Archive for जुन, 2012

संविधानसभा र संविधान

जुन 5, 2012

भनिन्थ्यो एक जुगमा एक पटक अाउंछ । ६० वर्ष अघिदेखि गणतन्त्र र संविधानसभाको मुद्धा उठेपनि ०६२।०६३ को दोस्रो जनअान्दोलनवाट प्राप्त  भयो तर यसलार्इ संस्थागत गर्ने कुरामा हाम्रा नेता फेरी पनि चुके । यो अान्दोलनवाट प्राप्त उपलव्धीनै जनताका लागि जनता स्वंयमले अाफनो संविधान वनाउने थियो । एतिहासिक र समावेसी भनिएको संविधान सभाका महंगा सभासदहरूवाट दुर्इ वर्षमा राम्रो र हाम्रो सवैको संविधान  दिन नसकेकोले अाफनो अायु थप्दै चार वर्ष पुग्यो । ६०१ सभासद् संविधान वनाउन चुनिए पनि ४  पार्टीका केही नेताहरूको हालीमुहाली मात्र भएको सवैले महसुस गरे । सभासदहरू कसैले पनि पार्टी भन्दा माथि उठेर संविधान वनाउन विशेष खवरदारी वरोवर गरेनन् , यो उनीहरूको ठूलो कमजोरी थियो । संविधान वनाउन रातोदिन खटिएर नसकिएको पनि होइन । कामै नगरेर वा गर्न नखोजेर नसकिएको भन्ने जगजाहेरै छ  । सत्ता स्वार्थमा मात्र डुवे । संविधानसभाको एकमात्र एजेन्डा संविधान हुन सकेन । सवै पार्टीमा राजनेताको कमि कमजोरी देखियो । निकास कसरी दिने , कसरी समस्याको समाधान गर्ने दलहरूवीच व्यापक छलफल हुन सकेन । नेताहरूले पनि पदमा पुगेर स्वार्थवाट टाढा र उदाहरणीय रूपमा प्रस्तुत हुन कन्जुस्यार्इ गरे । सुविधा र लिने  खाने  कुरामा कोही पछि परेको देखिएन ।

जेठ १४ गते, ६ महिना अघि देखिनै अन्तिम समय भन्ने थाहा हुंदा हुंदै पनि वल्ल ०६९ वैशाखको अन्ततिरवाट गहन छलफलमा जुटे । अाफनै डम्फु वजाउदै हिडेका नेताहरू भित्र एउटा कुरा र वाहिर अर्केा कुरा गर्न थाले ।  यस अवधिमा एउटै टेवलको वसाइले केही उपलव्धी भएकै हो । यस्तो काम धेरै अघिवाट हुनु पर्ने थियो । जेठ १४ गतेका दिन अन्तिम घडीसम्म नेताहरूले संविधान , अाएका विभिन्न विकल्पभित्रै रहेर गर्नेछन् भन्ने सवैले अाशा एवं विश्वास  लिएकै हुन् । मिल्यो मिल्यो भन्दा भन्दै माछो माछो भ्यागुतो भने झै भयो । जेठ १४ गते विहानै देखि सवैका ध्यान रेडियो टीभिमै थियो । चार वर्ष पछि संविधान जारी हुने समयमा कोही एकल जातिय प्रदेश भन्छन्र , कोही वहुजातिय प्रदेश भन्छन् । सुनियोजित ढंगले चालिएको गाटी यसैलार्इ मूल कुरो वनाएर रोकियो ।  त्यस दिन संविधानसभा भित्रै सभासदहरूले नारा जुलुस  पनि गरे ।  नेपालीका वुद्भि पिछे भने झैं । ८ घंटा समय वांकी हुंदा नेताहरूलाइ खवरदारी गर्दै नारा र कोणसभा जस्तो गरे , कोठे सभा मन्दैनो । संविधानसभावाटै निकास निकाल , हामी तिमीहरूका दास हैनैा । संविधान नदिने नेता मुर्दावाद , वालुवाटार वा सिंहदरवारमा गरेको वार्ता मान्दैनो , जस्ता नारा घन्केको सुन्दा हांसो पनि उठ्यो । यती वुद्धी समयमै अाएको भए संविधान नअाउने कुरै थिएन ।

संविधान नअाउनुमा दोषा त सवैको छ नै । तर अन्तमा माअोवादीको साथ पाएको मधेशी मोर्चा र मधेशी मोर्चाको साथ पाएको माअोवादीको हरकत ज्यादा देखियो । अहिले सम्म भएका कुरालाइ लिपिवद्ध गरेर वांकी विवादित मुद्धाकालागि लड्दै जानु पर्ने उत्तम उपाय नरोजेर ,केही समय थपेर वा रूपान्तरित संसद वनाएर वांकी काम त्यसैले गर्नेगरी अघि नवढेर, वा संविधान ल्याउने उदेश्यका साथ संकटकाल लगाएर केही समय थपेर ल्याउन सक्ने उपाय को वाटो निलएर ,प्रजातान्त्रिक वाटो भन्दै ,हालसम्मको कामलाइ सून्यमा परिणत गरेर, कसैले पनि नमागेको चुनावको वाटो लिएर देशलाइ फेरी भड्कालोमा हाल्ने अस्थिरता सृजना गर्ने काम माअोवादीवाट भएको छ ।

सहमति विना  केही कुरा हुनै नसक्ने अवस्थामा एकलकांटे रूपमा एक्लै घोषणा गरेको चुनाव हुन सक्ला  ? चुनावका लागि ठडिएका संवैधानिक जटिलता वारे छलफल नगरी एक्लै चुनाव घोषणा गर्नु नै सत्तामा वसीरहने उपाए हो । अनि  फेरीहुने भनिएको संविधानसभा निर्वाचनवाट अाएकाले संविधान वनाउंछन् भन्ने के ग्यारेन्टी । अनि प्रधानमन्त्री छान्ने १७ पटकको खेल जस्तै चुनावै मात्र गराउने र देशमा भांडभैलो कायम राख्ने , देशलाइ सोमालिया वनाउने कार्य हुंदैन भन्न सकिन्न ।

संघिय प्रदेशका कुरामा पनि ६ देखि १५ का कुरा अाएकै हो । माअोवादी अाफैले पनि ६ देखी ८ प्रदेशको कुरा ल्याएकै हो । उसका चुनावी घोषणापत्रमा भएको १३ प्रदेशको कुरा पनि उ नमान्ने। उसले पहाडमा ८ र तराइमा ५ प्रदेश वनाउने जनतामा वचन गरेको थियो । अहिले सत्ताकालागि मधेशीमोर्चाले २ प्रदेश भन्दावढी मान्दैनेो भने पछि उ  उसकै लागि सति जान तयार भएको देखिन्छ ।  ११ प्रदेशमा सहमत सवै भएकै हुन् । निर्णय गर्ने अनि भोलीपल्टै कुरा फेर्ने  रोग माअोवादीमै वढी देखियो । संविधान अाउनु केही दिनका घटनाले अवका दिनमा जातीय अान्दोलन नचर्केला भन्न सकिन्न । माअोवादीले सवै पार्टीभित्र यही गोटी चलाउन सुरू गरे जस्तो लाग्छ । संविधान अाउने अन्तिम समय सम्म कान्तिपुर र अरू विभिन्न टीभि च्यानल हेर्दै  मनका भावना कागजमा कोरेको हुं । कान्तिपुरका समाचार वाचक विजय पेोडेलले प्रधानमन्त्रीको पत्रकार सम्मेलन हेरेर समाचार वाचन गर्दा खुइय…. सास फेर्दै वढो निरास भएर समाचार वाचन गर्दा मेरा अाखामा भने अाशु  टिलपिल भै रहेको थियो । के गर्नु सवै जनता  सचेत र जागरूक नहुन्जेल,इमान्दार र नैतिकवान नेता हामीले नपाउन्जेल , अरू के नै गर्न सकिन्छ र । गर्ने त फेरी यीनैले हुन्।

२०६९ जेठ १४ ,वाह्ववजेपछि