श्यामप्रसाद


२०६९ कार्तिकमा नरनाथ लुइटेलवाट सम्पादित भै निस्केको   हाम्रा कुराको सार   नामक पुस्तक पढे । प्रजातन्त्रका खातिर राणाकाल २००४साल मा जेल पर्नुभएका श्यामप्रसादज्यूको मार्मिक कथाव्यथा   व्लगमित्रहरूका लागि पनि  केही जानकरी दिने मनसुवाले त्यस पुस्तक भित्रको केही कुरा राख्दै छु । नेपाल एफ एम को साहित्यसुधा का लागि प्रशिद्ध राजनितिज्ञ ,प्रगतिवादी साहित्यकार एवं पत्रकार श्यामप्रसादज्यूसंग  नरनाथ लुइटेलज्यूले लिनु भएको अन्तरवार्ताको केही अंश यस्तो छ ।

नख्खुजेल पहिले अावाद गर्ने राजवन्दीहरूमा पर्थे म पनि । गोपालप्रमसाद रिमाल, कृस्नप्रसाद भट्रटरार्इका दाजु गोपालप्रसाद भट्रटरार्इ  पनि त्यही हुनुहुन्थ्यो । एकजना भक्तपुरको लोकेश, अर्का चेताराम भन्ने पनि हुनुहुन्थ्यो । हामी चारजनालार्इ चांहिँ एउटै मोटरमा राखेर त्यहाँ लगेका थिए । पहिलो पटक । त्यस अघि त्यहाँ कुनै राजबन्दीलार्इ लगिएको थिएन ।

म राणाकालमै तीन चोटी जेल परेको छु । तीनतीन चोटि  त्यो पनि बेग्लाबेग्लै जेलमा । त्यसैले, मैले धेरैतिरका जेलको अनुभव गर्न पाएँ । कहिले वीरगंजको जेल, कहिले सदरठानाको , कहिले सिंहरदरवार गारत, सिंहरबारमा त फेरि कैले सिंहदरबारको घन्टा ठोक्ने ठाउँमा  । यसरी जेल बसार्इकै क्रममा त्यो वेलाका विचिन्न राजनीतिज्ञहरूसित सङ्रगत र सम्पर्क हुन पायो । प्रजा परिषदका नेताहरू टङ्क अाचार्य , रामहरि शर्मा, नेपालको पहिलो राजनैतिक दल प्रचन्ड गोर्खाका खड्गमान सिंह बस्नेत यस्ता सबैसित सङ्गत भयो । उहाँहरू जेलभित्रको पनि जेल त्यसलार्इ कालकोठरी भनिन्थ्यो  मा बस्नुहुन्थ्यो । अनि हामीलार्इ वहाँहरूसित बोल्न कुराकानी गर्न दिइंदैनथ्यो ।  हामी चाहिँ शान( इशारा ) लगाएर अापसमा कुराकानी गर्थ्यो । त्यसमध्ये मैले टङ्कप्रसादका चिठी त अाएका केही चिठी भन्ने मेरो चिठी सङ्ग्रहको किताबमा पनि पारेको छु ।

हामीले सङ्केतबाट कुरा गर्नेमा कपाल कन्यायो भने के छ हालचाल भन्या हुन्थ्यो । जुँगा मुसार्रयो भने हालचाल राम्रो छ भन्ने वुझिन्थ्यो । छातिमा हात राख्यो भने नमस्ते गरेको हुन्थ्यो । यस्तै खालका सङ्केतहरू गरेर हामी अापसमा कुराकानी गर्थ्येो ।

जेलमा कागजपत्र, कलम मसि केही लैजान दिइन्नथ्यो । त्यसो भएको हुनाले , कुन बखतमा कुन ठाउँमा के पाइन्छ त्यसैमा हामी भर पर्थ्येो । मैले एक पटक जेलका हाकिमसँग सिलोट खरी ल्याउन पाइन्छ कि भनेर साधें । उनको अनुमति पाएपछि सिलोट अायो । अनि सिलोट र खरीले लेखेर नख्खु जेलमा एउटा गुनासो  भन्ने दैनिक पत्रिकानै चलाएको थिएँ । त्यो सिलोटमा पत्रिका झिक्यो  राम्रो अक्षरले , अनि त्यसलार्इ राजवन्दी बसेका हरेक कोठामा १ नं, २ नं, ३ नं. गरेर डुलायो । सबैले पढिसकेपछि पुछ्यो । अनि त्यो दिनको सिद्धिन्छ । भोलिपल्ट फेरि अरूअरू कुरा लेखेर तयार गर्रयो । यसरी चलेको थियो  सिलोट पत्रिका । ……

सिलोटमा लेख्ने काम म अाफैँ गर्थे । अनि मबाटै प्रेरणा लिएर त्यहाँ एकजनाले त्यसैगरी अङ्ग्रेजीमा झिक्नुभो  नेपाल कलिङ् भनेर । फेरि अर्का धर्मरत्न यमिले नपाल भाषामा झिक्नुभो  पासा  भनेर यसरी अरू साथीहरूले पनि झिक्नुभो ।

सिंहदरवार गारतमा थुनिएका बेलामा चाहिँ के जुक्तिले कागज ल्याउने हो भनेर मैले निकै सोचें । त्यहां हामीलार्इ खान भनेर सिधा दिने गरेको थियो । मैले चाहिँ सिधा लिइन । मलार्इ थुनेको ढोकामा एकजना पाले बस्थे । म कोठामा एक्लै थिएँ । त्यहाँ बडा गाह्रो थियो । होचो खालको टिनको छाना थियो ।  जाडो महिनामा शील तप्किने र वर्षातमा छानाबाट कोठाभरी पानी चुहिने गर्थ्यो । अोढ्ने अोडेकाे छ भने पानी चुहिएर अोढ्ने माथि खस्थ्यो । गर्मी महिनामा टिन तातेर बस्नै नसकिने  । गर्मीले टाउको दुख्ने । फेरि घन्टा ठोक्ने कोठा थियो त्यो , अनि एकएक घन्टामा  एक एकचोटि घन्ट ट्याङ् ट्याङ् गर्थ्यो । ११ बजे ११ चोटी ,१२ वजे १२ चोटी कुनबेला निदाउनु र ? न दिउँसो निदाउन पाइन्थ्यो न राति निदाउन पाइन्थ्यो ।

त्यस्तो दुःख दिएको ठाउँमा थुनिएको थिएँ । खानाका निम्ति बिहान सिधा ल्याएर दिन्थे । अनि मैले चाहिँ त्यो सिधा नलिएर त्यसै त्यहीँ राखिदिएँ । सिधा नलिएको देखेर पालेले जाहेरी गर्यो  त्यो मान्छेले त सिधा राख्द्या राख्द्यै छ , केही चलाएको हैन, खाएकै हैन, हिजो देखिन भनेर । अनि हाकिम अाएर ए के अनसन बस्या हो भने । कहाँ अनसन बस्नु, कस्तो भोक लागिरहेछ भनेर मैले भनें । उनले लेो हेर , किन नखाको त भनेर सोधे । मैले सधैं गीता पाठ गरेर खाने गर्रया थिएँ । अहिले किताबै ल्याउन दिएनन् अनिखेरी कसरी खानु त भनें । ल, पाठ गर्ने गीताको किताब ल्उान दिनु यल्लार्इ भनेर हाकिम फर्किए । अनि मेरो पालो चाहिं मामा घरबाट गीताको ठूलो किताब ल्याउलान् र अप्ठ्यारो होला , कहिले कुन जेल , कहिले कुन जेल पठाउलान् भनेर सानाो सानो गीताको किताब खल्तीमा हालेर हिँड्न हुने खालको मगाएँ ।

अनि त्यही गीताको कितावमा दुर्इटा हरफको बीचमा भएको खाली ठाउंमा सिसा कलमको टुक्राले लेख्न थालेँ । अाफूलार्इ लेख्न मन लागेका कुराहरू लेख्यो फेरि २,४ पाना पल्टायो अनि फेरि त्यहाँ लेख्यो , २, ४ पाना खाली राख्यो अनि फेरि लेख्यो । मलार्इ पल्टनको व्यारेकमा लगेको बेलामा पनि उनीहरूले मैले लेखेकत्र चाल पाउँदैनथे ।

पाठ गर्रया जस्तो पनि लाग्थ्यो उनीहरूलार्इ । उनीहरू नजिक अाएको बेलामा म अर्कै पाना पल्टाउंथे  त्यो अक्षर नभएको पाना अथवा अाफूले नलेखेको पान । अनि उनीहरू गएपछि अर्को पाना पल्टाउँथे र अाफूले लेख्नुपर्ने कुरा लेख्थे । अनि कलम चाहिँ सिसाकलमको सानो सिसा टुक्रा झिकेर काठ चाहीँ फालिदिन्थे । सिसाकलम भित्रको त्यो कालो सिसामात्रै हो , त्यही टुक्रा खल्तिमा हालेर हिँड्थेँ । अनि एक ठाउँबाट अर्को ठाउँमा सरूवा गर्दा मेरो सबै जीउ छाम्थे । त्यसो हुँदा पनि उनीहरूले त्यो फेला पार्न सकेनन् ।

त्यसरी लेखेर जोगिन सकेको एउटा दुर्इटा चाहिँ प्रकाशित अर्को एउटामा चाहिँ साम्यवाद के हो भनेर प्रस्टयाएको थिएँ ।

यस्ता थुप्रै रोचक र मार्मिक कुराहरू यस पुस्तिकामा समेटिएका छन् । रेडियो पत्रकार भैरव रिसालज्यूले लिएको अन्तरवार्ता पनि यसैमा छ । व्लग मित्रहरूले मनपराउनु भएमा अरू पनि राख्दै जाउँला । जय व्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: