तिर्खाएको काठमाडौँ र मेलम्ची घुमाई
बिश्वमा पानीको धनी दोस्रो नेपाल भनेर संसारभर चिनिने देशमा हामी जन्म्ये छौँ । दुई ठुला देशको बीचमा रहेको नेपालले खलखल्ती बगेर दक्षिण पुगेको खोलाको पानीको उचित सदुपयोग गर्न सके आर्थिक बिकासमा ठूलो टेवा पुग्नेकुरा सबैले बुझेकै हो । यसो गरे जनताको जीबनस्तर माथि उठ्ने थियो । संसारका मानिसका आगाडि हामी संधै दोस्रो गरीब देश भनेर चिनिन पर्दैनथ्यो होला । यो खलखल्ती र कुलकुल बग्ने पानी मात्र हैन शक्ति पनि हो । सेतो सुन पनि हो । अनि प्राणीको जीवन पनि हो । मानब सभ्यता, उत्पादन र विकासको मूल पनि हो ।
काठमाडौं खाल्डोमा पानीको हाहाकार अझै छ । काठमाडौंमा मात्र हैन सरकारी आँकडा अनुसार पनि देशभर खानेपानीेको पहुँचबाट टाढा रहेकाको संख्या अझै ६० लाख जति छ रे । पानीको लागि अझै रात जाग्राम बस्नु पर्छ ,घंटौ लाम बस्नु पर्छ, घंटौ हिँडेर पानी ओसार्नु पर्छ । पानीका लागि छरछिमेकसंग भनाबैरी गर्नु पर्छ । पानीका लागि अरुले भन्दा महिलालेनै धेरै दुख हण्डर खेप्नु परेको यथार्थ लुकाउृनै सकिदैन । देशमा जनताबाट निर्बाचित जनप्रतिनिधिको सरकार छ । जनता पैसा तिरेर पनि पानी पाउन सकेका छैनन् । अशुद्ध पानीका कारण दैनिक हजारौ मानिस बिरामी परिरहेका होलान् । नेपाल हो चलेकै छ , जनताले जसरी पनि चलाउछन् यस्तै सोच सत्तामा बस्नेले राख्छन् । आर्थिक दुराबस्था र चेतनाका कारण तल्लो वर्गनै यसको सिकार भै रहेको छ । गाह्रो माथि झन् गाह्रो पारीरहेको छ ।
आजभन्दा बाइस पच्चिस वर्ष अघि अर्थात देशमा बहुदलिय प्रजातन्त्र आए पछिको पहिलो आम निर्वाचनमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भटृराईले चुनावमा दुईवटा मुद्धा उठाए । पहिलो मेचलम्चीको पानी खान मात्र हैन सडकै सफा गर्ने गरी लेराउंछु । दोस्रो नेपाललाई सिंगापुर बनाइदिन्छु । काठमाडौंका काकाकुल जनताले सुन्दामात्र पनि ठूलो राहत महसुस गरे । तीन बर्षमा मेलम्चीको पानी राजधानी आउने भने पनि अहिले तिनकौ शरीर माटो र पानीमा मिलीसक्दा पनि पानी आउने कुरा चाही अझै सपना जस्तै भै रहेको छ ।
कस्तो होला मेलम्ची , कसरी ल्याउने होला पानी । यत्रा वर्ष वितिसक्यो, धेरै सुनिसक्यौ मेलम्चीको कथा व्यथा , कुइराको काग भएर बस्नु भन्दा एकपटक पुगेरै देखेरै आउने र मेलम्चीको पानी खाने मनसुबाले चारजना साथीहरु २०७० माघको जाडोलाई वास्तै नगरी बिहानै अझै भनौ चिसोमा कठ्यांग्रिएको काठमाडौं नउठ्दै हामी त्यतातिर हान्नियौं ।
काठमाडौं अनि भक्तपुर ,पनौती धुलिखेल र पांचखल पार गरेर मेलम्ची र हेलम्वु जाने दोवाटोमा रोकियौ । जसलाई जिरो किलो भनिन्छ । नौ बजे हामी त्यहा पुगिसकेका रहेछौं । चियापनि नखाइ निक्लिएकाले यसो केही खाने हो कि भनेर जिरो किलोमै रहेको सानो होटलमा तातो खिर र तरकारी मिठो मानेर खायौं । खिर जिब्रोमै झुन्डियो । फेरी जिरो किलो पुग्दा खिर खान विर्सिदैनौ होला । बाटाका लागि कोक पेप्सीको जोहो त्यहीबाट गरेर दश वज्नु अघिनै त्यहाबाट अगाडि वढ्यौ ।
मेलम्ची र हेलम्बुजाने बाटो तिम्बुबाट छुटृिने रहेछ । तिम्बुबाट दांयातिर लागे हेलम्बु पुगिने रहेछ , हेलम्बुजांदा पहिले सेर्माथाङ र तार्कुध्याङ अाउने रहेछ । कुनै पनि ठाउंको यात्रागर्दा हाम्रो दिमाग र सोचाईमा सानो बिन्दु थपिन्छ होला । यस अघिसम्म कहांको हेलम्बु कहांको मेलम्ची जस्तो लागेको थियो । मेलम्चीबाट तीनघंटाको बाटो गाडीले छिचलेपछि हेलम्बु पनि पुगिदो रहेछ । तिम्बुबाट हेलम्बु जाने ठाडाे बाटाे देखे पछि हाम्रो मन हेलम्वु पुग्न याे मन नभड्किएको हैन । तर कुरो यतैबाट नमिलाई हिंडेकोले मनलाई थामथुम पार्नु बाहेक अर्को उपाए हामीसंग थिएन ।
काठमाडौंमा पानीको हाहाकार अवस्थामा आएको मेलम्चीको कथा विस्तारै झांगिंदै यसले मुर्तरुप लिन थुप्रै कुरा अगाडि वढायो । काठडौंमा अफिस खुले । धेरै हाकिम कारिन्दा बने । चिल्ला गाडीहरु मेलम्चीका नाममा सडकमा दौडे । महत्वाकांछि योजना सफलपार्न हाम्रो बुता र सोचले के सक्नु । विभिन्न दाताहरु जन्मे । एशियाली बिकास बैँकको सहुलियत ऋण सहयोगमा हाम्रो मेलम्चीको काम अघि वढ्यो । दैनिक १७ करोड पानी राजधानी ल्याउने सरकारी योजना वन्यो । यस्का लागि सन् २००९ तिर चाइना फिफ्टिन रेल्वे ब्युरोले चारबर्ष अर्थात २०१३ को सुरुमै सक्ने गरी चार अर्ब २८ करोडमा काम सक्छु भनेर शुरु गरेको थियो । २१ किलोमिटर खन्नु पर्ने सुरुगं उसले जम्मा ६ किलोमिटर खनेर यति बेलासम्म उसले साठी करोडको थैलो कुम्ल्याई हालेछ ।
जिरो किलोबाट चण्डेश्वरीतिर हाम्रो गाडी कुदिरहंदा हामीले महिला समुहका नामबाट टांगिएका बोर्डमा रुख रोपौ वन जोगाऔं भन्ने कुरा पढ्यौ । बनमा जे भए पनि दाया बाँया रहेका खेत र बारीमा भने आलु र तरकारी खेतीले फाँट हरियो थियो । बीच बीचमा आलु कुर्न बसेका जस्ता देखिने परालका कुन्युले अझ सुन्दर देखिएको थियो । महादेव गाविस पनि तरकारी खेतिमा कम रैनछ हामीले बाटोमा दौडिरहँदा देखेका दृश्यले त्यही भन्थ्यो । हरियो तरकारी खेती मार्ने रोग यतै बाटोमै रहेको घडेरीको विज्ञापन पढेर थाहा पायौँ । बाटोमा महादेव गाविसले स्वागत गेट बनाएको रहेछ । यतै पुग्दा कुन्तावेसी पुग्न अब तीन किलोमिटर छ है भन्ने सूचना पनि पढ्यौ । रानीटार नामले मात्र हैन कामैले पनि रानीटार थियो । हरियो सागपात तरकारी खेतिमा मानिसहरु आलुलाई उकेरा लाउंदै थिए । कोही पिठ्युँमा प्लास्टिकको भाँडो बोकेर स्प्रे गर्दै थिए आलुका शत्रुमार्ने भनेर । चुनाब सकिएको दुई महिना कटिसकेको थियो । घर र पर्खालका भित्तामा रहेका पोस्टर खुंइलिदै गएर मानिसलाई एक वर्षमा संविधान वन्ला त भनेर जिस्काइ रहेका जस्ता लाग्थे । कुन्ताबेसीको उकालो पुग्दा हामीले उत्तरतिर हांसिरहेको सेता हिमाल देख्यौ । हाम्रो मन पुलकित भयो । हामीले हिमालका कुरा र पर्यटनका कुरा गाडीभित्रै बसेर गफ हाँक्यौ । पारीपटृी रहेको सल्लाघारीको थुम्कोले बस्तीको मुहार उज्यालो पारे जस्तो लाग्यो । अघि बाटामा पढेको नारा संझीयौ रोख रोपौं हरियाली जोगाऔं ।
खिरखाएको पसलका साहुले भन्नु हुन्थ्यो । बाटो त यतै विग्रीएको छ, उता त राम्रै छ भनेर । नभन्दै उनले भने जस्तै अगाडी वढ्दै जांदा बाटो राम्रै लाग्यो । त्यसैले हाम्रो गाडी विना रोकतोक अनुभवि चालकसाथीको इशारामा हुंइकिरहेको थियो । सुनिरहेको नाम जस्तो लाग्ने सानो बजारमा देख्यौ सिपाघाट । पांचपोखरी कुणडको पानी, लार्के, याँग्री र मेलम्ची खोलाको पानी मेलम्ची बजारमा अाएर मिलेपछि वग्ने नदीको नाम इन्द्रावती हो । इन्द्रावती देखेपछि साहित्यकार रमेश बिकलको इन्द्राती अबिरल वग्दछ कथा संझे । मेलम्ची बजारमा खाना खाँदा भेटिएका स्थानिए भन्थे ,केही वर्ष अघिसम्म पुरै बगर ढाकेर सान्त बग्ने इन्द्रावती अहिले कुलो जस्ताे भएको छ । एस्काभेटर र क्रसर उद्धाेग खाेलामा पसेपछि इन्द्रावती भतामुंगै भयो । उनले दुखेसो पोखे , जताततै खाल्डै खाल्डा परेको छ । नभन्दै हामीले हेर्दा पनि त्यस्तै देख्येो । नियम कानून केही नभएकाे जस्ले जे गरे पनि हुने जस्तो । एउटा क्रसर उद्योगले इन्द्रवतीको किनारैमा रोडा , वालुवाको थुप्रो ठूलो कचौरा घोप्टाएझै घोप्टिएको थुप्रा थाप्री देख्यौ । त्यही ह्युमपाइप पनि बन्दै र थुप्रिदै बसेका थिए । दायाँ वाँया रहको आलु खेतीको हरियो फांटले भने चियाबगानको संझना गराइरहेकोे थियो ।
फटकशिला कटेपछि पुल तर्नासाथ हामी काभ्रे छाडेर सिन्धुपाल्चोक जिल्ला टेक्यौ । बांसवारीबाट पनि उत्तरतिर लामै हिउंका चुचुरा देखिए । बाहुनेपाटीको सानो बजार हुंदै हामी तालामाराड० पुग्यौ । कस्तो मजाको नाम तालामाराड० । त्यसैले त गीतकारले तालामाराड०को केटीलाई संझेर गीत पनि रचिसकेका रहेछन् धेरै पहिला । साथी मोहनहरीले गीत संझिहाले र गाडीभित्र मिठो भाखामा गीतको एक गेडो गाइदि हाले । गीत यस्तै जस्तो लाग्छ ।
तालामाराड० बजारकी कान्छी
हामीले संझे भनेर, धुरु धुरु रुनु नहोला ।
मेलम्ची बजार आए छ । बजार राम्रै रहेछ । बजारको पुछारमा बाटो विग्रीएर डोजरले बनाउंदै रहेछ । हामी पनि नजिकै देखिएको झोलुड०गे पुल तिर हान्नियौं । झोलुड०गेपुलको लच्काइसंगै रमाउंदै पारीसम्म पुगेर फर्कियौ । रमेश विकलको वगिरहेकी इन्द्रावतीका ढुंगा र तिरमा बसेर संझनाका फोटोहरु खिच्यौ । यहांबाट उता बाटोमा कालोपत्र गरिएको रहेन छ । तर बाटो राम्रै थियो । सफा थियो । काठमाडौंको धुलो धुँवा र फोहरका डुंगुरबाट अलि टाढा हुदां आउने आनन्दनै यही जस्तो लाग्यो । प्लास्टिकले टाटेपाटे भएको भुँइ देखिरहेको आखाका अगाडी हरियाली र सफा अनि रसिलो पसिलो देख्दा आंखा पनि रमाए जस्तो लाग्यो । दाया बाँया पक्कि घर वन्ने होडमा लागिरहेका थिए । पुराना घरमा मिलाएर लगाएको ढुंगाका गाह्रा माथि जस्तापाताका छाना टल्किरहेका थिए । घर पर्खालका गाह्रो पाटा पारिएका ढुंगाले मिलाएर लगाएका शिप देख्दा हेर्दा पनि अति राम्रा लाग्ने ।
एक्कासी नसोचेकै कुरा भयो । हाम्रो अगाडीको बाटोको देव्रेतिर मेलम्ची आयोजना जाने बाटो भनेर चिनिया र अग्रेजीमा लेखिएको वोर्ड बाटैमा ठडिएको देखिए पछि लौ यही पो रहेछ मेलम्ची आयोजना भन्ने ठान्यौ । हामीले सोचेको जस्तो धेरै टाढा त हैन रहेछ भन्दै त्यतै लाग्यौ । अगाडी वढ्दै, हो होइनको दोधारमा बाटो छोट्याइ रहेका थियौ । दक्षिण फर्केको पाखोको काखकाखै लगेको बाटो राम्रो थियो । ठाउं ठाउंमा बाटो सम्वन्धी दिनुपर्ने संकेतहरु चिन्ह पनि ठडिएका थिए । मानिसको वस्ती चाँहि वीचमा बगेको सानो खोलाको पारीपटृी रहेको डांडामा थियो । अंध्यारोमा हानेको तिर जानुपर्ने ठाउंमै लागेछ । मानिसको चहल पहल नभएको आयोजनास्थलमा एउटा बस र एउटा सानो गाडी रोकेर राखेको अनि पहेंलो टोपी लगाएर बसेको एकजना पहरेदारका वीचमा हामी चारजना थपियौं । सुरुड०भित्र वत्ती बलिरहेको थियो । एकजना मानिस भित्रबाट प्रयोग भैसकेको पुरानो जस्ता लिएर बाहिर आउंदै थिए । हामीले पहरेदारलाई भित्र जान मिल्छकि ,मिलिाइदिनुस् न भन्यौै । उनले भित्र जान त मिल्दैन भनेर हाम्रो प्रश्नको उत्तर फटाफट दि हाले । भित्रबाट आएको पहेंलों हावाले भरिएको ठूलो पाइपको मुखमा लगाइएको जालीबाट जेनेरेटर चलेको आवाज आइरहेको थियो । यो भनेको भित्र काम भै रहेको संकेत हो । यो सुरुड०गबाट भित्रको ढुंगा माटो फयाल्ने ठाउं रहेछ ।यो सुरुड०ग अ यसै सुरुड०गबाट पानी आउने भने होइन रहेछ । यो भित्र काम गर्नका लागि जाने आउने ठाउं रहेछ । यस्ता सुरुड० जम्मा सात वटागाडी वढ्दै ड्याममा जाने सुरुड०गसंग मिल्छ रे । अहिलेसम्म चारवटा सुरुड०ग बनेका छन्। सुन्दरीजल ,मेलम्ची र यो ग्यालथुमको भै हाल्यो । चिनिया ठेकदार गै सकेपछि नया इटालिएन ठेकदारले भर्खर काम सुरु गर्न थालेका छन् रे ।
चिनिया कम्पनीले काम नगरेपछि इटालियन कम्पनी सीएससीले खन्न बांकि २१ किलोमिटर सुरुड०ग साँढे दुईवर्षमा सक्ने अर्थात २०७२ चैत्र भित्र पुरा गर्ने गरी ठेक्का पाएको रहेछ । यस अनुसार काम भयो भने २०७३ बैशाखभित्र राजधानीका घरघरमा हिँउको पानी पुर्याउने लक्ष्य सरकारले लिएको छ । चिनिया कम्पनीले पनि चार वर्षमा २७ किलोमिटर सुरुड०को काम सक्ने भने काम थालनी गरे पनि उसले चारवर्षमा जम्मा ६ किलोमिटर खनेको कथा व्यथा सुन्दा यो पनि हावादारी कुरा मात्र हुने हो कि जस्तो लाग्छ । अहिलेसम्मको स्थिति हेर्दा तीनवर्ष पछि पानी आउने केही संकेतै देखिदैन । अहिले इटालिएन कम्पनीले सुन्दरीजलबाट काम थालेको छ रे । सुरुड० निर्माणगर्न मात्र यो कम्पनीले ८ अर्ब ३१ करोडमा ठेक्का पाएको रहेछ । पहिलेको भन्दा दोब्बर लागतमा । जति जति लम्बीन्छ त्यतिनै नेपालीका थाप्लामा ऋणको भार थपिदै जान्छ । पहिले चिनिया कम्पनीले यही काम ४ अर्ब २८ करोडमा गर्ने संझौता भएको थियो । अहिले त्यसको दोब्बर लागि सक्यो । अहिले काम छिटो गराउन होला तोकिएको समय भन्दा जति दिन अघि उसले काम सक्छ कुल लागतको जीरो दशमलव जिरो पांच प्रतिशत बोनस रकम दिने ,अझ ६ महिना अघि सक्योभनृे ठेक्का रकमको १० प्रतिशत बोनस दिने भनेर उसलाई हौस्याउन खोजेको देखिन्छ । उसले काम थालेको मितिले सांढे दुईवर्षमा सक्ने कवुल गरेको छ । पहिलेको कम्पनीले केवल ६ किलोमिटर सुरुड०मात्र खन्ने काम भएको देखियो । वांधको कुरा त केही भएकै छैन । त्यहांसम्म सुरुड० पुगेकै छैन । अनि यो कम्पन्ी र बांध बनाउने अर्को कम्पनीले भने २०७३ भदौ भित्र वांध र सुरुड०को काम सक्ने कुरा गरेका छन् । प्रकृतिको गर्भभित्रको कुरा कसले जानुन् । सांच्चै मेलम्चीको पानी खान पाइयला नपाइला भोलीका दिनले बताउला भन्दै हामीले भने फर्कने बेलामा धित मरुन्जुले मेलम्चीको पानी खाएर लागि रहेको भोक र प्यास मेटायौं ।
पहिलो ग्याल्दुमको मानब निर्मित सुरुड०ग हेरेर करिब २० मिनेट जतिमा फेरी उही पुरानो बाटो आइपुग्यौ । महांकालबाट तिम्वु झन्डै ८ किलोमिटर रहेछ । केही केटाहरु तिम्वु जाने भनेर मोटरसाइकलमा हुइकरिहेका थिए । यतिबेला हाम्रो गाडीले ९१ किलोमिटर पार गरिसकेको यन्त्रले देखाएको कुरा साथीले सुनाए । बाटोमा रहेको फलामे पुल पार गरेपछि ठाउं ठाउंमा चर्पी प्रयोग गरौ , निरोगी बनौ भन्ने नारा लेखिएका बोर्ड लट्किरहेका थिए । २०१५ सम्म सरकारले नेपाल अधिराज्यभर खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने भनेर काम भै रहेको आभास यता पाइन्थ्यो । अब हामी क्युल गाउं हुंदै कार्तिके खोला ,घटेृ खोलातर्दै अगाडी वढ्दा मेलम्चीखोलामा पानी हैन दूध वगिरहे जस्तो लाग्थ्यो । पानीमुनिका ढुंगा छर्लड०ग देखिन्थे । यसले खोला कति सफा र पानी कति निर्मल छ भन्ने कुरा बताउंथ्यो । पहिले पहिले हाम्रो वल्खु खोलामा पनि हामी यस्तै देख्थ्यौ । तर अहिले कालो मैलो लेदो मात्र वगेको देख्छौ । दुड०तेम्वा खोला तरेपछि बाटै नजिक मजाले मेलम्चीको चिसो पानीमा ट्रउट माछा पालन गरेका रहेछन् । प्रतिकिलाे अाठ सय भन्थे । पकाएकाे दुर्इसय रे । मेलम्चीमा पुगेपछि इन्द्रावतीकाे चिसाे पानीकाे माछा खान खुब मजा अाउंछ । लाेकल कुखुरा खाए पनि भाे ।
लाड०टाड० राष्ट्र्यि निकुन्जको साइनबोर्ड पनि देखेपछि यो पनि यतै रहेछ भन्ने थाहा पायौं । हेलम्वु तिम्वु जाने बाटो छोडेर अलि पर पुगेपछि पानीले तिर्खाएका राजधानीवासीले सपना देखिरहेको मेलम्ची खाने पानीको योजना स्थल पुग्यौ । बाटामा भेटिएका केही महिलाहरु सेर्पिनी भेषमा यतै देखिए पछि हेलम्वुको सेर्पिनि भन्ने गीतको याद आयो । आयोजनाको मुखैमा पहरा दि रहेका सेनासंग भलाकुसारी गरे पछि हामी मेलम्चीमा बनेको सुरुड० हेर्न गयौ । यो सुरुड०ग हेर्न मेलम्चीखोला माथि बनेको फलामे पुल तरेर जानु पथ्र्यो । सुरुड०मा चरोमुसो थिएन । फलामे ढोकाले वन्द थियो । सुरुड०गले भन्दा पनि हाम्रो मन र आंखा नजिकै रहेको छांगोले तान्यो । वाह…. झर्ना भन्दै हामी त्यसैसंग लुटुपुटिएर फोटो खिचाउनमै व्यस्त रहयौं । अलि माथि मेलम्चीको पानी थुन्न ड्याम बनाउने थलो रहेछ । मेलम्चीको पानी ड्यामले रोकेर राराताल बनेको होला भन्ने हाम्रो अडकल, सडकल भयो । ड्याम बनाउने ठाउं हेरेर फकिएकाले केही छैन केही रुख ढलाएर राखेको छ त्यतिहो भने पछि हाम्रा उत्साही मन र गोडाहरु लल्याक लुलुक भए । अनि त्यही छांगोसंग रमाउंदै त्यसै रल्लियौ । समता स्कुलका भाइवैनीहरु मेलम्चीबाट पिकनिक आएका रहेछन् ।उनीहरुका फोटो खिच्ने र हाम्रा क्यामराले हाम्रो फोटो खिचाउन लाग्यौ ।
मेलम्चीका ’bout अहिलेसम्म जे सुनेर एउटा बिम्व वनाएर त्यहां पुगेका हुन्छौ ं त्यस्तो केही छैन । अहिले हिउंदको खोला हेर्दा काकाकुल राजधानीका बासिन्दाको तिर्खा मेटाउला जस्तो लाग्दैन। त्यता पाले पहरा वसीरहेकासंग उता ग्यालदुममा त काम शुरु भएको रहेछ नी भन्दा हो र.., हैन होला उनीहरु भन्थे । यो सुरुड०ग पनि ड्यामसम्म पुग्न र सुन्दरीजल तिर जाने सुरुड०गको काम गर्दा आउने बस्तु फाल्न बनाइएको रहेछ । यहा हेर्दा पानीबाट बिजुली निकाल्ने कुरा र मेलम्चीको पानी राजधानीबासीले खाने कुरा उस्तै उस्तै लाग्यो ।
बाह्र बजिसकेको थियो । मेलम्चीसम्म निर्धक्क पुराएर एकछिन सुस्ताएको गाडी हामी घुमेर फर्कदा अघिल्लो चक्का पन्चट भएर बसेको रहेछ । धन्न बाटोमा केही भएन । सबै मिलेर झटपट चक्का फेरेपछि मेलम्चीलाई बाई बाई गर्दै पेटपुजाको लागि मेलम्ची बजारतिर रोकियौ । राम्रा त अरु पनि थिए होलान् तर हामी बजारको बीचैतिर रहेको क्याफे इन रेस्टुरेन्टको सरसफाइले तान्यो । शनिबारको दिन भएर हो कि वा छकाल भएर हो त्यतिधेरै मानिस त देखिएनन् । तर होटल चलाउने भाइको बोली व्यवहार र स्वादिस्ट खाना र मेलम्चीको माछाले भने फेरी आउंआउं जस्तो बनायो । उनैले नयाँ काठमाडौं पुग्ने नयां बाटो पनि बताइदिए । यसका लागि बाटोभरी हामी सबैले उनलाइ धन्यबादको पात्रका रुपमा लियौ ।
फर्कदा हामी नयां बाटो जाने पाइने भएर खुसीनै थियौ । होटलवालाले भने झै बाहुनेपाटीबाट एक किलोमिटर अघि वढेपछि दाहिनेतर्फको बाटो समात्यौ । शुरुमा बाटो अलि बिरामी र घाइते भए पनि अघि वढ्दै जांदा बाटो राम्रै लाग्यो । मलाई स्वर्गीय मदन भण्डारी र अहिलेका सभासद रामेश्वर फुयालको संझना भयो । रामेश्वरजी जिविसमा हुंदा संधै काठमाडौं देखि नाड०लेभारे, काठमाडौं देखि जर्सिड०पौवा अनि लप्सीफेदी त कहिले काठमाडों देखि फटकशिला सडक भनेर रकम छुट्याउन जोड गर्थे । रातो किताबमा पनि रकम वरोवर छुटिृन्थ्यो । आज यो बाटो देख्दा आफै सललल..गुड्न पाउंदा मदन भण्डारीको भिजन सही रहेछ भन्ने लाग्यो । अहिले काठमाडौंबाट दूरदराजमा रहेको ठाउं यो बाटो बनेपछि अति सुगम भएछ । मानिसहरु यातयातका साधन लिएर हेर्न घुम्न त्यहां पुग्दा रहेछन् । हामी नाड०लेभारेको उकालो चढ्दै थली परेको जहरिसंहपाैवा आएर हिमाल धित मर्ने गरी हेर्यौ । समयले नेटो नकाटेको भए हामी धेरै बेर हिमाल र अस्ताउन लागेको घामको उज्यालो अंध्यारो हेरेर वस्ने थियौं । नाड०लेभारे, लप्सीफेदी, सांखु हुदै डांछीभएर सहर पस्यौ । राजधानीबासीको पानीको कथा बोकेको मेलम्ची आयोजना, मेलम्ची बजार’bout धेर थोर ज्ञान आफनै आंखाले हेरेर देखेर सुनेर अनि काठमाडौं जिल्लाको दूरदराजको रुपमा चिनिएको लप्सीफेदी बाटाेपाएर सुगम भए जस्ताे लाग्याे । यहीबाटाे मेलम्चीजाने बैकल्पिक बाटाे बनेकाे देख्दा खुसी लाग्याे । जांदा अाउंदा जताततै तरकारी खेती फस्टाएकाे देख्दा मन रमायाे । तपाइ मेलम्चीकाे पानी ताेकिएकै समयमा अाउला भन्नेअासमा हुनुहुन्छ भने अझै अलि बर्ष चांही पर्खनैपर्ला है ।