झन् वुझयो झन् कठिन


जेठ १४ गते मध्यरात संविधान सभाको अवसान  ।

भोलिपल्ट  कान्तिपुरले अाफनो सम्पदकियमा लेखेको थियो  इतिहासको कालो दिन ।

समावेशी र समानुपातिक प्रतिनिधित्वका दृस्टिले विश्वमै नमूना मानिएको संविधानसभा विना उपलव्धी अवसान भएको घोषणा भयो । संविधानसभा त वन्यो तर रिसोर्टमा खुम्चियो । सभासदले पनि अाफनो अधिकार त्यसैदिन थाहा पाए र संविधानसभा  परिसरभित्र नारा जुलुस पनि घन्कियो । तर मर्ने निश्चित भएपछि ।

संविधान सभाको अवसान हुनवाट वचाउन सक्ने धेरै उपाए हुंदा हुंदै पनि वचाउने हरकत गरिएन वा गरिए जस्तो स्वांग रच्दै अन्तमा अवसान नै गराइयो । संघियता वा एकल जातिय पहिचानका कुरा नै प्रमुख कारण  थिएन होला  । सवै पार्टीका वीच सहमति र सहकार्यवाट मात्रै  निकास निस्कन सक्छ भन्ने कुरा घाम जतिकै छर्लङग थियो ।  ठुला भ्रम दिएर चार चार वर्ष नेताहरूले जनतालार्इ  झुक्याए  । जेठ १४ मा पनि लुकामारी खेल खेलेर जनतालार्इ अलमलमै पारियो । सवैको सहमति विना  चुनाव हुन सक्दैन, चुनाव गराउन विभिन्न वाधा अडचन छ भन्ने जान्दा जान्दै सत्ता पक्ष माअोवादीले अाखिर चुनाव घोषणा  गरेर सत्ता लम्व्याउने हतियार मात्र    वनाएको छर्लङग भयो । यी सवै घटना परिघटनाहरूलार्इ हेर्दा यो सुनियोजित चाल नै थियो कि भन्ने लाग्नु स्वभाविकै हो ।

संविधान अाए यो हुन्छ त्यो हुन्छ भनेर । नेताहरूका कुरा पत्याउने हामी जनताले पनि सवैको जड नै संविधान पो हो कि ।  त्यो नै सवै  रोगको अोखती हो भन्ने  लाग्यो । भारतमा चेलीवेटी  वेचविखन संविधान नभएरै भएको हो । स्कुलमा राम्रो पढाइ  संविधान नअाएरै हो । दिनका दिन हजारेो नेपाली विदेश जान झुत्ती लागेको पनि संविधान नभएरै हो । देशमा व्याप्त भ्रस्टाचार वढेको पनि संविधान भन्ने जिनिस नभएरै भएको  हो । अार्थिक क्रान्तिको पाटो सेलाएको पनि संविधानले नतताएको ले नै हो । जुम्लेलीले चामल नपाएको , रोल्पा र कर्णालीमा भोकमरी र सिटामोल नपुगेको पनि यसैको कारण हो । नेताले यसै भने हामीले पत्याइरह्रयेो । उ जुनीमा धर्म गर्न नसकेकोले यस जुनीमा दुःख भोग्न परेको भन्ने अध्यात्मवादीको रटान जस्तै नेताहरूले ठुला ठुला भ्रम छरेर  संविधाननै सवै कुराको जड हो भनिदिए । हामी त्यही भ्रममा संविधानलाइ सवै कुरो ठानेर सवैको दोष जहां जे विग्रिए पनि जस्ले जे गरे पनि यसैलार्इ दोष दिदै देशलाइ लुटिन वरवाद हुन दियैा ।

वास्तवमा संविधान देश को मूल कानून हो । यो  वन्दा एउटा परिपाटी वस्थ्यो । ६० वर्ष अघि देखि माग्दै अाएको कुरो  सवैले पाउंथे ।  देशले एउटा निकासी पाउंथ्यो ।  संविधानको गाइड लाइनमा देश अनि राजनीतिक  पार्टीहरू हिंड्ने थिए । हामी पनि जनताले लेखेको संविधान छ भन्न पाउने थियेो । वास्तवमा संविधान अाएको भए हामीले पाउने भन्ने यत्ति कुरा हो ।  अरू त हामीलेनै गर्ने हो । नेताहरूले अगुवार्इ गर्ने हो ।  संविधानले चामल फलाउंदैन थ्यो । संविधानले विकास भन्ने कुरो फटा फट् जन्माउने  थिएन ।  यहां त कुरो के भइदियो भने राजनीती गर्ने नेताहरूले राजनीतीलार्इ अाफनो पेशा ठानिदिए । राजनीति भनेको टाठा वाठा ले गर्ने एउटा उध्योग व्यापार जस्तो ठानिदिए । जनताका वुझाइ भन्दा वेग्लै कुरो हो यो जिनिस जस्तो वनाइ दिए । अाफु र अाफनो डम्फुलार्इ के गर्दा कसो गर्दा फाइदा पुग्छ र अाफु कसरी वलियो हुन सकिन्छ त्यतिमै सिमित रहेर खेति  गरी दिए ।

राजनेताहरूले भन्न त सक्लान् यत्रो फड्को मारियो । पंचायत फालियो । राजा फालियो ।  धर्मनिरपेक्षता अपनाइयो । गणातन्त्र लोकतन्त्र ल्याइयो ।यहां सम्म त ठीकै भयो । अनि खेल भयो सत्ता, केवल सत्ताको ।  राजनीतीको मुख्य काम त जनताका दैनिकी जन जीवनमा प्रभाव पार्ने हुनु पर्ने हैन र । के त अाज वहुदल अाए पछि वा लोकतन्त्र गणतन्त्र अाएपछि हामीले शिक्षा क्षेत्रमा यो राम्रो काम गरेउ । हिजो यति मजदूरले काम पाउने उद्रधोग वढेर अाज यति मजदूरले काम पाए । जनताको जीवन स्तर हिजो यस्तो थियो अाज फलानो देशको हाराहारीमा पुराउन सक्येो । अस्पतालका क्षेत्रमा जनतालार्इ यति सुविधा दिन सकयैो । हिजो भन्दा अाज हामीले यी यी कुरामा यति कुरा गर्न सक्यो । कलकारखाना यति खुल्यो , यतिले मजदूरी पाए ।  जनताहरूको जीवन स्तरमा देखिने प्रत्यक्षा यस्ता कुरा भए भनेर हाम्रा  नेता वा  हामी कार्यकर्ताले  भन्न सक्छैा त । जनताले मालपोतमा जांदा , भूिमसुधारमा  जांदा कर तिर्न करकार्याकलय  अादि जनसरोकार भएका ठाउंमा पुग्दा लोकतन्त्रको अनुभूत गर्न सकेका हेालान् त । हिजो वेथिति रहेका स्थानमा थिति वसाल्न सक्येो त । यस्ता अनगिन्ति ठाउं होलान् हिजो र अाजमा फरक हैन अझ जटिलता थपिएको । । त्यसैले जनताले सोच्दै नसोचेको ठुला कुरा देश विदेश घुमेर अाएर नेताहरूले गरिदिने तर यहां माखो नमार्ने परिपाटीले सवैकुरा विगारी रहेको छ ।

कुरो अायो संविधानकै । संविधान त समयमै दिन सकेनन् अझ यसमा जटिलता थपिदिए । एकल  जातिय राज्यको वीउ रोपिदिए । सवै जातजातिको फूलवारी रहेको,  वहु भाषा ,वहु धर्म , वहु संस्कृति रहे पनि सवै जात जातिको वीच अात्मीय सम्वन्ध रहेको नेपाली नेपाली वीच जातियताको वीउ रोप्न खोजियो ।  अव जात जातीका नाममा पहिचानका नाममा सिंगो नेपाललार्इ टुक्रा पार्न खेाजियो ।   राज्य पुर्नरसंरचना गर्दा देशलार्इ टुक्रा टुक्रा मा वांडिनु पर्छ जनताले मागेका कुरा हुन् ?। सिंगो नेपालको अाधा हिस्सा अोगट्ने तराइलार्इ एक मधेश एक प्रदेश वनाउनु पर्छ  तराइका जनताले मागेका हुन् ?। पहाडलार्इ चांहि टुक्रा टुक्रा पार्नु पर्छ  पहाडका जनताले भनेका हुन्  ?। तराइ पहाड सिंगो नेपालका जनताले त सवै धर्म अट्न सक्ने , सवै जात जात मिलेर वस्न सक्ने । के तराइ के पहाड के हिमाल सवैका जनताले विकासको चास्नी चाख्न पाउने , कतै पक्षपात नगरी सवैको उन्नति प्रगति पिडित जात जाती समुदायलार्इ कसरी उठाउने कसरी तिनको सवै क्षेत्रमा पहुंच वनाउने, कसरी तीनलाइ शिक्षित पार्ने , तीनको जीवनमा कसरी  छिटो भन्दा छिटो प्रगति ल्याएर तीनलाइर् लोकतन्त्रको अनुभूति दिलाउने त्यता तर्फ पो सोचिनु पर्ने हैन र ।   पिछडीएका जाति जनजातिलार्इ अरू वाटा टाठा जस्तै वनाउन तीनलार्इ शिक्षा स्वास्थ्य, रोजगारी र प्रत्यक्ष लाभ ती वर्गमा के गरी पुराउन सकिन्छ  गर्नु पर्ने हैन र , ठुला ठालुवाट  अाफनै जातजातिका मतियारवाट ठगिन पुगेका तिन्लार्इ के गर्दा उन्मुक्ति दिन सकिन्छ  सोच्नपर्ने हैन र । तर खोइ ति कुरा ।

अहिले सवै कुरालार्इ छोडिदिउं । सवै नेताहरूलार्इ समस्याको समाधान यसरीनै हुनसक्छ भन्ने थाहा नभएको हैन । अहिले संविधान सभाको अवसान भएकै ४ महिना वितिसक्न लाग्दा पनि ,अाफैले घोषणा भएको निर्वाचन नहुने पक्क भै सक्दा पनि  एउटा सहमति मा गएर निकास दिने कुरामा अझै एकले अार्कालार्इ दोष लगाउने भन्दा फरक कुरा केही भएको छैन । हाम्रो देशको भैागोलिक , सामाजिक र अार्थिक , वसोवास सवैकुरालार्इ हेर्दा नेपालमा कुनै हालमा पनि एकल जातिय राज्य हुन सक्ने अवस्था छंदै छैन । तरै पनि जिव्रो चपाएर यही मिल्नै नसक्ने कुरालार्इ निहुं वनाएर सत्तामा वसीरहने उपाए माअोवादी खोजी रहेको छ । अहिले नेपाली कांग्रस, एमाले सवैले भनि रहेका छन् एकल जातिय राज्य र एक मधेश एक प्रदेश कुनै हालतमा हुन सक्दैन भनेर । पहिचान भित्र पर्ने क्षेत्रिय, सांस्कृतिक भैागोलिक अाधारमा संघियतामा जाने कुरामा त सवै सहमत नै छन् ।  ए माअोवादी सत्ताको गुलियोमा अलमलिएर यस्ता नारा उठाउने िहिजैका ति लठैत मधेशवादी पार्टीहरूका नेता र तिनका स्वार्थी कुरालार्इ छांद हालेर वसेको देख्दा पो अचम्म लागि रहेछ ।  हिजोका दिनमा माअोवादीले अन्दोलन उठाउन जातजतिका राज्य दिने घोषणा गर्नुनै वेठीक थियो । पछि अाएर यो कुरालार्इ पनि एकपछिय रूपमा उनीहरूको दवावमा परेर नेताहरूले खुल्लानै जातजातिका राज्य वनाएर वांडे । तर अहिले यहीनै माअोवादीलार्इ गल पासो भै रहेको छ ।  नेपाललार्इ वुझेर के गर्दा राम्रो र सवैका लागि मान्य हुने विषय के हो त्यसमा पुगेर समस्याको समाधान गर्नु राम्रो कुरा हैन र । यसले पो नेताहरूको साख रहला, मान रहला ।

सवैभन्दा निरासावादी कुरा चांहि के भयो भने । प्रचन्डले वोलेको कुराको केही तुक र ठेगान नहुनु । अहिले सवै यसै भन्न थालेका छन् । भन्नेहरू त के पनि भन्छन् भने वहांकै वोलीको ठेगान नभएरै  पार्टी समेत फुट्यो ।   पहिचान संघियताको अाधार हो तर  कुनै वेला एकल जाति वाहेक अन्य कुनै अाधारमा संघियता हुंदैन भनेर कुर्लने प्रचन्ड हिजो अाज फेरी प्रदेश  वहुजातीय नै हुन्छन् । एकल जातीय भनेर परम्परागत संघीयता जस्तो एउटा जातिको वाहुल्य हुने , त्यही जातिकको वर्चस्व हुने िस्थिति अव नेपालमा छैन प्रचन्डले  भन्न थाले । यही कुरो हिजो वुझिदिएको भए त संविधानसभाको अवसान हुने थिएन कि । सांच्चै यो कुरोमा वाहां अडिनु भएत अगाडीको वाटो केही सहज होला कि । यो त समयले वताउने कुरा हो ।’cause वोलीको ठेगानै छैन ।

राजनीतिमा कसैले पनि अाफनो पन देखाउन सकेनन् । सवै उस्तै उस्तै  । दश वर्षे जनयुद्ध लडेर अाएको ए  माअोवादी पार्टी पनि अहिले अरू भन्दा फरक देखिएन । सवै विलासि जीवन विताउनमै मस्त रहे । लोकतन्त्रमा पार्टी एक ढिक्का भएर जानु पर्नेमा त्यो पनि देखिएन । माअोवादी पार्टी त फेरी फुटेरे गयो । प्रचन्ड न  संविधान दिन सक्येो न पार्टी एक वनाएर राख्न सक्येो ।

वाटो त हिजै देखि  प्रस्टै  थियो । सहमति र सहकार्य  । देशलार्इ खांचो यही थियो ।   सवै नमिलि , सवै सहमति नभै केही नहुने पनि प्रस्टै छ । जे गरे पनि जुन वाटो लिए पनि एक पटक संसद नवसी अव निकास ननिस्कने पनि पक्कै भै सक्यो । निर्वाचनको पनि विकल्प छैन । तर चुनाव हुंदैमा नया संविधान सभा वन्दैमा समस्याको समाधान हुन्छ भन्ने पनि छैन ।  त्यसैले अहिलेसम्म देखिएका भएका विवादमा प्याकेजमै समस्याको समाधान निकाली, संविधानका विषयमा हिजो भएको सहमतीलार्इ  टुंग्याएर  केही समय संविधानसभाको पुर्नस्थापना गरी जारी गर्ने , त्यस पछि वांकी रहेका विषयमा  ठोस सहमति गरी , संविधानसभा वा संसद जे नाम दिए पनि  चुनावमा जाने र चुनाव वाट अाएको शक्तिले ६ महिना, एक वर्ष भित्र  विवादीत विषयको टुंगो लगाउने । अरू वांकी समय संसदको कार्य गर्ने र यही अविधमा   सहमतिवाट वनेको सरकारले स्थानिय निर्वाचन र पूर्ण संसदको  निर्वाचन गराएर अाउने शक्तीले देश हांके त कुरा मिली हाल्ल्योथ्यो कि ।

यसो गर्दा पनि चित्त कत्तिको नवुझन सक्ला चित्त नवुझने पार्टीहरूले वांकी कुरा जनताको साथ र  अभिमत लिएर  जारी संविधान अनुसार लड्दै वांकि काम गर्दै गए नेपालको राजनीति सवैले वुझ्रन सक्ने थिए कि ।

२०६९ भाद्र १४

Advertisements

ट्यागहरु:

One Response to “झन् वुझयो झन् कठिन”

  1. pawan puri Says:

    now what the solution? solution ko bare ma ne halka budhagat rum ma describe aaya ko vaya ramro hunthyo.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: