कहीँ नभएको जात्रा नेपालमा


१.

देशलार्इ निकास दिने हो भने यति वेला वावुराम भटृराइलेनै पहल गर्नु पर्छ । अाफैले रास्ट्रपति समक्ष उभिएर ०६९ मार्ग ७ मा चुनाव गराउंछु भने तर गराउन सकेनन् । चुनाव नहुनुमा त्यसको धेरै दोष वावुराममै जान्छ । चुनावका लागि गर्नु पर्ने पूर्व तैयारी नै नगरी एक्लै सहमति विना चुनाव तोक्दा देशमा चुनाव हुंदो रहेनछ भन्ने कुरा जगजाहेर भै सक्यो । सत्ता लम्व्याउन ०७० वैशाखभित्र चुनाव भनेर घोषणा गरिदिए । तर त्यसका लागि गर्नु पर्ने तैयारी नगरी सत्तामै वसीरहने दाउपेचमात्र हेरी रहेका छन् । अाजसम्मको चालामाला हेर्दा अाउंदो वैशाखमा चुनाव देशमा हुंदैन । रास्ट्रपतिले म्याद थपे जस्तै थपिदै जान्छ । सवै दलसंग वसेर वावुरामले नै खुल्ला रूपमा छलफल चलाउनु पर्छ । सवैलार्इ सहमति गराउन सक्नु पर्छ । त्यसका लागि कुर्सी केही हैन भन्ने मानसिकतामा वार्ता  भए मात्र  निकास अाउला कि ।

हिजो  पार्टीहरूवीच सहमति भएका कुरालार्इ लिपिवद्ध गरेो भन्दा वावुराम र उनको पार्टी अनि मधेसी मोर्चा सहमत भएन  त्यसै कारणा संविधानसभाले अकाल मृत्यु वरणा गर्नु पर्रयो । अहिले चुनावमा जाने पार्टीहरूवीच सहमति भए पछि फेरी उही पुरानो कुरा देाहोरयाएर  निर्वाचनमा जानुको के अर्थ रह्रयो ।

अहिलेकोनिर्वाचन संसद वनाउने र सरकार चलाउने मात्र हैन । त्यसले संविधान पनि वनाउनु पर्छ । जसले वहुमत ल्याउला त्यसले सरकार वनाएर देश हाँक्ने कुरो पनि हैन । प्रमुख कुरा ०६२।६३ सालको अान्दोलको भावना अनुसारको संविधान दिने हो । कति कुरा हाम्रो अन्तरिम संविधानमा पनि उल्लेख भै सकेका छन् । निर्वाचनमा कसैले वहुमत ल्याउंदैमा संविधान वनिहाल्ने हैन । संविधान वनाउनका लागि दुइतिहाइ मत चाहिन्छ । वढी भन्दा वढी पार्टीहरूको सहमति चाहिन्छ । दुर्इ तिहाइका लागी पार्टीहरू एक अार्कामा नमिली वन्नै सक्दैन अझ प्रमुख कुराहरूमा त ठुला साना सवै पार्टीको सहमति अनिवार्य हुनु पर्छ ।

अव चुनाव पनि नहुने। संविधान पनि नवन्ने केही निकास पनि निदने, प्याकेजका कुरा मात्र संधै अघि सारेर देशले निकास पाउला त । यस्तै अवस्थामा देश कति समय चल्न दिने । यो देशमा कोही नेतै नभए जस्तो भएन र । अाएको समस्यालार्इ पहिचान गरेर निकास दिन नसक्ने नेता के नेता । कि गरेर देखाउनु पर्छ, कि गर्छु भन्नेलार्इ  दिनु पर्छ ।  यति वेला ठूलो पार्टीका नाताले दुर्इ दुर्इ पटक सत्तामा वसीसकेको ए माअोवादीले नै वढी जिम्मेवार भएर निकास दिनु पर्छ न कि कुरामा भुल्याउने काम गर्नु हुन्न । रास्ट्रपतिले पहल गर्दा पनि ६ पटक सम्म पनि कुनै निकास पाउन नसक्दा  ए माअोवादी अझ वावुराम भटृरार्इ कै वढी  दोष देखियो ।

देश असफल हैन नेता असफल भएको हाम्रो देश । काम चलाउ सरकारले कति वर्ष काम चलाएर वस्ने हो । नेताहरू असफल हुनु रास्ट्रका लागि ठूलो घाटा हो ।प्रचणडका कुरा दिनका दिन फेरीन्थे अहिले वावुरामको  पनि सर्त दिनका दिन फेरिएको छ । जसरी हुन्छ निकास नदिने  अनि सहमति नगर्ने दाउमा पुगेको देखियो । नत्र देश यो विकराल अवस्थामा पुगिरहको वेलामा यिनलार्इ चिन्ता लाग्नु पर्ने हैन र । काँग्रेशले प्रधानमन्त्रीको उम्मेदवार तोकेपछि त खेल खतम भै हाल्छ जसरी प्रचणड अनि उनका पार्टीका सवै कुर्ले । विचरा सुशील कोइराल के तोकिएका थिए ,भोलीपल्टै देखि विरोध सुरू भै हाल्यो । हेर्दै जाउँ उनलाइ पनि यिनले थाड०नामा सुताउन वेर छैन ।

वावुराम वलिया भए । संविधानले पनि चलाउन नसक्ने ।रासट्रपतिले पनि हल्लाउन नसक्ने। पार्टीले पनि तान्न नसक्ने किन होला । झलनाथ, माधव नेपाल अझ  प्रचणडभन्दा पनि यिनी वलिया देखिए । किन वलिया भए होलान भनेर वुझ्र खोज्दा उनैले भनेको कुरा याद अाउंछ । दक्षिण छिमेकी भारतीय सदभाव ,सत्तारूढ मधेसी मोर्चाको समर्थन , नेपाली सेनाको विश्वास र पार्टीका पुराना निर्णय मेरा शक्तिका स्रोत हुन् भनेर उनैले भनेका थिए । मधेसी मोर्चाको  शक्ति त सवैले प्रस्टै देखे । उनले उठ भन्दा वावुराम उठछन् , वस भन्दा वसछन् । यहाभन्दा अरू के चाहियो । मधेसी मोर्चा त हतियार न हुन् । उनलार्इ पनि कसैको पुरै अार्सिवाद त छंदै छ , काम त नेपालमा यो यो गर्ने भनेर जिम्मेवारी पाएकै छ । मधेसी जनताको त नाम मात्र जोड्छन् उनीहरू ।उनीहरूलार्इ चाहिएको छ सत्ता ।

वावुरामका शासनकालमा भएका सुनिएका काम कुरा यस्ता थिए । १,अन्तरास्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय भारतलाइ जिम्मा दिन खोज्नु । २, विप्पा संझेोता गर्नु, भारतीय कृषि उत्पादनलाइ वेरोकटोक नेपाल भित्रन दिनु, नेपालको जलश्रोत व्यवस्थापन सम्वन्धी कार्यालय भारतमा राख्न दिनु । ३,अनि सवैले भन्दै अाएको ए माअोवादीको सांठगांठ र संग छ भनेर ।

के त भारतकै वलमा हाम्रा वावुराम सत्तामा लिसो टांसिए झै टाँसिएका होलान् त । तर जनतका अाखामा भने दिनपरदिन गिरदै गएको चांही पक्कै हो ।

मैले धेरै पहिला पढेको चिनिया नीति कथा  अली अली संझेको एउटा कथा को भाव यस्तो थियो ।   एउटा साधुलार्इ  भ्यागुता खान मन लागेछ । अाफैले मारेर खान उसलार्इ धर्मले दिएन छ । उसले भ्यागुता अाफै मर्ने कठीन वाटो सुझाएछन् । तं मेरा अगाडी अाइ  हालिस् , म तंलाइ मारेर खान्न तर तैले मैले भने वमोजिम गर्नुपर्छ । उम्ली रहेको कराइको तेल माथी एउटा लठृी राख्दै , साधुले भनेछन् यो लठृी पार गरेर जा । भ्यागुतो डराइ डराइ लठृीवाट वल्ल तल्ल पार गरेछ । साधु अचम्ममा परे यो त हुनै सक्दैन ।साधुलाइ लागेको थियो भ्यागुतो अाफै तेलमा खस्ने छ अनी तारेर खाने साधुको विचार थियो ।   साधुले अली कड्किएर फेरी भनेछ फेरी तैले पार गरेर देखाउनु पर्छ । तर तेस्रो पटक पनि भ्यागुतो नखसे पछि  साधुले अाफैले समातेर तेलमा हालिदियो  र तारेर अाफनो तृस्ना मेट्यो ।

अन्तमा मेरी क्रिसमस तथा इस्वीसंवतको नया वर्ष २०१३ को सवैमा शुभकामना ।

जय व्लग

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: