प्रकृतिप्रेमीकाे लर्काे


DSC01821
पौष महिनाको चौथो हप्ता, सहर चिसोले कांपिरहेको थियो । यसपाला बिनोदजी र म बसको साहारालिंदैे समयमै पुग्यौ । सदाझै बैंकभौचर देखाउन,े रेजा लगाउने, समयावजी, फलफूलको साथमा, बस कुपन र खाना कुपन लिने काम फटाफट भयो । एकमहिना अन्तरालको भेटघाट, सन्चो बिसन्चोसंगै चिनेजानेका साथीसंग आत्मीयता साटासाट गरियो । सहरको धुवां धुलो र बातावरण प्रदुषण, कोलाहाल छोडेर परपुग्न मन हतारिरहेकै थियो । समय आठको हाराहारी पुग्नलाग्दा सिठीको आवाजसंगैे तोकिएको बसमा चढ्यौ । पालैपालोसंग बसहरु एक पछि अर्को गरेर अगाडी वढे । हाम्रो गाडी अलिपर पुगेपछि भने घ्याच्चै रोकियो । बसले आज आरामै खोजेको रहेछ । बस व्यवस्थापन गर्ने जिम्मा पाएका प्रकृतिप्रेमी समुहकै साथीले दश मिनेट भित्रैमा अर्को गाडीको व्यवस्था गरेर व्यवस्थापनको राम्रो उदाहरणनै दिए । ठेचो, सुनाकोठी, चापागाउं प्याड०गगाउं हुंदै टिकाभैरबतिर लाग्यौ । आज दिन छ्याड०ग खुलेको थियो । उत्तरतिर मुस्कुराइरहेका हिमाल बसका झ्यालबाट झल्याक झुलुक्क देखिन्थे । हिमाल हेर्न पाइने रहरले मन गद्गद् भएको थियो ।

DSC01785

धेरै पहिलेको कुरो हो, सानोछंदा तीनथाना देखि लगनखेल ,हात्तिबन, सुनाकोठी, चापागाउं भाड०गाको बनहुंदै लेले (सरस्वतीकुन्ड) नजिक ठुलोआमाको घर थियो । हिंडेरै धेरै पटक पुगेको कुरा याद आयो । त्यतिबेला अहिलेजस्तो यातायातको कुनै सुविधा थिएन । चापागाउं उता कटेपछि भाड०गाको बन नकटुन्जेल निकै डर हुन्थ्यो । माइत घर गर्ने चेलीको धेरै पटक गहना लुटेराहरुले लुटेका थिए । सहर आउने जानेलाई लुट्ने कुट्ने काम हुन्थ्यो । मुटु कमाउंदै चापागाउंबाट उता भन्ज्याड० नपुग्दा सम्म मेरो मन थर..ररर कांप्थ्यो । बाटोमा हिंड्ने मानिस फाट्फुट् मात्र देखिन्थे । आज त दोहोरो गाडी चल्छ । सडकका दायां बायां घर बनेका छन् । टिकाभैरब ,सरस्वतीकुन्डसम्मै बसको व्यवस्था छ । त्यो समयको र अहिलेको तुलनै हुंदैन । टिकाभैरब, लेले त्यतिबेला दुर दराजको ठाउं थियो । पुरादिन लगाएर बास बस्नेगरी हिंड्नु पथ्र्यो । आज दिनको बाटो छिनको भएको छ । यस अर्थमा कछुवा गतिमा भए पनि बिकासले फड्को मारैकै छ ।

DSC01791

हाम्रो बा आमाको पुस्ताले ज्यादै दुख भोग्नु भयो । नयां प्रविधिका चमत्कार थोरैमात्र देख्नु भयो , त्यसलाई राम्ररी भोग्न पाउनु भएन । हामीभने ठीकै समयमा जन्मेछौंकि जस्तो लाग्छ । पुराना पुस्ताको दुख देख्यौ, केही दुख हामीले पनि भोग्यौं । साथै अहिलेको नयां नयां प्रबिधिका चमत्कार पनि देख्न सुन्न पाइरहेका छौं । तर अहिलेका पुस्ता अर्थात हाम्रा छोराहरुले हिजोको दुख पिडा हन्डरको बिलोसम्म देखे होलान् । तर नातीका पुस्तालाई भने अघिल्लो पुस्ताका कुराहरु कथा भएको छ । अहिलेको पुस्ताभने नया प्रविधिसग गर्भैदेखि नजिक रहेका छन् । त्यसैले जन्मने बित्तिकै हरेक कुरा उनीहरुको नैसर्गिक अधिकार जस्तो भएको छ । तर देश यहांसम्म आउन अनि अघिल्लो पुस्ताले गरेको दुख व्यथा हन्डर उनीहरुका लागि कल्पनाभन्दा बाहिरको कुरो भएको छ । यसर्थ हामी भाग्यमानी पुस्ता जस्तो लाग्छ । किन भने हामीले हाम्रा बाबु आमाले भोगेको दुख, हन्डर देख्यौ र आजको प्रबिधिको फड्को मराइसंग नजिक हुन पायौ । त्यतिमात्र हैन छोरा र नाती पुस्ताले आज भोगेका केही सुख सुविधकाका क्षणहरु संग तुलना गर्न सक्यौं । हुन त आजका नयां पिंढीहरुले पनि भोलीको पिंढीले भोगेका कुराहरु देखेर आफु अघिका पिंढीहरुलाई यसै भन्लान् । कि कसो ?
DSC01716
टिका भैरब मन्दिरनगै सिधाजाने बाटाे गए लेले सरस्वतीकुन्ड पुगिन्छ । यहीबाटाेबाट ललितपुर जिल्लाका अति दुर्गम गाउं गिम्दी,अासराङ,मानेखेल, ठुला दुर्लुङ, गाेटीखेल,अादि ठाउंमा पुगिन्छ । सरस्वतीकुन्ड भने यहांबाट ३ किमि दूरीमा छ ।   तर हामी टिकाभैरब मन्दिरजाने बाटाेकाे पुलहुंदै थाेरै उकालाे पछि टिकाभैरब बजार पुग्याै । खाेलाकाे बगरमा ठूलाे ढुंगाकाे मूर्तिकाे रूपमा महादेबकाे रिसाहा रूप टीकाभैरब रहेका छन् । टीकाभैरब लेले गाबिसकाे वडा नं. ८ मा पर्छ । बजारबाट पश्चिमतर्फ गएकाे बाटाे देबीचाैर र घुसेल गाबिस जाने बाटाे हाे । देबीचाैर गाबिस अाफैमा एउटा एेतिहासिक र धार्मिक परम्परासंग जाेडीएकाे ठाउं हाे । राताे मत्स्येन्द्रनाथकाे नयां रथकाे घमा ( रथकाे अगाडीकाे बांगाेभाग ) बनाउ लगनखेल देखि झन्डै ३० किलाेमिटर पर रहेकाे यही देबीचाैर गाबिसकेा काफलबाेट गाउंकाे छम्पी जंगलबाट ल्याइने परम्परा रहेकाे कुरा पनि जानकारी गराउंछु ।यता नलागी हामी भने  बजारबाट पूर्वतर्फकोे नेपालकै दोस्रो राजमार्ग कान्तिराजमार्ग हुंदै बिर्खेधारा पुग्यौ । कान्तिराजमार्ग नेपालकै पुरानो राजमार्ग हो । तर बिभिन्न कारणले छांयामा पर्दा आजसम्म पनि यसले गतिलिन सकेको छैन । बिर्खेधारांबाट ३ किमि पूर्व  झन्डै २३ मिटर उचाइमा रहेकाे दलचोकिमा प्रकृतिप्रेमी समुहको निरोगधाम बन्दै छ । बन्न लागेको धाममा अहिले सहयोग गर्न सके पछि दुख वा सुखमा पनि आश्रय लिने थलो बनाउन सकिन्छ । बिर्खेधारा नजिक ६ वटा बस तांतिलागेर रोकिए । निलो टोपीधारी दुईसय पैंतिस जनाको परेड यहीबाट सुरुभयो ।
DSC01717
यहांबाट तीनपाने भन्ज्याड०ग तीन किमि रहेछ ,१० बजे पुगियो । याे राजमार्गबाट हामी मकवानपुर गढीहुंदै हेटाैंडा पुग्न सकिन्छ ।  राजमार्गमा केही मोटर साइकल र दुध ल्याउने मानिसले खचाखच भरिएको गाडी भेटिएका थिए । तिनपाने भन्ज्याड०बाट  पूर्बतर्फ  दलचोकी गाविस , दक्षिण पश्चिम तर्फ भटृेडांडा र उत्तर पश्चिमतर्फ देबीचाैर गाबिस पर्दाे रहेछ । याे भन्ज्याङ तीन गाबिसकाे सिमाना रहेछ । उपत्यकाकाे चार भन्ज्याङमा पूर्बमा रहेकाे सांगा भन्ज्याङ, पश्चिममा रहेकाे बाडभन्ज्याङ, उत्तरकाे गुर्रजाे भन्ज्याङ र दक्षिणमा रहेकाे याे तीनपाने भन्ज्याङभित्रलार्इ उपत्यका भनिन्छ । यहीबाट दलचोकी गाबिसको खोर्सानीबारी अति मनमोहक देखिंदो रहेछ । बारीमा पहेंलपुर सुनफुलेका थिए । चिटिक्क परेका घरहरु सुनफुलेका बारीका पहरेदार जस्ता देखिन्थे । फोटो खिचिरहुं जस्तो लाग्ने । दक्षिण पश्चिम फर्केको खोर्सानीबारीको पाखो बिहानीको घामका किरणले मगमगाई रहे जस्तो लाग्थ्यो ।

DSC01769

तीनपाने भन्ज्याड०गमा रहेको टिनको छानो भएको पुरानो घरको अगाडी आफनो स्वास्थ्य् आफनै हातमा भन्ने नारालाई सार्थक पार्न हिंडेको टोली एकछिन सुस्तायो । रसिलो सुन्तला खायौंं । फोटो खिच्यौ ।
DSC01730
सुनाकोठी देखिनै हामीलाई  हेरेर हांसीरहेको हिमाल यहांबाट हेर्दा भने उपत्यकाको शिरको टोपी भएर बसेको देखियो । हिमाल हेर्न इच्छा हुनेहरुले धेरै टाढा जानु पर्ने रहेनछ , यो सडक राम्रो भै दिने हो भने पर्यटकहरुलाई तांति लाउन सकिन्छ । ललितपुरबाट यति नजिक आएर हिमाल र उपत्यका छर्लड०ग देख्न पाइदो रहेछ ।
DSC01737
सातदोबाटोबाट २३ किमि पर रहेको भटृेडांडा पुग्न हामी बिर्खेधारासम्म १६ किमि बसमा आयौ । तीन किमि हिंडेर तीनपाने भन्ज्याड० पुग्यौ । २३ सय मिटरको हाइटमा रहेको भटृेडाडांको थाप्लोमा पुग्न ३ किमि को उचाइ चढ्नु पर्ने रहेछ । तीनपाने भन्ज्याड०गबाट बिस्तारै तेस्रो तेस्रो उकालो लाग्यौ ।
DSC01739
पारीपटिृ गाेटिखेलमा पर्ने कालेश्वर महादेबको मन्दिर रहेको डाडा त्यै हो भनेर कसैले देखाइ रहनु भएको थियो । मैले झटृ संझे प्याङगाउं । धेरै पहिला प्याङगाउंका साथीले भनेकाे याद अायाे। कालेश्वर महादेब रहेकाे  डांडालार्इ सकुन्दा पर्बत भनिन्छ । यही पर्बतकाे चुचुराेमा कालेश्वर महादेब रहेका छन् । प्याङगाउंबासीले उक्त महादेबलार्इ अाफनाे कुलदेबताका रूपमा मान्ने गर्दछन् । त्याे दुर्गम ठाउंमा रहेकाे कालेश्वरमा अहिलेसम्म उनीहरूलेनै पाटीपाैवा र मन्दिरकाे जिर्णाेद्धार गरेका छन् रे । धार्मिक कथनअनुसार स्वस्थानीमा वर्णन गरे अनुसार कालेश्वर ६४ ज्यार्तिलिङगमध्ये एक हाे भनिन्छ । प्याङगाउंबासी सबै चैत्र पूर्णिमाकाे अघिल्लाे दिन कालेश्वर पुग्ने गर्छन् , भाद्र पूर्णिमाका दिन कालेश्वरकाे मूर्तिलार्इ खटमा राखि सिन्दुरजात्रा गरेर मनाउने चलन रहेकाे उनले बताएका थिए ।

DSC01747

सडक नजिकै रहेको तोरिबारीको सानोगाउं र सात कन्या मन्दिरलाई हेर्दै हामी उकालो लाग्यौ । निलो टोपीधारीको तांती हेर्न आमाहरु आफना नानीहरुलाई बोकेर घरका आंगनबाट हेरी रहनु भएको थियो ।
DSC01761
घांस दाउरा गर्ने सानो गोरेटो उकालो बाटो हामी सहरियाहरुलाई हाराभारा खेलाउने थियोे । तर जति माथि चढ्यो पहेलै सुनफलेका गाउं बस्ती, डांडामा रहेका नागबेली बाटाहरु देख्दा उकालीको थकान पनि बिर्साउन खोज्ने थिए । यो उकालो बाटो स्थानीय जनताले घांस दाउरा गर्ने बाटो रहेछ । घांसकोे भारी बोकेर आमा नानीहरु आनन्दले ओर्लिरहेका थिए । हामी भने स्यांस्या र फयांफयां गर्दै उक्लिरहेका थियौं ।
DSC01764
DSC01765
हाइकिंगमा यस पटक म अगाडीनै थिए डा.उमेशज्यूसंगसंगै । अगाडी हिंड्दाको फाइदा यसपटक लिए । उकालोको बीचतिर पानी ब्रेक भयो । हिमाल र वरीपरी देखिने रमाइला दृश्यहरुलाई आ आफना क्यामरामा कैद गर्दै, निकैबेर सुस्ताएर हिंड्ने समयसम्म पनि पछि पर्नेहरुको लस्कर आइपुगेको थिएन । उनीहरुका लागि हामीहरु नसुस्ताइकनै हिंडिरहेको जस्तो लाग्दो रहेछ । त्यसैले पछाडी रहनु भन्दा अगाडी रहनु नै उत्तम लाग्यो ।
DSC01745
यहांबाट करिब १०० मिटर उचाइ पार गरेपछि हामी भटृेडांडाको थाप्लोमा पुग्ने रहेछौं । केही माथि पुगेपछि एकजनाले हामीभन्दा झन्डै ३० मिटर तल रहेको डाडंो देखाउंदै पाकिस्तानी प्लेन ठोकिएको डांडो त्यही हो भनेर चिनाउनु भयो । त्यो देखेर ताजुबै लाग्यो । पाकिस्तानी एयरलाइन्स २०५० सालतिर यति तलको डाडांमा ठोक्किएर धेरैको ज्यान गएको थियो ।
DSC01770
भटृेडाडांको थाप्लोमा पुगेपछि हामी सबै आहा हिमाल, आहा हिमाल भन्दै हिमाललाई पृष्ठभागमा राखेर फोटो खिच्न सबै हतारिएका थिए । अरुजस्तै हामीले पनि हिमालभन्दा माथि रहेर फोटो खिचायौं । भटृेडांडाको थाप्लोसंगै हवाइजहाजका लागि राडर टावर बन्दै रहेछ । पहिले त्यहां सानो टावर रहेछ त्यसलाई हटाएर अहिले ठूलै टावर बनाउन फाउन्डेसनको काम भै रहेको रहेछ । टावरमा आउन अहिले तिनपाने भन्ज्याड०बाट सिधै गाडीमा आउन सक्ने राम्रो बाटो बनेको रहेछ । गाडी हुनेहरुलाई अहिले भटृेडाडांको थाप्लोसम्म पुग्न सहज भएछ ।
DSC01824
भटृेडाडांको थाप्लोमा डेढ दुइसय मानिस बस्न सक्ने सम्म परेको ठाउं रहेछ । रातिको क्याम्प राखेर बस्न मिल्ने रहेछ । पिकनिक थलो बनाउन मिल्ने रहेछ । हामीले यही तीनबराबर खाना खायौं । ला (मासु ) बिनाको समयाबजी अन्न, उसिनेकोे साग, हरियो तरकारी र कांचो सलाद बराबर खायौ । जुन खानाले हाम्रो जीउ भारी भएन , हलुका भयो । टन्न अघाउन पनि अघायौं । खाना पछि सधैझै नयासाथीको स्वागत अनि नाचगान गरेर ३.३० बजे नयांबनेको मोटरबाटो भएर तीनपाने भन्ज्याड०ग ओर्लियौ ।
DSC01727
४.१५ मा बसमा हुइकिंदै सुनाकोठी आइपुग्दा बाटोमा मापसे चेकमा केही बेर अल्मलिनु परे पनि प्रकृतिप्रेमी समुहको कार्यालय अगाडी ५.३० तिर ओर्लियौं ।
DSC01772
एकदिने हाइकिड० गर्न मनपराउनु हुन्छ भने टिकाभैरब सम्म बिहानै बसमा जानुस् । एक्लै होइन दुइजनाभन्दा माथी । टिकाभैरबबाट बिर्खेधारा हुंदै तीनपाने भन्ज्याड०ग पुग्नुस् । अनि तीनपाने भन्ज्याड०बाट सातकन्या मन्दिर नजिक पुगेर उकालो लाग्नुस् भटृेडाडांको थाप्लोमा पुग्नु हुन्छ । मन अघाउन्जेल हिमाल हेर्नुस , चारैतिरको मनमोहक गाउं र पहाड हेर्न सक्नु हुन्छ । गुरांस फुल्ने समयमा पुग्नुभयो भन लटरम्म फुलेको गुरांससंग रमाउन सक्नु हुन्छ । हामी त प्रकृतिप्रेमी समुहको हरेक महिनाको चौथो हप्ता हुने हाइकिंड०मा समावेश भएर त्यहां पुगेका थियौ ।
DSC01818
जय व्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: