अामाको कोखमा नैा महिनासम्म वसेर गर्भवाट जन्मेको दिनलार्इ जन्मदिन भन्छैा । यही दिनलार्इ जन्मदिनका रूपमा तिथी मिति अंकित गर्दछैा । अहिलेका धेरै नानी वावुहरूका लागि जन्मदिनको ठूलो महत्व छ । हरेकले वर्थडे कहिले र कुन दिन पर्छ भनेर कन्ठै पारेका हुन्छन् ।वर्थडे अाउनु कति महिना अघि देखिनै अाफना अामा वावुहरूलार्इ जन्मदिन मनाउने वारे सम्झार्इ रहेका हुन्छन् । ह्यापी वर्थडे टू यू भन्ने गीत सवैका मुखमा झुन्डिएको पाउंछैा । तर हाम्रो पालामा केटाकेटी छंदा जन्मेको तिथी मिति समेत अाफैलार्इ थाहा हुंदैनथ्यो । मैले त दश कक्षाको परीक्षा दिन फर्म भर्नुपर्दा मात्र जन्मेको तिथी मिति राम्ररी थाहा पाएको हो ।
अहिले संचार क्षेत्रमा अाएको क्रान्तिसंगै फेसवुक भन्ने जादुमयी चिज अाएको छ । साँच्चै भन्ने हो भने फेसवुकले मलार्इ ५१ वर्षको उमेरतिर मात्र पत्याएको हो । त्यसैले फेसवुकसंग मेरो नाता सन् ०७ तिर मात्र जोडिएको हो । यो सँग नाता जोड्दा यसलार्इ अाफनो नालीवेली सहित अामाको गर्भवाट निस्किएको तिथी मिति दिनु पर्ने रहेछ । त्यतिवेला मलार्इ अाफनो उमेरमा दश वीस वर्ष घटाएर फेसवुक तन्नेरी देखु जस्तो पनि नलागेको हैन तर त्यसो गरीन जे हो त्यही लेखिदिए।
दिमागमा जन्मेका विचार कम्प्युटरका किवोर्डका माध्यमवाट धेरै मानिसहरू समक्षा पुराउन सकिने , मनको वह पोख्न सकिने, धित मरून्जेल लागेको कुरा लेख्न सकिने । विना सेन्सर अाफनो अभिव्यक्ति पोख्न सकिने हुंदा फेसवुक नामधारी वस्तुले नेपालमा पनि फड्को मार्दैछ । भनिन्छ नेपालमा अहिले फेसवुक चलाउनेको संख्या १२।१४ लाखको हाराहारीमा पुगि सके रे । यसले संसारलाइ पनि साँघुरो र खुम्च्यार्इ दिएको छ । मानिसको दिनचर्यालार्इ पनि परिवर्तन गरिदिएको छ । अचेल त फेसवुक एउटा फेसननै भएको छ । केटा केटी युवा युवती , प्रैाढ समेत फेसवुकसंग नाता जोड्न लागि परेका देखिन्छन्र ।
गुगल क्रोममा फेसवुक टाइप गरेर भित्र छिरेपछि फेसवुक साइटमा अनलाइन फेसवुक फ्रेन्डहरू देखिन्छन् । मनलागेहरूसंग क्लीक गर्दै च्याट गर्न पाइने । फोटो हेर्न मिल्ने, फोटो देखाउन मिल्ने । साथी वनेका सवैलार्इ अफ लाइनमै म्यासेज दिएर झकझक्याउन सकिने । अनलाइनमा भेटिएकासंग दोहोरो कुरा गर्न सकिने , मुखै देखाएर हेराहेर गरेर कुरा गर्न सकिने । लेख्न पाएको छैन सात समुन्द्रपारीकाले जवाफ दि हाल्न सकिने गजवको छ यो फेसवुक । हटमेल र याहुमा मेल गर्न पाउंदा चिठृी लेख्न गाह्रो लागे झैँ फेसवुक चलाउन पाउंदा अव त मेल लेख्न पनि अल्छी लाग्न थालेको छ ।
माथिनै भने सालनाल सहित वाहिर निस्किएको तिथी मिति यसलार्इ टिपाएको थिए । कस्तो संझना शक्ति यसले विर्सिएको रहेनछ । सन् ०११ मा फेसवुकले मेरो ५६ अैा जन्मदिवस धुम धामसंग मनाइदियो । ४५ जना भन्दा वढी चिनेका , नचिनेका नजिकका टाढाका साथीहरू अाफन्तहरूवाट जन्म उत्सवको हादिर्कताले भरिएको वधार्इ अाए । त्यसदिन मेरो खुसीको कुनै सिमा रहेन । त्यसो त अघिल्लो वर्ष ५५ मा उक्ले भनेर पोस्ट गर्दा त्यस्तै १२।१५ जनाले सँझिएका थिए होलान् । ५६ वर्षको उमेरमा मेरो जन्मउत्सव फेसवुकले मनाउने चाँजो पाँजो मिलार्इ दिएकोमा भित्री मनदेखिनै मैले फेसवुक भन्ने जिनिसलार्इ मुरी मुरी धन्यवाद दिए । घर परिवारको कुरा परै राखो , म अाफैलार्इ अाफनो ५६ अैा जन्मदिन वारे केही थाहा थिएन । कम्प्युटर खोलेर फेसवुक भन्ने जादूमयी जिनिसमा पस्दा पो म अचम्म मै परे । दुर्इ तीन दिनसम्म अाएका जन्मउत्सवको वधाइ र फूलगुच्छा अनि लोभलाग्दा केकहरू र चिरपरिचित मानिसको भावनाहरू कम्प्युटरमा पोखिएको देख्दा म वुढोको मन कस्तो भयो होला कल्पनै गर्न सक्नु हुन्न । मैले कति दिनसम्म जन्मदिनका वधार्इ दोहोरार्इ तेहरार्इ पढेको थिए । यतिका साथीहरूले जन्मदिन संझेर वधार्इ दिहएको कुरा मैले लुकार्इ छिपाइ राख्न सकिन । केटाकेटीलार्इ सुटुक्क भनेको कुरा चुहिएर मेरी वुढीसम्म पुगेछ र उसले पनि विहानै ह्यापी वथर्डे भन्न पछि परिन । फेसवुक भन्ने जिनिसले गरेको यो चमत्कारका लागि फेसवुकका जन्मदाता मार्क जकरवर्गलार्इ मेरो मन मनले मुरी मुरी धन्यवाद दियो ।
मेरो वा अामाले कहिले पनि मेरो जन्मदिनवारे केही गरेको जस्तो मलाइ लाग्दैन । वरू उता ठूलो अामाले भने अाफनो छोरा छोरी मध्ये छोराहरूको जन्मदिनका दिन वाहुन वोलाएर पुजापाठ र ग्रह शान्ति गर्न पछि पर्नु हुन्नथ्यो । हुन त म जन्मदिन मनाउनु पर्छ भन्ने धारणा राख्ने मान्छे होइन । त्यसैले त्यतिवेला वहांले गरेको ती काम फजुलका जस्ता लाग्दथे ।
५६ वर्ष टेकेको दिन वेलुका घर पस्दा घरमा ठुलै केक जादूमयी ढंगले अाएको कुरा सुन्दा म अक्क न वक्क ,छक्क परेको थिए । सातसमुन्द्रपारी रहेको छोराले सरप्राइज दिन भनेर अाफना साथी मार्फत केक घरसम्म अाउने चांजो पांजो मिलाएको रहेछ । यो पनि फेसवुककै करामत थियो । मैले यस वर्ष फेसवुकमा जन्मदिन वारे कुनै टांसो सम्म राखेको पनि थिइन । धन्य फेसवुक, म अाफुलाइ अाफनै जन्मदिन थाहा नहुने ववुराकालागि मेरै नाम लेखेको वर्थडे केक देख्न पाउंदा ५६ वर्ष पार गरे पनि भर्खरै ३६ वर्ष को तन्नेरी जस्तै लाग्यो । यो नै जीवनको पहिलो केक कटाइ थियो मेरो । धेरै पटक त म अाफनो जन्मदिन गएको कति दिन पछि मात्र थाहा पाउंथे ,र लाग्थ्यो म त जीवनका यति धेरै वर्ष पार गरिसके छु ।
फेसवुकले यति मोहनी लगाएको छ कि वत्तिको लाइन छ र नेट पनि चलेको देख्यो कि नयां दुलहीको घुम्टो उघारेझैं ल्यापटप खोली हाल्न मन लाग्छ । अाफुले राखेको फोटो अनि मन भित्रका पोखिएका तरंगमा कसकसको अाखा लाग्यो अनि लाइक वा कमेन्ट गरे भन्ने कैातुहलताले मन सताइ रहन्छ । काम नभएर घरकै चोटा कोठा तल माथि गरेर समय विताउने हामी जस्तालाइ त रमाइलो साथीनै वनेको छ ।
मेरो अामाले नातीको भने जन्मतिथी कन्ठै पार्नु भएको थियो । त्यसदिन ’roundका कन्यकेटीहरूलार्इ वोलाएर दुनामा दही च्यूरा , केराउका गेडा , मुलाका टुक्रा अादि राखेर टिका लगाउंदै दक्षिणा दिनु हुन्थ्यो अनि पिंढीमा रहेको फलैंचामा वसालेर खुवाउनु हुन्थ्यो ।
अार्थिक दुरावस्थाका कारणले होला हामी नेपालीले अाफनो र अरूको जन्मदिन मनाउने कुरालार्इ त्यति महत्व दिएका छैनेो । नेपालवाट वाहिर पुग्दा भने जन्मउत्सवको ठूलो महत्व हुंदो रहेछ । जचाउनजांदा वा जचाएर अैाषधी लिंदा जन्म मिति नसोधी अैाषधी पनि दिंदा रहेनछन् । काम गर्ने ठाउंमा पनि काम गर्ने सवैको जन्ममिति कहिले कहिले पर्ने हो क्यालेन्डरमा भर्दा रहेछन् । वधाइ र उपहार दिन सोधी रहन नपर्ने रहेछ । त्यसैले एक पटक सात समुन्द्रपारी रहेको छोराले जन्मदिनको दिन सम्झनु पनि भएन ,कति धेरै साथीहरूले संझे भनेर फोनमा दुखेसो गरेको कुरा पनि मनासिवै लाग्यो ।
धन्य छ फेसवुक, धन्य मार्क जकरवर्ग , अाफना मनका वह अरू छेउ र अरूका वह अाफु छेउ ल्याइदिन्छस् ।सारा संसारभर जो जहां सुकै रहे पनि, धनी गरिव ,सानो ठूलो केही नभनी, कुनै सिमाना र पर्खाल ,छेकवारको परवाह नगरी अाफन्तलाइ भेटाउन , अनुहारै देखाएर कुरागराउन, संसार देखाउन सक्ने फेसवुक भन्ने जिनिस तंलार्इ मेरो मुरी मुरी धन्यवाद ।
जय व्लग ।