मो यानको छोटो कथा र अरू


विजुलीनै छैन । लाइन छैन , अहिले भन्न त सजिलै भएको छ । तर दोष अरूलार्इ मात्र पन्छाएर अाफै ठगिनु मात्र हो ।समय अनुसार चल्न नसक्नु अाफनै दोष ठान्छु । नया टाँसो राख्न  अाफै पनि अल्छी   भएकै हो । पुराना लेख कतिले हेरे , कसैले कमेन्ट गरे कि भन्दै  स्टाटस हेर्दै वस्ने वानीले पनि विगारी रहेको छ । अाज पनि व्लगलार्इ निरन्तरता दिउ भनेर मात्र यसो टाँसो राखेको छु । चिनिया साहित्यकार  २०१२ को नोवल पुरस्कार पाउन सफल  मो यानको एउटा छोटो तर मार्मिक कथा   टाँसोको रूपमा राख्दै  अनि अर्को धेरै पहिला पढेको एउटा चिनिया नीतिकथा सँझदै तपाइहरू माझ राखने जमर्को गरेको छु ।

१. मो यान को छोटो कथा

एक पटक अाठजना र्इटा वोक्ने मानिसहरूले अँाधीमा एउटा मन्दिरमा अाश्रय लिएका थिए ।  बाहिर जोडले अाकाश गड्गडायो र बिजुली चम्कियो । उनीहरूले ड्रयागनको जस्तो अावाज पनि सुने । उनीहरू निकै डराए । तीमध्ये एउटाले डरमा भन्यो , हामीमध्ये कसैले स्वर्गका मान्छेलार्इ रिस उठाउने गरी केही ठूलो गल्ती गरेका छेोँ । जो दोषी हो त्यसले वाहिर निस्केर अाफनो सजाय स्वीकार गरेर बाँकी निर्दोषहरूलार्इ जोगाउनुपर्छ । अाफनो गल्ती स्वीकार गरेर बाहिर निस्किन कोही तयार भएन । त्यसपछि अर्कोले प्रस्ताव ल्यायो , हामी सबैले हाम्रा टोपी ढोकातिर फालेोँ , जसको टोपी ढोकावाट वाहिर उड्छ त्यो दोषी हुनेछ । सवैले प्रस्ताव माने र अा अाफना टोपी ढोकातिर फाले । सातवटा टोपी फर्किएर भित्रै अाए, एउटा बाहिर उड्यो । टोपी भित्र अाएकाले बाहिर उडेकालार्इ बाहिर गएर सजाँय भोग्न अाग्रह गरे तर उसले मानेन । उसले नमानेपछि बाँकी सात जना मिलेर उसलार्इ टिपेर ढोकातिर फयाँकिदिए ।

जसै उनीहरूले त्यसलार्इ ढोकातिर फाले मन्दिर उनीहरू भएतिरै गर्ल्याम्मै ढल्यो ।

२. धेरै पहिला पढेको अहिले संझेर टाँसो गरेको चिनिया नीति कथा

एक पटक एउटा व्यापारीले अाफनो टोलको घर घरमा गएर मेरो घरमा  पाहुना अाउँदै छन् । मेरा भाँडाहरूले मलाइ नपुग्ने भएकोले केही भाँडाकुँडा दिनुस भनेर माग्यो । छिमेकीहरूले पनि मानिस त विस्वास गर्न लायक हैन । तैपनि छिमेकी  घरमै अाइ सकेपछि केही भाँडा त दिनै पर्रयो भनि स साना भाँडाहरू दिए । केही समय पछि उसले जस जस काँहावाट भाँडा लेराएको थियो  तिनीहरूलार्इ एउटाको सटृा दुर्इवटा भाँडा दियो । छिमेकीले किन भनेर सोधे । उसले तपाइको भाँडाले मेरो घरमा पुगेपछि अर्को जन्मायो त्यसैले दुवै लेराइ दिएको भन्यो । गाँउलेले पत्याए र ती भाँडाहरू राखे ।

केही समय पछि उ फेरी उ घर घरमा भाँडा माग्न गयो । यस पटक सवैले उसलार्इ  ठुला ठुला र राम्रा भाँडा दिए । लामो समय सम्म पनि उसले भाँडा फिर्ता नगरे पछि सवै मानिसहरू अाफना भाँडा माग्न गए । तर उसले अप्ठरो नमानी भनि दियो कि तपाइहरूको भाँडा मेरो घरमा अाए पछि सवै मरे । भाँडावालाहरू  कराए भाँडाहरू पनि कहीँ मर्छ । अनी उसले भने छ भाँडाले पनि कहीँ वच्चा पाउंछ ।

जय व्लग

ह्यापी भ्यालान्टाइन

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: