लू
पत्थरपुरको कथा मात्र हैन लू, यो त भारतसंग सीमा जोडिएको दक्षिण क्षेत्रको दिन दिनैको अमानविय क्रुर र घिनलाग्दा घटनाहरूको छरपस्ट कथाहरूलार्इ मेलो मेसो मिलाएर लेखिएको उपन्यास हो ।लेखक नयराज पाणडेले पश्चिम नेपालमा वस्ने मुसलमान र पहाडीया वीच रहेको एकता, ममता यस्मा पोखेका छन् ।सुदूर पश्चिम त्यसमा पनि भारतसंग सीमा जोडिएको क्षेत्रको उपन्यास लेख्दा उनी सीमाका वस्तीहरूमा चुर्लुम्म डुवेको पाइन्छ । सुदूर पश्चिम नेपालका विम्व यस्मा धेरै पस्कन सफल भएका छन् । मुसलमान जातिको धर्म , संस्कृति चाडवाड र मृत्यु लगायत उनीहरूका अन्य मसिना कुरा थाहा पाउन पनि लू उपन्यास पढ्नै पर्ने छ ।
भारतीय सर्कसमा हाम्रा सीमानाका धेरै केटाकेटी विभिन्न वाध्यतावस पुग्ने गरेका छन् । तीन माथि हुने श्रम शोषण लगायत येोन शोषणका कुरा यस उपन्यासको विषय वस्तु वनेका छन् । गरिवीले अाफना छोराछोरीलाइ सर्कसमा वेच्न वाध्य भएका वावु अामालार्इ एउटा पात्र इलैयाले संझाउंदा वावु अामाले – हामीलाइ तैंले खान दे कि, हामीलार्इ छोरी वेच्न दे भन्दा इलैया चुपचाप लागको घटना । पत्थरपुरका गरिव जनताहरू भोक रोग र प्रकृतिको प्रकोप, सीमानाका गुन्डा र प्रहरीवाट वल्लात्कृत हुनु पर्ने घटनालार्इ उपन्यासले समेटेको छ ।नुसरतको जीवन माथि खेलवाड गर्ने डांकाहरूका कारण उनको जीवनमा परेको वज्रपातको मार्मिक घटनाले मन चसक्क हुन्छ । सीमानाको वजारमा पुगेकि कमलाले त्यहांका गुन्डावाट अाफनो कुमारीत्व लुटिएपछी गर्भ वोक्न वाध्य भएकि कमला पात्रले गाउ र घर परिवारवाट तिरस्कृत हुनु पर्दा उनको जीवनका भोगार्इ कम मार्मिक छैन ।
अनि राता रातै ठुल्दाजुको सीमाना पेलार्इको कारणले अाज नेपालमा रहेको भू भाग भोली भारतीय वन्दा दशगजाका वासिन्दाले भोगेको कथा, कतिले विष खाएर अाफु र परिवार समेत स्वाहा भएको घटना पनि लू जत्तिकै तातो छ। रेडियोलाल जस्ता मनमेोजी पात्रहरू पनि हाम्रै समाजका घटनाको एउटा जीवन्त पात्र जस्तो लाग्छ ।
हिमलामाथी सूर्य उदाएको चित्रमा हिमाल रातो वनाए वापत प्रधानपंचको सिफारिसमा पुरस्कार थाप्न गएका जागेश्वरले अंचलाधीशको अादेश अनुसार वावु छोराले थुनुवाको पुरस्कार पाएको पंचायतीराजको चित्रण पनि यसमा पढ्न पाइन्छ ।
शुरू देखि उपन्यासको अन्त सम्म उत्सुकता जगाउने एउटा पात्र छ इलैया जो सुध्रिएला , घरजम गर्ला, उसका सपना पुरा होलान् उसको सुखी जीवनको कल्पना गर्दा गर्दै त्यो पात्र संगै उपन्यास समाप्ति हुन्छ ।
एक पानामा उपन्यासकार पान्डे लेख्छन् इलैयालले हिर्काएर गएको केही वेरपछि मैले यताउता कनिका जस्तै छरपस्ट अाफुलार्इ वटुलवाटुल पारेँ । कताकता उध्रिएको थिएँ , सिएँ अाफूलार्इ । टुक्रिएको थिएँ ,गाँसे पनि । उठेँ । अाफूलार्इ टक्रटक्याएँ । डेक्चीवाट भात पत्तलमा खन्याएँ । अघिनै सिलेोटामा नून- खोर्सानी पिसेर राखेको थिएँ । त्यही नून- खोर्सानीसित मुछेर भारी मनले भात खाएँ । डेक्ची पखालेँ । र, त्यही डेक्ची वोकेर म कोठावाट निस्किएँ ।
उपन्यासको भाषा, शव्द सरल छन् ,सलल वगेको छ , उपन्यासकार सुदुर पश्चिमका पहाडीया र मुसलमानका वीच राम्ररी भिजेका छन् । उनीहरूका दिन दिनका स साना घटनाहरूलार्इ पनि रोचक ढंगवाट प्रस्तुत गर्न उनी सफल रहेका छन् । उनका हाल सम्म पाँचवटा उपन्यास वजारमा अाइ सकेका रहेछन् । मैले पढेको यो उनको उपन्यास पहिलो हो । यो भन्दा पनि ससक्त उनको उलार उपन्यास छ रे अव त्यो पढे पछि तपार्इहरू समक्ष राख्ने छु । जय व्लग ।
जवाफ लेख्नुहोस्