बिज्ञहरु भन्ने गर्दछन् कि बर्षको कम्तीमा पनि एकपटक आफनो थातथलो छोडेर केही दिनका लागि घुम्न निस्कनु रे । त्यसरी घुम्नजांदा सकेसम्म आफना परिबारजन सहित हिंड्नु राम्रो । हाम्रा पुर्वजहरु अहिले पनि धार्मिक भावनाबाट प्रेरित भएर छोटो र महिनौ लामो तीर्थाटनमा निस्कन्छन् । नेपालकाे पर्यटन इतिहास तीर्थाटनसंगै जाेडिएकाे छ । हाम्राे देशमा याे चलन धेरै पुरानाे हाे । त्यसरी घुमेर आएपछि अरुका लागि पनि प्रचार र जानकारी बनोस् भनेर गाउंका आफन्तजन र नसनाता कुटुम्वलाई बोलाएर तीर्थभोज खुवाएर तीर्थाटन’bout बताउंछन् । अहिले पाे जमाना बदलियो । मानिसहरु लामो,छोटो पदयात्राका रुपमा देश देशावर घुम्न निस्कन्छन् र तिनले भोज भत्तेर गरेर प्रचार प्रसार गर्दैनन् । प्रबिधिको फड्को मराइले सबैका हातहातमा रहेको आधुनिक फोन माोबाइलबाटै जानकारी गराउने देखि आफु पुगेको ठाउंहरूका दृश्यहरुको फोटो अपलोड गरेर सामाजिक संजाल मार्फत बिश्बभरी बांड्छन् । घुमघामसगै ल्यापटप ,आइप्याड,आइपड मोबाइल चलाएर दुनियालाई जानकारी गराउन सक्ने प्रबिधि अहिले धेरैका हातमा छ ।
सुन्नु पढ्नु भन्दा ती ठाउंमा आफै पुग्नु घुम्नु त्यहांको बाटो घाटो हावा पानी र मानिसको रहन सहन आफैले बुझनु नराम्रो कुरा होइन । यसरी आफै पुगेर घुमेर आर्जन गरेको ज्ञान सबै हिसावले उत्तम हुन्छ । पढेलेखेका र सुनेका कुरा विर्सिन्छन् तर अाफै पुगेर, आंखैले देखेका दृश्यहरु सिनेमा झैं सलबलाइ रहन्छन् । अहिले मनिसहरु हाइकिंग यात्रा गरेर ठाउंठाउंमा हिंडेरै पुग्ने जमात पनि दिनदिनै वढ्दै गएको पाइन्छ । आफनो स्वास्थ्य् आफनै हातमा भन्ने सिद्धान्त अनुसार मानिसहरु घुमफिर गर्ने कुरामा सचेत देखिएका छन् । व्यायाम ,सकारात्मक चिन्तन,हिंडडुल र खानपानमा ध्यान दिनुनै आफनो स्वास्थ्य आफनै हातमा हो । सातदोबाटोमा रहेको प्रकृतिप्रेमी समहुले त उपत्यका भित्र र बाहिर समेत हरेक महिनामा प्रकृतिसंग आत्मसात गराउंदै आएको छ । जसमा तीनचार सय मानिसको लर्को लाग्ने गर्छ । यो कार्यक्रम बौद्धिक खुराकका साथै शारीरिक रुपले पनि लाभदायक देखिन्छ ।
मैले चर्चा गर्न खोजेको कुरा पनि यसैबाट प्रभाविबत भएर घुम्न डुल्न निस्कदाका अनुभवहरु तपाइ पाठक समक्ष राखौं भन्ने धेयले यो गन्थन गरेको हुं । अब म सिधै बिषयतिर प्रबेश गर्दछु । तपाई चिसोपानी जानु भयो । साह्रै कहलिएको चिसापानी सुदुर पश्चिमतिर पर्ने कर्णालीको चिसापानी हैन नि , मैले यहां राख्न खोजेको काठमाडौं र सिन्धुपाल्चोकसंगै जोडिएको नुवाकोट जिल्ला, तलाखु गाबिसकाे चिसोपानी हो ।
मित्र बिनोदजीले एकसाल अघिदेखि भन्नु हुन्थ्यो एकदिन चिसोपानी जाउन । अस्ति कार्तिक २८ र २९ गते शुक्रबार र शनिवारका दिन काठमाडौं, नुवाकोट हुदै सिन्धुपाल्चोकको भोटेचौरसम्म पदयात्रा गरियो , अान्तरिक पर्यटक भएर । रास्ट्रसंघीय बिश्व पर्यटन संस्थाकाे परिभाषामा घर बाहिर एकरात बिताउनेलार्इ पर्यटक मान्दछ । अझ पहिले पहिले त यसरी रात बिताउने घुमघम गर्ने नेपालीलार्इ पर्टक मानिदैनथ्याे । पछि पर्यटननीति २०६५ ले मात्र नेपालीलार्इ पनि पर्यटक मानेकाे हाे ।
सुन्दरीजलको मिठो पानी राणाकाल देखिनै काठमाडौं ल्याइएको पाइपलाइनकै बाटो भएर हामी उकालो लाग्यौ । शिवपुरी नार्गाजुन राष्ट्र्यि निकुनज संरक्षण क्षेत्र प्रबेश गर्नु अघि ५० रुपैयाको टिकट काट्नु पर्ने रहेछ । टिकट काटेर तेस्रो तेस्रो हिंडेर अलिकति ओरालो लागेपछि ड्याम पुग्यौ । पुरानै ड्यामबाट झर्ना मन लोभ्याउने गरी झरेको थियो । बिस्तारै उकालो लाग्दै गर्दा युवा युवतीका जोडी पनि घुमडुलमा रमाइरहेका देखिन्थे ।
बिदेशी पर्यटकहरु पनि कोही चिसोपानी कोही नगरकोट जान उकालो लाग्दै थिए । ठाउंठाउंमा अघि बोकेको स्याउ ब्रेक लिंदै हामी मुलखर्क हुंदै अगाडी बढ्यौ । बस्ती त्यति देखिएन । दक्षिण फर्केको पाखाभरी कोदोको बाला झुलिरहेको देखिन्थ्यो । बाटोमा भेटिएका केही घरबाट निस्केका तोम्वाको महक नाकले थाहापाइहाल्योे । किलामा बांधिएका गाइ बाख्रा, भैंसी मजाले तोम्बाको छोकर खाइरहेका देखिन्थे । हैन यिनलाई तोम्वा लाग्दैन हामीले प्रश्न गर्दा ,बानी परीसक्यो नि भन्दै बाख्रालाई तोम्वा खुवाउंदै गर्नुभएको महिलाले हंसाउनु हुन्थ्यो । किलामा बांधिाएका भैंसी बाख्रा मोटाघाटा नै देखिन्थ्ो । बारीभरी कोदो लटरम्म थियो ।
हामी बाटो कटाउदैं, संझनाको लागि दाया बायाका मनमोहक दृश्य र आफनै फोटो क्यामरामा कैद गर्न पछि परेका थिएनौ । यस काममा फेसबुकले हामीलार्इ घच्रघच्याइरहेकाे थियाे । लपक्कै भिज्ने गरी आएको पसिनाको वास्ता नगरी आफना पाइलाहरुलाई सुस्त सुस्त अगाडी बढाइ रहयौं । लमतन्न सुतेको नुवाकोटको पूर्वी छेउबाट पश्चिम सदरमुकाम बिदुर पुग्न काठमाडौं अनि गल्छीको बाटो हुंदै पुगेर फर्केका केही मानिस मुलखर्क ४ को अन्तिम होटलमा सुस्ताएका रहेछन् ,हामी पनि त्यही सुस्तायौ । अलि तलको छाप्रे होटलमा बिदेशीहरु पनि रमाइ रहेका थिए । कालो चिया र आफैले बोकेको बिस्कुट झिकेर खायौ । झोल र मासुले भरिएको ढलौटे वैठके कचौरा र चरेस थालमा पस्किएको सुनको डल्लो जस्तो ढिंडो अगाडि हाम्रो कालो चिया र बिस्कुट फिक्का भयो । हामी त पदयात्री, टन्न खाएर हिंड्न पनि गाह्रै हुन्छ ,हामीले यसरी आफनो मन बुझायौ । पदयात्रामा हिंड्दा सकेसम्म हल्का खानु पर्छ ,हामीले सिकेको कुरा संझेर चित्त बुझायौं । मन थाम्न नसकेर सोधि हाल्यौ, यस्तो पनि पाइन्छ । यो अर्डरको हो । अर्डर गर्नुसन भाग हाल्दैै गरेकी महिलाले भनिन् । हाम्रो आंखा नाचेको मासु र ढिंडो खाने मानिसहरु चांही पारिलो घाममा तास खेलीरहेका थिए ।
बाह्र बजिसकेको थियो । सदरमुकाम पुगेर आएका स्थानीय मानिस अगाडी लागे हामी बिस्तारै पछि पछि लाग्यौ । अब अघि जस्तो ठाडै उकालो थिएन । बाटोको अन्तिम होटलबाट अलि पर पुगेपछि चौरमा असरल्ल भत्किएर जीर्ण बनेका केही टहरा भेटिए । हामीले सोच्यौ पहिले आर्मी बसेको होलान् । माओबादीको समयमा सुरक्षाका कारण छोडेपछि यस्तो भएको होला । बाटोमा जांदै गरेका र फर्केका यात्रीसंग हाइहलो गर्न हामी पछि परेका थिएनौ । कतै ओरालो कतै उकालो लाग्दै हामी देउराली पुग्यौ । यही देउरालीनै काठमाडौं र नुवाकोटको सिमाना रहेछ । सबैले स्याउला चढाए । हामीले पनि त्यसैको सिको गर्यौ । त्यही नजिकै बसेर साथी इन्द्रले जोहो गरेको नुनिलो बदाम अनि स्याउ खायौ । निकै चिसो लाग्यो । अघि फुकालेका लुगा थपथाप गरेर चिसाबाट जोगियौ । यती उचाइमा पनि बाटोमा बालुवा देखेर हामीलाई लाग्यो कुनै बेला यो पानीले पुरिएको थियो होला । ढिस्काहरु पनि पुरै बलौटे देखिन्थ्यो । टलक्क टल्कने अभ्रखका ढुंगा पनि ठाउं ठाउंमा देखिन्थ्यो । ढुंगाले मिलाएर बनाएका सिंढी ओरालो लाग्दै गर्दा हामी संगै अघि पछि रहेका स्थानीयले चिसोपानी त्यही हो सर भनेर देखाए । हामीले बाटोमा ठाउं र गाउ, उनीहरुको काम र खेतीपाती आदि सोधीखोजी गरेको देखेर होला हामीलाइ कुनै अफिसबाट आएका मानिस संझेजस्तोे लाग्यो । बाटोमा हाम्रो त केही छैन सानो झुपडी मात्रै हो । खान लाउन मुस्किल छ यस्तै यस्तै गन्थन सुनाए ।
समुन्द्रसतहबाट २२ सय मिटरमा रहेको चिसोपानी बजार केही अग्ला र होचा होटलले बनेको रहेछ । दूरसंचारको टावर बजारकाे मुखैमा ठडिएको थियो । पानीमात्र चिसो हैन हावा पनि चिसोचिसो चलिरहेको थियो । आकासमा कुइरो टाढै पुगुला जसरी हाम्रै जिउमाथि दौडिरहेको थियो । हामी सिधै अन्नपूर्ण होटलमा पुग्यौ । होटल मालिकले हामीलाई सिधै पांचौ तल्लामा लगे अनि एकरात सुतेको एउटा कोठाको १४ सय भने । सिधै यतै आइयो यताउता पनि वुझ्नु पर्ने थियाे,मनमा लाग्यो । बाटामा आउंदै गरेका हुल पनि हाम्रा अांखामा नाच्न थाले । बुझ्दा बुझ्दै फेरी कोठै नपाइएला भन्ने पनि लाग्यो । होटेलवाला चांही बुक गरी हाल्नुस् नत्र यही पनि पाइदैन । अहिले त सिजन हो नि भन्न थाले । दुइटा कोठाको २८ सय तिरेर दुइदुई जना बस्ने गरी मिलायौ । एकरात सुतेकै यति धेरै जस्तो लागी रहेकाे थियाे , फेरी साहुजीले थपे खाना त हाम्रैमा खानुपर्छ नि ।
नभन्दै एकैछिनमा कोठा भरियो । ९ जना पर्यटक र उनका भरिया अनि गाइड समेत १८ जना जति यही होटलमा पसि हाले । लाड०टाड० गोसाइकुंड हुदै १५ दिनको यात्रा पछि यहां आइपुगेका रहेछन् । प्रकृतिसंग कति आत्मीयता यिनीहरुको । त्यो टोलीमा मलेसिया र बेलायतका पर्यटक थिए । समय र पैसाको परवाहा नगरी भौतिक सुबिधाको सम्पन्नताबाट प्राकृतिसंग साइनोगांस्दै हिमालयको देश पैदलयात्रा गर्न आइपुगेका छन् । थकाइको कुनै परबाह नगरी होटलभित्र बस्दा ’em रमाएको देख्दा हामीलाई पनि गौरब लाग्यो, नेपालमा जन्मन पाएकोमा । यो तेस्रो पटक हेछ उनीहरु नेपाल आएका । हरेक चार चार बर्षमा आउंछौं भन्थे । यो रुट चांही साह्रै रमाइलो लाग्यो रे । नेपालीहरु दुख पाए पनि हंसिला र आत्मीय व्यवहार गर्छन भनेर तारिफ गर्थे । उनीहरुका सहयोगीहरु सुतिसक पनि तिनले ठटृा मजाक गर्दै, गीत गुनगुनाए ।
बजारको एक फन्को लगाएर हामी पनि होटेलमै रमाइलो गर्नतिर लाग्यौ । हाेटलका मालिक बलदेबजीले अाफना इति बृतान्त कुरा सुनाउनु भयाे । वहांकाे साेच राम्रै लाग्याे । याे हाेटल अाफनै परिबारजनले मात्र चलाउनु भएकाे रहेछ । कामगर्ने मानिस काेही थिएनन् । मेरै परिबारले चलाएकाे हुनाले यहां केही कुरा छाेड्नु भयाे भने पनि ढुक्क हुनुस् सामान सुरक्षित रहन्छ उनले गर्बकासाथ भने । खाना खाएर आआफना कोठातिर लाग्यौ । बिहान ४ बजेदेखि सूर्य झुल्किएको देखिन्छकि भनेर सिरानीतिर रहेको झ्यालको पर्दा उचाल्दै चियाउंदै गरें,सुनेको थिए यहांबाट गणेश ,दोर्जेलाक्पा, लाड०टाड० र गौरीशंकर लहरै देखिन्छन् भनेर,आंखा दौडाउनु मात्र भयो ।
हाम्रो पनि बिहानको नास्ताको संगै संगै भयो । नेपाल घुम्न आएका पाहुना निस्कदा हामी पनि संगै निस्क्यौ । बिहान पैसा तिर्ने बेलामा भने अलि मजा लागेन उनकाे ब्यवहार । बेलायतीग्रुपले भनेजति तिरे । तर मलेसियन पाहुनाले भने चिया सानाेमा दिएरं ठूलाेकाे पैसा लिए भनेर कम्पेलन गरे ।त्यतिबेला बलदेबजी नेपाली भाषामा याे खाते जस्ता बचन बाेलेर कराउनु भयाे । उनका छाेराचाहीले उनीहरूकै गाइडलार्इ बाेलाएर संझाएपछि चित्त बुझाए । पसल व्यवसाय संचालन गर्नेले त्यहां अाउने ग्राहक, बस्न अाउने पाहुना देबता सरी हुन् तिनकेा चित्त नदुखाइ व्यवहार गर्नुपर्छ । हामी भन्दा अघ उनीहरू निस्के हामी पूर्ब लागेर भोटेचौर र नगरकोटको बाटो समात्यौ । उनीहरु हिजो हामीले पाइला टेकिसकेको दक्षिण पश्चिमको बाटोतिर लागे । बन भित्रको यो मोटरबाटो रहेछ । हिजाे यता अाउंदा बाटाेमा भेटिएका सैनिकभार्इ सेन्ट्री बसिरहेका रहेछन्र , उनैले बिहानीकाे नमस्कार भन्दै राम्राेसंग जानुस भन्दै मुस्कुराय । उनकाे अात्मियता देखेर हामी खुसी भयाै । चराहरूका चिरबिरसंग रमाउंदै एक डेढ घंटा हिंडेपछि हामी चौबाटोमा पुग्यौं । जहांबाट भोटेचौर, नगरकोट अनि सुन्दरीजल पुगिने रहेछ । दोबाटोको छेउमा रहेको पसलमा चियाखायौं । उनैले बाटो बताइदिए, सजिलो भयो । छोटो बाटो ठाडैभिर एकघंटा ओर्लेपछि तल गुरुंग गाउं भेटृायौ ।
भाेटेचाैरकाे मेलामा बेच्न एकभारी सुन्तला बाेकेर जांदै गरेकाे भेट्रटायाैं ,अाेरालाे झरेर हरहर भएकाे अांत रसाउन सुन्तला २ किलाे किनेर खाइहाल्याै । त्यही गाउंको पूर्बपटिृ भोटेचौरको चियाबगान मुस्कुराइ रहेको थियो । तुलकुमार राइले खोलेको ट्रउट फर्म पुग्दा १२ बजि सकेको थियो । सस्र्यु हालेको ट््राउटमाछाको झोल, टिमुर हालेको गोलभेंडाको अचारसंग फार्मकै छेउमा रहेको पानीघटृमा पिनेको फापरको पिठोको ढिंडो यति मिठो भयो कि, संझे अहिले पनि मुख रसाउंछ । टउट माछा प्रतिकिलो १३ सय रहेछ ।
सोमप्रसाद गौचनले गाउंलेको १६ सय रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर चिया वगान संचालन गरेका रहेछन् । याे एभरेस्ट चिया बगान प्रा.लि.बाट अर्थोडक्स चिया उत्पादन हुंदो रहेछ । याे बगान सिन्धुपाल्चाेक,भाेटेचाैर, वडा नं.७,८, र ९ जैशीगाउंमा पर्दछ । चियावगान घुम्न सामान्य शुल्क लाग्छ । कागजमा सामान्य बगान भ्रमणाकाे २५ रूपैया लेखिएपनि त्यसदिन ४ जनाकाे ४० रूपैया लिएका थिए चियाबारीमा लुकामारी खेल्ने, बनभोज खाने, युवायुवतीहरुको रमाउने ठाउं बनेको रहेछ । शनिबार परेको थियो मानिसको लर्कोनै लागेको देखियो । बिनोदजी त प्रकृतिप्रेमी समुहको हाइकिंगमा यता आइसक्नु भएको रहेछ । चियाबगानका माथि ४ वटा कटेज रहेछन् । बस्ने खानेको राम्रो प्रवन्ध छ भन्ने थाहा पाइयो ।
पुरै चिया वगान घुम्न त ३ घंटा वढी लाग्छ भन्थे । गुरुड० ,क्षत्रि , तामाड० वाहुनको वस्तु रहेको यो ठाउंलाई भोटेचौर चांहि किन भनिएको होला जान्न पाइएन । बगानबाट अलि वर आएपछि ज्योतिषी गाउं आयो । बारीको साग देखेर मन थाम्न नसक्नेहरु साग किनिरहेका थिए । दही मोही खान कर लगाइ रहेका थिए । एक लिटरको बोतलमा भरिएको बाक्लो मोहीको ५० रुपैया पर्ने रहेछ । हामीले पनि खाइदियौ । यहां उत्पादन भएको सबै दुध काठमाडौं जांदो रहेछ । २ बजेको बस पर्खेर हामी पनि बसभित्रको किचाघानमा, भोटेचौर घुम्न आएका जोडाजोडीको बसभित्र रमाइलो हेर्दै झन्डै तीनघंटा लगाएर जोरपाटी आयौं । कतै केही नदेखिने बसको यात्राभन्दा पदयात्रानै रमाइलो भयो ।
जय व्लग ।
डिसेम्बर 4, 2014 मा 8:17 बेलुका |
मैले लेख पढें । जानकारीमुलक छ । राम्रो लाग्यो ।
डिसेम्बर 29, 2019 मा 9:01 बेलुका |
Thanks