भक्तपुरको गार्इजात्रा


मैले अहिलेसम्म भक्तपुरको कुनै जात्रामात्रामा पुगेको थिइन । भक्तपुरको गार्इजात्रा, विस्केट जात्रा, वोडेको जिव्रो छेड्ने जात्रा खुव रमाइलो हुन्छ भनेर सवैले भनेको सुनेको थिए । जात्रा हेर्नको गइरहोस त्यति टाढा जस्तो लाग्थ्यो । यस पटक यही बेला छिमेकीको भक्तपुर क्यान्स अस्पतालमा उपचार भै रहेको थियो । विरामी  हेर्नजान मनलागि रहेको थियो । गार्इजात्राको दिन विहान वुढापाकाहरूको उखान संझे । पशुपतिको जात्रा िसिद्राको व्यापार । विरामी पनि हेरिने, सवैले वखान गरेको भक्तपुरको गार्इजात्रा पनि देखिने । ल हिंड ववुरा भन्ने सोची भक्तपुर पुगे ।

विशेष गरेर गार्इजात्रा पर्व नेवारी चाडवाड हो । नेवार वस्ती भएको धेरै ठाउंमा यो स्थानिय परंपराअनुसार मनाइन्छ । भक्तपुरको जात्रामा पुग्दा झन्डै २ वजिसकेको हुंदो हो । ढिलो पुगेकोमा पछुतो पनि लाग्यो । इताछें टोलको तलवाट जात्रा धुमधामका साथ ,घिन्ताङ घिसीङको तालमा लावालस्कर लिएर अाइरहेको थियो । भक्तपुर दरवार स्क्वायर जान इताछेंटोल उक्लिरहेको जात्रा हेर्दै म भक्तपुर दरवार स्क्वायरसम्म पुगेर झन्डै तीन घंटा रमाए । न्यातपोल त पुग्ने यादै अाएन छ । पछि जात्रा हेरेर फर्कनेहरूको कुरा  सुनेपछि चुकचुकाए । जे होस मैले धेरै पहिला हेरेको काठमाडेो ,ललितपुर र कीर्तिपुरको गार्इजात्रा भन्दा भक्तपुरको जात्रा निकै फरक र रामाइलो लाग्यो ।

प्रत्येक श्रावण शुक्ल प्रतिवदामा मनाइने यो पर्व भक्तपुरमा ८ दिनसम्म चल्ने रहेछ । गार्इजात्रालार्इ नेपाल भाषामा सापारू भनिन्छ  । गार्इजात्रामा यस वर्ष मृत्यु भएकाहरूको घरघरवाट नातागोता छिमेकी भएर  वांसको तल फराकिलो माथि चुच्चो परेको  देवल जस्तो रथ वनाएर त्यसमा मृतकको फोटो , धजापताका र कपडा, फूलले सजाएर  त्यसलाइर् चारजनाले वोकेर ल्याइदो रहेछ । यो परंपरा भक्तपुरमा मात्र देखे । मृत्यु भएका मध्ये उमेर नपुगेका वालवालिका भए डोकोलार्इ सांचा ( डोकोलाइ गार्इको रूपमा िसिंगारेर निकालि नगर परिक्रमा गरिन्छ  भने उमेर पुगेका भए ताहामच्चा ( चारवटा वांस प्रयोग गरी गार्इको प्रतिक वनाएर घुमाइदो रहेछ, अनि मृतक महिला हो भने कालो पटासी(फरिया ) ,पुरूष भएमा सेतो कपडाले वेरेर सिंगार्ने चलन रहेछ , त्यसको टुप्पामा सानो छाता अोडाइन्छ, जात्रा हेर्न अाएका नारायण वाटीवाट थाहा पाए । त्यसका पछि पछि अाफन्तहरू धूप वालेर अनि घिन्ताङघिसी ( लठ्ठी नाच ) , माक प्याखं  सहित गार्इजात्रामा वजाउने धुन वाजा वजाउंदै वडो रमाइलो साथ ल्याइदो रहेछ । घिन्ताङघिसी नाच जोडी जोडी वनेर लाठी जुधाएर नाचिदो रहेछ । यो लठ्ठीनाच हेर्न साह्रै मजा अाउंदो रहेछ ।

ससाना वालवालिकाको पनि ठुलै सहभागीता थियो घिन्ताड० घिसिड० नाचमा । रथ नगर परिक्रमा सकिएपछि भने त्यसलाइ खोलामा वगाइदो रहेछ ।

घिन्ताङघिसीङ लठ्ठीनाचमा  यस्तो गीत गाइदो रहेछ ।

गिनित्वाङ गिनित्वाङ घिनताघ घिसीत्वाङ

ताताखती नकतिङ घिनताङ घिसीत्वाङ

ताहामचा गनातय ग्वाखु क्वाल तय

ग्वांख क्वाले मन्हसा खुसि चिक छोप

त्यसको अर्थ यस्तो हुने रहेछ बांसले वनाएको गार्इ कहां राख्ने । भंगेरा वस्ने प्वालमा राख्ने । त्यो प्वालमा नअटे , खोलामा वगाइ पठाउने ।

जात्रा हेर्ने क्रममा उपस्थित केही मानिसहरू भन्दै थिए,  भक्तपुरमा पहिले जस्तो नेवारी समुदायले मनाउने परम्परागत नेवार परंपरा लोप हुंदै गएको छ । यो गार्इजात्रामा वज्ने वाजाका धुनमा पनि रूकरूपता छैन । अाफैले देखियो व्यान्डवाजा समेत वजाएर जात्रा ल्याएको । परंपरागत गाइजात्राले विस्तारै मैालिकता गुमाउंदै गएको पाइन्छ । हिजोको भन्दा अहिले वर्षैपिच्छे गार्इजात्रा वदलिंदै नयां नया भेषभुषाले यस्को ठाउं लिएको देखिन्छ । जात्रा हेर्न भने महिला पुरूष वरावरी देखिन्थे । हाकुपटासीमा सजिएका नेवारी महिलाहरू, युवतीहरू पनि थुप्रै देखिन्थे । पहिले पहिले यो जात्रामा महिलाहरूको सहभागिता हुंदैनथ्यो रे । गाइजात्रामा भक्तपुरको मेोलिकता झल्कियोस् भनेर अहिले नगरपालिकाले  जात्रामा सहभागीहुने झांकीको मूल्याङकन गर्ने र तीनवटा समुहलार्इ पुरस्कार दिने परंपराको शुरूवात भएको रहेछ । अर्कोसाल अलि वेलैमा पुगेर भक्तपुरको गार्इजात्रा लगायत अरू जात्रा पनि हेरू हेरू जस्तो लागेको छ ।

जयव्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: