गाउँको कथा


वत्तीको कारणा अचेल  व्लग चलाएर टाँसो राख्ने जाँगर पनि चलेको छैन । अचेल अाफनो भन्दा पनि वत्तीको समय हेरेर चल्नु परेको छ । लेख्ने मुड चलेकोवेला केही राखि हालु भन्दा पनि यहीनै वाधक वनेको छ । सैार्य वत्ती राख्न सकेको छैन , इन्भटर पनि खै के राख्नु । टुकी वालेर केही गरैा न त भन्यो पटक्कै जाँगर चल्ने हैन । टाँसो निरन्तर गर्नका लागि अाज मैाका छोपेर विश्व प्रसिद्ध साहित्यकार मार्खेजका कथाहरू पढ्दै थिए । पढेका त्यही कथाहरू मध्ये यो गाउँको कथा राखेको छु । मलार्इ त साहै राम्रो लाग्यो तपाइहरूलार्इ कस्तो लाग्छ , हेरेर लेख्न मन लागे यसो केही लेखि दिनु भए अरू कथाहरू पनि अाफना सामाग्री नभएका वेलामा राखैाला । 

गाउँको कथा 

 

एउटा सानो गाउंमा एउटी वुढी अाइमार्इ वस्छिन् । उनका दुर्इ सन्तान छन् । पहिलो १५ वर्षको , दोस्रो १४ । उनी तिनलार्इ खाना पस्किरहेकी छन् र उनको अनुहारमा चिन्ताका धर्सा स्पस्ट देखिइरहेका छन् । छोराहरू उनलार्इ के भो भनेर सोध्छन् । र उनी भन्छिन् ‘मलार्इ थाहा छैन तर मलार्इ पूर्वाभास भइरहेको छ यो गाउँमा नराम्रो संकट अाउनेवाला छ । ‘

छोराहरू अामाको कुरा हाँसोमा उडाइदिन्छन् ।भनाइ नै छ, ज्रे पनि संकट अाउँछ, वृद्धवृद्धालार्इ पहिले नै पूर्वाभास हुन्छ । 

एउटा छोरो पुल खेल्न जान्छ र उ प्वालछेउको क्युवललार्इ निसाना लगाइरहेको  वेला , दोस्रो खेलाडी भन्छ , ‘म एक पेसोको वाजी लगाउँछु, तिमी यो क्युवल प्वालमा पसाल्न सक्दैनैा  ।’

खेलाडीको कुरा सुनेर छेउछाउका सवै हाँस्छन् । केटो पनि हाँस्छ । र, उसले क्युवलमा प्रहार गर्छ तर अचम्म त्यो प्वालमा पस्दैन । केटो हारेकोले एक पेसो चुकाउँछ । र सवैले सोध्छन्-  अाज के भो ? यत्ति सजिलो गेम पनि जित्न सकेनैा । 

केटो भन्छ, पक्कै जित्थे ,तर मलार्इ भित्रभित्र शंका लागिरहेको थियो । ’cause अामाले विहानै भन्नुभएको थियो , लक्षण ठिक छैन । यो गाउँमा ठूलो सँकट अाउनेवाला छ । 

सवै उसको कुरालार्इ हाँसोमा उडाइदिन्छन् । 

एक पेसो जित्ने खेलाडी घर फर्किन्छ । जहाँ उ अाफ्नी अामा,नातिनी या त कुनै नातेदारसित वस्छ । र उसले अघि एक पेसो जितेको कुरा खुसीसाथ सुनाउँछ, भन्छ – त्यो केटो त मुर्ख रैछ । 

‘किन मुर्ख नि ?’

मुर्ख त हो नि । त्यत सजिलो पनि पसाउन सकेन । अाफनी अामाको पूर्वाभासको चिन्तामा रैछ । अामा भन्दैथिन् रे, यो गाउँमा ठूलो संकट अाउनेवाला छ , उसक अामाले त यो पनि भनेकी रैछिन् ,तिमीहरू वुढावुढीको कुरा हाँसोमा नउडाउ, कहिलेकाही त उनीहरूको कुरा सत्य पनि हुन्छ । 

खेलाडको कुरा सुनिरहेकी उउटी नातेदार मासु किन्न जान्छिन् । उनी कसार्इलार्इ भन्छिन्, मलार्इ अाधा किलो मासु देउ, भो काट्नै थालेका छैा, यसो गर ए किलो देउ । अव त के हो  के हो मान्छेहरू भन्दै हिँडिरहेका छन् , यो गाउँमा ठूलो संकट अाउनेवाला  छ ।

कसार्इले मासुको पोको उनलार्इ थमाउँछ ।

जव अर्की वुढी महिला मासु लिन अाउँछिन्, कसार्इ भन्छ किन अाधा किलो, एक किलो नै लैजानुस् । मान्छेहरू भन्न थालेका छन्, गाउँमा ठूलो संकट अाउनेवाला छ । कति मान्छे त खानेकुरा जम्मा गर्न थालिसकेका छन् । 

उनी दुर्इ किलो मासु वोकेर जान्छिन् । कथालार्इ नलम्व्याउन म भन्दिन्छु करिव अाधा घन्टामा कसार्इकोमा भएको सारा मासु सकिन्छ । उ फेरि अर्को गार्इ काट्छ, त्यसलार्इ पनि एकैछिनमा वेचेर सक्छ । अफवाह अझै फैलिंदै जान्छ । र यस्तो समय अाउँछ सारा गाउँ अाउने संकट कुरेर वस्न थाल्छ । मान्छेको मनमा त्रास फैलिँदै गइरहेको थियो, त्यसको परिणाम यस्तो भयो , अकस्मात दिउँसो दुर्इ वजे संधैजस्तो घाम चर्को हुंदै जान्छ । कसैले भनिहाल्छ, कसैले याद गरेको हो , उखर्माउलो गर्मी पो हुन थाल्यो । तर यत्तिको गर्मी त यो गाउँमा अहिलेसम्म भएकै थेन । सधैँ दुर्इ वजेपछि गर्मी त हुन्थ्यो नै तर यत्तिको त हुँदैनथ्यो , जति अहिले छ । 

सुनसान गाउँको खुला चैारमा एउटा सानो चरा अचानक अाएर थपक्क वस्छ । र, मान्छेहरू कराउँछन्, चैारमा एउटा चरा छ । र, भयले भित्रभित्र काँपिरहेको सारा गाउँ त्यो चरा हेर्न अाइपुग्छ । 

तर पाठकवृन्द, चरा त सधैं यसरी नै अाउँछन् । तर ,तर ठिक यही समय अहिलेसम्म अाएका थिएनन् ।

गाउँलेका वीचमा तनाव झन् वढ्दै गयो । र प्राय  सवै गाउँ छाडेर जान व्यग्र हुन थाले । तर छाडेर जाने साहस कसैले गर्न सकेको थिएन ।

मसित हिम्मत छ, को ही कराउँछ , म त यहाँवाट जान्छु ।

अाफना सरसामान , वालवच्चा र घरपालुवा जनावरलार्इ गाडीमा राख्छ र त्यही गल्लीवाट  जान्छ , जहां सारा गाउँका मानिस जम्म भएका छन् ।

यसैवीच अरू मानिस पनि कुर्लन्छन् , यदि यसले हिम्मत देखायो भने म के कम । म पनि छाडेर जान्छु यो गाँउ  । यसरी सांच्चै नै मानिस गाउँ रित्तो वनाउन थाल्छन् । अाफुसित सामान, जनावर , सवै लिएर । गइरहेका मान्छेको पंक्तिको अन्तिम मान्छे कराउँछ के थाहा , अभिसापको असर मैले घरमा त्यत्तिकै छाडेका सामानमा रहिरह्रयो भने । म अागो लगाइदिन्छु ।

त्यसको सिको गर्दै अरू मानिस पनि अाअाफनो घरमा अागो लगाउन थाल्छन् । वलिरहेको अागोका लप्कावीच हँदै मानिस यसरी भाग्न थाल्छन् , मानैाँ,ती ठूलै युद्ध लड्न गइरहेका छन् ।

ती सवैको वीचमा पहिलोपल्ट पूर्वाभास हुने महिला हिँडिरहेकी छन् । र वड्वडाइरहेकी छन्, ‘मैले त पहिल्यै भनेकी हुँ यो गाउँमा ठूलै अापत अाउनेवाला छ, कसैले पत्याएनन् । सवैले भनेका थिए, पागल हुँ म । ‘ 

जय व्लग ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: