देश गरीव होइन……..


देश गरीव होइन , हाम्रो मानिसकता र सोचाइ मात्र गरीव हो

नेपाल सम्भवतः एउटा त्यस्तो देश हो जहाँ अार्थिक उन्नतिका सयेोँ सम्भावना छन् । नेपालको जलवायु भूवनोट र प्राकृतिक स्रोत  सवै नेपाललार्इ वैभवशाली वनाउन सक्षम छन् । अार्थिक क्षेत्रमा विश्वलार्इ नै हाँक दिइरहेका दुर्इ  समुन्नत छिमेकी रास्ट्र  भारत र चीनका वीच नेपाल छ । यी दुर्इ ठूला अर्थतन्त्रवीच रहेको नेपालको विकासका लागि यो ठूलो अवसर छ । पूर्वाधार निर्माण गरी यी दुर्इटा विकसित मुलुकलार्इ जोड्ने साँघु मात्र वन्न सके पनि हाम्रो यहाँ विकासका सम्भावना धेरै छन् । सानो भूवनोट हावापानीको हिसावले वाह्रै महिना उत्पादन गर्न सकिने समृद्धि र सम्मुन्नतिका लागि प्रशस्त साधन भएको नेपाल छ । हिमाल पहाड र तरार्इसम्मको भूभाग अर्थात चिसोपानी, चिसो हावादेखि लिएर ठिक्कको र तातो हावानी रहेकाे समथर तरार्इ भूभाग हामीसँगै छ । विकसितदेखि  अति विकसित रास्ट्रमा श्रम खर्चन सक्ने हँसिला , वलिया र मेहनती यमानदार जनशक्ति पर्याप्त छ । त्यति हुँदा पनि यहाँका जनता संधै दुःखी छन्  गरीव छन् । त्यसैले हाम्रो रास्ट्र गरीव र अविकसित देशको पंक्तिमा सधैँ तलवाट पहिलो र दोस्रोमा पर्दै अाएको छ ।

हामीभन्दा दुर्इ वर्षअघि मात्र स्वतन्त्र भएको चीनको प्रगति दिन दुर्इगुना रात चैागुनाको दरले भइरहेको छ । अमेरिकापछि अर्थतन्त्रमा संसारमा दोस्रो रहेको जापानलार्इ  पनि उछिन्दै दोस्रो ठूलो अर्थतन्त्र भएको देशका रूपमा अहिले चीन पुगेको छ । संयुक्त रास्ट्रसंघका अनुसार चीनले खुला वजारनीति शुरू गरेयता ३० करोड जनतालार्इ गरीवीवाट बाहिर निकाल्न सफल  भएको छ । अहिले चीनको प्रतिव्यक्ति अाय तीन हजार ८०० सय डलरभन्दा वढी पुगेको छ । सन् २०२७ सम्ममा विश्वको  सबभन्दा ठूलो अर्थतन्त्र का रूपमा रहेको अमेरिकालार्इ पनि उछिन्दै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बोकेको देश बन्ने अभियानमा चीन लागिपरेको छ । भारत,भुटान र माल्दिभ्सले अाफनो प्रतिव्यक्ति अाय एकहजार डलरभन्दा माथि लगिसकेको छन् तर विडम्वना सबै संम्भावनाले भरिपूर्ण नेपालको प्रतिव्यक्ति अाय भने २४३ डलर मात्र छ । पाकिस्तान, श्रीलंका , भुटान ,माल्दिभ्सको विकासदर पाँचदेखि नेो प्रतिशत पुगेको छ । हाम्रा दुर्इ छिमेकी देशहरू दुर्इ अंकको अार्थिक वृद्धिदरमा उक्लिरहंदा नेपालले तीन दशमलव पाँच पेतिशतको हाराहारीमा रहनुपरेको छ ।

नेपाल र नेपाली सधैँ गरीब र पछेोटे हनुमा कसको दोष होला । राजनीतिको दोष होला या राजनेताको दोष होला या राजनेताको अभावले होला या त भूपरिवेस्टित देश भएर होला, या त व्याप्त भ्रस्टाचारका कारणले वा सही भिजन वा नीति कार्यक्रम र सोच केही नभएर होला  अथवा हुनसक्छ पूँजी अभावका कारण केही गर्न नसकेर होला । विकासका लागि शान्ति र राजनीतिक स्थिरता प्रमुख पूर्वाधार हो तर अाम मानिसको वुझार्इ भने विकासका प्रशस्त सम्भावना हुँदा पनि हाम्रा नेताले नै राजनेता भर्इ केही गर्न नसकेकाले हामी र हाम्रो यो दुर्गति भएको हो भन्ने वुझार्इ छ । त्यसैले अाम मानिसले  जे अाए पनि, जो अाए पनि कानै चिरिएका भनेर अेोलो ठड्याउनु स्वभाविकै पनि हो ।

प्राकृतिक स्रोत साधनले त हाम्रो नेपाल ठगिएको पटक्कै होइन । संसारमा जलस्रोतको धनी देश भएकोले ८३ हजार मेगावाट विध्युत उत्पादन गर्न सक्ने हामीसँग  छ हजारभन्दा वढी खोलानाला  छन् । उत्पादनकै हिसाबले पनि ४५ हजार मेगावाटभन्दा वढी विध्युत उतपादन गर्न सकिन्छ । जल विध्युतको पाहिलो धनीरास्ट्र दक्षिण अमेरिकी मुलुक ब्राजिल जसले एक लाख मेगावाटभन्दा बढी बिजुली उत्पादन  गरिसकेको छ । केहीवर्ष  अघिसम्म टेलिभिजन  नभएको, हवाइजहाज ग्राउन्ड नभएको भनिने हामी जस्तै भूपरिवेस्टित भूटानले अाज एक हजार ५०० मेगाबाट विध्युत भारतलार्इ बेच्न सक्ने भइसकेको छ ।

जलस्रोत चलायमान सुन रहेछ । अाज सुन वन्यो भुटानको जलस्रोत । सन् २०२० सम्म १५ वटा थप विध्युतगृह बनाउने लक्षयका साथ उसले काम गरिरहेको छ । अर्को भूपरिवेस्टित देश लाअोसले अाफनो देशको गरीवी हटाउन जलविध्युतलार्इ उसले मुख्य केन्दविन्दु वनाएर अाफना छिमेकी देशलार्इ निर्यात गर्न लागिपरेको तथ्य सवैसामु छ तर हामीले अहिले एक हजार मेगावाट मात्र बिजुली उत्पादन गर्नसकेको भए जनताले चुक घोप्ट्याए जस्तो अन्धकारमा अलिवर्षसम्म जीवन बिताउनपर्ने थिएन ।

वि.सं. १९६८ मा फर्पिङ जलविध्युत केन्दबाट झन्डै सय वर्ष अघि राणा शासनकालदेखि विध्युत उत्पादन हुन थालेको देशमा अहिले धेरै काल वितिसक्दा  पनि नेपालले वर्षायाममा करीव ६८९ मेगावाट मात्र त्यो पनि वर्षायाममा मात्र विजुली उतपादन भइरहेको छ । हिउँदमा त अझ  अाधा पनि उत्पादन नहुने अवस्था छ । हाम्रा राजनीतिज्ञले सत्ताको लागि जसरी कलह , झगडा र प्रतिस्पर्धा गरे त्यसैगरी विकास निर्माणको कुरामा र निकासको कुरामा अगाडि बढेको देखिएन । प्रकृतिले दिएका वहुमूल्य जलस्रोतको क्षेत्रलार्इ सदुपयोग गर्ने काममा प्राथमिकता दिएको भए अाज हामी नेपालीको जीवनस्तर धेरै माथि उठिसकेको हुने थियो । विकासको पूर्वाधारको बटो खुल्थ्यो । प्रयाप्त बिजुलीले उध्योग कलकारखाना फस्टाउँथे । ,बिजुलीबाट चल्ने यातायातका साधनको विकास हुन्थ्यो । घरघरमा अत्धिक बिजुली खपतले विदेशवाट अाउने डिजेल, पेट्रोल ,ग्यास जस्ता कुरामा खर्च कटेोती हुनसक्थ्यो । बढी भएको बिजुली छिमेकी देशलार्इ विक्री गरेर प्रशस्त अार्थिक लाभ लिन सकिन्थ्यो ।

जसले जे भने पनि नेपालको छिटो अार्थिक वकासको मेरूदन्ड जलविध्युत नै हो , यस्मा दुर्इमत पाइएको छैन । जलविध्युतभित्र पर्यटन,अेोधोगीकरण अनि कृषि बाटोघाटो रोजगारी र सिँगै देशको अार्थिक समृद्धि यसैमा लुकेको छ । नेपालको जलस्रोतलार्इ जलविध्युत , सिँचाइ र  खानेपानीमा भरपुर प्रयोग गर्ने र त्यस वाहेक जलपरिवहनमा जलस्रोतलार्इ प्रयोग गर्न सकिने ठूलो सम्भावना बोके पनि अाजसम्म यसका अार्थिक पक्षवारे गहिरिएर  अध्ययन हुनसकेको  छैन । अध्ययन भएको भए हाम्रो जस्तो पहाडी मुलुकमा जलपरिवहन वरदान  सावित हुन सक्थ्यो तर विडम्वना ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने अवस्थावाट हामी गुज्रिरहेका छेोँ ।

नेपालको सन्दर्भमा जलस्रोतपछि अार्थिक क्षेत्रमा क्रान्ति ल्याउने हाम्रो देशको अर्को पाटो पर्यटन र कृषिक्षेत्र हो । संसारमै विरलै देश होलान् प्रकृतिले हराभरा पारिदिएको नेपाल जस्तो देश । विदेशीलार्इ वसिरहुँ जस्तो लाग्ने । पर्यटन विकासको क्षेत्रमा हामीसँग अपार सम्भावना छ । यहाँ संसारको छानो सगरमाथादेखि  अनेकेोँ हिमशृङखला , लुम्विनी, पोखरा,सेोराहा,हाम्रा चाडपर्व संस्कृति, जात्रापर्व, रारा फेवा अादि तालतलैया, जलयात्रा राफ्रटिङ , तातोपानीका कुन्ड,ट्रेकिङ, गाउँवेसी पैदलयात्रा, चराचुरूंगीको  वासस्थान,तीर्थस्थान जस्ता पर्यटकलार्इ लोभ्याउने अनगन्ती स्थान छन् । राज्यले पर्यटनक्षेत्रलार्इ अति प्राथमिकता दिर्इ यसका पूर्वाधार तयार पार्दै यस क्षेत्रमा फट्को मार्नसके गरीबी निवारणमा मात्र होइन देशकै मुहार छिटैृ हंसिलो पार्न सकिने निश्चित छ । यस्ता प्रशस्तै सम्भावना भएर पनि हामी र हाम्रो देश सँधै किकन गरीब भएको होला ।

देशको ६५ प्रतिशतभन्दा वढी जनसंख्या अहिले पनि जीविकोपार्जनका लागि कृषिमा निर्भर छ । कृषिक्षेत्र समयसापेक्षइ र अाधुनिक प्रविधिवाट खेती प्रणाली हुन सकिरहेको छैन । यसका कारण खेती किसानीमा लाग्ने मानिसले अार्थिक क्षेत्रमा फड्को मार्न सकेका छैनन् । केवल वाँच्ने र जीवनयापन गर्ने मेलो मात्र भइरहेको छ । जलस्रोतको अपार भन्डार भएर पनि सिँचाइको अवस्था नाजुक छ । खेतीयोग्य जनिमनमा सिँचाइ पुर्रयाउन सकेको भए गरीवी निवारणमा ठूलो टेवा पुग्नेथियो । यससँगै सायमा उन्नत वीउविजन मल , अाधुनिक उपकरण , अाधुनिक प्रविधिको ज्ञान राज्यले कृषकलार्इ उपलव्ध गराइ कृषिक्षेत्रमा अावश्यक अनुदान दिन सकिरहेको छैन ।

अहिले पनि करिव ७० लाखभन्दा वढी मानिस गरीवीको रेखामुनि वाँचिरहेका छन् । हामीसँग सम्भावनाका क्षेत्र भने अनगन्ती छन् । तरकारी फलफूलमा प्रशस्त सम्भावना छ । हावापानीका हिसावले वेमेोसमी खेती गर्नसक्ने वातावरणा छ । यसमा व्यावसायिक हिसावले खेतीप्रणाली शुरू गर्ने गराउने कुरामा राज्यले प्राथमिकता दिने हो भने , विदेशीहरूले असाध्यै रूचाएको र धनीरास्ट्रको वजार लिन सक्ने अर्गानिक खेती गर्न सकिने ठूलो सम्भावना छ । कफीखेती र फूलखेतीको सम्भावना छ । चिसोपानी र तातोपानीमा पाइने जातका माछापालन गर्न प्रकृतिले साथ दिएको छ । नेपाल संसारमा पाइने सवै प्रकारका फलफूल उत्पादनका लागि राम्रो हावापानी भएको देश मानिन्छ । वहुमूल्य जडीवुटीको भन्डारको रूपमा रहेको खेतीलार्इ  व्यविस्थित गर्नसके ,पहले रूकुम ,डोल्पा ,र मनाङ अहिले २० जिल्लामा फैलिसकेको हिमाली वुटी यार्सागुम्वा अन्तर्रास्ट्रिय वजारमा प्रतिकिलो ४० लाखसम्म बिक्री हुन्छ रे । यसलार्इ व्यवस्थित गर्नसके, िहिमाली भेग जुम्ला जाजरकोट अादि अार्थिक तथा सामाजिक दृस्टिले पिछडिए पनि प्राकृतिक स्रोतले सम्पन्न शीतोस्ण जलवायुमा हुने त्यहाँको स्याउखेतीलार्इ प्रभावकारी वनाउन सके । दुर्गमक्षेत्रको स्याउले उचित मूल्य र वजारसम्म अाउन नपार्इ कुहिएर गार्इवस्तुलार्इ खुवाउन परिरहेको छ । नेपालको धेरै जिल्लामा हुने सुन्तलाखेती र विश्वकै गुणस्तरीय मानिने जुनारखेती पनि यहीँ छ ।

त्यस्तै मुलुकको हिमालदेखि तरार्इसम्म केराखेती हुन्छ ,हुनसक्छ । तरार्इ र पहाडी क्षेत्रमा हुने केराखेतीलार्इ विशेष कार्यक्रमसहित राज्यवाट होस्टेमा हैँसे हुनसके , ठूलो परिमाणमा भारतको मद्रासले केराको वजार लिन पाउने थिएन । अदुवा उत्पादनमा नेपाल विश्वमा चेोथो छ । मुलुकको झन्डै दुर्इ दर्जन जिल्लामा अदुवाखेती हुन्छ । विश्वमा गुणस्तरीय अदुवाको व्यापक वजार छ । यस क्षेत्रमा राज्यले अलि धयान िदने हो भने विश्वमै नेपाल अदुवा उतपादनमा दोस्रोमा अाउन सक्छ । त्यसैगरी नेपालको अलैँची विश्वमै कहलिएको छ । विश्वले मन पराइरहेको चियाखेती यही छ तर यसको पनि सदुपयोग हुन सकिरहेको छैन ।

विदेशीएका नेपालीले देशमा पठाउने रेमिट्यान्सले ठूलै भरथेग गरिरहेको छ । सहकारी फस्टाउँदो छ । कुनै वेला हरियो वन नेपालको धन नाराको रूपमा रहको वन क्षेत्र विनाशपछि अहिले सामुदायिक वनका कारण हराभरा हुँदै गइरहेको छ । निर्माणका लागि चाहिले सिमेन्ट उत्पादनका लागि नेपाल उपयुक्त छ । सिमेन्टका लागि चाहिने कच्चापदार्थ चुनढुङगाका ठूला खानी यहीँ छन् । भारतको जस्तो करोडेोँ मानिसले खुला अाकाशमा सुत्नुपर्ने वाध्यता नेपालमा छैन । नेपालमा घरवारविहीन थोरै मानिसको उचित व्यवस्था गरिदिन सके । यसरी हरेक क्षेत्रमा सम्भावना वोकेको हाम्रो देशका जनतालार्इ  सँधै गरीबीको रेखामुनि रहेर हातमुख जोर्न परिरहेको छ । नेपालले अव अार्थिक क्रान्ति खोजेको छ । अार्थिक क्रान्तिको भिजन बोकेको नेता खेजिरहेको छ । समाजको उन्नति र अवनतिको जिम्मा समाजकै श्रेस्ठ व्यक्तिकै उपर हुन्छ अतः घुम्दै फिर्दै रूम्जाटार भने झैँ राजनीतिक दल र राजनीतिज्ञबीच न्यूनतम अार्थिक एजेन्डामा साझा सहमति जनार्इ अार्थिक क्रान्तिमा ेएैक्यवद्धता हुन नितान्त अावश्यक छ । त्यसैले हाम्रो देश गरीब होइन हाम्रो मानसिकता र सोचाइ मात्र गरीब हो ।

२०६९ असोज १२ को गोपमा प्रकाशित लेख टाँसोको रूपमा राखेको छु । सवैमा दशैँको शुभकामना । जय व्गल ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: