घलेगाउंको वांकिअंश


धेरै दिन अघि यो भित्तोमा  लमजुड०को घलेगाउं घुमेर अाएपछि अपुरो टांसो राखेको थिए । वांकी विविध करणाले राख्न सकिरहेको थिइन । व्लगलाइ  निरन्तरता दिने हेतुले  वांकी भाग राखेको छु ।

पानी सिमसिम परिरहेको थियो । गाडी त अघिनै छोडिसकेका थियैा ।गाडीको वाटो छोडेर हामी ढुड०गे सिंढी चढ्दा मेरेा एउटा हातमा व्याग र अर्को हातमा छाता थियो । घुंडाको रोगले अलि सतार्इ रहेको थियो । त्यो सिंढी मेरा लागी सगरमाथाको वेस क्याम्प चढे जत्तिकै भयो । अंध्यारोले, अाफु भन्दा अघि हिंड्नेको छाया हेरेर उक्ली रहनु परेको थियेा । कोहीसंग टर्चलाइट थिएन ।  यात्रामा टर्च लाइटको कत्तिकको महत्व हुन्छ भन्ने कुरा त्यस दिन छर्लड०ग भयो । करिव सवा घंटाको उकालो चढ्नु थियो । अाफुभन्दा अघि जानेले टुप्पातिर वालेको वत्ती हेर्दा कतै हामी जुन छुन गै रहेका त छैनैा जस्तो भान हुन्थ्यो ।    विहानदेखि केही नखाएर कृस्नअस्टमीको व्रत वसेकी वहिनीपनि हामीसंगै थिइन् ।  भुजुड०जाने वाटोवाट अली माथि पुग्ने वित्तकै  केही मानिस हातमा टर्च लाइट वालेर वसिरहेको देख्यैा ।

उकालो सकिने वित्तिकै घले गाउं हाम्रो नाकै अगाडी तेर्सियो । नैा वजिसकेको  रहेछ । केही महिला र समितिका दीर्घ भाइ हाम्रै प्रतिक्षामा चैातारामै  वसेका रहेछन् । सामान्य भलाकुसारी पछि , हामी हुल वांधेर गएकालार्इ छिमल्दै दीर्घ भाइले यो घरमा अामासंग चार  जना महिला  जानुस। दुर्इपाइला हिंडन नपाउंदै फेरी माथिल्लो घरमा पांच जना महिला जानुस  भन्दा हामी त छक्कै परेका थियैा । वाटोका छेवैमा उभिरहेका घरका  अामाहरूले पनि परदेशवाट अाएका अाफनै छेारा छेारी झै माया गर्दै घरभित्र लानु भयो । हामी त एक छिन हेरेको हेरै भयैा । हामी सवैको पहिलो पटकको यात्रा भएकोले होला  । झलमल  विजुलीको उज्यालोमा अलि अघि वढेपछि यो घरमा चार जनाको लागि ठाउं छ केा को जाने हो , दीर्घ भाइले यसो भन्नासाथ चारजना भाइहरू पर्खि वस्नु भएका अामासंगै त्यता लागे । वांकी रहेका हामी अलि माथि पुगेर फेरी तीन घरमा वांडियैा । यसरी हाम्रो टीम ६ घरमा भागवन्डा भयो । म लगायत चार जना साथीभने कमला घले वहिनीको भागमा परे छैा ।

घले गाउं उत्तरकन्या गाविसको वडा नं. १,२ र ३ को भाग रहेछ । गाविसको जम्मा घरधुरी संख्या २७४ मध्ये घले गाउमा ११८ धुरी रहेछ । यहां घले, गुरूड०,र केही दलित कामी जातीहरूको पनि वसोवास रहेछ । यो  अन्नपूर्ण संरक्षण क्षेत्र अायोजना भित्र पर्देा रहेछ । २०५७ सालमा केही घरवाट शुरू भएको होम स्टे हाल ३५ घर परिवारले संचालन गर्दै अाएका रहेछन् । नेपालमा स्याड०जाको सिरूवारीवाट होमस्टे शुरू भएको भनिन्छ ।   गाउंमा पाहुना वढेका वेलामा भने होमस्टे नचलाएका घरमा पनि राख्ने व्यवस्था मिलाइएको रहेछ । दक्षिण पूर्व फर्केको घमाइलो, रमाइलो  गाउं रहेछ । हरियाली देखिने वैंसका रूखले स्वागत गरेझै लाग्यो । जुन घरमा वास पाएका थियैा त्यसै घरमा हाम्रो लागि खाने वस्ने सुत्ने  अादि को व्यवस्था मिलाइएको थियो । होमस्टे भनेको पर्यटकलाइ अाफुले खाने भान्छामै खानपिन गराएर अाफनै घरमा सुताउने,परिवारकै सदस्य भएर अात्मिय वातावरणामा वस्ने  हेामस्टेको विशेषता हो । वास पाइसकेपछि सवैमा रमाइलो गर्ने मुड चल्यो, रात छिप्पी सकेकोले एकाध घंटाको रमाइलो पछि खाना खाने व्यवस्था भयो ।

गाउंमा ग्रामिण पर्यटन व्यवस्थापन समिति गठन गरिएको रहेछ ।  समितिमा २७ वर्षे दीर्घ भाइले पाहुनाको जोहो मिलाउने काम सम्हालेका रहेछन्र । उनैले पाहुनालार्इ सकेसम्म नदेाहरिने गरी पालै पालो सवै घरमा  राख्ने गर्दा रहेछन् । समितिको अार्थिक केाषको लागि पाहुनाले खर्च गरेको रकममा पन्ध्र प्रतिशत अतिरिक्त रकम लिइदो रहेछ । होमस्टे संचालनगर्ने घरवालासंग उनीहरूले पाएको रकमवाट पांच प्रतिशत कटृा हुने व्यवस्था मिलाइएको रहेछ ।

घले गाउं पुरानै वस्ती हो ।  ढुड०गाका छानाका सटृा घरहरूले जस्ता पातामा रमाउन थाले छन् । केही पुराना गोलघरहरू पनि छन् । यहांको प्रमुख पेशा कषिनै रहेछ । सवै घरमा गाइ गोरू पालेका छन् । धान खेत वेसीतिर मात्र रहेछ । अहिले सवै गाउंको कथा त त्यही हो जवान छोरा छोरी   खाडीका देश कतार मलेसिया पुगेका छन् । प्राय सवै घरका पीढीमा वुढा वुढीमात्र  भेटिन्थे । पिंढीमा  डोका,डाला थुन्चे,घुम र राडीपाखी वुनिरहेका देखिन्थे । पाहुनालाइ सवैले कहिले अाउनु भएको , कतिदिन वस्नु हुन्छ, पानी परेको वेलामा पर्नु भएछ भन्दै हांसी हांसी वोल्नु हुन्थ्यो ।

गाउं डुल्दा धान कुट्ने , पिठो पिस्ने,सामुहिक ढीकी जांताहरू ठाउं ठाउंमा रहेकेा थियो । वडा नं. २ मा रहेको  सामुदायिक भवन नमूना कै रूपमा थियो । यो अामा समुहको लगानीमा  २०५६ सालमा वनेको रहेछ । जग्गाभने नवराज गुरूड०ले दिनु भएको रहेछ । यहांवाट सिक्नु पर्ने एउटा कुरा चांही अाफना अामा वावुको चैारासीमा या मृत्यु पछि वाहांहरूको संझनामा छोराछोरी वा परिवारजनले कतै चैातारो ,कतै ढुंगा छापेको वाटो कतै खानेपानीका धारा वनाइएको पाइयो । वडा नं ३ मा पाहुनाहरूलाइ नाच गान देखाउने सांस्कृतिक घर रहेछ । गएको भोलीपल्ट हामीले पनि खुव नाचेका थियैा ।

हामी त मैासमले ठगिएका थियैा । पहाड जाने समयको ख्याल गरेर हिंडने  मानिसहरूले उत्तरकन्या मन्दिरको पछाडीपटृी रहेकेा अग्लेा डांडावाट  पूर्व तर्फ देखिने मनास्लु हिमालरेन्ज,लमजुड० हिमाल,उत्तरतर्फको अन्नपूर्ण देास्रो ,घलेगाउंको पश्चिमतर्फ माछापुच्छे्  देख्न सकिने रहेछ । उदाउंदो सूर्यको मनमोहक दृश्य पनि हेर्न सकिने रहेछ । वादल फाट्दा भने घनपोखरा र खुदीगाउं देख्यैा । अामाको हरियेाचेालीवाट दूधका धारा वग्दै  खुदी र मस्याड०दी मा मिलेको देख्यैा ।

घलेगाउंवाट अाधा घंटामै पुगिने २१५० मीटर उचाइमा रहेको नायो हुंदै  घनपोखरा पुग्न सकिदो रहेछ । अढाइ घंटा हिडेर १८०० मीटर उचाइमा रहेको भुजुड०ग गाउं पुगेर वेलुका घलेगाउं वस्न अाए पनि हुने रहेछ । हिडाइको अानन्द लिन भुजुड०वाट अोराली उकाली गर्दै पासगाउं पुगेर गुरूड० संस्कृतिको अनुभूति गर्न सकिने रहेछ ।

घले गाउंमा रहेका घलेहरू पनि विभिन्न जातका रहेछन् ।डांगी,रिल्ली,ग्यालदोड० र साव्री ।घलेगाउंको उत्तर तर्फ घलेगाउंको कूलदेवताकै रूपमा रहेको उत्तरकन्या मन्दिर रहेछ । मन्दिरभित्र कुनै देवी देवताको मूर्तिनभै केवल पानी जमेको कुवा छ । मन्दिरभने प्यागोडाशैलीको ध्वजापताका र घंटले छोपिएको छ ।मन्दिरसंगै सप्तकुवा थिए । गाउंको पश्चिमतर्फ २०६५ सालमा नर्सरी स्थापना गरिएको रहेछ । संगैको करिव १२ रोपनी जग्गामा इलामको चिया ल्याएर चिया वगान वनाइएको रहेछ । हामीले त्यही चिया खाएका थियैा ।

काठमाडैाको  धूलो धुंवा , ध्दुवनी प्रदुषणावाट टाढा रहेर  दुइरात तीनदिन घले गाउं वस्दा  अानन्दको अनुभूति सवैमा भएको थियो । वस्दा हामीले ढीडो र लोकल कुखुराको मासु, सेलरोटी, पोलेको मकै, लोकल चामलको भात, सिस्नुको सुप, र विभिन्न चटनी खाना र खाजाको रूपमा पाएका थियैा ।

फर्कने दिन  विहानै झमझम पानी परिरहेको थियो । घरपेटीहरू विदा गर्न माला र सेतो अक्षताको टीक लिएर पिंढीमा वस्नु भएको थियो । पालैसंग हामीले माला र टिक थाप्दै विदावारी लिएका थियैा । हामी सवैलार्इ नरमाइलो लागी रहेको थियो , विदावारी हुंदा । मैाका मिल्दा फेरी अाउनुस्र भन्दै कमला वहिनी हात जेार्दै भनिरहनु भएको थियो । सवै वसेका घरवाट यसरीनै विदा हुंदै  हामी चैातारामा भेला भयैा । सवा घंटा लगाएर चढेको उकालो विहानीको घाममा हामी एकै छिनमा तल अाइपुगे झै लाग्यो । वाटामा पर्ने कपुर गाउं हुंदै १८०० मीटरमा रहेको वाग्लुड०पानीको विध्यालयको अागन हुंदै डरलाग्दो भिरवाट चार हात खुटृा टेक्दै वेशीसहर अाइपुग्यैा । अस्तु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: