व्लगलार्इ निरन्तरता दिनु चानचुने कुरो रैनछ । सुरूमा कति लेखैाला जस्तो लागेको थियो तर जीवन हो कहिले कांही वरालिदो रहेछ । फेरी मनलाइ तानतुन पार्दै व्लग खोल्छु संधै जसो उही वासी कुरा , टासो राख्न नपाएकोमा थक थक लाग्छ । वासी कुरामै भए पनि दैनिक शुभचिन्तक साथीहरूको माया प्रेम पाउंदा भने अानन्द पनि लाग्छ । अव फेरी म निरन्तर मनका कुराहरू तपाइहरू समक्ष राख्ने छु । प्रिय पाठकहरू तपाइको माया ममता भने पाइरहु र यसो निदाएको जस्तो लाग्दा भने झकझकाइ दिन पनि विनम्र अनुरोध गर्दछु । जय व्लग ।
पशुपति वृद्धश्रमवाट निस्कने स्मारिका २०६८ मा वालकको जस्तै वुढावुढीको हेरचाह शिर्षकको मेरो लेख छापिएको थियो । त्यसवापत पाएको लेखकस्ववाट तीनवटा पुस्तक खरिद गरे, पहिलो कर्णाली व्लुज,दोस्रो नयराज पाणडेको लू, तेस्रो नारायण ढकालको शोकमग्न यात्री । पहिलो कर्णाली व्लुज , वुद्धिसागरको पढे । अति सरल भाषामा ,वोलीचालिकै भाषामा, नैा दिन वावुलार्इ अस्पतालमा कुरूवा वस्दा सुरू भएका घटनाको सेरोफेरो वढ्दै जांदा ३७४ पेजको उपन्यास तैयार भएको छ । उपन्यास पढ्दा अव के होला भन्ने जिज्ञासा सुरू देखि अन्तसम्म लाग्छ । अन्तमा विरामी वावु कोहलपुरवाट सुर्खेत गएर उपचार गर्ने धेाखो संगै उपन्यास तुरिन्छ ।
उपन्यासमा समाजमा देखिएका विकृति िविसंगतिले जस्ताको तस्तै ठाउं पाएका छन् । िथोपरिएका शव्दजाल , सिंगारिएका र कृतिम शव्द नभै सुदूरपश्चिमी क्षेत्रमा वोलिने जनवोलीलार्इ जस्ताको तस्तै विभिन्न पात्रवाट उतारेर उपन्यास मिठास भएको छ । पश्चिमका थारूले वोल्ने थारू भाषा ,मटारे देखि कटासे सम्म वोलिने भाषा र कालिकोट पुग्दा सम्मका भाषाले उपन्यासलार्इ मिठास वनाएको छ ।
सुदूरपश्चिमको दुख पूर्णा जीवन र गाउले भाषा , वोली चालीलार्इ जस्ताको तस्तै राख्न सक्दा पनि राम्रो उपन्यास वन्दो रहेछ भन्ने उदाहरणा यही उपन्यासले दिएको छ । उपन्यासमा पोखिएका विम्वहरू मिठा ,हंसाउने , रूवाउने र हृदय छुने खाल्का छन् । उपन्यास पढ्दा लाग्छ वुद्धिसागरका वाल्यकाल देखि युवाअवस्थाका अाफनै कथा व्यथा हो जस्तो लाग्छ। हाम्रो समाजमा एउटा वावुले छोराको लागि गर्ने कर्तव्य पोखिएको पाइन्छ ।