अमेरिकामा दीनदुखी


नेपालमा वसेर अमेरिकावारे हामीले साचेको धेरै कुरा सत्य नहुन सक्छ । अमेरिका धनी देश भएकोले त्यहां वस्ने सवै जना सम्पन्न र धनी होलान्, गरिव कोही छैनन् , माग्ने कोही छैनन् ,सवैसंग गाडी होलान्, सवैका अग्लाअग्ला घर होलान् , चोरीचकारी नहोला वा सवर्त्र शान्ति होला भन्ने लाग्न सक्छ  अमेरिका पुगेर हेर्दा भने त्यस्तो भेटिन्न । धनी, गरिववीच खाडल अझ ठूलो छ । कानुन र न्याय निसाफप्रति भने अधिकांशको विश्वास छ ।

अमेरिका पुगेपछि सुरूका दिनमा देखेका दृश्य पत्याउनै नसकिने रहेछन् । म वसेको एरिजोना राज्यको टुसान महानगरको डाउनटाउन वसपार्कमा वस कुरेर वस्दा कति मानिस वस चढ्न पैसा भएन भन्दै एक क्वार्टर ( एक सुका ) माग्दै हिंड्ने युवा र प्रैाढहरू संधैजसो देखिन्छन् । वसपार्क वा अन्यत्र रहेका फोहरर फाल्ने वाकसमा कोकका सिसी, क्यानमा रहेको झोल वा अरूले खाएर फालेका खानेकुरा झिकेर खाएको पनि देखिन्छ । कृपया एउटा चुरोट पाउं भन्दै चुरोट माग्नेहरू पनि थुपै् देखिन्छन् । अरूले खाएर फालेका लामा, छोटा चुरोटहरू टिपेर धक नमानी अानन्दले सल्काएर तानेको पनि देखिन्छ । अझ चुरोट अम्मलीहरूले फालिएका ठुटा चुरोट वटुल्दै सुर्ती झारेर पेपरमा रोल गरेर खाएको पनि देखिन्छ । अमेरिकामा पेपरमा सुर्ती भरेर चुरोट वनाएर खाने चलन पनि निकै छ । थोरै पैसा हुनेहरूले गार्वेज वक्सामा अरूले प्रयोग गरी फालेका कपमा फाउन्टेन  डि्ड०क , पेप्सी कोक अादि भरेर खानेहरू पनि देखिन्छन् । स्टोरकै कपमा फाउन्टेन  डिड०क खांदा र अाफ्रनो कपमा रिफिल गरेर मात्र खांदा पैसा निकै कम लाग्ने भएकोले पनि यसो गर्छन् ।

एकदिनको कुरो हो । म अाफै वेलुकाको सिफ्ट सकाउनुअघि स्टोरभित्रको फेोहर फाल्न गएको  थिएं । दुवै हातमा ठुला प्लास्टिक व्याग लिएर स्टेारवाहिर अलि पर रहको कन्टेनरमा फाल्न खोज्दा कन्टेनरभित्र वसेको मानिस चिच्यायो। त्यो वेला मेरो सातो गएको थियो । सांझको सुनसान र सुरूका दिनमा त्यस्तो हुंदा म झसंग भएको थिए । कन्टेनरभित्र कोही रहेछ भन्ने थाहा पाएपछि यसो हेरेको त, नेपालमा केटाकेटी कन्टेनरभित्र फोहोर खोज्न वसेझै पाको मानिस वसेको देखें । उसले त्यहां फालिएको केक, मासुका टुक्रा वटुलेको देखे । त्यस्तो देख्दा त्यो दिन मलार्इ अचम्मै लाग्यो । पछिपछि यस्ता दृश्यहरू पटकपटक देख्नपाइएको थियो ।

अरूसंग पैसा माग्दै हिंडने, घर नभएर पार्क र सडकछाप जीवन विताउनेलार्इ होमलेस भनिन्छ । कसैलार्इ पनि माग्ने भनिदोरहेनछ । माग्ने शव्द निकै घटिया मानिदों रहेछ । स्टोरवाहिर वा ’round यसो छेकिएर स्टोरवाट फर्कनेहरूसंग वा ग्यास हाल्न अाउनेहरूसंग चानचुन पैसा पाउं भन्दै हात पसारिरहेका हुन्छन् । त्यसरी मागेको पैसाले कोक, वियर किनेर खान्छन् । यहां स्टोर म्यानेजर वा मालिकको स्वीकृतिविना कसैले पनि स्टोरअगाडि वा उसको एरियाभित्र वसेर पैसा माग्न पाइंदैन । त्यसरी मागेको देखे तुरून्त पुलिसलार्इ खवर गरिन्छ । पुलिसले उसलार्इ  ग्राहकसंग पैसा नमाग्न चेतावनी दिन्छ । स्टोर एरियाभित्र टेक्नै नपाइने गरी चेतावनी पनि दिनसक्छ । नमाने स्टोरवाहिर मागेवापत पुलिसले जेलसमेत हाल्नसक्छ । यस्तो घटना मेरै स्टोरमा पनि घटेको थियो । व्यवसाय गर्नेहरूलार्इ राज्यले धेरै हदसम्म सुरक्षा र ग्यारेन्टी दिएजस्तो लाग्छ । यस्ता काम गर्नेमा वढी काला जाति नै देखिन्छन्र ।

विभिन्न संस्थाले सहयोग उठाउन काउन्टरअगाडि राखिदिएको  वाकसमा मानिसहरूले सामान किनेर वेचेको चानचुन पैसा हालेर  सहयोग पनि गर्छन् । त्यस्तो वाकस   कुन सट्रकामा उठाएर लगेको घटना म अाफैले भोगेको छु । प्राय सवै स्टोरको काउन्टरमा एउटा कचैारा जस्तो भांडो हुन्छ । त्यसमा सामान किन्दा अाएको चानचुन पैसा धेरैजसोले त्यसैमा राखिदिन्छन् । अर्को व्यक्तिलार्इ अावश्यक पर्दा चानचुन पैसा नपुग्दा त्यहीवाट झिकेर तिर्ने प्रचलन सामान्य मानिन्छ ।

संसारलार्इ हैकम चलाउने अमेरिकामा नागरिकको यस्तो दिनचर्या देख्दा अचम्म लाग्नु स्वाभाविकै हो । होमलेसले खुला अाकाशमै जीवन व्यतीत गर्छन् । दिनभरि त यिनले (विहान ६ वजेवाट वेलुका १० वजेसम्म वस्न पाइने ) पार्कहरूका सियालमा विताउंछन् । रात परेपछि उनीहरू सडकका पुलमुनि, सान्ता क्रुज रिभरको पुलमुनि, रूखका झ्रयाड०हरूमा वा मानिसले झटृ नदेख्ने ठाउंहरूमा वसेर रात विताउंछन् । सांझ परेपछि चराचुरूंगी वासस्थान फर्केझै यहां वुढावुढी, वयस्क यस्तै स्थान खोज्दै कुम्लो पिठ्रयुंमा वोकेर हिडेका देखिन्छन्र । अोछ्याउने वा अोढ्ने रग, कम्वल भने. प्रायले वाकेका हुन्छन् । कतिपयले विभिन्न स्टोरका ग्रोसरी कार्ट ( स्टोरवाट सामान किन्दा घर कोठासम्म पुराउने गाडी ) मा खाने सुत्ने सामान राखेर गुडाउंदै हिंड्छन् । कतिचाहिं साइकलमै अोढ्ने अोच्छ्याउने, झिटीगुन्टा वोकेर डुलिरहेका देखिन्छन् । ज्यादा गर्मी र ज्यादै ठन्डीको समय होमलेसहरू स्टोरमा अाएकादेखिएन । सोवारे वुझ्रदा त्यस्तो वेला तिनीहरूलार्इ सेनाले लगेर तिनको खानपानको व्यवस्था गरेको अखवारमा पढ्न पाइएको थियो ।

होमलेसहरू म भोकै छु खान देउ, वचाउ, चोरेर खानुभन्दा मागेर खानु राम्रो, हातले प्लेकार्डमा  लेखेर पुलिसको अाखा छल्दै ट्राफिक लाइट रहेको चैावाटोमा रोकिएका गाडीवालासंग पैसा मागिरहेका देखिन्छ ।

म वसेको अपार्टमेन्टको पूर्वतर्फ सान्ताक्रुज नदी छ । त्यसैको वगलमा सेन्ट मेरिजन रोडको देव्रेतर्फ भारतीयले संचालन गरेको सेल(  ग्यास, प्रोपिन अादि वेच्ने ) स्टोर छ । एक जना नेपाली दाजु गोविन्द श्रेस्ठ त्यहां काम गर्नुहुन्थ्यो । वेलुका अर्को नेपाली साथीले काम गर्थे । म फुर्सद हुंदा प्राय विहान त्यहा पुग्थे । त्यहां जांदा सान्ताकुज पुल पार गरेर जानुपर्छ । मूलवाटोवाट पार्कतिर जाने वाटोको छेवैमा रहेको मानिस वस्नसम्म   हुने गरी वनाइएको पर्खालमा एक जना सेतै फुलेकी वुढीअामाले केही रात  त्यही पर्खालमा सुतेर विताएको देख्छु । विहान घामसंगै उठेर तिनी अाफना पोका पन्तरावाट काइयो निकालेर कपाल कोरिरहेकी हुन्थिन् । यस्तै अरू कतिले खोलाका तीर र पुलमुनि रात विताएको देखिन्थ्यो । विहान ६ वज्नासाथ   कति चांहि पोकोपन्तरो वोकेर पार्कका शितल छहारीमुनि अाएर पल्टेका देखिन्थे ।मेरी अामासमान वुढीले सडकको छेउमा पर्खालमाथि रात विताएका दृश्य देख्दा मन दुख्थ्यो । अाखा रिसला हुन्थे । यो देख्दा भने वुढावुढीको जिन्दगी थोरै भए पनि नेपालमै राम्रो जस्तो लाग्थ्यो । अमेरिकामा वुढावुढीको जिन्दगी  वाह् छोरा तेह् नाति , वुढाको धेाक्रो कांधैमाथि भन्ने नेपाली उखानसंग मिल्दोजुल्दो छ । अमेरिकामा वुढावुढीले प्राय एक्लो जीवन विताइरहेका देखिन्छन् । १८ वर्ष पुगेपछि वावु अामासंग वस्नुलार्इ लाछीपन मानिन्छ । तिनीहरू १८ वर्ष पुगेपछि अाफै काम खोज्दै छुटिृएरै वस्न रूचाउंछन् । व्वाइफ्रेन्ड , गर्लफ्रेन्डसाथ अलग्गै वस्न रूचाउंछन् । वावु अामासंग विशेष समयमा मात्र घेटघाट हुने गर्छ वा नजिक भए वावु खुवाउने वेला र अामा खुवाउने वेलामा भने भेटघाट गर्छन् ।

हामीसंगै स्टोरमा काम गर्ने अन्दाजी ६२ वर्ष ा पार गरिसकेकी क्यारोल वुढी थिइन् । तीनी काममा  ज्यादै  अनुभवी थिइन् । सुरूका दिनमा संगै काम गर्ने सिफ्टपर्दा तिनीवाट निकै काम सिक्न पाइएको । थियो । नेपालीलाइ असाध्यै माया गर्थिन्र । खाजा संधै वांडेर खान्थिन्र । यसरी वांडेर खाने चलन अरूमा देखिन्न । तिनको एउटै मात्र छोरो थियो । उ अामासंग नवसी त्यही सहरको अर्को ठाउंमा वस्थ्यो । अामा भने अपार्टमेन्टको भाडा तिर्न गाह्रो हुने भएकोले अाफूजस्तै अर्को साथी खोजेर एउटा कोठामा वस्थिन् । उनीहरू यस्तै संस्कारमा हुर्केकाले होला , छोरा त्यसरी वसेकोमा त्यति चिन्ता भने गर्थि नन् । अाफनै खुटृामा उभिएर कसैको सहाराको अाशा नगरी वांच्ने चलन यहां देखिन्छ । म भन्दा पुराना साथीले उनीलाइ हाम्रो देशको रीतिरिवाजवारे धेरै कुरा भनेका रहेछन् । त्यसैले उनी नेपालीको एक पति, एकपत्नी र हजुवादेखि नातिसम्म एउटै घरमा वस्ने चलन राम्रो भन्थिन् ।

नेपाल र  अमेरिकाको एउटा कुरा भने ठ्याक्कै उल्टो पाए । हामीकहां ससाना उमेरका केटाकेटी सहरमा ज्यादा वरालिएर मगन्ते ,वेसहारा भएर सडक र गल्लीमा जीवन विताइरहेका देखिन्छन् । त्यसको ठीक उल्टो अमेरिकामा प्राय वुढा वा अधवैंसेहरू मात्र सडकछाप जिन्दगी विताइरेका देखिन्छन् । केटाकेटी १८ वर्ष नपुगुन्जेल अभिभावकले लालनपालन, िशक्षादी क्षा दिने जिम्मेवारी अभिभावकको हुने भएकाले केटाकेटीहरू सडकछाप जिन्दगी विताएको देखिंदैन । घरवारविहीन वुढावुढी प्राय विहान ग्रोसरी  कार्ट गुडाउंदै वा प्लास्टिकका ठूला व्याग वोकेर विएर र कोकका क्यान कन्टेनरवाट फलामे सुइराले वटुल्दै हिंडेका देखिन्छन् । कतिले चांहि देशअनुसारको भेष भनेझै  निसान गाडी लिएर  स्टोरवाहिर  रहेका गार्वेज वक्सहरूवाट प्लास्टिक वोतल, गोल्डेनट्वाक कागज अादि वटुल्दै गाडीमा तह लगार्इ मिलाएर राख्दै हिंडेका पनि देखिन्थे ।

२०६८

Advertisements

One Response to “अमेरिकामा दीनदुखी”

  1. NePali player Says:

    I normally don’t like to comment, but your article on Living in Arizona State made me feel disrespectful if I don’t say a word after reading it. Really good article , keep it up .

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: