उपेक्षित छन् पुस्तकालय


 

विक्रम संवत् १८६९ भदेो १५ मा तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहले लालमोहर जारी गरेपछि नेपालमा पुस्तकालय स्थापना भएको थियो । तसर्थ नेपालमा पुस्तकालयको इतिहास अाज दुर्इ सय वर्ष पुगेको छ । यही इतिहासलार्इ ढिलै भए पनि सम्झेर नेपालले २०६५ भदेो १५ गते  सवैका लागि पुस्तकालय भन्ने नारासहित प्रथम पुस्तकालय दिवस मनायो । अाज हामी पाँचेो पुस्तकालय दिवस भव्यताका साथ मनाउन गर्इरहेका छेोँ । यसको मूल नारा ” पुस्तकालय जाअेो पढ्ने वानीको विकास गरेोँ  ” भन्ने रहेको छ । पुस्तकालय दिवस मनाइरहँदा सवैको पहुँचमा पुस्तकालय कसरी पुरयाउने भन्ने कुरा नै महत्वपूर्ण हुनेछ । प्रथम पुस्तकालय दिवसको नारा पनि यसैमा केन्द्रित  थियो तर व्यवहारमा सवैका लागि पुस्तकालय भन्ने नारा सार्थक हुन सकेन ।

शिक्षाको उज्यालो घामवाट कोही वन्चित हुन नपरोस् भन्ने पवित्र भावनालार्इ साकार पार्ने हो भने नेपाल सरकारले गाउँ गाउँमा सार्वजनिक पुस्तकालय सन्चालन गर्न प्रेरित गर्ने कार्यक्रम ल्याउनु जरूरी छ । हाम्रो जस्तो करीव ६० प्रतिशत अशिक्षित जनसंख्या रहेको देशमा राज्यका तर्फवाट पिरामिड वनोटका अाधारमा अाधरभूत तहसम्म पुग्ने गरी सार्वजनिक पुस्तकालय संचालन हुनु अावशयक छ । केन्द्रीय पुस्तकालय मातहत एक गाउँ एक पुस्तकालय र हरेक नगर क्षेत्रमा कम्तीमा ४।५ स्थानमा सार्वजनिक पुस्तकालय संचालन हुने व्यवस्था गर्नु अनिवार्य भइसकेको छ ।

राणाकालपछि विभिन्न शिक्षासेवी चेतनशील वर्गको प्रयासमा खुलेका ग्रामीण पुस्तकालय अार्थिक अभावका कारण र व्यवस्थित रूपमा संचालन हुने पद्धति नभएकाले प्रायः सवै वन्द अवस्थामा पुगेका छन् । राज्यले अहिले पनि यस क्षेत्रतर्फ  कुनै ठोस योजना वनार्इ प्राथमिकता दिएको देखिदैन । त्यस्ता पुस्तकालयले समाज परिवर्नका लागि ठूलो भूमिका खेलेको हामीले विर्सनु हुँदैन ।

सरकारले अहिले देशव्यापी रूपमा संचालन गरेको अनेोपचारिक शिक्षा कार्यक्रम अादिले प्रत्येक गाउँटोलमा पढ्न चाहने महिलाहरूको एउटा जमात तयार भर्इसकेको छ । उनीहरूले सिकेका कुरालार्इ निरन्तरता दिन उपयुक्त पुस्तकको अावश्यकता पर्दछ । यसरी हरेक गाउँमा सार्वजनिक पुस्तकालय सरकारसमेतको सहभागिता रहने गरी खुल्ने हो भने साक्षरता कक्षामा सहभागी हुनेदेखि गाउँ नगरमा रहेका युवायुवती, प्रेोढ तथा वालवालिकहरूले अाफनो रूचि अनुसारको पुस्तक पत्रपत्रिका अादि पढ्न पाउने थिए । पुस्तकालयले अध्यनशील व्यक्तिलार्इ सम्वद्ध चेोतर्फी ज्ञान लिन सघाउ पुरयाउँछ । स्कुल पढ्ने सवै तहका विध्यार्थीले त अझ विध्यालय वन्द भएको समयमा पुस्तकालयमा वसेर वा घरमै पुस्तक ल्याएर अध्ययन गर्ने वानी वसाल्न सक्दथे ।

अध्ययन गर्ने ठाउँहरूमध्ये विध्यालय र पुस्तकालय दुर्इ महत्वपूर्ण क्षेत्र हुन् । ज्ञान हासिल गर्ने दृस्टिले यी दुवै ठूला स्रोत हुन् । त्यसैले हरेक विध्यालयमा पुस्तकालय रहनु अावश्यक छ । तर व्यवहारमा सरकारी वा निजी क्षेत्रका नाम चलेकै विध्यालयमा पनि पुस्तकालय विध्यार्थीका लागि सर्वसुलभ रहेको पाइँदैन । त्यसमाथि पनि पुस्तकालय भएका सरकारी विध्यालय एकदमै न्यून छन् ।

विध्यालय पढ्ने वालवालिका तथा छात्रछात्राको ज्ञानको भणडार फराकिलो पार्न उनीहरूलार्इ पाठ्यक्रमका अतिरिक्त विविध ज्ञानको अावश्यकता पर्दछ । त्यसका लागि यथेस्ट पुस्तकमा उनीहरूले रमाउन पाउनुपर्दछ । अहिले प्रेोढ , युवायुवती तथा वालवालिकाले अाफना फुर्सतका समय पसल चोक र वाटोघाटोमा जमघट भएर समय विताउन वाध्य भएका छन् । अाफनो गाउँ तथा नगरमा व्यवस्थित सार्वजनिक पुस्तकालय सर्वसुलभ हुने हो भने तिनीहरू निश्चयनै ढिलो चाँडो त्यहाँ पुग्छन् । पुस्तकालयमा रहेका विविध विषयका पुस्तकको अध्ययनवाट अाफनो क्षमता विकासको साथै अेोपचारिक अध्ययनमा समेत टेवा पुग्ने थियो । त्यस वाहेक पत्रपत्रिका मार्फत  देश विदेशमा भइरहेका घटनावारे थाहा पाउन सजिलो हुने थियो ।

पुस्तकालय र पुस्तकको महत्व वताउँदै जनस्तरवाट स्थापित पहिलो सार्वजनिक पुस्तकालय पाल्पाको धवल पुस्तकालयमा २००९ साल चैतमा पुगेका महाकवि देवकोटाले त्यहाँ रहेको अागन्तुक पूस्तिकामा लेख्नुभएको थियो   “…..पुस्तकालय प्रकाश केन्द्र हो । नमरोस्, निभ्न नपरोस् । यसलार्इ विशाल स्वरूप लिएर फैलाउनु शाखा प्रशाखा खोल्न लगाउनु, भरिभराउ गराइदिनु र यसलार्इ पोषण दिनु प्रत्येक नेपाली नागरिक लेखक , देशमक्त र अधिकारीको परम कर्तव्य हो । ” त्यस्तै पुस्तकालयको महत्व दर्शाउंदै एउटा लेखमा मनुव्राजाकीले लेखेका छन्  ” मेरो गाउँ र शहरका प्रत्येक छेउ कुनामा रक्सी भटृी थिए । ती ठाउंमा घुम्दा घुम्दै मलार्इ रक्सी पिउने वानी वस्यो । अनि म रक्स्याहा भएँ । ती ठाउँमा पुस्तकालय र पुस्तक पसलहरू भइदिएका  भए अाज म एकदम वेग्लै हुन्थे होला ।” त्यसैले पुस्तकालयको व्यापकताले एउटा सुयोग्य र चेतनशील नागरिक वनाउन ठूलो सहयोग पुरयाउने कुरामा दुर्इमत रहँदैन ।

राज्यले एक गाउँमा एक पुस्तकालय र हरेक नगरपालिका क्षेत्रभित्र सवैलार्इ पायक पर्ने गरी ४।५ स्थानमा पुस्तकालय रहने अवधारणा ल्याउने हो भने निश्चय नै यसले निरक्षर र अशिक्षित वर्ग जसलार्इ राज्यले साक्षर  वनाउने कार्यक्रममा ठूलो लगानीका साथ सहभागी गराइरहेको छ ती र सवै शिक्षित वर्गलार्इ पनि फाइदा पुग्ने देखिन्छ । भनिन्छ – वाली लगाउन छ महिनाको, फलफूल रोप्न १० वर्षको र मान्छेलार्इ शिक्षित वनाएर सफल नागरिक वनाउन एक सय वर्षको योजना वनाउनुपर्छ । हुन त अाज र्इ . पुस्तकालयको अावश्यकता र माग वढिरहेको अवस्थामा अव ढिलै भए पनि राज्यले गाउँ गाउँमा पुस्तकालय पुरयाउने योजना वनाउनुपर्दछ । त्यसैले हरेक गाउँ र नगरका वडामा रहने सार्वजनिक पुस्तकालयका लागि गाविस वा नगरपालिकाका वडामार्फत रकम प्राप्त हुने गरी पहिलो वर्षमा अावश्यक केही रकम र पछिल्ला वर्षमा प्रत्येक साल एक ।दुर्इ लाख रकम मात्र नियमित विनियोजित हुने हो भने यसले शिक्षाका क्षेत्रमा एउटा दूरगामी प्रभाव पार्ने देखिन्छ । मानिस शिक्षित र चेतनशील नभर्इ समाजको विकास अघि वढ्न नसक्ने भएकोले शिक्षामा सवैको अिधकार भन्ने नारालार्इ साकार पार्न पनि गाउँ गाउँमा पुसतकालय खुल्नु नितान्त अावश्यक छ । पुस्तकालय मानिसको वेोद्धिक विकासको कोणवाट अति महत्वपूर्ण छ ।

अहिले भएका रास्ट्रिय पुस्तकालय पनि सर्वसाधारणको पहुँच पुग्ने स्थानमा नभएकाले अाम मानिसले त्यसवाट फाइदा लिर्इ ज्ञान अार्जन गर्न सकिरहेका छैनन् । सार्वजिक पुस्तकालय सवैको पहुँच पुग्ने र मानिसहरूको जमघट हुने थलोको अासपास हुनुपर्दछ ।  यसो भएमा सामान्य मानिसदेखि पढेलेखेका शिक्षित मानिसहरूले त्यसको प्रयोग अधिकतम गर्न सक्छन् । कसैलार्इ पर्खन एक दुर्इ घन्टा विताउने समय पनि पुस्तकालयमा वितार्इ भेटघाट गर्ने थलो वनाउन सक्छन् । काठमाडैोको हकमा न्यूरोडको भूगोलपार्क , रत्नपार्क जस्ता ठाउँमा सुविधासम्पन्न प्रयाप्त अध्ययन कक्षहरू भएको केन्द्रीयस्तरका सार्वजनिक पुस्तकालय हुने हो भने यो सवैका लागि हुन सक्छ ।

हाल रहेको रास्ट्रिय पुस्तकालय २०१३ सालमा सरकारले राजगुरू हेमराज पाणडेको निजी पुस्तकालय किनेर  हिजो  रास्ट्रिय पुस्तकालय स्थापना गरेको हो । अाज ठाउँका हिसावले अाम जन समुदायका लागि भन्दा पनि देखाउने कुरामा मात्र सीमित हुन पुगेको छ ।

सुयोग्य र शिक्षित नागरिक उत्पादनका लागि विकसित मुलुकले पुस्तकालयलार्इ ठूलो महत्व दिइएको पाइन्छ । जनसंख्याको हिसावले २४ अैा राज्यमा पर्ने अमेरिकाको एरिजोनाको टुसान शहरमा झन्डै दुर्इ वर्ष विताउने मेोका पाउँदा त्यहाँ ठुला र ससाना गरी विभिन्न ठाउंमा २१ वटा पुस्तकालय रहको पाएको थिएँ । ती सवै पुस्तकालयमा केटाकेटीका लागि पनि अावश्यक पुस्तकको व्यवस्था गरिएको रहेछ । त्यस्तै जापानमा सानो उमेरमै वालवालिकालार्इ वावु अामाले पुस्तकालयमा पुरयाएर पढ्ने वानी वसाइन्छ । जापानमा वढीमा २० मिनेटको दूरीमा एउटा पुस्तकालयको व्यवस्था छ । पुस्तकालय तथा सूचना सेवा रास्ट्रिय नीति  २०६४ मा अाम नागरिकमा सूचना स्रोतमा पहुँच पुरयाउन पुस्तकालय र सूचनाकेन्द्र गाउँदेखि  केन्द्रसम्म अनिवार्य स्थापना तथा संचालन गर्नु रहेको छ । अतः नेपालमा सरकाले एक गाउँ एक पुस्तकालयको अवधारणा वनार्इ त्यसलार्इ कार्यान्वयन गरे यताउता भेोतारिरहेका युवा पुस्ता, अनेोपचारिक शिक्षामा सहभागी खासगरी महिला र अन्य सवै वर्ग लाभान्वित भर्इ पुस्तकालय सवैका लागि ज्ञान अार्जन गर्ने थलोका रूपमा विकास हुनो थियो । राज्यले पुस्तकालयमा गरेको लगानीको प्रतिफल भोलिका दिनमा लाभप्रद देखिने थियो ।

अन्ततः यसले नेपालको अभिशापका रूपमा रहको ठूलो अशिक्षित समूहलार्इ न्यून गर्ने र शिक्षाको उज्यालो घामवाट कोही वन्चित नहुन् भन्ने पवित्र उद्देश्यलार्इ टेवा पुग्ने थियो । पुस्तकालय जाअेो  पढ्ने वानीको विकास गरेोँ भन्ने नारा पनि व्यवहारमा लागु हुने थियो ।

व्लगलार्इ निरन्तरता दिन अाज मैले २०६९ भदेो १५ को गोरखा पत्रमा प्रकाशित मेरो लेख राखेको छु । हेर्नु भै सकेका साथीहरूको लागि मेरो विचारलार्इ थप टेवा दिन सुझावको अपेक्षा गर्दछु । नहेरेका साथीहरूले पनि हेरी सुझाव पाउन अनुरोध छ । जयव्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: