अाजभेाली समयमै टांसेा राख्न नपाउंदा कस्तेा कस्तेा लाग्छ । अचेल त मलार्इ पनि व्लगकेा नसाले छेाइसके छ । कम्प्युटर खेाल्ने वित्तिकै व्लग नचलार्इ मनै मान्दैन । व्लग चलाउन थालेदेखि लेख्ने अभ्यास पनि वढी रहेकेा छ । व्लगमा केही त राख्नै पर्येा । त्यसका लागि पनिे केही त लेख्नै परेकेा छ । यसले मेरा पुराना तरेलीहरू खेातल्न सुरू गरेकेा छ । हाम्रेा गाउंमा प्लान नेपाल भन्ने संस्था अाउंदा पछिल्लेा समयमा सहयेागीका रूपमा रेख वहादुर व्लेान अाएका थिए । त्यसताका उनकै अगुवार्इमा मुनालक्लवमा हरेक शनिवार विहान भेला भएर अाफना गीत, कविता, कथा तथा अन्य रचनाहरू सुनाउने र त्यसमा छलफल चलाउने थालनी गरेका थियैा त्यसै ताका लेखिएकेा येा कविता राख्नदै छु । व्लग हेरेपछि भने केही न केही सुझाव अवस्य दिनु हेाला है । जय व्लग ।
म त एउटी वुहारी
जन्म घर छाडेर
परार्इ घर पसेकी
गहनापात लुगाले
वांधिएर वसेकी
म त एउटी वुहरी
खेलैा संगी जुहारी ।
पतिदेवकेा दासी वनी
पाउपुछि पानी खाने
जतिसुकै थाके पनि
सवै काम गर्नै पर्ने
म त एउटी………।
मैले वेाले सही हुन्न
पेाथी वासे घर हुन्न रे!
रूद्रघन्टी मेरेा छैन
विश्वास हाम्रेा हुन्न रे!
म त एउटी………….।
सन्चेा विसन्चेा यस्तै रैछ
मिरमिरेमै उठ्रनु पर्छ
मेसिन ताते अाराम पाउंछ
तर मैले चल्नै पर्छ
म त एउटी…………।
हात कान घांटीमा
नासेा पासेा झुन्ड्याएकि
भागी कतै जाली भनी
कुटुम्वले वांधिएकि
म त एउटी………….।
नाति हेर्न रहर छ
सासु ससुरालार्इ
घर हुन्नकि डर छ
अाफनै वावु अामालार्इ
म त एउटी…………… ।
छेाराछेारीकेा विभेद छ
छेारेा मैले पाउनै पर्छ
छेारा स्वर्गकेा द्घारपाले
नत्र सैाता अाउने डर छ
म त एउटी…………..।
जवाफ लेख्नुहोस्