सेतो धरती


DSC07957

चक्रव्यूहमा चन्द्रसूर्य पढ्न निकै दिन लाग्यो । यसको अन्त नभै मैले अमर न्येोपानेको  सेतो धरती हाता परेको दुर्इ दिनमै पढी सके । झन्डै ७० वटा शिर्षकहरू दिएर तैयार भएको यो अाख्यान उपन्यास नतुरून्जेल पढुं पढुं लाग्यो ।

पुरानो र हाम्रो समाजको अभिसापको रूपमा रहेको वाल विवाह अनि वालविवाहकै सेरोफेरोमा वालविधवा भएर जीवन विताएकी नारी पात्रको दुख व्यथा र येोवनका तृस्नाका कथाव्यथा वडो मार्मिक ढँगले प्रस्तुत भएको छ । १९९० सालतिर जन्मेकी एउटी अवोध वालिकाको ७ वर्षमा विवाह हुन्छ । अाफ नो दुलाहा,  भगवान वा वाहुनसंग  विवाह भएको दुर्इ वर्षमै उ विधवा हुन्छे । मृत्यु पछि उनले ७८ वसन्त पार गर्दासम्म वाहुनकै पतिव्रताभै जीवन विताउंदा अाइ परेका यावत भोगाइ उपन्यासकार न्येोपानेको जादूभयी शैलीमा पढ्न पाइन्छ ।

अाजको दिनसम्म अझै पनि थिचिएर, हेपिएर ,पिसिएर , वोक्सीको वात सहेर ,अपसगुनको पात्र , रांडी वनेर जीवन अझै नारीले विताउन परिरहेको छ । उसका लागि अझै रातो रंग वर्जित छ । तारा जन्मेको समयमा जन्मने सधवा अामाहरूको कथा विधवाहरूको र अझ वालविधवाले भोग्नु परेका यस्ता कथाहरू अहिलेका युवा युवती हरूका लागि एकादेशको कथा हुन सक्छ । अहिलेका युवा युवतीले यस वारे थाहा पाउन,  हजुरअामाहरूले भोगेका दुख थाहा पाउन मात्र हैन त्यतिवेलाको समाजको अवस्थावारे वुझ्रन पनी यो सेतो धरती उपन्यास पढ्नु पर्छ । विवाह भै सकेकी छोरी विविधकारणवाट माइतीको शरणमा वस्दा वावुहरू, दाजु र भाइ अनि भाउजु वुहारीहरूले गर्ने व्यवहार सुन्दा पनि हाम्रा मुटु भझै चसक्क काटिने अवस्था नै छ ।त्यो अझै हाम्रै वरीपरी रहेकै छ ।

उपन्यासको सुरू र अन्त वडो रोचक ढंगवाट भएको छ ।पढ्दा लाग्छ कहिले काँही लेखके अाफनो कल्पनाशिलता देखाउन उपन्यासलार्इ तन्काए जस्तो लाग्छ ।तर  अवोध वालिका हुंदाको  चित्कार र पिडा यसमा पोखिएको पाइन्छ । वालविधवा युवाअवस्थामा अाउद का प्रकृति जन्य पिडा र , वृदा अवस्थामा पुग्दा तिनै विधवाले धर्मका नाममा परलोक सुधार्न खानु परेका ताडना र सास्तीका वारेमा पात्रहरूले अाफै वकेका छन् । लेखकले यो उपन्यास तैयार पार्न १७ दिन चितवनको देवघाटमै वसेर उपन्यासका पात्रहरूसंग भेटघाट गरेका रहेछन् । त्यसैले उपन्यास अझ जीवन्त भएको छ । समाजले विर्सि सकेको एउटा विषय वस्तुलार्इ तन्नेरी युवाले वढो खोजविनका साथ परिपक्वढंगवाट जिवन्त रूपमा प्रस्तुत गरेको पाइन्छ ।

उपन्यासमा विषय वस्तुलार्इ नविन ढंगवाट प्रस्तुत गरिएको छ । छोटा र सरल वाक्य, सरल वोलिचालीको भाषा , कल्पनाशिलता र दार्शनिकताले भरिपूर्ण भएको छ । दालभात अालु काउलीसंगै अागोमा पोलेर टिमुर हालेको गोलभेँडाको अचार जत्तिकै मिठो यो उपन्यास छ ।

उनको पहिलो कृति पानीको घाम रहेछ । त्यो पनि खोजेर पढुं जस्तो लागेको छ । अाशा गरैो छिटैृ उनीवाट अर्को यस्तै समाजमा लुकेर वसेको अर्को  विषय वस्तु सहितको उपन्यास हामीले पढ्न पाउं ।

जय व्लग ।

Advertisements

ट्यागहरु:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: