जननेता मदनका विचार


जननेता मदन भन्डारी एक कुशल राजनीतिज्ञ र कम्युनिस्ट अान्दोलनका एक  नविन विचारक हुनुहुन्छ भन्ने कुरा हामीसवैले वुझेकै हो । तर मदन भन्डारीको संकलित रचना भाग ४ (साहित्य खन्ड ) पढ्दा भने वहां साहित्य क्षेत्रमा ससक्त कलम चलाउने नेता पनि  हुनु हुंदो रहेछ भन्ने कुरा थाहा पाउंछेो । म अहिले त्यही पुस्तक पढ्दै छु । वहांले जनवादी साहित्यको वर्तमान परिप्रेक्षमा विचार र कला शिर्षक मा लेख्नु भएको सुन्दर विचारवाट प्रभावित भै मैले व्लग मित्रहरूको वीचमा पनि पुस्तक पढ्न अाग्रह अनुरोध गर्दै वहाले  त्यस लेखमा  व्यक्त गर्नु भएको विचारको सानो अंश राख्न खोजेर व्लगलार्इ निरन्तरता दिन खोजेको हुं ।

…….अाफना कुरा कलात्मकढंगले भन्न राम्रो कुरा हो , झन् वढी कलात्मकढंगले भन्नु झन् वढी राम्रो कुरा हो । ’cause त्यसमा वढी अाकर्षण हुन्छ । तर त्यसको पनि स्वरूप र सीमा हुन्छ । वस्तु कलात्मक होस् तर त्यसको प्राकृतिककता नछोपियोस्  । गहना  र सिंगारपटारले व्यक्तित्व पुरिनु हुंदैन अलंकार त खाली व्यक्तित्वको सहयोगी मात्र हुनुपर्छ  , मूल होइन । नत्र त्यो भद्दा र कुरूप हुनेछ , जेोहरीको  शो केस मात्र हुनेछ । अादर ज्वार्इलार्इ गर्नुपर्छ, पोशाकलार्इ होइन । तर अाज जनवादी साहित्यमा कुन कुराको निम्ति पिरलो झिक्नु जरूरी छ, कला कम्ति भयो भनेर वा विचार पुगेन भनेर समस्याहरू दुवैतिर छन् , तर विचार पक्षमा जोड दिनुपर्ने समस्या मुख्य छ । विचार सुन हो , कला त्यसको िसुगन्ध  । सुनमा सुगन्ध हुनु त अति नै राम्रो कुरा हो ।  तर तपाइसंग सुन छैन भने सुगन्धको फिक्रिमा सुर्ताउनु हास्यास्पद नै हुन्छ । झन् पित्तललार्इ सुन ठानेर सुगन्ध भर्न खोज्नु त घातकसमेत हुनसक्छ । नेपाली जनवादी साहित्यमा विचारको समस्या अझै पनि ज्वलन्त ,जटिल र पेचिलो खालको छ । यसवारे पीर मान्नुपर्छ, गुनासो गर्नुपर्छ र छलफल झिक्नुपर्छ । महतव क्रमका हिसावले चिन्ता गर्नुपर्ने सामयिक विषय यो हो ।

जननेता मदन भन्डारीले सोही पुस्तकभित्र रहेको कमरेड नेत्रलालको साथमा बांचिरहेका केही कुराहरू शिर्षक दिइएको लेखमा कमरेड नेत्रलालको उच्च मुल्यांकन गर्दै । कार्यकर्ताका वारेमा पार्टी र नेताहरूले ध्यान दिनु पर्ने वडो गंभिर कुरा यहां उल्लेख गर्नु भएको छ । नेत्रलाल अभागीका सम्वन्धमा अाफूले त्यो जटिल परिस्थीतिमा ध्यान पुर्रयाउन नसकेको भनार्इ यसरी लेख्नु भएको छ ।

…….मैले वहांको प्रतिभाको अादर गरें, योगदानको कदर गरें, क्रान्तिकारी सक्रियताको प्रशंसा गरे, कठिनाइहरूको अगाडि शीर नझुकार्इ उभिने र प्रतिक्रियावदीहरूसंग कहिल्यै घुंडा नटेक्ने वानीको उच्च मूल्यांकन पनि गरें । तर तिनै कुराहरू दीर्घकालसम्म जीवन्त रहून् र लोक लाभान्वित भर्इ रहनसकोस् भन्नेतर्फ धेरै लगानी गर्न सकिन । एउटा मान्छे चाहे कम्युनिस्ट होस् वा अरू कुनै उसभित्र माया, ममता, लोभ, क्रोध र डरजस्ता मानवीय वा अझ भनेो जैविक गुणाहरू हुन्छन् नै । तिनीहरूलार्इ कम्युनिस्टहरूले पनि निमिट्यान्न पार्न सक्दैनन् , केवल परिस्कृत गर्न सक्छन् । सवै कुराहरूलार्इ क्रान्तिको हितमा उन्मुख गर्न सक्छन् । सामान्यको हितका निम्ति उपयोग गर्न सक्छन् । सामूहिक जीवन प्रणालीको अादर्श अनुशरण गर्ने कम्युनिस्टहरूका निम्ति व्यक्तिगत जीवनका वहुमुखी जटिलताहरू पनि सामूहिकताकै कारणले मात्र सहज पराजयी हुन्छन् । तर यी कुराहरू व्यक्तिले अाफनो निजी जीवनका जटिलताहरू,भावनाहरू अाफनै मनमा मात्र पेलेर, दाएर होइन, सहजरूपमा प्रकट गरेर, छलफल गरेर मात्र सम्भव हुन्छ अनि संगठन र साथीहरूले पनि केवल क्रान्तिकारी विचार काम, योगदान र क्रियाशीलता मात्र हेरेर ढुक्क भएर होइन , व्यक्तिको िनिजी जीवन र चिन्तनका सामग्रिक  विषयहरू कोट्याएर , खोतलेर र समाधान गर्न सहयोग गर्दै सामान्यीकरण गर्दा मात्रै संभव हुन्छ । मैले उहांसंग यो पछिल्लो काम गर्न सकिन । हुन त यी सवै कुराहरूको मूल कारण जनता र रास्ट्विरोधी निरंकुशतन्त्रको सांघातिक व्यवहार नै हो । ….

जय व्लग ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: