बागमती र सफाइ अभियान
बागमती हाम्रो सभ्यता र संस्कृति हो । बागमती स्वच्छ,शुद्ध र सफा बनाउने सफाइ अभियान गएको श्रावण १० गते ६३ हप्तामा पुग्यो । हरेक शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म २ घंटा हाम्रै असभ्य र अचेतनाले थुपारेको फोहर बटुलिन्छ । ६३ औं हप्तामा बिष्णुमती दोभान टेकु आसपास सरसफाई गर्ने कार्यक्रम रह्यो । सफाइ कार्यक्रम सहभागी हुन दूरसंचारबाट आएको तार रहित खबरले जाउं जाउं पारेको थियो । ६३ हप्ता भयो निमन्त्रणा गरेको यसपाला त आउनु हुन्छ कि ? भनेर लेखेको थियो । पढ्दा मलाई नै इंगित गरेको हो कि जस्तो लाग्यो । हुन त म गाउंमा बस्छु, तै पनि यो भन्दा पहिले पशुपति आसपास सरसफाइ हुंदा एकपटक त पुगेकै थिए । यसपाला टेकुको कार्यक्रममा एकजना साथी समेत लिएर बिहानै पुगे । यस कार्यक्रमलाई सफल पार्न नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल बडो उर्जाशिल भएर निरन्तर लागिरहेका छन् । केही भिजन केही गरौं भन्ने भावना भएका एकजना मानिस ओहदामा पुग्दा पनि केही त हुंदो रहेछ । उनकै अगुवाइका कारण पनि यहांसम्म धेरै संघ संस्था र बागमती प्रेमी मानिसको उपस्थितिमा कार्यक्रम चलिरहेको छ । बागमती हिजोको भन्दा केही सफा पनि भएको छ । बागमतीको पानी छुनै पनि असहज भै रहेको समयमा थुप्रै हप्ताको सफाइ अभियान पछि मुख्य सचिबकै नेतृत्वमा नुहाएर बागमती सफा भएको छ भन्ने शन्देस पनि दिएकै हुन् ।
६३ औ हप्ताको कार्यक्रममा पनि सेना, प्रहरी, बिभिन्न संघ संस्था लगायत सर्वसाधरणको राम्रै उपस्थिति थियो । कार्यक्रमा सहमागी हुनेहरुलाई वुट, हातमा लगाउने पंजा र मुख छोप्ने टालो पनि उपलव्ध थियो । संकलन भएका फोहर बोक्न महानगरपालिकाको गाडी, कसैलाई चोटपटक लागेमा उपचारको लागि एम्वुलेनसको पनि व्यवस्था गरिएको थियो । सदा झैं कार्यक्रम मुख्य सचिबको उपस्थिति र उद्घोषबाटै भएको थियो । मुख्य सचिवले सफाइका नारा भट्याउंदै हामीले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने, बागमती सफा, हुन्छ हुन्छ । जय बागमती भन्दै सफाइ कार्यक्रममा उपस्थित सबैले नारा घन्काए र टोलीमा बिभाजित भएर फोहरका डुड०्गुरमा आफाना हात घुसारे । मुख्य सचिव लिलामणि पौडेल आफै फोहरमा डुबुल्कीमार्दै फोहर बटुल्दा अरुलाई उत्साह नहुने कुरै भएन ।
गन्हाउने दुर्गन्ध मात्र हैन जीबनकै खतरा मोलेर मानिसहरुले फोहर संकलन गरे । शुरुमा म आफै पनि तिलमिलाएको थिए । मास्कबाट छिरेको गन्धले चक्कर लागेजस्तो उकुस मुकुस भएको थियो । मुख्य सचिब भने फोहर चलाउंदा चलाउंदा बानीनै परे झैं ,कुनै परबाह नगरी ,अघि सर्दै फोहर बटुल्ने काममा निरन्तर लागे । त्यसदिन उपस्थित भएका नगरपालिकाको प्रमुखको भनाइ अनुसार २ घंटामा ५ हाजर मेट्रिक टन (पचास हाजर किलो )फोहर संकलन भएछ । फोहर भन्नाले मुख्यत प्लाष्टिक त्यस अलावा टुटे फुटेका सिशाका बोतल, सिरिन्ज ,प्लाष्टिका डोरी,,छाला टायर आदिनै थिए । समापनका बेलामा भनिए अनुसार अहिले सम्मको पशुपती सफाइ अभियानमा उठेको फोहर मध्ये यो नै बढी रहेको कुरा बताइयोे । खाली सिसि पुराना कागज भन्दैे हाम्रा दाजु भाइहरुले नगर र गाउंका घर घर नडुलेका भए अझ हाम्रो फोहरले सगरमाथा चुम्थ्योे होला । त्यसैले फोहर उत्पादानमा कम कसरी गर्ने ? सड्ने गल्ने फोहरबाट घर घरमै मलखाद बनाउन उत्प्रेरणा जगाउने । नसड्ने नगल्ने फोहरलाई ब्यवस्थित रुपमा व्यवस्थापना गराउन सिकाउने र त्यसको संकलन गर्ने । प्लास्टिकको बिकल्प सोच्ने वा त्यसलाई संकलन गरी पुन प्रयोगमा ल्याउने ।
कार्यक्रमको शुरुवात राष्ट्र्यिगानबाट भएको थियो । फोहर संकलन कार्यक्रमलाई अझ रोचक रमाइलो बनाउन शुरु देखिनै इन्द्रेणी संस्कृतिक परिबारले गीत गाएर , फोहर संकलन गर्न मानिसलाई हौस्याउंदै उत्साहित पारेका थिए । फोहर संकलन पछि कार्यक्रम पनि रोचक ढंगले विर्सजन गरिएको थियो । उपस्थित हुने संघ संस्थाहरुको नाम नामेसि पनि बाचन भएको थियो । अन्तमा अर्को हप्ताको कार्यक्रमको निमन्त्रण गरेर कार्यक्रम सकिएको थियो । यो कार्यक्रमको रोचक पक्ष अर्को पनि रहेछ । सरसफाइका लागि कसैसंग सुका पैसा पनि नउठाउने । उठाउन पनि नदिने । सक्छौ आफै आएर कार्यक्रममा सहभागी भै सफा गर , सक्दैनौ फोहर नगर । फोहर संकलन गर्दा प्रयोग हुने औजार आदि भने सहयोग लिइने रहेछ । अर्को दलको झण्डामा दलगत रुपले कोही सहभागी हुन नपाउने थिति पनि बसालिएको रहेछ ।
यसरी काठमाडौं उपत्यकाबाट दैनिक संकलन भएको सबै किसिमका फोहर कहां गएर डम्पीड० हुन्छ त ? केही वर्ष अघि सम्म गोर्कण डम्पीड० साइटमा थुपारिन्थ्यो । यो क्षेत्र भरिए पछि अहिले नुवाकोट र धादिड० जिल्लाको सिमानामा पर्ने सिसडोल क्षेत्रमा फोहर डम्पीड०ग गरिन्छ । त्यहां फोहर डम्पीड०ग गरे बापत त्यहांका जनतालाई नेपाल सरकार र नगरपालिकाले थुप्रै कुरा गर्ने भनि सहमती भएर फोहर राख्न दिइएको थियो । तर बेला बेलामा राज्यपक्षले सहमती कार्यान्वयन नगरेको र फोहर बैज्ञानिक बिधि र पद्धति अनुसार ब्यबस्थापन नभएको भनि गुनासो पोख्दै फोहर डम्पीड० गर्न नदिने भनि सहमति गर्ने पक्षधरलाई सजग बनाउन फोहर खसाल्न नदिएर चेतावनी पनि दिइन्छ ।
अहिले फोहर फ्यालिरहेको सिसडोल क्षेत्र भरिए पछि फोहर कहां फाल्ने । त्यतिबेला चारैतिर बस्ती घना भै सकेको हुन्छ । राज्यले अहिले देखिनै फोहरलाई मोहर बनाउने बिधि अवलम्वन नगरुन्जेल समस्या आइरहन सक्छ । कुहिने सड्ने फोहरलाई मलखाद बनाउने भनि कुरा चलेको धेरै भए पनि केही हुन सकेको छैन । यो राज्यले गर्ने पर्ने काम हो । यस बाहेक अरुलाई आर्थिक उपार्जन गर्ने कार्यमा लगाउने किसिमको दीर्घकालिन योजना बन्नु पर्छ ।
यसरी महिनाको चारवटा शनिबार केही सचेत मानिस जम्मा भएर सफा गर्दैमा बागमती सफा होला ? बागमती कसरी फोहर भएको छ र यसको रोकथाम र व्यवस्थापन कसरी गर्ने भन्ने कुरामै मिहिन ढंगले ध्यान नदिएसम्म बागमती र हाम्रा सहर सफा होलान् ? पहिलो त उपत्यकालाई टुक्रा टाक्री नपारी एउटै संरचना र योजनामा चलाउनु पर्छ । त्यसका लागि सिंगो उपत्यकालाई एउटै महानगरपालिका बनाएर चलाउंदा समस्यासंग जुध्न सजिलो हुन्छ । बागमती सफा पार्ने भनेको बागमती नदीमा बग्ने पानी मलमुत्रबाट प्रभावित नहोस् ,सबैको फोहर फाल्ने ठाउं नबनोस् र त्यसको आसपास सफा स्वच्छ होस् भन्ने नै हो । त्यसका लागि बागमतीको दुबै किनारमा रिटेनिंग वाल लगाउने, खास खास ठाउंबाट मात्र बागमतीमा गाडी वा मानिस प्रबेश गर्न खोल्न मिल्ने गरी गेट राखि रिटेनिंग वालमाथि फलामाको रेलिंगबार लगाउने । त्यसपछि कम्तीमा पनि दश मिटर जग्गामा बृक्षरोपण गरी वगैंचा बनाउने , बगैंचा पछि कम्तीमा ७ मिटरको सडक बनाउने । नदी किनारा नजिक बिहानी, सांझ सर्बसाधारणलाई निश्चिन्त भएर घुमफिर ,हिंडडुल गर्न सक्ने ब्यवस्था मिलाई दिने । सडक पछि बस्ती बाट आउने पानी बग्नका लागि दीर्घकालसम्मको सोच राखेर ठुला ढल राख्नुपर्छ । त्यसरी बनाइएको ढलबाट बग्ने फोहर पानीलाई आवश्यक ठाउमा , ठाउंमा प्रशोधन अर्थात सुद्धता गरी सफा पानी मात्र बागमतीमा मिसाउने ब्यवस्थाको सोच गर्न सक्दा मात्र बागमती सफा हुन सक्ला । बागमतीमा मिसिने सबै साना ठुला खोला खहरेहरुमा पनि यसै किसिमले ब्यवस्थापन गर्न सक्दा हाम्रो बागमती ढलमती नवनी सभ्यता र संस्कृतिको धरोहर बन्न सक्ला कि ।
अहिले संसारमै हाम्रो सहर जस्तो फोहरी सहर अरु छैन होला । अब्यबस्थित ढल सडकमा बगेका कारण बर्षौ पुरानो पिनास रोगीकोे नाकले पनि दुर्गन्ध थाहा पाउंछ । त्यसैले फोहर उत्पादनमा कम कसरी गर्ने ? सड्ने गल्ने फोहरबाट घर घरमै मलखाद बनाउन उत्प्रेरण जगाउने । नसड्ने नगल्ने फोहरलाई ब्यवस्थित रुपमा व्यवस्थापना गराउन सिकाउने र त्यसको संकलन गर्ने । प्लास्टिकको बिकल्प सोच्ने वा त्यसलाई संकलन गरी पुन प्रयोगमा ल्याउने ।
काठमाडौं ,भक्तपुर र पाटन सहर सफाराख्न हाललाई कम्तीमा पनि नगरभित्र सबै सडको दायां बाया रहेका पसल व्यवसाय होटल संचालन गर्नेहरुको दैला अगाडी फोहर संकलनको लागि हरियो टिन, हरियो ठूलो बाल्टीन राखिदिने , पसलबाट निस्कने फोहर , प्लास्टिक , आदि त्यसैमा राख्नु पर्ने वाध्यकारी बनाउने र बटुवाहरुले पनि फोहर फाल्न पाउने । त्यस्तो फोहर नगरपालिकाबाट तोकिएको निश्चित समयमा गाडीबाट फोहर उठाउने व्यवस्था मिलाउन सके सहरभरी यत्रतत्र फोहरका डुंगुर देखिने थिएनन् कि । अनि यत्रतत्र सर्बत्र प्लास्टिक , कागज तथा अन्य फोहर पदार्थ छरिबरि हुने थिएनन् कि । सडक, पार्क, बसपार्क र मानिसहरु भेलाहुने सबै स्थानमा फोहर फाल्नका लागि भांडाहरु राखिदिने । फोहर जथाभाबी नफाली तोकिएकै ठाउंमा राखौं ,सभ्य बनौ, भन्ने जनचेतना फैलाउन संचार माध्यमबाट निरन्तर प्रचार प्रसार गरी बानी पार्ने । जथाभावी फोहर गर्नेलाई दण्ड जरिबाना कडाइका साथ गर्दै गएमा हाम्रो सहर पनि एकदिन सफा र स्वच्छ हुने थियो कि ।
त्यसैले नेपाल सरकारको जिम्मेबार पदमा आसिन रहनु भएका मुख्य सचिब लिलामणि पौडेलज्यूसंग मेरो अनुरोध अहिले जिल्ला बिकास समिति वा गाविसबाट ढल हाल्ने योजना दिदा के प्रयोजनको लागि हो बुझिनु पर्छ । ढल हालेर फेरी मलमुत्र नदीमा मिसाउन नपाउने व्यवस्था हुनुपर्छ नत्र काग कराउंदै छ पिना सुक्दै छ भने जस्तो त हुने होइन ।
गाउं, सहर अझ सहरमा बस्ने मानिसको मन सफा नभै, चेतास्तर उन्नत नभै बागमती सफा हुंदैन । यस्ता कार्यक्रमले मात्र हाम्रो गाउं खाने उखान, हिंड्दै छ पाइला मेट्दै छ के हो? भने जस्तै हुने त हैन ? । तर यस्तो नहोस् ।
तपाइ पनि एकपटक बागमती सफाइ अभियानमा सरिक हुनुहोस । तपाइमा एउटा उर्जा थपिनेछ । आफु बसेको गाउं टोल कसरी सफा राख्ने आजैबाट छलफल चलाउनुहोस । जय ब्लग ।
याे लेख केही पहिला नेपालप्लसमा प्रकाशित भएकाे थियाे )
Archive for अक्टोबर, 2014
बागमती र सफार्इ अभियान
अक्टोबर 31, 2014मननयाेग्य कुरा
अक्टोबर 30, 2014महाभारत
भीष्म पितामह शर शैयामा पल्टेर मृत्यु पर्खदै थिए । वरिपरि उनका स्वजनहरु बसिरहेका थिए । शर शैय्यामा पल्टिरहेका भीष्मले ज्ञान,विज्ञान,राजनीति र दर्शन आदि’bout आफना प्रियजनलाई उपदेश दिइरहेका थिए । भीष्मको उपदेश सुनेर उनका स्वजनहरु मन्त्रमुग्ध थिए, तर द्रौपदी भने मन्द मन्द हाँस्दै थिइन् । यो कुरा चाल पाएका भीष्मले द्रौपदीलाइ लक्षित गरेर सोधे… द्रौपदी ,तिमीले मलाई खिस्याएर हाँसेको भान भइरहेछ, के तिमी साँच्चै मलाई खिस्याउंँदै छ्यौ ?
भीष्मको जिज्ञासाका कारण द्रौपदी आफनो मुख खोल्न बाध्य भइन् । उनले भनिन् ..पितामह, जुनबेला युधिष्ठिरले मलाई जुवामा थापेका थिए । त्योभन्दा पहिले नै उनले जुवा हारिसकेका थिए, केही पनि बाँकी थिएन उनीसंग । हारिसकेका युधिष्ठिरले मलाई पुन दाउमा राखे । यो सरासर नीति विपरीत र अन्याय थियो । उनले मलाई जुवामा थाप्नु किमार्थ न्यायसंगत थिएन । त्यसवेला मैले हजुरसंग प्रश्न सोधेकी थिएँ तर तपाईले त्यसबेला स्पष्ट जवाफ दिन सक्नुभएन । आज ततपाई उपदेश दिँदै हुनुहुन्छ । तपाईका यी कुरा सुन्दा विगत सम्झेर हाँसो उठिरहेछ । त्यतिबेला तपाईका यी सबै ज्ञान कहाँ गएका थिए ?
द्रौपदीको प्रश्न जाजय थियो । भीष्मले रहस्य खोले .. द्रौपदी, त्यो बेला म दुर्योधनको अन्नमा बाँच्थे । त्यसकारण मेरो बुद्धि भ्रष्ट भएको थियो । ’cause भ्रष्ट मान्छेको अन्न खाँदा असल मान्छे पनि भ्रष्ट हुन्छ । दुर्योधनको अन्नकै कारण मेरो बुद्धि पनि भ्रष्ट भएको थियो । आज दुर्योधनको अन्न खाई..खाई बनेका रगतका कणहरु अर्जुनको वाण लागेर मेरो शरीरवाट बगिसकेका छन् । अब मेरो शरीरमा दुर्योधनको अन्नको प्रभाव छैन, त्यसैले मैले ज्ञानगुनको उपदेश दिएको हुँ ।
यो एउटा मार्मिक प्रसंग हो । यहाँ भीष्म पितामहजस्ता शूरवीर र बुद्धिमान व्यक्ति पनि गलत मान्छेको भनौं दुष्टको अन्न खाएर आफनो बुद्धि भ्रष्ट भएको स्वीकार गर्छन ।
प्रकृति प्रेमीसंग पहिलाे दिन
अक्टोबर 13, 2014प्रकृति प्रेमी समुहकाे हाइकिंगमा मेरा केही साथीहरू धेरै पहिला देखि त्यता लाग्नु हुन्थ्याे । वहांहरू अाफनाे स्वास्थ्यकाे खुब ख्याल गर्नु हुन्थ्याे । खास त अाफनाे स्वास्थ्य्र अाफनै हातमा भन्ने शुत्र राम्ररी बुझ्रनु भएकाे थियाे । त्यसैले बिहान सबेरै उठेर बिहानीकाे घुमाइ पनि नित्य गर्नु हुन्थ्याे । महिनाकाे अन्तिम हप्तामा हुने प्रकृति प्रेमी समुहकाे हाइकिंग यात्रामा पनि धेरै जसाे सरिक हुनु भएकाे कुरा मैले धेरै पहिला देिख थाहा नपाएकाे हैन । हाइकिंग पछि फेसबुकमा अाउने रमाइला फाेटाहरूले मेराे मन पनि संधै लाेभ्याउंथ्याे । मन त्यसै त्यसै उत्ताउलाे हुंथ्याे । तर के गर्नु अाफनाे दाहिने घुडाले उकालि अाेराली थेग्न सक्दैन कि भन्ने डर म मा थियाे । अझ डाक्टरका कुरा सुनेर पनि म लकपकाइ रहेकाे थिए रमाइलाे यात्रामा सहभागी हुन । डाक्टरले मलार्इ भरेङ नउक्लीनु , माथि सुत्ने काेठा भए तल्लै सार्नु ,उकालाे अाेरालाे नहिड्नु, याे बुढ्रयाैलीकाे शुरूवात हाे त्यसैले नियमित फिजियाे थेरापी गरे केही कम हुन्छ,तर निकाे हुंदैन भनेका थिए । त्यति बेला मेराे शारीरिक ताैल झन्डै ८० थियाे । ताैल घटाए घुंडालार्इ केही सजिलाे हुन्छ भनेकाले थाेरै थाेरै खाएर ताैल त मैले ७२ ।७३ मा अाेराले , अली कम भएकाे हाे कि जस्ताे पनि भयाे । लामै समय भीटामिन डी क्याल्सीयम, धेरै चांही म्याट्रीक्स भन्ने अाैषाधी सेवन गरे । तर संधै २० काे १९ मात्र हुन्थ्षाे ।
एकदिन मित्र बिनाेदजी घरमा अाउनु हुंदा वहांले पनि सकस पूर्वक भरेङ अाेर्लेकाे देखे । त्यसकाे केही दिनमै प्रकृति समूहकाे हाइकिंगका फाेटाहरू फेसबुकमा राख्नु भयाे । त्यसमा साथीहरू बडाे हंसिलाे अनुहारमा प्रकृतिभित्र रमाइ रहनु भएकाे थियाे । मैले ती फाेटासंगै बिनाेदजीले मेराे घरकाे मरेड० अाेर्लेकाे झटृ संझे अनि फेसबुकमा कमेन्ट गरीहांले । अाफै मात्र हिंड्ने अब चांहि मलार्इ पनि संझनु हाेला है ।
नभन्दै २०७१ साल असाेज महिनाकाे अन्तिम शनिबार अर्थात अस्ती २५ गते शनिबार प्रकृति समूहकाे हाइकिंगमा सहभागी हुने हाे त , म पैसा बुझाउन जान लागेकाे भनेर फाेन अायाे । मैले जाने निर्णय सुनाए । त्यसदिनकाे कार्यक्म ७ ३० मा सातदाेबाटाे भेला भएर दक्षिणकालीतिरकाे डाेल्लु हुंदै हात्तीबन रिसाेट पुगी तल झर्ने कायर्क्म रहेछ । मनमा अलि खल्लाे पनि लाग्याे । त्यता त धेरै पटक घुमेकै ठाउं हाे । उकालाे वरालाे गर्दा गाेडाले ठाउं छाेड्रने पाे हाे कि मनभित्र एकतमासकाे डर पनि लाग्याे । जे हाेस म असाेज २५ गते साथीहरूसंगै सातदाेबाटाे पुगे । तीनवटा बसहरू तैयार भएर बसेका रहेछन । पैसा तिरेकाे लिस्ट भिडाएर दुर्इ वटा कुपन पायाैं । एउटा दिउंसाेकाे खाजाकाे लागि,अर्काे बसपास । झन्डै एक किलाे स्याउ ,एक पाकेट चिउरा,गाेलफकी र किसमिस मिसिएकाे पाकेट । यात्रामा चाहिने सामानकाे ’boutमा साथीहरूले बताइसकेका थिए । त्यसैले पछाडि भिर्ने झाेलामा दुइलिटर पानी,छाता र २ वटा अाफनाे डिभी परेपछि नियात्रा पुस्तक लिएर गएकाे थिए । माैका मिल्दा चिनेजानेका साथीका हातमा पाराैला भनेर । दिएकाे स्याउ र खाजाकाे पाकेट झाेलामा हाले । ७.४५ मा बस छुट्याे । ८.४५ मा हामी सेतीदेबी गाबिसकाे डाेल्लु अथवा हात्तीबन रिसाेर्ट जाने बाटाेमा वर्लियाै । पिठ्युमा झाेला भिरेका,हातमा लटृी र क्यामरा लिएका निला टाेपी लगाउनेकाे जमात ठुलै देखियाे । हाइकिंग ’bout एकजनाले अग्लाेस्थानमा बसेर माइकबाट यात्रामा अपनाउनु पर्ने नियमहरू सुनाउनुभयाे । याे ९१ अाैं हाइकिंग रहेछ । कस्ताे बाटाेबाट हिंड्दैछाै भनेर हामीले तय गर्ने बाटाे’bout पूर्ब जानकारी गराइयाे । पिसाब फेर्न लाज नमान्नु हाेला,अरूलार्इ अपठेराे नपर्ने गरी छेकाेकुनाे लागेर गर्नु पर्ने कुरा बताइयाे । फ्रयाल्ने कुरा जथाभावी नफाली अाफनै व्यागमा सुरक्षित राख्नपर्ने, पानी थाेरै थाेरै खाने । ठाेस अाहार र पानी एकै पटक नखाने कुरा पनि थाहा पायाै । त्यसपछि १९५० मिटरकाे हात्तीबनकाे सेराेफेराेमा पुग्न हामीले हाम्रा पाइला अगाडि बढायाैं ।
अलिकति अगाडी वढ्ने बित्तिकै डाेल्लु गाउंमा रहेकाे मनमाेहक गुम्बाहरू देखिन थाल्याे । मैले अहिलेसम्म प्राय गुम्वाहरू अग्ला अग्ला डांडामा देखेकाेमा यहां चांही सबै गहिराइमा बनेका थिए । बनदै थिए। बिहानीकाे घामसंगै सुनाैलाे छाना टल्कीरहेकाे गुम्बाकाे फाेटाे उतार्न काेही पछि परेनन् । हामी गुम्वाका अांगन भएर लावा लस्कैरे हिंड्याै । फाेटाे खिच्नेहरू रमाइ रमाइ फाेटाे खिच्दै थिए । फाेटा खिच्दा पछि पनेर्हरू फेरी अापफनाे पाइला लम्काउंथे र समुहमा लामबद्ध हुन पुग्थे । हामी गुम्वाका बीच हुंदै डाेल्लु बजारकाे चाेकमा पुग्याै । त्यहां केही समयकाे बिश्राममा धाेइ पखाली गरिएकाे रसिलाे स्याउ खादैं चारैतिर हेर्दा यही गुम्वा बनेकाले नै याे ठाउंकाे बिकास भए जस्ताे लाग्याे । बाटाे कही पिच गरेकाे, कही पुरै ढलान गरेकाे थियाे ।
केही तेस्राे उकालाे हुंदै दायां बांया बनेका गुम्वाकाे गजुर हेर्दै हामी बनकाे भित्तामा पुग्याै । त्यहां एउटा डाेल्लु तामाङ समुहकाे सानाे भुइतले भवनलार्इ दायां पारेर बेचल्तीकाे जस्ताे लाग्ने सानाे बाटाेहुंदै उकालाे लाग्याै । बारीमा ताेरीकाे काम भ्याएर फर्केकाहरू केही मानिसहरू हाम्राे निलाे टाेपीधारी समुहलाइ छेउलागेर ट्रवाल्ल परेर हेरीरहेका थिए । बाटामा भेटीएका स साना नानीहरू तपाइहरू कहां जान लागेकाे भनेर उत्सुकता पूर्बक साेधीरहेका थिए । हुन पनि ग्वारग्वारती मानिसहरू हिंडेकाे देख्दा के रहेछ जिज्ञासा लाग्नु स्वभाबिकै हाे ।
एकजना मात्र हिंड्न मिल्ने ठाडै उकालाे बाटाेमा कमिलातांती जसरी हामी लामवद्ध भएर माथि चढ्दै गयाै । उकालाे लाग्ने क्ममा म रमेश चित्रकार काे पछाडि परेछु । उनकाे बाेली र अनुहार हेरेपछि एकदमै परिचित साथीजस्ताे लाग्याे । त्यही उकालीमा हामीले अाफनाे पूर्ब परिचयलार्इ ताजा बनायाै । सहरबासी धेरै मानिसहरू अझ भनाै सबैजसाे ले हातहातमा अाधुनिक लाैराे बाेक्नु भएकाे थियाे । उकाली अाेरालाेमा लाैराेकाे निकै भर हुन्छ टेक्नेहरू भनिरहेका थिए । हुन त याे ट्रेकिंगमा १०५ किलाे वजन भएका पनि सहभागी भएर पछि बिस्तार ७५ किलाेमा झरेकाे अनुभव पनि सुनाउंदै हुनुहुन्थ्याे । कति पहिलाे पटक अाउंदा त मेराे वजन ९५ किलाे थियाे । त्यतिबेला उकालाे भने पछि एलर्जिनै हुन्थ्याे, कहां हिंड्रन सक्नु र दम वढेर पाइला चाल्नै मुस्कील भएकाे थियाे । अहिले त सरहरूकाे सल्लाह अनुसार हिडंदै र खानपिनमा सुधार गर्दै जांदा अब त ४।५ किलाेकाे सामान बाेकेर पनि उकालाे चढ्रन मजाले सक्छु भन्थे । गफ गफमै हामीले ८सय मीटर जतिकाे अग्लाे पहाड थाहै नपार्इ पार भयाे । माथि पुगेपछि डाेङ बिहारका रिम्पाेचे बस्ने अाश्रम रहेछ । निकै अाक्रषक ढंगले बनेकाे । ठाउं पनि अति रमाइलाे । त्यहां हामीले फाेटाे खिच्याै । दाेस्राे पटककाे बिश्राममा पनि झरिलाे स्याउ खायाै ।त्याे दिन किन हाे भाेक लागेकाे महसुसै भएन । पुग्नु त अझै माथि रहेछ ठूलाे बाटाे छाेडेर हामी पश्चीम पटृीकाे बनकाे बीचभागकाे सानाे गाेरेटाे बाटाेबाट फेरी लामबद्ध भएर अघि वढ्रयाै ।
२ बजेितर हामी माथि पुग्याै । खाजा खुवाउने तरखरमा साथीहरू अा अापफनाे जिम्मेवारीमा लाग्नु भयाे । घाम चम्किरहेकाे थियाे । सियाल खाेजेर सबै साथीहरू बसे । खाजा तैयार भएपछि सिठी बज्याे। लामबद्ध भएर प्लेटमा उसिनेका जस्ता देखिने मसला एकदमै कम , नुन पनि कम भएकाे तीनथरी तरकारी प्लेटमा लियाै । चम्चा पनि वहांहरूलेनै व्यवस्था गर्नु भएकाे रहेछ । बिहान अाफुले पाएकाे पाेकाे फुकाल्याै र गफमा रमिदैं पुरै उपत्यकाकाे दृश्य हेर्दै खाजा खाएकाे पत्तै भएन । भाेक लागेकाे जस्ताे पनि भएन ,खाएकाे जस्ताे पनि लागेन । उपत्यकाकाे कंक्रिटरूपी थुप्राेकाे फाेटाे खिच्न काे पछि पर्थे । संझाउने बिसार्उने चिनाेकाे रूपमा अा अाफना साथीभाइ संग रमिदै फाेटाे खिच्ने खिचाउने काम सिटी नवजेकाे भए चलिरहन्थ्याे ।
अलि तल अाएर झन्डै एकघंटा अन्तरक्रिया भयाे । नयांपुराना साथीहरूले अा अाफना अनुभवहरू बांड्ने काम गर्नु भयाे । अाजकाे कार्यक्रममा ११० जना सहभागी हुनु भएकाे रहेछ । त्यसमध्ये हामी २३ जना नयां रहेछाैं । कार्यक्ममा निरन्तर सहमागी हुने केही साथीहरू र डा.उमेश श्रेस्ठ, रामदेबी महर्जन भने बहुदिने पदयात्रा अन्तरगत खप्तड भ्रमणमा गएकाे कुरा थाहा लाग्याे । नत्र सबै जसाे कार्यक्रममा साथीहरूकाे भनाइ अनुसार २ ।३ सय पुग्ने रहेछन् । याे कार्यक्ममा सहभागी हुनेहरू अाफै खाेजेर पछि लागेका हुन् । कुनै अाधिकारी सूचना प्राप्त गरेर वा बाेलावटमा सहभागी भएका हाेइनन् । हरेक महिनाकाे चाैथाे शनिबार बिहान ७.३० बजे सातदाेबाटाे नजिक रहेकाे प्रकृति प्रेमी समुह, निराेगधाममा भेला भएर हिंड्रने हुंदा जान चाहनेहरूले केही दिन अघि ७५० रूपैया बुझउनु पर्न रहेछ । एक सय शेवा शुल्क, २ सयकाे निलाे क्याप , र चार सय पचासकाे खाजा र बस भाडा बापत लिइएकाे रहेछ । पछिल्ला कार्यक्रममा सहभागी हुंदा ४५० मात्र बुझाए पुग्ने रहेछ ।
मैले पहिलाे दिनकाे हाइकिंगकाे कार्यक्ममा सहमागी हुंदा बुझेसम्म याे कुनै मुनाफा अार्जन गर्ने ब्यापारीक संस्था नभै पूर्णरूपमा सामाजिक सेवा भावनाले चलेकाे संस्था रहेछ । उचित अाहार बिहार र बिचार, अाफनाे स्वास्थ्य् अाफनै हातमा भन्ने नाराले काम गर्ने रहेछ । शुरूमा त म पनि भ्रममा रहेछु । केबल हाइकिंग गराउने एउटा समुह जस्ताे ठानेकाे थिए । बास्तवमा त्याे हाेइन रहेछ । खाजा खांदा संस्थाकाे सहयाेग स्वरूप प्रकाशित निराेगसूत्र ३४ घरमा अाएर पुरै पढेपछि मात्र याे संस्था’bout धेरै ज्ञान भयाे । यस्का सबै लेखहरू पढी सकेपछि अरू धेरै कुराहरू मध्ये हाइकिंग त एउटा सानाे पाटाे मात्र रहेछ । निराेगधाम यस्ताे संस्था रहेछ जस्मा निराेगीहरू निराेगी रहन जानु पर्ने रहेछ । राेगीहरू निराेगीहुन जानु पर्ने रहेछ । अाहार बिहार र बिचारबाटै राेगकाे निधान हुने रहेछ । बिभिन्न शिबिरहरू समय समयमा संचालन हुने रहेछ । ब्लड प्रेसर, डाइबिटिज र माेटाेपना घटाउने कुरा अाफैले खानपानबाट गर्न सकिने रहेछ । हामी भित्र रहेकाे बिचारले नै हामीलार्इ राेगी बनाउने रहेछ भन्ने कुरा पुस्तक पढ्रदा थाहा लाग्याे । अनि हाइिकंगमा रहेका बिभिन्न मानिसकाे अनुभवले पनि त्यही बतायाे । राेग निकाे पार्न के खाने कसरी खाने र पानी कसरी पिउने भन्ने कुरा सिकाएर अाफनाे स्वास्थ्य्र अाफनै हातमा भन्ने नारालार्इ यर्थाथमा परिणात गर्ने गरिदाे रहेछ । निराेगधाममा अाैषधी हैन स्पाव उपचारकाे बिधि सिकाइदाे रहेछ । के खांदा ताैल वढ्छ के खांदा ताैल घट्छ , अाहार बिहार र बिचार ज्ञान जानी सकेपछि अाफनाे लागि अाफै डाक्टर भएर काम गर्न सकिने रहेछ ।
खानपानका कुरालार्इ ध्यान नदिएर हामी बिभिन्न राेगले ग्रसित रहेछाैं । अझ एकदिन हाम्रा घरमा अाएका पाहुनालार्इ समेत हामी खान हुने नहुने कुरा खुवाएर उनीहरूकाे स्वास्थ्यमा समेत हानी पुराइरहेका रहेछाै ।
त्यसैले प्रकृति प्रेमी समूह एक नाफा रहित र पूर्ण रूपमा सामाजिक सेवा मुलक संस्था रहेछ । त्यसैले सबैखालका राेगले पिडित मानिसहरू ,राेग नलागेका निराेगी एकपटक पुग्नै पर्ने ठाउं रहेछ । हरेक महिनाकाे चाैथाे हप्ता हुने हाइकिंग कार्यक्ममा सहभागी हुन सातदाेवाटाेमा रहेकाे प्रकृतिप्रेमी समहुकाे कार्यालयमा सम्पर्क गर्दा हुने रहेछ । अहिलेलाइ बिदा । अरू थप कुरा पछि लेखाैला । जय ब्लग ।