तिलगंगा अस्पताल र डा. सन्दुक रूइत


मित्र हरिवंशको चिना हराएको मान्छे  पुस्तक पढे पछि एक पटक तिलगंगाको अाखा अस्पताल पुग्ने इच्छा जागिरहेको िथियो ।  अस्ती मेरा अाखाले त्यतै डोरायो । अस्पताल सारै सफा लाग्यो । एकदमै  नयां िसिस्टमवाटै चलाएको पाए । विदेशितिरका अस्पताल देख्दा मन लोभिन्थ्यो । अाज यतै देख्न पाइयो । सिस्टम वसे पछि जनतालार्इ कति सहज र सजिलो हुंदो रहेछ भन्ने कुरा हेर्न टाढा जानु पर्दैन पशुपति अार्यघाट नजिकै रहेको तिलगंगामा पुगे हुन्छ । यो अस्पताल खोल्न नेपालका डा सन्दुक रूइतको ठूलो हात रहेछ ।  ३० अप्रिल २००९ मा  अस्टे्लियाका डा फ्रेड हलोसको चाहना र सन्दुक रूइतको कल्पनामा खुलेको रहेछ । अस्पतालभित्र विरामीका लागि वस्ने प्रयाप्त मेचहरू छन् । भुइमा वस्नुपर्दैन , उभिनु पर्दैन । हरेक दिन नयां १५० भन्दा विरामीको उपचार हुंदो रहेछ । टिकट लिन पहिले टोकन लिनु पर्ने रहेछ । टोकन प्राप्त गरेपछि टिकट पाइने रहेछ । पहिलो पटक जाने विरामीले  १२० नं. कोटामा पहिलो चोटी परीक्षणा गराएपछि वहांहरूले भन्दै गएको कोठा नम्वरमा फलो गर्दै जानु पर्ने रहेछ । डक्टरहरू पनि सवै अनुभवि र राम्रो व्यवहार गर्ने रहेछन्र । विरामीका लागि सहयोग गर्न सेक्युरिटी गार्डका मानिस पनि निकै सहयोगी वनेको देखियो । अस्पताल भित्र फोहर खोज्दा पनि नपाइने गरी समय समयमा सफा गरि रहेको देखियो । ठाउं ठाउंमा फोहर राख्नका लागि भांडाहरू राखिदिएको रहेछ । पीउने पानीको पनि राम्रो व्यवस्था गरिएको रहेछ । शेोचालय त नमूनाकै छ । व्यवस्थापन पक्ष राम्रो भए नेपाल पनि कुनै विदेश भन्दा कम छेन भन्ने कुरा अस्पतालले देखाएको छ । माथिल्लो तल्लामा शल्यक्रिया गर्ने ठाउंमा पनि अाफन्तजन वस्नका लागि राम्रो व्यवस्था गरिएको छ । सवै अवश्यक सवै ठाउंमा टिभिको व्यवस्था छ । ह्वील चियरको पनि व्यवस्था वाहिरै रहेकाे छ । सानो चिटिक्क परेको क्यान्टीनमा चिया नास्ता निकै सफा र सस्तो पनि रहेछ । ठाउं अनुसार गमलामा फूल सजिएर वातावरणा अझ सुन्दर वनेको छ । अस्पतालको लागि उपयुक्त कोठाहरूको व्यवस्थापन पनि राम्रोसंग मिलार्इएको छ । कसैले पालो मिच्ने , भिडभाड गर्ने वातावरणानै छैन । एउटा िसिस्टममा चले पछि सवैकुरा सहज हुने रहेछन् । सवैभन्दा राम्रो कुरा विरामी प्रति गरिने व्यवहार अात्मीय छ । राम्रो मा अझ राम्रो एनसियलले सवै मोवाइल चार्ज गर्न सक्ने गरी चार्जर राखिदिएको रहेछ । तर एनटीसीले यो वारे सोच्न भ्याएको जस्तो लागेन ।

अव मेरै कुरा गरेो ।  मरो देव्रेतिरको अांखाले वेलुका विजुली चम्के जस्तै चम्केको देख्न थाले पछि म जचाउन गएको थिए । डाक्टरहरूको सल्लाह अनुसार त्यस्तो हुनु भनेको अांखाको पर्दा वा  नानीको पर्दा फाटेपछि त्यो हुने रहेछ । यो फाटेको तत्काल उपचार गर्न सके सामान्य अवस्थामा ल्याउन सकिन्छ रे नत्र अाखा काम नलाग्ने हुन्छ भन्ने थाहा पाइयो । निकै राम्ररी दुइर्जना डाक्टरले हेरे पछि फाटेको देखिएन भनेका छन् । मैले अांखा  झ्रयाम्म पारेको जस्तो लागे तुरून्त जचाउन जानु पर्ने रहेछ ।

अव जाउं हरिवंशको चिना हराएको मानिस  नामक पुस्तकमा उनले अांखा अस्पताल वारे धेरै लेखेका छन् त्यस्को सानो अंश यहां राख्ने अनुमति माग्छु । …तिलगंगा  अाखा केन्द् नेपालमा पनि यस्तो संस्था हुंदो रहेछ भनेर देशकै उउटा उदाहरण भएको छ । त्यस केन्दमै निर्माणा भएको मोतीबिन्दुको शल्यक्रियापछि अांखाभित्र राख्ने इन्टा्अकुलर लेन्स संसारका धेरै मुलुकमा निर्यात हुन्छ । अमेरिकी , अस्टेलियालीहरूको अांखामा समेत यो लेन्स राखिन्छ । नेपालमा बनेको लेन्स त्यस्ता सम्पन्न देशका मान्छेहरूका अांखामा राख्ने भनेको सानो कुरा होइन । डा सन्दुक रूइतवाहेक पनि त्यस संस्थामा धेरै उच्च व्यक्तिसंग संगत गर्न पाइयो । साहित्यकार जगदीश घिमिरे स्थापना कालदेखि नै त्यस संस्थामा अावद्ध छन् । उनी सो संस्थाको अध्यक्ष पनि भए । उनीसंग अात्मीय सम्वन्ध बन्यो ।

म अस्टेलिया जांदा थाहा पाए । त्यहां वर्षमा सबैभन्दा राम्रो काम गर्ने व्यक्तिलार्इ म्यान अफ द इयर भनेर अस्टेलियाली सरकारले उपाधि दिन थालेको रहेछ । एक जना फ्रेड हलोस भन्ने व्यक्तिले त्यस वर्षको म्यान अफ द इयर उपाधि पाए ।

फ्रेड हलोस फाउन्डेसन भन्ने संस्था खोलेर उनले धेरै मुलुकमा अाखासम्वन्धी सेवा सुरू गर्न थाले । उनको सवैभन्दा पहिलो सेवा नेपालको तिलगंगा अाखा केन्द्रवाट शुरू भएको हो । सुरू गराउने डा सन्दुक रूइत नै हुन्  ।

एउटा नेपाली डाक्टरको सल्लाहवाट शुरू भएको संस्था अव संसारका धेरै मुलुकमा स्थापना भइसकेकाे छ ।……. कति अस्टेलियालीहरू भन्दा रहेछन्  फ्रेड हलोसलार्इ संसारमा चिनाउने नेपालका डा. सन्दुक रूइत हुन् । …. ।

मेरो पनि डा. सन्दुक रूइतलार्इ हार्दिक सलाम । फ्रेड हलोस जस्ता दानवीरलार्इ  मुरीमुरी धन्यवाद । तिलगंगा अस्पतालको छवि अझै राम्रो वन्दै जावस । गरीव देशमा पनि यस्तो अस्पतालवाट जनताले सुविधा पाउनु खुसीको कुरा हो । अझ व्यवस्थापन सक्षम हुंदै जावस , संधै एउटा सिस्टममा चलोस । जसका कारणा कसैले पनि गुनासा राख्न नपाउन्  । विरामी, धनी गरीव सवै विरामीनै हुन् त्यस्तो पनपक्ष केही नहोस् । नेतानै अाए पनि उसले िसिस्टम अनुसार चल्न पर्ने वातावरन वनोस् । जय व्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: