Archive for डिसेम्बर, 2013

कथा, चराहरूको भेला

डिसेम्बर 11, 2013

 

DSC09701

धेरै पहिलाको कुरा हो । एउटा घना जंगलमा धेरैथरीका चराचुरूंगी एक अापसमा मिलेर बस्थे । हरेक वसन्त ऋतुमा सबै रूख बिरूवाले पालुवा फेर्थे । पालुवा चढेपछि सबै रूख राम्रा र हरिया देखिन्थे । चराहरू निकै रमाएर रूखका डालीडालीमा खेल्थे । चिरबिर चिरबिर अावाज निकालेर एक अापसमा खुब रमाउँथे । उनीहरूको अावाजले वन संगीतमय हुन्थ्यो । त्यो वनमा धेरै काफलका ठूलाठुला रूख पनि थिए । वसन्त ऋतु लागेपछि काफल फल्थ्यो । काफल धेरै चरालार्इ मन पर्थ्यो । जुरेली,सुगा,मैनाजस्ता धेरै चरा वनमा काफल पाकेपछि अाहारा खोज्न कतै जाँदैनथे । उनीहरूले खान नसकेका काफल भने झर्थे । कुहिएर जान्थे ।

धेरै काफल नाश भएको देखेर एकदिन बूढो सुगाले काफल खान अाएका चराहरूलार्इ भन्यो,साथी हो यति मिठो वनको काफल हामीले मात्र खाइसक्दैनेोँ ।धेरै काफल झरेर कुहिएर जान्छन् । वनभन्दा टाढा रहेका सबै मानिसलार्इ काफल पाकेको खबर दिन पाए कति मजा हुन्थ्यो । उनीहरू पनि अाएर मिठो काफल खान्थे ।

सुगाको कुरा जुरेलीलार्इ निकै मन परयो ।हो नि यत्रो वनभरिको काफल खेर जानुसटृा सबैलार्इ काफल पाकेको सूचना दिनसके त राम्रै हुन्थ्यो । मानिसको बस्तीमा फलेका बिभिन्न फल र अन्न पनि त हामी कति मिठो मानेर खान्छेोँ । वनमा फलेको फल पनि उनीहरूलार्इ खुवाउन सके त हाम्रो सम्वन्ध झनै राम्रै हुन्थ्यो । डालीमा बसेर काफल खाइरहेको कोइलीले थप्यो ,मानिसलार्इ कसरी थाहा दिने त ? रूखमा रहेका चराबीच बूढो सुगाले यस’bout छलफल गर्न एउटा बृहत भेला बोलाउने छलफल डाक्यो ।

खबर गर्ने जिम्मा पाएका धोवीचरा,चिबे र जुरेलीले भोलिपल्ट झिसमिसे बिहानदेखि नै अाफनो काम सुरू गरे । उनीहरूले वनभरि रहेका चराहरूलार्इ भेलाको सूचना गरे । शनिबारको दिन थियो । जंगलको बीचमा रहेको तलाउनजिकै चराहरूको ठूलो भेला बस्यो ।

बूढो सुगाले सबैको स्वागत गरे । भेला बस्नुको कारण’bout बताए । काफल पाकेको खबर मानिसलार्इ कसरी दिन सिकएला ? जुरेलीले प्रश्न गरयो । मैनाचरीले पनि काफलको बिशेषता बताउँदै यसका गुण’bout कुरा राख्यो । जम्मा भएका सबै चराले यस’bout निकै छलफल गरे । अन्तमा उनीहरूले काफल पाकेको खबर गर्न सक्ने राम्रो स्वर भएको चरा छान्न चराहरूको स्वर परीक्षा लिने निर्णय गरे ।

सुगा,मैना,चिबे,धोवी ,जुरेली,धेरै चराले स्वर परीक्षामा भाग लिए । कालो र नराम्रो भनेर सबैले लामकाले भनी गिज्याउने गरेको कोइली चरी स्वर परीक्षामा पहिलो भइ । उसले वनमा पाकेको काफल’bout मानिसलार्इ थाहा दिन काफल पाक्यो ….. काफल पाक्यो…… भनेर अाफू गाउँगाउँ घुम्ने कुरा राख्यो । सबै चराहरू उसले काफल पाक्यो… काफल पाक्यो…. भनेर ठूलो अावाजमा मिठोसँग बोलेको सुनेर दंग भए ।

अब काफल खेर नजाने भो । सबैले बाँडीचुँडी खान पाइने भो भनेर सबै खुसी भए । चराहरूले उसको बोलीको प्रशंसा गर्दै कामको जिम्मा लिन अनुरोध गरे । तर कोइलीले भने यस’bout सोच्न एकरातको समय माग्यो । सबैले खुसीसाथ एउटै स्वरमा हुन्छ भने ।

भोलीपल्टको भेलामा कोइलीले भनी,साथीहरू मलार्इ दिन लागेको कामको ’boutमा रातभरि सोचेँ । मेरो पनि एउटा समस्या छ,साथीहरूले सुझाइदिनुहुन्छ भने म यो काम गर्न तयार छु ।

सबैले के कुरा हो भनेर एउटै स्वरमा सोधे ।

म यसरी गाउँ बस्ती,जंगल डुलिरहँदा मैले अाफनो घर बनाउन र घरजम गर्न सक्दिन । फुल पारेर बच्चा कोरल्न अोथारा बस्नेतिर लागेँ भने काफल पाकेको सूचना समयमा दिन सक्दिन । समयमा सूचना नगरे काफल वनभरि सडेर जान्छ । अनि बच्चा बच्चिको रेखदेख गर्न र हुर्काउने पनि समय हुँदैन । अाजको भेलाले यस’bout पनि निर्णय लिर्इ निकास निकालिदिए ,म यो काम गर्न तयार छु । कोइलीले बिनम्रतासाथ सबैसामु अाग्रह गरी ।

भेला भएका चराहरूबीच कोइलीको कुरा सुनेर निकै खैलाबैला भयो । बूढो सुगाले सबैलार्इ हल्ला नगरी शान्त भएर  समाधानको उपाय’bout अा अाफना कुरा राख्न पालैपालो समय दिए । सवैले कुरा राख्ने क्रममा चतुर कागले अाफनो भनाइ यसरी राख्यो , कोइली बहिनीले भनेको कुरा सोह्रै अाना ठिक छ । कोइली हामी सबैको अाफन्त भएकोले उनको बच्चा हामीले हुर्काइदिने वचन दिनुपर्छ । कागको कुरा नसकिँदै सानो धोबीचराले अाफनो पखेटा फट्कार्दै बोल्यो ,त्यो कसरी होला र ?अाफनो बच्चा हुर्काउनु कि ,त्यति ठूलो कोइलीको बच्चा हुर्काउनु ।

कागले बूढो सुगाको फेरि अनुमति लिँदै अाफनो कुरा राख्यो ।

हामी अाज यहाँ भेला भएका चरामध्ये जसका गुँडमा पनि कोइलीलार्इ फुल पार्न छुट दिनुपर्छ । हामीले फुललार्इ अाफनै सम्झी कोरलेर ,बचेरा अाफनो खुटृामा उभिन नसकुन्जेल ,अाफै खान नसकुन्जेल उसको हेरचाह गर्ने बचन दिनुपर्छ ।

चिबे चराले पनि कागको कुरामा सहमति जनायो ।

कागका कुरा सुनेर भेला भएका सबै चरा एकैसाथ हाँसे । समस्याको समाधान गर्ने कागको बुद्धिको सबैले तारिफ गरे ।

अन्तमा बूढो सुगाले िनिर्णय सुनाए, हामी जंगलमा गुँड लगाएर बस्ने चराहरूले अाजदेखि कोइलीको बच्चा कोरल्ने, खुवाउने, हुर्काउने काम गरिदिन मन्जुर भयेोँ । कोइलीले ढुक्क भएर अाफनो काम गरे हुन्छ ।

चराहरूले अाफना पखेटा फट्फटाएर ताली पिटे ।

त्यही सभाबाट कोइली अाफनो सुरिलो स्वरमा वन जंगल र गाउँ गाउँ पुगेर काफल पाक्यो …… काफल पाक्यो …… भन्दै डुल्न थाल्यो ।

त्यसपछि कोइलीले चराको गुँडमा रहेको फुल खाइदिएर, फालिदिएर  अाफूले फुल पारिदिन थाल्यो । चराहरूले पनि भेलाको निर्णयअनुसार अाफनै सम्झी अोथारो बसे । बच्चा काढे। अनि कहिले सानो धोबीचराले ,कहिले कागले, कहिले चिबेचरीले कोइलीका बचेरालार्इ अाहारा  खुवाउँदै,डुलाउँदै हुर्काउन थाले ।

यो मेरो कथा नागरिक दैनिकको  शनिबार,  जुनिकरीमा २०७०।८।८ मा छापिएको थियो। व्लग मित्रहरूक लागि यहाँ टाँसो गरेको छु । कस्तो लाग्छ, तपाइहरूको सल्लाह सुझाव पाए म मा अरू लेख्ने उत्साहा हुने थियो । जय व्लग ।

नेल्सन मन्डेलाको सँझनामा

डिसेम्बर 8, 2013

अस्ती सुक्रबार डिसेम्वर ६ का दिन बिहानै हामीले संसारबाट एउटा महामानब अस्ताएको खबर सुन्येो । जो मानब मुक्तिका लागि  २७ वर्ष कठोर जेल वस्न पर्रयो । कुकुर र कालाजातिलार्इ प्रवेश निशेष गर्ने गोराहरूको चरम यातना भोग्न वाध्य हुनु पर्रयो । तर उ रत्तिभर डगमगाएन , बिचलित भएन ,मानब मुक्तिका लागि निरन्तर लागि रह्रयो । उसले लिएको बाटो संसारलार्इ देखाएर उ बाँचुन्जेल संसारकै प्यारो मन्डेला बन्यो । मृत्युपछि पनि उ संधै संधै बाँचिरह्रयो । उनकै नेतृत्वमा १९९३ मा दक्षिण अफ्रिका रंगभेदबाट मुक्त भयो ।उनकै नेतृत्वमा दश प्रतिशत गोराले असी प्रतिशत कालामाथि चलाइएको शासन समाप्त भयो । उनकै नेतृत्वमा सन् १९९७ मा वहुपहिचान सहितको संबिधान वन्यो । दुर्इ तिहाइ वहुमत ल्याउंदा पनि चुनाबै हारेका समेतलार्इ समेटेर सरकार वनाए । नेपालका सवै नेताले उनीबाट सिक्ने कुरा धेरै छन् ।सत्तानै सबथोक भनेर सत्तामा टाँसिएर उनी वसेनन् ।

उनै नेल्सन मन्डेला सन् १९९४ मा दक्षिण अफ्रिकाको पहिलो अश्वेत रास्ट्रपति चुनिएपछि दिएको पहिलो संम्वोधन पाठकसामु राख्दै मन्डेलाप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गदर्छु ।

अाज हामी िसिंगै देश र विश्वलार्इ नवजात् स्वतन्त्रताको कोसेली चढाइरहेको छेोँ ।

असाधारण मानवीय विनाश गराउने युद्ध रोकिएको दर्दनाक समयपछि हामी यस्तो समाज जन्माउँदैछेों, जसप्रति भोलि सिंगो मानवताले गेोरब गर्नुपर्ने छ । हाम्रा दैनिक क्रियाकलाप सामान्य हुनेछन्र । दक्षिण अफ्रिकी यथार्थसंग जोडिनेछ । तिनले अाम जनताको िबिश्वासलार्इ न्यायमा बदल्नेछन् । सबै अात्माहरू जनजीवनलार्इ गेोरबमय बनाउन लाग्नेछन् ।

हामीलार्इ प्रतिनिधि चुन्ने जनता र सिंगो संसारप्रति कृतज्ञ छेोँ ।

मलार्इ यसो भन्न कुनै संकोच छैन, हामी सबै जनता यो सुन्दर भूमिसंग उत्तिकै दह्रोगरी गाँसिएका छेोँ ,जसरी बुशभेल्डको शिरीष र प्रिटोरियाको फूल अापस्तमा गाँसिएका छन् ।

प्रत्येक पल्ट हामी एक एकले यहाँको माटो छुंदा पूनर्ताजगी अनुभूत गर्छेोँ । जसरी ऋृतु बदलिन्छ,यो देशको मुड पनि त्यसरीनै वदलिन्छ ।जसै फूल फक्रिन थाल्छन् ,रूखले पालुवा हाल्छन् ,हामी अपार अानन्दको गहिरार्इमा पुग्छेोँ ।

त्यही भेोतिक र अात्मिक एकताले हामीलार्इ यो साझा मातृभूमिभित्र दुखपीडा बिर्सन सघाउँछ ।हिजो हामीले यो देशमा भयानक द्धन्द भोगेका छेोँ । सँगै अाशु बगाएका छेोँ । त्यही जातिभेद र रंगभेदको तुच्छ मान्यताले हामीलार्इ संसारका अरू देशबाट पर कतै सीमान्तमा हुत्यार्इदिएको थियो ।

हामी दक्षिण अफ्रिकी त्यो सुषुप्त मानबता फेरि ब्युँझाइरहेछेोँ । धेरै वर्षसम्म गुमाएको त्यो मानवता फेरि छातीमा टाँसिरहेछेो ।

न्याय,  शान्ति र मानवीय प्रतिस्ठाले जितेको यो  एतिहासिक समयमा सरिक हुन अाइपुग्नुभएका बिदेशी पाहुनालार्इ धन्यवाद दिन चाहन्छेोँ । शान्ति,समृद्धि,लिंगभेदविरोधी,। रंगभेदविरोधी र लोकतन्त्रका सामू अाइपर्ने चुनेोतीसंग लड्न तपार्इहरू हाम्रो  पक्षमा उभिइरहनुहुनेछ भन्ने विश्वास गरेका छेोँ । हामी लोकतन्त्रान्त्रिक,धार्मिक,महिला युवा,उध्यमी,पुराना नेता र अरूले हिजोको राजनीतिलार्इ यहाँ ल्याइपुर्रयाउन खेल्नुभएको भूमिकाको दिल खोलेर प्रशंसा गर्न चाहन्छेोँ ।तीमध्ये उपरास्ट्रपति माननीय एफडब्लु डे क्लार्क उल्लेख्य हुनुहुन्छ ।

लोकतन्त्रतिरको यो संक्रमणकालका बेला  रक्तपिपासुहरूले यो पहिलो चुनावको उज्यालो देख्न अस्वीकार गरेका थिए । तिनबाट जोगाउँदै चुनाब सफल पार्न सघाउने सुरक्षाकर्मीप्रति हामी सम्मान व्यक्त गर्छेो । हिजोका घाउमा मलम लगाउने,निको पार्ने समय अब अाएको छ । हिजो हामीलार्इ एक अर्कासंग छुट्याउने खोलामा पुल हाल्ने बेला अाइसकेको छ । त्यस्तो अवसरको खोजी गर्ने कि नगर्ने, अब हामीमा भर पर्नेछ ।

हामीले अन्तत राजनीतिक मुक्ति हात पार्रयैाँ । अब यहाँका जनतालार्इ गरिबी,अभाव,पीडा,लिँगभेदलगायत भेदबाट सधैँका लागि बाहिर निकाल्नुपर्नेछ । यो महत्वपूर्ण काम अझै बाँकी छ ।

हामीले स्वतन्त्रताको गन्तव्यतर्फ चालेका पाइलालार्इ अहिले सापेक्ष शान्तिसम्म ल्याइपुर्रयाउन सकेका छेोँ । हामी कसम खान्छेोँ,पूर्ण न्याय र शान्तिको यो यात्रामा हामी अविचलित भएर हिँडिरहनेछेोँ । लाखेोँ जनताको हृदयमा हामीले अाशाको बिरूवा रोप्न सकेका छेोँ । हामी यस्तो समाज बनाउन गइरहेका छेोँ, जहाँ श्वेत र अश्वेत दुबै जनता निडरतापूर्बक संगै लम्कनेछन् । उनीहरूका नैसर्गिकहक र मानवीय मूल्यको इन्द्रेणीले यो देश र विश्व एक दिन शान्त बन्ने छ ।

यही प्रतिबद्धताको चिनोस्वरूप रास्ट्रिय एकताको नयाँ अन्तरिम सरकार बनेको छ । हिंसाको बेला जेल भोगेका,यातना खपेकालार्इ न्याय दिनु छ,क्षतिपूर्ति दिनु छ । उत्पीडक भनिएकालार्इ अवस्था हेरी अाममाफी दिनेलगायतका निर्णय यसैले गर्नेछ । हामी सबै नायक र नायिकालार्इ यो दिन समर्पण गर्न चाहन्छेोँ , जसले हामीले अाज पाएको यो मुक्तिका लागि उत्सर्ग गरे । त्यसैले हामी मुक्त हुन सक्येोँ । उनीहरूको सपना अाज साकार भएको छ । स्वतन्त्रता नै उनीहरूले हामीलार्इ दिएको पुरस्कार बनेको छ ।

तपार्इ जनताप्रति हामी प्रफुल्ल र विनम्र बनेका छेोँ,जसले एकीकृत,लोकतान्त्रिक,रंगभेदविरोधी,लिंगभेदविरोधी सरकारको पहिलो् रास्ट्रपति हुने मेोका दिनुभएको छ ।

अहिले पनि स्वतन्त्रताका लागि बाटाहरू सजिला भइसकेका छैनन्र ।यो कुरा हामीलार्इ राम्रैगरी थाहा छ ।हामी एक्लाएक्लै अघि बढ्न खोज्येोँ भने यो सफलता हात लाग्ने छैन ।  त्यसैले हामी संगै काम गर्नेछेोँ । रास्ट्रिय सहमति,रास्ट्र निर्माण गर्दै हामी नयाँ विश्वको रचना गर्नेछेों । सबैलार्इ न्याय मिलोस् ।सबैलार्इ शान्ति मिलोस् । सबैका लागि काम, खाना, पानी,नून मिल्न सकोस् । सबैलार्इ थाहा हुन सकोस्,सबैको शरीर,अात्मा र मस्तिस्कले अाफना इच्छा पुर्रयाउन यो  मुक्ति पाएका हुन् ।

यो सुन्दर भूमिले अबदेखि कहिल्यै परस्पर शोषण,दमन,अत्याचार भोग्न नपरोस् । स्वतन्त्रताले संधै राज गरिरहोस् । दक्षिण अफ्रिकाको जय होस् ।

( भावानुवाद  बसन्त,  ।नागरिकबाट साभार )