नसरूद्दीनका मन छुने कथा


फेरी व्लगमा नियमित हुन सकिन ।विभिन्न झयाउलो , नेटको समस्या अादि कुराले समयमा टाँसो राख्न सकिन । पृय पाठकहरूसंग फेरी क्षमा माग्नु पर्छ । हेरी दिने साथीहरू केही वढे पनि कमेन्ट राख्ने साथीहरू एकदमै कम हुनु हुन्छ । यसो कमेन्ट गरिदिए सुनमा सुगन्धै हुने थियो । अलि पैला केही समय  म पनि श्रृड०खला पत्रिकामा काम गर्थे , जिसी कार्की र किरण क्षेत्रीको नामवाट । त्यसको संपादक जनक प्रसाद हुमागार्इ हुनुहुन्थ्यो । ०३९ सालको  नवेों अंकमा गोविन्द भटृज्यूले नसरूद्दीनका केही चर्तिकला शिर्षक दिएर अनुवाद गर्नु भएको थियो । त्यसैका केही  अंश तपाइहरू समक्ष राख्न चाहन्छु । नसरूद्दीन सम्वन्धी कथाहरूको ,संसारका सवै भाषाहरूमा उल्था भइसकेको छ । उनका सम्पूर्ण वा संकलित रचनाहरूको अनुवाद हाम्रो नेपाली भाषामा पनि भएका छन् ।त्यस्तै नसरूद्दीन वा अाफन्तीका कुरा भन्ने किताव मैले पनि जोहो गरेको थिए । त्यो पढ्दा पेट मिचि मिची हास्नुको साथै ,उनका विलक्षणाताको तारिफ नगरी वस्न सकिदैनथ्यो । तर अहिले म संग त्यो पुस्तक छैन  । साथीहरूवाट फिर्ता अाएन , कतै कसैकोमा रहेको होला नहोला ।त्यस कितावलार्इ भने म वरोवर संझिरहन्छु ।

अहिले  स्व. गोविन्द भटृज्यूलार्इ संझदै वाहांमा यो टाँसो  समर्पित गर्दै । वहांवाट सिकेको सादा जीवन उच्च विचार । सरल र  मितव्ययी भएर चल्ने अनि वहांले खेर गएका कागजका टुक्रा चुरोटका वटृाहरूमा टिपोट गर्ने वहांको वानीले म मा ठूलो छाप पारेको छ । त्यस्ता खेर गएको कागजहरू, केटाकेटीले फालेका कापीका पानाहरू  वटुलेर म खेस्रा गर्ने कुरामा अहिले पनि प्रयोग गर्दछु ।

तेह्रेो शताव्दितिर, टर्कीमा जन्मेका र त्यहांको लोकसाहित्यमा नसरूद्दीन होजा भनेर नामी मइसकेका ती चतुर मानिस अरू मुलुकको लोक साहित्यमा पनि कहिले अाफन्ती त कहिले नसरूद्दीनका रूपमा सम्मानित छन् ।उनको जीवन साधारण थियो । अाफनो जीविकाका लागि कहिले जुत्ता सिउने त कहिले वैध्यगिरी गर्ने जस्ता इलमहरूमा लागेर उनले अाफनाे पेट पालेको वुझिन्छ । अाफनो वेोद्धिक प्रतिभाले गर्दा तत्कालिन सम्राट र ठुलाठालुहरूसित उठवस गर्ने प्रशस्त अवसर पाएर पनि उनले अाफनो गाउँघरलार्इ विर्सेनन् ,मनमा लागेको साँचो कुरा भन्न रत्तिभर डराएनन् र हँसार्इ हँसार्इ शिक्षा दिने अाफनो अनुपम कलाको प्रयोग गर्न कहिल्यै छाडेनन् ।

……तत्कालीन समाजका अन्धविश्वास र  थिचोमिचोहरू नै यी कथाहरूका मुख्य विषयवस्तु हुन् । यिनका शैली स्वभाविक ,सरल र सुन्दर भएकोले त्यो जनतालार्इ मनोरन्जन मार्फत अर्ति शिक्षा दिने काममा साह्रै नै प्रभावकारी सिद्ध भएको छ ।

१) शुभकामना र श्राप

तिनताक नसरूद्दीन जुत्ता सिउने काम गर्दथे । एकजना मेोलवीले ( इस्लाम धर्मका पन्डीत ) उनको अगाडि अाएर भने ं. नसरूद्दीन मेरो जुत्ताको तलुवा उप्किएको छ ,अलिकति यसलार्इ वनार्इदेउ त । म र्इश्वरसित  तिम्रा लागि शुभकामनाको प्रार्थना गर्ने छु । े

क्षमा गर्नु होला,मेोलवी साहेव, अहिले मेरो हात एकदमै खाली छैन । नसरूद्दीनले अाफनो कामवाट टाउकै नउठार्इ भने । तपार्इ अाफनो जुत्ता कुनै अर्कै सार्कीसित ठीक पार्न लगाउनुहोस् न ।

त्यो कसरी हुन सक्दछ ? मेोलवीले कड्कंदै भने । तैंले मेरो काम यहीँ र अहिले नै तत्कालै गर्नै पर्छ । नत्र भने म र्इश्वरसित तेरो कुभलो होस् भनेर प्रार्थना गर्नेछु ल। अनि त तं ले पछुताउनु पर्ने छ । े

क्यावात् । नसरूद्दीनले अाफनो काम रोक्दै भने,  े तपाइको प्रार्थनामा साँच्चि नै त्यत्रो शक्ति छ भने तपार्इले अाफना र्इश्वरसित मेरो जुत्ता कहिले पनि नविग्रियोस् भनेर किन प्रार्थना गर्नु भएन त ? े

२ तीर्खालु गोजी

एकपटक नसरूद्दीन अाफना एकजना साथीकहां खान भनेर गएका थिए । पाहुनाहरूको स्वागतका लागि खसीको भुटुवा ,खीर ,रोटी र थरि थरिका परिकारहरू तयार पारिरहेको थियो । नसरूद्दीनको नजीकै वसेका एक जना पाहुना वेस्सरी कोची कोची खाइरहेका थिए र अझ त्यतिले मात्र नपुगेर धमाधम त्यहांका खनेकुराहरू झिक्दै अाफनो गोजी पनि भरिरहेका थिए । त्यो देखेर नसरूद्दीले येोटा चियादानी उठाएर ती पाहुनाको गोजीमा चिया खन्याउन थाले ।

यो कस्तो अशिस्टता र अभद्रता हो,नसरूद्दीन ? ती पाहुनाले जंगिदै भने ।

नकराउ है नकराउ ,नसरूद्दीनले सवैका सामु कराउंदै जवाफ दिए , तिम्रो गोजीले अहिलेसम्म निकै मिस्टान्नहरू खाइसकेको छ । अव त्यसलार्इ तिर्खा लागेको हुनु पर्दछ, त्यसैले यो चिया ख्वार्इदिन लागेको के ।

३) मजिस्ट्रेड र कुकुर

एकपटक एकजना ठूला हाकिमले नसरूद्दीनलार्इ भने मलार्इ येोटा यस्तो भयंकर कुकुर चाहिएको छ जुन मानिसहरू  उपर झम्टन र टेाकन चिर्थोर्न महशूर होस् ।

केही दिन पछि नसरूद्दीनले येोटा यस्तो कुकुर ल्याइदिए जुन पुच्छर लुकाएर  वसिरहन्थ्यो र वाहिरवाट अाउने  मानिसहरू देखेर पनि भुक्दैनथ्यो । कुकुरको त्यस्तो वानी थाहा पाएपछि ती हाकिम सारै रिसाए , नसरूद्दीन , तेरो कान छैन कि क्य हो ? मैले तँलाइ कस्तो खालको कुकुर खोजेर ल्याउने अादेश दिएको थिएँ ? तैंले त त्यो केही नसुने जस्तो छ । े

हो हजुर ,त्यो सव मैले राम्ररी सुनेको थिएँ । यो कुकुर जुन जात वा किसिमको भएपनि हजुर कहाँ अाएपछि हजुरले खोजेको जस्तै भइहाल्ने छ । धन्दा मानि वक्सनु पर्दैन । े नसरूद्दीनले उत्तिखेर जवाफ दिइहाले , यस कुकुरले पनि केही दिनमै हजुरसित सवै किसिमको गुण र कलाहरू सिकिहाल्ने छ । मानिसहरूलार्इ टोक्ने र झम्टन त के ,अझ उनीहरूको थैली वा झोलावाट पैसा निकाल्ने गुण पनि छिटैृ नै सिकिहाल्ने छ । ै

४, लोभी साहु

एकजना साहु सारै लोभी थियो । एकपटक उसले नसरूद्दीनलार्इ अाफनो घरमा खाना खानका लागि डाकेछ । साहुले अाफनो कचेोरा त दूधले टम्म भर्यो तर नसरूद्दीनलाइ भने अाधा कचेोरा भन्दा पनि कम दूध दिएर वारवार भन्न थाल्यो,   ल भाइ यो दूध खाउ, यो दूध खाउ । तिम्रै स्वागत गर्नका लागि मसित अरू कुनै राम्रो चीजवीज छैन । यो एक कचेोरा दूध त तिमीले नखार्इ हुन्न । े

साहुजी, कृपा गरेर मलार्इ येोटा करेोती दिनोस्न,  नसरूद्दीनले भने । साहुजीले नसरूद्दीनको कुरा पटक्कै वुझ्रन सकेनन् र सोधिहाले, तिमीलार्इ अहिले करेोंतीको के अावश्यकता पर्रयो ।

कुरा के भने नी, नसरूद्दीनले अाफनो अगाडिको कचेोरातिर अेोल्याउंदै भने, यस कचेोराको माथिल्लो भागको विल्कुलै कुनै काम छैन । त्यसैले  पहिले करेोंतीले यस्को  नचाहिने भागलार्इ काटेर फयांकिदिनु नै राम्रो होला  भन्ठान्छु ।

५, अाखाको अोखती दिएर पेटको उपचार

एकदिन येोटा रोगी छट्पटाउँदै नसरूद्दीनकहाँ पुग्यो । ढोकावाट भित्र पस्ने वित्तिकै उसले वेस्सरी कराउँदै भन्यो, े म मरें , अैया ,अैया, म मरें । मेरो पेटमा असह्य पीडा भै रहेको छ । छिटैृ नै केही अोखती दिएर मलार्इ वचाउनु होस् । े

तिमीलार्इ के भएको छ ?  के तिमीले कुनै फोहर, वासी कुरा त खाएका थिएनेो ? नसरूद्दीनले सोधे ।

थिइन, थिइन, त्यस्तो कुनै कुरा खाएको छैन ।  मैले खाली येोटा रोटी मात्र खाएको थिएँ  जस्मा अलिकति ढुसी परेको जस्तो देखिन्थ्यो ।

त्यो सुनेपछि नसरूद्दीनले कुनै कुरा नगरी, अाफनो अेाखतीको वाकस खोले अनि त्यसवाट अाखाको खोखती वाहिर झिके ।

टाउको माथि उठाउ र अाखा उघार त । म तिम्रो अाखामा अोखती हाल्न चाहन्छु । नसरूद्दीनले रोगीलार्इ भने ।

नसरूद्दीन महाशय, तपार्इ ले कुरा नवुझेजस्तो छ । मलार्इ पेटको रोग लागेको छ , अाखाको हैन । रोगी करायो ।

मैले कुरा राम्ररी वुझिरहेको छु । नसरूद्दीनले भने । यदि तिम्रा अाखा ठीक हुँदा हुन् त , यत्रो ठूलो भइसकेर पनि तिमीले ढुसी परेको रोटी खाने थिएनेों ।

अरू  अर्को टाँसोमा राख्ने छु । जय व्लग ।

Advertisements

ट्यागहरु:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: