एरिजेाना टुसान


नेपालवाट अमेरिकाकेा टुसान शहर पहिलेा पटक पुग्दा प्राकृतिक हिसावले  पहाडै पहाडले घेरियकेा ,ढुङगाकेा पहरेा, स साना थुम्काहरू , पहाडकेा फेदिमा रहेका वस्तीहरू टाढावाट देखिदा नेपालकै  झझल्केा  लागेकेा थियेा । टुसान, वास्तवमा प्राकृतिक हिसावले धेरै कुरामा नेपालसंग मिल्देा जुल्देा छ ।  मैले त्यहा वस्दा सामान्य अाखाले देखेका   एरिजेाना स्टेटकेा टुसान शहरकेा वारेमा केही कुरा टांसेाकेा रूपमा राख्ने अनुमति चाहन्छु । तपार्इहरूकेा सल्लाह सुझाव  यस टांसेाले पाउने छ भन्ने अाशा लिएकेा छु ।

केही मानिसहरू भन्थे अमेरिका सुनेर केही वुझिदैन, पढेर अाधा वुझिन्छ , पुगेर दुर्इ तिहार्इ वुझिन्छ र सवै वुझ्रन त भेाग्नै पर्छ । अमेरिका वास्तवमा त्यस्तै  रहेछ । मानिसले वनाएका भैातिक स्वरूप र System हरूमा एक रूपता भए पनि हरेक स्टेट अा अाफनै इतिहास, भूगेाल र प्राकृतिक विशेषताहरूले भिन्न भिन्न देखिन्छन् ।

हालकेा एरिजेाना स्टेट पहिले मेक्सीकेाकेा रहेछ । सन् १८५३ मा मेक्सिकेाकेा रास्ट्रपति जनरल अन्टेानियेा लेापेजडी  शान्ता वाट ३० हजार स्क्वायर मार्इल ( ७७.७०० स्क्वायर किलेामिटर ) दश मिलियन डलरमा खरिद गरेकेा इतिहास पढ्न पाइन्छ । अमेरिकाकेा पचास स्टेट मध्ये एरिया केा हिसावले एरिजेाना स्टेट छैंठैा ठूलेा स्टेट हेा । यसकेा कूल एरिया ११४,००७ स्क्वायर माइल ( २९५,२७८ स्क्वायर किलेामिटर ) छ । एरिजेानाकेा पश्चिम  सिमानामा क्यालिफेार्निया र नेभ्दा स्टेट, उत्तरमा नेभदा (Nevada State ) र Utah स्टेट, पूर्वमा New mexico स्टेट संग जेाडिएकेा छ । र दक्षिणमा सेानेारा (Sonora ), मेक्सीकेा राज्य पर्दछ । यसकेा जनसंख्या ५१३०,६३२ छ । जनसंख्याकेा हिसावले एरिजेाना २४ अैा स्टेटमा पर्दछ  । एरिजेानाकेा राजधानी फिनिस  (Phonix) शहर हेा । यहांकेा स्टेट चरा Cactus wren  रहेछ । त्यस्तै स्टेट फूल Saguaro cactus हेा । एरिजेानाकेा अर्केा नाम अर्थात Nick name  चांहि The Grand canyon  State हेा ।

एरिजेाना स्टेटकेा दुर्इ वटा ठुला शहर मध्ये एउटा Phoenix (फिनिस)  र अर्केा  Tucson (टुसान) हेा । सन् दुर्इहजारकेा तथ्रयांक अनुसार टुसानकेा जनसंख्या ४८६,६९९ रहेकेा छ । यी दुवै शहरकेा विकास निर्माण अाधुनिक ढंगवाट  भै रहेकेा पाइन्छ । फिनिस शहर त टुसान शहर भन्दा अझ धेरै ठूलेा र अत्याधुनिक देखिन्छ । एरिजेानामा रहेकेा अादिवासीहरूमा अपाचे (Appache  ) र नाभाजेा Navajo  (Navaho )  प्रमुख हुन् । हेर्दा यिनीहरू हाम्रा मगर , गुरूङग जाति जस्ता देखिन्छन्र । जस्लार्इ यहां रेड इन्डियन भनिन्छ ।

टुसान शहर चारैतिर डांडाले घेरियकेा ठूलेा भ्यालि भित्र अवस्थित छ । स साना पहाडले घेरिएकेा ठूला भ्यालिभित्र सम्म परेकेा मिलेकेा मैदान देखिन्छ । धेरै ठुलेा उवड खावड देखिदैन । केही ठुला भवनहरू वाहेक अरू केहीले नछेक्ने भएकाले चारैतिर खुल्ला देख्न सकिन्छ । चारैतिर रहेका डांडाहरूमा नेपालकेा जस्तेा हरियाली भने देख्न  पाइदैन । ढुङगै ढुङगाकेा पहाड मात्र देखिन्छ । ती पहाडहरूमा केवल झाडी, वुट्रयान, स साना रूख र प्रसस्त मात्रामा विविध खालका क्याक्टसका वेाटहरूमात्र देख्न सकिन्छ । टुसान शहरलार्इ डेजर्ट भनेर चिनिंदेा रहेछ । एरिजेाना स्टेटकेा सिमाना समुन्द्संग जेाडिएकेा छैन । टुसान केा विशेषता भनेकेा अग्ला अग्ला सगैारा क्याक्टस केा विरूवा हेा । क्याक्टसलार्इ यहां वडेा संरक्षणा गरेर राखिएकेा छ । यसकेा संरक्षणकेा लागि कडा कानून रहेकेा छ । एउटा सगैारा क्याक्टसकेा पूर्ण जीवन हुन सयैां वर्ष लाग्देा रहेछ । क्याक्टसकेा रूखमा माटाकुरी चरा र अन्य चराहरूले प्वाल पारेर गुंड वनाउंदा रहेछन् ।  त्यस वाहेक अन्य विविध खालका क्याक्टसहरू ( क्यात्तुके, सीउंडीकांडा  जस्ता  ….. )  शहरकेा सडक छेउ , घरहरूका वगैंचामा सजिएका देखिन्छन् । डेजर्ट भए पनि ठाउंठाउंमा थरि थरिका फूलफूल्ने फूफहरू र हरियाली देखिने रूखहरूले शहर वस्ती एकदमै हरियाली रहेकेा पाइन्छ ।

अमेरिकाकेा पचास वटै स्टेटमा स्टेटकेा नामकेा पहिलेा अक्षरवाट डांडा वा अन्य कुनैस्थानमा स्टेटकेा नाम राखिएकेा छ । टुसानमा पनि एउटा डाउनटाउन भन्दा पछाडि रहेकेा Sentinel Peak  डांडाकेा नाम ए माउन्टेन अर्थात ARIZONA  राखिएकेा छ । येा डांडामा चारैतिरवाट देखिन सकिने गरी A लेखिएकेा छ । समय समयमा येा विभिन्न रंगले पेातिएकेा पाइन्छ । त्यस डांडालार्इ पुरै परिक्रमा गर्न सकिने गरि मेाटरवाटेा वनाइएकेा छ । विहान वेलुका हिंडेर वा मेाटरवाट त्यहां पुग्ने धेरै देखिन्छन्र । टुप्पवाट टुसान शहरकेा दृश्य राम्रेासंग देखिन्छ । येा डांडा मा गाडीवाट जान विहान ८ वजे खुल्ने र वेलुका ८ वजे वन्द हुने गर्छ ।गर्मी याममा निकै मानिसहरू यहां अानन्दलिन पुगेका देखिन्छन् । येा डांडामा प्राकृतिक हिसावले जे जस्तेा वेाट विरूवा उम्रन्छ  तीनलार्इ नै संरक्षण गरि राखिएकेा छ । हरेक वर्ष मनाइने स्वतन्त्रतादिवसकेा दिन यहांवाट भुंइचम्पा पटका पड्काएर अातसवाजी  देखाइन्छ ।

येा संगै जेाडिएकेा अर्केा ठूलेा डांडेा Tumamoca hill  छ । यसैकेा एउटा पार्ट ए माउन्टेन डांडेा हेा । दुवै डांडामा सगैारा क्याक्टस प्रशस्तै छन् । शुरूमा पुग्नेहरूले टाढावाट हेर्दा वांसका अग्ला घेाचाहरू गाडिएकेा जस्तेा लाग्ने् रहेछ । येा डांडा University of Arizona ले  Reascherch  केा रूपमा प्रयेाग गरेकेा छ । येा डांडामाभने माथि टुप्पा सम्म मेाटर जान सक्ने वाटेा भए पनि मेाटर लान पाइदैन र घुम्न जानेहरूले पैदल यात्रा नै गर्नुपर्छ । येा डांडामा विहान वेलुका हिंड्नेहरू थुप्रै हुन्छन् । घुमाउरेा र ठाडेा वाटेा भएकेाले शारीरिक व्यायामकेा लागि उत्तम मानिन्छ । त्यस डांडामा घुम्न जांदा अाउंदा विभिन्न चराचुरूङगी ,मृग, वंदेल, कालिज, खरायेा प्रशस्त मात्रामा घुमफिर गरिरहेक्रेा देखिन्छ ।

टुसान गर्मी ठाउं हेा । यहां गर्मी ११० सेल्सीयस वा ४०, ४२ डिग्री सम्म तामपक्रम पुग्छ । हाम्रेा नेपालगंजतिरकेा गर्मीलार्इ विर्साउंछ । झन्डै नैा महीना जस्तेा गर्मीनै हुन्छ । नेपालसंग यहांकेा धेरै कुरा मिल्दा जुल्दा पाइन्छ । नेपालकेा वर्षा समयमा यहां पनि केही पानी पर्छ । जाडेा समयमा जाडेा हुन्छ । पानी भने यहां त्यति धेरै पर्दैन ।  टुसान डांडाले घेरिएकेा भ्यालि भएकेाले नेपालवाट पहिलेा पटक अाउंदा भैातिक संरचना वाहेक भैागेालिक हिसावले टुसान त्यती अनैाठेा लाग्दैन । अझ नेपालकै विभिन्न ठाउंहरूकेा झझल्केा गराउंदछ । नेपालमा देखिने चराचुरूङगी, कठमाडैामा देखिने थुप्रै झारपात , घांसहरू यहां पनि पाइन्छन् । दुवेा, प्याउली,लटेृकेा साग,घेाडथाप्रे, अभिजालेा, वेथे, खेालातिर पाइने सागपातहरू अादि अादि । रूखहरूमा पनि वकैना, सल्ला, धुपी मसलाकेा रूख , भेागटे, सुन्तला , नास्पाती, कागती, निवुवा र इपिल इपिल , पिपलस (पिपल जस्तेा सानेा पात भएकेा ) ग्लुमेार, शिरिश,  फूलहरूहमा ढुङग्रे फूल, थुंगे फूल, रातेा पहेंलेा लालुपाते , सानेा कांडा गुलाफ, करविर , सीउंडी क्यात्तुके अादि अादि देख्न सकिन्छ ।अस्तु ।

Advertisements

2 Responses to “एरिजेाना टुसान”

  1. Basanta Says:

    एरिजोना र टुसानका ’boutमा धेरै नयाँ कुरा जान्ने मौका दिनुभएकोमा हार्दिक धन्यबाद!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: