अाफै मात्र
माला लगाएर
गर्धन फुलाएर
हिंड्नेमात्र नगर
माला जन जनलार्इ पनि
लगार्इदिने गर ।
अव पनि ,
मात्र कुर्सी र सत्ताकेा लागि
टायर वाल्ने
जुलुस गर्ने
सडक जाम गर्ने
उद्धेाग चल्न नदिने
पार्टीकेा येाजना
नेपाली जनताकेा
यही मात्र हेा काम ।
लेाकतन्त्र ,गणातन्त्र
संगै मिली ल्यार्इ सक्यैा
वन्द गर अव नारा जुलुस
अव कसैले कसैलार्इ
तर्साउने खेल हैन
उछिन पाछिन गर
विकास निर्माण गर
एक सरेा लुगा लाउन सक्ने
एक पेट खान सक्ने
नानीहरूलार्इ पढाउन सक्ने
विरामी पर्दा उपचार गर्न सक्ने
खुसी भरि देउ ,नेपाली जन जनमा ।
एकले अर्केालार्इ छ्यापेकेा हिलेाले
अनुहार तिम्रेा,विरूप भै सक्येा
अव, वन्द गर गालि गलैाज
वुद्धिकेा विर्केा खेालेर
लेख्न वस संविधान
१९ दिने चमत्कारी,
जनअान्देालन जस्तै
संसार छक्क हुने गरि
राम्रेा र हाम्रेा सवैकेा
लेख छिटेा संविधान ।
२०६७ वैशाख १६
फेाटेा नागरीक दैनिकवाट
अप्रील 30, 2010 मा 9:56 बेलुका |
राम्रो आह्वान! तर हाम्रा नेताकाकान गैंडाका छालाले टालिएका छन् जस्तो छ; हामी जति चिच्याएपनि सुन्ने होईनन्। संवेदना नभएपछि के लाग्छ? सबैलाई देशको भन्दा दल र नीजि चिन्ता छ।
मे 7, 2010 मा 4:45 बेलुका |
संबिधान भन्दा कुर्सि प्यारो, शान्ति भन्दा सत्ता प्यारो भएपछि कसरि लेखिन्छ संबिधान? संबिधान देखाउने कुरा तर चुरो कुरा अर्कै छ जस्तो छ, जानी जानी सुतेकालै कसरि ब्युझौने हो?