Archive for मार्च, 2011

नुवाकेाटकेा ढीकुरे वजार

मार्च 31, 2011

          काठमाडैासंगै जेाडिएकेा नुवाकेाट जिल्लाकेा त्रिशुलीमा २०४४ सालमा पुगेकेा थिए । हिजेा विहान अकस्मात त्यता पुग्ने अवसर मिलेकेाले धेरै पहिला गएकेा ठाउंमा एकपटक जाउंन जस्तेा लागेर पुगे । वहुदलीय प्रजातन्त्र प्राप्ती पछि मानिसकेा अथाहा चाहना थियेा । देशमा विकास निर्माणले फड्केा मार्नेछ, रेाजगारीका अवसर प्रशस्त मिल्ने छ । भ्रस्टाचारी दुराचारीहरूले प्रशय पाउने छैनन् । सवैतिर कानूनकेा शासन हुनेछ । वल मिचार्इ र थिचाइवाट काम हुने छैन । सवैमा प्रजातान्त्रिक भावनाकेा विकास हुनेछ । यस्तै यस्तै मैले अनि सवैले सेाचेका थिए । विडम्वना जनताकेा चाहना अनुसार अार्थिक क्रान्ति हुन सकेन ,सवैतिर भताभुड०गनै देखियेा । हुन त ठुला नेताहरू यस्ता कुरा सुन्न तैयार छैनन् । राजनीतिक हिसावले भएकेा परिवर्तनका कुरा गरेर पन्छिन खेाज्छन् । जनताकेा असीमीत चाहनाकै स्वरूप ०६२।६३ केा जनअान्देालन सफल भयेा  । जनता अझै द्रुतगतिमा परीवर्तन भएकेा देख्न हेर्न चाहन्छन्र । तर  नेताहरू अझै सत्ता स्वार्थ, लेाभ मेाह ,नातावाद कृपावाद भन्दा माथि उठेर राजनेता वन्न केाही सकेका छैनन् ।नैतिकता, इमान्दारीता ,सरलता सवै भांडमा गै रहेकेा छ ।

          प्रजातन्त्रपछि सडक र संचार क्षेत्रमा भने ठुलै फड्केा मारेकेा कुरा हामी सवैले अनुभूति र अनुभव गरेका छैा । म पनि ४४ सात तिर काठमाडैासंग जेाडिएकेा नुवाकेाटकेा त्रिशुली वजार अासपास केही दिन घुमेकेा थिए । अाज अर्थात २०६७ चैत्र १२ गते पुन त्यता पुग्दा वाटेा घाटेा वनेकेा देख्दा भने अैाधी खुसी लाग्येा । पहिला त्रिशुलीवजार पुग्न वालाजुवाट ककनी हुंदै जाने वाटेा वाहेक अर्केा थिएन । अहिले विकल्पकेा वाटेा समेत वनि सकेछ । हामी त्यता जान त्रिभुवनराजपथ हुंदै गल्छीवाट देवीघाट निक्लेर सजिलै गगंटे पुग्यैा । गंगेटेवाट पनि ढीकुरे वजार अझ समुन्दटार अनि दुप्चेसम्म मेाटर , वस चल्ने भै सकेकेा रहेछ । गल्छीवाट त्रिशुलीकेा तीरै तीर  सडक निर्मणा भै रहेकेा रहेछ । वाटेा फराकिलेा नै छ । हामी जांदा ठाउंठाउंमा कालेापत्र गर्ने कार्य भै रहेकेा थियेा । काम द्रुत गतिले भै रहेकेा अनुभूति हुन्थ्येा । काठमाडैावाट गल्छीसम्म ५० कीमी रहेछ। गल्छीवाट ढीकुरे वजारसम्म २२ कीमी गरेर जम्म ७२ कीमी गाडीकेा वाटेा रहेछ । गंगटेवाट भने करिव ७ कीमी वाटेा पिछ ढीकुरेवजार पुगिन्छ । यता वालाजुवाट जांदा पनि करिव त्यतिनै दुरी लाग्ने भए पनि अव नुवाकेाट पुग्न गल्छीकेा वाटेा अारामदायी र राम्रेा रहेछ ।

          ढीकुरे वजार नजिकै तादी नदीमा भएकेा एउटा राणाकालिन झेालुङगेपुल रहेछ । जुन १९९६ मा श्री ३ सर चन्द्रशम्शेर जङगवहादुर राणावाट वनार्इ वक्सेकेा भनी लेखिएकेा थियेा । पहिले पहिले यही वाटेा यही पुल भएर मात्र नुवाकेट त्रिशुली वजार पुग्न सकिने रहेछ । यही वाटेा हुंदै अहिले झेार महांकाल पुग्ने वाटेा वन्दै रहेछ । पुरानेा राणाकालमा वनेकेा झेालुङगे पुल नजिकै पक्की पुल तादी नदीमा वनाउन सुरू गरिएकेा भएता पनि पुलकेा तीन खम्वा मध्ये वीचकेा पीलर अहिलेनै एकातिर ढल्केकेाले येा वाटेाकेा काम शुरू भएकेा रहेनछ ।

          ढीकुरेवजार सम्म पुग्दा रमार्इलै लाग्येा । चैत्र महिनाकै दिन भए पनि  रेापार्इ शुरू भै सकेकेा थियेा । येा क्षेत्रमा पानीकेा पहुल भएकेाले तीन चार वाली सम्म अन्न उत्पादन हुंदेा रहेछ । वजारकेा जग्गा पनि के विधी महंगेा । घडेरी त हात गन्तीवाट विक्री हुन थालीसकेछ । अानाकेा पांच छ मा पनि नपाउने कुरा पेा सुनाउंथे । तादीनदी संगै जेाडीएकेा येा वजार रमाइलेा रहेछ । प्राय नेवारहरूकेा वस्ती रहेकेा थाहा पयैा ।

          हामी त्यतिवेला त्रिशुली वजार वाट काठमाडैा अाउने साझा वस छुटेर गंगटे हुंदै तादी तरेर थानिसं हुंदै रानीपैावा सम्म हिंडेर यात्रा गरेकेा थियैा । अाज त येा वाटेामा मेाटर चलेकेा देख्दा यस क्षेत्रमा विकास नभएकेा भनेर कांहा भन्न सकिन्छ र ।  

          वत्तिका कारण लामेा समय सम्म व्लग राख्न  सकेकेा थिइन । लेख्दै गरेकेा घले गाउंकेा यात्रा विवरणा पनि टांस्न पार्इएकेा छैन । जय व्लग ।