Archive for सेप्टेम्बर, 2012

उपेक्षित छन् पुस्तकालय

सेप्टेम्बर 25, 2012

 

विक्रम संवत् १८६९ भदेो १५ मा तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले लालमोहर जारी गरेपछि नेपालमा पुस्तकालय स्थापना भएको थियो । तसर्थ नेपालमा पुस्तकालयको इतिहास अाज दुर्इ सय वर्ष पुगेको छ । यही इतिहासलार्इ ढिलै भए पनि सम्झेर नेपालले २०६५ भदेो १५ गते  सवैका लागि पुस्तकालय भन्ने नारासहित प्रथम पुस्तकालय दिवस मनायो । अाज हामी पाँचेो पुस्तकालय दिवस भव्यताका साथ मनाउन गर्इरहेका छेोँ । यसको मूल नारा ” पुस्तकालय जाअेो पढ्ने वानीको विकास गरेोँ  ” भन्ने रहेको छ । पुस्तकालय दिवस मनाइरहँदा सवैको पहुँचमा पुस्तकालय कसरी पुरयाउने भन्ने कुरा नै महत्वपूर्ण हुनेछ । प्रथम पुस्तकालय दिवसको नारा पनि यसैमा केन्द्रित  थियो तर व्यवहारमा सवैका लागि पुस्तकालय भन्ने नारा सार्थक हुन सकेन ।

शिक्षाको उज्यालो घामवाट कोही वन्चित हुन नपरोस् भन्ने पवित्र भावनालार्इ साकार पार्ने हो भने नेपाल सरकारले गाउँ गाउँमा सार्वजनिक पुस्तकालय सन्चालन गर्न प्रेरित गर्ने कार्यक्रम ल्याउनु जरूरी छ । हाम्रो जस्तो करीव ६० प्रतिशत अशिक्षित जनसंख्या रहेको देशमा राज्यका तर्फवाट पिरामिड वनोटका अाधारमा अाधरभूत तहसम्म पुग्ने गरी सार्वजनिक पुस्तकालय संचालन हुनु अावशयक छ । केन्द्रीय पुस्तकालय मातहत एक गाउँ एक पुस्तकालय र हरेक नगर क्षेत्रमा कम्तीमा ४।५ स्थानमा सार्वजनिक पुस्तकालय संचालन हुने व्यवस्था गर्नु अनिवार्य भइसकेको छ ।

राणाकालपछि विभिन्न शिक्षासेवी चेतनशील वर्गको प्रयासमा खुलेका ग्रामीण पुस्तकालय अार्थिक अभावका कारण र व्यवस्थित रूपमा संचालन हुने पद्धति नभएकाले प्रायः सवै वन्द अवस्थामा पुगेका छन् । राज्यले अहिले पनि यस क्षेत्रतर्फ  कुनै ठोस योजना वनार्इ प्राथमिकता दिएको देखिदैन । त्यस्ता पुस्तकालयले समाज परिवर्नका लागि ठूलो भूमिका खेलेको हामीले विर्सनु हुँदैन ।

सरकारले अहिले देशव्यापी रूपमा संचालन गरेको अनेोपचारिक शिक्षा कार्यक्रम अादिले प्रत्येक गाउँटोलमा पढ्न चाहने महिलाहरूको एउटा जमात तयार भर्इसकेको छ । उनीहरूले सिकेका कुरालार्इ निरन्तरता दिन उपयुक्त पुस्तकको अावश्यकता पर्दछ । यसरी हरेक गाउँमा सार्वजनिक पुस्तकालय सरकारसमेतको सहभागिता रहने गरी खुल्ने हो भने साक्षरता कक्षामा सहभागी हुनेदेखि गाउँ नगरमा रहेका युवायुवती, प्रेोढ तथा वालवालिकहरूले अाफनो रूचि अनुसारको पुस्तक पत्रपत्रिका अादि पढ्न पाउने थिए । पुस्तकालयले अध्यनशील व्यक्तिलार्इ सम्वद्ध चेोतर्फी ज्ञान लिन सघाउ पुरयाउँछ । स्कुल पढ्ने सवै तहका विध्यार्थीले त अझ विध्यालय वन्द भएको समयमा पुस्तकालयमा वसेर वा घरमै पुस्तक ल्याएर अध्ययन गर्ने वानी वसाल्न सक्दथे ।

अध्ययन गर्ने ठाउँहरूमध्ये विध्यालय र पुस्तकालय दुर्इ महत्वपूर्ण क्षेत्र हुन् । ज्ञान हासिल गर्ने दृस्टिले यी दुवै ठूला स्रोत हुन् । त्यसैले हरेक विध्यालयमा पुस्तकालय रहनु अावश्यक छ । तर व्यवहारमा सरकारी वा निजी क्षेत्रका नाम चलेकै विध्यालयमा पनि पुस्तकालय विध्यार्थीका लागि सर्वसुलभ रहेको पाइँदैन । त्यसमाथि पनि पुस्तकालय भएका सरकारी विध्यालय एकदमै न्यून छन् ।

विध्यालय पढ्ने वालवालिका तथा छात्रछात्राको ज्ञानको भणडार फराकिलो पार्न उनीहरूलार्इ पाठ्यक्रमका अतिरिक्त विविध ज्ञानको अावश्यकता पर्दछ । त्यसका लागि यथेस्ट पुस्तकमा उनीहरूले रमाउन पाउनुपर्दछ । अहिले प्रेोढ , युवायुवती तथा वालवालिकाले अाफना फुर्सतका समय पसल चोक र वाटोघाटोमा जमघट भएर समय विताउन वाध्य भएका छन् । अाफनो गाउँ तथा नगरमा व्यवस्थित सार्वजनिक पुस्तकालय सर्वसुलभ हुने हो भने तिनीहरू निश्चयनै ढिलो चाँडो त्यहाँ पुग्छन् । पुस्तकालयमा रहेका विविध विषयका पुस्तकको अध्ययनवाट अाफनो क्षमता विकासको साथै अेोपचारिक अध्ययनमा समेत टेवा पुग्ने थियो । त्यस वाहेक पत्रपत्रिका मार्फत  देश विदेशमा भइरहेका घटनावारे थाहा पाउन सजिलो हुने थियो ।

पुस्तकालय र पुस्तकको महत्व वताउँदै जनस्तरवाट स्थापित पहिलो सार्वजनिक पुस्तकालय पाल्पाको धवल पुस्तकालयमा २००९ साल चैतमा पुगेका महाकवि देवकोटाले त्यहाँ रहेको अागन्तुक पूस्तिकामा लेख्नुभएको थियो   “…..पुस्तकालय प्रकाश केन्द्र हो । नमरोस्, निभ्न नपरोस् । यसलार्इ विशाल स्वरूप लिएर फैलाउनु शाखा प्रशाखा खोल्न लगाउनु, भरिभराउ गराइदिनु र यसलार्इ पोषण दिनु प्रत्येक नेपाली नागरिक लेखक , देशमक्त र अधिकारीको परम कर्तव्य हो । ” त्यस्तै पुस्तकालयको महत्व दर्शाउंदै एउटा लेखमा मनुव्राजाकीले लेखेका छन्  ” मेरो गाउँ र शहरका प्रत्येक छेउ कुनामा रक्सी भटृी थिए । ती ठाउंमा घुम्दा घुम्दै मलार्इ रक्सी पिउने वानी वस्यो । अनि म रक्स्याहा भएँ । ती ठाउँमा पुस्तकालय र पुस्तक पसलहरू भइदिएका  भए अाज म एकदम वेग्लै हुन्थे होला ।” त्यसैले पुस्तकालयको व्यापकताले एउटा सुयोग्य र चेतनशील नागरिक वनाउन ठूलो सहयोग पुरयाउने कुरामा दुर्इमत रहँदैन ।

राज्यले एक गाउँमा एक पुस्तकालय र हरेक नगरपालिका क्षेत्रभित्र सवैलार्इ पायक पर्ने गरी ४।५ स्थानमा पुस्तकालय रहने अवधारणा ल्याउने हो भने निश्चय नै यसले निरक्षर र अशिक्षित वर्ग जसलार्इ राज्यले साक्षर  वनाउने कार्यक्रममा ठूलो लगानीका साथ सहभागी गराइरहेको छ ती र सवै शिक्षित वर्गलार्इ पनि फाइदा पुग्ने देखिन्छ । भनिन्छ – वाली लगाउन छ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलार्इ शिक्षित वनाएर सफल नागरिक वनाउन एक सय वर्षको योजना वनाउनुपर्छ । हुन त अाज र्इ . पुस्तकालयको अावश्यकता र माग वढिरहेको अवस्थामा अव ढिलै भए पनि राज्यले गाउँ गाउँमा पुस्तकालय पुरयाउने योजना वनाउनुपर्दछ । त्यसैले हरेक गाउँ र नगरका वडामा रहने सार्वजनिक पुस्तकालयका लागि गाविस वा नगरपालिकाका वडामार्फत रकम प्राप्त हुने गरी पहिलो वर्षमा अावश्यक केही रकम र पछिल्ला वर्षमा प्रत्येक साल एक ।दुर्इ लाख रकम मात्र नियमित विनियोजित हुने हो भने यसले शिक्षाका क्षेत्रमा एउटा दूरगामी प्रभाव पार्ने देखिन्छ । मानिस शिक्षित र चेतनशील नभर्इ समाजको विकास अघि वढ्न नसक्ने भएकोले शिक्षामा सवैको अिधकार भन्ने नारालार्इ साकार पार्न पनि गाउँ गाउँमा पुसतकालय खुल्नु नितान्त अावश्यक छ । पुस्तकालय मानिसको वेोद्धिक विकासको कोणवाट अति महत्वपूर्ण छ ।

अहिले भएका रास्ट्रिय पुस्तकालय पनि सर्वसाधारणको पहुँच पुग्ने स्थानमा नभएकाले अाम मानिसले त्यसवाट फाइदा लिर्इ ज्ञान अार्जन गर्न सकिरहेका छैनन् । सार्वजिक पुस्तकालय सवैको पहुँच पुग्ने र मानिसहरूको जमघट हुने थलोको अासपास हुनुपर्दछ ।  यसो भएमा सामान्य मानिसदेखि पढेलेखेका शिक्षित मानिसहरूले त्यसको प्रयोग अधिकतम गर्न सक्छन् । कसैलार्इ पर्खन एक दुर्इ घन्टा विताउने समय पनि पुस्तकालयमा वितार्इ भेटघाट गर्ने थलो वनाउन सक्छन् । काठमाडैोको हकमा न्यूरोडको भूगोलपार्क , रत्नपार्क जस्ता ठाउँमा सुविधासम्पन्न प्रयाप्त अध्ययन कक्षहरू भएको केन्द्रीयस्तरका सार्वजनिक पुस्तकालय हुने हो भने यो सवैका लागि हुन सक्छ ।

हाल रहेको रास्ट्रिय पुस्तकालय २०१३ सालमा सरकारले राजगुरू हेमराज पाणडेको निजी पुस्तकालय किनेर  हिजो  रास्ट्रिय पुस्तकालय स्थापना गरेको हो । अाज ठाउँका हिसावले अाम जन समुदायका लागि भन्दा पनि देखाउने कुरामा मात्र सीमित हुन पुगेको छ ।

सुयोग्य र शिक्षित नागरिक उत्पादनका लागि विकसित मुलुकले पुस्तकालयलार्इ ठूलो महत्व दिइएको पाइन्छ । जनसंख्याको हिसावले २४ अैा राज्यमा पर्ने अमेरिकाको एरिजोनाको टुसान शहरमा झन्डै दुर्इ वर्ष विताउने मेोका पाउँदा त्यहाँ ठुला र ससाना गरी विभिन्न ठाउंमा २१ वटा पुस्तकालय रहको पाएको थिएँ । ती सवै पुस्तकालयमा केटाकेटीका लागि पनि अावश्यक पुस्तकको व्यवस्था गरिएको रहेछ । त्यस्तै जापानमा सानो उमेरमै वालवालिकालार्इ वावु अामाले पुस्तकालयमा पुरयाएर पढ्ने वानी वसाइन्छ । जापानमा वढीमा २० मिनेटको दूरीमा एउटा पुस्तकालयको व्यवस्था छ । पुस्तकालय तथा सूचना सेवा रास्ट्रिय नीति  २०६४ मा अाम नागरिकमा सूचना स्रोतमा पहुँच पुरयाउन पुस्तकालय र सूचनाकेन्द्र गाउँदेखि  केन्द्रसम्म अनिवार्य स्थापना तथा संचालन गर्नु रहेको छ । अतः नेपालमा सरकाले एक गाउँ एक पुस्तकालयको अवधारणा वनार्इ त्यसलार्इ कार्यान्वयन गरे यताउता भेोतारिरहेका युवा पुस्ता, अनेोपचारिक शिक्षामा सहभागी खासगरी महिला र अन्य सवै वर्ग लाभान्वित भर्इ पुस्तकालय सवैका लागि ज्ञान अार्जन गर्ने थलोका रूपमा विकास हुनो थियो । राज्यले पुस्तकालयमा गरेको लगानीको प्रतिफल भोलिका दिनमा लाभप्रद देखिने थियो ।

अन्ततः यसले नेपालको अभिशापका रूपमा रहको ठूलो अशिक्षित समूहलार्इ न्यून गर्ने र शिक्षाको उज्यालो घामवाट कोही वन्चित नहुन् भन्ने पवित्र उद्देश्यलार्इ टेवा पुग्ने थियो । पुस्तकालय जाअेो  पढ्ने वानीको विकास गरेोँ भन्ने नारा पनि व्यवहारमा लागु हुने थियो ।

व्लगलार्इ निरन्तरता दिन अाज मैले २०६९ भदेो १५ को गोरखा पत्रमा प्रकाशित मेरो लेख राखेको छु । हेर्नु भै सकेका साथीहरूको लागि मेरो विचारलार्इ थप टेवा दिन सुझावको अपेक्षा गर्दछु । नहेरेका साथीहरूले पनि हेरी सुझाव पाउन अनुरोध छ । जयव्लग ।

झन् वुझयो झन् कठिन

सेप्टेम्बर 19, 2012

जेठ १४ गते मध्यरात संविधान सभाको अवसान  ।

भोलिपल्ट  कान्तिपुरले अाफनो सम्पदकियमा लेखेको थियो  इतिहासको कालो दिन ।

समावेशी र समानुपातिक प्रतिनिधित्वका दृस्टिले विश्वमै नमूना मानिएको संविधानसभा विना उपलव्धी अवसान भएको घोषणा भयो । संविधानसभा त वन्यो तर रिसोर्टमा खुम्चियो । सभासदले पनि अाफनो अधिकार त्यसैदिन थाहा पाए र संविधानसभा  परिसरभित्र नारा जुलुस पनि घन्कियो । तर मर्ने निश्चित भएपछि ।

संविधान सभाको अवसान हुनवाट वचाउन सक्ने धेरै उपाए हुंदा हुंदै पनि वचाउने हरकत गरिएन वा गरिए जस्तो स्वांग रच्दै अन्तमा अवसान नै गराइयो । संघियता वा एकल जातिय पहिचानका कुरा नै प्रमुख कारण  थिएन होला  । सवै पार्टीका वीच सहमति र सहकार्यवाट मात्रै  निकास निस्कन सक्छ भन्ने कुरा घाम जतिकै छर्लङग थियो ।  ठुला भ्रम दिएर चार चार वर्ष नेताहरूले जनतालार्इ  झुक्याए  । जेठ १४ मा पनि लुकामारी खेल खेलेर जनतालार्इ अलमलमै पारियो । सवैको सहमति विना  चुनाव हुन सक्दैन, चुनाव गराउन विभिन्न वाधा अडचन छ भन्ने जान्दा जान्दै सत्ता पक्ष माअोवादीले अाखिर चुनाव घोषणा  गरेर सत्ता लम्व्याउने हतियार मात्र    वनाएको छर्लङग भयो । यी सवै घटना परिघटनाहरूलार्इ हेर्दा यो सुनियोजित चाल नै थियो कि भन्ने लाग्नु स्वभाविकै हो ।

संविधान अाए यो हुन्छ त्यो हुन्छ भनेर । नेताहरूका कुरा पत्याउने हामी जनताले पनि सवैको जड नै संविधान पो हो कि ।  त्यो नै सवै  रोगको अोखती हो भन्ने  लाग्यो । भारतमा चेलीवेटी  वेचविखन संविधान नभएरै भएको हो । स्कुलमा राम्रो पढाइ  संविधान नअाएरै हो । दिनका दिन हजारेो नेपाली विदेश जान झुत्ती लागेको पनि संविधान नभएरै हो । देशमा व्याप्त भ्रस्टाचार वढेको पनि संविधान भन्ने जिनिस नभएरै भएको  हो । अार्थिक क्रान्तिको पाटो सेलाएको पनि संविधानले नतताएको ले नै हो । जुम्लेलीले चामल नपाएको , रोल्पा र कर्णालीमा भोकमरी र सिटामोल नपुगेको पनि यसैको कारण हो । नेताले यसै भने हामीले पत्याइरह्रयेो । उ जुनीमा धर्म गर्न नसकेकोले यस जुनीमा दुःख भोग्न परेको भन्ने अध्यात्मवादीको रटान जस्तै नेताहरूले ठुला ठुला भ्रम छरेर  संविधाननै सवै कुराको जड हो भनिदिए । हामी त्यही भ्रममा संविधानलाइ सवै कुरो ठानेर सवैको दोष जहां जे विग्रिए पनि जस्ले जे गरे पनि यसैलार्इ दोष दिदै देशलाइ लुटिन वरवाद हुन दियैा ।

वास्तवमा संविधान देश को मूल कानून हो । यो  वन्दा एउटा परिपाटी वस्थ्यो । ६० वर्ष अघि देखि माग्दै अाएको कुरो  सवैले पाउंथे ।  देशले एउटा निकासी पाउंथ्यो ।  संविधानको गाइड लाइनमा देश अनि राजनीतिक  पार्टीहरू हिंड्ने थिए । हामी पनि जनताले लेखेको संविधान छ भन्न पाउने थियेो । वास्तवमा संविधान अाएको भए हामीले पाउने भन्ने यत्ति कुरा हो ।  अरू त हामीलेनै गर्ने हो । नेताहरूले अगुवार्इ गर्ने हो ।  संविधानले चामल फलाउंदैन थ्यो । संविधानले विकास भन्ने कुरो फटा फट् जन्माउने  थिएन ।  यहां त कुरो के भइदियो भने राजनीती गर्ने नेताहरूले राजनीतीलार्इ अाफनो पेशा ठानिदिए । राजनीति भनेको टाठा वाठा ले गर्ने एउटा उध्योग व्यापार जस्तो ठानिदिए । जनताका वुझाइ भन्दा वेग्लै कुरो हो यो जिनिस जस्तो वनाइ दिए । अाफु र अाफनो डम्फुलार्इ के गर्दा कसो गर्दा फाइदा पुग्छ र अाफु कसरी वलियो हुन सकिन्छ त्यतिमै सिमित रहेर खेति  गरी दिए ।

राजनेताहरूले भन्न त सक्लान् यत्रो फड्को मारियो । पंचायत फालियो । राजा फालियो ।  धर्मनिरपेक्षता अपनाइयो । गणातन्त्र लोकतन्त्र ल्याइयो ।यहां सम्म त ठीकै भयो । अनि खेल भयो सत्ता, केवल सत्ताको ।  राजनीतीको मुख्य काम त जनताका दैनिकी जन जीवनमा प्रभाव पार्ने हुनु पर्ने हैन र । के त अाज वहुदल अाए पछि वा लोकतन्त्र गणतन्त्र अाएपछि हामीले शिक्षा क्षेत्रमा यो राम्रो काम गरेउ । हिजो यति मजदूरले काम पाउने उद्रधोग वढेर अाज यति मजदूरले काम पाए । जनताको जीवन स्तर हिजो यस्तो थियो अाज फलानो देशको हाराहारीमा पुराउन सक्येो । अस्पतालका क्षेत्रमा जनतालार्इ यति सुविधा दिन सकयैो । हिजो भन्दा अाज हामीले यी यी कुरामा यति कुरा गर्न सक्यो । कलकारखाना यति खुल्यो , यतिले मजदूरी पाए ।  जनताहरूको जीवन स्तरमा देखिने प्रत्यक्षा यस्ता कुरा भए भनेर हाम्रा  नेता वा  हामी कार्यकर्ताले  भन्न सक्छैा त । जनताले मालपोतमा जांदा , भूिमसुधारमा  जांदा कर तिर्न करकार्याकलय  अादि जनसरोकार भएका ठाउंमा पुग्दा लोकतन्त्रको अनुभूत गर्न सकेका हेालान् त । हिजो वेथिति रहेका स्थानमा थिति वसाल्न सक्येो त । यस्ता अनगिन्ति ठाउं होलान् हिजो र अाजमा फरक हैन अझ जटिलता थपिएको । । त्यसैले जनताले सोच्दै नसोचेको ठुला कुरा देश विदेश घुमेर अाएर नेताहरूले गरिदिने तर यहां माखो नमार्ने परिपाटीले सवैकुरा विगारी रहेको छ ।

कुरो अायो संविधानकै । संविधान त समयमै दिन सकेनन् अझ यसमा जटिलता थपिदिए । एकल  जातिय राज्यको वीउ रोपिदिए । सवै जातजातिको फूलवारी रहेको,  वहु भाषा ,वहु धर्म , वहु संस्कृति रहे पनि सवै जात जातिको वीच अात्मीय सम्वन्ध रहेको नेपाली नेपाली वीच जातियताको वीउ रोप्न खोजियो ।  अव जात जातीका नाममा पहिचानका नाममा सिंगो नेपाललार्इ टुक्रा पार्न खेाजियो ।   राज्य पुर्नरसंरचना गर्दा देशलार्इ टुक्रा टुक्रा मा वांडिनु पर्छ जनताले मागेका कुरा हुन् ?। सिंगो नेपालको अाधा हिस्सा अोगट्ने तराइलार्इ एक मधेश एक प्रदेश वनाउनु पर्छ  तराइका जनताले मागेका हुन् ?। पहाडलार्इ चांहि टुक्रा टुक्रा पार्नु पर्छ  पहाडका जनताले भनेका हुन्  ?। तराइ पहाड सिंगो नेपालका जनताले त सवै धर्म अट्न सक्ने , सवै जात जात मिलेर वस्न सक्ने । के तराइ के पहाड के हिमाल सवैका जनताले विकासको चास्नी चाख्न पाउने , कतै पक्षपात नगरी सवैको उन्नति प्रगति पिडित जात जाती समुदायलार्इ कसरी उठाउने कसरी तिनको सवै क्षेत्रमा पहुंच वनाउने, कसरी तीनलाइ शिक्षित पार्ने , तीनको जीवनमा कसरी  छिटो भन्दा छिटो प्रगति ल्याएर तीनलाइर् लोकतन्त्रको अनुभूति दिलाउने त्यता तर्फ पो सोचिनु पर्ने हैन र ।   पिछडीएका जाति जनजातिलार्इ अरू वाटा टाठा जस्तै वनाउन तीनलार्इ शिक्षा स्वास्थ्य, रोजगारी र प्रत्यक्ष लाभ ती वर्गमा के गरी पुराउन सकिन्छ  गर्नु पर्ने हैन र , ठुला ठालुवाट  अाफनै जातजातिका मतियारवाट ठगिन पुगेका तिन्लार्इ के गर्दा उन्मुक्ति दिन सकिन्छ  सोच्नपर्ने हैन र । तर खोइ ति कुरा ।

अहिले सवै कुरालार्इ छोडिदिउं । सवै नेताहरूलार्इ समस्याको समाधान यसरीनै हुनसक्छ भन्ने थाहा नभएको हैन । अहिले संविधान सभाको अवसान भएकै ४ महिना वितिसक्न लाग्दा पनि ,अाफैले घोषणा भएको निर्वाचन नहुने पक्क भै सक्दा पनि  एउटा सहमति मा गएर निकास दिने कुरामा अझै एकले अार्कालार्इ दोष लगाउने भन्दा फरक कुरा केही भएको छैन । हाम्रो देशको भैागोलिक , सामाजिक र अार्थिक , वसोवास सवैकुरालार्इ हेर्दा नेपालमा कुनै हालमा पनि एकल जातिय राज्य हुन सक्ने अवस्था छंदै छैन । तरै पनि जिव्रो चपाएर यही मिल्नै नसक्ने कुरालार्इ निहुं वनाएर सत्तामा वसीरहने उपाए माअोवादी खोजी रहेको छ । अहिले नेपाली कांग्रस, एमाले सवैले भनि रहेका छन् एकल जातिय राज्य र एक मधेश एक प्रदेश कुनै हालतमा हुन सक्दैन भनेर । पहिचान भित्र पर्ने क्षेत्रिय, सांस्कृतिक भैागोलिक अाधारमा संघियतामा जाने कुरामा त सवै सहमत नै छन् ।  ए माअोवादी सत्ताको गुलियोमा अलमलिएर यस्ता नारा उठाउने िहिजैका ति लठैत मधेशवादी पार्टीहरूका नेता र तिनका स्वार्थी कुरालार्इ छांद हालेर वसेको देख्दा पो अचम्म लागि रहेछ ।  हिजोका दिनमा माअोवादीले अन्दोलन उठाउन जातजतिका राज्य दिने घोषणा गर्नुनै वेठीक थियो । पछि अाएर यो कुरालार्इ पनि एकपछिय रूपमा उनीहरूको दवावमा परेर नेताहरूले खुल्लानै जातजातिका राज्य वनाएर वांडे । तर अहिले यहीनै माअोवादीलार्इ गल पासो भै रहेको छ ।  नेपाललार्इ वुझेर के गर्दा राम्रो र सवैका लागि मान्य हुने विषय के हो त्यसमा पुगेर समस्याको समाधान गर्नु राम्रो कुरा हैन र । यसले पो नेताहरूको साख रहला, मान रहला ।

सवैभन्दा निरासावादी कुरा चांहि के भयो भने । प्रचन्डले वोलेको कुराको केही तुक र ठेगान नहुनु । अहिले सवै यसै भन्न थालेका छन् । भन्नेहरू त के पनि भन्छन् भने वहांकै वोलीको ठेगान नभएरै  पार्टी समेत फुट्यो ।   पहिचान संघियताको अाधार हो तर  कुनै वेला एकल जाति वाहेक अन्य कुनै अाधारमा संघियता हुंदैन भनेर कुर्लने प्रचन्ड हिजो अाज फेरी प्रदेश  वहुजातीय नै हुन्छन् । एकल जातीय भनेर परम्परागत संघीयता जस्तो एउटा जातिको वाहुल्य हुने , त्यही जातिकको वर्चस्व हुने िस्थिति अव नेपालमा छैन प्रचन्डले  भन्न थाले । यही कुरो हिजो वुझिदिएको भए त संविधानसभाको अवसान हुने थिएन कि । सांच्चै यो कुरोमा वाहां अडिनु भएत अगाडीको वाटो केही सहज होला कि । यो त समयले वताउने कुरा हो ।’cause वोलीको ठेगानै छैन ।

राजनीतिमा कसैले पनि अाफनो पन देखाउन सकेनन् । सवै उस्तै उस्तै  । दश वर्षे जनयुद्ध लडेर अाएको ए  माअोवादी पार्टी पनि अहिले अरू भन्दा फरक देखिएन । सवै विलासि जीवन विताउनमै मस्त रहे । लोकतन्त्रमा पार्टी एक ढिक्का भएर जानु पर्नेमा त्यो पनि देखिएन । माअोवादी पार्टी त फेरी फुटेरे गयो । प्रचन्ड न  संविधान दिन सक्येो न पार्टी एक वनाएर राख्न सक्येो ।

वाटो त हिजै देखि  प्रस्टै  थियो । सहमति र सहकार्य  । देशलार्इ खांचो यही थियो ।   सवै नमिलि , सवै सहमति नभै केही नहुने पनि प्रस्टै छ । जे गरे पनि जुन वाटो लिए पनि एक पटक संसद नवसी अव निकास ननिस्कने पनि पक्कै भै सक्यो । निर्वाचनको पनि विकल्प छैन । तर चुनाव हुंदैमा नया संविधान सभा वन्दैमा समस्याको समाधान हुन्छ भन्ने पनि छैन ।  त्यसैले अहिलेसम्म देखिएका भएका विवादमा प्याकेजमै समस्याको समाधान निकाली, संविधानका विषयमा हिजो भएको सहमतीलार्इ  टुंग्याएर  केही समय संविधानसभाको पुर्नस्थापना गरी जारी गर्ने , त्यस पछि वांकी रहेका विषयमा  ठोस सहमति गरी , संविधानसभा वा संसद जे नाम दिए पनि  चुनावमा जाने र चुनाव वाट अाएको शक्तिले ६ महिना, एक वर्ष भित्र  विवादीत विषयको टुंगो लगाउने । अरू वांकी समय संसदको कार्य गर्ने र यही अविधमा   सहमतिवाट वनेको सरकारले स्थानिय निर्वाचन र पूर्ण संसदको  निर्वाचन गराएर अाउने शक्तीले देश हांके त कुरा मिली हाल्ल्योथ्यो कि ।

यसो गर्दा पनि चित्त कत्तिको नवुझन सक्ला चित्त नवुझने पार्टीहरूले वांकी कुरा जनताको साथ र  अभिमत लिएर  जारी संविधान अनुसार लड्दै वांकि काम गर्दै गए नेपालको राजनीति सवैले वुझ्रन सक्ने थिए कि ।

२०६९ भाद्र १४

लू

सेप्टेम्बर 11, 2012

लू

पत्थरपुरको कथा मात्र हैन  लू, यो त भारतसंग सीमा जोडिएको दक्षिण क्षेत्रको दिन दिनैको अमानविय क्रुर र घिनलाग्दा घटनाहरूको छरपस्ट कथाहरूलार्इ  मेलो मेसो मिलाएर लेखिएको उपन्यास हो ।लेखक नयराज पाणडेले  पश्चिम नेपालमा वस्ने मुसलमान र पहाडीया वीच रहेको एकता,  ममता यस्मा पोखेका छन् ।सुदूर पश्चिम त्यसमा पनि भारतसंग सीमा जोडिएको क्षेत्रको उपन्यास लेख्दा उनी  सीमाका वस्तीहरूमा चुर्लुम्म  डुवेको पाइन्छ । सुदूर पश्चिम नेपालका विम्व यस्मा धेरै पस्कन सफल भएका छन् ।  मुसलमान जातिको धर्म , संस्कृति चाडवाड र मृत्यु लगायत उनीहरूका अन्य मसिना कुरा थाहा पाउन पनि लू उपन्यास पढ्नै पर्ने छ ।

भारतीय सर्कसमा हाम्रा सीमानाका धेरै केटाकेटी विभिन्न वाध्यतावस पुग्ने गरेका छन् । तीन माथि हुने श्रम शोषण   लगायत येोन शोषणका कुरा यस उपन्यासको विषय वस्तु वनेका छन् ।  गरिवीले अाफना छोराछोरीलाइ सर्कसमा  वेच्न वाध्य भएका वावु अामालार्इ एउटा पात्र इलैयाले संझाउंदा वावु अामाले  – हामीलाइ तैंले खान दे कि, हामीलार्इ  छोरी वेच्न दे भन्दा  इलैया चुपचाप लागको घटना । पत्थरपुरका गरिव जनताहरू भोक रोग र प्रकृतिको प्रकोप,  सीमानाका गुन्डा र प्रहरीवाट वल्लात्कृत  हुनु पर्ने  घटनालार्इ   उपन्यासले समेटेको छ ।नुसरतको जीवन माथि खेलवाड गर्ने डांकाहरूका कारण उनको जीवनमा परेको वज्रपातको मार्मिक घटनाले मन चसक्क हुन्छ ।  सीमानाको वजारमा पुगेकि कमलाले त्यहांका गुन्डावाट अाफनो कुमारीत्व लुटिएपछी  गर्भ वोक्न वाध्य भएकि  कमला पात्रले गाउ र घर परिवारवाट तिरस्कृत हुनु पर्दा उनको जीवनका भोगार्इ कम मार्मिक छैन ।

अनि राता रातै ठुल्दाजुको सीमाना पेलार्इको कारणले अाज नेपालमा रहेको भू भाग भोली भारतीय वन्दा दशगजाका वासिन्दाले भोगेको कथा, कतिले विष खाएर अाफु र परिवार समेत स्वाहा भएको घटना पनि लू जत्तिकै तातो छ।  रेडियोलाल जस्ता मनमेोजी पात्रहरू पनि  हाम्रै समाजका घटनाको एउटा जीवन्त पात्र जस्तो लाग्छ ।

हिमलामाथी सूर्य उदाएको चित्रमा हिमाल रातो वनाए वापत प्रधानपंचको सिफारिसमा पुरस्कार  थाप्न गएका जागेश्वरले अंचलाधीशको अादेश अनुसार वावु छोराले थुनुवाको पुरस्कार पाएको पंचायतीराजको चित्रण पनि यसमा पढ्न पाइन्छ ।

शुरू देखि उपन्यासको अन्त सम्म उत्सुकता जगाउने एउटा पात्र छ इलैया जो सुध्रिएला , घरजम गर्ला, उसका सपना पुरा होलान् उसको सुखी जीवनको कल्पना गर्दा गर्दै त्यो पात्र संगै उपन्यास समाप्ति हुन्छ  ।

एक पानामा उपन्यासकार पान्डे लेख्छन्   इलैयालले हिर्काएर गएको केही वेरपछि मैले यताउता कनिका जस्तै छरपस्ट अाफुलार्इ वटुलवाटुल पारेँ । कताकता उध्रिएको थिएँ , सिएँ  अाफूलार्इ । टुक्रिएको थिएँ ,गाँसे पनि । उठेँ । अाफूलार्इ टक्रटक्याएँ । डेक्चीवाट भात पत्तलमा खन्याएँ । अघिनै सिलेोटामा नून- खोर्सानी पिसेर राखेको थिएँ । त्यही नून- खोर्सानीसित मुछेर भारी मनले भात खाएँ । डेक्ची पखालेँ । र, त्यही डेक्ची वोकेर म कोठावाट निस्किएँ ।

उपन्यासको भाषा, शव्द सरल छन् ,सलल वगेको छ , उपन्यासकार सुदुर पश्चिमका पहाडीया र मुसलमानका वीच राम्ररी भिजेका छन् । उनीहरूका दिन दिनका स साना घटनाहरूलार्इ पनि रोचक ढंगवाट प्रस्तुत गर्न उनी सफल रहेका छन् । उनका हाल सम्म पाँचवटा उपन्यास वजारमा अाइ सकेका रहेछन् । मैले पढेको यो उनको उपन्यास पहिलो हो । यो भन्दा पनि ससक्त उनको उलार उपन्यास छ रे अव त्यो पढे पछि  तपार्इहरू समक्ष राख्ने छु । जय व्लग ।

जात्राको शहर

सेप्टेम्बर 4, 2012

संस्कृतविद्ध चुन्दा वज्राचार्यका अनुसार  उतिवेला मनोरन्जनका कुनै साधन नहुने भएकाले धार्मिक,प्राकृतिक,विविधतालार्इ ध्यानमा राखी जात्रा पर्व चलाइएका हुन् । उनका अनुसार उपत्यकामा  मनाइने विभिन्न जात्रा मध्ये हरिसिद्धिको देवीनाथ   सवैभन्दा पुरानो जात्रा हो । यो जात्रा विक्रम संवत सुरू हुने ९४ वर्ष अघिनै चलिसकेको हो । त्यस्तै इन्द्रजात्राको वेलामा गरिने गणेश, भैरव,कुमारीको रथयात्रा सवभन्दा नया रथयात्रा मानिन्छ यो जात्रा लगभग ३५० वर्ष पुरानो हो ।

नेपालभाषाका प्राध्यापक राजनलाल जोशीसंग ८ सय भन्दा वढी जात्राको अभिलेख रहेको र हाल ५ सय जति चलीरहेके छन्र भनेर वताउनु हुन्छ ।

उपत्यकाभित्र का मुख्य शहरहरूमा चलेका जात्रामात्रा वारे व्लग पाठकहरूलार्इ जानकारी पुगोस् भनेर मैले यो लेख विभिन्न श्रोत, पत्र पत्रिकाहरूवाट र अाफनै अनुभवका कुराहरू राखेर तैयार पारेको हुं । वास्तवमा हाम्रा यी जात्रा पर्वलार्इ  राज्य समेतको सहभागितामा व्यवस्थित रूपमा संचालन गर्न सक्ने हो भने हाम्रो परंमपरा संस्कृति को जर्गेना हुनुको साथै यसवाट अान्तरिक र वाह्रय पर्यटनलार्इ पनि ठूलो सहयोग पुग्ने त छंदैछ ।

साउनमा पर्ने गठेमंगलसंगै उपत्यकामा जात्राको ऋतु शुरू भयो । गठेमंगल पछि अाउने नागपंचमी, जनैपूर्णे, गार्इजात्रा, रोपाइजात्रा , मतया , कृस्नअस्टमी  मनार्इ सक्यो  उपत्यकाको शहरले । पाटनमा भीमसेनजत्रा ,वेोद्ध नेवारहरूको पंचदानपर्व, सांखुको वसुन्धराजात्रा संगै कुशे अेोसी पनि सकियो ।

साउन महिनावाट शुरू हुने गुंला पर्वमा उपत्यकाका नेवारहरू वेोद्धतीर्थ स्थलहरूमा  िझिसमिसेमै वाजा वजाउंदै  पुग्छन् । कठमाडेो शहरवाशीको  स्वयम्भु मुख्य थलो हो । शहर वाहिरका नेवारहरू स्थानीय मन्दिरहरूमा पुग्गछन् । यो गुंला पर्व एक महिनासम्म चल्छ ।

गाइजात्रालार्इ नेपालभाषामा गुंपुन्हि भनिन्छ । गुन्हु अर्थात नैा दिन । पहिले पहिले ठाउं ठाउंमा रहेको डवलीहरूमा ख्याल ( ठटृा रमाइलो ) गरिन्थ्यो , रामायणजस्ता नाटक देखाइन्थ्यो  वुढापाकाहरू भन्नु हुन्छ । यस्तै डवलीवाट स्वास्थ्य सम्वन्धि कुराहरू पनि जानकारी गराइन्थ्यो । यो डवलीलार्इ जनतावीच  संचार  गर्ने  साधन वनाइन्थ्यो । त्यतिवेलाको मनोरन्जन गर्ने समय यही गाइजात्रापर्व हुन्थ्यो । अहिलेको जस्तो मनोरन्जनका  साधन नभएको हुंदा मानिसले नाटक ख्याल जात्रा पर्व अादिलाइ विशेषा महत्व दिन्थे । नेपाल कृषि प्रधान देश हो । मुख्य वाली धान हो । धानवाली लगाउने काम सके पछि नै जात्रा मात्राको शुरूवात हुन्छ । काम गरेर लखतरान परेका ज्यानमा रोमान्स भर्न  यसले वल  पुग्थ्योनै । गाइजात्राकै परम्परालार्इ पछ्रयाउंदै   अहिले हलहरूमा हास्य कलाकारले  गरीने कार्यक्रम   ख्यालकै उच्च रूप हो । उपत्यकाका भित्र चल्ने जात्रा मात्रका  संरक्षाक र निरन्तरता दिने मानिस भनेका नेवारहरूनै हुन् ।

गठेमंगल चाडलार्इ स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण मानिन्छ । यस पर्व मनाउन घर र घर’round सरसफाइ गर्ने कुरालार्इ जोड दिइन्छ । गठेमंगलकै अलि अघि काठमडेोका कांठमा  लुतो फाल्ने चलन पनि छ । यो पनि भूत प्रेत नलागोस रोगव्याधी हटोस्  भनेर , घर घरमा सरसफाइ गरेर मनाइन्थ्यो । उति वेला श्रावण महिना रोग व्याधीको महिना हो । यस समयमा हाम्रा पुर्खाहरूले वाहिरको रोग घरमा नभित्रियोस् भनेर श्रावणा महिनाभर वाहिरको माटो  घरभित्र  हुल्न पनि हुन्न भन्ने प्रचलन थियो । श्रावणमा कपाल नकाट्नु भन्ने चलन पनि त्यतिवेलाको चेतनाकै उपज  होला ।

गठेमंगल येोन शिक्षाको हिसावले पनि महत्वपूर्ण मानिन्छ । गठेमंगलमा ठडाइने नरकटका लिंगमा कही पुरूष  येोनाङग र कही स्त्री  येोनाङग जडिएको पाइन्छ । जात्राको दिन भेट हुंदा चोक चोकमा रहेका लिंगवीच समागम गराइने चलन अध्यावधिक नै छ । पहिले जात्रामात्रामा  भेला हुने युवा युवतीवीच   यैान शिक्षा दिन पनि यस्तो गरिएको हुनु पर्छ । हनुमान ढोका अगाडी रहेको एउटा मन्दिरको टुँडालमा पनि यस्तै येोन उत्तेजना गराउने खालका मूर्तिहरू  मंदिरभरी रहेको पाइन्छ । त्यतिवेला कुनै धर्मका प्रभावले धेरै मानिसहरू वैरागी वन्ने घर गृहस्थी त्याग्ने अादी ठुलै समस्याको िनिराकरणका लागि अपनाइएको एउटा माध्यम होला यो । वैराज्ञले सन्तान उत्पादन क्रिया रोकिनजांदा , व्यापार व्यवसाय खेती पाति सवैकुरामा प्रभाव जमाउन थाले पछि  मानिसमा रतिराग क्रिया वढाउन यस्तो उपाय निस्केको हुनु पर्छ । जसरी गठेमंगलमा लिंग समागम गर्ने खेलद्धारा युवायुवतीमा उमंग ल्याउन खेजिएझैं ।

अर्को ठूलो काठमाडेोको जात्रा इन्द्रजात्रा हो । पाटनको भोटोदेखाउने जात्रा, भक्तपुरको विस्केट जात्रा ।  इन्द्रजात्रा पछि तीज ऋषिपचंमी, चेोथीको अाफनै कथा छ । कांठमा चेोथीकादिन  घरघरवाट विभिन्न सामान  चोरेर सार्वजनिक स्थानमा थुपारिदिने गरिन्छ । वारीका फलफूल कांक्रा फर्सी चोरर चोकचोकमा छ्रयाल्लवाल्ल पारिन्छ । यो पनि एउटा अाफनै खालको रमाइलो हेा । यस्मा विकृति वढ्रदै गयो पनि । अहिलेका युवा पुस्तालार्इ त यसवारे थाहा पनि छैन होला ।  चेोथी नेवार समुदायले भने चथा भनेर पर्व मनाउंछन् । यो दिन वेलुका घर घरमा चन्द्रमाको पूजा गरिन्छ । तर चन्द्रमा हेर्न भने हुन्न । चोरीको दोषा लाग्छ भनिन्छ । गणेशले चन्द्रमालार्इ श्रापदिएको दिन मानिन्छ ।

हनुमान ढोकामा लिंगो ठड्याएर इन्द्रजात्राको शुरूवात गरिन्छ । यो जात्रा काठमाडैामा ८ दिन सम्म चल्छ । यसै दिनवाट लाखे, सवभक्कु, पुलुकिसी निस्कन्छन्र । यस दिनवाट गाउं गाउंमा पनि लाखेहरू निस्केर नाच गान हुन्छ । पहिले पहिले इन्द्रजात्रामा राजा महाराजा हात्तिमा सवार भएर पैसा छर्थेरे  अामाहरूले भन्नु हुन्थ्यो ।  यसै वेलामा इन्द्रचोकमा रहेका अाकाश भैरवलार्इ मन्दिरवाट वाहिरल्याइ फूलैफूलले सजाएर राखिन्छ । त्यसवेला शहर घुम्दा चोक चोकमा इन्द्र, हाथुध्य लाइ सजाएर राखेको पाउंछेों । इन्द्रजात्राको दिन साझ उपाकु वनेगु  भनेर त्यस वर्ष मरेका अाफन्तजनको संझनामा पालामा वत्ती दिँदै सहर परिक्रमा गरिन्छ ( इन्द्रजात्रा वारेको रमाइलो कथा अर्केा टाँसोमा राख्ने् छु )  । यसको पनि रोचक कथा पढ्न पाइन्छ । यसवेलामा वसन्तपुर कुमारीघर अगाडि दशअवतार देखाइन्छ । चतुदर्शीको दिन इन्द्रजात्राको रूपमा गणेश,भैरव, कुमारीको रथजात्रा हुन्छ । यो जात्राको वेलामा पुरानो काठमाडेो शहर र पछि वढेको शहर छुट्रयाएर तल्लो र माथिल्लो भनेर कार्यक्रम गरिन्छ । पहिलो दिन काठमाडैाको तल्लो सहरमा रथ परिक्रमा गराइन्छ भने भोलिपल्ट येँया (इन्द्रजात्रा)    को दिन माथिल्लो सहरमा रथ घुमाइन्छ ।  इन्द्रजात्राको दिन भने रथजात्रासंगै दागिं, वेोमत जात्रा मनाइन्छ ।  इन्द्रजात्राको चार दिनपछि  नानीचा याः हुन्छ ,यो दिन गणेश, भैरव र कुमारीको रथलार्इ वीचको शहर परिक्रमा गराइन्छ । यही दिन हनुमान ढोका गाडीएको लिङगो ढाले पछि इन्द्रजात्रा सकिन्छ । गजव चलन छ  येँयाका दिन उपत्यकाभरका नेवारहरू समयवजि खान्छन् ।   त्यसोत हरेक चाडपर्व जात्रामा खानाका परिकार भिन्ना भिन्नै हुने गर्छ । इन्द्रजात्राको वेला समयवजि,गाइजात्रा जनैपूर्णे क्वांटी ,सिथी नखःमा वारा,चताँमरि,  योमरि पुन्हिमा योमरि, सकिमिला पुन्हिका वेलामा हलिमलि खाइन्छ ।

इन्द्रजात्रा पछि काठमाडैावाट दक्षिणमा रहेको दक्षिणकाली र फर्पिङको जात्रा शुरू हुन्छ । यो जात्रा पछि दशै तिहार को रमझम शुरू भै हाल्छ । यसवेला काठमाडैामा रहेको ९ वटा मन्दिरहरूमा मेला लाग्छ । अषटमी, नवमी र दशमीमा विशेष पूजा हुन्छ । दशमीका दिन भने विभिन्न ठाउंमा खड्रगजात्रा ( पायाः ) निस्कन्छ। दशैकै पांचेो दिन पचली भैरवको जात्रा हुन्छ । दशै पछि लगत्तै ितिहारको रमझम शुरू भै हाल्छ यसो गर्दा अशोज कातिर्क सकिन्छ । तिहार सकिएको तीन दिन पछि पाटन दरवार क्षेत्रमा  रहेको कात्तिक डवलीमा कार्तिकनाच ( कात्ति प्याखँ ) हुन्छ । कार्तिक पुर्णिमाको दिन सकिमिला पुन्हि मनाइन्छ । यसदिन वेलुका ठाउं ठाउंमा चना, वकुल्ला, केराउ जस्ता गेडागुडी सजाएर विभिन्न अाकृति वनाइ प्रदर्शन गरिन्छ । साथै डाफा भजन गाइन्छ । यो पर्व को भोलीपल्ट थानकोटमा महालक्ष्रमीको जात्रा लाग्छ । वालाचतुर्दशी,लुती  अजिमाको जात्रा, सातगाउंको जात्रा कीर्तिपुर,पांगा नैकाप, तीनथाना, मच्छेगाउ, सतुंगल,वोसीगाउं, मा षटजात्रा शुरू हुन्छ । यसपछि    मंसिर शुक्ल पुर्णिमामा योमरि पुन्हि । यो मरि पुन्हिचाड धान भित्राए लगत्तै भकारीको पुजा गरेर मनाइन्छ । माघेसंक्रान्ति,सालीनदी मेला,वग्रयोगिनी मेला,श्री पंचमी, शिवरात्रि,होलीपर्व फागु,पाहाँच हे ,घोडेजात्रा,नाला करूणामय जात्रा,सेतो मच्छिन्द्रनाथको जात्रा, पाटनमा रातो मच्छिन्द्रनाथ जात्रा,वुद्ध जयन्ति,वनेपामा चणडेस्वरी जात्रा,हरिसिद्धि जात्रा,मचातिया जात्रा,थिमिको सिन्दुर जात्रा,भक्तपुरको विस्केट जात्रा, यस वाहेक टोलटोलमा र गाउंका विभिन्न भागमा मनाइने अन्य थुप्रै जात्रा पर्व पनि छन्र । यो साल त मलमास अर्थात क्षयमास वा पुरूषोत्तम महिना  पुरै भाद्र  सम्म त अन्यत्र कतै जात्रा मात्रा नलागी  काठमाडेोवाट दक्षिण पश्चीममा पर्ने मत्स्येनाराणस्थानमा ठूलो मेला लाग्छ ।

संस्कृतविद्ध सत्यमोहन जोशीको भनाइमा , इन्द्रजात्रा पहिलेको जस्तो अहिले धुमधाम हुंदैन,विभिन्न देवीनाचको १२ वर्षे मेला,असन र इतुम्वहालवाट दशैमा निकालिने कुम्व प्याखँ ,थिमीमा सिन्दुर जात्राको वेलामा निकालिने ३२ खट मा अहिले १६ खटको मात्र जात्रा हुन्छ।थिमिको जिव्रो छेड्रने जात्रा भने अहिले लोप भएका जात्रामा पर्दछन् ।

यो टांसोलार्इ अझ पूर्ण वनाउन चाहनु हुन्छ भने तपाइले पनि थाहा पाएका जात्रा पर्वका वारेमा लेखेर सुझाव दिनु हुन पनि अनुरोध गर्दछु ।