व्लगकेालागि सामाग्री खेाज्दै पुष महिनाकेा प्यारेा घाम तापेर रेडियेा सगरमाथा सुन्दै वसिरहेकेा थिए । दाङग लगायत पश्चिमान्चलका छ जिल्लामा कमलरीवाट मुक्त भएकाहरूले कमलरीप्रथा विरूध्द छापामारयुध्द संचालन गर्ने समाचार सुने । येा खवर सुनेपछि मेरेा मनभित्र तरङग उत्पन्न भै जीउनै सिरिङग भयेा । संयेागनै भन्नुपर्छ पुस महिना सकिएर पर्सीवाट माघ लाग्दै पनि छ । माघी पर्व र घटनाकेा तादात्म्य पनि भएकेा र मनभित्र लामेा समय रूमलिरहेकेा येा विषयलार्इ टांसेाकेा रूपमा राख्नु उचित नै ठाने ।
२०३५ साल वेशाखवाट ०३६ साल भाद्र सम्म राप्ती अंचलकेा दाङग जिल्लामा वस्दा अाफुले कमैया र कमलरीका वारेमा देखे सुनेका घटनाका दृश्यहरू एकपछि अर्केा गरि पर्दामा देखिए झैं म भित्र सलवलाउन थाले । अाजभन्दा ३०।३१ वर्ष अघिका कुरा भए पनि ती घटनाहरूले म मा परेकेा छाप भने कहिले पनि अदृश्य हुन सकेनन् । तुलसिपुर वस्दा माघ महिनामा मानिसले मानिसकेा मेालतेाल राखेर मानिस खरिद विक्रि गरेकेा दृश्यहरू अझै पनि मेरेा मन मस्तिस्कमा खेापिएका छन् । दासप्रथामा मानिस एक पटक दासकेा रूपमा वेचिन्थे तर नेपालकेा सुदूरपश्चिमका थारूहरू जीवनमा धेरै पटक वर्षै पिच्छे किनवेच हुंदारहेछन् ।
२०३५ साल वैशाखतिरकेा कुरा हेा जागिरकेा सिलसिलामा दाङग पुग्नु थियेा । काठमाडैा ,चैारझारी , नेपालगंज हुंदै दाङगकेा टरीगाउंकेा घांसे हवार्इ मैदानमा विमान अवतरणा भयेा । येा मेरेा जीवनकेा पहिलेा विमानयात्रा थियेा । टुइनअटर विमानवाट देखिने नेपालका डांडा पखेरा, गाउंवस्ती ,वाटाघाटा र खेालानालाकेा धर्का धर्कीका दृश्यहरूमै म हराएकेा थिए । वेला वखतकेा तल माथिकेा झट्काले मात्र म झसङग हुन्थे । प्लेनकेा अावाजले कान दुख्दा , अेाठ मुख सुक्दा भने कहिले वाहिर निस्कन पार्इएला जस्तेा पनि लागेकेा थियेा । चारैतिर अग्ला डांडाले घेरिएकेा चैारझारी विमानस्थलमा विमान अवतरणा सजिलैसंग गराएकेा देखेर मैले त्यतिवेला नेपाली पाइलटहरूलाइ मनमनैले सलाम पनि गरेकेा थिए । त्यतिवेला दाङग पुग्न राप्ती नदीकेा पुल तैयार नभै सकेकेाले नेपालै भएर नेपाल जान सकिदैनथ्येा । गाडीवाट जानपर्दा भारत भएर त्यहा पुग्नु पर्ने वाध्यता थियेा ।
केहीकेा घेाराही र हामि केहि साथीकेा मुकाम (कामगर्ने ठाउं ) तुलसीपुर तेाकियेा । काठमाडैावाट त्यहां पुगेकेा केही दिन पछि नै जमिन्दार र थारूहरूकेा रहन सहन , रीतीरिवाजले नेपालाट अन्यत्र कतै विरानेा मुलुकमा अार्इपुगे जस्तेा लाग्येा । जमिन्दारका थुप्रै विघा जग्गा जेात्छन् , वांस र झिक्राले वनाएकेा खरले छाएकेा घरमा थारू वसेका छन् , घरभित्रै सुङगुरपालन, गाइपालन अनि ढीकि जांता सवै संसर त्यही अटेकेा देखिन्छ । उनीहरूकेा जीवन माटेामै वितेकेा छ, तर पनि अाफनेा भन्नु उनीहरूकेा केही पनि रहेनछ । सवै जिमिन्दार वावुसाहेवहरूकेा रे । त्यस समयमा दाङगका थारूहरूप्रति पंचायती शासककेा दया जागेछ अनी उनीहरूले वसेावास गरेकेा घर घडेरी जग्गा उनीहरूकेा नाउंमा दर्ता गरिदिने र जेातभेाग गरेकेा जग्गामा मेाही कायम गरिदिने भनि एउटा अायेाग गठन भएकेा थियेा । त्यसै सिलसिलामा त्याहा पुग्ने मैाका मिलेकेा थियेा ।
अादिवासीका रूपमा रहेका थारूहरूलेनै धेरै पहिलेदेखि मलेरिया, कालाजार अादि व्याधीसंग लड्रदै घना वनजंगल फांडेर,वाघभालुसंग लडेर, घङगारूका कांडासंग पैाठीजेारी खेल्दै ज्यानलार्इ वाजीमा राखेर उव्जाउ जमिन तैयार पारेका थिए रे । पछि विस्तारै टाठावाठाहरू पहाडवाट तल झरेर विभिन्न निंहु र वहानामा हामी सेाझा थारूकेा जग्गा उनीहरूले हडपे, अहिले उनीहरू मालिक भए, हामी भने हली कमैया भयैां भनेर अाफना कथा व्यथा पनि थारूहरूनै सुनाउंथे । टेापी( कपडाकेा ) , दैारा र ठूलेा लंगैांटी अधवैंसेभन्दा माथिकाले लगाउंथे भने युवाहरू टेापी ( कपडाकेा ) , कमिज र स्टकेाट अनि हाफपाइन्टनै अधिकांसले लगाउंथे । थारू जाति ज्यादै सेाझा,इमान्दार , मेहनती र माटाकुरीनै थिए । अाफुलार्इ रानाथारू र डगैाराथारूका रूपमा चिनाउने थारूहरूले लगाउने भेष भुषा पनि तुलसीपुर घेाराहीकेा भन्दा देउखुरीतिरकेा अलि फरकनै देखिन्थ्येा । तुलसीपुर घेाराहीतीरका महिलाहरूले कपाल केारेर जुरेा वनाउने र रङगीविरङगी तुनावान्ने चेाली र सेतेा जामा जस्तेा लगाउंथे । पैसामा प्वाल पारेर वनार्इएकेा गहना र सेताधातुकेा गहना लगाउथे । हात र गेाडामा कल्ली पनि प्राय लगाउंथे । प्राय दुर्इ तीन पुस्ता सम्मका परिवारहरू सगेालमै वसेकेा पाइन्थ्येा । खरले छाएकेा लामेा लामेा भुइतले घर, घरभित्रै गार्इवस्तु वांध्ने, सुङगुर पाल्ने, ढीकी जांतेा, भकारी, भान्सा र सुत्नकेा लागि अाधासम्म वारेकेा केाठाहरू (कुन्ठी ) हुन्थे । घरवाट काममा हिंड्नेहरूले लामेा लैाका वा डल्ला जातका लैाका सुकाएर भित्रीभाग खाली वनाइ वनाइएकेा भांडामा भातकेा माड वेाकेरै हिडथे ।
थारूहरूले ठूलेा पर्वकेा रूपमा माघ महिनामा पर्ने माघी चाड धुमधामसंग मनाउंथे । संधै कमैया, कमलरी हरूवा चरूवामा अर्काकेा लागि जीवन विताउनेहरू माघीकेा चाडमा भने स्वतन्त्र भएकेा ठान्दथे । कमैया कमलरी वसेकाहरू पनि येा दिन सवै अा अाफना घरमा दासी जीवन सकेर फर्कन्थे । माघी पर्व थारू समुदायकेा नयां वर्ष पनि हेा र यसलार्इ नया अार्थिक वर्षकेा रूपमा पनि लिन्छन् । माघीकै दिन कमैया वस्ने, कमैया छेाड्ने हुंदा यही चाडकेा सेरेाफेरेामा नै जिमिन्दारहरूले कस्ले कस्लाइ किन्ने, निकाल्ने अादीकेा मेालतेाल हुन्थ्येा ।थारूका वस्तीमा कमैया कमलरी खेाज्न दलाल र जिमिन्दारकेा भीड लाग्दथ्येा । जमिन्दारहरूले यही माघीमा वर्षदिनकेा लागि अाफना घर खेतमा काम गर्नकालागि कमैया र कमलरीका रूपमा खसीवेाका मेाले झैं थारूहरूकेा किनवेच अन्नपात र पैसामा गर्थे । त्यहांकेा रितिरिवाजसंग अपरिचित हामीलार्इ ती कुराहरूले अात्मग्लानी वनाउंथ्येा । फलानेा जमिन्दारले यति पैसामा फलानेा थारूलार्इ किन्येा । फलानेा जिमिन्दारले अाफुकहांकेा कमैया, कमलरीले ऋन तीर्न नसकेर यतिमा फलानेालार्इ वेच्येा रे भनेर वजारमा हल्ला चल्थे । दास युगकेा यस्तेा सामन्ती चलन देख्दा लज्जाले टाउकेा निहुराउनु वाहेक अरू के गर्न सक्थ्यैा र ।
माघी पर्वमा स्वतन्त्र भएका थारूहरूलागि केा जमिन्दारकेामा काम गर्ने भन्ने पिरलेा त छंदैछ । त्यसमाथि जमिन्दारहरूसंग चाड मान्न अन्नपात र पैसा लिएर माघी मनाउन जांड पकाउने, सुङगुर काट्ने,चामलकेा पीठेावाट वनाउने ढीक्रीकेा परिकार वनाउने गर्दारहेछन् । येा माघीकेा अघिल्लेा दिन अर्थात पैाष मसान्तका दिन माछा मार्ने काम गर्दा रहेछन् । माघीकेा दिन विहानै नजीकका पानी वग्ने कुलेा, खेाला, मा सामुहिक रूपमागै नुहार्इ धुवार्इ अाउने गर्दछन् । पुस मसान्तकै दिन सामुहिक रूपमा सुङगुर काटीन्छ । रातमा भेला भएर गीत गाउंथे । माघीकै दिन गाउंभरीकेा नाइके गाउं मुली महतैा छान्दथे ।गाउंमा महतैाकै खटन पटन हुन्थ्येा । हरेक घर घरमा गरधुरिया घरकेा मुली छान्ने काम पनि यही वेला हुन्छ । गरधुरियाहरू महतैाका घरमा भेला भएर अा अाफना येाजना सुनाउने र वनाउने गर्दारहेछन् ।यस दिन वेाल्न थारू डराउंदैनन्र भन्थे । येा सभालार्इ वखरीसभा भनेकेा जस्तेा लाग्छ । थारूहरूमा हरेक काम माघी पर्वमा गरेकेा सफल हुन्छ भन्ने अाम धारणा पाइन्थ्येा । येा माघीमा गरेकेा कुरा अर्केा माघी नअाइकन हेरफेर हुंदैनरे । त्यही दिन कमैया वस्ने, कमैया छेाड्रने, विहे गर्ने, घर वनाउने, जिमिन्दारकेा जग्गा जेात्ने वा नजेात्ने, सगेालमा वस्ने वा छुटृीने, गाउंमा वस्ने वा वसार्इ सर्ने जस्ता निर्णय यही माघीमा गर्दथे । अाफनेा घर भित्रकेा गरधुरीयाले घर चलाउंथे । उसकै खटन पटन घर भित्र चल्छ ।
जिमिन्दार अथवा हुने खानेहरूकेा घरमा वेचिएर काम गर्ने पुरूष जातिलाइ कमैया र स्त्रीजाति थरूनीहरूलार्इ कमलरी भनिदेा रहेछ ।माघीका समयमा केटी मानिसहरूलार्इ कस्तेा घर वा मालिकका घरमा पर्ने हेाला भनेर चिन्ता लागेकेा कुरा सनाउंथे । अभिभावकले पठार्इ दिएकेा घरमा कमलरी वस्न जानु उनीहरूकेा वाध्यता थियेा । यिनीहरूले जमिन्दारकेामा वेचिएपछि खेतीपाती , गार्इगेाठ , पानी पधेरेा ,गेठ वेगारी ,ढीकी जांतेा देखि जमिन्दारका परिवारहरूलार्इ खटीया जस्तेामा वेाकी यताउता घुमाउने सम्मका सम्पूण काम उनीहरूले गर्नुपर्देा रहेछ । त्यस वापत १२।१४।क्वीन्टल वार्षिकमा धान र खेार्सानी खान अलिकति टुक्रा जग्गा जेात्न पाउंदा रहेछन् । कतिपय थरूनीहरू भने सुत्केरी गराउने, सुत्केरी स्याहार संभार गर्ने , वजारमा अाएर जागिरे कर्मचारीका भांडावर्तन माझ्ने, लुगा धेाइदिने गरेर जीवन गुजारा गरेकेा देखिन्थ्येा । यसरी सन्तान दरसन्तान अाफना परिवारहरूले हली गेाठाला हरूवा चरूवामै जिन्दगी विताएकेा पाइन्थ्येा ।
अर्काकेा घरमा वर्षभरिकेा लागि ठेकीएकेा रकममा सुक्रि विक्रि भै गएपछि अाफै वा परिवारजन विरामी पर्दा लागेकेा ऋणसमेत पाउने रकममा कटृा हुन्थ्येा । त्यसले नपुगे फेरी ऋणा थपिन्थ्येा। ऋणा सांवा व्याज समेत चुक्ता गर्न नसक्दा जमिन्दारवाट वेचिनु पर्ने जीवन तीनले विताइ रहेका थिए । वेचिएका कयैा कमलरीहरू जिमिन्दार र उनीहरूका परिवारवाट यैानशेाषणकेा सिकार हुनुपर्थ्येा । वलात्कृत हुनु पर्थ्येा ।
यस अलवा वेठवेगारी जस्ता प्रथाले पनि थारूहरू अझ जिमिन्दारका जांतेामा पिसिएका थिए । उनीहरूकेा जग्गा कमाए वापत अरू धेरै जग्गामा विना ज्याला मजुरी परिवारै गएर काम पनि गरिदिनु पर्ने थियेा । जग्गा कमाउनेहरूले उत्पादन भएकेा वाली मध्य्रे त्रिकुर, चैाकुर , पचकुर का रूपमा वुझाउनु पर्थ्येा । जस्तै त्रिकुर भन्नाले तीन भाग मध्ये दुर्इभाग जमिन्दारले पाउने र जेात्ने थारूले एक भाग वाली मात्र पाउने जस्ता चलन थिए ।
खेतीवाहेक अर्केा वांच्ने साधन स्रेात केही नभएकेाले तत्कालीन समयमा थारूहरू जमिन्दारका अगाडी टाउकेा उठाएर कुरागर्न पनि सक्दैनथे । अंाखा जुधाएर अपवादका रूपमा वाहेक केाही वेाल्न सक्तैनथे । न्याय इनसाफका कुरा उठाए भेालीपल्टै गाउं निकाला हुन पर्थ्येा । जाने वुाझेका र धनीमानिएका थारूहरूनै अझ थारूकेा शेाषणा गर्दथे । कलकारखाना केही छैन, माटाकुरी हुन् अाफनेा जमिन छैन, गरिवी र अशिक्षावाट धेरै पछाडी पारिएकाले कमैया वस्नु र कमलरी वस्नुकेा वाध्यतानै थियेा ।
मैले त्यहां वस्दा थारूहरूका धर्म , संस्कृती , चाडपर्व ,रीतिरिवाज, उनीहरूका कथा व्यथा र उनीहरूले लगाउने गर गहना ,भेष भुषा अादिका वारेमा एउटा मेाटै कापीमा उनीहरूसंग वसेर लेख्नकालागि टीपेाट तैयार पारेकेा थिए । काठमाडैा अाएपछि साथीहरूलार्इ देखाउने क्रममा उक्त डायरी हरायेा । मलाइ अाज सम्म पनि डायरी हराएकेामा अाफनेा सन्तान मध्येकेा एउटा सन्तान हराएकेा जस्तेा लागि रहेछ ।
०३६ सालकेा अान्देालन भयेा। तत्पश्चात ०४६ सालकेा प्रजातान्त्रिक अान्देालन ,शेर वहादुर देउवाकेा सरकारकेा समयमा २०५७ साउन २ गते कमैयालार्इ मुक्त कमैया घेाषणा पनि गरियेा । तर राज्यले उनीहरूकालागि गांस,वास कपास र रेाजगारीकेा व्यवस्था गर्ने तर्फ व्यवस्थित येाजना नहुंदा पेटकेालागि अझै पनि कमैया ,कमलरी वस्न वाध्य हुनु परेकेा कुरा सुन्न पाइन्छ ।त्यसैका लगि येा माघमा कमलरी वसेर अाएकालार्इ फेरी कमलरी वस्न नपटाउने र कमलरी केा खेाजी गर्ने भनेर पूर्व कमलरीहरूकेा छापामार टेाली गठन भएछ । मानिसकेा शेाषणागर्न पल्केका ठालुहरू विभिन्न वहानामा यस्ता कुरालार्इ प्रश्रय दि रहेकाछन्र ।तर अाजकल दाङगमा थारूजातिमा अाएकेा चेतनाका कुरा सुन्दा , यस्ता प्रथाका विरूध्द उनीहरूनै जागृत भएकेा सुन्दा मेरेा मन हर्षविभेार भै अत्यन्त गैारव लाग्छ। देशमा अाएकेा ०४६ सालपछिकेा राजनैतिक परीवर्तन,माअेावादी अान्देालनका समयमा केही थारूहरूमा अाएकेा राजनैतीक चेतना र ०६२।६३ केा जनअान्देालन पछि प्राप्त लेाकतान्त्रिक गणतन्त्रले यस्ता सामाजिक विभेदका क्षेत्रमा ल्याएकेा जनजागरणाले एउटा फड्केा त मारेकै छ । अव राजनीतिका वढी कुरा भन्दा गरिव निमुखा जनताकेा जीवनस्तर उठाउने अार्थिक क्रान्ति ,शिक्षाकेा क्षेत्रमा क्रान्ति भै जनजनले महसुस गर्न सक्ने गरि अार्थिक क्रान्तिकेा फड्केा मार्न सके कमलरीकेा खेाजी गर्न फेरी माघ कुरेर छापामार युध्द गर्न पर्दैनथ्येा कि ।
माघीपर्वले थारू जातिकेा चेतना,सम्वृध्दी एवं उन्नति प्रगतिकेा ढेाका खेालेास् । माघीपर्वकेा सवैमा शुभकामना ।
जवाफ लेख्नुहोस्