लामेा समय पछि लेख्दैछु । के केा काम पनि हुंदैन फुर्सद पनि हुंदैन भने झै मलार्इ पनि त्यस्तै भयेा । व्लगका लागि लेख रचना त तैयार छन् तर लेख्येा साथीहरूवाट कमेन्ट नै नअाउने भएकेाले पनि लेख्न त्यति जांगर नलागेरै अल्छी गरेकेा थिए । फेरी केही त राख्नै पर्रयेा भनेर येा विचारलार्इ तपाइहरू समक्ष राखेकेा छु । हेरे पछि कस्तेा लाग्छ कमेन्ट गर्न भने नभुल्नु हेाला है ।
मेरेा गाउमा यसपाला श्रावणा महिनामा चार जनाले यस लेाकवाट सदाकेा लागि विदालिनु भयेा । हामी वीचमा अव वहांहरूकेा संझनामात्र वांकी रहेकेा छ । गाउं छिमेकमै घटेकेा घटना भएकेा हुनाले म चारै जनाकेा घरमा तेहै्ा दिनभित्र क्रमश पुगेर समवेदना दिए । अा अाफना रितिरिवाज परम्परा अनुसार शेाक मनाइरहेका मृतकका परिवारजनहरूलाइ सहानुभूति प्रकट गरे । दिवंगत अात्मा प्रति चीरशान्तिकेा कामना गरे । म शेाककेा घडीमा पुगेका चार घर मध्ये तीन घरमा उपिस्थत भएका अाफन्तजनहरूकेा वीचमा चलेकेा कुराकेा प्रशङग भने एउटै थियेा । अाजकेा समयमा तेह्र दिन सम्म किरियापुत्रिकेा रूपमा वसिरहनु कति उचित अनुचित हेा । त्यसैले यसलार्इ समय सापेक्ष अनुसार चलाउनु पर्छ । अर्थात तेह्र दिनलार्इ घटाएर तीन दिन वा पांच दिनमा ल्याउनु पर्छ भन्ने प्रसङगमा कुराहरू चलेकेा सुने । अामा, वावुकेा क्रिया वा अन्यकेा क्रिया वसिरहेका वेलामा समेत अाफना मन व्यापार व्यवसायका कुराहरूले एक चित्तमा रहनै नदिने समय अाएछ । व्यापार व्यवसाय वन्द गर्नु पर्दा तेह्र दिन सम्मकेा व्याजकेा कुराले मन तुलवुल पार्देा रहेछ । हुन त अामा वावुलार्इ पैसामा दाज्न सकिन्न । येा यर्थाथ हुंदा हुंदै पनि मर्ने त मरे तर वांच्नेहरूका लागि यी प्रश्नले घेाच्दै एक चित्तमा वस्न दिदेा रहेन छ । अामाकेा किरिया वसिरहेका छेाराहरू र समवेदना व्यक्त गर्न जानेहरू वीच यस्तै चर्चा परिचर्चा चलेकेा पाए ।
पहिले पहिले १३ वर्ष सम्म क्रिया वस्थे रे । तेह्र वर्ष गर्ने कृयालार्इ १३ दिनमा झारिएकेा भनिन्छ । समय सापेक्ष अनुसार अाज मरेका दिन देखी तेह्र दिनसम्म गरिने श्राद्भ अादि परलैाकिक कर्म पनि ज्यादा पट्यार लाग्देा लामेा भएकेाले यसलार्इ घटाउनु पर्छ भन्ने तर्क वितर्क चल्न थालेकेा जताततै सुनिन लागेकेा छ । जन्म दिने अामा वावु वा अाफन्तका मृत्युमा तेह्र दिन मात्र शेाक मनाउनु पर्छ भन्ने पनि छैन । जीवनभर वहांहरूले गरेका राम्रा काम कुरा संझेर वा वहांहरूकेा नाममा गुठी वा ट्रस्ट वा छात्रवृत्ति केाषहरू खेालेर पनि कतिपयले संझने गरेका छन् । हिन्दु धर्म अनुसार वर्ष वर्षमा तिथी श्राद्ध अादि गरेर पनि संझदै अाएका छैा ।
यसपाला समवेदना दिन गएकेा पहिलेा घरमा यस्तेा घटना घटेकेा थियेा । एकमात्र छेारा विदेश भएकाले अामाकेा मृत्युकेा चैाथेा दिन रातिमात्र अार्इपुगेका थिए । पांचैा दिनवाट उनी कृयापुत्रीकेा रूपमा जम्मा अाठ दिन मात्र वसेर १३ दिनका दिन चेाख्याउने कार्य भयेा । चार दिन सम्म छुटेकेा मृतक अामाकेा काम पंडितले पांचैादिनका दिन पांच दिनकेा पांच वटा पिन्ड दिन लगार्इ सम्पन्न गराएका थिए । त्यसैले अहिलेलार्इ तेह्रैा दिनसम्म गरिने सवैकार्य पांचैा दिन वा तीन दिनमा सम्पन्न गरी पांच दिन वा तीन दिन क्रियामात्र वस्ने चलन चलाए कसेा हेाला । अहिलेकेा समय परिस्थितिमा यस्मा सुधार हुनु पर्छ भनेर अावाज उठिरहेकेा सुनिन्छ । क्रिया वस्नेहरूनै तेह्र दिनलार्इ तीन दिनमा ल्याउनु किन पनि उपयुक्त छ भने मरेकेा दिन त्यसै भै हाल्येा । भेालीपल्ट क्षेत्रवास अादि वस्नु पर्ने र तेश्रेा दिनमा मृतककेा नाममा जेा गर्नु पर्ने कार्य गर्ने । टाढै रहेका अाफन्तजनहरू पनि उक्त अवधिमा अार्इपुगेर समवेदना व्यक्त गर्न सक्ने भएकेाले पनि तीन दिन सम्ममा गर्नु व्यवहारिक देखिन्छ रे । अर्केा पक्ष भनेकेा हाल अामा वावु अादिकेा मृत्यु हुंदा सरकारी, अर्धसरकारी , गैह्रसरकारी सेवामा रहेका कर्मचारी अादिलार्इ पन्ध दिन विदा दिन परिरहेकेा छ । अव पन्ध्रदिनकेा सटृा सात वा पांच दिनकेा विदा दिदा पनि ८ । १० दिन वचावट हुन जान्छ, जुन समय रास्ट्रका लागि सानेा हैन भन्ने कुरा पनि चलेको पाए ।
मैले समवेदना व्यक्त गर्न पुगेकेा देास्रेा घरमा अामानै वित्नु भएकेा थियेा । वहांकेा चार पांच जना छेाराहरूनै क्रिया वस्नु भएकेा थियेा । अामाले कृस्नप्रणामी धर्म लिनु भएकेा रहेछ । छेाराहरूले त्यसै धर्म अनुसार गरिने पझति गरी कृया वस्नु भएकेा थियेा । हिन्दूधर्म अनुसार अामरूपमा चलि अाएकेा विधि भन्दा अलि केही फरक खालकेा लाग्दथ्येा । क्रिया भने १३ दिननै वस्नु भएकेा थियेा । तर ढीकुरेा उठाउने, गरूड पुराण भन्ने तथा मृत अात्मालार्इ प्रेतात्मा ठानी सांझ वालिने वत्ति वालिएकेा थिएन । गाउंमा भर्खर भर्खर चलनमा अाएकेाले अाम मानिसहरूकेा लागि केही नैालेा लाग्नु स्वभाविकै हेा । वहांहरू पांचै जना तेह्र दिनसम्म विताउन निकै गह्रेा भएकेा र यसलार्इ पांच दिनमा सकिने गरी गर्न सक्दा राम्रेा हुने थियेा भनेर अामाका गुरूलार्इ भन्दै हुनुहुन्थ्येा । अहिले सम्म ढीकुरेा उठाएर गरिने चलन र कृस्नप्रणामी धर्म अनुसार ढीकुरेा उठाउन नपर्ने चलन वा एक थरिले मरेकेा मृत अात्मालार्इ प्रेतात्मा मान्ने र अर्केा थरीले नमान्ने कुरा रहेकेा पाइन्छ । यी दुर्इ चलन मध्ये कुन उपयुक्त र व्यवहारिक हेा भन्ने कुरामा अा अाफना मत हुन सक्छन्र । तर हजारैा वर्ष देखि चलि अाएकेा संस्कार र परम्परामा त धर्मकेा नाउवाट हेरफेर हुन सक्देा रहेछ भने अव कसैले १३ दिन केा सटृा धर्म संस्कार लार्इ निरन्तरता दिन समयकेा माग अनुसार भनि तीन दिनमा किरिया सक्ने विधि ल्याएर अाटका साथ कुनै व्राम्हणाले चलाए चल्ने पेा हेा कि । वा यस्ता चलन चलाउने धर्म पुरोहितहरूको वृहद भेलावाट समय सापेक्ष अनुसारको निर्णय गरी चलाउने हो ।
हिजेा कृषि वाहेक अर्को पेशा थिएन तर अाज विवध पेशा अंगाल्ने मानिस धेरै भै सकेकाले अाजकेा समयलार्इ वुझि समय सापेक्ष अनुसार धर्म रितिरिवाज र संस्कारलार्इ अगाडी लान सक्दा मानिसले सहर्ष स्वीकार गर्छन । हिजेा यातायातकेा साधन श्रेात नभएकेा अवस्थामा मानिसले चाहेपनि विवाह घरवाट एकैदिनमा सक्न गाह्रेा थियेा । त्यसैले सवै विवाह रात्री लगनमै हुन्थ्येा । विवाहकेा लागि दुर्इ दिन एक रात खर्च गर्नु पर्थ्येा । यातायातका साधन सुलभ हुंदै अाएपछि अाज रात्रि विवाह भनेकेा दुर्लभ भै सक्येा । सवै मानिस एक दिनमै विवाह सक्न अातुर हुन्छन् । अव विधुवाले सेतै कपडामा संधै वेरिरहनु पर्ने अाम चलनले पनि फड्रकेा मारीसक्येा । धेरैले सधवा झै रातेा लगाउने चलन पनि अाम चलन जस्तै हुंदै छ । येा समय र चेतनाकेा हांक हेा । त्यसैले देास्रेा घरमा भएकेा संस्कार र परिवर्तन पाच्य हुंदै गएकेा देखेर , अामा वावुकेा किरियावस्नेहरूले नै १३ दिन त ज्यादा भयेा भन्छन्र भने के यस्मा पुरेाहित पंडितहरूले सेाच्ने वेला अाएन भन्ने लाग्येा । हुन त येा कुरा उठीरहेकेा वेल मरेकेा दश दिनपछि ढीकुरेा उठाइने र ढीकुराकेा काम एक दुर्इ दिनमै सकी गरिने क्रिया वा छेाटकरी क्रिया पनि छ भन्ने कुरा उठ्रन सक्छ । अामरूपमा येा रैक्रिया हेलत्व गरिएका मानिसकेा वा कसैले करवलले गर्नु पर्ने मानिसकेा मात्र गर्ने संस्कार हाम्रेा समाजमा रहेकेाले तीन दिन क्रिया वस्ने परम्परा चल्दा येा विभेद पनि समाजवाट हट्ने देखिन्छ ।
समाजभित्रकेा सामाजिक प्राणी भएकेा कारणले मैले समवेदना व्यक्त गर्न गएकेा तेस्रेा घर व्राम्हणकेा थियेा । त्यस घरमा अामा वित्नु भएकेा थियेा । वहां निकै धर्म कर्म न्यास ध्यान गर्नु हुन्थ्येा । वहांकेा श्रीमानकेाभने स्वर्गवास भै सकेकेा थियेा । गाउंमा धर्मशास्त्र अनुसार के गर्ने कसेा गर्ने भन्ने अप्ठेरेा अाइपर्दा मानिसहरू अप्ठेरेा फुकाउन वहांकेामै जान्थे । वहां चित्त वुझने किसिमले गांठेा फुकाउने विद्धाननै हुनुहुन्थ्येा । त्यस घरमा म समवेदना व्यक्त गर्न पुग्दा येा क्रियालार्इ छेाट्याउनु पर्छ भन्ने किरियापुत्री र भेला भएका वीच छलफल चलिरहेकेा रहेछ । दुवै छेाराहरू अाफना व्यापार व्यवसायमा लाग्नु भएकेा थियेा । १३ दिनसम्म व्यापार वन्द गरेर वस्दाका घाटा नाफा का कुराहरूले अामाकेा क्रिया अवधिभर मनलार्इ एकचित्त पार्न सकिएन भन्थे । वहांहरूले अाफना अामावावुलार्इ वाचुन्जेल छेाराहरूले गर्ने सम्पूर्ण दायित्व पुरा गर्नु भएकेा थियेा । वाहिरी समाजले हेर्दा खेाट लगाउने सानेा कुरा पनि वांकि राख्नु भएन । वहांकेामा पुग्दा समय अनुसार परिवर्न भै भात पकाउन राइसकुकर राखिएकेा थियेा । पानी तताउने थर्मसमा पानी ताति रहेकेा थियेा । चिया मिश्री कांडा पानी पकाउन विजुलीकेा हिटर थियेा । घरकेा करेसामा ढीकुराकेा काम समपन्न गरी केाठामै भात पकाएर खाने गरिएकेा थियेा । अाज यी कुराहरू मानिसकेा चेतना र केही अार्थिक सवलताका कारण पनि सामान्य नै भे सके । मैले यी कुराहरू यहां किन उल्लेख गर्न चाहेकेा भने पहिले पहिले किरिया पुत्रीका लागि यति सहज थिएन । नाङगा खुट्रटाले हिंडेर नजिककेा खेाला नदीमा जानै पर्ने वाध्यता नै थियेा । अाज पराल वा रवरका तलुवा भएका जुत्ता लगाइ वस्ने चलन क्रियापुत्रीले चलाइ सके । महिलाहरूले पनि अाधा अाङ देखाएर वस्न पर्दैन चेालेा लगाउन शास्त्रले छेकेकेा छैन भनेर चलिसक्येा । फलफूल अादि लिने कुरा त सामान्य नै भै सक्येा । हिजेाकेा दिनमा त्येा संभव थिएन । वावु अामाकेा किरिया पछि कतिले नसिलाएकेा कपडा वा खकालेा वनाएर लगाउने चलन पनि थियेा । वाहिर कही केही नखाने , खाटमा नसुत्ने , ढुङगेधाराकेा वाहेक अन्यत्रकेा पानी नखाने इत्यादि चलन थिए । तर अाज यी सवै कुराहरूमा मानिसले वुझ्रदै अाफनेा सजिलेा हुने गरी विस्तारै सवै कुरा चलाउंदै अाएका छन्र । पंडितले पनि समय अनुसार चल्नुमा नै श्रेयस्कर ठानेका छन्र । चल्न उनीहरूलेनै दिएका छन् भने १३ दिन गर्दै अाएकेाकाम अव तीन दिनमा सक्नु समय सापेक्षा नहेाला र ।
श्रावणा महिनाकै अन्त्यतिर परेकेा अर्केा घटना हेा । ३०। ३२ वर्षमात्र पुगेकेा छेारा वितेकेा घरमा समवदना व्यक्त गर्न गहुंगेा मन मुटु वेाकेर पुगेकेा थिए । वहांकेा परिवार पहिले हिन्दु धर्मकेा नै कटृर अनुयायी हुनु हुन्थ्येा । म त्यस घरमा पुग्दा अहिले वहांहरू धर्म परिवर्तन गरी क्रिश्चियन धर्म अगाल्नु भएकेा रहेछ । म समवेदना दिन घरमा पुग्दा केाही केारा कपडा लगाएर क्रियापुत्रीकेा रूपमा वसेकेा देखिन । मृतकका छेारा सानै थिए । उनी म पुग्दा चिया विस्कुट खाएर वसि रहेका थिए । मृतककी श्रीमती अाफनेा खेतवारीकेा काममै लागि रहनु भएकेा थियेा । मैले हजुरअामालार्इ नदेखि सेाध्रदा वहां चर्चमा प्राथनाकेा लागि जानु भएकेा कुरा वताए । हिन्दूधर्मकेा पगरी गुथेकेा मलार्इ येा घटनाले कस्तेा कस्तेा वनायेा । यसरी संस्कार रिती रिवाज भनेकेा मानिसले जस्तेा चलायेा त्यस्तै चल्दै जांदेा रहेछ ।
अत समय अनुसार रिति परम्पराहरू नवदलिने र समय अनुसार मानिसले चल्न नजान्ने हेा भने हामीले वेाकि रहेकै रिति रिवाज परम्परा हाम्रै लागि वेाज सावित हुन्छ । त्यसैले तेह्र दिनमा गरी अाएकेा सम्पूर्ण कार्य अव १३ दिन हैन तीन दिनमै सक्ने गरी क्रिया समाप्त पार्नु नै उपयुक्त र समयको माग हो भन्ने कुरा समवेदना दिन घर घरमा पुग्दा चलेकेा कुरा पनि समयकेा माग ह्रेा जस्तेा लाग्येा ।
२०६७ श्रावण