कथा, चराहरूको भेला


 

DSC09701

धेरै पहिलाको कुरा हो । एउटा घना जंगलमा धेरैथरीका चराचुरूंगी एक अापसमा मिलेर बस्थे । हरेक वसन्त ऋतुमा सबै रूख बिरूवाले पालुवा फेर्थे । पालुवा चढेपछि सबै रूख राम्रा र हरिया देखिन्थे । चराहरू निकै रमाएर रूखका डालीडालीमा खेल्थे । चिरबिर चिरबिर अावाज निकालेर एक अापसमा खुब रमाउँथे । उनीहरूको अावाजले वन संगीतमय हुन्थ्यो । त्यो वनमा धेरै काफलका ठूलाठुला रूख पनि थिए । वसन्त ऋतु लागेपछि काफल फल्थ्यो । काफल धेरै चरालार्इ मन पर्थ्यो । जुरेली,सुगा,मैनाजस्ता धेरै चरा वनमा काफल पाकेपछि अाहारा खोज्न कतै जाँदैनथे । उनीहरूले खान नसकेका काफल भने झर्थे । कुहिएर जान्थे ।

धेरै काफल नाश भएको देखेर एकदिन बूढो सुगाले काफल खान अाएका चराहरूलार्इ भन्यो,साथी हो यति मिठो वनको काफल हामीले मात्र खाइसक्दैनेोँ ।धेरै काफल झरेर कुहिएर जान्छन् । वनभन्दा टाढा रहेका सबै मानिसलार्इ काफल पाकेको खबर दिन पाए कति मजा हुन्थ्यो । उनीहरू पनि अाएर मिठो काफल खान्थे ।

सुगाको कुरा जुरेलीलार्इ निकै मन परयो ।हो नि यत्रो वनभरिको काफल खेर जानुसटृा सबैलार्इ काफल पाकेको सूचना दिनसके त राम्रै हुन्थ्यो । मानिसको बस्तीमा फलेका बिभिन्न फल र अन्न पनि त हामी कति मिठो मानेर खान्छेोँ । वनमा फलेको फल पनि उनीहरूलार्इ खुवाउन सके त हाम्रो सम्वन्ध झनै राम्रै हुन्थ्यो । डालीमा बसेर काफल खाइरहेको कोइलीले थप्यो ,मानिसलार्इ कसरी थाहा दिने त ? रूखमा रहेका चराबीच बूढो सुगाले यस’bout छलफल गर्न एउटा बृहत भेला बोलाउने छलफल डाक्यो ।

खबर गर्ने जिम्मा पाएका धोवीचरा,चिबे र जुरेलीले भोलिपल्ट झिसमिसे बिहानदेखि नै अाफनो काम सुरू गरे । उनीहरूले वनभरि रहेका चराहरूलार्इ भेलाको सूचना गरे । शनिबारको दिन थियो । जंगलको बीचमा रहेको तलाउनजिकै चराहरूको ठूलो भेला बस्यो ।

बूढो सुगाले सबैको स्वागत गरे । भेला बस्नुको कारण’bout बताए । काफल पाकेको खबर मानिसलार्इ कसरी दिन सिकएला ? जुरेलीले प्रश्न गरयो । मैनाचरीले पनि काफलको बिशेषता बताउँदै यसका गुण’bout कुरा राख्यो । जम्मा भएका सबै चराले यस’bout निकै छलफल गरे । अन्तमा उनीहरूले काफल पाकेको खबर गर्न सक्ने राम्रो स्वर भएको चरा छान्न चराहरूको स्वर परीक्षा लिने निर्णय गरे ।

सुगा,मैना,चिबे,धोवी ,जुरेली,धेरै चराले स्वर परीक्षामा भाग लिए । कालो र नराम्रो भनेर सबैले लामकाले भनी गिज्याउने गरेको कोइली चरी स्वर परीक्षामा पहिलो भइ । उसले वनमा पाकेको काफल’bout मानिसलार्इ थाहा दिन काफल पाक्यो ….. काफल पाक्यो…… भनेर अाफू गाउँगाउँ घुम्ने कुरा राख्यो । सबै चराहरू उसले काफल पाक्यो… काफल पाक्यो…. भनेर ठूलो अावाजमा मिठोसँग बोलेको सुनेर दंग भए ।

अब काफल खेर नजाने भो । सबैले बाँडीचुँडी खान पाइने भो भनेर सबै खुसी भए । चराहरूले उसको बोलीको प्रशंसा गर्दै कामको जिम्मा लिन अनुरोध गरे । तर कोइलीले भने यस’bout सोच्न एकरातको समय माग्यो । सबैले खुसीसाथ एउटै स्वरमा हुन्छ भने ।

भोलीपल्टको भेलामा कोइलीले भनी,साथीहरू मलार्इ दिन लागेको कामको ’boutमा रातभरि सोचेँ । मेरो पनि एउटा समस्या छ,साथीहरूले सुझाइदिनुहुन्छ भने म यो काम गर्न तयार छु ।

सबैले के कुरा हो भनेर एउटै स्वरमा सोधे ।

म यसरी गाउँ बस्ती,जंगल डुलिरहँदा मैले अाफनो घर बनाउन र घरजम गर्न सक्दिन । फुल पारेर बच्चा कोरल्न अोथारा बस्नेतिर लागेँ भने काफल पाकेको सूचना समयमा दिन सक्दिन । समयमा सूचना नगरे काफल वनभरि सडेर जान्छ । अनि बच्चा बच्चिको रेखदेख गर्न र हुर्काउने पनि समय हुँदैन । अाजको भेलाले यस’bout पनि निर्णय लिर्इ निकास निकालिदिए ,म यो काम गर्न तयार छु । कोइलीले बिनम्रतासाथ सबैसामु अाग्रह गरी ।

भेला भएका चराहरूबीच कोइलीको कुरा सुनेर निकै खैलाबैला भयो । बूढो सुगाले सबैलार्इ हल्ला नगरी शान्त भएर  समाधानको उपाय’bout अा अाफना कुरा राख्न पालैपालो समय दिए । सवैले कुरा राख्ने क्रममा चतुर कागले अाफनो भनाइ यसरी राख्यो , कोइली बहिनीले भनेको कुरा सोह्रै अाना ठिक छ । कोइली हामी सबैको अाफन्त भएकोले उनको बच्चा हामीले हुर्काइदिने वचन दिनुपर्छ । कागको कुरा नसकिँदै सानो धोबीचराले अाफनो पखेटा फट्कार्दै बोल्यो ,त्यो कसरी होला र ?अाफनो बच्चा हुर्काउनु कि ,त्यति ठूलो कोइलीको बच्चा हुर्काउनु ।

कागले बूढो सुगाको फेरि अनुमति लिँदै अाफनो कुरा राख्यो ।

हामी अाज यहाँ भेला भएका चरामध्ये जसका गुँडमा पनि कोइलीलार्इ फुल पार्न छुट दिनुपर्छ । हामीले फुललार्इ अाफनै सम्झी कोरलेर ,बचेरा अाफनो खुटृामा उभिन नसकुन्जेल ,अाफै खान नसकुन्जेल उसको हेरचाह गर्ने बचन दिनुपर्छ ।

चिबे चराले पनि कागको कुरामा सहमति जनायो ।

कागका कुरा सुनेर भेला भएका सबै चरा एकैसाथ हाँसे । समस्याको समाधान गर्ने कागको बुद्धिको सबैले तारिफ गरे ।

अन्तमा बूढो सुगाले िनिर्णय सुनाए, हामी जंगलमा गुँड लगाएर बस्ने चराहरूले अाजदेखि कोइलीको बच्चा कोरल्ने, खुवाउने, हुर्काउने काम गरिदिन मन्जुर भयेोँ । कोइलीले ढुक्क भएर अाफनो काम गरे हुन्छ ।

चराहरूले अाफना पखेटा फट्फटाएर ताली पिटे ।

त्यही सभाबाट कोइली अाफनो सुरिलो स्वरमा वन जंगल र गाउँ गाउँ पुगेर काफल पाक्यो …… काफल पाक्यो …… भन्दै डुल्न थाल्यो ।

त्यसपछि कोइलीले चराको गुँडमा रहेको फुल खाइदिएर, फालिदिएर  अाफूले फुल पारिदिन थाल्यो । चराहरूले पनि भेलाको निर्णयअनुसार अाफनै सम्झी अोथारो बसे । बच्चा काढे। अनि कहिले सानो धोबीचराले ,कहिले कागले, कहिले चिबेचरीले कोइलीका बचेरालार्इ अाहारा  खुवाउँदै,डुलाउँदै हुर्काउन थाले ।

यो मेरो कथा नागरिक दैनिकको  शनिबार,  जुनिकरीमा २०७०।८।८ मा छापिएको थियो। व्लग मित्रहरूक लागि यहाँ टाँसो गरेको छु । कस्तो लाग्छ, तपाइहरूको सल्लाह सुझाव पाए म मा अरू लेख्ने उत्साहा हुने थियो । जय व्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: