अमेरिकी अदालतमा तीन दिन


जनवरी १९ तारिख २००८ शनिवारकेा दिन थियेा । एरिजेानाकेा टुसान शहरकेा 22nd park स्थित 7Eleven store मा काम गरिरहेकेा थिए ।  शनिवार र अार्इतवार विहान ६ वजेदेखि करिव ११ वजे सम्म स्टेारमा एक्लै  काम गर्नु पर्थ्येा । ११ वजे पछि साथीहरू एक दिन प्रेमजी र अर्केा दिन हिरामणी अाउनुहुन्थ्येा । यी दुर्इ दिन म स्टेारमा १२।१२ घंटा काम गर्थे ।  करिव सवा नैा वजेकेा हुंदेा हेा । स्टेारमा चार पांच जना ग्राहकहरू सामान लिएर पैसा तीर्न रजिस्टरकेा अगाडी लार्इनमा वसिरहेका थिए । म उनीहरूकेा सामान स्क्यानिङग गर्दै पैसा लिदैं वील दिंदै विदा गर्दै थिए । लार्इनमा एक जना भर्खरकी १९।२० वर्षकी जस्ती देखिने राम्री मेक्सीकन जस्ती केटी पनि लार्इनमै थिइन् । उ पछाडी अरू दुर्इजना अमेरिकनहरू लाइनमा थिए । ती केटीले क्यामल फिल्टर चुरेाट किन्न चाहिन् । त्यतिवेलै मेरेा मनमा चेक अाएकेा हेा कि भन्ने संका पनि उव्जीएकेा थियेा । मनमनैले फेरी भन्येा नहुन पनि सक्छ । चुरेाट रहेकेा केस वाट चुरेाट झिक्दै गर्दा, हेर्दा त १८ वर्ष भन्दा माथिकै देखिन्छे भन्ने तरङग पनि मनमा नअाएकेा हेार्इन । मैले ती केटीसंग कृपया तपार्इकेा ID दिनुहेास् भने, उसले तुरून्तै ID  दिर्इ । सेा हेर्दै उसकेा अनुहार तिर हेरें । दुर्इ दुर्इ जना ग्राहक लार्इनमा छन् तीनलार्इ चुरेाट दिउं कि नदिउं मलार्इ देाभन भयेा । विहानै अाएकेा मानिसलार्इ किन फर्कउने भन्दै चुरेाट दिनु अघि फेरी उसकेा ID हेरें । कार्डमा Date of Birth 1989 देखें । तपार्इकेा उमेर यही नै हेा भनेर सेाधें । उसले फिस्स हांस्दै मुन्टेा हल्लार्इ हेा भन्ने संकेत गरि ,मैले पैसा लिएर चुरेाट र ID उसलार्इ फिर्ता दिए । त्यति वेलासम्म उ पछाडीरहेकेा एक जना कस्टमर वाहिर जाने ढेाका सम्म पुगि सकेकेा रहेछ । एक जनाले यस्तै के किनेर वाहिरियेा । कताकता मनमा डर लागि रहेकेा पनि थियेा ।

झन्डै एक महिना अघि मेरै सिफ्टमा काम गर्ने मेक्सीकन केटीले १८ वर्ष भन्दा कम उमेरकी केटीलार्इ चुरेाट वेचेर टिकट पाइसकेकी थिइन् । उ संगकेा सिफ्टमा काम गर्न परेकेा दिन चुरेाट, रक्सी। विएर वेच्न पर्दा मलार्इ वेालाउंथी । फेरी झुक्किएर वेचिएला देास्रेा पटकमा परिएला भनेर । यसै क्रममा एक हप्ता अघि एकजना १७ वर्ष अाठ महिना मात्र पुगेकेा केटा चुरेाट किन्न अाएकेा थियेा । अठार वर्ष नपुगेकेाले चुरेाट दिन सक्दीन भनी सरी भन्दै फिर्ता पठाएकेा थिए । त्यस दिन पनि चेक अाएकेा रहेछ । त्येा केटा स्टेार पछाडी पटृी पार्किङगमा रहेकेा पुलिसकेा गाडीमा चढेर गएकेा थियेा । हामी दुवै जनाले   त्यस दिन जिव्रेा टेाकेका थियैा । त्यसरी चेक अाउंदा फिर्ता पठाउन सकियेा भने स्टेारकेा नाममा सहयेागकेा लागि धन्यावाद सहितकेा पत्र अाउंथ्येा । यीनै कुराहरू मनमा खेल्दै थिए । दुर्इ जना मानिस हातमा कागज लिएर भित्र पसे । यति वेला म रजिस्टरमा नभै कफि सिद्घिएकेाले त्यता मेसीनमा हेदै थिए । यसै वेला साथी प्रेमजी पनि अाउनु भयेा । उनीहरू सरासर मेरेा सामुन्ने अाएर १८ वर्ष नपुगेकेा केटीलार्इ चुरेाट वेचेकेाले टीकट दिन अाएकेा भन्दै मेरेा Social Security नम्वर र नाम सेाध्न थाल्येा । मैले शुरूमा त प्रतिवाद गरे , हैन उ त १९८९ केा हेा । १९ वर्षकि थिर्इ । मैले उसलार्इ जन्म मिति सेाधेकेा पनि थिए। उसले हेा  भनेर भनेकी थिर्इ  । प्रेमजीले पनि केही कुरा राख्नु भेा  । वहां हाम्रेा मैनेजर पनि हुनुहुन्थ्रयेा । वहांले हामी त्येा केटी हेर्न सक्छैा भन्नु भयेा । तर केटीलार्इ पुन देखाउन मिल्देा रहेन छ । वेच्ने मानिसले ID राम्रेासंग चेक गर्नु पर्छ भन्ने कुरा उसले राख्येा । वास्तवमा ID  अनुसार उ १७ वर्ष पांच । छ महिना मात्र भएकी रहिछ । त्यतिवेला कार्ड हेर्दा मेरेा दृस्टी भ्रम भएछ ।

अमेरिकामा रातकेा दुर्इ वजेवाट रक्सी, वीएर वेच्न नपाइने कानून छ । अार्इतवार विहान १० वजे र अरू दिन विहानकेा छ वजे पछि मात्र रक्सी वेच्न पाइन्छ । २१ वर्ष मुनिकालार्इ रक्सी ,वीएर,चिठृा (Lottery ) वेच्न पार्इदैन । त्यस्तै १८ वर्ष मुनिकालार्इ चुरेाट, सलार्इ वेच्न कानूनले प्रतिवन्ध लगाएकेा छ । रक्सी चुरेाट जस्ता पदार्थ सिधै वा सरल तरिकाले केटा केटीहरूकेा हातमा सर्वसुलभ रूपमा पुग्न नसकेास् । उनीहरू अाफैले रक्सी चुरेाटकेा वारेमा वुझ्न नसकुन्जेल ती वस्तु सजिलै प्राप्त गर्न नसकुन् भनेर यस्तेा नियम वनाइएकेा छ । यस्तेा गर्दैमा केटा केटीहरूले चुरेाटनै खांदैनन् भन्न त सकिन्न । उमेर पुगेकाले वा ID भएका तीनका साथीहरूले किनेर लगि उमेर नपुगेकाहरूले  खुव धित मारेर खार्इ रेहेकेा भने पार्इन्छ । यता मानिसले चुरेाट खाएकेा देख्दा नव्वे प्रतिशतलेनै चुरेाट खान्छन् कि भन्ने जस्तेा लाग्छ । यस्मा पनि केटीहरूले त अझ वढी खाएकेा देखिन्छ । तर उमेर नपुगेकाले चुरेाट खार्इ रहेकेा अवस्थामा पुलिसले भेट्दा भने कानूनी कारवाही वेच्ने र खाने दुवै माथि हुन्छ । केटाकेटीहरू अाफु १८ र २१ वर्षकेा पुगेपछि अाफुलार्इ स्वतन्त्र भएकेा ठान्छन् ।१८ वर्ष पुगे पछि चुरेाट खान पार्इयेा । वावु अामाकेा अन्डरमा वस्न नपर्ने भएकेा र २१ वर्ष मा रक्सी वीएर किनेर खान पाइने भएकेा ले केटा केटीहरू १८ र २१ वर्ष पुगेकेा दिन रमार्इलेा गरेर मनाउन पनि पछि पर्दा रहेनछन् ।

उनीहरूले दिएकेा अारेाप पत्रलार्इ लिएर म पहिलेा पटक जनवरी ३०,२००८ मा टुसान सीटी केार्टमा तेाकिएकै समय अाठ तीस वजे पुगे । पहिले त म नजिकै रहेकेा हार्इ केार्टमा पुगेछु ( अघिपछि सवैले केार्ट यही हेा भनेर भनेका हुनाले )। हार्इकेाटकेा  भित्र जाने ढेाका सम्म पुगेर सवै कुरा जांज गरार्इ मैले सीटी केार्टकेा अारेापित पत्र  देखाएपछि उसले येा त हार्इकेार्ट हेा भन्येा । टुसान सीटी केार्ट वाहिर छ भनेर जाने वाटेा वतार्इदिए । वाहिर निस्केर केहीलार्इ सेाध्दै म सीटी केार्टमा पुगे । त्यहां पनि सम्पूर्ण शरीर चेक जांच पछि मात्र भित्र पस्न पार्इयेा । मेरेा मुद्घा २ नं. वेच्नमा परेकेा रहेछ । नेपालमा जस्तै त्यहा पनि मुद्घाकेा लिस्ट भित्तामा झुन्ड्याएर राखिएकेा रहेछ । न्यायाधिश Hon, Thoms Berning  केा वेन्चमा परेकेा थियेा । म माथी लागेकेा येा मुद्घामा पांच सय डलर सम्म जरिवाना र ३ वर्ष सम्म रेकर्ड रहने रहेछ ।

येा वर्ष स्टेारमा टीकट पाउने म देास्रेा व्यक्ति भए । एकै वर्ष लगातार ३ पटक स्टेारले टीकट पाएमा स्टेारमा चुरेाट वेच्न नपाउने गरि रेाक लगाउने सम्मकेा कारवाही हुंदेा रहेछ । २१ वर्ष मुनिकालार्इ रक्सी वीएर वेचेकेा अवस्थामा झन् कडा सजाय खेप्नु पर्देा रहेछ । दुर्इ पटक लगातार सम्म एउटै व्यक्तिले यस्तेा नियम उलंघन गर्दा त स्टेारवाटै हतकडी लगाएर लाने रहेछन् । टुसान मा एकजना नेपालीलार्इ यस्तेा केसमा हतकडीनै लगाएर पुलिसले लगेकेा कुरा पुराना साथीहरूले सुनाउथे । अमेरिकाकेा राम्रेा पक्ष येा पनि हेा , कानूनकेा पालना सवैले राम्ररी गर्नु पर्ने नगरे कानूनले कसैलार्इ नछेाड्ने । कानूनकेा उल्लंघन गर्ने माथि कडार्इका साथ छिटेा कानूनी कारवाही हुने रहेछ । रेकर्ड सिस्टम राम्रेा भएकेाले जसले नराम्रेा जे काम गरे पनि उसकेा रेकर्डमा रहने  व्यवस्था रहेकेा रहेछ । अमेरिकी नागरिक वा यहां वसेावास गर्ने सवैले अाफनेा पक्षमा केाही नभए पनि कानून छ , अदालत छ यसले न्याय दिन्छ भन्ने अास्था र विस्वास अाम रूपमा रहेकेा पाइन्छ ।

न्यायाधिशकेा देव्रे तर्फ रहेकेा कर्मचारीले मेरेा नाम वेालाए पछि म उनकेा टेवल अगाडी उभिए । उनले मेरेा नाम, जन्ममिति र काम गर्ने ठाउं सेाधे । इन्टरपेटर चाहिने हेा भनेर सेाधे । मैले हेा भने । उनले भाषाकेा वारे सेाधे मेरेा मदर टंग नेपाली हेा भने । मसंग कुरा गर्दै उसले कम्प्युटरमा अाफनेा हात चलार्इ रहेका थिए । उसले न्यायाधिश तर्फ हेरेर केही वेाल्येा र मलार्इ उता जान संकेत गरे । संगै रहेका न्यायाधिश सामु  । उनेले म माथि लागेकेा चार्ज पढ्दै त्यस वारे अर्केा दिन वहस हुने हुंदा Monday ,February,25,2008 का दिन दिनकेा ३ वजे केार्टमा उपस्थित हुने अाउने कुरा सुनाउंदै एउटा पेपर दिए ।

तीनिहरूकेा व्यवहारमा अात्मीयता थियेा । निकै राम्रेा लाग्येा । मेरेा लागि येा रमार्इलै घटना भएकेा मैले महसुस गरें । मलार्इ त्यहांकेा वारेमा केही जान्ने नया नयां कुराकेा अनुभव गर्ने जिज्ञासा भएकेाले । तत्पश्चात म स्टेारमा हेासियार भएर अाफूलार्इ संका लागेका सवैकेा ID हेरेर मात्र चुरेाट ,वीएर वेच्न थाले । काम गर्दाका सुरू सुरूमा त ID माग्न पनि डर लाग्ने , केही भन्ने हुन्र कि भनेर । यस दिनवाट मलार्इ अर्केा कुरा के थाहा भयेा भने ID दुर्इ अाकारमा हुंदेा रहेछ । २१ वर्ष नपुग्दै वनाएकेा ID ठाडेा सार्इजकेा हुने र २१ वर्ष पुगेपछि वनाएकेा ID लामेा तेस्रेा अाकारकेा हुने रहेछ । दुवै ID देखेपनि यसकेा भिन्नता वारे मलार्इ त्यतिवेला सम्म थाहा थिएन । रक्सी वीएर चुरेाट अादि किन्नेहरूकेा ठाडेा ID देखेपछि भने अलि सजग भएर देाहेार्रयार्इ तेहर्रयार्इ हेर्न थालियेा । रक्सी वीएर चुरेाट अादिकेा स्क्यानिङग गर्ने वित्तिक्कै कम्प्युटरमा ID चेक गर भनेर संकेत दिन्छ । जन्ममिति टार्इप गरिदिएपछि दिन हुने नहुने छुट्रयार्इ पनि दिन्छ ।

देास्रेा पटक तेाकिएकेा दिन र समयमा गेाविन्ददार्इ ( श्रेस्ठ ) लार्इ साथ लिएर केार्ट पुंगे ।( प्राय मानिसहरू यस्ता कुरा अरूलार्इ भन्दा रहेनछन् )। यस पटक माथिल्लेा तल्लामा रहेकेा अर्कै वेन्चमा अर्कै न्यायाधिसकेा सामु उपस्थित भर्इयेा । वेन्चमा मुद्घा सुनाउनु भन्दा अघि सरकारी वकिलले एउटा फर्म भर्न लगाए । त्येा घटना भएकेामा गिल्टी (   गल्ती    ) महसुस गरेकेा कुरा पनि त्यसमा लेखियेा । मैले एउटा क्लास लिनु पर्ने कुरा वताए । न्यायाधिश ले नाम वेालाए मैले नागरिक कर्तव्य वारेकेा एक दिन ट्रेनिङग लिएर सेा केा सर्टीफिकेट पेश गरेपछि मात्र मुद्घा रेकर्ड नरहने गरि ढिसमिस हुने अन्यथा कानून वमेाजिम कारवाही हुने भनि सुनाए । मैले त्यसलार्इ सहर्ष स्वीकारे । टाउकेा हल्लाए र धन्यवाद हनरेवल जज भनेर वाहिरिए ।

त्यसै दिन ट्रेनिङगकेा लागि त्यहांकेा पत्र लिएर हामी दुवै जना डाउन टाउन मा रहेकेा ट्रेनिङग सेन्टरमा पुग्यैा । त्यहां थुप्रै मानिसहरू थिए । केाही लागु पर्दाथका दुर्व्यसनीहरू , जेल परेकाहरू र उनीहरूका परिवार तथा मेरेा जस्तेा मुद्घाकेा एकाध जनाकेा उपस्थिति थियेा । त्यहा सम्पर्क गरेपछि हामीलार्इ चारपांच पानाकेा अव्जेक्टीभ प्रश्नपत्र भर्न लगाइयेा । दुवै जना मिलेर त्येा प्रश्न भरेर वुझायैा । उनीहरूले कम्प्युटरमा केही कुरा राखिसकेपछि मैले झन्डै तीन हप्ता पछिकेा तालीमकेा लागि समय पाए । यी सवै काम गर्न मेरेा तीनसय डलर जति खर्च भयेा । तीन दिन कामवाट छुटृी लिन पर्येा ।

उक्त एक दिने ट्रेनिङगमा नागरिककेा कर्तव्य र पालना गर्नु पर्ने कुरा र कानूनवारे एक जना ट्रेनरले चार पांच घंटाकेा क्लास लिए । छलफल र पेपर वर्क गर्न लगाए । हुन त मैले त्यस दिनकेा  क्लास वारे भाषाका समस्याले दश प्रतिशत कुरा पनि वुझिन , दिएकेा पेपर पढेर केही कुरा थाहा पाए ।

अन्तमा ट्रेनिङग पछि मैले अदालतले तेाकेकेा दिनमा उपस्थित भए । टेाकन लिएर वसेकेा केही समय पछि हलभित्रकेा एउटा झ्रयालवाट टेाकन नम्वर वेालार्इयेा । सेाधपुछ गर्ने एकजना महिलाकेा अगाडी दिएकेा सर्टीफिकेट पेश गरे । उसले कम्प्युटर खेाल्दै अनि मुस्कुराउंदै तपार्इकेा मुद्घा अाजवाट  डीसमीस भयेा , वधार्इ भन्दै हात मिलार्इन् । यसरी मैले सानेा गल्ती गर्नाले तीन दिन सीटीकेार्ट धाउनु पर्येा । तीनसय डलर खर्च गर्नु पर्येा । शुरूका केही दिन मानसिक तनाव व्यहेार्नु पर्येा । ट्रेनिङग नतेाकि जरिवाना गरिदिएकेा भए मेरेा तीन वर्ष सम्म रेकर्ड रहन सक्थ्येा । तर सानेा गल्ती गर्नाले मैले यस सम्वन्धि एउटा रमार्इलेा अनुभव गर्न पाए ।कहीले कांहीकेा गल्तीले पनि धेरै कुरा सिकाउंदेा रहेछ ।  यसैमा मलार्इ खुसी लाग्येा । अपरिचित र अर्काकेा देशमा सवैवाट सिस्ट व्यवहार पाएरकेा मा र कुनै झन्झट व्यहेार्न नपरेकेामा त्यहांकेा सिस्टम देखि भने लेाभ नै लाग्येा । अस्तु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: