जात्राको शहर


संस्कृतविद्ध चुन्दा वज्राचार्यका अनुसार  उतिवेला मनोरन्जनका कुनै साधन नहुने भएकाले धार्मिक,प्राकृतिक,विविधतालार्इ ध्यानमा राखी जात्रा पर्व चलाइएका हुन् । उनका अनुसार उपत्यकामा  मनाइने विभिन्न जात्रा मध्ये हरिसिद्धिको देवीनाथ   सवैभन्दा पुरानो जात्रा हो । यो जात्रा विक्रम संवत सुरू हुने ९४ वर्ष अघिनै चलिसकेको हो । त्यस्तै इन्द्रजात्राको वेलामा गरिने गणेश, भैरव,कुमारीको रथयात्रा सवभन्दा नया रथयात्रा मानिन्छ यो जात्रा लगभग ३५० वर्ष पुरानो हो ।

नेपालभाषाका प्राध्यापक राजनलाल जोशीसंग ८ सय भन्दा वढी जात्राको अभिलेख रहेको र हाल ५ सय जति चलीरहेके छन्र भनेर वताउनु हुन्छ ।

उपत्यकाभित्र का मुख्य शहरहरूमा चलेका जात्रामात्रा वारे व्लग पाठकहरूलार्इ जानकारी पुगोस् भनेर मैले यो लेख विभिन्न श्रोत, पत्र पत्रिकाहरूवाट र अाफनै अनुभवका कुराहरू राखेर तैयार पारेको हुं । वास्तवमा हाम्रा यी जात्रा पर्वलार्इ  राज्य समेतको सहभागितामा व्यवस्थित रूपमा संचालन गर्न सक्ने हो भने हाम्रो परंमपरा संस्कृति को जर्गेना हुनुको साथै यसवाट अान्तरिक र वाह्रय पर्यटनलार्इ पनि ठूलो सहयोग पुग्ने त छंदैछ ।

साउनमा पर्ने गठेमंगलसंगै उपत्यकामा जात्राको ऋतु शुरू भयो । गठेमंगल पछि अाउने नागपंचमी, जनैपूर्णे, गार्इजात्रा, रोपाइजात्रा , मतया , कृस्नअस्टमी  मनार्इ सक्यो  उपत्यकाको शहरले । पाटनमा भीमसेनजत्रा ,वेोद्ध नेवारहरूको पंचदानपर्व, सांखुको वसुन्धराजात्रा संगै कुशे अेोसी पनि सकियो ।

साउन महिनावाट शुरू हुने गुंला पर्वमा उपत्यकाका नेवारहरू वेोद्धतीर्थ स्थलहरूमा  िझिसमिसेमै वाजा वजाउंदै  पुग्छन् । कठमाडेो शहरवाशीको  स्वयम्भु मुख्य थलो हो । शहर वाहिरका नेवारहरू स्थानीय मन्दिरहरूमा पुग्गछन् । यो गुंला पर्व एक महिनासम्म चल्छ ।

गाइजात्रालार्इ नेपालभाषामा गुंपुन्हि भनिन्छ । गुन्हु अर्थात नैा दिन । पहिले पहिले ठाउं ठाउंमा रहेको डवलीहरूमा ख्याल ( ठटृा रमाइलो ) गरिन्थ्यो , रामायणजस्ता नाटक देखाइन्थ्यो  वुढापाकाहरू भन्नु हुन्छ । यस्तै डवलीवाट स्वास्थ्य सम्वन्धि कुराहरू पनि जानकारी गराइन्थ्यो । यो डवलीलार्इ जनतावीच  संचार  गर्ने  साधन वनाइन्थ्यो । त्यतिवेलाको मनोरन्जन गर्ने समय यही गाइजात्रापर्व हुन्थ्यो । अहिलेको जस्तो मनोरन्जनका  साधन नभएको हुंदा मानिसले नाटक ख्याल जात्रा पर्व अादिलाइ विशेषा महत्व दिन्थे । नेपाल कृषि प्रधान देश हो । मुख्य वाली धान हो । धानवाली लगाउने काम सके पछि नै जात्रा मात्राको शुरूवात हुन्छ । काम गरेर लखतरान परेका ज्यानमा रोमान्स भर्न  यसले वल  पुग्थ्योनै । गाइजात्राकै परम्परालार्इ पछ्रयाउंदै   अहिले हलहरूमा हास्य कलाकारले  गरीने कार्यक्रम   ख्यालकै उच्च रूप हो । उपत्यकाका भित्र चल्ने जात्रा मात्रका  संरक्षाक र निरन्तरता दिने मानिस भनेका नेवारहरूनै हुन् ।

गठेमंगल चाडलार्इ स्वास्थ्यका हिसावले पनि महत्वपूर्ण मानिन्छ । यस पर्व मनाउन घर र घर’round सरसफाइ गर्ने कुरालार्इ जोड दिइन्छ । गठेमंगलकै अलि अघि काठमडेोका कांठमा  लुतो फाल्ने चलन पनि छ । यो पनि भूत प्रेत नलागोस रोगव्याधी हटोस्  भनेर , घर घरमा सरसफाइ गरेर मनाइन्थ्यो । उति वेला श्रावण महिना रोग व्याधीको महिना हो । यस समयमा हाम्रा पुर्खाहरूले वाहिरको रोग घरमा नभित्रियोस् भनेर श्रावणा महिनाभर वाहिरको माटो  घरभित्र  हुल्न पनि हुन्न भन्ने प्रचलन थियो । श्रावणमा कपाल नकाट्नु भन्ने चलन पनि त्यतिवेलाको चेतनाकै उपज  होला ।

गठेमंगल येोन शिक्षाको हिसावले पनि महत्वपूर्ण मानिन्छ । गठेमंगलमा ठडाइने नरकटका लिंगमा कही पुरूष  येोनाङग र कही स्त्री  येोनाङग जडिएको पाइन्छ । जात्राको दिन भेट हुंदा चोक चोकमा रहेका लिंगवीच समागम गराइने चलन अध्यावधिक नै छ । पहिले जात्रामात्रामा  भेला हुने युवा युवतीवीच   यैान शिक्षा दिन पनि यस्तो गरिएको हुनु पर्छ । हनुमान ढोका अगाडी रहेको एउटा मन्दिरको टुँडालमा पनि यस्तै येोन उत्तेजना गराउने खालका मूर्तिहरू  मंदिरभरी रहेको पाइन्छ । त्यतिवेला कुनै धर्मका प्रभावले धेरै मानिसहरू वैरागी वन्ने घर गृहस्थी त्याग्ने अादी ठुलै समस्याको िनिराकरणका लागि अपनाइएको एउटा माध्यम होला यो । वैराज्ञले सन्तान उत्पादन क्रिया रोकिनजांदा , व्यापार व्यवसाय खेती पाति सवैकुरामा प्रभाव जमाउन थाले पछि  मानिसमा रतिराग क्रिया वढाउन यस्तो उपाय निस्केको हुनु पर्छ । जसरी गठेमंगलमा लिंग समागम गर्ने खेलद्धारा युवायुवतीमा उमंग ल्याउन खेजिएझैं ।

अर्को ठूलो काठमाडेोको जात्रा इन्द्रजात्रा हो । पाटनको भोटोदेखाउने जात्रा, भक्तपुरको विस्केट जात्रा ।  इन्द्रजात्रा पछि तीज ऋषिपचंमी, चेोथीको अाफनै कथा छ । कांठमा चेोथीकादिन  घरघरवाट विभिन्न सामान  चोरेर सार्वजनिक स्थानमा थुपारिदिने गरिन्छ । वारीका फलफूल कांक्रा फर्सी चोरर चोकचोकमा छ्रयाल्लवाल्ल पारिन्छ । यो पनि एउटा अाफनै खालको रमाइलो हेा । यस्मा विकृति वढ्रदै गयो पनि । अहिलेका युवा पुस्तालार्इ त यसवारे थाहा पनि छैन होला ।  चेोथी नेवार समुदायले भने चथा भनेर पर्व मनाउंछन् । यो दिन वेलुका घर घरमा चन्द्रमाको पूजा गरिन्छ । तर चन्द्रमा हेर्न भने हुन्न । चोरीको दोषा लाग्छ भनिन्छ । गणेशले चन्द्रमालार्इ श्रापदिएको दिन मानिन्छ ।

हनुमान ढोकामा लिंगो ठड्याएर इन्द्रजात्राको शुरूवात गरिन्छ । यो जात्रा काठमाडैामा ८ दिन सम्म चल्छ । यसै दिनवाट लाखे, सवभक्कु, पुलुकिसी निस्कन्छन्र । यस दिनवाट गाउं गाउंमा पनि लाखेहरू निस्केर नाच गान हुन्छ । पहिले पहिले इन्द्रजात्रामा राजा महाराजा हात्तिमा सवार भएर पैसा छर्थेरे  अामाहरूले भन्नु हुन्थ्यो ।  यसै वेलामा इन्द्रचोकमा रहेका अाकाश भैरवलार्इ मन्दिरवाट वाहिरल्याइ फूलैफूलले सजाएर राखिन्छ । त्यसवेला शहर घुम्दा चोक चोकमा इन्द्र, हाथुध्य लाइ सजाएर राखेको पाउंछेों । इन्द्रजात्राको दिन साझ उपाकु वनेगु  भनेर त्यस वर्ष मरेका अाफन्तजनको संझनामा पालामा वत्ती दिँदै सहर परिक्रमा गरिन्छ ( इन्द्रजात्रा वारेको रमाइलो कथा अर्केा टाँसोमा राख्ने् छु )  । यसको पनि रोचक कथा पढ्न पाइन्छ । यसवेलामा वसन्तपुर कुमारीघर अगाडि दशअवतार देखाइन्छ । चतुदर्शीको दिन इन्द्रजात्राको रूपमा गणेश,भैरव, कुमारीको रथजात्रा हुन्छ । यो जात्राको वेलामा पुरानो काठमाडेो शहर र पछि वढेको शहर छुट्रयाएर तल्लो र माथिल्लो भनेर कार्यक्रम गरिन्छ । पहिलो दिन काठमाडैाको तल्लो सहरमा रथ परिक्रमा गराइन्छ भने भोलिपल्ट येँया (इन्द्रजात्रा)    को दिन माथिल्लो सहरमा रथ घुमाइन्छ ।  इन्द्रजात्राको दिन भने रथजात्रासंगै दागिं, वेोमत जात्रा मनाइन्छ ।  इन्द्रजात्राको चार दिनपछि  नानीचा याः हुन्छ ,यो दिन गणेश, भैरव र कुमारीको रथलार्इ वीचको शहर परिक्रमा गराइन्छ । यही दिन हनुमान ढोका गाडीएको लिङगो ढाले पछि इन्द्रजात्रा सकिन्छ । गजव चलन छ  येँयाका दिन उपत्यकाभरका नेवारहरू समयवजि खान्छन् ।   त्यसोत हरेक चाडपर्व जात्रामा खानाका परिकार भिन्ना भिन्नै हुने गर्छ । इन्द्रजात्राको वेला समयवजि,गाइजात्रा जनैपूर्णे क्वांटी ,सिथी नखःमा वारा,चताँमरि,  योमरि पुन्हिमा योमरि, सकिमिला पुन्हिका वेलामा हलिमलि खाइन्छ ।

इन्द्रजात्रा पछि काठमाडैावाट दक्षिणमा रहेको दक्षिणकाली र फर्पिङको जात्रा शुरू हुन्छ । यो जात्रा पछि दशै तिहार को रमझम शुरू भै हाल्छ । यसवेला काठमाडैामा रहेको ९ वटा मन्दिरहरूमा मेला लाग्छ । अषटमी, नवमी र दशमीमा विशेष पूजा हुन्छ । दशमीका दिन भने विभिन्न ठाउंमा खड्रगजात्रा ( पायाः ) निस्कन्छ। दशैकै पांचेो दिन पचली भैरवको जात्रा हुन्छ । दशै पछि लगत्तै ितिहारको रमझम शुरू भै हाल्छ यसो गर्दा अशोज कातिर्क सकिन्छ । तिहार सकिएको तीन दिन पछि पाटन दरवार क्षेत्रमा  रहेको कात्तिक डवलीमा कार्तिकनाच ( कात्ति प्याखँ ) हुन्छ । कार्तिक पुर्णिमाको दिन सकिमिला पुन्हि मनाइन्छ । यसदिन वेलुका ठाउं ठाउंमा चना, वकुल्ला, केराउ जस्ता गेडागुडी सजाएर विभिन्न अाकृति वनाइ प्रदर्शन गरिन्छ । साथै डाफा भजन गाइन्छ । यो पर्व को भोलीपल्ट थानकोटमा महालक्ष्रमीको जात्रा लाग्छ । वालाचतुर्दशी,लुती  अजिमाको जात्रा, सातगाउंको जात्रा कीर्तिपुर,पांगा नैकाप, तीनथाना, मच्छेगाउ, सतुंगल,वोसीगाउं, मा षटजात्रा शुरू हुन्छ । यसपछि    मंसिर शुक्ल पुर्णिमामा योमरि पुन्हि । यो मरि पुन्हिचाड धान भित्राए लगत्तै भकारीको पुजा गरेर मनाइन्छ । माघेसंक्रान्ति,सालीनदी मेला,वग्रयोगिनी मेला,श्री पंचमी, शिवरात्रि,होलीपर्व फागु,पाहाँच हे ,घोडेजात्रा,नाला करूणामय जात्रा,सेतो मच्छिन्द्रनाथको जात्रा, पाटनमा रातो मच्छिन्द्रनाथ जात्रा,वुद्ध जयन्ति,वनेपामा चणडेस्वरी जात्रा,हरिसिद्धि जात्रा,मचातिया जात्रा,थिमिको सिन्दुर जात्रा,भक्तपुरको विस्केट जात्रा, यस वाहेक टोलटोलमा र गाउंका विभिन्न भागमा मनाइने अन्य थुप्रै जात्रा पर्व पनि छन्र । यो साल त मलमास अर्थात क्षयमास वा पुरूषोत्तम महिना  पुरै भाद्र  सम्म त अन्यत्र कतै जात्रा मात्रा नलागी  काठमाडेोवाट दक्षिण पश्चीममा पर्ने मत्स्येनाराणस्थानमा ठूलो मेला लाग्छ ।

संस्कृतविद्ध सत्यमोहन जोशीको भनाइमा , इन्द्रजात्रा पहिलेको जस्तो अहिले धुमधाम हुंदैन,विभिन्न देवीनाचको १२ वर्षे मेला,असन र इतुम्वहालवाट दशैमा निकालिने कुम्व प्याखँ ,थिमीमा सिन्दुर जात्राको वेलामा निकालिने ३२ खट मा अहिले १६ खटको मात्र जात्रा हुन्छ।थिमिको जिव्रो छेड्रने जात्रा भने अहिले लोप भएका जात्रामा पर्दछन् ।

यो टांसोलार्इ अझ पूर्ण वनाउन चाहनु हुन्छ भने तपाइले पनि थाहा पाएका जात्रा पर्वका वारेमा लेखेर सुझाव दिनु हुन पनि अनुरोध गर्दछु ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: