बीसघरको पिस्कर


DSC00393
सहिद इले थामी र बीर बहादुर थामी

२०७० साल फागुनको अन्ततिर पिस्कर पुग्ने मेरो दुई बर्ष देखिको चाहना पुरा भयो । २६ गते,पुरानो बसपार्कबाट ठीक साँढे दश बजे पिस्करजाने बसले गतिलियो । प्रत्येक साल माघे संक्रातिको दिन लाग्ने मेला जस्तै २०४० सालमा पिस्कर गाबिसमा रहेको महादेवस्थान मंदिरमा मेला लाग्यो । तर धरमराई रहेको निरड०कुश पंचायती शासकका मतियारहरुले बारीका पाटामा घोचागाडेर बनाइएको मंचमा जनताले दुख सुखका गीत गाएको र नाचगान गरेको उसले सहन सकेन । मतियारका पोलका भरमा काठमाडौँबाट बाह्रबिसे पुगेका पंचायती शासकका लठैतहरु बाह्रबिसेबाट बुट बजार्दै ,बन्दुक नचाउंदै बिहान ४ बजे पिस्करको महादेवस्थान मन्दिरमा पुगे र तत्कालिन मालेका ठुला नेताहरुलाइ सिध्याउन पाइन्छ भनेर अन्धाधुन्ध गोली चलाउन थाले । सयौं घाइते भए । इले थामी र बीरवहादुर थामीले सहादत प्राप्त गरे । त्योे दर्दनाक घटनाका ’boutमा हामीले यतै सुनेका थियौ । हाम्रो आंग सिरिड०ग भएको थियो । पंचायती व्यवस्थाका बिरुद्ध हामीले अझ कसिलोसंग मुठ्ठी उचालेका थियौ । त्यो जघन्य अपराधको घोर बिरोध त्यतिबेला हामीले पनि यतै आ आफना सैलीबाट गरेका थियौ । तिनै सालिकका रुपमा उभिएका इले थामी र बीरवहादुर थामीलाई हार्दिक श्रद्धान्जली दिन र पिस्करको माटो छुने मेरा धेरै अघिको त्यहि इच्छाले त्यता डोराएको थियो ।
काठमाडौं, धुस्कुन हुंदै पिस्कर र जलजलासम्म पुग्ने गाडीमा ,पिस्करका श्रमजिवी र इमान्दार जनताले मनपराएका जनताका मानिस छत्रलाल बोहराकैै पछि लागेर म उता पुगेको थिए । बाटोका यात्रु टिप्दै घुइकि रहेको बस बनेपा पुगेर एकछिन सुस्तायो । बसभित्र यात्रुहरू मलेसियाबाट चीनको लागि उडेकाे प्लेनकोको ’boutमा कुरा गर्दै त्यत्रा मानिस बोकेको प्लेन कहाँ पुग्यो होला । अाजको समयमा पनि पत्ता लाग्न नसकेको अनि चीनियाहरू १५१ जना परेछन् ।२३९ जना यात्रु बोकेकाे, १२ जना त पाइलटकै टीम रे भन्ने चर्चा गर्दै थिए । हामी भन्दा पछिल्तिरका यात्रु भने सिनामंगलस्थित सुकुम्वासी बस्तीमा लागेको अागोबाट ५० टहरा जलेको र त्यहाँ बस्ने भारतीय थिए रे भन्ने कुरा गर्दैथिए । बांयातिर बसेका यात्रुका बीचमा स्थानिय निकायको निर्बाचन त हुनु पर्ने हो । खाेर्इै माअोबादीले के गर्न देलान् र भनेर जिज्ञासा राख्दै थिए । बसभित्र सबैका अा अाफना डम्फु बजिरहेका थिए । जिरोकिलो, पांचखाल हुंदै बस लामोसांगुको सानो बजारमा अडियो । गाडी छुटिहाल्ला भन्ने डरले सुनकोशीका माछा हेरेरै चित्त बुझाइयो । बस धेरै बेर रोक्दैन, पानी भर्ने र फाल्ने कामका लागि मात्र हो है भनेर बसका सहयोगीले भनिसकेका थिए । सुनकोसीको तिरैमा रहेको मलमुत्र थन्क्याउने शौचालय अगाडी महिला पुरुषको लामै लाग्यो । यत्रो लामो बाटोमा धन्न यहां एउटा यस्तो ठाउं बनेको छ । नत्र लाज सरम पचाएर लामो दुरीको बाटोमा हिंड्दा जहां पायो त्यही बाटैमा छोड्नु पर्छ । अहिलेसम्म यता तर्फ न राज्यको, न बस ब्यवसायीको ध्यान पुगेको छ ।
छत्रलाल बोहरा एकछिन हराउनु भयो । कता लाग्नु भएछ भनेर घुम्दै हेर्र्दा पिस्करका लागि फलफुल र उताबस्दा खान तरकारी पो जोख्दै गरेको देंखे । सहरबाट गाउं जांदैछौं तरकारी यताबाट लान लागेको देखेर म एकछिन छक्क परे । हैन तरकारी र फलफुल त उतै पाइन्दैन र मैलै मनको कुरो पोखे । वहांले ओठ लेप्राउंदै कहां पाउनु । केही पाइदैन भन्दा गजबै लाग्यो । गोलभेंडा, काउली, सुन्तला र स्याउ यस्तै किन्यौ । चौतारा जाने बाटोलाई एकातिर छोडेर गाडी बिस्तारै उकालो लाग्यो । चिनीया सामानले झिलिमिलिी बनेको खांडीचौरमा एकैछिन रोकियो ।
बाह्रविसे बजारको भोटबाट आएको कन्चन र निलो पानी बग्ने भोटेकोसीको पुल पार गर्ने बित्तिकै तातोपानी नलागी धुस्कुन पिस्कर जलजलाजाने बाटोतिर मुख फर्काएर गुरुजीले गाडी रोके । मानिसहरु खाजा नास्ता पानी पिसाबका लागि फुतुफुतु ओर्लेे । बसबाट ओर्लन नपाउंदै बोहराजीले दुईजना साथीहरुलाई बाटैमा भेट्नु भयो । सहकारीको गन्थन चल्यो । सहकारीबाट गरेको गाइपालन डुबेको कुरा निस्क्यो । एकजना त वाह्रबिसेकै निवर्तमान गाविस अध्यक्ष घिमिरे थरका हुनु हुंदो रहेछ । भलाकुसारी पछि संगै मम पसलमा पस्यौ । कसैले मम कसैले चिया खादैं गफमा गफिंदै थियौ । बसका सहचालकभाई हतारिंदै आएर बोलाए । चिया र ममले तातेका जम्ल्याहा हातको भेटघाट गराउंदै हामी छुटिृएर आआफना सिटमा बस्दा सिपालु घुडाहरु आफै दोब्रिए ।
पिस्कर यहांबाट करिब पांच किलोमिटर रहेछ । यहांबाट भाडा ठ्याक्कै सय लाग्ने रहेछ ,काठमाडौंबाट पिस्कर सम्मको भाडा ३९५ रहेछ । राज्यले दिएको विद्यार्थी छुट सुविधा राजमार्गमा मात्र चल्ने रहेछ । यता चल्ने रहेनछ । एकजना विद्यार्थी भाइलाई किन सयनै तिरेको भन्दा थाहा लाग्यो । गाडी अगाडी बढेपछि बांयातिर सुनकोशी कपे महादेवको मन्दिर र अर्कोतिर शारदा माध्यामिक बिद्यालय रहेछ । बाटैमा रहेको शारदा माविको भवन निकै आर्कषक र ठुलै देखिन्थ्यो । अल्छीमानी मानी सुस्तरी हिंडेको हाम्रो बस सुनकोशीको चिसो पानीसंग खेल्दै हिंड्यो । बर्खालागे पछि उर्लदो यौबन लिएर मैमत्त भएर सुनकोशी वग्न थालेपछि भने धुस्कुन पिस्कर र जलजलाले मोटर देख्न पाउंदो रहेनछ छिपछिपे पानीमा हेलिएको बस सुनकोशीबाट पारलागेपछि गाडी बिस्तारै उकालो लाग्यो । सुनकोशी तर्नेबित्तिकै बगरमा भर्खरै काटेर ढलाएका जस्ता देखिने रुखका गोलिया थुप्रै लडिरहेका थिए । व्यक्तिगत वा सामुहिक बनका के हुन् जे होस बन मासिइरहेको जस्तो लाग्थ्यो । यस्ता गोलियाहरु बाटामा अन्यत्र पनि लडेको देखियो । बाटो साघुरो भएकोले अर्को मोटर आए छेको लाग्न पनि आपतै पर्ने । मोडहरुमा एकैपटक उक्लन नसकेर पछि हट्दै फेरी अगाडी वढाउनु पर्दा बसभित्रै आड० सिरिड० हुने रहेछ । बन पाखा, गाउं बस्ती र बारीका पाटा चिरेर बनाइएका बाटा हुंदै हामी अगाडी वढ्यौ । मानिसहरु चढ्ने र ओर्लने जारी थियो । पुरानो घटृले गाँउ छोडेपछि पिठोपिस्न मिल पुगेकाहरु, नुनतेलको जोहो गर्न बाह्रबिसे पुगेका र सरकारी कार्यालयको काम सक्न चौतारा पुगेर फर्कनेहरुनै बसका यात्री थिए ।
DSC00238
सडकबाट देखिएका चिटिक्क परेका घरको ढुंगैको गाह्रो अनि ढुंगैको छानो, आंगन पिंढीमा समेते ढुंगैको प्रयोग भएकोे देख्दा मन हर्षित भयो । घरहरु, वारीका पाटा र खेतका गह्रा देख्दा मानिसको औसत जीबन राम्रो जस्तो लाग्यो । केही महिलाहरु अझै पनि नांगै खुटृामा रमाइरहेका देखिन्थ्ो । एकजना अधबैसे महिला बसको ढोकाबाटै कराउंदै बस चढ्नु भयो । खोइ के भएको हो मेरो त कालै आएको हो कि मुखां र जिउभरी विमिरो आएर मुखै र जिउनै सुन्निएको छ । पिठो नभएर सकि नसकि आफै मिल आएकी भन्दै धोक्रो उचाल्दै भित्र पस्नु भयो । वहांलाई चिन्नेहरुले ए भलायो आयो ,बसभित्रकाले भने । त्यही त अस्ती भलायाका दुइबटा रुख ढालेको थिएँ, लौ त्यस्कै भोलिपल्टबाट यस्तो पो भयो । उधुम चिलाउंछ भन्दै बसभित्र सुन्निएका आंखा डुलाउंदै सिटमा बसिरहेका एकजना तन्नेरीलाई छोरा कताबाट भनेर सोधिन् । छोरापर्नेले म काठमाडौंबाटै भने । ए मेरी छोरीलाई पनि भेट्यौ त, उनले उत्साहित हुंदै सोधिन् । चिनेकी अर्की महिलाले उनीसंग सोधिहालिन् छोरी कहां गएकि छ र । सिलाई सिक्न काठमाडौं गएकी छ उनले जवाफ दिइन् । वुढा हलन चल गरेर बसेका छन् ,अनि आफै सकि नसकि मिल आएकी भन्दै धोक्रो बिसाएर त्यसै माथि थचक्क बसिन् । उनले त्यसो भनेपछि मलाई पनि केटाकेटीमा भलायोको रुख चलाएको याद आयो । त्यतिबेला जीउभरी डाबर निस्केको देख्योकि सबैले भन्थे भलायो चलायो क्यारे । अहिले बसभित्रका धेरैले पनि उनलाई त्यसै भने ।
पिस्कर आउन लागेका आफना मानिसलाई काठमाडौं बसेकाहरुले घरमा कोसेली भनेर फलफुल र तरकारी पठाउंदा रहेछन् । बाटोबाट हेर्दै आउंदा पानीको सुविधा छ । बाटोको सुविधा छ , बिजुली बत्ति छ तर किन आफुलाई चाहिने तरकारीसम्म न उमारेको होला भन्ने जिज्ञासा लाग्यो । गाडी ढल्की मल्की गर्दै झन्डै सांढे ६ बजेतिर मंगलामाई माविमा आएर बस रोकियो । यहांसम्म आइपुग्दा बसमा मानिस निकै कम भै सकेका थिए । ल उता बाटो विग्रिएको छ बस जांदैन भनेर स्कुल अगाडिको अप्ठेरो बाटोबाट गुरुजीले बल्लल्ल गाडी फर्काए । सिमसिम पानी दर्किहाल्यो । निमोनियाका रोगी बोहराज्यू आकाश धुम्म भयोकि डराउनु हुन्थ्यो । पानीनै परेपछि त के चाहियो र । बस माथिसम्म पुगेको भए वहांलाई निकै सजिलो हुने थियो । स्कुलबाट चिहानडांडा भएर उक्लने छोटो उकालो बाटो नहिंडी हामी लामो तर तेस्रो गाडी हिंड्ने बाटैबाटो हिंडेर घरमा पुग्यौ । वहांको घर गाउंको सिरानीमा रहेछ । बेलुकै पुगे पनि औधी रमाइलो लाग्यो ।
DSC00281
भोलिपल्ट बिहान उठ्ने बित्तिकै आंगनको चौडा पर्खालमा बसेर उत्तरतिर रहेको जुगल हिमाल छर्लड०ग देख्न पाइने रहेछ । बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् भनेर रामकृष्ण ढकालले गाएको गीतका रचनाकार यही आएर लेखेका रहेछन् कि जस्तो लाग्यो । म त एकोहोरीएर निकैबेर हिमाल हेरेर टोलाए । आंगनको डिलैमा रहेको मुलको पानी नलबाट खसीरहेको ध्वनीमा हराउंदै नअघाउन्जेल हिमाल हेरिरहे , हेरिरहे ।
बोहराज्यूको नातीनी एघार वर्षिए एलिसासंग अलि तलसम्म घुम्न आए । पारीपटिृ देखिने गाउं टेकानपुर र तौथली गाबिस हो । हाम्रो हजुरबाको पनि हजुरबाको जन्मथलो भनेर चिनाइन् । पिस्कर गाबिसको पूर्व रोल खरीखोला लांकुरीडांडा गाबिस ,पश्चिम दाबीखोला,धुस्कुन र टेकानपुर गाबिस,उत्तर सुकदल खाजीलुड० शेर्पा वस्ती धुस्कुन गाबिस र दक्षिण दाबीखोला तौथली गाबिस पर्दो रहेछ । टेकानपुरमा बोहरा थुप्रे रहेछन् । यता पिस्करमा यै एउटा घरमात्र बोहराको रहेछ । एकै परिबार भए पनि जनतासंगको उठवस र दुखसुखका साथी , थिचोमिचो अन्याय अत्याचार नगर्ने र गर्नुहुन्न भन्ने मान्यता बोकेकाले थामी लगायत सबै जातजातीले छत्रलाल बोहरालाई निकै माया गर्दा रहेछन् । छत्रलाल पंचायत काल देखि वहुदल आएसम्म प्रधानपंच र गाविस अध्यक्ष भएर जनताको सेवा गरेका व्यक्ति हुन्् । आफना कुरा लप्पन छप्पन नगरी प्रस्ट राख्ने । जनताको प्रतिनिधि भएर जनताकालागि राम्रो काम गर्नेमा नाम चलेका मानिस रहेछन् । मिचाहा पोलाहा र छुस्याहा सामन्तीका कुरा सुनेर बिभिन्न आरोपमा पंचायतका ठेकेदार भन्नेहरुले पटक पटक थिलथिलो पारेको रहेछ । ०४० सालको पिस्कर घटनमा अरू थुप्रै झैँ उनी पनि गाउँमा बस्न नसकि काठमाडैो अाएर बसेका बेला चिनेजानेका मानिसले दोहोरो भूमिका खेलेर समाप्त लगाएछन्र । ०४० माघमा समातिएर झन्डै ६ बर्ष नक्खुजेल र चेोतारामा बिताएर ०४६ मा छुट्नु भएछ । पिस्करका सामन्तीका रूपमा कहलिएका देवीजंग पांडेलार्इ माअोबादीले ०५७ तिर मार्दा पनि उनका परिबारजनले छत्रलाल बोहराकै काम हो भनेर चुक्ली लाएपनि प्रशासनले उनी यसमा निर्दोस छन् भनि पक्रन नमानी रहेकै बेलामा माअोबादीले जिम्म लिएर बिज्ञप्ती निकाले छन् । देबीजंग पाणडेकै २५ मुरी खलाको धान देबीजंगबाट थिचोमिचोमा परेका तिनै थामीहरूले संगठित भै लुट्दा पनि छत्रलालकै नेतृत्वमा भएको भनि उनलार्इ पिन समातेर जेल हालेछन् । ०४६ सालमा काठमाडेोकाट घर फर्किरहेको अवस्थामा कालो झन्डा गाडेको अारोपमा बाटैबाट उनी र संगै अाएका थामी पनि समातीएर थुनामा बस्न परेको कुरा थाहा पाए । तर छत्रलाल बोहरालाई अहिले पनि जनताले आफनै मान्छे ठान्दा रहेछन् । एलिसासंग यसो घुम्न निस्कदा भेटिएका धेरै जसो थामी र अरुले यस्तै भनेको पाए ।
DSC00288
मलिलो माटो छ । पानी पौल छ । बस्ती पातलो छ । तर तरकारी करेसाबारी खेती गर्ने जांगर फलफूल लगाउने जांगर भने नरहेको थाहा पाएर टुकी र हातेमालो भन्ने संस्था अनि अलि पछि इसाड.(हल्याण्ड ) भन्ने संस्था गाउ छिरेपछि तरकारी खेती सम्वन्धी तालिम , बीउ बिजन बाड्न थालेपछि मात्र तरकारी लगाउन सुरु भएछ । त्यसैले टुकी र हातेमालो संस्थालाई मानिसले अहिले पनि विर्सेका रहेनछन् । इसाडका संस्थापक त हल्याण्डबाट छ महिना वर्षदिनमा आइरहन्छन् र गाउं घुमघाम गर्छन् रे । यिनले यतैका तामाड०नी केटी बिबाह गरेका कुरा पनि सुनाए । पिस्कर घुम्दा प्राय सबैका आंगनमा कालो प्लास्टिकको जर्किन देखे । इसाड भन्ने संस्थाले दिएको रहेछ । मानिसको पिसाब संकलन गर्नका लागि । पिसाब यसैमा फेर्ने या रातीको समयमा कोपरामा फेरेको पिसाब ल्याएर जम्मा गन, पछि यही पिसाब मल बनाउन र पानी मिसाएर बिरुवामा प्रयोग गर्ने गरिएको रहेछ । जलाजलाजाने बाटोमा डुल्न निस्कदा एकजना युबा गोपाल थामीसंग कुरागर्दा उनले भन्थे हामीले चामल देखेको ०४८ साल पछि नै हो । बाह्रबिसे जलजलाबाटो खन्दा एकजनाले तीनपाथी चामल पाउंथ्यौ । घरका परिबार सबै बाटोमा लाग्दा चामल खुब पायौं । त्यहीबेला देखि भात खान पाएको कुरा बताए । यो बाटोले गर्दा अहिले थामी जातिको जीबनस्तर हिजोको भन्दा राम्रै छ भनेर उनले भने ।
पिस्कर , थामीको बसोबास
पिस्करमा अहिले थामी, नेवार, क्षत्री ,बाहुन,कामी, दमाई तामाड० ,बोहरा आदिको बसोबास रहेछ । पिस्करको कुरा गर्दाआदिबासी थामी जातिलाई बिर्सन सकिंदैन । यो गाबिसमा अहिले पनि थामीकै बसोबास ज्यादा छ । थामी जातिको पुख्र्यौली थलो दोलखा जिल्लाको उत्तरी गाविसको सुस्पा क्षमावती ८ राड०राड० थलो हो । त्यहीबाट थामी यहाँ र अन्यत्र गएको कुरा लक्ष्मण थामी बताउंछन् । शुरुमा थामीहरुको बीस घर एकैठाउंमा झुरुप्प भएर बसेको थियो । त्यसै ठाउंलाई बिसघर भन्दा भन्दै अपभ्रंस भै पिस्कर भएको कुरा बताए । इले थामी र वीरेथामीको सालिक भएको ठाउंलाई चांही अझै पनि पुरानो पिस्कर भनेर चिनिदोे रहेछ । दोलखाको सुस्पा, क्षमवती, सुन्दावती, सुनखानी, लापिलाड०, लामिडांडा, कालिन्चोक, बाबरे, आलम्वु, बिगु, खोपाचागु, लाकुरीडांडा आदि गाविसमा थामी जातीको ज्यादा बसोबास रहेछ । त्यस्तै सिन्धुपाल्चोकमा चोकटी घोर्थली, धुस्कुन, पिस्कर, राम्चे, कर्थली गाविसमा पनि थामीजाति उल्लेख्य रुपमा रहेका छन् रे । रामेछापमा डढुवा, बेताली ,पिती गाविसमा रहेको कुरा उनै लक्ष्मण थामीले बताए । त्यसो त नेपाल अधिराज्यको ७३ जिल्लामै थामी जाति धेर थोर रहेको पाइन्छ । दोलखामा रहने थामी जातिले बोलिने भाषा भन्दा अन्यत्र फरक लवज र रिति थिति परम्परा, थर,गोत्र समेतमा एक रुपता भने पाइदैन । केही फरक पर्दै गएको पाइन्छ । थोरै संख्यामा रहनु , अरु जातिसंगको हेलमेल रिति रिवाज र संस्कारले पारेको प्रभाब र भाषा र बोलीने लवज अनि संस्कारहरुमा पनि बिस्तारै फरक परेको हुनसक्छ ।
DSC00290
स्थानीय श्रम शिप र बस्तु प्रयोग गरेर बनाइएका ढुंगाका घर औधी राम्रा लाग्थे । सुर कुंदेर बनाइएका ढुंगो अनि ढुंगाकै छानो । चिलाउने, उतिस, टुनीका काठका निदाल, थाम, दलिन र डांडाभाटा अनि काठैले कोठा’boutर बनाइएका घर हेरीरहुं जस्तो लाग्थ्यो । कतिले माटोले कतिले सिमेन्टले बाहिर पोतेका अनि कतिले लिपपोत नगरी ढुंगा देखाएर बनाएको घरहरु चिटिक्क परेका देखिन्छन् । यी घरहरु बनाउने सिपालु ,सिद्धहस्त कालिगढ पनि त्यहीका थामी जाति रहेछन् । सिकर्मी, डकर्मी, दक्ष, अदक्ष ज्यामी सबै स्थानियनै प्रयोग हुंदो रहेछ । अहिले त आधुनिक घरहरु बनाउन पनि अरु खोज्नै नपर्ने रहेछ । डण्डीका कामदेखि ढलान गर्ने काम सवै थामी जातीलेनै गर्दा रहेछन् । बाहिर काममा जान नसक्ने वुढावुढी, महिलाहरु पनि घरमा हातबांधेर वस्दा रहेनछन् । ढक्की वुन्ने,सुकुल बुन्ने, डोका ,डाला नांड०ला आदि बनाउने रहेछन् ।
DSC00254
थामीजातिको धर्म र संस्कार
थामीहरुले हिन्दु धर्म र बौद्धधर्म दुवै मान्दा रहेछन् । हिन्दुधर्म अनुसार दशै, तिहार मनाउने, नारन्पुजा लगाउने र बौद्ध धर्म अनुसार मृत्यु संस्कार डांडामा गर्ने, घेवा गर्ने तर लामा नराख्ने उनीहरुकै जातको झांक्रीबाट गराउने गर्दारहेछन् । थामीहरुको सबैभन्दा ठूलो चाड कुलदेबताको पुजालाई मान्दछन् । जसलाई उनीहरु भुमेभुस्या भन्दा रहेछन् । थामीजातिको सबैखालको चाडपर्बमा जांड रक्सी खुव चल्दो रहेछ । जांड रक्सी नभएको कुनै भेला,उत्सब ,चाडवाड हुंदैन । काम पनि खुब गर्ने जांड रक्सी पनि टुन्न खाने गर्दारहेछन् ।
मृत्यु संस्कार
थामीजातिको मृत्यु संस्कार’bout वुझ्दा सबै भन्दा राम्रो लागेको पक्ष मरेको तेह्रदिन भित्रै मृतकको नाममा बाटो, धारा, कुरा, सांघु, पंधेरो चौतारा आदि मध्ये एउटा सबै मिलि बनाउने रहेछ । निर्माणकार्य सकिएपछि एउटा शिला बनाई राखिदो रहेछ । पिस्कर घुम्दा मृतकका नामबाट बनेका संरचनहरु ठाउं ठाउंमा देख्न पाइन्छ । घरमा मानिस मरेपछि मास सिस्नु,दूध खान नहुने । जांड रक्सी खान हुने । दश दिनको बेलुकाबाट तीन दिन नुन बार्ने नखाने । तीन दिन पछि नुन फुक्ने रहेछ । काजक्रिया तेह्र दिनमै सक्ने चलन रहेछ । थामीहरुको पुरेत झांक्री हुने रहेछन् । मानिस मरेको एघार दिनको दिन सबै दाजुभाइ बसेर मृतकको नाममा के बनाउने , कहां बनाउने भनेर सलाह हुंदो रहेछ । चौतारा । सांघु,बाटो, धारा आदि के बनाउने कहां बनाउने भनेर निर्णय हुंदो रहेछ । यो सल्लाह गर्ने दिन आफन्त दाजु भाइहरुले रक्सी लिएर मृतकको घरमा आउनु पर्ने रहेछ । किरिया बस्दा भेट्न आउने प्राय सवैले रक्सी जांडनै लिएर आउने खाने खुवाउने काम हुन्छ । एघार दिनका दिन बसेको भेलाले एउटा निर्णय गर्दछ । १२ औं दिनको दिन झांक्रीलाई बोलाएर सल्लाह र निर्णय भए अनुसारको काम थालिन्छ । त्यसै ठाउंमा किरियापुत्रीको कपाल खौरिन्छन् । चेलीेबेटीहरु उक्तदिन सोलीमा डालोमा थुन्चेमा रक्सी लिएर आउंछन् । त्यसदिन कामगर्ने सबैलाई त्यही टन्न खुवाइदो रहेछ । १२ दिनकै बेलुकाबाट घरमा ध्याओको काम सुरु हुन्छ । मृतकको ज्वाइंले सेले बुनेर त्यसमा तीन पाथी कोदो, तीन पाथी मक , सातमाना चामल , ओखर दश गेडा,सक्दो भेटी ,जांड रक्सी राखेर सेलेमाथिबाट सेतो कपडाले ढाकेर ल्याउनु पर्ने रहेछ । झांक्रीले चेखेत्था गरिसकेपछि यसैदिन बेलुका देखि ओममाने पेमे भनेर रातभर मन्त्र पढिन्छ । १३ दिनको बिहान एक माना दूध खोजेर ल्याइन्छ । त्यही दुधमा चामल राखेर पिण्ड बनाइन्छ । त्यसदिन धर्म तोरड०ग भनेर चेली बेटीले जांड रक्सी बाख्रा, कुखुरो लिएर आउंछन् । कसैको त बीसौ जना चेलीले लेराउंछन् । त्यही ल्याएको बाख्रो, कुखुरो काटेर रातभर रक्सी जांड खुवाउने गरिन्छ । पहिले पहिले ढिंडो बनाएर खुवाइन्थ्यो । अहिले एक दुई मुरी सम्मको चामल पकाएर खुवाउने चलान चल्न थाल्यो । १३ दिनका दिन दाजुभाइले भने बिचारका रुपमा एक माना चामल र तरकारीे लेराउंछन् । त्यही दिन पकाइन्छ । त्यसदिन फर्सी भने नभै नहुने रहेछ । फर्सी पकाएर घरको मुली वा जेठो छोराले पिन्डोमा चढाई सेलाउंछन् । सबै चेलीबेटीले पनि देब्रे हातले पिन्डमा जल चढाउंछन् । भलेतोको पातमा (मम्पराआजा, थामी भाषामा ) भात राखेर दाजुभाइ चेलीबेटीले दोबाटोमा सेलाउंछन् । त्यसदिन घरमा पाकेको सबैकुरा भोज प्रसादका रुपमा खाइन्छ । दाजुभाइको बीचमा नुन चोख्याउने भनेर त्यसदिन पकाएको मासु केही कांसको डबकामा झिकेर राखिन्छ । झाँक्रीले तन्त्रमन्त्र गरी सबैलाई एक एक बटा चौक्टा दिएपछि नून चोखिएको फुकेको मानिदो रहेछ । उक्त दिन आफनै दाजुभाइलाई भने घरभित्र बिशेष रुपमा खाना खुवाइन्छ । नुनु चोखिएपछि बत्ति बालिन्छ र जम्मा भएकाहरुले नाच गान शुरु गर्दछन् । बाजाका रुपमा झ्याली झ्याम्टा, डम्फु, ढांड०ग्रो ,मादल बजाएर रातभर छर्लड०ग पारिन्छ । बत्तिबाल्न वसेकाहरुले भोलिपल्ट महादेवथान वा धारामा लगेर बत्ति सेलाउंछन् ।
घरमा आएका सबैलाई मृतकका आफन्तले टिका लगाइ भेटी दिएर सगुन खुवाएर विदाई गरिन्छ । त्यस पछि पनि जांड रक्सी भए अझै भेला भएका मानिस वसेर रमाइलो गर्छन । नभए सकियो भनेर हिंड्छन् । १३ दिनको काम पश्चात ६ महिनामा , वर्षदिनमा , दुई वर्षमा र तीन वर्षसम्म महादेव मंदिर, सुनकोसी नदीका तिरमा वा घरमै वत्ति वाल्नु पर्छ । घरमा बत्ति बाल्नेले त्यसदिन रातभर नाचगान गर्ने ,रक्सी,जांड खुवाउने ,तरुल चिउरा, मकै भटमास भुटेर पनि खुवाउंछन् । घरमा बाल्दा धेरै खर्च हुने भएकोले प्राय मन्दिरमै वत्ति बालेर आफन्तलाई मात्र खुवाइन्छ । यसरी थामी जातिहरुको मृत्यु संस्कारको काम गर्ने चलन अध्यावधिक छंदैछ ।
बिबाह पद्धति
प्राय थामी जातिको बिबाह सानै उमेरमा गर्ने चलन छ । थामी जातिको बिबाह थामी जातिकै वीचमा र अरु जातिका वीचमा पनि हुनेगर्छ । दुलाहा पक्षले कस्को छोरी बिबाह गर्ने हो । उसकोमा केटीमाग्न खासखास मानिस सहित दुइ बोतल रक्सी झोलामा हालेर ,साथमा अबिर लिएर पहिलो पटक दुइजना बेहुलाका आफन्त केटी माग्न जान्छन् । (पहिले पहिले त टालाड०टुलुड० माटोको भांडो,अमला सिंदुर लिएर जान्थे अहिले यो चलन छैन )। केटीको घरमा पुगेपछि ढोका खोल्न लगाएर लगेको झोला थाममा झुन्ड्याउंछन् । दुवै पक्ष बसेर कुराकानी गरिन्छ । कुराकानी पछि केटी माग्न आएका केटालाई दिने सुर भए केटीको मामालाई तत्काल बोलाइन्छ । त्यसपछि सगुन ढाल्ने भनेर दुइ बोतल र अरु पनि ’round पसल ,घरबाट केटा पक्षकाले खोजेर जम्मा पार्छन् । यसरी केटा पक्षकाले सगुन खुवाएर केटी पक्षकालाई मताइन्छ । दोन कहिले ल्याउने भनेर सल्लाह हुन्छ । दोनमा (पहिले पहिले भाले मात्र लाने गर्थे ) अहिले एउटा खसी, भाले एउटा, दुई चार मुरी चामलको जांड रक्सी, चामल दुई चार बोरा , र पकाउने मानिस समेत लिएर दुलहीको घरमा गइन्छ । दुलाही पक्षका आफन्त समेतलाई टन्न खुवाइन्छ । त्यसै दिन संधा संधीको मोहर सगुन राखेर ढोगभेट हुन्छ । बिबाहा पक्का भएको घोषणा हुन्छ । कतिले केटापक्षलाई बिबाह पक्का भएको कागज पनि गराउंछन् । यसरी बिबाह पक्का भएपछि केटी अन्यत्र केटासंग गएमा जारी खर्च माग गर्न पाइन्छ । त्यस पछि बिबाह कहिले गर्ने २ वर्ष पछि वा केटी सानै भए अलि वर्ष पछि पनि हुन्छ । हैसियत हुनेहरुले चांडैं गरौं भनेर भन्छन् । यी प्रक्रिया पुरा भए पछि दशैको दिनमा केटापक्षकाले यो समयमा बिबाह गरौं भनेर सोधनी गरिन्छ । बिहेको जनाउ दिन केटा पक्षकाले कुखुराको भाले,जांड रक्सी , सातमाना चामल लिएर केटी पक्षकोमा जाने चलन छ । त्यसदिन जन्ति आउने टुंगो लगाइन्छ । बिबाहको दिन डम्फु,मादल अनिबार्य हुनु पर्छ । सनाइ बाजा पनि राखिन्छ । अहिले त सनै बाजा थामी आफैले पनि बजाउंछन् । अरुका बिबाहमा पनि बाजा बजाउन हिंड्छन् । पहिले पहिले थामीहरुको बिबाह एकैदिन सक्ने चलन थियो । अचेल लगन छोप्ने भनेर रात राख्ने चलन पनि चल्न थालेको छ । बिबाहमा केटा पक्षकाले जन्तिवाख्रो हैसियत अनुसार खुवाउने चलन छ । बिबाहका दिन निम्तालुले केटीलाई टिका लगाइदिन्छन् । टिकालगाउनेको नाम दुलही पच्छेकाले टिपेर राखिन्छ । दशैमा त्यसरी नाम टिपेकाको घरमा दुइबोतल रक्सी लिएर पुग्नै पर्छ । आफनो गाबिस वाहेक अर्को गाबिससम्म पनि पुग्छन् । यसरी थामी जातिको बिबाहा सम्पन्न गरिन्छ ।
जन्म संस्कार
पहिले पहिले घरमै सुत्केरी हुने चलन थियो । अहिले सबै जसो अस्पताल पुग्छन् । बच्चा जन्मेपछि तीन दिनका दिन झांक्रीआएर गौंत मन्तर्ने , त्यही गौंत छर्के र चोख्याउने गरिन्छ । अदुवाको चाना एकथाल , भाले काट्ने , जांड रक्सी बनाएर आफना दाजुभाईलाई मात्र बोलाएर खाना खुवाउने गरिन्छ । तीन दिनमै सुतक चोखिन्छ ।
न्वारन भने ६ महिना वर्षदिन पछि वा आफनो अवस्था अनुसार बिबाह हुनु अगाबै न्वारन गर्नु पर्छ । न्वारन नगरी बिबाह गर्नु हुन्न । न्वारनका दिन कुखुराको भाले काट्ने् , रक्सी जांड टन्न खाएर रमाउने गर्दछन् । न्वारन नगरी मृत्यु भएमा मृत्यु संस्कार गर्नु अघि न्वारन गरेर मृतकको घ्याव गरिन्छ । नावालक भए एकै दिनमा चोख्याइन्छ । यसरी जन्मेका वच्चाको संस्कार गर्ने चलन थामीजातिमा रहेको पाइयो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: