सकस


सकस

November 20, 2012

व्लग पाठकहरू विस्तारै वढ्दै जानु भएको देख्दा साह्रै खुसी लाग्नु स्वभाविकै हो । राखेका टांसो हेरीदिएको देख्दा खुसी लागेको छ । तपाइका सुझाव सल्लाह पनि पाए अझ कति खुसी हुने थिए । अाफना विविध कारणाले निरन्तर समयमै लेख रचना राख्न सकिरहेको छैन । त्यसका लागि तपाइहरूवाट क्षमा माग्दै अागामी दिनमा समयमै टांसो राख्ने प्रयत्नमा लाग्नेछु । तिहारमा सकेको जगदीश घिमिरेज्यूको सकस उपन्यास वारे मनमा लागेको कुरा टांसोमा राखेकत्र छु । जय व्लग  ।

जगदीश घिमिरेको सकस साझा पुस्तक पर्दशनीमा किने पनि तिहारमा पढी सके । ३०६ पेजको उपन्यासको भाषा र कथ्य शैली राम्रो छ । पढ्दा अव के होला भन्ने जिज्ञासा लागि रहन्छ । सकस उपन्यास अघि लेखको  अन्तरमनको यात्रा  ( संस्मरणात्मक कृति ) पढेको थिए ।  उनका साविती र लिलाम अनी यो तेस्रो उपन्यास रहेछ । अन्तरमनको यात्रा केही साथीहरूलार्इ पढ्न सुझाएको पनि थिए ।  केही साथीहरूलार्इ पढ्न दिएको पनि थिए ।सकस पुस्तक लेखको भनाइमा -’ …नेपालको अढार्इ सय वर्षे द्धन्द्धको लघु प्रतिरूप लेख्ने प्रयत्न गरेको छु र पछिल्लो समयमा वढी केन्द्रित भएको छु । ‘ हुन पनि सकस अाख्यान उपन्यास पढ्दा त्यस्तै लाग्छ ।राणाकाल,शाहकालमा घटेका थुप्रै राजा महाराजाहरूको घटनालार्इ लेखकले वढो मिठास ढंगवाट सत्य पस्कन खोजेको पाइन्छ । पछिल्लो समय लोकतन्त्र , गणतन्त्र अाए पछिका घटनाहरूलार्इ पनि ठाउं ठाउंमा प्रसङग मिलाएर पाठकलार्इ वितेका कुरा स्मरणा गराउन खोजेका छन् । अाधुनिक नेपालमा घटेका कुरूप पक्षको भरमार वर्णन गरिएको छ । नेताहरूले गर्नै नहुने कति विकृतिपूर्ण कार्यको फेहरिस्त नै उतारेका छन् । काँग्रेस, एमाले , अनि माअोवादीका कारणा समाजमा वढेका विकृति विसंगतीहरूलार्इ पनि उदांग पारेका छन् ।अझ पछिल्ला समयमा माअोवादी र से्नावाट भोग्नु परेका वरवर घटनाहरूको पनि फेहरिस्त पढ्न पाइन्छ । समकालीन नेपालको इतिहासको उपन्यास भनेपनि हुन्छ । इतिहास नपढेका सवैका लागि यो पढ्नै पर्ने पुस्तक भने पनि हुन्छ । इतिहासको विभिन्न कालखणडको राम्रो जानकारी दिइएको छ ।

सत्तामोहका लागि हाम्रा नेताहरूले खेलिने घृणित खेललार्इ उपन्यासकारले मुख्य तीन पात्र कुमारी ,शरद र जीवा नामका पात्र खडा गरेर उपन्यासलार्इ तीन चरणामा वाँडेर लेखीएको छ। गोर्खालीहरूको राज्य विस्तार,नेपालमा राणा विरोधी अान्दोलन र माअोवादीले गरेको सशस्त्र युद्धका क्रममा मानिसले भोग्न परेको दुख पीडालार्इ उपन्यासमा सिलसिला मिलाएर पोखिएको छ । यति मात्र हैन संविधानसभाको अवसान , अकाल मृत्यु, जनजाति अान्दोलन, देखि एनजिअो र अाइएनजीअोले खेलेका भूमिका पनि यस्मा समेटिएका छन् । सत्तामा पुगेका शाषकहरूले  जनतालार्इ दिएका दुख अनि अान्दोलनवाट सत्तामा पुगेका नेताहरूले जनतालार्इ दिएका दुख व्यथाहरू लेखिएका छन्र । नेपालमा प्रजातन्त्रका लागि लड्ने कांग्रेस पार्टी अनी तीनका कार्यकताले पाएका दुखका  कथा पनि पढ्न लायक छन् । ठुला अान्दोलनवाट कुर्सीमा पगुसकेपछि शाषक भएर दिएका दुख व्यथा पनि पोखिएको छ । सकस पढ्दा पानका पारखीहरूलार्इ मिठापान र जर्दापान खांदा अानन्द दिएझै कहालीलाग्दा विगतका घटनाले भने अाङ सलवलाउंछ ।

पुस्तक पढी सके पछि भने यसवाट लिने प्रेरणा, सिक्ने पाठ के होला भन्ने लाग्छ । अनि कसका लागि लेखिएको होला जस्तो लाग्यो । कसलार्इ यो उपन्यासले वल पुराउला जस्तो लाग्यो । हुन त वहां जस्तो मुर्धन्य साहित्यकार , समाजसेवी, अनि समाजलार्इ वाटो देखाउंदै हिड्नु हुने साहित्यकारले यसवारे थुप्रै कुरा सोचेर वुझेरै लेख्नु भएको होला । नेपालमा भएका सवै अान्दोलन भारतवाट गराइएको , अान्दोलनमा लाग्ने सवै खाते पाते अनी अनपढ , लहै लहैमा लागेका भन्न खोजे जस्तो लाग्यो । जुनसुकै अान्दोलनमा पनि नेपाली जनताले ठूलो दुख कस्ट हन्डर , जेल नेल मात्र हैन प्राणै समेतको अहुती दिएको इतिहास साक्षी छ । उपन्यासमा सवै पार्टी र ती पार्टीका सवै नेताहरूको पनि धुवाधार विरोध गरिएको छ । अझ वामपन्थी राजनीति र नेताहरूलार्इ अझ खुइलाइएको पाइन्छ । पार्टी, नेतासवै वदमास अनैतिक देखाएर अव उज्यालो संसार कसरी को वाट पाउने त । अनि वहांले को वाट उज्यालो र शान्ति अाउंछ भन्न  खोजेको हो प्रस्ट चांहि छैन । यसले त अहिले सम्म भएका राम्रा कामहरूलार्इ भता भुङग पार्नु पर्छ भनेर लाग्ने , सवै नेता चोर , हामी मात्र सद्दे भन्नेहरूलार्इ यो उपन्यासले वल पुर्रयाउने हो कि । मलार्इ सकस पढ्दा यस्तै लाग्यो तपाइ पनि खोजी खोजी पढ्नुस अनि कस्तो लाग्छ लेख्नुस है । जय व्लग ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: