गोदावरी देखि पनौतीसम्म


DSC02279कुरो पदयात्रा ( हाइकिंग) कै हो । प्रकृतिप्रेमी समुहको ९६ औं पदयात्राको सूचना फेसबुकबाट आउंदा यो पटकको यात्रा केही कठिन होला भन्ने जानकारी त पहिलेनै थाहा पाइएकै हो । बास्तबमै अहिलेसम्म भएका पदयात्रा भन्दा यो रोचक लाग्यो । एकदिने छोटो पदयात्रामा विविध भौगोलिक अवस्थाको स्वाद लिन पाइयो । लामो उकाली ओराली र हरियाली जंगलभित्र रमाउंदै चराचुरुंगीका मधुर रस स्वादन गर्दे, खल्खल्ती पसिना बगाउंदै रमाउन पाइयो हाम्राे शरीरमा भएका विकार पसिना मार्फत बाहिर निकाल्न हाइकिङ पनि एउटा गतिलाे माध्यम हाे । पदयात्रा रुचाउनेहरुका लागि उपत्यकाभित्रै प्रसस्तै अति रमाइला स्थान रहेछन् । पर्यटकिय हिसावले यसलाई बिकास गर्ने, सुरक्षा दिने हो भने आन्तरिक र बाह्य पर्यटक भुल्ने ठाउं प्रसस्तै रहेको कुरा प्रकृतिप्रेमी समुहसंग पछि लाग्दा थाहा पाइयो ।

DSC02243पौने आठबजे गुडेको गाडी झन्डै आठ तीस तिर गोदावरीकुन्ड पुग्यो । आज १८० जना निला टोपीधारी सहभागी थिए । सदा झैं यात्रा’bout डा.उमेश श्रेष्ठज्यूले संक्षिप्त जानकारी गराउदैे ,आनन्दसंग हिंड्न आग्रह गर्नु भयो । शान्तिसंग हिंड्दा आनन्द गुम्नसक्छ त्यसैले आनन्दसंग हिंड्न अनुरोध गर्नु भयो । बास्तबमा जीवनलाई आनन्दसंग चलाउन सक्नुनै सार्थक जीवन हो ।

DSC02222यस पटकको रुट ललितपुरको गोदावरीकुण्ड, पिकनिक स्पटबाट, काभ्रेजिल्लाको र्याले गाबिसको लठ्ठा भन्ज्याड०, भकारीचौरहुंदै कुसादेबीको सोल्थुम भन्ज्याड० ,पैयन भन्ज्याड०,परखेचौर हुंदै कुसादेबी बजार ( पनौतीजाने बाटो ) काभ्रे सम्मको थियो । १६ किलोमिटर पदयात्रा क्रममा हामी २७ सय ८४ मिटर उचाइको फुलचोकीको काख २५ सय मिटरसम्म पुगेर ओरालो लाग्दा फुलचोकी हाम्रो सिरको टोपीजस्तो देखिएको थियो ।

DSC02224फुलचोकी पुग्न गोदावरी नौधाराबाट, हामी हिंडेको यो बाटोबाट यसअलवा कुसादेबी बजारबाट र उता लेलेमा भएकाे मनकामना मन्दिरबाट फुलचाेकीसम्म सिंढी बनाइएकाे छ । झन्डैै ६१ सय सिंढी चढेर ४ घटामा पुग्न सकिने रहेछ । यसअलवा अन्य बिभिन्न बाटाहरु पनि  हाेलान्। चन्द्रागिरीको डांडाबाट सुरु भएको ढुंगे सिंढी फुलचोकी हुंदै यहांसम्मै लर्को लागेको रहेछ । यो कामको थालनी पर्यटन विकासबोर्डले गरेको रहेछ । कुसादेबीका केही प्रकृतिप्रेमी र यस क्षेत्रको पर्यटकिय हिसावले बिकास होस् भन्ने चाहने साथीहरु यस काममा निरन्तर लागि रहनु भएको कुरा थाहा पाइयो । यसरी लागि रहने मध्यको एकजना कुसादेबीका पुरुषोत्तम अधिकारी पनि हुनु हुंदो रहेछ , वहां यसदिन हाम्रै अगुवाइमा हुनुहुन्थ्यो । क्याप्टेन रामेश्वर थापाको अध्यक्षतामा बिहावर सरोकार समाज गठन भएको रहेछ । पनौती देखि लांकुरी भन्ज्याड० सम्मको जंगलयरियालाई बिहावर भनेर चिनिने रहेछ । पहिले पहिले सिन्धुलीबाट काठमाडौं आउंदा यही बिहावर क्षेत्र भएर आउनु पर्ने कुरा पनि वहांले बताउनु भयो । अहिले गरिरहेको कामलाई कुसादेबीसम्म बिस्तार गर्न खोजिरहनु भएको रहेछ ।

DSC02228गोदवरी कुन्ड नपुग्दै आउने सडकबाट पूर्वतर्फको बाटोबाट हामी उक्लदै उक्लंदै करिब १७ सय मिटरको उचाइमा रहेको लठ्ठा भन्ज्याड० ( काभ्रे ) मा पुग्दा दश बजेको थियो । यहां दोस्रो पटक सुस्तायौ । यहां कसैले पानी कसैले स्याउन ब्रेक लिए । यहांबाट फुलचोकी पुग्न अझै तीनघंटा जति लाग्ने रहेछ । यहां ट्रउट माछा पनि पाइदो रहेछ ,प्रतिकिलो ९ सय भन्थे । बोका चाहिए पनि छ पसलका साहुजि भन्थे । भन्ज्याड०मा एउटै मात्र पसल रहेछ । दुइ चारवटा घरहरु थिए । तामाड०बस्ती भएकाले मन्त्र लेखिएका ध्वजा फहराइ रहेका थिए ।

DSC02256

काठमाडौं उपत्यकाको दक्षिण पश्चिमभेग र सेता हिमाल टल्की रहेका देखिन्थे । यहांबाट करिब डेढ घंटामा हामी काभ्रे कुसादेबीको भकारीथोक पुग्यो । यो २१ सय मिटरको हारहारीमा रहेछ । भकारीचौर बास्तबमै भकारी जस्तै रहेछ । चारैतिर डांडा बिचमा सम्म परेको गहिरो ठाउं । यस्लाई देख्दा उपत्यकाको समस्याको रुपमा रहेको फोहरलाई डम्प गर्न सकिने जस्तो लाग्यो । खेल खेल्नका लागि प्रकृतिले दिएको स्टेडियम जस्तो लाग्यो । यही हामीले प्रकृतिप्रेमी समुहको तीनबराबर खाना खायौं । प्रकृतिप्रेमी समुहले तैयार पारेको यो तीनबराबर खानालाई जहांगए पनि व्यवहारमा उतार्न सकिने हो भने हामी स्वस्थ्य रहन धेरै भरथेग गर्छ । खानपिन पछि अन्तरक्रिया र नाचगान भयो ।

DSC02296कंचनथापाले दलचोकी गाबिस ठूलोडोल भन्ज्याड०मा बन्नलागेको निरोग आनन्दधामको लागि एकलाख पचास हाजर सहयोग गर्नु भयो । त्यस्तै अरु केहीले पन्द्रहाजारका दरले सहयोग गर्नु भयो । न्युनतम १५ हजार सहयोग गरे निरोग आनन्दधाममा हरेक बर्ष एक दिन एक रात निशुल्क खान बस्न पाइने सुविधा आजिवन दिइने रहेछ । एकमुष्ठ १ लाख सहयोग गरे हरेक बर्ष सातदिन सात रात निशुल्क आजीवन सहभागी हुने सुविधा दिने गरी मिलाइएको छ ।

DSC02272एकजना बहिनीले संस्थाकोे सदस्य बनी सेवालिएर ८ महिनामा २० केजी घटाएको कुरा राख्नु भयो । वहां संगित सिकाउनु हुंदो रहेछ । प्रकृतिप्रेमी समुहमा लागेपछि आफुले पाएको नयां स्वस्थ्य जीवन’bout आफैले रचेको गीत सुरिलो मिठो स्वरमा सुनाउनु भयो ।

DSC02290फुलचोकी एरियाको जंगललाई क्लाउड फरेस्टी पनि भनिदों रहेछ । अर्थात यहांको जंगलले वादल बनाउने र पानी पार्नमा सहयोग पुराउने रहेछ । यहां ३०० किसिमका पुतली भेटिएका छन् रे । २०० प्रकारका चराचुरुड०गी ,एकसय भन्दा वढी प्रकारका जडीबुटी पाइने रहेछ । जंगलमा तीन चारसय बर्षका पुराना रुखहरु पनि प्रसस्तै छन् भन्ने कुरा उनै पुरुषोत्तमजीबाट थाहा पाइयोे ।

DSC02301पौने दुइबजे भकारी चौरबाट हिंडेको हामी करिब सांढे पाच बजेतिर कुसादेबी नयांगाउं पुग्यौ । भकारीचाैरबाट घना जंगलकाे सानाे बाटाेमा लामबद्ध भएर हिडेका थियाै । बाटाे ठाडै उकालाे थियाे । एक्लै दुक्लै हिंड्न डरलाग्दाे थियाे । कतिपय ठाडाे उकालाेमा ढुंगाका सिंढी थिए ।

DSC02303

भकारीचौरमै सबैका हात हातमा लालिगुंरास परिसकेका थिए। फुलचोकीबाट ओर्लने ढुंगाका सिंढी हुंदै आउंदा हामीले ढकमक्क फुलेको लालीगुरांसको जंगल देख्दा सबैको मन त्यसै त्यसै चुलबुल भएको थियो । हिंड्दाका सबै थकाई विर्सेर लालिगुंरास हेरेर बसी रहुं जस्तो लाग्ने बनपाखा । लालिगुरांसका रुखसंग दाजिएर फोटो खिचाउन सबै तंछाड मछाडमा थिए । कोही हातमा लिएर, कोही कपालमा सिउरेर ,कोही रुखका फेदमा बसेर, कोही ढकमक्क फुलेको गुंरासको बोटलाई पृष्ठभागमा राखेर । धुंवा धुलो कुनै प्रदुषणले नछोएको भएर होला लालिगुंरासका फूलहरु यति चमकदार र मनलोभ्याउने थिए । तिनले बननै लालिमय पारेका थिए ।

DSC02309

कुसादेबी गाउं भेटिएपछि भने मानिस देखिन थाले । तोरीबारी र मुलाबारीमा फुलेका फुल र सुन्तलाका बोटले मन छोएको थिए । माथिबाट देखिने पनौती बजार र फांटभरी आलुका हरिया उकेरा लगाएका ड्याड० हेरिरहुं जस्ता थिए । कुसादेबी बजारमा पर्खेर बसेको ६ वटा बस ६ बजेतिर आउन थालेको लर्कनलाई झन्डै सांढे ६ बजे सम्म पर्खेर पनौती बजारको फेरो मार्दै बनेपा भएर प्रकृतिप्रेमी समुह, सातदोबाटोतिर हुइकियो ।

DSC02258

कुसादेबीबजारबाट नयां खुलेको कच्चि सडकबाट ग्वार्खु २४ किलोमिटर रहेछ । यहीबाट पनौती भएर जादां ३८ किलोमिटर रहेछ । रात परिसकेकोले होला वसहरु लामो बाटो भए पनि सुरक्षित पनौती बजार भएरै फर्किएकाे देख्दा व्यवस्थापनको राम्रो पक्ष जस्तो लाग्यो ।

DSC02305

सधैझै महिनाको चौथो सनिबार फागुन महिनाको पनि रमाइलोसंग बित्यो । थुप्रै साथीभाइसंग आत्मीयता साटासाट गर्न पाइयो । आफनै वरीपरी रहेका भौगोलिक अवस्था’bout अनभिज्ञ हामीमा थोरै ज्ञान थपियोे । अरु रुट जस्तो यो पुरै रुटमा समुह नभै पदयात्रागर्न नसकिने रहेछ । गोदावरीबाट लठ्ठा भन्ज्याड०ग वा भकारीचौर सम्म पुग्न सकिन्छ । कुसादेबीबाट फुलचोकीको काखसम्म पदयात्रा गर्न सकिन्छ । तपाइपनि उपत्यकाको सेरोफेरोको जानकारी बढाउन चाहनु हुन्छ भने प्रकृतिप्रेमी समुह, सातदोवाटोमा सम्पर्क गर्नुस अनि अर्को पटक संगै यात्रा गरौला । जय ब्लग ।

DSC02277

One Response to “गोदावरी देखि पनौतीसम्म”

  1. Rajendra Bhandari Says:

    Dai, I like very much article. Keep it up!

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )


%d bloggers like this: