट करिव ६० किलोमिटर अगाडि वढे मात्र सुर्खेत वजार पुग्न सकिन्थ्यो । धेरै पहिला कोहलपुरवाट दक्षिणलागेर चिसापानी हुंदै नेपालगंज र महाकाली पुगेकोे थिए । कोहलपुरवाट उत्तर पश्चिम लागेर जाने वाटो मेरा लागि पहिलो र नौलो थियो । अलमल गर्ने कुनै थिएन गोरखदल गणले जिम्मा लिएको राष्ट्र्कै ठूलो वर्दिया राष्ट्र्यि निकुन्ज प्रवेश गर्न सेनाको चेकिङ पार गर्दै अगाडि व्ढयौ । वसमा निद्रा नपर्ने भएकोले त्यसको फाइदा उठाउंदै हिंडे । भेरी गंगा हर्रे चेकपोष्ट पार गर्दै छिन्चु गाविसको वजार पुग्यौ । सानो वजार भए पनि रमाइलो लाग्यो । जाजरकोट जाने सडक यतैवाट गएको रहेछ, प्रभुराम राइले उ त्यही हो वाटो भनेर देखाइदिनु भयो ।
सुर्खेत मेरो पहिलो यात्रा हो । सातदोवाटो, निरोगधामवाट करिव ५८० किलोमिटर यात्रा पार गरेपछि पहिलो पटक सुर्खेत टेके । सुर्खेत वजारको सडक चौडा पार्ने काम भै रहेको रहेछ । सुर्खेत वजार नपुग्दै सुर्खेत सडकको पूर्वतर्फ विमानस्थल देखियो । सुर्खेत वजारको भविष्य राम्रो देखें । फराकिलो सडकको दाया वायां होटल लज सवै खालका पसल देखियो । गाडीको अस्तव्यस्तता र फोहर त हाम्रो आफनो पन भै हाल्यो । नेपाली मन जस्तो सुकै फोहर पनि पचाउन सक्ने भै सकेको छ । पुरानो नया वजार पनि हेर्न लायकनै रहेछ । पश्चिमान्चलको व्यापारिक केन्द्रका रुपमा धेरै अघि देखि विकास भएको ठाउं न हो सुर्खेत ।
सुर्खेत वजार पुग्दा विहानको करिव १० वजेको थियो । हाम्रो वस सत्कार होटल आसपास मै रोकिए छ । खाना कता खाने ठुलै जमात भएकोले कुराकानी वसभित्रै चल्दै थियो । सत्कार होटलवाला आएर वफेको व्यवस्था गर्छु , चांडै गर्छु , राम्रो गर्छु भनेपछि उमेशसरले त्यतै जाने निर्णय सुनाउनु भयो । वस्दा वस्दै जीवनको अन्तिम विदाइ यात्रा पनि देखियो । वसको छतमा लास राखेर त्यसको वरी परी मानिस वसेर वसका पछाडी गाडी, मोटर साइकलमा मलामीहरु लाम बद्ध भएर गएको मेरा लागि नयां दृश्य ।
सुर्खेत वजार (८१९ मिटर ) सानो भ्याली भित्र रहेछ । डांडाको काखैमा वजार रहेको छ । अघि सुर्खेत छिर्ने वित्तिकै गरा मिलेका फांटमा पंहेलपुर धान खेत देख्दा पहिले काठमाडौं र सहर आसपास पहेलपुर धान झुलीरहेको संझे । वजार उत्तर दक्षिण र पश्चिमतिर फैलिएको रहेछ । काठमाडौंको धुलो खाएर वाक्क भएका हाम्रालागि सुर्खेतको वन्दै गरेको सडकको धुलोले अत्याउन खोजे पनि पचाइयो ।
सुर्खेत पुगेपछि वजार नजिकै रहेको कांक्रेविहार छुटाउने कुरै भएन । कांक्रेविहारको दुर्गति देख्दा मन चसक्क भयो । सुर्खेत आइपुग्ने आन्तरिक तथा वाह्य पर्यटक लगायत अन्य प्राय त्यहां पुग्दा रहेछन् । २०५७ सालमा पुरातत्व विभागले यस विहारको सुक्ष्मढंगले अध्ययन गरेपछि नै अहिले विहारको काम केही अगाडि वढेको रहेछ । ढुंगाका अनगिन्ती कलात्मक मूर्ति र इतिहास अलपत्र लडिरहेका थिए । विज्ञहरुका भनाइमा पहिले सिञ्जा ( जुम्ला इलाका ) साम्राज्यको राजा अशोक चल्ल ( पछि उनका छोरा जितारी मल्लको पाला देखि मल्ल लेख्ने चलन चलाए ) ले वि.सं. १३२५ मा वनाएको इतिहास रहेछ । वि.सं. १८९० मा आएको ठूलो भुईंचालोले भत्के देखि विहारका अजंगका ढुंगामा कुदिएका मुर्ति, कलात्मक वस्तुहरु एकै ठाउंमा थुप्रिएका रहेछन् । अहिले खोजविन गर्दै जोड्ने काम केही भएको रहेछ । विहारलाई कोही वुद्ध विहार भन्दा रहेछन् , कोही हिन्दु मन्दिर भन्ने गर्दा रहेछन् । हेर्दा हिन्दु, वौद्ध दुवै धर्म सम्प्रदायको आस्थाको केन्द्र रहेको देखिन्छ । पुजारी कार्की रहेछन् तिनका जिजुवाजेहरु पहिले भक्तपुरवाट दैलेख वसाइ सरेको पछि दैलेखवाट यता आएको कुरा उनले वताए ।……..
कांक्रेविहार पछि वजार नजिकै रहेको वुलवुले ताल गयौ । बुलवुले मुहानवाट आएको पानी तल पोखरीमा जम्मा गरेर वुलवुले ताल वनेको रहेछ । एक जमानामा वुलवुले ताल माया …. भन्ने गीतले खुव वजार लिएको थियो । घुम्नका लागि रमणिय ठाउं रहेछ । मानिसको आइजाई भैरहदोे रहेछ । सरसफाइमा ध्यान नपुगेको तर विहानी बेलुका पदयात्राको लागि पनि उपयुक्त स्थान रहेछ । तल्लो पोखरीमा माछापालन गरेर वल्छी खेल्न शौखिन मानिसका लागि यो उपयुक्त थलो हुने र वोटिङको व्यवस्था गर्न पनि सकिने रहेछ ।
सुर्खेतकै पुरानो वजारमा रहेको अको प्रसिद्ध धार्मिक थलोे देउती वजैको मन्दिर गयौ । मन्दिरमा विहान वेलुका दर्शनार्थीहरुकोे निकै आइजाइ हुने कुरा स्थानीयले वताए । पश्चिमतिरको देउती मान्ने संस्कारको प्रतिविम्व यसले वोकेको होला । मन्दिर नजिकै वलि चढाइने मौलोबाट रगतको गन्ध नाकैमा आइपुगेको थियो । मंदिर वाहिर सडकका किनारमा पुजाका सामान वेच्ने पसल लहरै थिए । हाम्रो ठूलो हुल्ला आएको देखेर हतपत पसल खोलेर पुजा सामान लिन आग्रह गरि रहेका थिए । मंदिर नजिकै सानो खोलो कुलकुलाइ रहेको थियो ।
भोलिपल्ट विहानै अर्थात पौने ६ वजे सुर्खेतको बांगेसिमलबाट दैलेख जाने वाटो समात्दै उकालो लाग्यौ । बाटोमै सेनाको नरसिंह गण रहेछ । उकालोमा दायां वायां सल्लाह घारी सुसाइ रहेको थियो । ठेडा पुगेपछि भने सल्लाहघारी हराएर स साना वुट्यानमात्र देखिए । ठेडामा अर्को वाटो आएर मिल्ने रहेछ । दाहिने तर्फ सानो चिया पसल थियो । हामी उकालो चढ्दै उत्तरतर्फ हान्निएर रातानाङलाको सानो वजार पुग्यौ । केही पर पुगिपछिे दैलेख र सुर्खेतको सिमानामा ठडिएको सिमेन्टको पोलको स्वागतद्धारले हाम्रो स्वागत गर्दै दैलेख प्रवेशको अनुमति दियो ।
दैलेख लागे पछि पहिलो गगनापानी गाउं आयो, विद्यालय नजिकै रहेछ । गाडी अगाडी वढ्दै जादा गगनापानी पछि वेरिड गुंरासे छिचल्यौ । रानीवन मत्तांमा प्रहरी पोष्ट रहेछ । सुर्खेतवाट हिडेपछि दैलेखमा पहिलो गाडी जांच गर्ने काम भयो । आंखाले देखेका ’roundका वारीका पाटामा काउली खेती रामै थिए । सडकको किनारमै रहेको सानो होटलसंगै सव्जी मंडी (तरकारी कलेक्सन गर्ने घर ) थियो । वाटोमा दुईचार घर आएकी तिनका अलग्गै नाउं र त्यसलाई वजार भनेर नामाकरण गरेको पाइन्थ्यो । त्यस्तै दुइचार घर भएको राइपान वजार आइपुग्यौ । यहांवाट दैलेख सदरमाुकाम पुग्न ४२ किलोमिटर अघि वढ्नु पर्ने कुरा वाटामा रहेका संकेत चिन्हले वताइरहेका थिए । वाटैवाट देखिने एकाध ठाउंमा वर्षाको पानी संकलन गर्न ठुला ठुला सेता ध्याम्पोहरु वारीका पाटामा हिमाल उभिएझै ठडिएका थिए । घोडावास वजार पछि तालपोखरी वजार आयो । यता साना फोर्स गाडी चलेको रहेछ । स्थानिय मानिसहरु यसैवाट आइजाइ गरिरहेका देखिन्थे । चिसापानीबाट गाडीे खोलातिर ओरालो लाग्यो । सडक सानो भएकोले सवै ठाउंमा दुइवटा गाडी राम्ररी पास हुंदैनथे । कतिपय ठाउमा त मन आत्तिन्छ । वाटो चटृान खोपेर, भिर पहरा फुटाएर नेपाली सेनाले वनाएको रहेछ । धन्न सडकमा संकेत चिन्हहरु भने रहेका छन् । पहिलो पटक जाने गुरुजीका लागि सजिलो पार्छ । सडकको छेउमा छेकवारका पोलहरु पनि ठाउं ठाउमा आत्म विश्वासका खम्वा वनेर ठडिएका थिए । हामी एक पछि अर्को नयां ठाउं नयां दृश्य हेर्दै रतिखोला केचनपानी पुग्यौ । खोलाको किनारैमा पानी घटृ चलिरहेको थियो । तल ठुलै खोला आफनै वेगमा कुदिरहेको थियो ,त्यसकै माथि माथिवाट अप्ठेरो छिचल्दै गुरुजीहरुले सुविचारीका साथ गाडी अगाडी वढउंछन् । कर्णाली राजमार्ग देख्दा गाडी चलाउने गुरुजीलाई र वाटो वनाउने सेनालाई विर्सन सकिन्न । बरु ठाउं ठाउंमा सुख्खा पैह्रो खसेर त्यही वाटोलाई सांघुरो वनाउंदै यात्रुलाई अत्याउंछ । काउलेखोला, वान्द्रे ,पारी पटृी एकनासे सेताघरहरु हाउजिङ कम्पनीले निर्माण गरे जस्ता एकै ठाउंमा गुचुमुचु देखिन्थे । लोहारे खोला को किनारमा मजाको वस्ती वसेको रहेछ ।
दैलेखको सडकमा जुम्ला वाट आउजाउ गर्ने वस, सामान लेराउने लाने मिनिटाटा ,ट्र्कहरु मोड र घुम्तीमा झ्वास्झ्वास्ती आइपुग्दा सातो जान्थ्यो । साइड दिन यहांका लोकल गाडीले आफु भित्तातिर वसेर वाटो छोड्ने रहेछन् । वाटामा स साना झर्नाहरु कार्तिक महिनामै पनि झरि रहेका देखिन्थे । हिउंदमा गाडि चले पनि वर्षामा अलि कठिन छ । पिलघाडी र पादुका वजार हुंदै हामीले फडका खोलामा रहेको फलामे पुल पार ग¥यौ । पालतडा चौकी आसपास साना खरका छाप्रा थिए । वाटामा भेटिएका स साना केटाकेटीहरु भित्रै मनले नमस्ते भनेर दुवै हात जोड्थे, हामी वसभित्र डरैले मरिच चाउरीए झै चाउरीएर नमस्ते फर्काउंथ्यौ । कर्णली उत्तरवाट दक्षिण आफनै गतिमा दौडिरहेकी छन्, हामी दक्षिणवाट उत्तर हुइकि रहेका छौ । फरक यत्ति कर्णाली हिउंलिएर आफनै गतिमा दौडि रहेछीन् । हाम्रो गुरुजी हामीलाई लिएर वडो होसियारीसाथ अगाडी वढि रहेका छन् । रामघाट वजार पुगेपछि रामघाट खोला माथि रहेको सानो पुल त¥यौ । डाव, पुतवन्दा भएर सात आठ वटा जस्ताका टरा रहेको आगमघाट वजार हुंदै निरन्तर आफनै गतिमा वगिरहेकी कर्णलीको तिरैतिर हामी अगाडी वढ्छौ । सिस्ने वजार काटेपछि आएको अहिले सम्म वाटामा देखिएका मध्ये ठूलो वजार टुनिवगर देख्यौै । विहानको सवा एघार वजेतिर ंराकम वजार पुगेका थियौ । राकममा दोहोरो वजार थियो । यताका घरहरुका गाह्रो ढुंगाको र छानो भने जस्ताकै थिए । हामी कर्णाली वारीपटिृवाट अगाडि वढि रहेका छौ । कर्णली पारी पटिृ ठूलो एकनासे सिलेट ढुंगाले छायकाजस्ता देखिने गुजुमुजु वस्ती वसवाटै देख्यौ । सांइंगाउं भन्थे । म भित्र अघि देखि लागि रहेको पिरलो यति लामो वाटोमा तेल सकियो भने के गर्ने होला । सडकको किनारमा कर्णाली आयल स्टोर देखेपछि मेरो पिरलो कम भयो । साइं खोलाको सांइं पुल तर्छौ ।
हामीले सुन्दै आएको कर्णाली अव कर्णाली जस्तो रहेन छ । कर्णाली राजमार्ग कर्णालीको मेरुदण्डनै भएछ । जुम्ला, सिंजाका लागि काठमाडौं र नेपालगंजवाट पनि वस आइजाइ गर्दा रहेछन् । कछुवा गतिमै वनेको विकासको पूर्वाधार वा देशसंग जोड्ने माध्यम पहिलो सडकपुल नै हो । सडकको तल कर्णाली नदीमा फलामे पुल वनेको रहेछ । आधा जसोमा वार हालिएको अरुमा वांकि देखियो । कर्णालीनदी पारी उता अछाम रहेछ । पुल संचालनमा आएपछि अछाम जान सुविधा पुग्ने रहेछ । अहिले फेरीवाट सामान वारपार हुंदो रहेछ । हामी सानो खोला तर्दै चौतारो माथि कमेरोले पोतेका घरहरु वारीका पाटामा छरिएर रहेका थिए । संवन्धित निकायको ध्यान नपुग्नाले यताको पीचवाटो पुरै भत्किएर खाल्डाखुल्डी भएका रहेछन्, एकछिन त काठमाडौंमै दौडिएजस्तो लाग्यो । कर्णलीकै तिरै माथि गएको यताको सडकमा भने कुनै छेकवार र संकेत चिन्हहरु नदेख्दा मन डरायो । कर्णालीको ठूलो फांटमा धान खेत रहेछ । धान निखिसकेका पराल भने खेतमा घाम ताप्दै सुतिरहेका थिए ।
वाटो छोट्याउंदै अगाडि वढेका हामी राकम वजार कटेपछि राकम देउराली वाख्रेकोटबाट अगाडी लाग्यौ । अहिलेसम्मको दौडा दौडमा वल्ल आधा वाटो पार गरेछौ । सुर्खेत जुम्ला खंलगा २३३ किमि मा ११६ किमि पार गरेको कुरा वसमा गाइगुइ चल्यो । भेल्तडी गाउं तिर पनि धमाधम धान दाइ गर्ने समय भएको रहेछ । यात्राको राम्रो फोटो खिच्ने अनुभवि सुगत भाइ र ववसर वसवाटै कर्णालीनदी र आसपासका दृश्य उतार्न तल्लिन थिए् । वाटोमा पराल र घांसका भारी बोकेका महिलाहरु घरतिर लागिरहेका देखिन्थे । कतै खेतमा दाइ चलि रहेको देखिन्थ्यो । यताका घरहरुका छाना भने सिलेट ढुंगाले छाएको छ । यति लामो वाटो आइसक्दा पनि वाटामा कतै मंदिर देखिएको थिएन । बल्ल देखिएको मन्दिर पनि भुइमा हराएको जस्तो २।३ फिटको उचाइमै जस्ताको छानो लगाइएको देखियो । पूर्वतर्फ जांदा वाटाघाटामै ठुला ठुला मंदिर प्रतिस्पर्धाका रुपमा ठडिएका देख्न सकिन्छ । यता भने कर्णालीको आर्थिक दुरा अवस्थाका कारण टाक्सीएका हुन् कि जस्तो लाग्यो ।
खिडकीजुला, मालचौर पुग्यौ । कर्णालीकै तिर तिरवाटै गाडि अगाडि वढिरहेको छ । उतावाट फर्केको स्कारपियो गाडीसंग एकछिन किटु खोलामा टसल पर्यो । अन्तै फुटाएर आएको ग्लास पनि यही फुट्यो भनेर पैसा तिराउने सुर पो गरेका थिए । अगाडी गाडी आएको छ कि भनेर धेरै पर देखिनै हर्न लगाउनु पर्ने र सजग हुनु पर्ने वाटोको अवस्था छ । हाम्रा गुरुजी निकै सिपालुु थिए । उनी यसकुरामा वाटाभरी चनाखै रहे । पहरो काटेर वनाइएका कतिपय मोडमा उतावाट आएका गाडीनै देख्न सकिदैन । किटु खोलावाट वल्ल वल्ल हाम्रो गाडी उक्लियो । नियमित सरसफmाइ र मर्मतमा स्थानिय सडक कार्यालयले ध्यानदिने हो भने यात्रा अझै सहज हुने थियो । वाटोको ठाउं ठाउंका अवस्था देख्र्दा सम्वन्धित निकायको ध्यान पुगे जस्तो लाग्दैन । किटु खोलाको उकालो कट्ने वित्तिकै कालिकोट शुरु भएको संकेत वाटामा रहेका सिमेन्टका अग्लाद्धारले दिए ।
हामीले सवा वाह्र वजेतिर दैलेखलाई छोडेर कालिकोट टेक्यौ । वाटामा आउने थुप्रै प्रहरीपोष्ट पिच्छे गाडीले गर्नु पर्ने नियमित काम गर्दा यात्राको समय निकै खांदो रहेछ । यहां रहेको प्रहरी पोष्टले जांचपडताल गर्ने काममा पनि त्यस्तै भयो । कर्णाली राजमार्ग कालको राजमर्ग भन्थे मानिसहरु । दैलेखको वाटो त योग्य गुरुजीले पार लगाए भन्ने लागेको थियो । चेकपोष्ट नजिक भेटिएका मानिसले त झनै अत्याए । यताको वाटो त राम्रै हो नि अव उता पो देख्नुहुन्छ भने । उनीहरुका कुराले हाम्रा ओठ तालु सुके । तिलानदीमा रहेको वेली व्रिज पार गरेर गाडी अगाडिको सिधै उकालो लाग्यो । तिला नदीमा चौखोला मिसिएको रहेछ । तीला नदीमा वगेको पानी हिउंको डल्लो पग्लदै नदीमा पानी हैन सेतो न सेतो दुध वगे जस्तै लाग्थ्यो ।
तिलानदी कटेपछि पाखाभरी भेडावाख्रा चरेझै देखिने वस्ती कालिकोट मान्म वजार तलैवाट देख्यौ । कालिकोटको सदरमुकाम मान्म जाने वाटाकोे पिच राम्रै थियो । कालिकोट सदरमुकाम र वजार दक्षिण फर्केको पुरै भिरालो पाखामा रहेछ । वजारमा अग्ला सिमेन्ट पिलरवाला घरहरु र सडकका दाया वाया धमाधम वन्दैगरेका पनि थिए् । सदरमुकाममा पुराना घर हट्दै चिटिक्क परेका घरहरु ठडिन थालेका रहेछन् । मान्म वजार देखेपछि विकासको वाधक डांडा पहाड हैन भन्ने मन भित्रै गडेकोे दार्जलिङपुग्दा देखेकोे वजारको याद आयो । तर त्यसरी व्यवस्थित रुपमा मान्म वजार भने वसेजस्तो लागेन । खानाको लागि धेरै अघिनै थोलीनेता उमेशसरले ह्वाइट हाउस रेष्टुरेंटलाई खवर गरि सकेकोले धेरै वेर अलमल गर्न परेन । बजारको पल्लो छेउमा रहेको ह्वाइट हाउस र डि एण्ड डी रे्ष्टुर।ेंटमा वांडिएर रातो मार्सि चामलको भात, वन्दा काउली को तरकारी र अचारसंग साकाहारी खाना मजाले खायौ । हामीले खाना खाएको दुवै होटल राजमार्गको पश्चि तर्फ भिरालोमै वनेको पक्कि घरनै थियो ।
मान्मवाट खाना खाएर हिंड्दा २.४० वजेको थियो । नजिकै ताडी वजार रहेछ । अघिल्लो दिनमात्र खुलेको चेकपोष्टमा चेकजांच गर्ने काम सक्यौ । मान्मवाट अव जुम्लाका लागि करिव ८१ किलोमिटर जीउनै सिरिङग हुने बाटोमा गुड्नु पर्ने देखियो । हेर्दै कहाली लाग्दो वाटो छ । ठूलो भिरको वीचमा रहेको बाटोवाट तल हेर्दा पनि कहाली लागे जस्तों । माथी हेर्दा डांडाले आकाशसंगै मित लाए जस्तो ।
कालो वादलमा चांदिको घेरा जस्तै पारीपटृी डांडामा मानिसका परिश्रम र पसिना पोखिएको खेती वाली भने हेरीरहुं जस्तो । कालिकोटका विकट र डरलाग्दा पहाडमा मानिसको वसोवास देख्दा तिनछक्क पारे । हाम्रै नेपालका दूर दराजका पहाडमा वस्ने नेपालीको जीवन कति दुख साध्य छ । कति कठिन छ । तै पनि रमाएरै आफनो थात थलो जोगाएर वसेका छन् । आफनो ठाउंमा आफुले जानेको पौरख पोखेर जीवन गुजारा गरेका छन् । तराइको सुगमाता हेर्दा पहाड को जीवन त कहाली लाग्दो छ । अरु त के कुरा नुनका लागि तड्पिनु परेको वेदना, ओखतीमुलोका लागि भौतारिनु परेको वेदना त छंदैछ । तथापी विकासको पूर्वाधारको रुपमा रहेको कर्णाली राजमार्ग वने पछि कर्णाली वासीमा केही उत्साह र उमंग भने पलाएकै देखिन्छ ।
मान्ममा भात खाएर हिंडेका के थियौ बेलुकाको लागि जुम्लामा भात पकाउने अर्डर बसवाटै भयो । सायद मान्म कटेपछि खवर गर्नु भनेका थिए होलान् उतावाट । यता वाटो हेर्दा भने भरे पुगिएला नपुगिएला जस्तो । अघि तिलानदीलाई छोडेर कालिकोट सद।रमुकाम पुग्न गाडी उकालो उक्लिएको थियो । अहिले फेरी त्यही तिला नदी भेट्न गाडी तल ओर्लिरहेको छ । कालिकोटको सदरमुकामका लागि गाडी माथि लगिए जस्तो लाग्यो । नत्र तिला नदीको तिरै तिरै जाने हो भने नाग्मा र जुम्ला अझ धेरै छोटो हुने रहेछ । वाटोमा गाडीहरु कम भै सकेका थिए । हामी दिउंसै विहानी खोला तर्दै विहानी वजार पुग्यौ । सडकका छेउछाउमा रहेका प्राय सवै जसो घरका आंगनका डिलमा होचा डेढ दुइफिटे उचाइका मकैका कुन्यु देखिन्थे । एकाध ठाउंमा भेटिएका मन्दिर पनि कुन्यु जस्तै दुइ अढाइ फुटमै छाना हालिएका देखिन्थे । गुडि रहेको हाम्रो गाडीको चक्का फेरी फुसफुसाउंदै पड्कियो । लामो यात्रामा यस्तै हो गुरुजीले भने । सवैजना जुटिहाले । सडक अग्लो भिरको वीचो वीच थियो,तल कता हो कता तीला नदी वगेकी थिइन् । पारी पटृीको अग्लो डांडामा देखिएको वस्तीं कुन जिल्ला होला चर्चा चल्यो, अड्कलवाजी चल्यो, कसैले जाजरकोट हो कि भने । हामी सवै अलमलियौ नौलो ठाउंको भू वनोट देखेर । तुरुन्तै ववसरले फोन लगाइहाले स्थानीय साथीलाई, आखिर उताको डाडाें पनि कालिकोटनै रहेछ ।
टाकुल्ला वजार आइपुग्दा एकजनाले गीतको एउटा गेडो सुनाए ।
वाटो खुल्यो मोटर चल्यो, जुम्ला कालिकोटको
उनको गीत अधुरै रहेकोले मैले थपिदिए यस्तो ।
बाटो राम्रो शिरको भन्थे तर हिड्यौ भिरको ।
बाटो राम्रो शिरको भन्थे तर हामी कहिले तिरको कहिले भिरको बाटो भएर अघि वढि रहेका छौ । टाकुल्लामा केही घर र धानफल्ने खेत थिए । वाटामाथि चिया पसल थियो । डांडातिर पहरामा पनि शाहीहरु नै वसेका रहेछन् । शाहीका घर पनि ओडार हो की घर सडकबाट हेर्दा त्यस्तै लाग्थ्यो । यता शाहीहरुको वसोवास वढी रहेछ । सडकको छेउ जहां वस्तीछ वाटो पनि त्यही विग्रिएको देखिन्थ्यो । टाकुल्लाको सानो खोलामा उकालो चढ्न नसकेर थाकेको ट्र्कको थुतुनोमा डोरी वांधेर पार लगाउने आइडिया प्रकृतिप्रेमीका एकजनाले सुझाए । पार लगाउन नसकेको भए आजको रात यतै वित्ने निश्चित थियो । ’cause घाम अलि परै पुगिसकेको थियो । हाम्रालागि राती यो वाटो हिंड्नु भनेको ठुलै खतरा मोल्नु वरावर हुन्थ्यो । फेरी ६ वजे पछि गाडी चल्न दिदैन भन्ने हल्ला पनि चल्यो । उतावाट आउने गाडीलाई डोरीले तानेर पार त लगाइयो, तर यतावाट जाने गाडीले फेरी उताको उकालो पार गर्न नसके पछि फेरी प्रकृतिप्रेमीका सवै मिलेर वाटोमा ढुंगा छाप्न थाल्यौ । वाटोका खाल्टा खुल्टी पुरेपछि वल्ल तल्ल गाडी उक्लियो । टाकुल्ला गाउमा रहेको खोलाको पुलको जग धेरै अघि ढलान भए पनि अलपत्रै परेको धेरै भएछ । टाकुल्ला कटेपछि तिलानदीसंगसंगै दौतरी वनेर वालिघाट पुग्यौ । फरक हमी उता जांदैथियौ । तिलानदी यता आउंदै थिइन् । भैसीगौंडा अनि जुविथा टिम्मुरे पुगेपछि अलि उकालो चढ्यौ । गाल्जेमा पुग्दा सांझको सवा छ वजेको थियो । चेकपोष्ट रहेछ चेक जांच भयो । नाग्म पुग्नु अगाडि हामीले खल्लागाउं, राचुुली, धनडा हुंदै भिग्म पुग्यौ । वसभित्रै एकजनाले हांसो गर्नु भयो नाग्मको भाइ भिग्म आयो अव नाग्म पुगिन्छ । नभन्दै फोइमहादेवको नाग्म पुग्न ३ किमि मात्र वांकि रहेको संकेत वाटोमै पायौ ।
नाग्म वजार पुग्दा अध्यारो भै सकेको थियो । वत्तिको उज्यालोमा वजार झिलिमिल र ठुलै देखियो । अहिलेसम्म देखिएको वजारमध्ये नाग्म सवैभन्दा ठूलो बजार लाग्यो । नाग्म वजारको उचाइ हेरे १९८९ मिटर रहेछ । नाग्ममा जुम्लाका ओखर किन्न नभुल्नु है भन्थे तर समयले नेटो काटि सकेको थियो । फेरी हामी त जुम्लै जांदैछौ भनेर चित्त वुझाइयो । वजारमा थुप्रै गाडीहरु थिए । मानिसको चहल पहल पनि थियो । नाग्मवाटै जुम्ला जाने कि रारा जाने यहीवाट छुटिृने अलग अलग वाटा रहेछन् । गाडीमा रारा जानेहरु यहीवाट मुगुको सदरमुकाम गमगढीसम्म मोटरमा जान्छन् । अचेल बाटो खुलेपछि रारा जाने आन्तरिक र वाह्य पर्यटकहरुको आइजाइ वढेकाले मानिसहरु खुसिनै देखिन्थे ।
जुम्लामा खाना अर्डर अघिनै भै सकेकोले चिसो ठिहीले सेलाउला भन्दै नाग्ममा नरोकिइ हामी जुम्लातिरै हान्नियौ । हामी नाग्म वजार नजिकैको पुल काटेर उत्तर तर्फ रहेको जुम्ला लाग्यौ । वाटोमा रारालिची वजार आयो, चेकपोष्ट रहेछ, गाडीको चेकजांच भयो । चेकजांच गर्न आउने प्रहरीले मन्दिर वन्दै छ चन्दा दिनु पर्यो भने । चन्दा माग्नु अघि स्कुल एरियामा हर्न वजाउने भनेर हप्की पनि लाए । राती आएका पाहुना थियौ किन यस्तो व्यवहार गरे भनेर साथीहरुवीच साउति चल्यो । अगाडि वढ्दै जांदा घुटानी चेकपोष्टमा फेरी चेकजांच भयो । जुम्लाको कालोपत्रे वाटोमा सलल कुदिरहंदा काठमाडौंकै याद आयो । अव जुम्ला खलंगा वजार टाढा थिएन । जुम्लाको तातोभातले वोलाइ रहेको थियो तर फेरी अर्को गाडीको टायरले आराम खोज्योे । टायर फेर्न झन्डै आधा घंटा वित्यो । समयले रात परि सकेको संकेत गरेको थियो । घडी नियाल्दा सांढे आठ वजिसके छ । अरु साना वजार पार गर्दै वल्ल जुम्ला वजार नजिकै पुग्यौ । उमेश सरले नोर्वुलाई फोन गर्नु भयो । नोर्वु आफै टचलाइट वाल्दै हामीलाई खोज्दै आइपुगे । शुरुमा त जुम्ली न हुन् भन्ने लागेको थियो । नोर्वु पातला सिकुटे अग्ला वडो फरासिला र फुर्तिला रहेछन् । सवैलाई हुदयदेखिनै स्वागत गर्दै हाम्रै वसमै उनी चढे । अगुवाको रुपमा वाटो देखाउंदै करिव ९ वजे जुम्ला (२३७० ) मिटर )विमानस्थल नजिक रहेको नोर्वुलामाको भव्य होटल कान्जिरोवाको प्राङगनमा थकित तर एउटा युद्ध जितेको सिपाही झै उत्साहित भएर ओर्लियौ ।
हामीपुग्दा सहयोगीहरु होटल अगाडी टेन्ट मिलाउंदै थिए । ठूलो टेन्टमा हामी २० जना पदयात्री अट्यौ । अरु पनि त्यसरिनै स साना टेन्टमा वांडिए । खाना पाकि सकेकाmे रहेछ । तातो तातो जुम्ली सिमीको दाल, काली मार्सिको रातो चामलको भात, वन्दा आलुको तरकारीले पेटपूजा गर्दै , चिसोले काम्दै गरेको मुटुलिएर आ आफना स्लिपिङव्यागभित्र थकित जीउलाई घुसा¥यौ । पहिलो झमट भुसुक्कै निदाइएछ । रात छिप्पिदै गएपछि चिसोले आफनो साम्राज्य देखाइ हाल्यो । उसका अगाडि निद्रादेवीले जागाराम वस्न करै लाग्योे, बिहानीको प्रतिक्षामा रारा पुग्ने विपना लिएर ।
२०७३ मंसिर

कुइरोभित्र रमाउंदै दाप्चावजार

जुन 28, 2017

२१
कुइरोभित्र रमाउंदै दाप्चावजार

सडकमा पनि कुइरो, त्यही कुइरोभित्र लुकामारी खेल्दै सिन्धुली वर्दिवास सडकहुंदै नमोवुद्धसम्म वसमा जाने योजना भएपनि पात्लेखेत फुलवारी कटेपछि झमझम पानीले रुझेको कच्चि सडकमा पहिलो गाडीनैे हिलोसंग पौठाजोरी खेल्दा उसले पार पाउनै सकेन । पछि रहेको सबैे गाडी ट्वा परे । सवै मिलेर न्वारनदेखिको वल लगाउंदा पनि पारलाउनै सकिएन । डा अमृत सापकाेटा  म र अरु  केही साथीहरु वस जहां आइपुग्ला त्यही चढौला भन्दै अघि लम्क्यौ । नमोवुद्ध भञ्ज्याङ वा स्यामपाटी पुगेर निकैवेर सुस्तायौ ,तर गाडी हैन पदयात्रीको लर्कनपो आयो । हामी पनि त्यही हुलमा मिसिएर अगाडि वढ्यौ ।
दाप्चा भएर भकुण्डेवेसीसम्मको यात्रागर्न नमोवुद्ध भञ्ज्याङ (स्यामपाटी ) नमोवुद्धजाने दक्षिणतिरको वाटो छोडेर हामीले उत्तरतर्फको कच्चि मोटरबाटो समात्यौ । बाटाका छेउ किनारमा रहेका कुनै घरमा पसल, कुनैमा होटल व्यवसाय चलेका देखिन्थ्यो । बाटोसंगै रहेको १६५३ मिटरका उचाइमा रहेको हरियाली थुम्कोमा एकछिन सुस्तायौ । बाल उज्वल मा .वि. र काभ्रे विद्युत प्राधिकरण शाखा दाप्चा वाटैमा पर्ने रहेछ । दाप्चा पुरानो ऐतिहासिक वजार हो । कोटकालिका, भीमसेनस्थान, सपनेश्वर महादेवालय लगायत धार्मिक क्षेत्रका रुपमा चिनिएको र परम्परागत कलाले भरिएको पुरानो वजार हो दाप्चा । दाप्चा बजारका घरहरु पुराना कलाकृतिले सजिएका रहेछन् । यहांको सांस्कृतिक महत्व बोकेका जात्रा पर्वहरु पनि लोभ्याउने खालका रहेछन् । पहिले पहिले नमोवुद्ध धुलिखेल भएर राजधानी जान यही बाटो चल्तीको रहेछ । त्यतिवेला यो वाटो धेरै चल्तिको बाटो हो भन्ने कुरा अहिले पनि वजारमा रहेका घर, मठ मन्दिरले बताउंछन् र दाप्चा व्यापार विसौनीको केन्द्र विन्दु हो भन्ने कुरा जनाउंछ । वजारका ठाउं ठाउंमा मठ मन्दिर धर्मशाला प्रशस्तै देख्न पाइन्छ । पुराना घरहरु, पाटी पौवा सत्तल अझै पनि जीवन्त रुपमा रहेका छन् । दाप्चामा नेवार र तामाङहरुको वाहुल्यता रहेको रहेछ । पहिलेको दाप्चा वजार र आसपासका गाउं अहिले दाप्चा काशिखण्ड नगरपालिकामा परिणत भएको छ ।
स्यामपाटीदेखिनै झरी दक्र्यो । रुखहरु झरीमा मस्तसंग नुहाए र सुन्दर वने । हामीहरु कोही छाता र कोहीले वर्सादीको सहारा लिएर हिंड्यौ । सडक असारे रोपाइलाई विर्साउने गरी हिलाम्य वन्यो । आकासमा धुंवा धुलोको कुनै प्रदुषण थिएन । काठमाडौं उपत्यकाको सहरमाझै मास्कले मुख र नाक छोपेर हिंड्नु पर्ने आवस्यकता पनि यता थिएन । टांटा र टिंटी, ड्याङ ढुङको कुनै हल्ला पनि थिएन । अर्थात वातावरण एकदमै शान्त थियो । रुख विरुवाहरु धुलोले नछोपिएका हुंदा ’em वैंशले भरिपूर्ण भएकी सुन्दरीझै मुस्कुराइ रहेका थिए । दायां वायां रहेका ठुला ठुला पाटाबारीमा मकैवाली पुष्ट घोगा वोकेर दशनग्रा खियाउने किसानको ओठमा हांसो वाडिरहेझैं लाग्थ्यो ।
कांक्रेभञ्ज्याङ अघि नै आउने दाप्चा वजारमा मुखमै पानी रसाउने गरी थुप्रिएको रहर लाग्दो कांक्रो बजारका ठाउं ठाउंमा थिए । छानी छानी हरियो कांक्रो २० रुपैया किलो र पाकेको ठुला कांक्रो ३० रुपैया किलोमा किन्न पाउंदा सवैलाई सस्तै लाग्यो । चरचरी चिरेर र मुठिभरका कांक्रा सिंगै करम करम खांदा आंतै सितल भयो । तरकारी उत्पादन किसानले गर्छन । उनीहरुसंग गुन्दुकको भाउमा उठाएर विचौलियाले नाफाखांदा रहेछन् है साथी हो एकजना मित्रले ठुलै स्वरमा बोले । यही कांक्रो सहर आइपुग्दा २० को ५० र तीसको ८० नव्वे दरमा उपभोक्ताले किन्न परेको कुरा सुनाए ।
पदयात्रामा, भुगोल, भूवनोट, कला संस्कृति ’bout थाहा पाउने त छंदैछ । त्यसअलवा त्यसदिन डाक्टर, वकिल, साहित्यकार, कलाकार र साथीभाइहरुसंगको भेटघाट पदयात्राको अर्को महत्वपूर्ण पाटो हुन्थ्यो । हिंड्दैजांदा मेरा लागि बाटामा भेटिने वालवालिका, वृद्धवृद्धा, किसान व्यापारीसंगको भलाकुसारीले मन अझ हलुका हुने मात्र हैन उर्जा माथि उर्जा थपिएझै लाग्थ्यो । एकै छिनको वाटे वातचितले पनि दुवै थरीका मन हलुका भए जस्तो लाग्थ्योे । तनले स्फुर्ति पाएको आभास हुन्थ्यो । दृश्य परिदृश्यमा आंखा एकछिन पनि सुस्ताउन पाउंदैनथ्यो । दृश्य एकै भए पनि सवै पदयात्रीको दृष्टि भने फरक फरक हुन्थ्योे ।
हिंड्दै रमाउंदै दाप्चाको प्रशिद्ध डराउने पोखरी पुगिसकेका थियौ । वाटोमुनी रहेको अहिले पनि डरलाग्दै रुपमा रहेको डराउने पोखरी उतिवेला कस्तो होला मेरो मन मस्तिष्क तरंगित भयो । यो वाटो चल्तीको नहुंदा, अहिलेको जस्तो वस्ती र मानिसको उपस्थिति कम हुंदा, यो ठाउं निकै डरलाग्दो हुन स्वाभाविकै थियो हामी कल्पना गर्न सक्छौ । त्यसैले यसको स्वरुप र प्रकृति अनुसारनै मानिसले यसको नाम डराउने पोखरी राखिदिए । डराउने पोखरी छोडेर अगाडि लागे पछि पुरानो दाप्चा वजार छोयौ । माथिल्लो हटिया पनि भनिदो रहेछ । हाट लाग्ने परम्पराको इतिहास यो नाउंले वोकेको जस्तो लाग्यो ।
हिंड्नु स्वास्थ्यका लागि र ज्ञानका लागि धेरै लाभदायक छ । एक पटक बैशाखीको सहारामा खुट्टो लतार्दै हिंडिरहेका जयराम शर्माज्यूलाइ बाटोमा भेटेथें । जिज्ञासा राखे के भयो गुरुबा ? ‘मोटरसाइकलले भांचिदियो तिघ्रा, अहिले स्टिलरड राखेको छ । डाक्टरले त आराम गर्नु भनेका थिए । हेरन , हिड्नु पर्ने खुटृालाई आराम गराएर होला । मैले त हिंड्नुनै यसको उपचार हो भन्ने ठानेर खुटृा घिसार्दै भए पनि हिंड्दैछु ।’ एउटै स्वरमा जयरामसरले यतिका कुरा भन्नु भयो । वहां आफै पनि आफनो स्वास्थ्यवारे धेरै ख्याल राख्ने र जान्ने वुझने व्यक्तित्व भएकाले मैले वहांको कुरामा कुनै प्रतिपाद गर्न पनि सकिन । ‘डाक्टरले भनेकै कुरा सतप्रतिशत ठीक हुन्छन् भन्ने त छैन नि । आफुलाई के गर्दा ठिक र के नगर्दा वेठिक आफुले पनि जान्नु पर्छ ’फेरी वहांले थप्नु भयो थियो ।
झन्डै ५० को हाराहारीमा पुग्दा मेरा पनि दाहिने घुंडा पाक्न लागेका आलुवखडा झै रातो न रातो भएर सुनिए । पोल्ने, झमझमाउने, जमिनवाट गोडा उठाउनै गाह्रो, भरेङ तल माथि गर्ने गाह्रो हुनथाल्यो । नित्यकर्म गर्न र पलेटिमार्न टुकरुक्क वस्न गाह्रो भएर निकैदिन थला परें । नाम चलेकै अस्पतालमा धाए, डाक्टरले वुढ्यौलीे रोग भनिदिए, उनले अझै भने घर कति तलाको छ, तल्लो तलामा ओछ्यान सारेर वस्ने पहिलो कुरा । दोस्रो टुक्रुक र पलेटी कसेर नवस्ने । फिजियो थेरापी गर्ने तेस्रोकुरा भन्दै ४।५ थरी औषधी लेखिदिए । डाक्टरले भनेका कुरा बिश्वास गर्ने प¥यो । औषधी पनि लामै समय खाए । फिजियो थेरापी पनि गर्दै गरें । डाक्टरले नगर्नु भनेका दुइ कुरा भने गर्दै गरिन, पहिलो टुक्रुक वसिन , दोस्रो पलेटी कसेर वसिन । त्यसपछि बीसको उन्नाइस हुंदै पाक्ला भनेको घुंडो विस्तारै कम हुंदै भने गयोे । यस्तै रिति धेरै पटक भयो , जचाउने औषधी खाने यस्तै यस्तै गरेर लामै समय बित्यो । विहानको हिंडाइ भन्दा योगा गरेपो हुन्छ कि भनेर योगातिर पनि लागे । पलेटी मारेर योगागर्न थाल्दा फेरी बेथा वल्जिहाल्यो । योगा पनि छोडर औषधी पनि छोडेर सकेसम्म हिंड्नमै जोड दिए । तल माथि पनि गरिनै रहे । तौल घटाए । अहिले उसले हारेको छ मैले जितेको छु । जति हिंड्यो त्यति संचो भए जस्तो लाग्छ । डांडा कांडा उकाली ओराली हिंड्न सकेको छु । जयरामजीको त्यो मन्त्र संझे, हिंड्न वनाएका गोडालाई नहिंडाएर आराम दिन थाल्या भए, माथिको ओछ्यान तल ल्याएर सुत्न थाल्या भए , म घुंडाको रोगी भनेर वस्या भए, म उहिल्यै शारीरिक रुपले नभए पनि मानसिक रुपले वुढो भै सक्ने थिए । दुखे पनि हिंड्नै रमाउन थाले । अहिले मेरो घुंडा वसिरहंदामात्र अलि पोले जस्तो हुन्छ ,जति हिंड्यो त्यति मन रमाएर आनन्द आए जस्तो लाग्छ ।
पदयात्रामा हिंड्दा लाग्यो राज्यले भकुण्डेवेसी देखि नमोवुद्धसम्मको मोटर चल्ने वाटोलाई वाहै्र महिना चल्न सक्ने मात्र वनाइदिने हो भने यस क्षेत्रका जनतामा ठूलो राहत महसुस हुने लाग्यो । वास्तवमा कुनै पनि ठाउंमा पर्यटक आर्कषित गर्न पहिलो पूर्वाधार वाटो , सडकनै हो । त्यस पछि खानपिन र वस्नका लागि विभिन्न स्तरका होटल वा होमस्टेको आवस्यकता हो । दाप्चा वजारमा होमस्टेको आवस्यकता भै सकेको रहेछ । वस्ती पातलो छ । प्रशस्तै खेतीयोग्य जग्गामा मकै वारी लहलहाउंदो छ । कृषिका उन्नत जातका सिपी र स्थानीय जातका मकै वारीमा रहर लाग्दा देखिन्छ । मकै वारीको पकेट एरियानै वनाउन लायक ठाउं रहेछ । दाप्चालाई तरकारी क्षेत्रको पकेट एरिया को रुपमा विकास गरेर अर्गानिक तरकारी उत्पादन गर्न सक्दा होटल संचालनलाई पनि यसले भरथेग गर्ने छ ।
दाप्चा पदयात्रा गर्न चाहनेका लागि धुलिखेलबाट नमोवुद्धहुंदै पनि पुग्न सकिन्छ । काभ्रेको भकुण्डेवेसी बाट ४ किलोमिटर उक्लेर खनालथोक, कांके भञ्ज्याङ, तल्ला हटिया हुंदै छत्रेवांझ भएर दाप्चा वजार पुग्न सकिन्छ । फर्कदा ५ किमि हिंडेर नमोवुद्ध भएर धुलिखेल निस्कन सकिन्छ । ट्र्ेकिङ गर्नेका लागि पनौतीबाट शंखु हुंदै नमोवुद्ध भएर दाप्चा पुग्न सकिन्छ । साथीभाइ मिलेर हिंड्दा निकै रमाइलो लाग्ने यात्रा हुन्छ ।
दाप्चा वजार भएर भकुण्डेवेसी झर्दा खनाल थोकका गाउंवासीे खुसि हुंदै कांक्रेविहार चोकमै धिमे वाजागाजाले स्वागत गर्न आतुर हुनुहुन्थ्यो । रातो अक्षताको टिका लगाइदिएर पदयात्रीको धुमधाम स्वागतै गर्नु भयो । ३५५ जना सहभागी पदयात्रीका निधार रातो टिकाले रंगिए । हामी औधी खुसीहुंदै अाजकाे पदयात्राले एकजना अर्का नया‌ साथी अमृत सापकाेटास‌ग घनिष्ट मित्रता  बढायाे । मकैवारीसंग रमाउंदै ओरालो झरेको झरै भकुण्डेवेसी मुल सडकमा आइपुग्यौ ।

२०७३ ।

प्रकाशाेन्मुख तेस्राे कृति हिडाइकाे भाेगाइबाट

प्रतिपक्ष र सरकार भन्ने वेला हैन

जुन 30, 2016

प्रतिपक्ष र सरकार भन्ने वेला हैन
गोपीचन्द्र कार्की
कांग्रेसले , संघिय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको होे भनेर मात्र अव पुग्दैन । त्यसको जस लिने हो भने नयां संविधानको कार्यान्वयन गर्ने जिम्मेवारी पनि एमालेको भन्दा उसकै कांधमा वढी छ । त्यसैले उ विरोध मात्र गर्ने प्रतिपक्ष हैन, संविधान कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिपक्षका रुपमा देखा पर्नु प¥यो । विभिन्न दाउ पेच लगाएर सरकारलाई अप्ठेरो पार्ने, झिना मसिना कुरामा निहुं खोज्ने, भागवण्डाको राजनीति गर्ने वेला यो हैन । अहिलेको आवस्यकता नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउंमा उभिएर नेकपा माओवादी ( हाल केन्द्र ) फोरम लोकतान्त्रिकलाई साथ लिएर अगाडि वढ्नुको विकल्पै छैन । अहिले कांग्रेसले आफुलाई राजनीतिक प्रतिपक्षका रुपमा उभ्याउने वेला यो हैन । हाम्रो देशको सम्वन्धमा उसले यतिवेला आफुलाई प्राविधिक रुपले मात्र प्रतिपक्षमा उभ्याउनु पर्छ । ’cause अहिले हामी असामान्य अवस्थामा छौं । संक्रमणकालमा छौं । सरकार भित्रै पनि संघियता नमान्ने, धर्म निरपेक्ष नमान्ने, राजा ल्याउनु पर्छ भन्नेहरुको सहभागिता छ ।
नयां संविधान २०७२ असोज ३ गते जारी भयो । त्यो दुई ठुला पार्टी नेपाली कांग्रेस र एमाले एकठाउंमा आएपछि नै संभव भएको हो । दुइ पार्टी संविधान जारी गर्ने कुरामा एक मत भएपछि एमाओवादी र फोरम लोकतान्त्रिक सहितको साथ समर्थनमा नयां संविधान यो दशेमा आएको हो । यदी पार्टीहरु नमिलेको भए, १६ वुंदे समझदारी अनुसार नचलेको भए कुनै हालतमा त्यस समयमा संविधान आउने थिएन । तत्काल संविधान, संविधानसभाबाट नआएको भए नेपालीले अहिलेको संविधान देख्न पाउने थिएनन् । किन भने संविधान आउन नदिन देशी विदेशी खेलको गठजोड निकै वढ्दै थियो ।
पार्टीहरुको अथक प्रयासले संविधान त आयो तर कार्यान्वयनले चुस्त गतिलिन सकिरहेको छैन । संविधान आउनु मात्रै अव ठूलो कुरो भएन । ठूलो कुरो त त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु पनि हो । संविधान प्राप्ती पछि वनेको सरकारमा कांग्रेस समेत सामेल भै दिएको भए वा जिम्मेवार प्रतिपक्ष भएर संविधान कार्यान्वयनमा सहयोग भएको भए समय धेरै अगाडी वढी सक्थ्यो । भर्खरैको उदाहरण काफी छ, ९ महिनादेखि अड्किरहेको संसदीय सुनुवाइ समितिको टुंगो वल्ल तीनपार्टी वीच समझदारी भएपछि मिनेटमै टुंगियोे । विवादको विषय ठूलो थिएन सवै कुरा मिलीसक्दा पनि नयां संविधान अनुसार १५ सदस्यीय वनाउने पक्षमा सत्तापक्ष र अरु पार्टी थिए भने पुरानै समिति ७५ सदस्य कायम राख्ने अडान लिएर नेपाली कांग्रेस र साना केही पार्टीले जुहारी खेल्दा निकास पाउन ९ महिना वित्यो ।
नेपाली कांग्रेस र एमाले लगायत ठुला पार्टी मिलेर अगाडि नवढ्ने हो भने संविधान कार्यान्वयनको पक्ष जटिल छ । संविधान कार्यान्वयनको लागि कांग्रेस र एमालेको सहकार्य जरुरी देखिएको छ । किनकि यो संसदको म्याद २०७४ माघसम्म मात्र छ । त्यो भनेको अव जम्माजम्मी १९ महिना मात्र हो । गर्नु पर्ने कामका हिसावले यो छोटो अवधि भै सक्यो । त्यतिन्जेल संघ, प्रदेश र स्थानिय तीनै तहको संरचनाका सम्पूर्ण काम गरि सक्नु पर्ने छ । त्यसो हुन नसक्दा ठूलो संवैधानिक जटिलता उत्तपन्न हुन सक्छ । यी काम सहज ढंगले अघि वढाउन नेपाली कांग्रेस र एमाले दुवै मिलेर अरु पार्टीलाई समेत साथ सहयोग लिएर हिंड्दामात्र संविधानले तोकिदिएको समयसिमा भित्र पुरा हुन सक्छ ।
अहिले धेरैजसो पार्टी आफनो प्रमुख एजेण्डा संविधान कार्यान्वयन नै हो भनि रहेका छन् , भित्र भित्र भने सरकार वनाउने ,हटाउने खेलमा लागेर अस्थिरता ल्याउन खोजेको देखिन्छ । संविधान कार्यान्वयनका लागि यो सरकार वाधक रहेको छ भने अहिले सत्तमा रहेका र नेपाली कांग्रेस वसेर के गर्दा निकास निस्कन सक्छ त्यसवारे खुल्ला रुपले छलफल गरेरमात्र सवैको सहमतिमा अघि वढ्नु पर्छ । केवल सत्ता लिने एउटाको ठाउंमा अर्को आउने खेल मात्र हुनु चाहि देशका लागि दुर्भाग्य हुनसक्छ । नेपाली कांग्रेसले एमाओवादीलाई अघि सारेर आफु सत्तामा मात्र वस्न चाहेको हो भने एमाओवादीले धेरै पटक सोच्नु पर्छ । यही अवस्था छोटै समयमा फेरी उसका लागि घातक भएर आउन सक्छ । त्यसो गर्न उसले धेरै पटक सोच्नु आवस्यक छ । अहिलेको सरकारले किचल्टीएका , भत्केका विग्रेका कुरा मिलाउंदै विस्तारै आर्थिक फड्को मार्ने गति लिन लागेका वेला यसखालको कुस्वप्न देख्नु उचित ठहर्दैन । अहिले झिना मसिना कुरामा अल्झिनु भनेको जनताको ठूलो आस्था भरोसा रहेको पार्टीहरुको साख अझ गिर्नु हो । यसले कुनै पनि जिम्मेवार पार्टीलार्ई फाइदा पुग्दैन । त्यसैले नेपाली कांग्रेस एमाले संविधान कार्यान्वयनका लागि एकठाउंमा उभिनै पर्छ । माओवादी र फोरम लोकतान्त्रिक लगायतका पार्टीहरु को साथ सहयोगमा संविधान कार्यान्वयन गर्न फास्टट्याकको बाटो अपनाउनै पर्छ । यतिवेला प्रतिपक्ष र सत्तापक्ष भन्ने समय हैन । काम गरेर देखाउने वेला हो । संविधान कार्यान्वयनका लागि थुप्रै कानूनहरुको निर्माण गर्नु पर्छ । जसका लागि संसदमा दुइ तिहाइ मतको आवस्यकता छ । कांग्रेस र एमाले नमिल्दा दुई तिहाइ मत संसदमा पुग्दैन भन्ने कुरा जगजाहेर नै छ ।
संविधान आउन नदिन छिमेकिले कति सम्मको वखेडा झिके त्यो सवैले देखेकै बुझेकै कुरा हो । अझ आम जनताभन्दा पनि पार्टीका नेतृत्वकर्ता नेताहरुलाई यस वारे वढी थाहा छ । आफुले मात्र नसकेर नेपालको संविधानमा आफना कुरा पार्न अन्तराष्ट्र्यि फोरमको समेत सहयोग लिए । छिमेकीलाई त्यो आंट हामी बीचको बेमेललेनै आएको हो । नेपालका ठुला पार्टी मिलेर विगतमा झै १६ वुंदे काम गर्ने यन्त्र वनाएर लाग्ने हो भने हामी प्रति कुदृष्टि राख्नेको स्वर त्यसै विलाउंदै जान्छ । नत्र हाम्रो उखान छ नि भाइफुटे गंवार लुटे भने झैं चरितार्थ हुन्छ ।
अहिले मधेसवादी दललाई वार्तामा आउन पटक पटक वोलाउंदा पनि आइरहेका छैनन् । उनीहरुलाई वार्ता गरेर समस्याको समाधान गर्नु पनि छैन । उनीहरुले जे मागिरहेका छन् त्यो वार्तावाट कसैले दिन सक्ने कुरा पनि हैन । माग पुरा हुन नसक्ने कुरा फलाकेर वखेडा झिक्नुमै फाइदा देखेका छन् । कहिले कांग्रेस एमाले माओवादी तीनवटै ठुलादलले वोलाए मात्र आउंछौं भनेर फलाक्छन् । मधेसवादीको प्रमुख मागको सम्वन्धमा राजनीतिक दलहरुले सुझबुझका साथ संविधान संशोधन गरेरै त्यसलाई संवोधन गरिसकेका छन् । हो उनीहरुको जायजमागलाई संबोधन गर्नु पर्छ यस्मा दुइ मत छैन तर संविधान पुर्नलेखनका मागका’bout मधेसवादी दलमै विरोध छ । यो भन्नु भनेको संविधान वनाउने ९० प्रतिशत प्रतिनिधिसभाका सदस्यको अपमान गर्नु हो । अथवा मरेको मानिसलाई जिउंदो त्युल्याउनु भने झै हो । पूर्व देखि पश्चिम महाकालीसम्मको भू भागलाई दुई प्रदेश वनाउनु पर्छ भन्ने कुरा पनि देश विभाजन पार्न सहयोग गरे जस्तै हो । हिंड्दैजांदा सवै कुराले विस्तारै बाटो छोड्दै जान्छ । हिजो जात जातका राज्य हुनु पर्छ भन्नेहरु अव घुमाइ फिराइ हाम्रो पहिचान हुनु प¥यो भन्न थालेका छन् । जात जातीबाट पहिचानमा झर्नेहरु विस्तारै थान्को लाग्नेनै छन् । अव सानो स्वार्थमा नअलमलिई ठुला दलहरु राष्ट्र्यि स्वार्थका लागि मिलेर अगाडि वढ्नुको विकल्प छैन ।
राजनीतिक स्थिरता नभै देशले कुनै हालतमा आर्थिक सम्पन्नताको वाटो लिन सक्दैन । सत्तपक्षले पनि ठूलो पार्टीसंग सरसल्लाह , सुझव लिने कुरामा कुनै कंजुस्याइ नगरि अघि वढ्नुनै बुद्धिमानी काम हो । कानून वनाउने कुरा, प्रदेशको सिमाङकन गर्ने कुरा, निर्वाचन सम्पन्न गर्ने जस्ता कुरामा साथ सहयोग लिएर अघि वढ्दानै सफल सरकारको छवि जनमानसमा पर्छ । त्यसैले अहिले प्रतिपक्ष र सत्तापक्ष भन्ने वेला छैन । ठुला पार्टी मिलेर संविधानको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ अघि वढाउनु राजनीतिक पार्टीहरुको कर्तव्य हो ।

जयव्लग ।

हिमालपारीको गाउं पुग्दा

अप्रील 30, 2016

गोपीचन्द्र कार्की

20160419_174509

धेरै अघि देखि जान मनलागेकोे ठाउं हिमालपारीको गाउं मुस्तांङ यसपाला नयां बर्षको पहिलो हप्तामै पुग्ने मेसो मिल्योे । नेपालीहरु प्राय तीर्थस्थलका रुपमा भारतका विभिन्न स्थानमा पुग्ने चलन आजको हैन । हिजो भन्दा अहिले समय अलि फेरिएको छ । नेपालीहरु नेपालका धेरै तीर्थस्थल या मठमन्दिरमा पनि घुम्ने चलन विस्तारै विकसित हुंदैछ । यदी तीर्थस्थल नभैदिएको भए सायदै यति धेरै मानिस त्यहां पुग्ने थिएनन् । हाइकिङ वा ट्रेकिङको बानी धेरै नेपालीमा अझै परेको छैन । त्यसैले दुख सास्ती खाएर नयां नयां ठाउकों, भू बनोट, सामाजिक रहन सहन, हावापानी बुझ्ने हिसाबले पदयात्रा गर्ने मेसो अझै बनेको छैन, यसको अर्थ सुरुवातै नभएको भने हैन मेलो अगाडि भने पक्कै बढेको पाइन्छ । मलाई पनि यसपटक तीर्थ पुग्ने समुहको बीचमा वसेर हिमालपारीको गाउं पुग्ने अवसर मिल्यो । धर्म होला नहोला त्यो अर्को पाटो भयो । तर त्यससंगको सामिप्यका कारण भने मेरोे थोरै दिनको यात्राले पनि नेपालको भौगोलिक अवस्थाको धेरै कुरा जानकारी गरायो । भूवनोट र सडक बाटो अनि ठाउं थलोको ’bout केही जानकारी मिल्यो । त्यो काम हिमालपारी रहेको गाउंमा अवस्थित मुक्तिनाथलेनै मिलाएका हुन् यसमा हिचकिचाउनु पर्ने कुरा छैन ।
भू स्वर्गको रुपमा रहेको नेपालले बिभिन्न देशका प्रकृतिप्रेमीहरुलाई आफुतिर तानेको देख्दा अचम्मै लाग्यो । भुइचालो र भारतको नाकाबन्दीले थिलथिलो पारेको भए पनि प्रकृति प्रेमीलाई भने ति कुनै कुराले छेकेको पाइन्न । बिश्वको आर्कषण वनेकै छ त्यसैले होला सन् २०१६ का घुम्न जाने लायक ठाउंमा नेपाल छैंठौ परेको छ । प्रसिद्ध नेसनल जियोग्राफिक ट्रभलर भ्यागाजिनले भनेको सत्य रहेछ । बेनी देखिनै कोही साइकलमा कोही पदयात्रीका रुपमा ओराली उकालीमा रमाउंदै जीवनलाई हत्केलामा राखेर लावा लस्कर हिंडेको देख्दा नेपाल आमा प्रति गौरव जाग्यो । बिदेशी वा स्वदेसीलाई तान्ने प्राकृतिक, सांस्कृतिक,मठ मन्दिर ,जात्रा पर्वरुपी चुम्वक नेपालमा जताततै छ तर राज्यले यस तर्फ कमै ध्यान दिरहेको छ । जलश्रोत पछि नेपालले ध्यानदिनु पर्ने क्षेत्र भनेकै पर्यटन हो । जुन उद्योगले नेपालीलाई राम्ररी पाल्न पोस्न हुर्काउन सक्छ भन्ने मलाई लाग्छ । यस्ता क्षेत्रहरुमा बाटो घाटो राम्रो बनाइदिने ,व्यवस्थित हाइकिङ र ट्रेकिङ रुट बनाइदिने, बस्न खानका लागि सवै स्तरका होटल बनाइदिने । अतिथिलाई स्वागन गर्ने मन बनाइदिने हो भने विकास पुग्न नसकेको सुदुर ठाउं पनि आफनै खुटृामा उभिएर रमाउन बांच्न सक्छ । जस्का लागि स्थानिय परम्परा, संस्कृति र नेपालीपन भत्कन दिनु हुंदैन ।

20160418_100824
बाटासंगै त्यसमा चल्ने गाडीको सुगमतालेगर्दा मानिस एकठाउंबाट अर्को भू बनोट हावा पानी भएको ठाउंमा सजिलै पुग्छ । हामी काठमाडौंका मानिसलाई हिमालपारीको गाउं मुस्ताङ पुग्न सहज पनि यही कारण वनेको थियो । सल्लाह मिल्यो ९ जना टाटा सुमो गाडी लिएर जाने निधो ग¥यौं । हिजोको सिन्डिकेट तोडिएको र आफनो गाडी भए मन्दिरसम्मै पुग्न सक्ने कुनै झमेला नहुने कुराले पनि हामीलाई जाउं जाउं लाग्यो । २०७३ साल बैशाख ६ गते विहान ६.३० बाट हाम्रो यात्रा सुरु भयो ।
समयले कोल्टो फेरी सकेको छ । प्रविधिको अलि अलि ज्ञान हुने हो भने आफु जाने ठाउंको सवै कुराको पूर्व जानकारी घरमै वसेर लिन सकिन्छ । गुगल भन्ने जिनिसबाट सर्च गरेर धेरै कुरा थाहा पाइन्छ । मैले पनि गुगलको सहायताले काठमाडौंबाट मुक्तिनाथ पुग्ने यात्रा विवरण, ’roundका स्थान र त्यसको समुन्द्र सतहबाट पर्ने उचाइ, ’boutमा मोटामोटी जानकारी लिए । स्यालमार्न बाघको सारजम जोर्नु भने झै अझ त्यता पुगेर आउने केही साथीहरुबाट बसाइ कहां कहां गर्दा उपयुक्त र रामणीय होला भनेर उनीहरुको सल्लाह पनि लिएं । बसमा हुइकिदै गर्दा त्यता जांदा छुटाउनै नहुने स्थलको ’bout सुनाए । बसाइका वारे अरुले दिएको सल्लाह पनि सुनाए ।
मुग्लिन पारी बेलीब्रीज पुल तरेरपछि हाम्रो गाडी खानाको लागि रोकियो । समय १०.३० भएको थियो । बस्न राम्रो खाना सफा पनि यही पाइन्छ अनुभवी गुुरुजीले गाडी होटल अगाडी रोके । मस्याङदी खोलाको किनारको चिसो हावा खांदै पारी पूर्वजाने गाडी र यता आउने गाडीको लस्कर हेर्दै खाना मजाले थपी थपी सबैले मिठो मानेर खायौ । सिमसाग रहेछ , साग भने पछि हुरुक्कै हुने मैले थपी थपी खाए । नमिठो मान्दा मान्दै पनि । पुल कट्ने वित्तिकै सडकको देव्रेतिर ठडाइएको ठूलो बोर्डमा हामी मगरात स्वायत्त प्रदेशमा रहेको जानकारी राष्ट्रिय जनमुक्ति पार्टीले गराउने मनसुवाले बोर्ड झुन्डाएको देखे । ११.४५ मा दमौली, १.३० तिर हेम्जा पुग्यौ । यता नयां वस्ती वस्दै गरेको रहेछ । लुम्ले पुग्दा नेपथ्यको गीतले झकझकायो । नयां पुल हुंदै पर्वत जिल्ला टेक्यौ । करिब २.३० तिर अलि अलि बिग्रैको ओरालो बाटो हुंदै मोदीखोला त¥यौं । मोदीखोला पावर हाउस बाट निक्लेको बिजुली र लोडसेडिङको कुरा गाडीभित्रै चल्यो । गाडी आफनै रफ्तारमा अगाडी वढी रहेको छ हामी कालीगण्डकीको तिर हुैदै अगाडी वढ्यौं । यता ठुला ठुला राम्रा घरहरु देखिए । ४ वजेतिर बेनी अर्थात नदीको दोभानमा रहेको बेनी बजार ( ६८० मि ) पुग्यौ । बजार हेर्न मनसुवा हाम्रो थिएन तातोपानी बेलैमा पुग्ने मनसायले हामी त्यता नरोकिइ अगाडि वढ्यौंै । केही समय अगाडी गए पछि कालीगण्डकीको दोभारनमा गलेस्वर महादेबको ( ८९० मि ) मन्दिर देख्यौ । त्यतां फर्कदा पस्ने भागमा छुट्याउंदै हाम्रो गाडी जंगल पहाडको खोच हुंदै अगाडी वढ्यौ । समय त सांढे चार मात्र वजेको होला दिउसै रात परेझै लाग्यो । एकैछिनमा अलिकति देखिएको आकास कालो न मैलो हुंदै आयो , बेजोड हावा हुरी र पानीको एकछिन सामाना गर्नु पर्यो । सबैको चिन्ता भने गाडीमाथि रहेको पोका पन्थरा पानीले भिजाउने भो बर्वादभो भन्नेमै थियो । किनकि राम्रो त्रिपालले तिनलाई छोपिएकै थिएन ।
दश जना यात्री मध्ये दुइजना बाहेक अरु सवैको पहिलो यात्रा थियो । पुराना दुइ जना पनि ठुला वसमा सांझको समयमा त्यो बाटो हिंडेकोले कहां के कता मेलो पाउन सक्नु भएन । समयमै अंध्यारो भएकोले हामी सबै हतासमा थियौ । मलाई भने विहानको सिमसागले सातोलि रहेको थियो । गनतव्यमै पुगौला र हुंडुलिएको पेट सफा गरौला भन्ने मेरो मानसिकताले केही काम गरेन । गुरुजीलाइ गाह्रो परेको कुरा राखेपछि ठाउंको ठाउं गाडी रोकियो । बांस झाङको छेकटोमा निकैवेर विताएपछि अलि सन्चो भयो । लामो यात्रा गर्दा खानपानमा निकै ध्यान दिनु पर्छ भन्ने कुराको ज्ञान पाइयो ।

20160419_055031

काली गण्डकीको दाहिने तिरबाट हिंडेका हामी पुल तरेपछि बांया तर्फ लाग्यौ । एकातिर भिर पहरो अर्कोतिर काली सुसाएको सुन्दै र हेर्दै हामी अगाडी वढ्यौ । बाटामा भएका आउने संकेत चिन्हले हामी बासस्थान नजिक पुग्न लागेको कुरामा ढुक्क थियौ । करिव ६ .१० मा म्याग्दीको समुन्द्र सतहबाट ११९० मिटर उचाइमा रहेको तातोपानी बजार पुग्यौ । अग्ला डांडाका खोंचमा रहेको सानो बजार घाम अस्ताएको मिरमिरेमा आफै सुस्ताइ रहेको थियो । यो बैशाखमा पनि सुसाइ रहेको कालीगण्डकी कहां जाला मनमनै सोचे । धौलागिरी हिमालदेखि लाङटाङ हिमालसम्मका हिमालहरुबाट वगेका नदीहरु एक आर्कोमा मिसिदै अन्तमा वग्ने नदी गण्डकीनै हो । यसैमा कालीगण्डकी, वुढीगण्डकी, मस्याङदी र सेती र मध्यमान्चलबाट वग्ने त्रिशुली नदीलगायत थुप्रै समागम भएर गण्डकी वग्छिन् ।

20160418_183834

सडकका किनारमा रहेका जस्ताका एक तले टहरा देखेर बास असजिलो हुने हो की भन्ने मनमा संका छायो । केही मोटरसाइकलवालाहरु पनि ओर्लिएर बास खोज्दै थिए । त्यहांका स्थानीयचांहि पानी परेकोले अगाडी बास नपाइला, यतै मिलाएर बस्न आग्रह गरि रहेका थिए । तर हामी बास खोज्ने क्रममा अली पर पुग्यौ ४ तल्लाको ठुलै घर देखेपछि हामीमा उत्साह थपियो, पक्कै होटल हुनुपर्छ । नभन्दै मुलद्धार पुगेर हेर्दा त्यहांको त्यो भव्य होटलनै रहेछ , माउन्ट अन्नपूर्ण लज एण्ड रेष्टुरेंण्ट । ध्रुव गौचन त्यसका संचालक रहेछन् । वढो मिलनसाल मानिस । बास पाइन्छ भन्ने वित्तिकै तल्लो तलाका केही कोठाहारु देखाउन आदेश दि हाले । कतिपय कोठाहरु पहिलेनै वुब भै सकेका रहेछन् । अलि अलि भाउ मिलाउने अनुरोध गर्दा साहु भन्थे पैसै नलिउं त भनेर हांसें । महिलाहरुको लागि एउटा र पुरुषका लागि दुइवटा समेत तीनवटा कोठा लियौ । कोठाको ५०० सयमा कुरा छिनियो । खानाको रुं २७०। त्यतिविधि महंगो लागेन ।
घरै पिडालु बनै पिंडालु ससुराली पुग्दा वाह्र हातको पिंडालु भन्ने हाम्रो उखान यता ठ्याक्कै मिल्यो । काठमाडौंको लोडसेडिङले वाक्क भएको त्यहां पुग्दा पनि लोडसेडिङमै प¥यौ । बेलुका आउंछ आउंछ भन्दा भन्दै भोली पल्ट विहानसम्म पनि बत्ति आएको थिएन । तातोपानी मागे पनि, वाइफाइ सोधे पनि बत्ति छैन, बत्ति आए सबै कुरा हुन्छ भन्थे साहुजीले । एकछिनको आरामपछि नजिकैको तातो पानी कस्तो के हो बुझौ भनेर अरुलाई होटेलमै छाडेर हामी त्यता लाग्यौ । ५ मिनेट तल पुगेपछि प्राकृतिक तातोपानी कुन्ड भेटियो । बिहान ६ बजेबाट बेलुका ९ वजे सम्म चल्ने रहेछ । प्रतिव्यक्ति रु ३० शुल्क लिने रहेछन् । हामी पुग्दा स्वदेसी विदेशी कुण्डमा रमाइ रहेका थिए । हामी भने भोली विहान नुहाउने कुरा टुंगो गरेर फर्कियौ ।

20160419_064645
काठमाडौं बाट बेनीसम्मको बाटो पक्कि छ । बेनीबाट मुक्तिनाथसम्म जम्मा ८७ किमि बाटो भने पुरै कच्चि रहेछ । तर कच्चि भने पनि बाटो नराम्रो हैन । कहि धुले र धेरै ठाउंमा स्थानिय ग्राभेल हालिएको, कही ढुंगा छापिएको बाटा रहेछ । कच्चि भएपनि औसतमा बाटो राम्रै मान्नु पर्छ । २८ सिटे वस धेरै चलेको देखियो । फोरह्वील गाडी , टाट सुमो, बलेरो, मात्र हैन पोखराबाट ट्याक्सी लिएर आउने पनि देखियो । त्यस्तो बाटोमा ट्याक्सी गुडेको देख्दा भने अचम्मै लाग्यो कसरी लगे होलान् जस्तो लाग्ने । फर्कदा विराटनगरबाट लामो वडीको ४५ सिटे बसमा यात्रु गएको देख्दा झन् ताजुव लाग्यो । यस्तो बाटोमा यत्रो वस ल्याउने ड्राइभर कस्ता होलान् ,चढ्ने यात्रु कस्ता होलान् कुरी कुरी लागि रह्यो ।
कालो पानी वग्ने कालीनदी जति रात छिपिन्छ उति उर्लेर सुसाउंदी रहिछिन् । अलि समय लिएर जांदा तातोपानीमै एकदिन एक रात विताउन सकिने रहेछ । हेर्दा पनि सिरको टोपी खस्ने अग्लो डांडोको फेदैमा वनेको होटल , बाटोको पारीपटिृ एकनास सुसाइ रहने कालीगण्डकी, सानो तातोपानी वजार , तातोपानी कुन्ड, दायां वायां एक पछि अर्को देखिने डांडा र हिउं परेको हिमाल देख्दा मन मोहीत पार्ने थलोकोे रुपमा तातो पानी बजार थियो ।
पहिलो बास पछि भोलिपल्ट विहान सवेरै उठेर ६.३० देखि आधा घंटा तातोपानीमा वसेर जिउ ततायौ । विदेसीहरु पनि आए । विहानै दुवै कुन्ड भरि हाल्यो । हामीले नुहाएकै कुन्डमा पसेका एकथरि मित्रहरुबाट थाहा पाइयो म्याग्दीको बेनी वजारबाट अलिपर रहेको ठूलो तातोपानी कुन्ड मुलसडकबाट १ घंटा लाग्ने स्थानमा नुहाएर आएको कुरा बताए । त्यो त निकै ठूलो एकै पटक हजारौ मानिस अट्न सक्ने, र यो भन्दा निकै तातो खल्खल्ती पसिना आउने रहेछ भनेर आफना अनुभूति सुनाए । सुनेका त हामीले पनि थियौ तर जाने अनुकुलता भने हामीलाई मिलेन ।

20160418_183701
होटलको चिया नास्ता पछि हामी बिहानको ७.३० मा पहिलो आतिथ्य दिने तातोपानीको सानो वजार छोड्यौ । ७.४५ बजेतिर हामी दाना ( करिव १५०० मि ) भन्ने ठाउंमा पुग्यौ । दाना गाबिस कुनै बेला मुस्ताङ जिल्लाको सदरमुकाम पनि बनेको रहेछ । ०२४ साल तिर परवल बिष्ट २५ औं राजा वनेपछि उनले दानाको सदरमुकामलाई जोमसोममा सार्ने काम गरेका रहेछन् । दानामा पर पर धान खेत पनि देख्यौ । बाटो र चउरमा भैंसी चराइ रहेको पनि देख्यौ । दानाबाट उता भैसी हुंदैन भन्ने कुरा थाहा पायौ । नेपालकै प्रसिद्धि पाएको कालीगण्डकीको देब्रेतर्फ रहेको रुप्से छांगो पनि यही बाटोमा पर्ने रहेछ । हामी रुप्से छांगोलाई पछि भेट गरौंला है भन्दै आंखा र मनभरी रुप्सेलाइ बोकेर तेरसो परेको उकालो चढ्यौ । त्यता स्थानीय जात्रा होला मानिसहरु झण्डा लिएर वली चढाउन कुखुरा थुमा, बोका बोकेर झुन्ड झुन्ड भएर बाटोमा हिंडि रहेका थिए । ८.३० तिर मुस्ताड०को घासा पुग्यौ । घांसा समुन्द्र सतहबाट २०८० मिटरमा पर्छ । घांसामा वसपार्क रहेछ । पहिले सिन्डीकेट हुंदा वेनीबाट यहांसम्म एउटा वस चढ्नु पर्ने वाध्यता थियो । घासा बजारमा चिया दोकान चलाउनेसंग सोध्दा पहिले हिंडेर जाने बाटो तल रहेको वताए । सडक खुलेपछि हामी पनि माथि आएको हो भनेर बताउनु हुन्थ्यो । बाटोको ठाउं ठाउमा रहेका सडकपिलरमा ठाउंको नाउ घासा लेखिनु पर्नेममा घांस लेखिएकोमा उनीहरुले गुनासो पनि पोखे । बजारको बाटैमा प्रहरी चौकी, अलि माथि सेनाको भीमदल गण देख्यौं । सडकका दुवै तर्फ घर, पसल थिए । यहांबाट झण्डै ८ किलोमिटर उता लेते वजार रहेको थाहा पायौ । लेते पछि कालोपानी वजार आफैमा निकै सफा व्यवस्थित रहेछ । स्कुल कलेज, खेल मैदान पनि रहेछ । केही होटलहरु होमस्टे पनि रहेछन् । रमाइलो बजार देख्यौ । कालोपानी २५०० मि मा अवस्थित रहेछ ।

20160419_091001
बोक्सी खोला वगर भरी टेन्ट गाडीएको देख्यौै । मेला, जात्रा होला भन्ने लागेको थियो । युवा युवतीहरुको भीडभाड देखिन्थ्यो । भरे मुक्तिनाथ नजिकको रानीपौवा पुगे पछि हामी वसेकै होटलमा यताका कार्यक्रममा सहभागी भएर आएका केही युवाहरुलाई भेटे पछि पो थाहा पायौ । त्यहां चौरीको रगत खाने मेला लाग्ने रहेछ भनेर । चौरीको तातो तातो रगत पीउंनाले धेरै रोगहरु निको हुन्छ भन्ने जन विस्वास रहेछ । धेरै ठाउंका मानिसहरु नववर्षको ४।५ दिन पछि लाग्ने त्यो मेलामा सहभागी हुने रहेछन् । त्यही सहभागीका लागि बस्न पाल टांगिएको रहेछ । चौरीको रगत मासु खाने, बस्ने व्यवस्था त्यहां हुंदो रहेछ । जीउंदै चौरीको घांटीको नसा काटेर आलो रगत गिलासमा थाप्दै खुवाउने चलन रहेछ । एउटा चौरीबाट २५।३० गिलास रगत निकाले पछि छोडिन्छ भन्थे । तीन्ले त्यो मेला भ्याएर, कवड्डी कवड्डी भन्ने फिल्मको छायांकन गरेको ठाउं न्याउरीकोट पनि त्यतै पर्ने रहेछ हामी त्यता घुमेर आएको भन्थे युवाहरु । उनीहरुका कुरा सुन्दा स्थानीय जात्रा मेला पर्व समेतलाई ध्यान दिएर प्याकेज कार्यक्रम वनाएर मुक्तिनाथ आउने रहेछन् मानिसहरु भन्ने लाग्यो ।

20160419_075836
अलि अघि वढेपछि २५९० मि को कालीगण्डकी उपत्यकाको टुकुचे आइपुग्यौ । टुकुचे आइपुग्दा डांडा र भुइमा स साना पोथ्रा धुपीका रुखहरु मात्र देख्यौ । पहिले टुकुचे सम्पन्न र भाग्यमानी स्थान रहेछ । दक्षिणतिरबाट आउने र उत्तरबाट आउनेको वसाइ सामान राख्ने विसाउने भण्डारण गर्ने ठाउं यही रहेछ । स्थानीय भाषामा टुकुचेको अर्थ अन्न राख्ने समथल स्थान, सामान थन्काउने गोदाम, बासस्थान थलो भन्ने बुझिने रहेछ । काली गण्डकीको छेउछाउ सामुुदायिक उद्योगका रुपमा स्याउ, खुरपानी, उवा आलु खेती गरेको देखियो । बलौटे ढुंग्गै ढुंगाको पहेंलो,रातो बालुवा गिट्टी र माटोले बनेको ठुला ठुला पहरो । पहरोमा ठाउं ठाउंमा ओडार , कतिपय ओडारमा देवता स्थापना गरिएको कतिमा घस्याङ घुसुङ राखेको । हामीलाई अनौठो लाग्ने डांडा कांडा पहरा र भूवनोट देख्यौं । तल भन्दा यता आइसकेपछि अझ समथल भूमि ठुला चौर कालिगण्डकीको ओगटेको ठूलो सम्म परेको वगर थिए ।

20160419_091053
टुकुचे पछि हामी कालीगण्डकी उपत्यकाको मार्फा २६६५ मि मा टेक्यौ । दक्षिणकाले यहांका स्थानीयलाई मार्फाली भन्दा रहेछन् । अगाडी ठुला भैंसी, गाइ हेर्दै आएका हामीले यता आए पछि गाइ पनि साना साना देख्न थाल्यौ । चरणको अभाव होला, वा जति माथि आयो त्यति उचाइ कम हुने हो के हो भन्ने लाऊयाे । तर रानीपाैवा पुगेपछि यी गाइ’bout अलिबढी कुरा थाहा पायाै  । यी स्थानिय जातका गाईलाई लुलु भनिनिे रहेछ साना कदका हुंदा रहेछन् । लुलु जातका गाइ मनाड र मुस्ताड०मा मात्र हुने रहेछन् । यता खच्चर र घोडाहरु पनि ठाउं ठाउंमा थिए । बलौटेमाटो, गिटि बालुवा मिसिएका खरानी रंगका पाखाहरु भने नाङगा थिए । तल खुर्पानी, स्याउ, उवा , हरिया गहुं देखिन्थे । एकतले माटाका छाना भएका, मिलेका राम्रा ढुंगाले गाह्रो लगाइएको, गुचुमुचु परेका वस्तीका घरका छानामा झिक्रा दाउरा हारमिलाएर छेउछेउमा राखिएका थिए । छानाका टुप्पामा प्राथना मन्त्र लेखिएिका रंगिविरंगी ध्वजा हावामा फरफराइ रहेका थिए ।
मार्फा कटेपछि मुस्ताङको सदरमुकाम जोमसोम २७१३ मिटर मा आइपुग्यौ । कालीगण्डकीमा कन्चन पानी वगिरहेको देखिन्थ्यो । बाटैमा मुस्ताङ म्युजियम घर , स्वास्थ्य चौकी, थकाली समाज, सरकारी कार्यालयहरु, बैंक, होटलहरु, मार्फा कोशेली पसलका साथै ’round राम्रा गुम्वाहरु पनि देखिन्थे । जोमसोम बजार सानो भए पनि रमाइलो रहेछ । दोहोरो बजार छ । बजारको पूर्व पटिृ नजिकैे सानो विमानस्थल । पहिले सिन्डिकेट हुंदा घासा बाट आए पछि फेरी यहां बाट अर्को गाडी चढ्नु पर्ने बाध्यता थियो । थुप्रै विदेसी पर्यटकहरु पसलका आंगन , पेटीमा सुस्ताइ रहेका थिए । बेनीबाट आउने वसहरु, थुप्रै साना ठुला गाडीहरु वसपार्कमा थिए ।

20160419_095408
जोमसोम बजार पार गरेपछि कागवेनी पुग्न कालीगण्डकी तरेर जानु थियो । मोटरसाइकल सानो पुलबाट पारी तरे भने हामी कालीगण्डकीको ठूलो वगरहुदै बगरको वीचतिर बगिरहेकी कालीगण्डकीको सङलो र चिसो पानी माथि हेलियौं । पानी चक्काको आधाआधी मात्र आउने थियो । हामी भन्दा अगाडी गएका गाडीेका पदचाप पछ्याउंदै कालीगण्डकी पार ग¥यांै । कालीगण्डकी तर्दा त्यस्तै ११ वजेको थियो । करिव २० मिनेट जति नदी किनारको बाटो र नदीको वगर हुंदै २८१० मिटर मा रहेको कागवेनी पुग्यौ। ।

DSC04527
कागवेनी पुग्दा अलि अलि हावा चली रहेको थियो । १२ वजेपछि त यसरी हावा चल्योकि मनिसै उडाउला जस्तो गरी एकनासले सुसाउंदै हावा चलिरहने रहेछ । टांगिएका ध्वजा पताका तल ओर्लनै नपाउने गरी एकनाससंग उडिरहने रहेछन् । हावाले भिराला पाखाका बलौटेमाटो गिटी उडाएर होला डांडाहरु मानिसका करङ जस्ता देखिन्थे ।

DSC04535
कागवेनी २८१० मिटर यहां पितृकार्यका लागि कालीगण्डकीको दक्षिणतर्फ तिरैमा लामो पक्कि टहरा बनाइएको रहेछ । हिन्दुधर्मालम्वी मुक्तिनाथ आउने प्रायले यहा श्राद तर्पण गर्ने चलन रहेछ । सुख्खा हावा जोड जोडले वहने रहेछ । बेनी भन्नाले नदीको किनार भन्ने बुझियो तर काग भने त्यहां देखिएन । कालिगण्डकीका तिर र ’round बैंसको रुख हुर्कन सक्ने रहेछ । हिउंले नखावस वा खोलाको पानी वग्दा ढुंगाले घाउचोट नलागोस् भनेर होला सवै रुखहरुमा तलै देखि बोरा कपडाले बेरिएको देख्यौ । छिटो वढ्ने हुनाले यसैका रुखका हांगा विंगाहरु दाउराका लागि प्रयोग पनि हुने रहेछन् । लस्करै रहेका हरिया बैसका रुखहरु पार गरेर हामी कागवेनी श्राद्ध गर्ने स्थल तर्फ लाग्यौ । संगै उत्तर पश्चिमतर्फ कालिगण्डकीमा काठको पुल रहेछ । हावाको कारण पुलबाट आवत जावत गर्न पनि हम्मे हम्मे पर्ने रहेछ । एकनाससंग सुसाइ रहेको हावाले लडाएर कालीमा फाल्ला भन्ने डर । काठको पुलको वाराको सहायताले म वार पार गरे । श्राद्ध गर्नका लागि पालो पर्खनु पर्ने रहेछ । कागवेनीबाट पूर्वलाग्दा मुक्तीनाथ पुगिन्छ , भने उत्तर लाग्दा मुस्ताङीराजा परवल बिष्टको दरबार लोमान्थाङ पुगिने रहेछ । कागवेनीबाट सायद पश्चिम लाग्दा डोल्पो पुग्ने होला भन्ने लाग्यो । बैशाखमा आएको भूकम्पले दरबारमा क्षति पुराएको कुरा रानीवनको बासमा थाहापायौं । २५ औं राजा परवल बिष्टको राजपदवी र राज्यबाट पाउने सुविधा ०६३ सालबाट कटौती भएको हो । ०२६ सालमा यीनले दरबारबाट कप्तान उपाधि पाएका थिए । स्वतन्त्र तिव्वतको माग गर्ने खम्वा विद्रोह दवाउन यीनले भूमिका खेलेका थिए भन्छन् । शालिग्राम पाइने थलो यही हो भनेकाले बगरतिर खोज्न हिंडियो , पाउन सकिएन । धेरै माथि पुगे पाइन्छ भन्थे त्यहां रहेका मानिसहरु ।

DSC04528
हाम्रो ग्रुपको श्राद्धको काम सकेपछिे मुक्तिनाथ अव धेरै ठाढा छैन आजै दर्शन गरेर फर्केर यतै वस्ने कुरा केहीले गर्न थाले । म भने आज माथिनै वसौं समय भएकोले सबै कुरा हेर्न भ्याइन्छ । यति टाढाको बाटो आइसकेपछि माथि बस्दा मुक्तिनाथ क्षेत्र’bout धेरै कुरा बुझ्न पाइन्छ , भोली नुहाइ धुवाइ गरेर बरु चांडै ओला भन्ने कुरा पहिले गएका साथीहरुको अनुभव लाइ लागु गर्न खोजे । पहिले गै सकेका हामीसंग भएका पुराना साथीचांही माथि लेक लाग्छ, बस्न सकिन्न तलै फर्कौ, नभए यही वसौं भन्ने थाले । यही वेला गुरुजीले पनि म त लेक लाग्यो भने रातको वीचमा लिएर आउन सक्दिन भनेर अलि तर्साए । त्यसोभए भए आज यतै होटलमा वसौ भनेर होटल खोज्न पनि लागिप¥यौ । तर पाथीभरा पुगेर आएको मेरा एकजना चिनेका साथी त्यहि वेला टुप्लुक्क भेटिए उनीहरु पनि गाडी मगाएर माथिनै वस्न जान लागेका रहेछन । उनले पनि माथिनै बस्नु उपयुक्त भनेर सल्लाह दिए । बाटामा आउंदै गर्दा सालिग्राम वेचेर वसीरहेका पसलेसंगैै प्रहरी देखे तिनलाइ पनि हाम्रो द्धैध मनस्थितिको कुरा राखे ती दुवैले पनि यहां वस्ने हैन खुरुक्क माथि जानुस् भारतबाट आउने त माथि गएर वस्न सक्छन् भने तपाइहरु काठमाडौंबाट आउनु भएको, लेक लाग्दैन अहिले मौसम राम्रो छ भन्ने सल्लाह दिए । मैले यही कुरा साथीहरुलाई सुनाए । अन्तमा माथिनै जाने त्यहांको स्थिति हेरेर निर्णय गर्ने भन्दै हामी २.४५ मा उकालो लाग्यौ । यी सबै हाम्रा ज्ञान र अनुभवका कमीले सिर्जेका समस्या थिए । तर विदेशी पर्यटकहरु गाइडका भरमा यस्ता स्थानमा सजिलै आइपुग्छन् ।
पर्वत जिल्लादेखिनै हामीले पछ्याउृंदै आएको कालीगण्डकी अव हामी देखि बिस्तारै टाढा हुंदै गइन् । जति माथि चढ्छौं उती ठूलो र राम्रो बाटो देख्दा आश्चर्य लाग्यो । बाटो वढाउने काम पनि ठुला ठुला डोजरले गरि रहेका रहेछन् । विदेशी पर्यटकको ट्र्ेकिङ आउने लस्कर पनि ठुलै देख्यौ । मन अति रोमान्चित भयो । झारकोट, खिंगि हुंदै हामी रानिपौवा वजार नजिकै ४ वजेतिर गाडी पार्क गर्ने स्थानमा पुग्यौ । बजार अर्थात होटल साइडमा गाडी बेलुकाको ६ वजे पछि मात्र लान पाइने र बिहान ६ वजे पछि राख्न नपाइने नियम रहेछ । हामीले आफना सबै झोलाहरु बसमै छोडेर बस्ने व्यवस्था मिलाउन केही साथी वजार तिर लाग्यौ । वजार पुगेपछि निकै आनन्द आयो । होटलै होटलको बजार , बाटाभरी स साना पसल, मानिसको भिडभाड, थुप्रै विदेशी पर्यटकहरु देखेपछि निर्णय सहि गरिएछ भन्ने लाग्यो ।
वासको जोहो गर्न एक दुइ होटल घुम्यौ । बजारको विचैतिर रहेको होटल नोर्लिङ वस्नका लागि उपयुक्त ठान्यौ । कागवेनीमै वसेको भए हावा खाने र कालिगण्डकी हेर्ने बाहेक अरु केही हुने थिएन होला । त्यहां सानो बजारमात्र छ । हुनत त्यो पनि अर्को अनुभवको संग्रह हुने थियो तर हामीसंग समय थोरै थियो ।
माथि बेलैमा आइपुगेकोले केही समयको आराम पछि पुरै बजार घुम्यौ । त्यही दिन बजारबाट करिव २० मिनेट पर रहेको समुन्द्र सतहबाट ३८०० मिटरको उचाइमा रहेको मुक्तिनाथ परिसरमा पुगेर आनन्द लियौ । बजारको अन्तिमबिन्दुमा रहेको स्वागतद्धार प्रवेश गरेर उकालो लागेदेखिनै बुट्यान र झाडी अनि ढुंगै ढुंगा भएको भिरालो चउरभरी मानिसले ढुंगाका घर वनाएको हेर्न लायक थियो । सबैले घर वनाउंदै जाने रहेछन् । यो तीर्थ बुद्ध धर्मालम्वी र हिन्दुहरु दुवैको पुजनिय क्षेत्र रहेछ । चारैतिर हिमाल देख्न पाइने, धौलागिरि हिमाल ( ८१६७ मि ) निलगिरी हिमाल( ) टुप्चे पिक ( ६९२०) आदि । सिरसिर हावाले शरीरलाई काउकुती लगाए जस्तो आनन्दमाल को मौसम थियो । हिउं परेको थिएन । त्यसैले चिसो पनि धेरै थिएन । सक्नेले मुक्तिनाथ क्षेत्रमा रहेका १०८ धारामा नुहाएर मन्दिर अगाडी रहेको २ वटा मुक्तिकुण्डमा पनि डुबुल्किार्ने रहेछन् । कसैले त ३ पटक सम्म पनि नुहाएको देखियो । ज्वालादेवीको मन्दिर रमणि थियो । बजारमा स्थानीयले थापेका रैथाने सामानका पसलले अझ बजार घुमौ घुमौ लाग्ने थियो । बजार घुम्दै मुक्तिनाथबाट हामी करिव ६.३० बजे सांझतिर मात्र ७ वजेको खाना खाने समय छोप्न तल ओर्लियौ । दुइ पटक तीन पटक पुग्ने साथीहरुले यस्तो खालको अनुभवै वटल्नु भएको रहेनछ । हुलहालमा आयो धार्मिक हिसावले मात्र दर्शन गरेर फटाफट हिंड्ने हिंडाउने गर्दा यस्तै हुने रहेछ जस्तो लाग्यो ।
रानीपौवामा दोस्रो वास नोर्लिङ होटलमा भयो । होटलको नाम नोर्लिङ किन राख्नु भएको भनेर सोधें, दलाइलामा भारतपुग्दा पहिला बसेको ठाउं नोर्लिङ हो अनि पत्थर मुगालाई पनि नोर्लिङ भन्ने भएकोले हामीले यो नाम जुराएको साहुनीले भनिन् । उनीहरुको पुरानो बसाइ पहिले मुक्तिनाथ आउने पुरानोबाटोमा तल गाउंमा रहेछ । पछि माथि गाडी चल्ने बाटो खुलेपछि यहां होटल चलाएर वसेका रहेछन् । परिवारमा कामको बांडफांड रहेछ । छोरा घोडाबाट मानिसलाई मन्दिर लाने ल्याउने काम गर्दा रहेछन् । गाडी पार्किङ गर्ने ठाउंबाट मन्दिरसम्म जान नसक्नेका लागि घोडाको व्यवस्था रहेछ । एकजनाकोे तीनसय लाग्ने रहेछ । अहिले पनि मानिसहरु घोडा चढेर मन्दिर पुग्ने गर्दछन् । पहिले यहांबाट मोटरसाइकलमा लगिदो रहेछ । आमा छोरी मिलेर भान्छा हेर्ने, बुहारी पुजा सामान बेच्ने काम गर्दी रहिछन् । छोरी र बुहारीलाई कति पढ्नु भएको छ भनेर सोध्दा मुख छोपेर लजाए । हामीले पढ्नु पर्छ है भनेर भन्यौ । नजिक स्कुल नभएकोले धेरै पढ्न नपाएको गुनासो पोखे । अहिलेको पुस्ता नाती भने बजारबाट तल रहेको वोर्डिङस्कुलमा पढ्ने रहेछन् ।
माथि पसल चलाउने प्राय सबै तल्लो वस्तीबाट यता आएका रहेछन् । यता होटलमा वस्दा खाना र बेड मिलाएर भाउ राखिंदो रहेछ । जुन होटलमा वसिन्छ खाना त्यही खानु पर्ने रहेछ । त्यसैले खानाको ३०० सय र पर वेडको २०० गरेर हामीले एकजनाले खाएको र सुतेको गरेर रु ५०० तिर्ने भयौ । विदेसी पर्यटकहरु यहां २।३ दिन पनि वस्ने रहेछन् । धेरै पर्यटकहरु गाइड लिएर मनाड०को थोराङला पास ५४१६ मिटर उचाई हुंदै यता आउने रहेछन् । कोही धार्मिक हिसावले आउनेहरु ५।७ दिनै पनि वस्ने, दैनिक मन्दिर परिसरमा पुगेर पूजापाठ आदि गर्ने गर्दा रहेछन् । योगी वा अरुका लागि यहां रहेको आश्रममा खान वस्न पाइने व्यवस्था पनि रहेको कुरा वताउंथे, भारतबाट आउने धेरै जसो योगीहरु त्यसरी बस्दा रहेछन् । जानेवेलामा सकेको सहयोग गरे हुंदो रहेछ । यो आश्रमको भवन ठुलै रहेछ ।
रानीपौवा बजारको तल हरिया फांट देखिन्छ । ठाउं ठाउंमा तरकारी लगाइएको देखिन्छ । डांडामा भने रुख वुट्यान विनाका नाङगो देखिन्छ । लहरे पिपलका रुखहरु खेत ’round लगाएको पाइयो । हेर्दा माटो कालो मलिलै देखिन्छ ।
मुक्तिनाथ क्षेत्रमा एक रात झन्डै १ दिनको बसाइ रमाइलै भयो । विहान ७ बजेतिर ओरालो लाग्यौ । फर्कदा मार्फामा रहेको कोशेली पसलमा मुस्ताङको कोसेली बोडीको दाल १ केजीको २५० , स्याउको सुकुटी ५० रुपैया पाकेट । मार्फा स्याउको ब्रान्डी ५५०। आदि सवैले कोशेलीका रुपमा लियौ । खाना अर्डर नगरी कतै नपाइने अर्डर गरेर पकाउन्जेल ढिला हुने भएकोले साथमा लगेका मकै भटास, चिउरा यस्तै यस्तै बसमा खायौ । घासामा आएर खाजा खायौ ।
हिजो मन र आंखाभरी बोकेर हिंडेको रुप्से छांगोमा केहीछिन रमायौ । फोटो खिच्यौ । म्याग्दीको गलेश्वर महादेव ठूलो चटृानमाथि बनेको रहेछ । सडककै छेउ कालीगण्डकीको तिर मनोरम ठाउंमा अवस्थित रहेछ । राजमार्ग छोडेर अलि भित्र रहेको बाग्लुङ कालिका मात्र किन छोड्ने भनेर त्यहां पुग्यौ । बाग्लुङ बजार नलागी पूर्वतर्फ मन्दिर रेहछ । प्रवेशद्धारबाटै दुवैतिर रहेका जङगलको बीचमा बनेको बाटो अति राम्रो लाग्यो । मन्दिर क्षेत्र निकै सफा र व्यवस्थित लाग्यो । हरेक चैते दशैंमा यहां ठूलो मेला लाग्दो रहेछ । यो बाटो बाग्लुङ बजार हुंदै वुर्तिवाङ, रिडी पुग्छ भन्थे । प्यासले पानी खोज्ने क्रममा ओर्लेको बेला ब्यास गुफा र छाव्दी बाराही ,तनहुं पनि पुग्ने सल्लाह मिल्योे । महर्षि वेदव्यास नेपालमा जन्मेका हुन् भने बिभिन्न उदाहरण दिएर काशीनाथ न्यौपानेले सानो किताव लेख्नु भएको रहेछ । मंदिरमा रहनु भएका दामोदरबाबाले गुफा र त्यस क्षेत्रको ’boutमा संक्षिप्त कुरा सुनाउनु भयो । चिया, मोही खाउं भनेर कर गरे पनि हामीलाई छाव्दी वाराही पुग्नु पर्ने भएकोले हतारिएर हिंड्यौ ।
छाव्दी वाराही वेदव्याससंगै यसको कथा जोडीएको रहेछ । माछाका पोखरी रहेछन् । बली चढाएको बस्तु पोखरीमा फालिने रहेछ । ठुला ठुला माछा रहेछन् । पोखरीसंगै रहेको पहरोभित्र ठूलो पोखरी तलाउ हुनु पर्छ जस्तो लाग्यो । चढाइएका एक जोडी परेवा मध्ये एउटा परेवालाई भित्रबाट फुत्तै माछाले तानेर लगे । बजार सफा रहेछ । बजार र बजारमा राखिएको वस्तु हेर्दा यहां मानिसको निकै आवत जावत रहेको कुरा छर्लड०ग हुन्थ्यो । चिया नास्ताका होटल पनि थुप्रै थिए । बजारको सर सफाइमा खुवै ध्यान दिए जस्तो लाग्यो ।
तेस्रो वास वस्न पोखरामा बसियो । विहान साराङकोट , विन्दवासिनी, तालवाराही घुमेर पोखराको थकाली रेष्टुरेंटमा खाना खायौ । थकाली भान्छाघरको आफनै बिेशेषता छ । खाने त सवैतिर दालभात नै हो तर थकाली भान्छामा पुगे पछि यसलाई सजाउने पस्कने तरिका फरक पाइन्छ । ठूलो थालमा शुरुमा थोरै थोरै खाना सजाएर ल्याउने उनीहरुको बिशेषता हो । मुस्ताङ पुगेर फर्कदा यति ज्ञान पनि पाइयो ।
हिमालपारीको जिल्ला मुस्ताङ वा मुक्तिनाथ पुग्न यातायातको सुविधाले सुगम तुल्याए छ । विचित्रको भौगोलिक वनावट भएको मुस्ताङक्षेत्र यक पटक पुग्नै पर्ने ठाउं रहेछ । सिन्डिकेट प्रथाले दिक्क वनाउने यो यात्रा सिन्डिकेट हटे पछि धेरै सुगम भएछ । राज्यले यक्ष क्षेत्रको सडकलाई प्राथमिकता दिने हो भने मुस्ताङ अव सबैको घुम्ने थलोको रुपमा विकास हुन धेरै समय लाग्दैन । अस्तु ।

याे लेख नेपाल प्लस डट कम मा पनि हेर्न सकिन्छ ।

चीनमा नया‌ बर्ष

फ्रेवुअरी 6, 2016

चीनमा नयां वर्ष, नेपालमा ल्हाेछार
हामी नेपाली हौं । हामीले आफुले मनाउने चाडवाडहरु कसरी मनाइन्छ भन्ने ’boutमा जानी राख्नु र अन्यलाई वताउंन सक्ने हुनु राम्रो कुरा हो । यसअलवा अरुका चाडवाड पनि कस्ता हुन्छन् र कसरी त्यसलाई मनाउंछन् भन्ने ’boutमा जान्नु अझ धेरै राम्रो हो । अहिले समृद्धिको उकालो चढी रहेको चीनमा नयां वर्ष कसरी मनाउंदा रहेछन् ब्लगमित्रहरुमा पनि जानकारी बांड्ने हिसावले यो टांसो राखेको छु । थप थाप गर्न सुझाव पनि दिन सक्नु हुन्छ है ।

हामी नेपाली  लुनार क्यालेन्डर अर्थात चन्द्र पात्रो अनुसार चल्छौैं । पश्चिमाहरु भने सौर्यपात्रो प्रयोग गर्दछन् । चिनियाहरु पनि चन्द्रमासको पात्रो नै प्रयोग गर्दछन् । तर व्यवहारमा भने गणनालाई उनीहरु इस्वी संवत लाई प्रयोगमा ल्याउंछन् । यही फेब्रुअरी ९ तारिख देखि नेपाली संवत् अनुसार माघ २६ म‌गलवारबाट चीनमा नयांवर्ष धुमधामका साथ मनाउने गर्दछन् । स‌याेगबस यसपाला नेपालमा पनि तामाड०हरुले मनाउने साेनाम ल्हाेछार पनि २६ गते म‌गलवार नै परेकाे छ ,  बा‌दर वर्षकाे रुपमा । ल्हाेछार अर्थात ल्हाे भनेकाे बर्ष र छार भनेकाे नया‌ हाे ।  नेपालका बाैद्ध सम्पदायका गुरुड० शेर्पा, थकाली, तामाड० ल्हाेल्माे लगायतले , ल्होसारको रुपमा चिनियां चलनकै अनुसार यहां पनि माघ महिनामानै नयां वर्ष मनाउने गर्दछन् । नया बर्षका रुपमा मनाइने यसलाइ ल्हाेसार र ल्हाेसर पनि भन्ने गरेकाे सुनिन्छ । यसपाला गुरुड० जातिले पुस १५ मै ल्हाेछार नया‌ वर्ष मनाए ।   नेपालमा भएका यी हिमाली बाैद्ध जातिहरुको नया वर्ष पनि चिनियाहरुको जस्तै मुसावर्षबाट सुरु भएर सुंगुर वर्षमा टुंगिन्छ । हरेक बाह्र वर्षमा फेरी दोहोरिने गर्छ । भरखरै भेडा वर्ष  सन् २०१५ बिदा भएकाे छ । अव अर्काे भेडा वर्ष सन् २०२७ अर्थात १२ बर्ष पछि पुन दाेहाेरिएर घुमिरहन्छ ।  चीनमा पनि त्यस्तै परम्परा रहेछ । चीन र नेपालमा मनाइने वर्षहरुमा चीनमा ड्रागन वर्षको रुपमा मनाइन्छ भने नेपालमा कसैले ड्रागनवर्षको सटृा गरुड बर्ष  खरायाेकाे सट्टा बिरालाे सु‌गुरकाे सट्टा ब‌देल मानेर मनाइने चलन छ । १२ वटा जनावरका नामबाट रहेका वर्षहरु यस्ता छन्  मुसा , गाई, बाघ, खरायो, गरुड, सर्प,घोडा, भेडा, बांदर, कुखुरा, कुकुर र सुंगुर बर्ष का रुपमा मनाइन्छ । नेपालका गुरुड०, शेर्पा, थकाली र तामाड० आदिले यस वर्षलाई बांदर वर्षका रुपमा ल्होसार पर्वदेखि नयां वर्ष सुरु भएको मानेकाछन् । अाफ्नाे उमेर गणना गर्न ल्हाेछारबाटै शुरु हुन्छ । याे पर्व चीन नेपालमा मात्र हैन तिब्बत, म‌गाेलिया, भियतनाम, सिक्किम  थाइल्यान्ड,  ताइवान, हड०कड०,  जापान, काेरिया, लाअाेस, भुटान र उततरी भारतमा समेत मनाइन्छ ।

चीनमा पनि  भेडा वर्षलाई विदा गरेर फेब्रुअरी ९ तारिख देखि बांदर वर्षका रुपमा मनाउंदैछन् । नयां वर्षलाई चीनमा बसन्त चाड भनिन्छ । चिनिंया भाषामा भने छुन्चु भनिन्छ । याे परम्परागत चिनिया वर्ष ४७१४ औ्रं नयां वर्ष हो । नयां पुस्ताका चिनियाहरु भने यो नयां वर्षलाई बांदर वर्ष २०१६ भनेर बुझ्दछन् । परम्परागत चिनिया वर्षको गणना व्यवहारमा नभएकोले यसो भएको हुनु पर्छ । चिनियाहरु पनि गणनालाई इस्वि संवतलाइनै प्रयोग गर्दछन् ।
नेपालमा मनाइने हिन्दुहरुको ठुलो चाड दशैंमा विदेश गएकाहरु पनि स्वदेस आउने र चाड मनाउने गर्दछन् भने चिनिया वर्ष मनाउने चिनियाहरुचांहि यस वेलामा धेरै जसो घुम्न अरु देस देसावर जान रुचाउंदा रहेछन् । आर्थिक समृद्धिका कारण हुन सक्छ अघिल्ला वर्ष भन्दा हरेक वर्ष वसन्त चाडका विदामा यसरी घुम्न रुचाउने वा चीन भित्रकै पनि विििभन्न ठार्उंमा घुम्न चाहनेको संख्या ह्वातै वढेको कुरा पढ्न पाइन्छ । रेल, हवाइ जहाज, समुन्द्री जाहजका माध्यमबाट करोडौं मानिसले नयां ठाउंको यात्रा गर्दछन् । नया वर्ष अथवा वसन्त चाडमा चिनियाहरुले खाने, घुम्ने र भोजभतेर गर्ने कुरामा धेरै रकम खर्चन्छन् । भ्रमण गर्न रुचाउने, महंगा महंगा कुराहरु किनमेल गर्ने । पटका पड्काउने, उपहार बांड्ने गरेर ठूलो रकम खर्च हुन्छ । नयां वर्षमा धेरै चिनियाहरुले भ्रमणमै आफनो धेरै रकम खर्च गर्ने गर्दछन् । चीनमा नया‌ वर्ष दश पन्द् दिनसम्म धुमधामका साथ मनाइदाे रहेछ । यस चाडमा बिदा पनि लामै समय हुने कुरा  नेपाल र चीनकाे सीमानामा रहेकाे केरुड० नाकानै २ हप्ताका लागि पुरै बन्द हुने कुराले याे चाडकाे महत्व कति रहेछ हामी अाफै थाहा पाउ‌छाै ।
चिनिया अन्तराष्टिय रेडियोको बेइजिड०स्थित नेपाली सेवामा काम गर्ने चेतनाथ आचार्यज्यूले चिनिया वर्षका ’boutमा त्यहां बस्दा भोगेका कुरा लेख्नु भएको छ । जुन हाम्रा लागि रोचक लाग्छन् । चीनमा पनि त्यस्तो अन्धविश्वासी कामहरु अझै पनि हुंदा रहेछन् । वसन्त चाडमा पानी कमलका बियां खायो भने छोरा जन्मिन्छ भन्ने बिश्वास पनि छ । त्यस्तै चिनियां अन्धविश्वासअनुसार सबैभन्दा भाग्यशाली वर्षहरुमा ड्रागन, बाघ, घोडा, सर्प ,बांदर , कुकुर वर्ष पर्दछन् । यो बर्षमा चीनमा जन्मदर उच्च हुने गर्छ तर भेडा, सुंगुर र मुसा वर्षलाई अत्यन्त नराम्रो वर्ष मानिन्छ । यी वर्षमा दम्पतीले सकेसम्म बच्चा जन्माउने योजना बनाउंदैनन् । यस अवधिमा चीनको कुनै कुनै भागमा ताजा र सेतो तोफु खाइदैन यस्तो तोफुलाई त्यतिवेला दुर्भाग्य र मुत्युको प्रतीक मानिंदो रहेछ ।

यस वर्ष वांदर वर्ष परेकोले रातो रड०को सजावट देखि लगाउने कुरामा पनि रातै रड० सबैभन्दा वढी प्रयोग हुन्छ । वसन्त चाडअगाडि चीनमा रातो रड०का महिलाका भित्री वस्त्र ( व्रा , पेन्टी ) तथा पुरुषले पनि अन्डरवेयर रातै रड०का वढी किन्ने लगाउने गर्दछन् । बांदर वर्षमा जन्मिएका सबै चिनियाले यो चाडमा भित्री पोसाक रातो रड०को लगाउने चलन छ ।
हामी नेपालीले जस्तै चिनियाहरुले पनि नयां वर्षलाई ठूलो चाडका रुपमा लिएका हुन्छन् । त्यसैले यस बेलामा आफनो घर सफा राख्ने, सडक गल्ली , बजार , कार्यालय, बिद्यालय , कलकारखाना सबैतिर सफा राख्ने र जताततै राता बत्ती लालटेनले सजाउने गर्दछन् । यस समयमा पुरै चीन रातो बस्तुले सजिएको हुन्छ ।

नेपालमा चाडवाड सुरु हुनु पूर्व सर सफाइमा ध्यान दिएजस्तै  चीनमा पनि चिनियाहरुले नयां वर्ष सुरु हुने अघिल्लो दिन सरसफा गर्ने र त्यसरी सफा गर्दा आएको फोहर भने वाहिर फाल्ने गर्दा रहेनछन् । त्यसमा नयां वर्षका लागि जोह गरिएका धन सम्पत्ति पनि फ्याकिन्छ भन्ने विस्वासले त्यसलाई एकातिर राखिन्छ । ल्हाेछार एक परिचय भन्न् पुस्तकमा वताइए अनुसार नेपालकाे हिमाली भेगमा याे नया वर्ष मनाउने क्ंममा नया वर्षकाे १५ दिन अघिबाटै गहु‌ जाै मकैकाे समर्द्दिकाे रुपमा लाेफुइ अर्थात जमरा राख्ने चलन छ । चिनियाहरुले जस्तै बाहैां महिनाकाे २९ अाै दिनका दिन बिहान सवेरै नुहाउने सबैतिर सरसफाइ गर्ने कार्यबाट याे पर्ब शुरु हुन्छ । त्यस दिन बेलुका ९ भन्दा बढी अन्नकाे परिकार बनाएर खाने पनि गरिन्छ ।  हामी नेपाली पनि महिनाको पहिलो दिन एक गते प्राय पैसा दिन, वा अरु नराम्रा काम गर्न रुचाउंदैनौ । त्यसदिन मिठो खाए संधै मिठो खान पाइने ठान्दछौं र दुख पाए संधै दुख पर्छ भन्ने विस्वास भए जस्तै चिनियाहरु पनि नयां वर्षको पहिलो दिन घर सार्दैनन् । विरामी भए पनि हतपत्त डाक्टरकोमा जांदैनन् । लुगा धनुे, सिरकका खोल तथा तन्नाहरु धुंदैनन् । कपाल काट्दैनन् । नयां वर्षका दिन मृत्युका कुरा, रोगका कुरा प्रकोप आदिका कुरा प्रसंगवस पनि उठाउंदैनन् । यस दिन राम्रा र शुभ कुराहरु मात्र हेर्ने, सुन्ने ,गर्ने गर्न रुचाउंछन् । बिहे गरेर घर गएकी छोरी नयां वर्षका दिन माइत आउंन हुंदैन भन्ने चलन छ ।
अझ गजव त चिनियाहरु वसन्त चाडको एक हप्ताभरिु धारिलो हतियार चलाउदैनन् । मारकाट् गर्दैनन् । नयां वर्षका लागि चाहिने मासु पनि एक हप्ता अघिनै किनेर फ्रिजमा राख्ने गर्दछन् । हतियार निकालेर केही काट्ने काम सम्म गर्नु हुंदैन , गर्दैनन् । भएका सबै हात हतियार लुकाएर राख्ने चलन छ । कपाल काट्ने कैंचीदेखि नड० काट्ने नेलकट पनि चलाउनु हुन्न भन्ने बिश्वास चिनियाहरुमा छ ।
हाम्रो चाड वाडको लोकप्रिय बस्तु मासु भने झै चिनियाहरुको यस चाडमा परिवार भेला भएर खाइने लोकप्रिय खाना भने चिआवो च हो । यो एक प्रकारको मम हो । यसलाई पानीमा डुवाएर पकाउने गरिन्छ ।

याे नया वर्ष मनाउने चलन चीनवाटै शुरु भएकाे बिस्वास गरिन्छ । इतिहासकार एब‌ स‌स्कर्तिविद्हरुकाे भनाइ अनुसार पात्राेकाे चलन चीनवाटै शुरु भएकाे ठानिन्छ । पाचिन कालदेखि चीनमा पचलित याे परमपरा पछि तिब्बत र तिब्बतमा पचलित बुद्धधर्म मान्ने नेपाली जनजाति शेर्पा तामाड० अादिमा पनि मान्ने चलन अाएकाे हुनु पर्छ । तिब्बतस‌ग हाम्राे सम्वन्ध अाजकाे हैन धेरै पुरानाे हाे । ७ अाै‌ शताब्दीतिर नेपाली राजकुमारी भृकुटी र चिनिया राजकुमार सङचङ  गम्पाेसंग बिबाह नै भै सकेकाे थियाे ।

जय ब्लग ।
gpkarki@gmail.com

नाकावन्दीबाट के पाठ सिक्ने

नोभेम्बर 2, 2015

नेपालमा, नेपालका लागि नेपालीले बनाएको संबिधान चित्त नबुझेको बखेडा निकालेर छिमेकि भारतले नाकावन्दी गरेको पनि महिनौ भैसक्यो । भारत हाम्रो युगौ देखिको मित्र र छिमेकि हो नै । अहिले सबैको सहयोगमा नेपालले भूकम्पले थिलोथिलो भएको अाफ्नाे देशकाे पुर्ननिर्माण गर्ने कार्यमा जुट्नु पर्ने बेलामा, सात दसकको प्रयत्नपछि बल्ल बल्ल जनताका प्रतिनिधिले संबिधानसभाबाट बनाएको संबिधानको खुसियाली मनाउने बेलामा असल छिमेकि भनिएको भारतका शााषक वर्गले भने अघोषित रुपमा नाकावन्दी गरिदियो । भारतसंग तीनतिर सीमाना जोडिएको आवत जावत गर्न सजिलो तर उत्तरतिर कठिन भू बनोटका कारण पनि हामी परापूर्व काल देखिनै भारतसंगै बढी निर्भर बन्यौ । त्यसैले उसले नाकाबन्दी गर्ने बित्तिकै हामीले धेरै दुख कष्ट व्यहोर्नु परेको छ । भारत हाम्रो असल छिमेकि भनेर हामीले ब्यवहार गरे पनि नेपालप्रति भने उसले हैकमबादी नीतिनै लाद्न खोजिरहेको पाइन्छ । तर नाकावन्दी यो नै पहिलाे भने होइन । यसभन्दा अघिका भारतीय शाषकबर्गले २०१९,२०२७, र २०४५ सालमा पनि नाकावन्दी नगरेको होइन । आफनो अधिनमा राख्न र आफनो स्वार्थ पुरागर्न हामीलाई झुकाउन नखोजेको भने होइन । तर यहांका कुनै पनि शाषक उसको नाकावन्दीबाट झुकेनन् । बरु त्यसका लागि जनताले दुख कष्ट सहेर पनि साथ दिरहे, सरकारलाई खवरदारी गरी रहे । हामी मर्न तयार छौं भारतीय सरकारसामु कुनै हालतमा घुंटा टेकर झुक्न हुन्न भन्ने खवरदारी गरीरहे । बरु नेपाल सरकारले छिमेकिले दिएको दुःख पिडालाई लोग्ने स्वास्नीको झगडा परालको आगो संझेर बसी रह्यो । यसबाट छिमेकि झन् पटक पटक हामी माथि नाकावन्दी लगाएर हाम्रो दुःखमा रमाउन थाल्यो । हामीले तत्कालको दुख टरेपछि छिमेकिले फेरी दुःख देलान् भनेर त्यसको बिकिल्प खोज्ने तिर पटक्कै लागेनौ झन् उ प्रतिको हाम्रो परनिर्भरता झन् बढ्दै गयो । अहिले फेरी २०७२ साल असोज ३ गते नयां संबिधान जारी भएपछि त्यस्तै हरकत उसले देखायो । नाकावन्दीको हल्लालेनै थरथरी कांपी सकेका हाम्रालागि नाकाबन्दी ७.८ रिक्टर स्केलको भूकम्पभन्दा ठूलो कम्पनले हाम्रो समाज हल्लन पुगि सकेको छ । भूकम्पले पारेको क्षतिभन्दा कम क्षति यसले पारेको छैन । स साना नानीहरुले पढ्न पाएनन्, अस्पताल औषधालय नपाएर बन्द हुने अवस्थामा पुगे, कलकारखाना बन्द भै दिंदा दैनिक गुल्जार चलाउन धेरैलाई हाहाकार भै सक्यो । जे गरे पनि पहिलो असर त तिनै निमुखा गरिब बिपन्न वर्गलाईनै पर्ने हो । सबै कुरा पठाए पनि हामीलाइ चाहिने तेल नपठाउदा आवत जावत गर्नै कठिन भै सक्यो । छिमेकि भारतका शाषक भने हाम्रा दुःखदेखेर मानबियता देखाउने सुरमा छैन। अझै हामीलाई तड्पाएर उसले के लिन खोजिरहेको हो त्यो गर्भमै छ । हाम्रा ठुला नदी गन्डकी  काेशी र कर्णालीमा उसकाे अा‌खा गडेकै छ । त्यसैले भारत हाम्रो असल छिमेकि हुन सकेन । उ ठूलोे भएकोले आफनो दादागिरी देखाउंदै हामी निर्धन अबिकसित देसलाई तर्साइ रहेको छ । घुंडाटेकाएर भूटान वा सके सिक्किमै बनाउने प्रयत्नमा लागि रहेको देखिन्छ । आफुलाई नेपालको राजनीतिक पार्टी भन्ने, मधेसका जनताका नेता बन्नेहरु पनि यतिबेला भारतको नाकावन्दीको बिरोध नगरि उल्टै भारतलाई उक्साइ रहेका छन् । अझ उनीहरु आफै लामो समयसम्म नाकाबन्दी गरेर नेपाली जनतालाई दुख दिन हौसिरहेका देखिन्छन् । भारतीय मन भएका र मुखले नेपाली बाेल्ने केही नेताहरु हाम्रो माग पुरा नहुन्जेल नाकावन्दी गरेर तिम्रा मागहरु पुरा गराउ भनेझैं गरी छिमेकिलाई उक्साइ रहेका छन् ।
पटक पटक नाकाबन्दी गर्ने भारतले भोलीका दिनमा फेरी यस्तै अमानबिय कार्य नगर्ला भन्न सकिन्न, त्यसैले उ प्रतिको परनिर्भरता घटाउंदै जानु पर्छ । त्यसका लागि भारत मात्र हैन उत्तरको छिमेकि देखि अरु देशहरुसंग हातेमालो बढाउनतिर लाग्नु पर्छ । हामी आत्मनिर्भर नहुने हो भने संयुक्त राष्ट्र्संघ वा अन्तराष्ट्रिय कानूनको सहारा लिएर लडौला अधिकार लिएर छाडौंला भन्ने भनाइमा केही दम छैन । आत्मनिर्भर हुन के के गर्नु पर्छ आजैबाट निरन्तर त्यतातर्फ तनमन धन दिएर राज्य लाग्नु पर्छ । आत्मनिर्भर नभैकन ,बिकल्पका बाटाहरु धेरै नभैकन उसले हामीसंग समानदूरीको सौहार्दता कायम राख्न खोज्दैन । त्यसैले उत्तर तिर रहेको असल छिमेकी चीनसंग पनि हामीले द्रुतगतिमा बिभिन्न स्थानमा नाकाहरु खोलेर तेल ग्यास लगायत अरु अत्यावस्यकिय कुरा उ बाटै वा उसको बाटो भएर ल्याउन ढिला गर्नु हुन्न । यो बिकल्प खोेज्ने बाध्यता हामीलाई स्वयं भारतलेनै सृजना गरेको हो । पैसातिरेर किनेर ल्याउन पनि छिमेकि रिसाउला भनेर संधै उ सामु लत्रने झुक्ने गर्नु हाम्रो जस्तो स्वतन्त्र र सार्वभौम देशलाइ कदापी सुहाउंदैन । अहिले चीनसंग आवतजावत गर्ने दुईवटा नाका तातोपानी र केरुड० हुन् । भनिन्छ चीनसंग १५ ठाउंबाट सम्पर्क गर्न सकिन्छ, सरकारी तबरबाट तत्काल तुरुन्त यसतर्फ ध्यान दिनुपर्छ । त्यसो भए मात्र भारतीय शाषकवर्गको हेपाहा प्रबृतिलाई उचित जवाफ हुन सक्छ । तत्पश्चात उ संग आगामी दिनमा कुटनैतिक तवरबाट सौहार्दता कायम गर्न प्रयत्न गर्दै जानु पर्दछ ।
हामी आफै र हाम्रा नेताहरुको बानी बिग्रिसक्यो । समस्या पर्दामात्र परनिर्भरता देख्ने, आत्मनिर्भर बन्ने बहस गर्ने गछौं । अहिलेको अवस्था सामान्य अवस्थामा फर्कनासाथ वा सहजता आउनासाथ भोलीका लागि जोहो गर्ने कुरा बिर्सन्छौं । सांच्चै भन्ने हो भने धेरै कुरामा छेपाराको उखान जस्तौ भएको छ । रातभरी जाडोले कठ्याड०ग्रीएको छेपाराले भोली त घर बनाउंछु बनाउंछु भन्छ , जव बिहानको पारिलो घाममा बसेपछि दिन बितेको पत्तै पाउंदैन अनि रात परेपछि फेरी उही कुरा भने जस्तै हुने हो भने भोली यो भन्दा बिकराल अवस्था सृजना नहोला भन्न सकिन्न ।
अब बिकल्पका कुरा
चीनले ल्हासा सिगात्से हुंदै पांच वर्ष भित्र नेपालको सांध केरुड० नाका सम्म अत्याधुनिक रेल ल्याउन लागेको रेलमार्गलाई काठमाडौंसंग जोड्ने योजना साकार पार्न सके हाम्रो देशको भू आर्थिक भू राजनीतिक मानचित्रनै फेरिने कुरा पक्का छ । अब आजैबाट पांच बर्षपछिकोे त्यो सपना राजनीतिज्ञ र नीतिकारहरुले भारतकै राष्ट्र्पति अब्दुल कलामले भने झै निदाएर हैन ननिदाउंदै सपना देखेर योजना बनाउन थाल्नु पर्यो । त्यो रेलमार्ग नेपालसम्म आइपुग्यो भने ठूलो चिनंीया बजार र बिश्वका अरु देशसंगको सम्पर्क गर्न हाम्रा लागि सहज हुन्छ ,इन्धनमात्र हैन सबै कुराको लागि बाटो खुल्ने कुरा घामजत्तिकै छर्लड०ग छ ।
दोस्रो हामीले पहिलो ध्यान आफुसंग जे छ त्यसैमा दिनुपर्छ । प्रकृतिले हामीलाई पानीको भण्डार दिएकि छन् । नेपालको सबैभन्दा खेर गै रहेको श्रोत पनि पानीनै हो । त्यसैले हामीले बिद्युत निकाल्ने तर्फनै नेपाली जनतालाइ सहभागी गराई यसैलाई पहिलो प्राथमिकता दिनुपर्छ । बिद्युत भए उद्योग कलकारखा चल्ने भए । घर घरमा ग्यासको सट्टा बिजुली हिटर चुल्हाबाट खाना पकाउन सकिने भयो । बिद्युत भए बिद्युतबाट चल्ने गाडी ,मोटरसाइल, रोपवे,केवलकार चलाएर इन्धनमाथिको परनिर्भरता हटाउन सकिन्थ्यो । शुरुमा सार्वजनिक यातायातहरु मात्र बिद्युतबाट संचालन गर्न सके तेल खपत हुन्थ्यो । तेल खपत हुनु भनेको नेपालको पैसा बिदेशजानबाट वचाउनु हो । हिमालका चिसो पानीलाई सुद्ध पारेर पानीका अभाव भएका भारत लगायत अन्यदेशमा बेच्न सके तेल किन्ने पैसा प्राप्त हुन्थ्यो । अहिले प्रशस्तै बिद्युत निकाल्न सकेर भारतलाई बेच्न सकेकोको भए उ हामी प्रति पनि आश्रित हुनु पथ्र्यो र यस खालको हदैसम्मको दुख हामीलाई दिने उसको आंट हुने थिएन ।
तेस्रो इन्धन भण्डारणको क्षमतामा बृद्धि गर्ने कुरा पटक पटक हुनेमात्र गर्छ । बिदेशसंग परनिर्भर हुने तेल ग्यासमा कम्तिमा चार पांच महिनाको लागि पुग्नेगरी भण्डारण गर्न सकेको भए नेपाली जनताले यसरी दुख पाउने थिएनन् । अब देश हांक्ने नेतृत्वको बुद्धिमा चांडो घाम लाग्नु पर्छ ।
चौथो नेपालमा पर्याप्त घाम लाग्छ । हावापनि त्यतिकै लाग्छ । खेर गै रहेको सौर्य उर्जाबाट बत्ति बाल्ने , खाना पकाउने । गाडीहरु चलाउन पनि सकिन्छ । हावामिलबाट उर्जा निकाली प्रयोग गर्न सकिन्छ । बायोग्यास , मिथेन ग्यास र घरघरमा थुप्रने फोहरबाट पनि ग्यास निकाल्ने सकिने कुरा आइरहेको छ । सजिवनका तेल, खोटाका तेलबाट गाडी चलाउनसक्ने कुरा आइरहेको छ । यस्ता स साना कार्यबाट केही प्रतिशत भए पनि किन्न पर्ने तेल ग्यास को मात्रा कम गर्न सकिन्छ । अहिले नाकावन्दीले पिडित भै रहेको बेलामा यस्ता कुरातर्फ राज्यले आजैदेखि काम थाल्नु पर्छ । खनिज तथा भूगर्भ बिभागले जनाए अनुसार काठमाडौं उपत्यकामा ३ करोड १६ लाख घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । यसलाई निकालेर बिकल्पको रुपमा खाना पकाउने, गाडी चलाउने कार्य पनि गर्न सकिएला । धेरै देशमा प्राकृतिक ग्यासबाट गाडी चलेका कुरा सुन्न पढ्नमा आइरहेको छ । केवल राज्यको ध्यान, चासो र लगनशिलता चाहियो बिकल्प अरु धेरै हुनसक्छन् ।
तेलमा हामीले बार्षिक खर्वौ खर्ब रुपैया खर्च गरिरहेका छौं । साना गाडीहरु पनि समस्या भएका छन् । साना गाडीभन्दा राज्यले ठूला सार्वजनिक गाडीहरु संचालनमा प्राथमिकता दिनु पर्छ । अहिले चलेका ट्याक्सी, भ्यान पिकअफ टेम्पो, माइक्रोबसकासटृा ठूला सार्बजनिक यातायातमा बढी ध्यान दिन ुपर्छ । अब सरकारी कार्यालयहरुले साना गाडी, मोटरसाइकिल किन्न पनि बन्द गर्नुपर्छ । दुई पांग्रे मोटर साइकलका बिकल्पका रुपमा सडकहरुमा साइकल लेन, साइकल पार्किड०गस्थल ठाउं ठाउृंमा बनाएर यसलाई प्रोत्साहित गर्नुपर्छ । बिदेशतिर जस्तो सार्वजनिक यातायात भरपर्दो र व्यवस्थित हुने हो भने धेरै मानिस यसतर्फ आर्कषित हुन्छन् । सार्वजनिक यातायात व्यवस्थित नभएर भेडावाख्रा सरह कोचिएर समयको कुनै ख्याल नभएरनै अहिले मानिसहरु अलिकति पैसा कमाउने वित्तिकै निजी सवारी किन्न लागिपरेका छन् । म आफै अमेरिकाको एरिजोनामा बस्दा त्यहां चल्ने सन्ट्रन बसको सुबिधा देखे । त्यसको व्यवस्थापन र समय हेर्दा अचम्म लाग्थो । त्यहां चल्ने सार्वजनिक बस व्यक्तिगत भन्दा पनि सार्वजनिक नीजी,साझेदारी मोडलबाट चलेका थिए । सन्ट्रन बसको पुरै सहरभरी त्यसको जालो फैलिएको थियो । लोभलाग्दो, भरपर्दो र मिनेट मिनेटको समयको महत्व त्यो बसले पालना गथ्र्यो । हामी कहां पनि व्यक्ति व्यक्तिले एउटा बस राखेर सिन्डिकेटगरी चलाउने भन्दा कम्पनी सहकारी वा पीपीपीका अवधारण अनुसार संचालन गर्ने हो भने केही व्यवस्थित हुन सक्छ । इन्धन खपत घटाउन र पर्यावरणीय प्रदुषण घटाउन पनि बिदेशतिर सार्वजनिक यातायातलाई बढीजोड दिएको रहेछ । अझ निजी गाडीहरुलाई हतोत्साही गर्न, जथाभाबि पार्किड०ग गर्न नदिइ निश्चित ठाउंहरु मात्र तोकि व्यवस्थित रुपमा पार्ककिंग शुल्क लगाउने गरिदो रहेछ । आफनै गाडी हुनेहरु पनि बिश्वबिद्यालयमा पढ्नजांदा महंगो पार्किड०ग शुल्क र पार्किड०ग सिमितताका कारण सार्वजनिक बसमा यात्रा गर्छन् वा साइकिल प्रयोग गर्छन ।
अन्तमा अहिलेको नाकाबन्दीबाट पाठ सिकि परनिभरर्ता हटाइ आत्मनिर्भरता तर्फ उन्मुख हुने कामको थालनीमा आजैबाट सरकार लाग्नु पर्छ । अहिलेको समस्या सुक्ष्म कुटनीतिक प्रयासबाट हल गरी जनतालाई सकसबाट मुक्ति दिलाउनु पर्छ । यो नाकाबन्दीको सकस नबिर्सि बिकल्पका बाटाहरुको खोजीगरी एउटैसंग भरनिर्भर हुने कुरा त्याग्दै हामी आफै आत्मनिर्भर हुने कार्यमा अगाडि बढ्नु पर्छ ।

दिपावली नेपालस‌बत तथा छठ पर्बकाे शुभकामना ।

जय ब्लग ।

gpkarki@gmail.com

कांग्रेसले किन सहकार्य तोड्यो

अक्टोबर 18, 2015

चार पार्टीबीचको १६ बुंदे सहमती त्यसपछी नेकपा एमाले र कांग्रेसबीचको ७ बुंदे सहमती पछिनैे लामो समयसम्म टुंगिन नसकेको संबिधानको काम संबिधानसभाबाट टुंगिएर यही असोज ३ गते नेपालको संबिधान घोषणा भएको थियो । यदी १६ बुंदे सहमतिलाई मियो बनाएर नहिंडेको भए यो संबिधानसभाबाट पनि संबिधान आउने थियो कि थिएन ? यसले पार्टीहरुमा अभूतपूर्व मेल गराएको थियो । भद्र सहमति थियो भन्ने कुरा जगजाहेर नै थियो । प्रमं.सुशील कोइरालाले बरोबर आफनो देब्रेहात हल्लाएर भन्नु हुन्थ्यो संबिधान आएपछि म एक सेकेन्ड पनि कुर्सीमा बस्ने छैन । तुरुन्त राजीनामा दिनेछु । संधिान बनाउने काममा शुरुमा ४ पार्टी र पछिल्ला समयमा ३ पार्टीले यताउती नहेरी, कसैको दबावमा नपरी ९० प्रतिशत भन्दावढी सभासदहरुको समर्थनमा संबिधान जारी भयोे । यो आफैमा ऐतिहासिक कार्य थियो । १० बर्षे जनयुद्धमा होमिएको पार्टीलाई नेकपा एमाले र कांग्रेसले शान्तिपूर्ण आन्दोलनमा ल्याएर, हतियार बिसाउन लगाएर उनीहरुका सेनाको थान्कोमान्को लगाउदै संबिधानसभाको निर्वाचनमा उभ्याउनु चानचुने कुरा थिएन ।
सुशिल कोइरालको कार्यकालमा संबिधान त जारी भयो तर यसलाई लागु गर्न, संबिधानसंग बाझिएका कानूनहरु परिबर्तन गर्ने कुरामा ठुलै दन्तबजान होलान् । अझ संबिधानको सिमांकनमा चित्त नबुझेर तराइ मधेसलाई दुइ टुक्रा पार्नें हाम्रो बटमलाईन भनेर आन्दोलनको रांको बालिरहेका मधेसबादी दललाई संबिधानको लिकमा ल्याएर चित्त बुझाउन बांकिनै छ । यसका लागि पनि सहकार्य अति आवश्यक थियो । यति बेला ०६२। ०६३ को आन्दोलन पछि ९ बर्ष सहकार्य गर्दै आएका सबै ठुला पार्टीहरुको बीच अझै केही समय एक भएर अगाडि बढ्नुको बिकल्पनै थिएन ।
भद्र सहमति किन तोडे जसले राष्ट्र्पति नेपाली कांग्रेस अर्थात सुशिल कोइराला, प्रधानमन्त्री केपी ओली को नेतृत्वमा संयुक्त सरकार र सभामुख एमाओबादीले लिने भन्ने सहमति भएको भन्ने कुरा खुदै ने का का नेताहरु र अरु पार्टीले समेत भनिरहेका छन् । भद्र सहमति नतोडौं राजनीतिमा इमान्दारीताको ठूलो महत्व हुन्छ भन्दा भन्दै अघिल्लो दिन अर्थात शुक्रबार बेलुकासम्म प्रधानमन्त्रीमा नउठ्ने भनेका सुशील भोलीपल्ट शनिबार मै उठ्छु भन्दै उम्मेदवारी दिए । थुप्रै नेताले संझाउंदा समेत नमानेको कुरा खवरमा अायो । का‌गेंसकाे केन्दीय समितिकाे वैठकमा समेत अाफु उम्मेदबार हुने कुनै कुरा राखेका थिएननं । काग्रेसको पूर्ण वहादुर खड्काले बिरोध गर्दै सह महामन्त्रीबाटै राजीनामा दिए । सुशिल कोइरालालाई फसाए । सत्ता लिप्साले सहमतिको कुरा बिर्से । भारतीयका एजेन्टहरुले फसाए आदि आदि । उनकाे भनाइमा यो निर्णयले सुशिल कोइराला मात्र हैन पार्टी समेतलाई दुरगामी ठूलो धक्का पुग्ने छ । प्रधानमन्त्री लिन खोज्दा राष्ट्र्पति पद समेत गुमाउनु पर्ने कुरा का‌गेंसबाटै आयो । केपी ओली लगायत अन्य पार्टीहरुले लिखित रुपमै भद्र सहमति अनुसार सहयोग गर्न प्रधानमन्त्रीलाई भेटेरै र पार्टीलाई लिखित पत्र समेत पठाए । तथापी उनले सहमति भएको भए पनि प्रजातान्त्रिक अभ्यासका लागि अाफुनै उठ्ने दाबि गरे । सांझसम्म पनि सहमतिमै अघि वढ्ने कुरा गरि रहेका सुशीललाई राति ११ बजे पछि र का पूर्ब प्रमुख माथुर र राजदूत रायले देउवालाई राखेर दवाव दिए पछि उनी उठ्न सहमतिमा पुगेको भन्ने सबै पत्र पत्रिकामा खवर आयो । स्वंय नेकाका नेताहरुले समे यसै भने । राती ९ बजे सम्मपनि कृष्ण प्रसा सिटौलाले अझै तपाइको प्रधानमन्त्री बन्ने चाहना हो भनेर २ पटक सम्म सोध्दा जवाफ नआएपछि , तपाइ त सर्बसम्मतिबाट राष्ट्र्पति बन्ने हो भन्दा पछि सुशीलले तपाइहरु जानुस् म राष्ट्र्पति पनि बन्दीन प्रधानमन्त्री पनि बन्दीन भनेर भनेका थिए भन्ने कुरा सिटौलाले नै छापाहरुमा भने । तर भोलिपल्ट बिहान भेट्दा कुरा अर्कै भै सकेको बुझियो । यसैले उहांलाई उठाउने को को हुन् उनै जानुन् सिटौलाले कान्तिपुरको आफनो अन्तरबार्तामा भने । शेर बहादुर भने वहां उठ्छु भन्नु भयो त्यसैले मैले प्रस्तावक बसिदिएको हुं । रामचन्द्रले भने संधै मिलेर भागबण्डा गर्नेकुरा चित्त बुझेन अनि समर्थक वसिदिए । यत्रो बिषयलाई यसरी हलुका दृष्टिले हेरियो । कांग्रेसको बैठकबाट प्रधानमन्त्रीमा को उठ्ने वा सुशील कोइरालाई उठाउने निर्णय पनि भएन ।
नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताहरुको मधेसबादीहरुले गरेको आन्दोलन र भारतीय शाषक वर्गहरुले लगाएको अघोषित नाकावन्दीका बिरुद्ध जुध्न पनि भद्रसहमति कार्यान्वयन गर्नु पर्ने थियो । त्यसैले यस्तो बेलामा प्रधामन्त्रीको उम्मेदवारी भद्र सहमति अनुसार एक जना मात्र हुनु पर्ने थियो । एउटा उचाइमा पुगिसकेका , भद्रसहमति गर्ने सुशील कोइराला नउठी उनको पार्टीबाट अरुको उम्मेदवारी हुनु त्यति आश्चर्यको कुरा हुने थिएन । सुशील स्वयंमको उम्मेदवारीले के देखायो भने उनि के लोभमा फसे उनै जानुन । एउटा कालखण्डमा धरहराको टुप्पोमा चढी सकेका, इतिहास पुरुष बनिसकेका मानिस फेरी किन ओर्लेर धरहरा चढ्न खाजेका हुन् । यसले ठूलो हन्डर दुख र जनताको पसिना खर्च गरेर झन्डै ९ बर्ष लगाएर बनाएको संबिधानको पालनामा उ बाधक वन्न खोजेको त हैन । यसपटक प्रजातन्त्रबादी, बुद्धिजिवी सबै छक्क परे कि सुशील कोइरालाले किन यसो गरे । उनमा लोभ किन पलायो । संबिधान जारी भएपछि एक मिनेट नवस्ने भनेर फलाक्दै हिंडेका उनी संबिधान जारी भएपछि राजीनामा पनि नदिइ बाटो फुकाउने काममात्र गरे । अन्तिम समयसम्म पनि सुशील कोइरालाले केपीलाइ समर्थन गर्छन कि भनेर मानिसहरु आसावादी भएका भएका थिए । भन्न त सुशील कोइराला प्रधानमन्त्री उठेरनै आन्दोलनको रांको बाल्नेहरु, संबिधान मान्दिन भन्ने र जलाउनेहरु जारी संबिधान अनुसार भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर पक्ष र बिपक्षमा लागेर संबिधान स्वीकार गरे । यो राम्रो काम पनि भयो । उनी नउठेका भए सायद यस्तो हुने कम संभावना थियो । तर संसदमा भएका साना धेरै पार्टी र ठुला पार्टीहरुले समेत समर्थन जनाइ सक्दा पनि हार्नैका लागि किन उठे प्रश्न तेर्सिएको छ । यसको पर्दाफास कुनै दिन हुनेछ भन्नेमा सबै आशावादी छन् । कांग्रेसले भद्रसहमति तोडेकै कारण अहिले सरकार बनाउंदा राजतन्त्र चाहने, धर्मनिरपेक्षता नचाहने शक्ति राप्रपा समेतलाई लिएर सरकार बनाउन बाध्य पारिएको छ । यदि कांग्रेससंगको सहकार्य जारी भएकै भए यो स्थिति पक्कै पनि आउने थिएन ।
१० बर्षे जनयुद्धमा लागेका माओबादीलाई शान्तिबार्तामा ल्याउनु, राजाले खोसेको संसद पुर्नस्थापना गराउनु , संबिधानसभाको दोस्रो पटक पनि चुनाव गराएर संबिधान जारी गराउने कुरा बिश्वकै लागि उदाहरणीय कुरा हो । यस्तो बेलामा सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदबार हुंदा केपी आफैले प्रस्तावक बसेर प्रधानमन्त्री बनाएका थिए । अहिले नेकाले पनि त्यस्तै गर्न सकेको भए, समझदारी र सहकार्यको बाटो पनि बिश्वका लागि उदाहरणीय हुने थियो । ठुला पार्टीका बीच सर्बसम्मतीको एउटै मात्र उम्मेदवार खडा गरेर सहमतीको सरकार बन्न सकेको भए नेपाली राजनीतिले बिश्वमा एउटा छुटृै म्यासेज दिन सक्थ्यो । लोभ लालच बाट माथि उठेर यो काम हुन सकेको भए नेताहरु शिर्ष पुरुष बन्ने थिए , राजनेता बन्ने थिए । राजनीतिमा नैतिकता, इमान्दारीता र बिश्वासको पनि ठूलो महत्व हुन्छ भन्ने सकारात्मक सन्देस जाने थियो ।
बिजय दशमी २०७२ को हार्दिक मंगलमय शुभकामना सहित, जयब्लग ।

स‌बिधान र बाबुराम भटृराई

अक्टोबर 1, 2015

७ दशको प्रयत्नपछि बल्ल जनताका प्रतिनिधिहरुद्धारा संबिधानसभाबाट बनेको ऐतिहासिक संबिधानको घोषण ०७२ असोज ३ गते भयो । संबिधान घोषणा हुंदा सिंगै नेपालमा रहेका नेपालीले हर्षोल्लास र दिपावली मनाएर खुसी मनाउन भने सकेनन् । बिश्वका धेरै देशहरुले स्वागत गरे पनि नजिककाे मित्र ठानिएको छिमेकि भारतले भने स्वागत गर्न सकेन । देश ठूलो भए पनि उसको सानो चित्त रहेछ । माेदीकाे छिमेकीलाइ साथ लिएर अघि बढ्ने कुरा हात्तीकाे देखाउने दा‌त जस्तै रहेछ ।  संयुक्त राष्ट्रसंघजस्तो संस्थाले पनि छिमेकिले झैं जिब्रो चपाएरै बोलेको थियो । परन्तु एकहप्ता पछि कोशेढुंगा भनेर बोली फेर्यो ।
संबिधान घोषणा हुनु दुई दिन मात्र अघि आएर भारतले आफना असन्तुष्टि खुलेरै बिशेष दूत जय शंकर मार्फत राख्न पठायो । बिहारको चुनाव र शान्ति सुरक्षाको निहुंबनाएर उसले नेपाललाई भन्यो अहिले संबिधान घोषणा नगर । हाम्रो चुनाव पछि मात्र गर । कि तराइका मागलाई संबोधन गर । उसको निहुं खोजाइ तराइका मागलाई संबोधन गर भन्नेनै थियो । भारतले भन्दैमा स्वतन्त्र सार्वभौम नेपालका नेताहरुले मान्नु पर्छ भन्ने ठानेनन् । सबै कुरामा मान्नु पनि हुंदैनथ्यो । तराइका जनप्रतिनिधिहरु संसद छाडेर हिंडेपछि अन्तत नेपालको संबिधान अत्यधिक वहुमतको आधारमा ९० पंतिशत सभासद्काे समर्थनमा घोषणा भएरै छाड्यो । साना देशका नेताहरुले मेरो कुरो नमान्ने भनेर अझ ७ माग भारतिय राजदूतमार्फत पठाएको कुरा पनि सार्वजनिक भयो । भारतको नियत के रहेछ अहिलेको अघोषित नाकाबन्दीले छर्लड०ग पार्छ । १६ बुंदे सहमति मेरो स्वीकृति सल्लाह बेगर भएकोमा उसको ठूलो आपत्ति थियो । यही सहमतिले नै नेपालमा संबिधान जारी हुन सकेको हो । मधेशबादी दल र भारतीय शासकको यसमा ठूलो आपत्ति थियो । भारतलाई लाग्दो हो ०७ साल ०१७ साल ०४६ र १२ बुंदे सहमति हुंदा यी सबैमा हाम्रो सल्लाह र सुझाब अनुसार भएका थिए भन्ने इगोले काम गरे जस्तो लाग्यो । यी कुराहरु बेग्लै परिस्थितिमा भएका थिए । तर संबिधान बनाउने कुरा सार्वभौम जनताका प्रतिनिधि वा हाम्रा नेताहरुले सबै कुरामा उसको सहयोगनै लिन पर्छ भन्ने थिएन । भारतको बिभिन्न किसिमको हस्तक्षेप पछि नेताहरु नगलेपछि उसले आन्दोलनकारीलाई सीमामा बसेर नाकावन्दी गर्न सहज वातावरण बनाइदियो । आन्दोलनकारीले पनि नेपाल र भारतको सिमानामा बसेर आन्दोलन गर्ने । भारतको भूमिबाट ढुंगामुडा हान्ने ,प्रहरीले हटाउन खोज्दा भारतपस्ने, आन्दोलनकारीलाई भारतीयशाषकले खाजा पानी खुवाउने जस्ता कार्य गरेर भारतबाट आन्दोलनकारीलाइ सहयोग पुग्ने कार्यनै भए । जसका कारण अघोषित नाकावन्दी सुरु भयो ।
यदी भारतले भने झैं संबिधान घोषणा गर्ने काम पर सारेको भए नेपालमा संबिधानसभाबाट स‌बिधान आउने थिएन वा भारतको हस्तक्षेप पछिल्ला दिनमा अझ भयंकर हुने थियो । नेपाली नेता संधै भारत परस्त भएर बाच्नु पथ्र्यो । लिकमा हिडिसकेकाे स‌बिधान बनाउनेकाम पर सार्दा धेरै दवाव र मुद्दाका बिषयहरु थपिदैं देश आगोको भुंमरिमा फस्ने निश्चित थियो । संबिधानसभाबाट संबिधान नआवस भन्ने तत्वलाई मसला राम्रै हुने थियो । जे होस संबिधान आयो । एउटा सात दशककाे ऐतिहासिक राजनीतिक कार्य सम्पन्न भयो । जसका लागि यो देशका धेरै मानिसले जीवन उत्सर्ग गरेका थिए । धेरै आरोह अवरोह, संकट पार गर्दै दुइ बर्षमा अाउनु पर्ने  झन्डै ९ बर्षको प्रयत्नपछि संविधान आयो । जसका लागि राज्यको खर्वौ लगानी भएको थियो । अब एउटा स्थायी घर बन्यो त्यसलाई सुन्दर पार्ने  रंगरोगन गर्ने काम बिस्तारै गर्दै जांदा हुने भो । कस्तो व्यवस्था र परिपाटी बसाल्ने , कस्तो संविधान बनाउने भन्ने सोचमा लागेर राजनीतिमा होमिने सबैलाई अब आर्थिक क्रान्तिका माध्यमबाट नेपालीको जीवनस्तर उकास्न बाटो खुलेको छ । नेपालमा संबिधानसभाबाट संबिधान आउला र भन्नेहरुका लागि ०६२ ।०६३ को आन्दोलन जस्तै संसारलाई अचम्म पार्ने गरी अघिल्ला स‌बिधानभन्दा प्रगतिशिल, र अहिलेको सोचले यस समयको उन्नत संबिधान सबैका वुद्धि वर्गतले भ्याएसम्मका तत्कालिक कुरालाई समेटेर संबिधान आएको छ । जनताका प्रतिनिधिहरु आफैले बनाएको संबिधान आएको छ । झन्डै ७ दशकको माग पुरा भएको छ । खुसियाली मनाउने धेरैले दिपावली पनि गरे, मन नपराउनेहरुले पोले । स‌बिधान देशकाे मूल कानून पनि हाे तर संबिधान आफैमा सबै कुरा भने होइन । संबिधान माध्यम हो । संबिधान बाटो देखाउने उज्यालो टर्चलाइट हो । अब यसलाई व्यवहारमा लागु गर्ने असल योग्य कर्मीहरुको आवस्यकता छ । तबमात्र संविधान आएर के पायौं । के पाइदो रहेछ आगामी दिनमा देखाउने छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा जनताले माओवादीहरुलाई संबिधान बनाउन ठुलै बिश्वासकासाथ भारी मत दिए । तर संबिधान बन्न सकेन उल्टै बाबुरामको नेतृत्वमा रहेको सरकारले संबिधानसभानै बिघटन गरिदिए । दोस्रो संबिधानसभाबाट जनताले पहिलो पार्टीलाई तेस्रोमा झारिदियो । नेपाली कांग्रेस र एमालेलाई मिलेर संबिधान बनाउ भन्दै पहिलो र दोस्रो पार्टीको रुपमा संबिधान बनाउन पुग्ने गरी मताधिकार दिए । उत्साहित प्रचण्ड मत परिणामबाट निरास देखिएका थिए । तर पछिल्लो कालमा संबिधान ल्याउनै पर्ने बाध्यता थियो । नसक्दा प्राप्त उपलव्धी पनि डुव्ने खतरा पनि त्यतिकै थियो । नेपाली कांग्रेस एमालेले जनादेश अनुसार लागेकै थिए भने पछिल्लो समयमा एमाओबादी पनि दृढ निर्णयमा पुगेका थिए । प्रचण्डले यसकालमा संबिधान नचाहने तत्वहरुलाई राम्ररी बुझे । केही संझौता गरेरै भए पनि आफना केही एजेन्डा सहितको संबिधान जारी गर्ने र बांकी एजेन्डामा लड्दै जाने सोचका साथ उनी दृढ भएर लागे । परिपक्व काम गरे भनेर संझिन योग्य मानिए । एमालेसंग सहकार्य गरेर संबिधान जारी गर्न उनले खेलेको भूमिका निश्चयनै स्वागत योग्य छ । खस्कदै गएको उनको उचाइ फेरी वढेको देख्न थालेका छन् ।
तर डा. बाबुराम भटृराईले संबिधानका यावत कुरामा सरिक भएर अन्तिममा सबिधानका प्रतिमा आफैले हस्ताक्षर गरेको मसि सुक्न नपाउंदै पार्टी छोडेर किन मधेशतिर लहसिन पुगे । ३ गते संबिधान जारी भयो । त्यही पार्टीको १० गते देखि शुरु हुने केन्द्रिय कमिटीको बैठकमा आफना पक्षको माग जोडदार उठाउलान् भन्ने मानिसले अड्कल काटेका थिए तर ९ गते शनिबार संबिधान आएको एक साता नबित्दै यस्तो कदम चाले । हुनत संबिधान आउने पक्का पक्कि भै सकेपछि वा आफनै समितिबाट अन्तिम सिफारिस गरे पछि उनी अली टाढीन थालेको कुरा सबैले बुझैकै हो । संबिधान घोषणा गर्ने प्रक्रिया केही दिन रोकौ भनेरे खिचोला निकालेका थिए । जब कि यो कुरा मोदीका बिशेष दूत आएर नेपालमा संबिधान रोक्न दबाब दिरहेकै बेला उनले यस्तो बखेडा नगरेका हैनन् । संबिधान आउने उपलक्षमा पार्टीहरुले दिपावली मनाउन आग्रह गरिरहंदा पनि सामाजिक संजालमा उनले लेखे दिपावली गरी हाल्नु पर्ने काम छैन, इतिहासले यो दिनलाई कसरी संझला भनेर लेख्न भ्याए । संबिधानसभाबाट संबिधान बनाउने सोचका साथ निरन्तर लडिरहेका र प्रचण्डसंग पार्टीमा ३० बर्ष बिताएका यीनमा संबिधान आएपछि भने यस्तो सोच कसरी आयो यस्मा पक्कै केही रहस्य लुृकेको छ , कुनै बेला खुल्ने अनुमान मानिसले गरेका छन् । संबिधानसभाबाट संबिधान पारित भै सकेपछि पनि अनुसांगिक मिलाउने अन्तिम कार्यको संयोजक भएर नेतृत्व गर्दै अन्तिम घडीसम्म पहलगर्दै आएको संबिधानबाट यतिचांडै किन बिरक्तिएका होलान् । नेपालमा संबिधानसभाबाट संबिधान आएको देख्न नसक्ने भारतको हेराइ र उनको हेराइ एउटै भए जस्तो लाग्यो । अहिले त उनी संबिधान पछि अब पार्टीको औचित्य समाप्त भयो । अब नयां चिराबाट अगाडी बढ्नुपर्छ भनेर देशमा आइरहेको संकट पूर्ण घडिमा झन् अन्यौलता थप्न पो लागि परेको देखियो । स‌कट परेकाे याे बेला सबै एकजुट भएर लाग्नु पर्नेमा उनमा किन बिचलन अायाे याे त समयले बताउलानै । उनको पछिल्लो समयमा पार्टीको प्रमुख पदमा पुग्ने तिब्र आंकाक्षामा ठेस पुगेर पो यसो गरेका हुन् कि वा आफु प्रधानमन्त्री भएको बेलामा संबिधान जारी गर्न सकिएन यसको श्रेय लिन सकिएन भनेर पो उनमा निरासा आएको हो । अब पुरानो घरमा नवस्ने ,पुरानो घरको काम छैन भन्दै एक्कासि पार्टी छोडेको देख्दा उनमा कतै राजनैतिक बिचलन पो आएको हो कि । किन, कस्का लागि यस्तो काम गरे, उनकै पार्टीका हरिबोल गजुरेलले भने भटृराई कसैका गंभिर योजनामा फसे । उनकै सहयोद्धाका रुपमा रहेका देबेन्द्र पौडेल, टोप बहादुर रायमाझीले समेत भटृराइले ठिक काम गरेनन् , गलत समयमा पार्टीबाट बाहिर निस्के भने । प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगिसकेको मानिसले देशमा संकट आइपरेको बखतमा , संबिधान सभाका ९० प्रतिशत प्रतिनिधिको सहमतिबाट बनेको संबिधानधानलाई थेग्न जोगाउन पहल हुंदैन र यसमा भएका कमिकमजोरी सच्याउन प्रयत्न गर्दैनन् भने भोली नयां पार्टी खोल्दैमा यिनीबाट देशको समस्या समाधान होला त ? अाजकाे समस्या त हिजाे भट्रराइजस्ता नेताले राेपेकाे बीउ अहिले टुसाएर अाज याे समस्याले गा‌जेकाे हाे । सिंगै नेपालको नेताभएर रहेका उनी अहिले मधेसको सहानुभूति लिएर भारतको चाहना पुरा गर्न खोजेका त हैनन् भन्ने स‌का धेरैलाइ लागेकाे छ । निश्चयनै मधेसी र थारुहरुको जायजमाग संबोधन हुनुपर्छनै  स‌बिधान सम्मत हिसावले। पार्टीभित्र रहंदा पनि बिद्रोहको बाटो हैन शान्ति र संबिधानलाई प्रमुख कार्य ठानेर लाग्नु पर्छ भन्ने यी स‌बिधान अाएपछि पार्टी र सा‌सद पदनै छाेडेर अहिले अागाेमा घ्यु थपिरहेका छनं । भट्राइले राजीनामा दिएर सडकमा अाउनु उता भारतले नाकाबन्दी गरेर मधेसीदलका मागलाइ बल पुग्नु एकैपटक भएकाे छ ।

अर्थमन्त्री रहंदा पनि बढी राजस्व स‌कलन गरेर चर्चामा अाएकै हुन् ।  प्रधानमन्त्री हुंदा पनि धेरै मानिस आशाबादी थिए तर बिप्पा संझौता गरेर भारतको चाहना पुरा गर्न खोजेर ठुलै बिरोध पाए पनि  बिकासको एउटा मोडेल ल्याउन सफल भएका थिए । अहिले राजधानीको मुहार फेर्ने काम उनको मोडेलले  गरेकै हाे । हुन त नयां शक्तिको खांचो छ भनेर दुई बषअघि नेपाल साप्ताहिकमा लेख लेखेर बहस नचलाएका भने हाेइनन् । स‌कटकाे अवस्थामा उनकाे राजनीतिक पलायनले उब्जाएकाे समस्या र अान्दाेलनकारीकाे कतिपय नाजायज मागलाइ बल दिने कामकाे भने मानिसले हेक्का राखिरहने छन् नै । अब के  नयां पार्टी खोलेर छलाड० मार्न सक्लान्  वा कसलाइ खुसी पार्न याे काम गरे उ खुसी हाेला वा नहाेला । अहिलेसम्मको नेपाल र नेपालीको सोचाइ बुझ्दा उनले छलाड० मार्न सक्दैनन्  । एउटा अर्को नयां पार्टीकाे खिचडी पाक्ला र केही मानिसको झुन्डलिएर अध्यक्ष भएर बस्लान् । त्यो भन्दा माथि केही हुनेवाला छैन ।

जय ब्लग । gpkarki@gmail.com

फेरी भूकम्पकै कुरा (४ )

जुलाई 30, 2015

DSC03044

आज श्रावण १३ गते भुइंचालो गएको पनि ३ महिना पुरा भएको छ । ठुला भुकम्प पछि परकम्पन लामै समय जांदो रहेछ भन्ने कुरा व्यवहारले प्रमाणित गरिसकेको छ । बिज्ञानले सही कुरा देखाउंछ ,अन्धबिश्वास र अज्ञानताले गलत । भुइंचालो किन र कसरी आउंछ भन्ने कुरा अब यो पुस्ताले राम्ररी शिक्षा पाएको जस्तो लाग्छ ।
भुइंचालो आफैले मानिस मार्ने हाेइन रहेछ, मानब निर्मित संरचनाले  मार्ने र नोक्सान गर्ने रहेछ । त्यसैले त्यसबाट हुने अपार क्षतिबाट बच्न हामीले घर लगायत सबै संरचनाहरु बलियो अथवा भूकम्प प्रतिरोधात्मक बनाउनु बाहेक अर्को दोस्रो उपाय केही रहेनछ । भूकम्प सम्वन्धी यी सबै कुराहरु मैले ४ अंक सम्म किन लेखिरहेको छु भने सबैले भूकम्पका ’boutमा धेर थोर कुरा थाहा पाउन् भन्ने नै हाे । हिजो अहिलेको जस्तो स्रोत साधन नभएका कारण ९० सालको भूकम्प’bout हामीलाई धेरै जानकारी छैन । ९१ सालमा निस्किएको व्रम्ह शम्शेरको भूकम्प’boutको किताब’bout पनि अहिलेनै आएर थाहा लाग्यो । हिमालमा भूकम्प त हजारौ हजार बर्षदेखि गइरहेको कुरा प्राचिन ग्रन्थहरुबाट थाहा पाइन्छ । तर कहां कत्रो कसरी गयो, त्यसबाट परेको प्रभाव आदि ’bout जान्न सक्दैनौ । भूकम्प प्रकृतिको एउटा नियमित कार्यनै हो । भूकम्प आउन सक्छ तर कहिले कसरी कत्रो आउंछ भन्ने कुरा अहिलेसम्म बिज्ञानले ठयाक्कै भन्न सकेको छैन । त्यसैले पूर्व घटेका घटनाहरुको अध्ययनबाटनै पूर्वानुमान लगाउन सकिने देखिएकोले भूकम्प सम्वन्धी चर्चा परिचर्चा चलिरहेकै बेलामा मैले यी आलेखहरु तैयार पारेको हुं । यी टिपन टापन र आफुले भोगेका र सिकाइका थोरै भए पनि जानकारी दिने उद्धेश्यलेनै पोस्ट गरेको हुं ।
किन हो कुन्नि ? यस पटकको भूकम्पले हामीलाई धेरै दया गरेकै होे । शनिबारपर्नु ,दिउंसो पहिलो प्रहरमै भूकम्प आएकोले अझ ठूलो जनको क्षति हुनबाट बचायो । यदि रातको समयमा वा बिद्यालय, कारखाना, अफिस खुलेको दिन आएको भए अहिलेको भन्दा अकल्पनिय क्षति हुने निश्चित थियो । त्यसमा पनि यस पटकको भुइंचालोले सडक भत्काएन, पुल पुलेसा भत्काएन र नेपालमा रहेकोे एउटैमात्र अन्तराष्टियस्तरकाे बिमानस्थलमा क्षति पुगेन । यदी भूकम्पले बिमानस्थलमात्र संचालनमा आउन नसकेको भए नेपाल राजधानी काठमाडौं यो बिपद्को बेलामा बिश्वबाटै अलगिन्थ्यो । यत्रा दातृराष्ट्रले तत्काल सहयोग गर्ने कुरा कल्पनासम्म गर्न सकिने थिएन ।
भूकम्पले भूकम्प सम्वन्धि धेरै कखरा हामीलाई पढाएर गएको छ । अब हामिले गर्नै पर्ने होमवर्कमा नेपालको अर्को अन्तराष्ट्र्यिस्तरको बैकल्पिक विमानस्थल हुनु नितान्त आवश्यक देखियो । जहां पायो त्यही बस्ती बस्न दिनु हुंदैन, सुरक्षित स्थानमा मात्र बस्ती बसाउनु पर्छ, बस्ती भएका ठाउंमा चौडा फराकिला बाटाबन्नु पर्छ भन्ने कुरा पनि सिकाएर गएको छ । संगै आपद बिपत पर्दा जम्मा हुनका लागि हरेक बस्तीसंगै खुल्लास्थानको पनि जोहो गर्नु भन्दै उसले आफनो महाभूकम्पको पुस्तक हामी सबैलाई पढाएर गएको छ । छिमेकी जे जस्तो भएपनि आपत् बिपत् पर्दा पहिलो घरसंगैको छिमेकिनै चांहिदो रहेछ । टाढाका आफन्त आउलान् र उद्दार सहयोग गर्लान भनेर बस्न नसकिने रहेछ । घर भत्केर मानिस पुरिदा झिक्न पहिलो छिमेकिनै चाहिने रहेछ । नसक्दामात्र परका छिमेकि आएर पनि १६ जनाको जिबितै उद्धार गरे । त्यसैले बस्ती बस्तीमा आपत बिपतमा कसरी उद्धार गर्ने जस्ता सिकाइ पनि स्थानीयस्तरमै समुदाय समुदायमा हुनु पर्नेरहेछ । किनकि हामी कुनै पनि बेला जे पनि हुन सक्ने जोखिम ठाउंमै बसेका रहेछौं । जहां कुनैपनि बेला जेपनि हुन सक्छ । यो सिक्नै पर्ने पाठ रहेछ । परका छिमेकि आउलान् र उद्दार गर्लान भनेर बस्न नहुने रहेछ । समयमै उद्धार गर्न सक्ने कला औजार हामीमा भएमा बचाउन सकिने रहेछ ।
भूकम्प मापन गर्ने बिधि पहिलो पटक अमेरिकी भूकम्पबिद रिक्टरले सन् १९३० मा आविष्कार गरेका हुनाले उनकै नामबाट मापन स्केललाई रिक्टर स्केल वा लोकल म्याग्नेच्यूड भनियो । यी मध्ये रिक्टर स्केल र मोमेन्ट म्याग्नेच्यूड भूकम्प मापन गर्ने सबैभन्दा प्रचलित बिधि हुन् । रिक्टर स्केल सबैभन्दा पुरानो बिधि हो र यसले जमिनको हल्लाइका आधारमा आकार नाप्छ । नेपालको खानी तथा भूगर्भ बिभागले यही विधि प्रयोग गरिरहेको छ । मोमेन्ट म्याग्नेच्यूड नयां बिधि हो र यसले भूकम्प जांदा कति शक्ति स्खलन भयो यसका आधारमा आकार नाप्छ । अमेरिकी भौगर्भिक सर्वेक्षणले मोमेन्ट म्याग्नेच्यूड विधि अपनाउंदछ । ठूला भूकम्पलाई प्राय मोमेन्ट म्याग्नेच्यूड विधिबाट मापन गरिन्छ । बैशाख १२ गतेको मापनमा दोहोरो कुरा ( ७.६ रिक्टर, ७. ८ मोमेन्ट म्याग्नेच्यूड )आउनु यसकै कारण हो ।
भूकम्प सम्वन्धी केही बिज्ञहरुको कुरा त मैले अघिल्ला अंकहरुमा पनि राखेको थिए । अहिले फेरी प्रा.डा लालु पौडेलका भूकम्प जाने प्रकिया ’bout आजको दिशाबोधमा छापिएका केही कुरा सान्दर्भिक लागेर राख्दैछु ः पानीको पोखरीमा ढुगां फाल्दा जसरी तरंगहरु उत्पन्न भई चारैतिर फैलन्छन् त्यसरीनै पृथ्बीको सतहभित्र रहेका चटृानहरु आकस्मिक रुपमा खल्बलिंदा त्यस्तै किसिमका तरंगहरु उत्पन्न हुन्छन् र ती तरंगहरु चटृानको माध्यमबाट चारैतिर फैलिन्छन् । तरंगहरु फैलिंदा जमिनमा हुने हलचललाई नै भूकम्प भनिन्छ । पृथ्बीको लगभग सय किलोमिटर मोटाइ भएको बाहिरी भाग कुखुराको अण्डाको बोक्रा जस्तो सिंगो नभइ भलिबलको छालाको जस्तो धेरै टुक्राहरुमा बिभाजित छ । यी टुक्राहरुलाई भौगर्भिक भाषामा प्लेट भनिन्छ । यी प्लेटहरु म्यान्टल को माथिल्लो भागमा रहेको तरल म्याग्मामा आउने तरड०गले गर्दा पानीमा डुंगा बहेझै विभिन्न दिशामा बहिरहेका छन् । जव बिपरीत दिशातिर हिंडेका दुई प्लेटहरु आपसमा ठोकिन्छन् , ठोकिएको ठाउंमा जमिन खुम्चन्छ र पहाडहरु बन्छन् । प्लेटहरु ठोकिएको ठाउमा लगातार बल परिरहन्छ । जब जमिनले बललाई थाम्न सक्दैन, जमिन गहिरा धांजा ( दरार) बनेर फुट्दछ । त्यस्ता दरारहरुलाई भौगर्भिक भाषामा फल्ट भनिन्छ । दरार परेका सतहमा जमिन धस्सिने, चिप्लिने र फुटेको एउटा भाग अर्कोमाथि चढ्ने प्रक्रियामा तरड०गहरु उत्पन्न भई जमिन हल्लिन्छ । संसारका प्राय ठुला र बिनाशकारी भूकम्प यही प्रक्रियाद्धारा जान्छन् । २०७२ बैशाख १२ गतेको भूकम्प पनि यही प्रक्रियाले नै गएको हो ।
हामीले पढेकै कुरा हो हाल सगरमाथा भएको ठाउंमा कुनै भौगर्भिक कालखण्डमा (आज भन्दा ५ करोड बर्ष अगाडि सम्म ) टेथिस नाम गरेको सागर थियो । २ प्लेटहरुको जुधाइको कारण नै जमिनको भाग बिस्तारै माथि उठ्नगई हिमालय बनेको हो ।
विश्वभर १ म्याग्नेच्यूडका भूकम्प दैनिक ७ लाख, ५ म्याग्नेच्यूडका भूकम्प दैनिक ६ हजार, ६ म्याग्नेच्यूडका भूकम्प दैनिक ८ सय, ७ म्याग्नेच्यूडका भूकम्प दैनिक १२० र ८ म्याग्नेच्यूडका भूकम्प दैनिक २० वटा जान्छन् । तर सबै भूकम्पका असर पृथ्बीको सतहसम्म आइपुग्दैनन् र हामीले महसुस पनि गर्न सक्दैनौ । सन् १८०० यता नेपाल र भारतमा जम्मा आठवटा महाभूकम्पहरु गएका छन् । सन् १८०२ मा कुमाउमा, १८३३ मा रसुवामा, १८६० मा पुनः बिहारमा ,१८९७ मा पश्चिम आशाममा, १९०५ मा कांगडामा ,१९३४ मा संखुवासभामा ,१९५० मा पूर्बि आशाममा र सन् १९९१ मा कुमाउमा गएका सबै भूकम्पहरु ७ म्याग्नेच्यूड र केही ८ भन्दा पनि ठूला थिए । तपाइले स्मार्ट मोवाइल फोन बोक्न हून्छ भने अर्थक्वीक सम्वन्धी जानकारी दिने एप्स डाउनलोड गरेर राख्नूभयो भने दिनैपिच्छे संसारभर गएका सबै भूकम्पहरुको त्यसले जानकारी गराउंदछ । नेपालको मात्र जानकारी लिन पनि सकिन्छ ।
भौगर्भिक दृष्टिले नेपाल अत्याधिक भूकम्प जाने क्षेत्रमा पर्ने भए तापनि पोखरादेखि भारतको कुमाउसम्मको हिमालय खण्डमा बिगत दुईसय बर्ष यता ठूला भूकम्पहरु गएका छैनन् । भूकम्प गइरहनुपर्ने क्षेत्रमा लामो समयसम्म भूकम्प नगएको अवस्थालाई सेस्मिक ग्याप भनिन्छ । सेस्मिक ग्याप हुनु भनेको भौगर्भिक दृष्टिले अत्यन्तै खतरापूर्ण अवस्था हो, त्यसैले यस क्षेत्रमा कुनै पनि बेला ८ म्याग्नेच्यूडभन्दा ठूलो भूकम्प जाने कुराको भूगर्भबिदहरुले सम्भावना व्यक्त गरेका छन् ।
१२ गतेको बिनाशकारी भूकम्प र त्यसपछिको परकम्पबाट मानबीय र भौतिक सरचना एब प्राकृतिक स्रोतको ठूलो क्षति हुन गएको छ । बिनाशकारी भूकम्पमा परि अहिलेसम्म ८ हजार ७ सय ८९ जनाको मृत्यु भएको  छ ,जस्मा महिला ३९४० , पुरुष ४८४९ छन् । २२ हजार ३ सय ९ जना घाइते र करिब २०० जना अझै वेपत्ता रेहको अनुमान छ । ग्रामिण भेगमा आय आर्जनका लागि पालेका करिव १७ हजार भन्दा वढी ठूला चौपायाहरु र करिव ४० हजार साना चौपायहरु मरेको अनुमान छ । २ लाख ८० हजार ७३० घरमा आशिक क्षति, ५ लाख १३ हजार घरमा पुर्णक्षति पुगेको छ । कुल जनसख्याको करिव एक तिहाइ ८० लाख जनसख्या भूकम्पबाट प्रभावित भएको अनुमान गरियो । भूकम्पबाट ७५ जिल्ला मध्ये ३१ जिल्लामा प्रभाव परेको देखियो । १४ जिल्ला भने पूर्ण प्रभावित भएको छ । देशका २० जिल्लामा पूर्ण र आंशिक गरी ७२१ सम्पदामा क्षति पुगेको छ , सबैभन्दा वढी काठमाडौं रहेको छ । १८ जिल्लाको तथ्याड०क अनुसार २ हजार ७ सयभन्दा वढी बालबालिकाले ज्यान गुमाएका छन् । जस्मा १ हजार ४ सय ९८ बालक र १२४४ बालिका छन् । प्रतिशतको हिसावले झन्डै ३१ प्रतिशत बालबालिका परेका छन् । ८९ बालबालिकाले आमाबाबु दुबै गुमाए भने ४२७ बालबालिकाले आमा वा बाबु गुमाए । भूकम्पबाट सबैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकमा अधिकाश घर भत्किएका छन् । विनाशकारी भूकम्पले सातसय अर्ब बरावरको क्षति तथा नोक्सानी गरेको अनुमान छ । प्रारम्भिक अनुमान अनुसार पुननिर्माण र नवनिर्माणका लागि रु ६६९.५ अर्ब लाग्ने अनुमान छ । भूकम्पको जोखिमले राजधानी र यसका वरीपरी बढी प्रभाव पर्न गएकोले पनि यसले अर्थतन्त्रलाई दूरगामी असर पार्न सक्ने । खासगरी ग्रामीण बस्तीहरुमा न्यून आय भएका परिवारका ढुंगा, माटो र काठले बनेका घरहरु मध्ये करीब ८० देखि ९० प्रतिशत ध्वस्त हुनु र मुख्य पेशको रुपमा रहेको कृषि र पशुपालनमा भएको क्षतिका कारण पनि गरिवी बढ्ने अनुमान लगाइएको छ । बिश्व बैकका अनुसार भूकम्पको प्रभावबाट अब थप २.५ प्रतिशत देखि ३.५ प्रतिशत नेपालीलाई गरिवीमा धकेल्ने र ७ लाख गरिवको सख्या थपिने अनुमान उसले गरेको छ ।
भूकम्पबाट मध्य नेपालका १४ जिल्ला, गोरखाको बारपाक र त्यसबाट पूर्ब रहेका धादिंग, नुवाकोट ,सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौं , ललितपुर, मकवानपुर ,भक्तपुर ,दोलखा, रामेछाप, सिन्धुली, रसुवा, अति प्रभावित रहेपनि नेपालका अन्यभागहरु पनि भूकम्पका हिसावले त्यत्यिकै जोखिमपूर्ण रहेको छ ।
भूकम्प हामीकाहांमात्र हैन संसारभर आइरहन्छ । चिनमा पनि ठूला भूकम्पहरु आइरहन्छ । एक पटक सिचुवान प्रान्तमा ठूलो भूकम्प आएको थियो । त्यस भूकम्पलाई संझाउन वा मानिसलाई सचेत बनाउन उनीहरुले भूकम्प गएको त्यस सिचुवान प्रान्तमा भूकम्प संग्रहालयनै बनाए । जहां अहिले हजारौ पर्यटक त्यो संग्राहलय हेर्न पुग्छन् । हामीले पनि चिनको जस्तै भूकम्प गएकै क्षेत्रमा संग्रहालय बनाउन नसके पनि कुनै ठाउंमा संग्रहालय बनाएर बिभिन्न ठाउ‌ र त्यहां एतिहासिक महत्वका हिजो यस्तो थियो भूकम्प पछि यस्तो बन्यो भनेर त्यस संग्रहालयमा देखाउन सक्छौ ।
क्षतिमाथि अर्को क्षति ऽ भूकम्पकै सामान लाने ल्याउने क्रममा दुईवटा हेलिकप्टर खस्यो । पछिल्लो चांहि राहत सामग्री लिएर सिन्धुपाल्चोक गएको हेलिकप्टर राजधानी फर्कनलाग्दा खिम्ती प्रशारणको हाइटेन्सन लाइनमा ठोक्किएर २०७२ जेष्ठ १९ गते दुर्घटना भयो । एक बिदेशी सहित ४ को मृत्यु भयो । दुर्घटाना दिनको ३.४५ मा भएको थियो । चालक सुबेक श्रेष्ठ, शेर बहादुर कार्की र डच महिला जेसिका डा.सन्दिप महत त्यसमा थिए ।
भूकम्प पिडितका घाउहरुमा महलम लगाउन केही पार्टीहरुले आफना कार्यकर्तालाई परिचालित गरेर भूकम्पबाट क्षति भएका घरहरु भत्काउने र अस्थायी टहरा निर्माणगर्न सहयोग गर्न अपिल गरे । यसैक्रममा ९ नंं क्षेत्रको ९ नं कमाण्डको नेतृत्व गर्ने जिम्म मैले पाए । पूर्व नया नैकाप र तीनथानाको संयुक्त परिचालन कमिटी वन्यो । बैशाख १३ गतेबाट हामीले असार ७ गतेसम्म निरन्तर खटिएर ३६ वटा घर भत्काउने , कतिपय घरभित्रै रहेका सामान निकाल्ने । भत्काउंदा आएका सामानलाई मिलाएर राख्ने काम गर्यौ । ७ गते पछि परियार टोलका तीनवटा घर बनायौं । यस अभियानमा हामी १८७ जना परिचालित भयौ ।
नेपाली उखान छनि बुद्धिमानी मानिसले परेपछि चेत्छ । त्यसैले हामिले पनि जापानबाट सिक्ने होकि ?
समृद्ध राष्ट्र्को सूचीमा रहेको जापानले भुइचालाको तयारीका मामिलामा आफूलाई अव्वल साबित गरिसकेको छ । अन्यत्र भए तहसनहस बनाउने भूकम्प आउदा पनि आजकल जापानमा भूकम्प आउछ जान्छ भन्ने छ । हालै ३० मे २०१ मा गएको ७. ८ म्याग्निच्युडको भूकम्पले त्यहा कुनै क्षति पुर्याएन । भनिन् छ जापानमा भूकम्प सम्वन्धी अध्ययन पाचौ शताब्दीदेखिनै हुदै आएको छ र त्यतिवेला देखिका रेकर्डहरु पनि छन् । ७ म्याग्निच्युड बराबरका भूकम्प जापानमा अनगिन्ती जान्छन्का । कहिले पाच सात वर्षमा एउटा , कहिले बर्षैपिच्छे । सानातिना भूकम्प त महिनैपिच्छे  दिनैपिच्छे आउछ । सन् २०११ मा आएको ९ म्याग्निच्युडको तोहोकु भूकम्प भने जापानलाइ निकै महगो साबित भएको थियो । भूकम्प लगत्तै सुनामीका कारण करिब पन्द्र हजारले ज्यान गुमाए । १ लाख भवन ध्वस्त भए । आणबिक केन्द्रमा क्षति पुग्यो ।
भूकम्पकीय जोखिमसग जुध्ने तयारीमा जापान ससारकै चुस्त मानिन्छ । डिजास्टर जोन भनेर चिनिएका क्षेत्रमा जापानले भुइचालो प्रतिरोधि भवनसहिता कडाइका साथ लागू गरेको छ । जमिनमा कम्पन आउदा ढलेर क्षति पुर्याउने गरी कही कुनै गहौ सामग्री राख्न पाइदैन । केही दिनलाई पुग्ने पानी र खाद्यान्न सहितको किट, एउटा रेडियो र प्राथमिक उपचार सामग्री साथै राख्न परिवारहरुलाई भनिएको छ । जापनका प्राय सबै कार्यालय र निजी घरहरुमा अर्थक्वेक इमर्जेन्सी किट हरु हुन्छन् ।
प्रत्येक बिद्यालयमा बालबालिकालाई भूकम्पमा जोगिने अभ्यास गराइन्छ । सावधानीको घन्टि बजेपछि उनीहरु सुरक्षित रहने डेस्कमुनि पस्छन् । त्यहाको सरचनाहरुको हकमा यो विधि प्रभावकारी छ तर नेपालमा यसपाला यसरी बस्दा कतिको ज्यान पनि गयो । मैलै चिनेको छिमेकिको नातीनी र छोरीहरु भूकम्प आएपछि घरभित्रको खाट मु’नि लु’क्दा गाह्रो पल्टिएर दु’बैको ज्यान गयो । मैले अमेरिकामा केही समय बस्दा भूकम्प र अन्य बिपद्बाट बच्न खुल्ला स्थानमा गएर बस्न सिकाउने यस्तो अभ्यास महिनैपिच्छे बिद्यालय, भाषा कक्षाहरुमा गराएको पाए । त्यो पटक पटककाे सिकाइले सांच्चैको भुइंचालोजांदा नहडबडाइ सुरक्षित स्थानसम्म पुग्न धेरै मद्त गर्ने रहेछ । जापानमा खेलमैदानमा रहेको अवस्थामा भुइचालो आए कुनै पनि सामानले नलाग्व्ने खुला ठाउमा जान सिकाइन्छ। सुरक्षित रहनु कति महत्वपूर्ण भन्ने कुरा राम्ररी बुझाइन्छ । दुइतले वा त्यो भन्दा ठूला भवन भएका बिद्यालयमा आपतमा बाहिर निस्कने सुरक्षित बाटो समेत बनाइएको हुन्छ । भूकम्प आएपछि अभिभावक नआएसम्म उनीहरु घर जान पाउदैनन् । यी सबै कुरा उसले पनि सन् १९९५ मा गएको कोबे भूकम्पपछिनै यस्तो पाठ सिकेको हो । त्यतिबेला झन्डै सात हजारले ज्यान गुमाएका थिए । त्यस बिपतपछि  आवासीय कार्यालय र यातायात पूर्वाधार दुवैमा भवनसहिताको पुनमुल्याकन गरियो । राजधानीका भवनहरु भने भुइचालो जादा पिड०खेलेझै भए तर ढलेनन् । आगलागीको जोखिम रहेको काठ र इटा प्रयोगको सट्टा कक्रिट र स्टिलका घरहरुलाई जोड दिइएको छ ।
अझै जापानका कुरा गराै‌ घरहरु भाडामा बस्ने सवालमा जति नया त्यति राम्रो मानिन्छ । सन् १९८१ पछि कडा भवनसहिता पालना गरेर बनाइएका घरहरु सुरक्षित मानिन्छ । समय समयमा पुनरवलाेकन हु‌दै अाएकाे छ । भूकम्प गएका बेला ठुला भवनका माथिल्ला तलामा रहेकाहरु पनि नआत्तीकन सुरक्षित बसिरहन सक्छन् । भवन जतिसुकै हल्लिए पनि उनीहरुलाई थाहा हुन्छ अन्तत यो सोझै रहने छ । रेडियो टेलिफोन, टेलिभिजन, मोवाइल सबैलाई यस्तो बेलामा सूचना दिने एक हिस्साको रुपमा यसलाई बिकास गरिएको छ । त्यसैले आफना जनतालाई सरकारी निर्देशनमा मात्रै बढी भर पर्ने नगर  तिम्रो जीवनको सुरक्षा तिमी आफै गर भनेर सबैलाइ सूचित गरिएको पाइन्छ । जापानले हरेक वर्ष सेप्टेम्वर ११ मा बिपत्ति रोकथाम दिवस मनाउदै आएको छ ।
बिश्वमा गरिने जुनसुकै तयारीले पनि पृथ्वीलाई कम्पन हुनबाट रोक्न सक्दैन । तर भवन हल्लिएर ढल्नबाट र ढलिहालेमा त्यसबा ट सकेसम्म जोगिन र कम क्षति हुन भने जापानले प्रमाणित गरेको ।
ठूलो भूकम्प पछि परकम्पन वरोवर जाने कुरा बिज्ञहरुले सुरुमै भनेका थिए । १२ बैशाख पछि आज श्रावण १३ गते सम्म पनि परकम्पनहरु गै रहेको छ । तर पहिलेका भन्दा धेरै पातलिदै गएका छन् ।

सबैअ‌क हेरेपछि कस्ताे लाग्छ सुजाब दिन नभुल्नु हाेला ।

जय ब्लग ।