इन्द्र र पारिजात


इतिहाससंग जोडिएका पुराना कथाहरू रमाइला र चाखलाग्दा हुन्छन् । इन्द्रजात्रा  एउटा अाफैमा रमाइलो पर्व हो ।समय अनुसार यसमा परिवर्तन हुँदै र यसको रेोनकमा  केही कमि भए पनि हिजो यो ठूलो भव्यताका साथ धेरै मानिसको उपस्थितिमा मनाइन्थ्यो । चारै खुटका मानिसहरूको सहभागिता हुन्थ्यो ।   यो जात्रामा सवै वर्ग जात जातिको सहभागिता रहेको पाइन्छ । कुनै धर्म विशेषका मानिसले मात्र मनाउने चाड हैन यो ।  यसपाला इन्द्रजात्रामा अवेर सम्म वसेर हेर्दा त्यस्तै लाग्छ । यही कथासंग जोडिएको इन्द्रदह पुग्दा पनि सवै जात जाति को उपस्थिति देख्दा हाम्रो धार्मिक सहिस्नुता, जातिय सद्र्भाव लोभ लाग्दो छ ।

यस टांसोमा त्यस दिनका केही फोटोहरू राख्ने मनसुवाले क्यामरा वोकेर गए पनि कस्तो हुस्सु भैएछ भने क्यामरा मा मेमोरी कार्ड राख्न छुटेछ । त्यसैले  टांसोमा  फोटो राख्न सकिन । साह्रै नरमाइलो लाग्यो । टांसो लेखि रहंदा पनि दिक्क लाग्यो । पोहरसाल यस वारे भीमसेनस्थानका एकजना साथीवाट यो रमाइलो कथा सुनेपछि म पनि यस साल इन्द्रजात्रा सकिएपछि निकै अवेर सम्म वसेर कथासंगैका दृश्यहरू हेर्ने जमर्को गरे । कथाको मेरो स्रोत पनि साथी, विभिन्न पत्र पत्रिका , सामाजिक संजाल नै हो ।

इन्द्रजात्रा र इन्द्रदहसंग जोडिएको रमाइलो कथा  ।

स्वर्गवाट देवराज इन्द्र घुम्न कान्तिपुर अाइपुगेछन् । इन्द्रलार्इ पारिजातको फूल निकै मन पर्ने भएकोले डुल्दै जांदा एउटा वगैंचामा ढकमक्क फुलिरहेको पारिजातको फूल टिप्न लाग्दा काठमाडेोँवासीले  फूल चोर भन्दै  समातेर  थुनेछन् । निकै दिन सम्म पनि घुम्न हिंडेको अाफनो छोरो इन्द्र नफर्के पछि अामा वसुन्धरा दांगी ( डंकिनीको अपभ्रंस भन्छन्  ) को भेषमा छोरा खोज्न काठमाडेोँ अाइछन् । अाफनो छोरा खोज्दै जाँदा छोरालार्इ एउटा दरवारमा थुनेको देखिछन् । छोरा छुटाउन काठमाडेोवासीसंग सम्झेोता गर्दै शीत ल्याइदिने र मृत अात्मालार्इ भेटाउन स्वर्ग लाने वाचा गरेर इन्द्रलार्इ छुटाइछन् ।

छोरा इन्द्रलार्इ लिएर  स्वर्गजान लाग्दा उनका पछि मृतक परिवारका स्वजनहरू  मृत अात्मा भेट्न जाने भनेर पछि लागेछन् । इन्दकी अामा वसुन्धारालार्इ फसाद परेछ । जीउंदो मानिसलार्इ स्वर्ग लान भएन, त्यसैले हालको इन्द्रदहको टुप्पोमा पुगेपछि अाफु साथ लागेकाहरूलाइ स्वर्गजान नुहाउनु पर्छ भन्दै  नजिकको दहमा नुहाएर अाउन भनिछन् । उनीहरू नुहाउन थाल्दा वाक्लो हुस्सु लगेछ । त्यही मेोका छेपी अामा छोरा टाप कसेछन् ।

राजा गुणकामदेवको पालादेखि चलेको इन्द्रजात्राको  निरन्तरता अनि माथिको कथाको निरन्तरता  भनेोँ इन्द्रजात्राको दिन कुमारीको रथ वसन्तपुरवाट प्याफल,यट्खा न्यत, किलागल,भेडासिँह,इन्द्रचोक,मखन हुंदै वसन्तपुर ल्याएको केहि पछिनै सेतो मुकुन्डो लगार्इ दांगि ( इन्द्रको अामा ) निकालिदो रहेछ । कुमारी रथ यात्राको चलन सन् १७५३ देखि चलेको कुरा इतिहास शिरोमणि वावुराम अाचार्यले लेख्नु भएको छ । यो चलनले निरन्तरता पाएको  २५९ वर्ष भएको  छ । दांगिलार्इ काठमाडेोँको भुतिसतः वाट दुवै अाखा छोपेर निकालिन्छ । दुवै हात वांधि ल्याएको दांगिको हात भने मरू गणेशमा ल्याएर खोलिंदो रहेछ ।  त्यस पछि यस वर्ष मृत भएका  अाफन्त सेतो पहिरनमा वाजागाजाको तालमा छिटो  छिटो गेडागुडी ( नैा थरी ) छर्दै हिंडछन् । स्वर्ग गएर फर्कदा वाटो नवियोस भनेर गेडागुडी  छरेकै वाटो हेर्दै फर्कन यसो गरिएको  पनि भनिन्छ । यसरी हिंड्दा यस यात्राको वाटो मरू गणेश, प्याफल हुंदै नरदेवी असन , इन्द्रचोक, चिँकमुगल, लगन जैसिदेवल, ह्युमत , भीमसेनस्थान हुंदै कास्ठमन्डप  गएर टुँगिन्छ । गुणकामदेव राजाले वसालेको कान्तिपुर शहर खड्ग अाकारको भएकोले यस यात्राले पनि खड्गको रूप लिन्छ ।

यसै दिन सायमीहरूले पनि दांगी जस्तै वैामत जात्रा निकाल्छन् । वैामत निकाल्नेहरूले दाँगी र दाँगी निकाल्नेहरू वेोमत हेर्नु हुन्न , हेरे मरिन्छ भन्ने चलन  रहेछ । त्यसैले दाँगीले माथिल्लो सहरको परिक्रमा गरेर तल्लो सहर परिक्रमा गर्न हिँडे पछि  वेोमत निकाल्नेहरू चांहि माथिल्लो सहरको परिक्रमा गर्न निस्कन्छन् । वेोमत निकाल्नेहरूले चांहि ५।६ फिटको वाँसमा दियो वालि दाँगिको वाटो पछ्याउँदै नगर परिक्रमा गर्ने चलन रहेछ । कोही भन्छन् , दाँगिको यात्रामा गएर फर्कनेहरू नहराउन् , वाटो नविराउन्  भनेर अग्लो वांसमा वत्ति वालेर वाटो देखाउंदै हिँडेको कुरा पनि वताउने गर्दछन् । इन्द्रजात्रा सकिएपिछ वेलुकातिर हुने यो दाँगि र वेोमतको यात्रा रातभर जसो हुने सकिंदा विहानको २।३ वज्ने रहेछ । यही यात्रावाटै मृतकका कतिपय परिवार ,स्वजनहरू यतैवाट काठमाडेो सहरवाट दक्षिण पश्चिममा रहेको दहचोक गाविसको इन्ददह नुहाउन जान्छन् ।

इतिहास अनुसार गुणकामदेवले वसाएको कान्तिपुर राज्यको सहर वसाउन दिनको  एक लाख खर्च भएको कुरा वंशावलीमा  लेखिएको पाउंछेोँ । त्यतिवेला शहर वसाउँदा १८ हजार घर थिए रे । यो सहर निर्माणगर्दा राजा गुणकामदेवले महाकालीले लिएको खड्गको अाकारमा निर्माण गरिएको थियो भनिन्छ । त्यसैले महानगरपालिकाले अाफनो लोगोमा यही अर्थमा खड्ग चिन्ह राखिएको भनिन्छ  ।

जय व्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: