Archive for जनवरी, 2012

नकारात्मक सोच

जनवरी 17, 2012

कतिपय मानिसहरू सकारात्मक सोच भन्दा नकारात्मक सोच वढी गर्छन् । हामी नेपाली त जे कुरामा पनि पहिले नकारात्मक सोचले हेर्ने गर्छैा । कसैवारे कुरा गर्दा पनि उ भित्रका सकारात्मक सोचका कुर नगरी  पहिले उ भित्र रहेका साना ,मसिना नकारात्मक सोचका कुरावाट अाफना कुरा सुरू गर्छैा । मलार्इ लाग्छ   नकारातम्क सोच र सकारात्मक सोच कसैमा  अाधा अाधीनै छ भने पनि हामीले पहीले उसका सकारात्मक सोचका कुरावाट उसका वारेमा कुरा थाल्नु पर्छ ।

केही नकारात्मक सोचका छोटा कथाहरू यस्ता छन् ।

एक

एकपटक एकजनाले भगवानको खुव तपस्या गरेछ । तपस्यावाट भगवान खुसी भै वरदार दिन उसका सामु उपस्थित भएछन् । के चाहियो तिमीलाइ, किन   के का लगि मेरो तपस्या गरेको   भगवानले सोधे,  उसले भगवानका अगाडी अाफना दुवै हात जोड्दै भनेछ , हे भगवान मेरा दाजुको दुर्इ दुर्इवटा भैंसी छन् । दाजु र मलार्इ  समान वनार्इ दिनु पर्रयो । उसका कुरा सुनेर भगवानले भनेछन् ए तिमीलाइ पनि दाजुको जस्तै दुइवटा भैंसी चाहियो । हैन हैन भैंसीलाइ कसले दाना  खुवावस् , कस्ले पानी खुवाउने र चरावस्  । त्यसो भए तिमीले के मागेको त भगवानले सोधेछन् । मेरा  दाजुका ती दुर्इ वटा भैंसी हजुरले मारिदिएर हामी दाजु भाइलार्इ वरावरी वनाइ दिनु पर्यो । उसको यस्तो नकारात्मक सोचका कुरा सुनेर भगवान जिल्ल परेछन् ।

दुर्इ

एक पटक गाउंमा सवै भेलाभएर गाउंलार्इ कसरी राम्रो वनाउन सकिन्छ भन्ने वारेमा खुव छलफल गरेछन् ।छलफलपछि   गाउँलार्इ राम्रो वनाउने कुरा मध्ये एउटा कुरा गाउँमा दूध पोखरी खन्ने कुरामा सवैको सहमती भएछ । सवै  गाउंलेहरू  उत्साहीत भएर पोखरी खन्न थाले । पोखरी तैयार भयो । सल्लाह वमोजिम, सवैले घरघरवाट दुर्इ दुर्इ माना दूध ल्याएर नयां खनेको पोखरीमा हाल्ने  निर्णय एकै स्वरले भयो । सवैतिर पानी पोखरी हुन्छ । हाम्रोमा दूध पोखरी भएपछि हाम्रो गाउं हेर्न मानिसको भिड लाग्ने छ र गाउँको नाम सवैतिर फैलने छ ।  पोखरी खनी सिध्याए पछि सवै अा अाफना घर दूध लिन लागे । एकजनाले घर जाँदै गर्दा वाटोमा  मनमनै सोचे छ , हैन सवैले दूध हालेको ठाउंमा म एउटाले दुर्इमाना पानी हालीदिए कस्ले थाहा पाउंछ र । अरू त सवैले दूध हाल्ने छन् ।   मैले हालेको पानी कस्ले देख्ने हो र । उसले पोखरीमा दूधको सटृा पानीनै हाल्यो ।  पोखरी खन्ने सवैका मनमा घर  फर्कदा यस्तै  सोच अाएछ । म एउटाले पानी हालेर दूध पोखरी नवन्ने त हैनन नी । अरू त सवैले दूध हालिहाल्छन् । अाखिर सवैमा  म एउटाले नहाले के होला र अरू सवैले त हाली हाल्छन् भन्ने सोचले सवैले पोखरीमा दूधको सटृा पानी हालेछन्  । सवैमा उत्सुकता  थियो , कस्तो भयो हेाला दूध पोखरी भनेर हेर्न अाउंदा  दूध पोखरी हैन , पानी पोखरी पो वनेको रहेछ ।

तीन

देवतासंग वरदान माग्न एकजनाले खुव तपस्या गरेछ । तपस्यावाट खुसी भै देवताले भक्तलार्इ सोधेछन्र । के माग्छैा माग वरू यसपटक यस्तो संयोग परेको छ कि , तिमीले एउटा वरदान पायैा भने तिम्रो मनमा रहेको अर्को साथीले त्यसको डवल  पाउंछ । यो कुरा तिमी मान्न तैयार छैा,  भगवानले भनेछन् । भक्त अलमलीए पछि फेरी देवताले भने छन् । एउटा वरदान तिमीले माग्नाले तिम्रो मनको साथी समेतको मालामाल हुने यो मैाका नछोड । देवताले यसो भनिरहेको समयमा उसका मनभित्र अैाडाहा को तुफान अार्इरहेको थियो । मैले वरदान मागेर साथीको डवल मालामाल हुने । यस्तो सोचेर उसले भगवानसंग भनेछ, हे भगवान मेरो एउटा अाखो फुटार्इ दिनुहोस् । जसले गर्दा मेरो साथीको दुर्इ वटै अाखा फुटेर उ अन्धो भएको मैले देख्न पाउंछु । मेरालागि एउटा अाखा भएपनि चलिहाल्छ । भक्तको यस्तो माग सुनेर भगवानन जिल्ल परेछन् ।

जय व्लग ।

काठमाडैा देखि जिरी

जनवरी 6, 2012

ढुंगाकुटे गिटी वन्छ, गिटीकुटे  धुलो, वनको चरी वनमै रम्छ, मनको चरी उडेर जाउँ भन्छ ।

कस्ले गाएको ,कस्ले लेखेको होला  ,यात्राको वेलामा गाडीभित्र गुरूजीले वजाएको  यो गीतले मेरो मनलाइ  निकै छोयो । पुसको ८  गते  देखि १० गते सम्मको काठमाडैा जिरी भ्रमण गर्ने चांजोपांजो प्रभात फेरी समूह (मर्निङगवाक गु्प) तीनथानाले अायोजना गरेको थियो ।  नेपाली माटो, पाखा पखेरा, हिमाल र नदीको मायामा रमाउने मेरो मनको चरीले  मलार्इ पनि त्यता तान्यो । तीनथाना मुनालक्लववाट  २६ जनाको ग्रुप यात्रामा चाहिने सामल तामल वोकेर ३० सीटे वसवाट हाम्रो यात्रा शुरू भयो । कोटेश्वर पुग्दा जापानी सरकारले वनाएको अन्तरास्ट्रियस्तरको वाटोमा हाम्रो गाडी हुंइकियो । वाटोको वीचमा रेहेको भाग वीरूवा , क्याकटस,  फूलहरूले ढकमक्क हुनु पर्ने वा त्यतिपनि नसके रंगिन ढुंगाहरूले सजाउन सकिने (विदेशतिर सजाएको देखिएको ) ठाउंमा फोहर थुप्रिएको देख्दा मन चसक्क दुख्यो । यो कामको लागि ठूलो जनशक्तिको अावस्यकता पनि पर्दैन, राज्यको इच्छा शक्ति भए । सडकको  दाँया वाँया राज्यले वनाउनु पर्ने सडक नवन्दा स्थानीयवासीलार्इ समस्या र कुरूप देखिएको  । सूर्य विनायकसम्म पुग्दा अन्तरास्ट्रियस्तरको वाटो संगै हाम्रो सोचाइ र व्यवहार पनि परिवर्तन हुनु अावश्यक छ,  वाटोमा हिंडदा देखिएका व्यवहारले महसुस गरायो ।

सुनकेाशीको तिरमा

कन्चन र सफा अविरल वगिरहेकी सुनकोशी नदीको किनारमा हाम्रो वस रोकियो । त्यही हामीले नास्ता र खाना वनाएर खायैा । एकजना साथीले सुनकोशीमा नुहाए रक्सी खाए पनि लाग्दैन भनेर हंसाउनु भयो । अनि केही साथीहरू सुनकेाशीमा मजाले नुहाउन पनि थाल्नु भयो । काठमाडैाको धुलो धुंवा र हल्ला खल्लावाट टाढा भएर सुनकेाशीकोतिरमा वसेर खाना खाजा खानु पनि छुटैृ किसिमको अानन्द पाइदो रहेछ ।

सुनकोशीको तिरमा खानाकोलागि लामलाग्दै

खाना खाएर हामी ३ वजे हिंड्यैा । दोलालघाट वजार पहिलेजस्तै लाग्यो । मैासमले साथ दिएकोले जाडो गर्मी छैन । चोतारो जान वाटोलार्इ वाँया पारेर हामी अगाडी वढ्यैा । लामो टुरमा हिंड्दा संधै मनमा खट्ने कुरा भनेको यात्रा गर्दा सु अाए जहां मनलाग्यो गाडी रोकेर मल हाल्ने हाम्रो वानी छंदैछ । ठाउंठाउंमा रेस्टरूम सम्वन्धित निकायले वनाइदिने सोच कहीले तिनका वुद्धिमा  अाउला । हामीलार्इ त नानीदेखि लागेको वानी,  विचरा विदेशी पर्यटकलार्इ कति अप्ठेरो पर्दोहोला  । प्राय सवै राजमार्गमा  विदेशतिर ठाउं ठाउंमा यस्ता रेस्टरूम  र अाराम गर्ने थलो विसैानीको व्यवस्था  गरेको हुन्छ ।

खाडीचैारमा भोटेकेाशीमाथिको देालालघाट जाने पुल

कुरा गर्यो कुराकै दुख भने झैं वाटो वांगा टींगा घुमाउरा ,वरालो उकालो  छ तर व्यवस्थित रूपमा कतै संकेत चिन्हहरू रहेका छैनन् । कही कही राखिएका पनि मेटिएका वा वांगीएका , भांचिएका छन् । खाडीचैारको वजारले ठूलो अाकार लिएको छ । मानिसको भिडभाड हरदम देखिन्छ । तातोपानी नपुग्नेका लागि यो वजार चिनिया सामान किन्ने थलोको रूपमा रहेको छ । जे हेरे पनि किनैा किनैा लाग्ने सामान यहां पाइन्छन् ।

भोटेकेाशी

पानीवाट विजुली  निस्कन्छ, पानीवाट सिंचाइ हुन्छ । पानीवाट जलयात्रा गर्न सकिन्छ । पानीले नै मानिसको जिन्दगी वचांउंछ ।तर हाम्रो नेपालमा सुनको रूपमा रहेको यो पानीको प्रर्याप्त सदुपयोग हुन सकेको छैन । यसलार्इ सदुपयो गर्न सके विश्वसामु हामीले दरिद्रभै भिख माग्न र अरूको मुख ताक्नु पर्ने थिएन । नेपाली जनताको जीवनस्तर धेरै माथि उठ्ने थियो ।

भित्रभन्दा वाहिर धेरै

चरिकोटवाट यता अार्इ रहेको यो वसको माथि हुडमा वसेको मानिस देख्दा  जीउनै सिरिंग हुन्छ । वाध्यता अाफनो ठाउंमा होला तर केही भै हाले के दुरदशा होला । मानिसले अाफनो जीवनलाइ किन यती विध्न जोखिममा राखेको होला ।

खाडीचैार वजार

खाडीचैार वजार इन्द्रचोक भन्दा कम भिडभाड छैन । हामीले पनि यात्राको क्रममा कही सुत्न पर्दा सजिलो होस भनेर प्राय सवैले एक हजारमा पाइने सिरक र सोह्रसय देखी दुइहजार पर्ने कम्वल  लियैा । चिनिया सामानले गर्दा थोरै पैसा हुनेले पनि धेरै कुरा प्रयोग गर्न पाएका छैा ।

घाम डुव्दा

खाडीचैारवाट घुम्ती काट्दै विस्तारै उकालो लाग्न शुरू गर्रयो हाम्रो गाडीले । वाटो सांघुरो छ । घुम्ती पछि घुम्ती काट्दै हामी  मुडे वजार  पुग्नु अलि वर डांडावाट पश्चिमतिर अस्ताइरहेको सूर्यको यो दृश्यले हामी सवैलार्इ लेाभ्यायो । गाडी रोकेर, कतिले गाडीवाटै खिचेको यो दृश्य निकै राम्रो लागेको थियो ।     मुडेवजारवाट हामी खरीढुंगा हुंदै  अघि उकालो लागे जस्तै  गाडी अव अोरालो लाग्न थाल्यो । चरिकोट वजार पुग्दा झमक्क भै सकेको थियो । पहिलेको भन्दा वजार निकै ठूलो र कंकि्टका थुप्रो ले भरिएको देखियो ।

पहिलो रातको वसाइ

हामीसंग दोलखाकै एकजना साथी थिए । उनलेनै पहिलो रातको वसाइको व्यवस्था मिलाएका थिए । दोलखा वजारवाट झन्डै १३,१४ किलोमिटर गुडे पछि वल्ल हामी अपर तामाकेाशी जाने वाटोको पानी घाट भन्ने ठाउंमा पुग्यैा । वहाको घर त्यतै नजिकै रहेछ । चैातारोसंगै रहेको काठे होटलमा हाम्रो वसाइ भयो । नैा दश वजिसकेको हुनुपर्छ  भाले काटेर, खाना पकाएर मजाले खायैा । कति साथीहरूले रातको एक वजेसम्म गीत घन्काएर धुलो उडाउने गरी नाच गान गरे । कोही कोठामा कोही मटानमा लस्करै सुतेर रात वितायैा ।

पहिलो रात विताएको होटल

माथिल्लो तामाकेाशी जाने यो वाटो चिनियाहरूले वनाएको रहेछ । वाटो कच्ची ग्राभेल को छ । केही ठाउंमा विग्रीएको पनि देखियो । जे होस कच्ची भए पनि राम्रो छ । वाटो नराम्रो वनाएको भन्दै त्यसभेगका सुस्पा छेमावती,सुन्द्रावती र सुनखानी गाविसवासीहरूले सडकमै रोपाइ गरेको कुरा छापामा पढ्न पनि पाइएको थियो ।    हामी वसेको ठाउंवाट २ घंटा पर सिंगटी भन्ने सानो वजार छ  रे,त्यहाँवाट उता लामावगर छ   । हामी वसेको यो ठाउं    सुस्पा   छेमावती गाविसको पानी घटृ भन्ने ठाउं रहेछ । यो होटल सिवाकोटीले संचालन गरेका रहेछन् ।

त्यही नजिकैको पसलमा भेटिएका भविस्यका कर्णधारहरू

विहानीको सूर्यसंगै ’round देखिएका मनछुने फोटोहरू खिंचे । त्यही नजिकै पसलमा भेटीएका यी भाइवहिनीहरूको फोटोपनि खिचिहालैा । यस्ता थुप्रै छन् तर के गर्नु विजुली नानीले गर्दा यती तैयार पार्न पनि निकै मुस्कील भयो । विहान  हामीलार्इ त्यहांका साथीहरूले तामाकोसी जान निकै कर गरे तर हाम्रो यात्रा जिरीको थियो । त्यसैले विहानै हामी दोलखा भीमसेन मन्दीर तिर  लाग्यैा ।

देवताको ज्ञानीवोका

मानिसले जसोगरे पनि सन्चोमानेर वस्ने यो ज्ञानी वोकासंग हामीसवैले फोटो खिच्यैा । निकै वुढो थियो । यसका कान डेढ फिट भन्दा लामा थिए । खुटृाका नड०हरू लामा र फाटिएर ज्ञानी वोकालार्इ हिंड्नै समस्या थियो ।

दोलखा भिमसेन मन्दिरवाट देखिएको हिमाल

माथिको हिमाल दोलखा भिमसेन मन्दिरको दक्षिणतर्फको वारीको पाटोमा उक्लेर खिचेको हो । यो गैारीशंक हिमाल जस्तो लाग्छ । यति मनमोहक थियो कि अहिले वर्णननै गर्न सकिन्न । मलार्इ हिमाल र हिमालको हिउँ हेर्न पाएपछि अरू केही चाहिन्न । त्यसमा के जादू छ कुन्नी मलार्इ थाहा छैन ।

पहिलो चांदीको सिक्का प्रचलनमा ल्याउने  राजा इन्द्रसिं

दोलखा वजार काठमाडेोभन्दा पुरानो नेवार वस्ती भएको अनुमान गरिन्छ ।  नेपालको इतिहासमा सर्वप्रथम चांदीको सिक्का प्रचलनमा ल्याउने दोलखा अधिपति राजा  इन्द्र सिं देवको शालिक  मन्दिर जाने मूल सडकमै स्थापना गरिएको छ । इन्दसिँ देवले दोलखा छुटैृ राज्य हुंदा विक्रम सम्वत्र १५९० देखि १६०५ सम्म शासन गरेका थिए । त्यस ताका उनले चलाएको सिक्का नेपालको पहिलो सिक्क हो । सो सिक्का हाल छाउनी स्थित सैनिक संग्रहालय र वेलायतस्थित संगहालयमा रहेको छ रे । सिक्का छाप्ने टक्सार भवन जिर्ण  अवस्पाथामा रहेको छ । पार्क भने व्यवस्थित छैन । सायद यसको अैापाचरिक कार्यक्रम वांकीनै छ कि , भित्र जाने ढोकामा पनि ताला लगाइएको छ । दोलखा भीमसेन मन्दिरको जुन महिमा र प्रचार छ त्यस अनुसार मन्दिर क्षेत्रमा गर्नु पर्ने थुप्रै कार्य छन् । दोलखा भीमसेनको कुनै अाकृति छैन । त्यसैले भीमसेन मूर्तिलार्इ  विहान रूद्री पूजा गर्दा रूद्र , वलिपूजागर्दा भगवती र दिउंसो पूजागरिंदा विस्नु मानेर पूजा गरिंदो रहेछ ।

फेरी हिमालकै फोटो

दोलखा भिमसेनमन्दिर ’round घुमिसकेपछि हामी ९ वजे तिर जिरीको लागि दोलखाचोक अाइपुग्यैा । यहांवाट जिरी ५६ किमि रहेछ । हाम्रो गाडीले अलि गति लिएर केही पर पुगेपछि हामीले गैारीशंकर हिमाल देख्न थाल्यैा । गुड्दै गरेको वसको झयालवाट खिचेको यो फेाटो पनि हिमालकै मायाले याहाँ राखेको छु ।

तामाकोशी, सुन्तला वजार

स्वीस सरकारले धेरै पहिला वनाइदिएको यो वाटो निकै राम्रो रहेछ । वाटोमा भेटिने सल्लाहघारी  र धुपीका रूखहरूले यात्रालाइ अझ मनमोहक वनाउंछ । धुलो धुंवा र फोहरको कलंक वोकेको काठमाडैा सहर छोडेर यो वाटोमा अेार्लदा तल तामाकोशी वगिरहेको देखिन्छ भने वस वास मोडैपिच्छे देखिने गैारीशंकर हिमालले हामी सवैको मन मस्तिस्क र अाखा अाफु तिर तानिरहेको हुन्छ । गाडीभित्र  वनको चरी वनैमा रम्छ, मनको चरी उडेर जाउं भन्छ  भन्ने गीत वसभित्र घन्कि रहंदा वस भित्रका सवै स्वरमा स्वर मिलाउंदै थपडी वजार्इ रहेका हुन्छन्  । मेरो मन भने कहिले हिमालमा पुग्छ कहिले तल सुसाइरहेको तामाकोशीसंगै वगिरहन्छ । तामाकोशी वजार पुगेर हामी एकछिन रोकिन्छैा । तामाकोशीको माछा किन्नै नसक्ने झन्डै एक किलोको एक हजार भने । तामाकोशीको पुलमा वसेर सवैलाइ फोटो खिच्न हतार लागिरहेको थियो । हामीले पनि खिच्यैा । तमाकोशी वजारवाट दाहीनेतिर गएको सडक चांही रामेछाप मन्थली जाने रहेछ । नेपाली कांग्रेसका युवा नेता गगन थापालार्इ पनि हामीले तामाकोशी वजारमै भेट्यैा । उनी पनि जिरीतिरै जाने वाटोतिर लाग्दै थिए ।

तामाकेाशीको पुलमा

प्रकृतिले हामीलाइ जापान दिएको छ, अमेरिका दिएको छ । स्वीजरल्यान्ड दिएको छ । के दिएको छैन? । सवै थोक दिएर पनि हामीले यसलाइ चिन्न नसक्दा श्रीखणड खुर्पाको विंड हुन गएको जस्तो लाग्छ ।

तामाकोशी

वस र  ट्रक जिरी सडकमा जुध्दा घाइते भएका मैना पोखरीका वस चालकका समर्थकहरूले जिरी सडक वन्द गराएका कारणा धेरै मानिस यातायातका साधन नहुंदा सडकमा हिंडिरहेका  देखिन्थ्ये । हाम्रो वसमा तामाकोशीवाट २।४ जना यात्रु घुसीहाले ।   हामीले  अानाकानी नगरी लिएर गयैा । उकालोका घुम्ती पारगर्दै हामी डांडागाउं (मैनापोखरी भन्दा वर ) नजिकै वारीको पाटामा वेच्न राखेको खसी किन्यैा । अली पर सडककै छेवमै रहेको पानी ट्यांकीवाट पानी वगिरहेको देखेपछि हामी खाना खान त्यही वस्यैा । त्यो ट्यांकी माता तुलसी देवीको संझनामा छोराहरूले ०६३ सालमा वनाइदिएको रहेछ ।

भात भान्छको तैयारी गर्दै

जिरीसडकको छेवैमा  सवै मिलेर सामुहिक रूपमा पकाउंदै खांदा सारै रमाइलो भएको  लागेको थियो । प्रदिप र तोरणजीको उत्साह र सहयोग भएपछि खाना नास्ताको परिकार त छिनमै पाकेको अनुभव सवैले गरे ।अामाको ुसंझनामा परीवारले वनाइदिएको यो ट्यांकीको तुरतुरे धारोको  पानीले हामीलाइ यही ठाउंमा खाना खान जुराएको थियो ।  स्वर्गीय अामाप्रति हामीसवैले श्रद्धान्जली व्यक्त गर्नै पर्छ । पारिलो घाम तापेर खाना खानुको मज्जानै अर्को थियो ।

जिरी वजार

जिरी गाविसको जिरी वजार । यातायात वन्दको कारण सुनसाननै थियो । जिरीवजार  खाल्टोमै रहेछ । वरीपरी डांडाले घेरेको। दक्षिणतर्फ अली खुल्ला  ।यता तर्फ  जिरी अस्पताल, कृषि फार्म, विभिन्न   प्राविधिक  तालीम केन्द्रहरू रहेको रहेछ ।जिरी वजारमै खासै त्यस्तो अन्य हेर्नलायक त केही देखिएन । गहिरोमा भएकोले हिमाल देख्न सकिदैनथ्यो। वैाद्ध गुम्वा वन्दै रहेछ । १६० वटा ठुला सिंढी उक्लेर माथि वुद्ध रहेको गुम्वामा पुग्यैा । वजारवाट पर स्वीस सरकारकै सहयोगमा खुलेको चीज कारखानावाट उत्पादित जिरीको चिज र दुर्खा खायैा । यो जिरी स्वीजरल्यान्डको जुरिचसंग तुलना गरिन्छ, उस्तै उस्तै छ रे । दुवै ठाउंको  हावापानीका हिसावले पनि मिल्दो छ रे । त्यसैले यसको नाम जिरि रहेको भनिदो रहेछ । जिरीका पुराना वासिन्दामा जिरेल जाति सवैभन्दा वढी ५१ प्रतिशत छन् भनिन्छ । त्यसपछि नेवार क्षत्री र अन्य जातिको वसोवास रहेको छ । २०१४ साल देखि जिरी वहुउदेश्यीय विकास परियोजना मार्फत दोलखाको कृषि,सडक,शिक्षा र ग्रमिण विकासमा सहयोग गरेको कुरा थाहा पायेों ।खाडीचेोर देखि जिरीसम्म १सय १० कि मी सडक र स्वीस सरकारले वनार्इदिएको रहेछ ।’round देखिने डांडाभरीको सल्ला रोप्ने कार्य पनि उसैको सहयोगमा भएको रहेछ ।  केही साथीहरू जिरेस्वर महादेव सम्म पनि पुग्नुभयो ।

जिरी वजारको चिहानडांडा

विहान घामको झुल्कामा लिएको चिहानडांडाको दृश्य । डाडाको माथिल्ला भेगमा घाम परेपछि  देखिएको रमाइलो दृश्य । जिरी वजारमा हामी होटल गैारी हिमाल प्रा.लि मा रात विताएका थियैा । होटलमालिक हाम्रा टिमका साथीको चिनजानका मानिस पनि हुनु हुंदो रहेछ । यो जिरी वजारको पुरानो होटल रहेछ । वस्नको लागि राम्रो व्यवस्था रहेछ । होटल मालिक लिला वहादुर श्रेस्ठ हुनुहुंदो रहेछ । विदाइका दिन सवैलाइ खादा अोढाएर विदाइ गर्नु भएको थियो ।

वजारमा पसलैपिच्छे चारो खांदै हिंड्ने परेवाका वथान

हेाटल अगाडी सामुहिक फोटो खिचाउंदै

सडक वन्द

४।५ गतेको घटना, ७ गते देखिको वन्द र खुल्लाको हल्ला, १० गते फर्कदा मैनापोखरीमा वन्दकर्ताहरूले सडक वन्द गरे । ७ गते देखि वन्द रहेको भनिएको जिरी सडकमा हामीलाइ ९ गते जान दिइयो  । कुनै वन्द थिएन । भोलीपल्ट फर्कनेक्रम स्थानीय प्रहरीसंग वुझ्रदा वन्द छैन भन्ने थाहा पाए पछि हामी विहान ८.३० मा त्यहा अाइपुग्दा सडक वन्द गरे । गोरा छाला भएका केही गोरा पर्यटकलार्इ जान दिइयो । तर हामी अान्तरिक पर्यटक नेपाली भएका कारणा विहान देखि झन्डै पांच वजेसम्म त्यही निरिह भएर वस्नु पर्रयो ।  नजिकै  भव्य प्रहरी थाना भए पनि उनीहरू मुक दर्शक भएर वसेका देखिन्थे । पांच छ वटा गाडीलार्इ विहान देखि वेलुकासम्म रोकेर राखे ।

सडक वन्दको फाइदा उठाउंदै हामीले यही वजार नजिकै  सडककै छेवैमा खाना पकाएर खायैा र ’roundकालार्इ पनि वोलार्इ वोलार्इ अघाउने गरी खुवायैा ।

पर्यटनवर्ष सन् २०११ को सेरोफेरोमा कुनै न कुनै नयाँ ठाउँको भ्रमण अवलोकन त गर्नैपर्छ भन्ने कुरा केही साथीहरूवीच राख्दै अाएको थिए । पर्यटन वर्ष सफलपार्न अान्तरिक पर्यटनको पनि ठूलै हात हुन्छ । सत्यनारायणको पूजा लगाएर  अपुँगो वाढ्नु सटृा , लाखवत्ति वालेर तेल र कपडा वनाउने कपास सक्नु सटृा  वा एक्का र नवाहा लगाउनु भन्दा देश देशाटन घुम्ने कुरामा खर्च गर्नु धेरै वुद्धिमानी  हो जस्तो लाग्छ । यी भए मेरा व्यक्तिगत कुरा । जे होस् अन्ततिरै भए पनि पर्यटन वर्षकै अवधिमा एउटा नया ठाउं ( मेरो लागि ) मा पगियो । जहां पुग्दा नजिकवाट हिमला देख्न पाइयो , हाम्रो अपार सम्पत्तिको रूपमा रहेको नदीनाला , डांडाकांडा हेर्न पाइयो । थोरै भए पनि भैागोलिक ज्ञान म मा वढ्यो ।

यसरी हाम्रो काठमाडैा जिरी सम्मको यात्रा रमाइलैसंग वित्यो ।अस्तु

जय व्लग ।