अचेल महिनाको चौथो हप्ता कहिले आउला र प्रकृतिप्रेमी समुहसंग घुम्नजान पाइएला जस्तो लाग्न थालेको छ । सांच्चै पहिलो पटककै पदयात्राले मोहनी लगाएकोले पनि यस्तो भएको होला । यो कार्यक्रम स्वस्थ्य रहन चाहने सबैका लागि अति उपयोगी छ । साथीभाइसंग भेटघाट हुने, प्रकृतिसंग रम्न पाइने, चराका चिरबिर सुन्दै हरिया बनपाखा घुम्न पाइने । उकाली ओरालीसंग पौंठाजोरी खेल्दै शिरदेखि पाउसम्म खल्खल्ती पसिना निकाल्दै हिंड्नुको मजानै बेग्लै हुंदो रहेछ । त्यतिमात्र कहां हो र त्यसदिनको आहार बिहारले पनि शरीरमा छुटृै खालको स्फुर्ति दिन्छ । प्रकृतिप्रेमी भन्छन् यो कार्यक्रम घुम्ने मात्र कहां हो र स्वास्थ्य्ज्ञानको व्यवहारिक अभ्यासका लागि पनि आयोजना गरिएको हो ।
डांडा कांडाले भरिभराउ आफनै उपत्यका खाल्डोंसंग पनि हामी कति अपरिचित रहेछौं ,भौतिक उन्नतिले भरिपूर्ण भएका पश्चिमाहरु लाखौ खर्च गरेर प्रकृतिसंग भुल्न, रमाउन, खेल्न यता आइपुग्छन् हामी भने नजिकको तीर्थ हेंला, आफनैै बिना खोज्ने कस्तुरी झै भौंतारि रहेका छौं ।
यसपालाको हाइकिंग भर्खरै मात्र हतारिएरै घोषणा भएको अनन्तलिंगेश्वर नगर पालिका भित्र पर्ने दधिकोट बाट सुरु भयो । बालकोट, सिरुटार, गुन्डु र दधिकोट समेतका चार गाउं बिकास समितिलाई गाभेर यो नगरपालिका बनेको हो । काठमाडौं जस्तै भक्तपुर जिल्ला पनि अब गाबिस रहित भएको छ ।
आज बिहानदेखि हुस्सु र कुइरोले आकाश ढाकिएको थियो। दिनभरी घाम देख्न नपाइने भो भन्दै हामी ४ जना सवा सातबजेतिर ९३ औं हाइकिंगमा सहभागी हुन सातदोवाटोस्थित प्रकृतिप्रेमी समुह अगाडि पुग्यौ । ६ वटा ठुला बस यात्रीहरुलाई पर्खिरहेका थिए । उपस्थिति जनायौ । कुपन दिएर खानेकुराहरु लियौं । कुपन देखाएर बस चढ्यौं ।
७.५५ बजे सिट्ठी लाग्यो । पालैसंग बसहरु गुडे । फराकिलो बाटोमा बस हुंइकियो । कोटेश्वरउता सडकको बीचमा रोपिएका बिरुवाहरुमा मेरा आंखा पुगे । ती जिंग्रिंएका थिए । धुलो र धुंवाले फोहरी भएका बिरुवाहरुले पानी,मल ,गोडमेल खोजे जसरी हामीलाई पालैपालो हेरीरहेका थिए । उनीहरुको जिड०ग्रीएको जिउडालहेर्दै हामी ठूलो ठिमीबाट भित्र पस्यौ । यो बाटो नहिंडेको पनि तीसौ बर्ष भैसकेछ । सिरुटार पुग्न पहिले यतैबाट जानु पथ्र्यो । हनुमन्ते खोलामा रहेको काठको पुल तरेर । अर्को सजिलो बाटो थिएन । यता पनि अन्यत्र जस्तै अव्यवस्थित रुपमा बनेका घरहरुले खुल्ला जग्गा ढाकिंएछ ।
सानो बाटोमा लस्करै ६ वटा बस गुडेको देख्दा मानिसहरुले बिभिन्न अड्कल गरे होलान् । दधिकोट तर्खगाल पुगेपछि हाम्रो गाडी रोकियो । सबैको आंखा हामीतिरै थियो, नहोेस् पनि किन । झोला बोकेका र निलो क्याप लगाएका, लठिृ लिएका महिला पुरुषको ठुलै जमात देख्दा । अलमल नगरी डा.उमेश श्रेष्ठज्यूले माइकबाट यात्रामा ध्यानदिनु पर्ने कुरा र जाने स्थानको भौगोलिक अबस्थाको सामान्य जानकारी गराएपछि ८.५० मा हाम्रो हाइकिंग शुरु भयो ।
सडक छोडेर पानी कलकल बगिरहेको नहरको डिलैडिल अनन्तलिंगेश्वर महादेबथानतिर यात्रा सोझ्यायौं । पारीको गाउं गुन्डु भनेर कोही चिनाइ रहेका थिए । केही अघि मन्दिर परिसरमा महायज्ञ भएको कुरा,बाटामा रहेका स्वागतद्धार र तुलहरुले बोलीरहेका थिए । सिंढी उक्लंदै हामी मन्दिर परिसरमा पुग्यौ ।
सानो कुण्डसंगै महादेबको मन्दिर रहेछ । रंगरोगन लगाइएको सफा थियो ।उता धर्मशालामा बैठक चलिरहेको थियो । मन्दिरमा दर्शन गर्ने,घुमघाम गर्दै रमाइलाे क्षणलार्इ क्यामरामा कैद गर्न सबै तल्लिन भए ।
अबलोकन पछि हामी बाहिरिएर उकालो लाग्यौ । माथि उकालोमा सानो बस्ती रहेछ । पानीको पहुंचले गर्दा बारीमा तरकारी र तोरी पहेलपुर भएका थिए । घरका आंगनमा गाइबस्तु घास पराल खाइरहेका थिए । निला टोपीधारीको लामै तांती देखेर केटाकेटी बुढाबुढी घरघरबाट हेर्दै थिए । दधिकोटको ४ नं वडा हुंदै हामी बनको बाटो तेस्रो तेस्रो भएर ठूलो चौरमा पुगेर सुस्तायौ ।
प्रकृतिप्रेमी समुहले छानेको यो हार्इकिंगरूट बास्तबमा राम्रै लाग्यो । उकालो ओरालो समथर तेस्रो सबै किसिमका बाटाहरु पर्थे । कोही स्यांस्यां गरेर बाटैमा बस्थे । मौसम ओसीलो भएपनि लाएका लुगा फुकाल्दै कम्मरमा बांध्थे वा पिंठ्रयुको झोलामा हाल्थे । पानी ब्रेक स्याउ ब्रेक गर्दै हामी बन्दै गरेको कटेज होटेल पुग्यौ । अलि माथि बिद्यालय पनि रहेछ । चौरमा पिकनिक चलिरहेको थियो । उकालो चढ्दै हामी दक्षिण फर्केको पाखाको हरियोे उन्युघारी हेर्दै लांकुरे भन्ज्याड०को पिकनिकस्थल पुग्यौ । पिकनिक आउनेको चहल पहल निकै थियो । पिकनिकको मजा सबैले लिरहेको यत्रतत्र देखिन्थ्यो । गाडीहरुका तांती थिए । लोकगीत र डिस्को गितहरुले पाखा रन्कीएको थियो । हामी यी सबैलाई छोडेर अझ उकालो लाग्यौ । १२ बजेतिर हामी लांकुरी भन्ज्याड०गको अग्लो डांडाकोे थाप्लोमा बस्न पुग्याैं । जहां तीन बराबर एक खानेकुराको व्यवस्था थियो । समयाबजी ( अन्न ) साग, आलु तरकारी र सलाद वा फलफुलको व्यवस्था ।
महादेबस्थान बाट झन्डै ८ किमी हिंडेर १५ सय मीटर उचाइमा रहेको डांडामाथि पुगेपनि त्यसदिन मौसमले साथदिरहेको थिएन । त्यहांबाट देखिन हिमाल ,तिनैसहर र गाउं बस्ती हेर्न सकेनौ । कुइरोभित्र गाउंसहर लुकामारी खेलीरहेका थिए । चिसिएको हिमाललाई न्यायो पार्ने भन्दै बादले छोपिरहेका थिए । मेरो मनमा भने प्रकृतिले हामीलाई के दिएको छैन, हिमालको स्वच्छ हावापानी, बाह्रै महिना बगिरहने नदी नाला,आनन्दमय प्राकृतिक दृश्य, दुर्लभ अन्त नपाइने जडिबुटी, संसारका सबै ठाउंमा पाइने हावापानी र मौसम, धार्मिक तीर्थस्थल र जात्रापर्बले भरिपूर्ण छौ तर यसको भरपुर सदुपयोग हुन सकेन । सदुपयोग भै दिएका हो भने हामी संधै गरिब भएर बस्न पर्ने थिएन । हर्क गुरूङगले भन्नु भएझैं नेपाल नचिन्नुनै नेपालकाे अभिशाप हाे । मनभित्र यस्तै हुटहुटी चल्यो ।
डा. उमेशज्यूले माइकबाट सबैलाई नजिक तान्नु भयो । नयां साथीहरुको तालीले स्वागत भयो । पुरानाले कार्यक्रम’bout आफना भनाइ राखे । आफनो स्वास्थ्य आफनै हातमा, के खाने के नखाने । के गर्ने के नगर्ने, छाति बढाऔं भुंडी घटाउं यस्तैस्भावका गीतहरु गाइए । नाच्न जान्नेहरुले छमछमी नाचेर सबैलाई नाचनाचु पारे । नाम खुलाउन नचाहने एक जना प्रकृतिप्रेमीले दलचोकीमा बन्दै गरेको निरोगधामको लागि एक लाख पांच हजार र एउटा चिठृी डा.उमेशलाई दिएका रहेछन् । डा उमेशले चिठृी पढेर सबैलाई सुनाए ।
उकालो चढ्नपो गाह्रो ओर्लन त सजिलै र चांडै हुनेनै भयो । उकालो र ओरालोसंग मानिसको जीवन जोडिएको छ । सफलताको सिंढी चढ्न गाह्रो तर अलिकति तलबितल पर्दा ओरालो लाग्न उकालो चढेजति गाह्रो हुंदैन । हामी लांकुरीभन्जाड०को धुले सडकमा जुत्ता डुबाउंदै , अनि गाडीले उडाएको बुंगबुंगति धुलो खानपर्दा सबैलाई नमज्जा लाग्यो । केहीबेर बनको ओरालो बाटो भएर सडकै सडक हुंदै ढुंग्यानबाट आआफना बसभित्र बस्याैं ।
मैले अघिल्लाे भाग १ मा व्यक्त गरे जस्तै महिनाकाे एकपटक परिबार सहित हाइकिंगमा निस्कनु स्वास्थ्य्रका लागि एकदम लाभदायक छ । त्यसैले दधिकाेटकाे तखर्गालसम्म बसमा पुगेर त्यहांबाट परिबार सहितकाे हाइकिंग यात्रा शुरूगरी अनन्तलिंगेश्वर महादेब हुंदै पानीटंयाकी र माथिकाे गाउंबस्ती पुगेर लांकुरी भन्ज्याग पिकनिकस्थलकाे माथिकाे डांडाेसम्म पुगेर हल्का खानेकुरा खाने व्यवस्था मिलाउन सकिन्छ । झर्दा भन्जाइड०गबाट सडकै सकडक हुंदै ल.पु.काे ढुंग्यानसम्म अाउने सकिन्छ । याे एकदिनकाे परिबार सहितकाे रमाइलाे हाइकिंगयात्रा हुन सक्छ ।
अर्काे पदयात्रा पुस महिनाकाे चाैथाे हप्ता ललितपुरकाे दलचाेकीका लागि हुने कुरा डा उमेशले बताउनु भएकाे छ । प्रकृतिप्रेमी समुहकाे निराेगधाम यही बनिरहेकाे छ । त्यसैले याे पटककाे कार्यक्रम त छुटाउनै नमिल्ने छ । हेराै समयले के भन्छ । दलचाेकीमा रहेकाे निराेगधाम पुगेपछि यस’bout फेरी लेखाैंला । यहीलेलार्इ बाइबार्इ ।
जय ब्लग