Archive for जुन, 2013

मंसिर ४ परीक्षाको घडी

जुन 26, 2013

असारमा नभए मंसिरमा  भनि सिमा तोकिएको सरकारले मंसिर ४ गते संविधानसभाको लागि चुनाव घोषणा गरीसकेको छ । यदी मंसिर ४ गते यो चुनाव नभए जनअान्दोलन ०६२।६३ को उपलव्धीको रक्षा होला । शुरूमा पार्टीहरूका नेताहरूमा चुनावको सरगर्मी सुरू भएर विस्तारै कार्यकर्तामा सरेको सरगर्मी जनतासम्म त पुगेकै छैन । अझै पनि जनता चुनाव हुन्छ भन्ने कुरामा ढुक्क हुन सकेका छैनन् ।फेरी अहिले चुनाव हुन्छ हुन्न भन्ने कुरामा नेताहरूनै ढुलमुल भए जस्तो लाग्छ । चुनाव मुखले हुनुपर्छ त भन्ने तर भित्रिमनले नभन्ने, व्यवहार र काम फरक देखाउने गर्दा सवैमा चुनाव हुन्न कि भन्ने अाशंका जाग्न थालेको हो । ६०१ नै हुनुपर्छ भनेर ४९१ मा मिलिसकेको कुरा पनि दोहोरिन थालेको छ । यसरी मिलाउंदै अनि उल्टाउंदै जाने खेलले कतै चुनावै नगर्ने दाउ त हैन । अहिलेसम्म ठूलो पार्टी भनेर गनिएको एमाअोवादी त्यसमा पनि प्रचणड भित्री मनवाट  चुनाव चाहन्छन् कि चाहदैनन् ,गांठीकुरा यहीं छ ।

अहिले केही पार्टी मंसिर ४ गते हाम्रा लागि अनुकुल छ छैन । कति सीट ल्याउन सकिएला  हिसाव किताव तिर लागे जस्तो  व्यवहारले देखाउंछ । माअोवादी पनि किन फुटेको अहिले सम्म जनताले गांठीकुरा थाहा पाउन सकेका छैनन् । चुनाव वहिस्कार र भागै नलिने कुरा पनि उसले गरेको छैन ।  माउ पार्टीसंगै मिलेर चुनाव लड्ने हो कि  प्रस्ट छैन । अर्कोतिर दुवै पार्टी एक हुने भनेर होमवर्क चलिरहेको कुरा पनि वाहिर अाएको छ ।  उनीहरू पनि छुटैृ चुनावमा भागलिएर नतिजा राम्रो देखिदैन भने किन चुनाव हुन दिने भन्ने ताकमा पो लागेका हुन् कि । तर चुनाववाट भाग्ने पार्टीको  जनतामा प्रभाव कस्तो रहला । प्राप्त उपल्वधीलार्इ जोगाउंदै निर्वाचनमा भाग लिएर के के गर्न खोजिएको हो जनता र रास्ट्रका लागि गरेर देखाए जनताले साथ नदिने कुरै छैन । अहिलेको अहं विषय त संविधानसभावाट संविधान वनाउने काम नै प्रमुख काम हो । पहिले संविधान देउ । जसका लागि छ दशक सिंगो मुलुकले विताइ सक्यो । हजारेों हजार मानिसले सहादत गरिसके ।

लोकतान्त्रिक गणातन्त्र अाएपछि पछिल्लो घिनलाग्दो र डरलाग्दो खेल विश्वविध्यालयमा भयो । रातरात चुनावका लगि करोडो रूपैया वुझाएर चुनाव जित्ने घिनेोना कामले देशका लागि लज्जाको विषय वनेको छ । विध्यार्थी चुनावका लागि त करोडेो छुट्याउने पार्टीले भोली संविधानसभा निर्वाचनमा के गर्ला सोचनिय विषय छ । यसले पार्टीका वीचमा झन् मनमुटाव र दुरी वढाउने निश्चित छ ।

संविधानसभाको चुनाव हुन नसके राजा अाउने  कुरा त नेपाली जनताले राजतन्त्रको इतिहास विर्सिसकेका छैनन् । तर हाम्रो रास्ट्रीयता के हुने हो विषय गंभिर छ । संविधानसभानै वा जनतावाट निर्वाचित जनप्रतिनिधी रहेको संस्था नरहे नवने  संविधानमा वाधा अडकाउ फुकाउ कसले गर्ने हो ।  अार्काको हातमा गएको सत्ता कसरी जनताको हातमा फर्काउने अन्योलै अन्योल छ । विस्तारै नेपाल भुंमरीमा फस्दै गएको देख्दा देख्दै पनि किन पार्टीहरू दन्त वजानमा लागेका होलान् कुरा वुझि नसक्नु छ । राजनीतिक पार्टीका लागि मंसिर ४ परीक्षाको घडी हो ।

जय व्लग ।

जननेता मदनका विचार

जुन 20, 2013

जननेता मदन भन्डारी एक कुशल राजनीतिज्ञ र कम्युनिस्ट अान्दोलनका एक  नविन विचारक हुनुहुन्छ भन्ने कुरा हामीसवैले वुझेकै हो । तर मदन भन्डारीको संकलित रचना भाग ४ (साहित्य खन्ड ) पढ्दा भने वहां साहित्य क्षेत्रमा ससक्त कलम चलाउने नेता पनि  हुनु हुंदो रहेछ भन्ने कुरा थाहा पाउंछेो । म अहिले त्यही पुस्तक पढ्दै छु । वहांले जनवादी साहित्यको वर्तमान परिप्रेक्षमा विचार र कला शिर्षक मा लेख्नु भएको सुन्दर विचारवाट प्रभावित भै मैले व्लग मित्रहरूको वीचमा पनि पुस्तक पढ्न अाग्रह अनुरोध गर्दै वहाले  त्यस लेखमा  व्यक्त गर्नु भएको विचारको सानो अंश राख्न खोजेर व्लगलार्इ निरन्तरता दिन खोजेको हुं ।

…….अाफना कुरा कलात्मकढंगले भन्न राम्रो कुरा हो , झन् वढी कलात्मकढंगले भन्नु झन् वढी राम्रो कुरा हो । ’cause त्यसमा वढी अाकर्षण हुन्छ । तर त्यसको पनि स्वरूप र सीमा हुन्छ । वस्तु कलात्मक होस् तर त्यसको प्राकृतिककता नछोपियोस्  । गहना  र सिंगारपटारले व्यक्तित्व पुरिनु हुंदैन अलंकार त खाली व्यक्तित्वको सहयोगी मात्र हुनुपर्छ  , मूल होइन । नत्र त्यो भद्दा र कुरूप हुनेछ , जेोहरीको  शो केस मात्र हुनेछ । अादर ज्वार्इलार्इ गर्नुपर्छ, पोशाकलार्इ होइन । तर अाज जनवादी साहित्यमा कुन कुराको निम्ति पिरलो झिक्नु जरूरी छ, कला कम्ति भयो भनेर वा विचार पुगेन भनेर समस्याहरू दुवैतिर छन् , तर विचार पक्षमा जोड दिनुपर्ने समस्या मुख्य छ । विचार सुन हो , कला त्यसको िसुगन्ध  । सुनमा सुगन्ध हुनु त अति नै राम्रो कुरा हो ।  तर तपाइसंग सुन छैन भने सुगन्धको फिक्रिमा सुर्ताउनु हास्यास्पद नै हुन्छ । झन् पित्तललार्इ सुन ठानेर सुगन्ध भर्न खोज्नु त घातकसमेत हुनसक्छ । नेपाली जनवादी साहित्यमा विचारको समस्या अझै पनि ज्वलन्त ,जटिल र पेचिलो खालको छ । यसवारे पीर मान्नुपर्छ, गुनासो गर्नुपर्छ र छलफल झिक्नुपर्छ । महतव क्रमका हिसावले चिन्ता गर्नुपर्ने सामयिक विषय यो हो ।

जननेता मदन भन्डारीले सोही पुस्तकभित्र रहेको कमरेड नेत्रलालको साथमा बांचिरहेका केही कुराहरू शिर्षक दिइएको लेखमा कमरेड नेत्रलालको उच्च मुल्यांकन गर्दै । कार्यकर्ताका वारेमा पार्टी र नेताहरूले ध्यान दिनु पर्ने वडो गंभिर कुरा यहां उल्लेख गर्नु भएको छ । नेत्रलाल अभागीका सम्वन्धमा अाफूले त्यो जटिल परिस्थीतिमा ध्यान पुर्रयाउन नसकेको भनार्इ यसरी लेख्नु भएको छ ।

…….मैले वहांको प्रतिभाको अादर गरें, योगदानको कदर गरें, क्रान्तिकारी सक्रियताको प्रशंसा गरे, कठिनाइहरूको अगाडि शीर नझुकार्इ उभिने र प्रतिक्रियावदीहरूसंग कहिल्यै घुंडा नटेक्ने वानीको उच्च मूल्यांकन पनि गरें । तर तिनै कुराहरू दीर्घकालसम्म जीवन्त रहून् र लोक लाभान्वित भर्इ रहनसकोस् भन्नेतर्फ धेरै लगानी गर्न सकिन । एउटा मान्छे चाहे कम्युनिस्ट होस् वा अरू कुनै उसभित्र माया, ममता, लोभ, क्रोध र डरजस्ता मानवीय वा अझ भनेो जैविक गुणाहरू हुन्छन् नै । तिनीहरूलार्इ कम्युनिस्टहरूले पनि निमिट्यान्न पार्न सक्दैनन् , केवल परिस्कृत गर्न सक्छन् । सवै कुराहरूलार्इ क्रान्तिको हितमा उन्मुख गर्न सक्छन् । सामान्यको हितका निम्ति उपयोग गर्न सक्छन् । सामूहिक जीवन प्रणालीको अादर्श अनुशरण गर्ने कम्युनिस्टहरूका निम्ति व्यक्तिगत जीवनका वहुमुखी जटिलताहरू पनि सामूहिकताकै कारणले मात्र सहज पराजयी हुन्छन् । तर यी कुराहरू व्यक्तिले अाफनो निजी जीवनका जटिलताहरू,भावनाहरू अाफनै मनमा मात्र पेलेर, दाएर होइन, सहजरूपमा प्रकट गरेर, छलफल गरेर मात्र सम्भव हुन्छ अनि संगठन र साथीहरूले पनि केवल क्रान्तिकारी विचार काम, योगदान र क्रियाशीलता मात्र हेरेर ढुक्क भएर होइन , व्यक्तिको िनिजी जीवन र चिन्तनका सामग्रिक  विषयहरू कोट्याएर , खोतलेर र समाधान गर्न सहयोग गर्दै सामान्यीकरण गर्दा मात्रै संभव हुन्छ । मैले उहांसंग यो पछिल्लो काम गर्न सकिन । हुन त यी सवै कुराहरूको मूल कारण जनता र रास्ट्विरोधी निरंकुशतन्त्रको सांघातिक व्यवहार नै हो । ….

जय व्लग ।

प्रश्रितज्यूसंग एक घंटा

जुन 7, 2013

म ३५ ।३६ सालवाट  मोदनाथ प्रश्रितको फ्यान भएको हुं । वहांका कृति पढेपछि  एक खालको उत्साह जाग्यो । अलि अलि वुझेको मार्क्सवाद र प्रगतिशील विचारधारावारे थाहा पाए । मार्क्सवाद विज्ञान हो ।  पहिलो पढेको कृति मानव महाकाव्य नै हो । देवासुर संग्राम,लक्षमीवार्इ, जीवाणुदेखि मानवसम्म,नारी वन्धन र मुक्ति , गोलघरको शन्देश अादि पुस्तक पढेपछि  कम्युनिस्ट भए जस्तो लागेको थियो ।  भूतप्रेतको  कथा पढेपछि म भित्र रहेको अन्धविश्वास र भूतप्रेतका कुरावाट डराउने मन अली दरो भयो । फाकफुक र जान्ने देखाउने कुरामा विस्वास हट्यो । अनि सवै कुरालार्इ  विज्ञानको  नयनले हेर्ने भैयो ।  ०४६ साल अघिका वहांका धेरै जसो कृति पढेको र पछिल्ला  कृतिहरू सवै पढ्न पाएको छैन । अव मेलो मिलाउंदै छु ।

मोदनाथ प्रश्रित अास्थाका  पुरूष हुन् । मेरो मनमा ठाउं पाएका केही मानिसहरू मध्ये वहां पनि हो । प्रश्रित राजनीतिक  , साहित्यिक र सांस्कृतिक क्षेत्रका धरोहर हुन् । मैले प्रश्रितका लेख रचनाहरू ०२८।२९  साल देखिनै पढ्ने मेोका  कुलमानदाइ वाट पाएको हुं । त्यतिवेला हामीले गर्ने विभिन्न साहित्यिक कार्यक्रममा र केटाकेटीहरूका कार्यक्रममा ती पुस्तकले पुरस्कारको लागि ठाउं पाउंथे । पंचायतकालमा  वहाँका लेख रचनाहरू निस्केका पत्र पत्रिका किन्नै पर्ने र पढ्नै पर्ने अादत वनेको थियो ।

२०६९ श्रावण ९ गते फोनमा कुरा मिलाएर  भेट गर्न गए । अहिले वहां महादेवस्थानमा वस्नु हुन्छ । यो भेगमा  थुप्रै पटक घर  जग्गा किन्न वहां हिंड्नु भएको रहेछ कुरा नमिलिरहेको  । एक दिन फोन गरेरे त्यता भेगमा घर जग्गा हेर्न फुर्सदभए  जाउं न भन्नु भयो ।   नभन्दै त्यसैदिन वहांलाइ महादेवस्थानको घर मनपरेर वैना वटृा गरियो । संगैको अर्को जग्गाको लागि पनि थानकोट पार्क अगाडी पसल व्यवसाय गरी वस्ने जग्गाधनीसंग कुरागर्न गयेो । उनले प्रश्रितलर्इ देख्ने वित्तिके तपाइ मोदनाथ हैन भनि हाले । प्रश्रित जेलवस्दा उनीपनी जेल परेका रहेछन् । उनीसंग किन्न लागेको घरसंगैकै  जग्गाको वारेमा  कुरा गरेका थियेो । तर पछि कुरा मिलेन छ ।   धेरै ठाउंमा धेरैजनासंग जग्गा हेरें तर अाज तपाइसंग अाए पछि सार्इत जुरेर एकैछिनमा घरको कुरा मिलिहाल्यो भनेर  खुसी हुनु भएको थियो । वहाको स्वंयम्भुको गेोथलीको गुंडमा पनि जनकप्रसाद हुमागाइसंग म दुर्इपटक पुगेको थिए । त्यो घर सानै थियो । पछि त्यो वेचेर त्यही नजिकै लिनु भएको घरका वारेमा  पत्र पत्रिकामा  विभिन्न कुरा उठे  पनि सत्य त्यस्तो थिएन  । हल्ला गर्नेले अली वढीनै हल्ला गरेजस्तो लाग्यो । तर त्यो घरमा भने म पुगिन । पुग्नेहरू भन्थे तीनतले घरको तल्लो तला भाडामा लगाउने, वीचकोमा अाफु वस्ने र माथिल्लो भागमा पुस्तकालय चलाएको कुरा वताउनु भयो भन्थे ।

जे होस महादेवस्थानको वहांको घरमा  १ घंटा विताउंदा अाफुमा निकै उर्जा मिलेको अनुभव भयो । वहाको वसार्इ लगार्इ सादा जीवन, स्वास्थ्य नमुनानै छ ।  एउटा ठूलो कोठामा रहेको पुस्तकालय देखाउनु भयो । निकै राम्रोसंग पुस्तक पत्रिका  मिलाएर राख्नु भएको छ । त्यो कोठामा  पनि ठाउं अभावका कारण अझै कति पत्र पत्रिका पुस्तक, दस्तावेजहरू,  टेवलमा खात लागेर वसेका थिए । त्यो हाम्रो रास्ट्रको लगि एउटा ठूलै पूंजी हो जस्तो लाग्यो ।

दोस्रो पटक जांदा  मलार्इ २ वटा किताव पढ्न दिनु भयो । कविता पेोडेलज्यूको कथा संग्रह र वहांको  पछिल्लो ५३ अेो  कृति उहिलेका कुरा अहिले  ।दुवै किताव पढे । उहिलेका कुरा अहिलेमा प्रश्रितज्यूले ४९ शिर्षकमा विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका लेख रचनाहरूको संग्रह हो यो । यस्मा खास गरेर वहांका  वाल्य जीवन देखि अहिले सम्म भोगेका थुप्रै कथा व्यथा र अनुभूतिहरू रहेकाछन् । ती सवैले हाम्रालागि केही न केही िशिक्षा , ज्ञान  र उत्साह दिनेखालका छन् । के तपाइ यो कुरा पत्याउनु हुन्छ शिर्षकमा लेखिएको स्मरणले  हुने विरूवाका चिल्ला पात भने झै १५ वर्षकै उमेरमा १६१। रूपैया वोकेर वनारस पुगेर अाफना किताव छापी भारी वोकेर अाएको हिसाव किताव सहितको स्मरण वढो रोचक छ । डाक्टरलार्इ ढ्रयड०ग्रो उपहार  लेखमा धामी झांक्रीहरूलार्इ दिइने प्रशिक्षण पुगेर अाफना कुरा राख्दा एउटा जान्ने ढयांड०ग्रेले वहांसंग प्रभावित भै अाफनो पुस्तैा देखि ठोक्दै अाएको ढयाड०ग्रोनै प्रश्रितलाइर् उपहार दिएको  रोचक  संस्मरणा  छ ।

वांकि अर्को टांसोमा ……