Archive for मे, 2010

नालायक नवन !

मे 26, 2010

सवै व्लग प्रेमीहरूमा न्यानेा अभिवादन

जेस्ठ १४ गते जारी हुनु पर्ने संविधान नेताहरूकेा जुंगाका लडार्इले तुहिएकेा छ । एक जुगमा एक पटक हामी जनताले संविधान सभावाट पाउने संविधान नवन्ने भएकेा छ । यसै सन्दर्भमा मनमा लागेका भावना कविता मार्फत तपार्इहरू समक्ष राख्ने केासिस गरेकेा छु । हेरे पछि तपाइका मनमा लागेका भावना पनि व्यक्त गरिदिनु हेाला है । धन्यवाद ।

               नालायक नवन !

केाही जीवनजल नपार्इ मरेकाछन्

केाही भेाक र शेाकले मरेकाछन् ,

जनजनकेा रगत पसिना खाएर

तिमी डकार्ने सभामा वसेर ।

                             लेख्छैाकि भन्ने लागेकेा थियेा

                              अफनै अायू भित्र तिमी वांचेर

                              जालिझेली, के लेख्थ्यैा संविधान

                              जनताकेा मन मन्दिरमा वसेर ।

तीनवीस संघर्षवाट अार्जन भएकेा

हाम्रेा सपना खिचडी हुने हेा कि

हजारैा हजार शहीदहरूकेा

श्रापलाग्ला संविधान नवने तिनकेा ।

                              चमेराहरू अन्धकार सानेा दुलावाट

                              अाखा फाटी फाटी चियार्इरहेछन्

                              केाही अाफना खुंडा कर्कटमा

                              सांध लगाउन उझार्इ  रहेछन् ।

 अाफनै गर्भवाट जन्मेकेा

 त्येा शिशुकेा निर्मम हत्या नगर

 नालायक, नामर्द, पंगु नवन

 विन्ति छ अझै वेलैमा मिलेर गर ।

२०६७।जेस्ठ ११

संविधानसभावाटै संविधान वनेास् ।

मे 23, 2010

     संविधानसभावाट संविधान वनाएर घेाषणा गर्ने दिन जेस्ठ १४ गते जति नजिकिंदैछ पार्टीहरू वीचकेा दूरी भने झन् झन् टाढा हुंदै गै रहेकेा देखिन्छ । अहिलेकेा स्थिति हेर्दा संविधान वनाउन प्रशस्त समय नपुगेर संविधान लेख्ने कार्य हुन नसकेकेा भन्दा पनि तीन पार्टीहरू वीचका अा अाफना स्वार्थले हुन नसकेकेा कुरा प्रस्टै भएकेा छ । माअेावादी , नेपाली कांग्रेस , एमालेले संविधान र शान्ती अहिलेकेा रास्ट्रकेा प्रमुख मुद्धा हेा भन्ने कुरालार्इ मनैदेखि अात्मसात गरेका भए निश्चय पनि येा दिन देख्न नेपालीले पर्ने थिएन हेाला ।

माअेावादीले अाफूले चाहे जस्तेा संविधान निर्माण गर्नका लागि विविध कुराहरू तेर्साएर वाधकका रूपमा देखिएकेा छ । संविधानसभाकेा चुनाव मार्फत नेपाली जनताहरूले मुख्यत तीनै पार्टीहरूलार्इ मिलेर सहमतिका अाधारमानै काम गर भनेर म्यान्डेट दिएकेा कुरा पनि यथार्थ छ । तथापी अन्य पार्टीहरूले उठाएका मागहरूलार्इ उसले मुखले पटक पटक समर्थन गरे पनि त्यसलार्इ व्यवहारमा लागू गरेर देखाउने कुरामा भने अानाकानी गरीरहेकै छ । सवैकेा वीचमा छलफल गरेर निस्कने निचेाट कुरालार्इ उ सहमतिय भएकेा ठान्दैन । अाफूले भनेकै कुरा सवैले माने, स्वीकारे मात्र सहमति भएकेा ठान्दछ । एकपटक सरकारमा वसेर अाफनै कारणले वाहिरिए पछि उसकेा अर्जुन दृस्टि प्रधानमन्त्रीकेा कुर्सीतिर गएकेा छ । त्यसैका सेरेाफेरेामा उसले विविध माग र नाराहरू उठाउंदै अन्तिम अान्देालन भन्दै अनिश्चित वन्द हडताल समेत गरेकेा छ । वार्ताका दैारान कुरेाकेा चुरेा नजिक पुगेर मिडिया मार्फत येा गर्छैा त्येा गर्छैा भने पनि राजनीतिक रूपले भने सहमति गर्ने कुरामा जिव्रेा चपार्इ रहने प्रवृत्तिले पनि सहमतिकेा विन्दुमा पुग्न नसकेकेा देखिन्छ ।

अाफूले गरेकेा शान्ति सम्झैाता अनुसार वहुदलीय व्यवस्था , लेाकतान्त्रिक मूल्य मान्यताहरू र संविधान अनुसार वढ्रन चाहन्छ भने उ अाफना लडाकु सेना, वार्इसीएल कार्यकर्ता नभए पार्टीनै रहंदैन कि जस्तेा किन गर्छ । वास्तवमा उसले गरेका अामहडतावाट पनि पार्टीका पछाडि लाखैा कार्यकर्ता सुभेच्छुक छन् भन्ने कुरा त प्रमाणित भै नै सकेकेा छ । तसर्थ जति सक्देा चांडेा राम्रेा र हाम्रेा संविधान निर्माण गरि घेाषणा गर्ने र अागामी चुनावकेा लागि तैयार हुने हेा भने उस्केा संसदमा राम्रेा पकड हुने निश्चित हेाला  । तथापी उ कार्यकर्ता वीचमा एउटा कुरा र अन्यपार्टी , मिडिया र विदेशीहरूसंग अर्केा कुरा वेाल्ने प्रवृत्तिले उसलार्इ उपयुक्त निकासमा पुग्न गाह्रेा परिरहेकेा छ । माअेावादी पार्टीभित्र प्रचणड वाहेक उनैका हाराहारीका नेताहरू अझ हार्डलार्इनर भएकाले पनि उसलार्इ नागरिक पार्टीका रूपमा प्रस्तुत हुन सकिरहेकेा छैन , जसका कारणा प्रचणडले वेाल्दै वरेावर माफी समेत मागि रहनु परेकेा छ । मुलुककेा सवैभन्दा ठूलेा पार्टी नेकपा माअेावादी पार्टीका प्रमुख नेताले यसरी संधै वेाल्ने अनि माफि मागी रहनु रास्ट्रकेा नाकै गुम्नु हैन र । समर्थक सुभेच्छुककेा मनेावल पनि गिर्नु हेा ।

वास्तवमा प्राप्त भएका उपलव्धीहरूलार्इ जेागाउंदै थप कुराका लागि निरन्तर अघि वढ्दै , सवैलार्इ गेालवन्द पार्दै अझ शत्रुताकेा घेरा सांघुरेा पार्दै एउटा राजनेताले खेल्नु पर्ने भूमिका खेल्दै जानु पर्नेमा अहिले उ सवैका वीचमा दूरी वढाउने खेलतिर पेा लागिरहेकेा हेा कि ।

साठीवर्षदेखि पार्टीहरूले  उठाउंदै अाएकेा कुरा संविधान सभा र गणतन्त्रकेा नारा यतिवेला माअेावादीकै नारा र अगुवार्इमा सम्पन्न भएकेा कुरा जगजाहेर छ । तथापी त्येा नावालख शिशुकेा भविस्य कस्तेा हुने यसै भन्न सकिने अवस्था छैन । त्येा लेाकतन्त्र र शान्तिकेा वीचमा जीउने हेा वा वारूद र युद्घकेा वीचमा जीउने हेा । जन्मदिने अामाले जसलार्इ सिस्नेाकेा झाङमा अलपत्र छेाड्दा त्येा मर्न पनि सक्छ वा सहृदयी व्यक्तिकेा हाता पर्दा एउटा युगद्रस्टा पनि हुन सक्छ ,त्येा त हेर्न वांकि छ ।

अहिलेका संविधानसभाका सभासदहरूले गरेका कार्यवाट हेर्दा संविधान वनाउन पार्टीहरूकालागि २ वर्ष काफी थियेा । त्येा नवनेकेालेनै किन वनेन त्यसकेा असहमतिकेा खेाजी गरेर अागामी दिनमा वन्ने ग्यारेन्टीकासाथ अव प्याकेजमै सहमति हुनु नितान्त अावश्यक छ । हैन त्यसेा नगरि संविधानसभकेा जति समय थप गरे पनि मअेावादी पार्टीले नचाहे सम्म संविधान वन्ने र लागू हुने स्थिति अहिले देखिदैन । त्यसैले सवै मिलेर उसलार्इ ठीक वाटेामा हिंडाउने प्रयत्न अाज र भाेली पनि लेाकतन्त्रवादी पार्टीहरूले गर्नै पर्छ । माअेावदी पार्टीले अाफै समेतकेा उपस्थितिमा वनाएकेा अान्तरिम संविधान , लेाकतान्त्रिक विधि र शासनकेा उसले पालना नगरेसम्म हाम्रेा राम्रेा संविधान वन्ने अवस्था अव देखिदैन । यही दम्भले उ अाफनेा सन्तानकेा घांटी निमेाठ्न खेाजिरहेकेा त हैन ।

कांग्रेस घिसिपिढी गर्दै युवाहरूकेा वलमा माअेावादी र एमालेकेा पछि पछि अार्इ सकेकेा छ । उसले अहिले गणतन्त्र, लेाकतन्त्र , संविधानसभा,  धर्मनिरपेक्षराज्य, संघियताकेा वकालत गरेकै देखिन्छ । त्यसवाट पर हट्रन सक्ने कुरा उसका लागि अव त्यति सजिलेा छैन । यतिवेला हिजेा नेका र प्रचन्डवीच भएका पटक पटकका गेाप्य सहमति हूंदा पनि गिरिजा प्र. केार्इरालालार्इ रास्ट्रपति नवनाएर धेाकाधडी दिएकेा वदला फेर्दै छ । उसले माअेावादीवाट धेरै कुरामा धेाखा पाएकेा र वेालेका कुरा समय अनुसार छेपाराले रङग फेरेझैं फेर्दै अाएकेाले पनि माअेावादीलार्इ यतिवेला नागरिक पार्टी वन्न जेाड लगार्इ रहेकेा छ । शान्ति सम्झैाता अनुसार छ महिनामा गर्नुपर्ने सेना समायेाजनकेा कुरा लार्इ टुंग्याउन चाहिरहेकेा छ । उसले शुरूदेखि उठाउंदै अाएकेा कुरा प्रचन्ड प्रधानमन्त्री हुंदा र प्रतिपक्ष नेता हुंदा समेत ती मुद्घाहरू हल नभएकाले अव संविधान लेखन हुनु अघि ती व्यवहारमै माअेावादीवाट लागू भएकेा हेर्न चाहि रहेकेा छ ।

एमाले शुरूदेखिनै प्राप्त उपलव्धिहरूलार्इ फड्रकेा मारेर भन्दा पनि कछुवाका चालमै भएपनि जेागाउंदै अघि वढ्ने मेलेामा लागेकेा देखिन्छ । त्यसैले उसलार्इ समय अनुसार वेाली फेरि रहन्छ भन्ने अारेाप सवैतिरवाट लागिरेहै छ । एमाले , माअेावादीलार्इ उग्रवामपन्थीधारवाट वचाउंदै खवरदारी गर्दै र नेपाली कांगेसलार्इ पछैाटे विचारवाट अघि वढाउंदै संगै लिएर जाने प्रयत्नमा गल्ती कमिकमजेारीका वाद पनि यति वेला शान्ति र संविधानकेा वाटेा हिंड्रन खेजिरहेकेा देखिन्छ । उदाउंदेा शक्तिकेा रूपमा देखा परिरहेकेा माअेावादी पार्टीले यसका नेताहरूले संविधानसभावाटै संविधान वनाउने अाट , जेाश, र चेत उनीहरूमा अाअेास् त्यसेा भए सम्मुन्नत नयां नेपाल वन्ने पक्का पक्कि छ । अस्तु ।

२०६७।२।७

वन्द हडताल

मे 9, 2010

वन्द हडताल

 

दिनदिनै श्रम गरेर, गुजारा गर्ने

काम नाम नभएका, निमुखाहरू

खेतिपाति गर्ने, किसानीहरू

गाडीगुडाउने, ड्रार्इभरहरू

स्कुल पढाउने शिक्षकहरू

उद्धेाग कलकारखानाका, मजदूरहरू

एउटालार्इ फालेर

अर्केालार्इ प्रधानवनाउने

वन्दहडतालले

भन्छन् सवै, भुतुक्कै पा-र्येा

भन्छन् सवै , खुत्रुक्कै पा-र्येा

कस्तेा गजवकेा नेपाल

यसेा गरे पनि अाम हडताल

उसेा गरे पनि वन्द हडताल

सत्तामा पुग्दा, शान्ति जप्छन्

वन्द गर्न, अव वन्द भन्छन्

सरकारवाट हुत्तिए पछि

लाग्छ प्यारेा तीनैलार्इ

वन्द हडताल ।

 

२०६७ वैशाख २१