प्रकृति प्रेमीसंग पहिलाे दिन


प्रकृति प्रेमी समुहकाे हाइकिंगमा मेरा केही साथीहरू धेरै पहिला देखि त्यता लाग्नु हुन्थ्याे । वहांहरू अाफनाे स्वास्थ्यकाे खुब ख्याल गर्नु हुन्थ्याे । खास त अाफनाे स्वास्थ्य्र अाफनै हातमा भन्ने शुत्र राम्ररी बुझ्रनु भएकाे थियाे । त्यसैले बिहान सबेरै उठेर बिहानीकाे घुमाइ पनि नित्य गर्नु हुन्थ्याे । महिनाकाे अन्तिम हप्तामा हुने प्रकृति प्रेमी समुहकाे हाइकिंग यात्रामा पनि धेरै जसाे सरिक हुनु भएकाे कुरा मैले धेरै पहिला देिख थाहा नपाएकाे हैन । हाइकिंग पछि फेसबुकमा अाउने रमाइला फाेटाहरूले मेराे मन पनि संधै लाेभ्याउंथ्याे । मन त्यसै त्यसै उत्ताउलाे हुंथ्याे । तर के गर्नु अाफनाे दाहिने घुडाले उकालि अाेराली थेग्न सक्दैन कि भन्ने डर म मा थियाे । अझ डाक्टरका कुरा सुनेर पनि म लकपकाइ रहेकाे थिए रमाइलाे यात्रामा सहभागी हुन । डाक्टरले मलार्इ भरेङ नउक्लीनु , माथि सुत्ने काेठा भए तल्लै सार्नु ,उकालाे अाेरालाे नहिड्नु, याे बुढ्रयाैलीकाे शुरूवात हाे त्यसैले नियमित फिजियाे थेरापी गरे केही कम हुन्छ,तर निकाे हुंदैन भनेका थिए । त्यति बेला मेराे शारीरिक ताैल झन्डै ८० थियाे । ताैल घटाए घुंडालार्इ केही सजिलाे हुन्छ भनेकाले थाेरै थाेरै खाएर ताैल त मैले ७२ ।७३ मा अाेराले , अली कम भएकाे हाे कि जस्ताे पनि भयाे । लामै समय भीटामिन डी क्याल्सीयम, धेरै चांही म्याट्रीक्स भन्ने अाैषाधी सेवन गरे । तर संधै २० काे १९ मात्र हुन्थ्षाे ।
DSC01268
एकदिन मित्र बिनाेदजी घरमा अाउनु हुंदा वहांले पनि सकस पूर्वक भरेङ अाेर्लेकाे देखे । त्यसकाे केही दिनमै प्रकृति समूहकाे हाइकिंगका फाेटाहरू फेसबुकमा राख्नु भयाे । त्यसमा साथीहरू बडाे हंसिलाे अनुहारमा प्रकृतिभित्र रमाइ रहनु भएकाे थियाे । मैले ती फाेटासंगै बिनाेदजीले मेराे घरकाे मरेड० अाेर्लेकाे झटृ संझे अनि फेसबुकमा कमेन्ट गरीहांले । अाफै मात्र हिंड्ने अब चांहि मलार्इ पनि संझनु हाेला है ।
20141011_083033

नभन्दै २०७१ साल असाेज महिनाकाे अन्तिम शनिबार अर्थात अस्ती २५ गते शनिबार प्रकृति समूहकाे हाइकिंगमा सहभागी हुने हाे त , म पैसा बुझाउन जान लागेकाे भनेर फाेन अायाे । मैले जाने निर्णय सुनाए । त्यसदिनकाे कार्यक्म ७ ३० मा सातदाेबाटाे भेला भएर दक्षिणकालीतिरकाे डाेल्लु हुंदै हात्तीबन रिसाेट पुगी तल झर्ने कायर्क्म रहेछ । मनमा अलि खल्लाे पनि लाग्याे । त्यता त धेरै पटक घुमेकै ठाउं हाे । उकालाे वरालाे गर्दा गाेडाले ठाउं छाेड्रने पाे हाे कि मनभित्र एकतमासकाे डर पनि लाग्याे । जे हाेस म असाेज २५ गते साथीहरूसंगै सातदाेबाटाे पुगे । तीनवटा बसहरू तैयार भएर बसेका रहेछन । पैसा तिरेकाे लिस्ट भिडाएर दुर्इ वटा कुपन पायाैं । एउटा दिउंसाेकाे खाजाकाे लागि,अर्काे बसपास । झन्डै एक किलाे स्याउ ,एक पाकेट चिउरा,गाेलफकी र किसमिस मिसिएकाे पाकेट । यात्रामा चाहिने सामानकाे ’boutमा साथीहरूले बताइसकेका थिए । त्यसैले पछाडि भिर्ने झाेलामा दुइलिटर पानी,छाता र २ वटा अाफनाे डिभी परेपछि नियात्रा पुस्तक लिएर गएकाे थिए । माैका मिल्दा चिनेजानेका साथीका हातमा पाराैला भनेर । दिएकाे स्याउ र खाजाकाे पाकेट झाेलामा हाले । ७.४५ मा बस छुट्याे । ८.४५ मा हामी सेतीदेबी गाबिसकाे डाेल्लु अथवा हात्तीबन रिसाेर्ट जाने बाटाेमा वर्लियाै । पिठ्युमा झाेला भिरेका,हातमा लटृी र क्यामरा लिएका निला टाेपी लगाउनेकाे जमात ठुलै देखियाे । हाइकिंग ’bout एकजनाले अग्लाेस्थानमा बसेर माइकबाट यात्रामा अपनाउनु पर्ने नियमहरू सुनाउनुभयाे । याे ९१ अाैं हाइकिंग रहेछ । कस्ताे बाटाेबाट हिंड्दैछाै भनेर हामीले तय गर्ने बाटाे’bout पूर्ब जानकारी गराइयाे । पिसाब फेर्न लाज नमान्नु हाेला,अरूलार्इ अपठेराे नपर्ने गरी छेकाेकुनाे लागेर गर्नु पर्ने कुरा बताइयाे । फ्रयाल्ने कुरा जथाभावी नफाली अाफनै व्यागमा सुरक्षित राख्नपर्ने, पानी थाेरै थाेरै खाने । ठाेस अाहार र पानी एकै पटक नखाने कुरा पनि थाहा पायाै । त्यसपछि १९५० मिटरकाे हात्तीबनकाे सेराेफेराेमा पुग्न हामीले हाम्रा पाइला अगाडि बढायाैं ।
DSC01207
अलिकति अगाडी वढ्ने बित्तिकै डाेल्लु गाउंमा रहेकाे मनमाेहक गुम्बाहरू देखिन थाल्याे । मैले अहिलेसम्म प्राय गुम्वाहरू अग्ला अग्ला डांडामा देखेकाेमा यहां चांही सबै गहिराइमा बनेका थिए । बनदै थिए। बिहानीकाे घामसंगै सुनाैलाे छाना टल्कीरहेकाे गुम्बाकाे फाेटाे उतार्न काेही पछि परेनन् । हामी गुम्वाका अांगन भएर लावा लस्कैरे हिंड्याै । फाेटाे खिच्नेहरू रमाइ रमाइ फाेटाे खिच्दै थिए । फाेटा खिच्दा पछि पनेर्हरू फेरी अापफनाे पाइला लम्काउंथे र समुहमा लामबद्ध हुन पुग्थे । हामी गुम्वाका बीच हुंदै डाेल्लु बजारकाे चाेकमा पुग्याै । त्यहां केही समयकाे बिश्राममा धाेइ पखाली गरिएकाे रसिलाे स्याउ खादैं चारैतिर हेर्दा यही गुम्वा बनेकाले नै याे ठाउंकाे बिकास भए जस्ताे लाग्याे । बाटाे कही पिच गरेकाे, कही पुरै ढलान गरेकाे थियाे ।
DSC01202
केही तेस्राे उकालाे हुंदै दायां बांया बनेका गुम्वाकाे गजुर हेर्दै हामी बनकाे भित्तामा पुग्याै । त्यहां एउटा डाेल्लु तामाङ समुहकाे सानाे भुइतले भवनलार्इ दायां पारेर बेचल्तीकाे जस्ताे लाग्ने सानाे बाटाेहुंदै उकालाे लाग्याै । बारीमा ताेरीकाे काम भ्याएर फर्केकाहरू केही मानिसहरू हाम्राे निलाे टाेपीधारी समुहलाइ छेउलागेर ट्रवाल्ल परेर हेरीरहेका थिए । बाटामा भेटीएका स साना नानीहरू तपाइहरू कहां जान लागेकाे भनेर उत्सुकता पूर्बक साेधीरहेका थिए । हुन पनि ग्वारग्वारती मानिसहरू हिंडेकाे देख्दा के रहेछ जिज्ञासा लाग्नु स्वभाबिकै हाे ।
DSC01214
एकजना मात्र हिंड्न मिल्ने ठाडै उकालाे बाटाेमा कमिलातांती जसरी हामी लामवद्ध भएर माथि चढ्दै गयाै । उकालाे लाग्ने क्ममा म रमेश चित्रकार काे पछाडि परेछु । उनकाे बाेली र अनुहार हेरेपछि एकदमै परिचित साथीजस्ताे लाग्याे । त्यही उकालीमा हामीले अाफनाे पूर्ब परिचयलार्इ ताजा बनायाै । सहरबासी धेरै मानिसहरू अझ भनाै सबैजसाे ले हातहातमा अाधुनिक लाैराे बाेक्नु भएकाे थियाे । उकाली अाेरालाेमा लाैराेकाे निकै भर हुन्छ टेक्नेहरू भनिरहेका थिए । हुन त याे ट्रेकिंगमा १०५ किलाे वजन भएका पनि सहभागी भएर पछि बिस्तार ७५ किलाेमा झरेकाे अनुभव पनि सुनाउंदै हुनुहुन्थ्याे । कति पहिलाे पटक अाउंदा त मेराे वजन ९५ किलाे थियाे । त्यतिबेला उकालाे भने पछि एलर्जिनै हुन्थ्याे, कहां हिंड्रन सक्नु र दम वढेर पाइला चाल्नै मुस्कील भएकाे थियाे । अहिले त सरहरूकाे सल्लाह अनुसार हिडंदै र खानपिनमा सुधार गर्दै जांदा अब त ४।५ किलाेकाे सामान बाेकेर पनि उकालाे चढ्रन मजाले सक्छु भन्थे । गफ गफमै हामीले ८सय मीटर जतिकाे अग्लाे पहाड थाहै नपार्इ पार भयाे । माथि पुगेपछि डाेङ बिहारका रिम्पाेचे बस्ने अाश्रम रहेछ । निकै अाक्रषक ढंगले बनेकाे । ठाउं पनि अति रमाइलाे । त्यहां हामीले फाेटाे खिच्याै । दाेस्राे पटककाे बिश्राममा पनि झरिलाे स्याउ खायाै ।त्याे दिन किन हाे भाेक लागेकाे महसुसै भएन । पुग्नु त अझै माथि रहेछ ठूलाे बाटाे छाेडेर हामी पश्चीम पटृीकाे बनकाे बीचभागकाे सानाे गाेरेटाे बाटाेबाट फेरी लामबद्ध भएर अघि वढ्रयाै ।
DSC01240
२ बजेितर हामी माथि पुग्याै । खाजा खुवाउने तरखरमा साथीहरू अा अापफनाे जिम्मेवारीमा लाग्नु भयाे । घाम चम्किरहेकाे थियाे । सियाल खाेजेर सबै साथीहरू बसे । खाजा तैयार भएपछि सिठी बज्याे। लामबद्ध भएर प्लेटमा उसिनेका जस्ता देखिने मसला एकदमै कम , नुन पनि कम भएकाे तीनथरी तरकारी प्लेटमा लियाै । चम्चा पनि वहांहरूलेनै व्यवस्था गर्नु भएकाे रहेछ । बिहान अाफुले पाएकाे पाेकाे फुकाल्याै र गफमा रमिदैं पुरै उपत्यकाकाे दृश्य हेर्दै खाजा खाएकाे पत्तै भएन । भाेक लागेकाे जस्ताे पनि भएन ,खाएकाे जस्ताे पनि लागेन । उपत्यकाकाे कंक्रिटरूपी थुप्राेकाे फाेटाे खिच्न काे पछि पर्थे । संझाउने बिसार्उने चिनाेकाे रूपमा अा अाफना साथीभाइ संग रमिदै फाेटाे खिच्ने खिचाउने काम सिटी नवजेकाे भए चलिरहन्थ्याे ।
DSC01223
अलि तल अाएर झन्डै एकघंटा अन्तरक्रिया भयाे । नयांपुराना साथीहरूले अा अाफना अनुभवहरू बांड्ने काम गर्नु भयाे । अाजकाे कार्यक्रममा ११० जना सहभागी हुनु भएकाे रहेछ । त्यसमध्ये हामी २३ जना नयां रहेछाैं । कार्यक्ममा निरन्तर सहमागी हुने केही साथीहरू र डा.उमेश श्रेस्ठ, रामदेबी महर्जन भने बहुदिने पदयात्रा अन्तरगत खप्तड भ्रमणमा गएकाे कुरा थाहा लाग्याे । नत्र सबै जसाे कार्यक्रममा साथीहरूकाे भनाइ अनुसार २ ।३ सय पुग्ने रहेछन् । याे कार्यक्ममा सहभागी हुनेहरू अाफै खाेजेर पछि लागेका हुन् । कुनै अाधिकारी सूचना प्राप्त गरेर वा बाेलावटमा सहभागी भएका हाेइनन् । हरेक महिनाकाे चाैथाे शनिबार बिहान ७.३० बजे सातदाेबाटाे नजिक रहेकाे प्रकृति प्रेमी समुह, निराेगधाममा भेला भएर हिंड्रने हुंदा जान चाहनेहरूले केही दिन अघि ७५० रूपैया बुझउनु पर्न रहेछ । एक सय शेवा शुल्क, २ सयकाे निलाे क्याप , र चार सय पचासकाे खाजा र बस भाडा बापत लिइएकाे रहेछ । पछिल्ला कार्यक्रममा सहभागी हुंदा ४५० मात्र बुझाए पुग्ने रहेछ ।
DSC01246
मैले पहिलाे दिनकाे हाइकिंगकाे कार्यक्ममा सहमागी हुंदा बुझेसम्म याे कुनै मुनाफा अार्जन गर्ने ब्यापारीक संस्था नभै पूर्णरूपमा सामाजिक सेवा भावनाले चलेकाे संस्था रहेछ । उचित अाहार बिहार र बिचार, अाफनाे स्वास्थ्य् अाफनै हातमा भन्ने नाराले काम गर्ने रहेछ । शुरूमा त म पनि भ्रममा रहेछु । केबल हाइकिंग गराउने एउटा समुह जस्ताे ठानेकाे थिए । बास्तवमा त्याे हाेइन रहेछ । खाजा खांदा संस्थाकाे सहयाेग स्वरूप प्रकाशित निराेगसूत्र ३४ घरमा अाएर पुरै पढेपछि मात्र याे संस्था’bout धेरै ज्ञान भयाे । यस्का सबै लेखहरू पढी सकेपछि अरू धेरै कुराहरू मध्ये हाइकिंग त एउटा सानाे पाटाे मात्र रहेछ । निराेगधाम यस्ताे संस्था रहेछ जस्मा निराेगीहरू निराेगी रहन जानु पर्ने रहेछ । राेगीहरू निराेगीहुन जानु पर्ने रहेछ । अाहार बिहार र बिचारबाटै राेगकाे निधान हुने रहेछ । बिभिन्न शिबिरहरू समय समयमा संचालन हुने रहेछ । ब्लड प्रेसर, डाइबिटिज र माेटाेपना घटाउने कुरा अाफैले खानपानबाट गर्न सकिने रहेछ । हामी भित्र रहेकाे बिचारले नै हामीलार्इ राेगी बनाउने रहेछ भन्ने कुरा पुस्तक पढ्रदा थाहा लाग्याे । अनि हाइिकंगमा रहेका बिभिन्न मानिसकाे अनुभवले पनि त्यही बतायाे । राेग निकाे पार्न के खाने कसरी खाने र पानी कसरी पिउने भन्ने कुरा सिकाएर अाफनाे स्वास्थ्य्र अाफनै हातमा भन्ने नारालार्इ यर्थाथमा परिणात गर्ने गरिदाे रहेछ । निराेगधाममा अाैषधी हैन स्पाव उपचारकाे बिधि सिकाइदाे रहेछ । के खांदा ताैल वढ्छ के खांदा ताैल घट्छ , अाहार बिहार र बिचार ज्ञान जानी सकेपछि अाफनाे लागि अाफै डाक्टर भएर काम गर्न सकिने रहेछ ।
20141011_134316
खानपानका कुरालार्इ ध्यान नदिएर हामी बिभिन्न राेगले ग्रसित रहेछाैं । अझ एकदिन हाम्रा घरमा अाएका पाहुनालार्इ समेत हामी खान हुने नहुने कुरा खुवाएर उनीहरूकाे स्वास्थ्यमा समेत हानी पुराइरहेका रहेछाै ।
20141011_091715
त्यसैले प्रकृति प्रेमी समूह एक नाफा रहित र पूर्ण रूपमा सामाजिक सेवा मुलक संस्था रहेछ । त्यसैले सबैखालका राेगले पिडित मानिसहरू ,राेग नलागेका निराेगी एकपटक पुग्नै पर्ने ठाउं रहेछ । हरेक महिनाकाे चाैथाे हप्ता हुने हाइकिंग कार्यक्ममा सहभागी हुन सातदाेवाटाेमा रहेकाे प्रकृतिप्रेमी समहुकाे कार्यालयमा सम्पर्क गर्दा हुने रहेछ । अहिलेलाइ बिदा । अरू थप कुरा पछि लेखाैला । जय ब्लग ।
DSC01235

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: