बिनाशकारी महाभूकम्प २०७२ (१)


बिनाशकारी महाभूकम्प २०७२ (१) DSC02707 २०७२ साल बैशाख १२ गते शनिबार बिहान ११.५६ बजे गोरखालाई केन्द्र बनाएर अाएकाे ७.६ रेक्टर स्केलको भूकम्पले ठूलो मानबीय तथा भौतिक क्षति बनायो । अनुमानै गर्न नसक्ने भौतिक क्षति, अकल्पनीय मानबीय क्षति देख्नु पर्यो । १९९० सालको भूकम्पको कहालीलाग्दो बृतान्त सुन्दै आएको पुस्ताले आफनै अगाडी भूकम्पको तान्डबनृत्य देख्नु पर्यो । भूक्म्पले लिच्छबि र मल्लकालिन ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण सहर काठमाडौं, भक्तपुर र पाटन क्षेत्र पनि यस्को चपेटाबाट बाहिर पर्न सकेन । पुर्खाको परिश्रम र पसिनाले निर्माण भएको हाम्रो पहिचान, गौरब गर्न योग्य हाम्रा सम्पदा  धेरै जसाे ध्वस्त भए । बिश्वसम्पदा सूचीमा रहेका दरबार, मन्दिर ,ऐतिहासिक सम्पदा र सत्तल लगायत थुप्रै कुरा क्षतबिक्षेत हुनपुगे । काठमाडौंमा रहेका काष्ठमण्डप, धरहरादेखि बसन्तपुर दरबार स्क्वायर र पाटन तथा भक्तपुर दरबार स्क्वायरका पुरातात्विक सम्पदा, अन्य मन्दिरहरु एकैछिनको बिनाशकारी भूकम्पले क्षतबिक्षत हुन पुगे । DSC02628 नेपालको इतिहासमा आजभन्दा ८२ बर्ष अगाडी यस्तै ठूलो बिपत्ति आएको थियो । अहिले फेरी त्यही बिपत्ति दोहोरिएको छ , अझ भयंकर रुद्र भएर । बि.सं. १९९० साल माघ २ गते दिनको २ बजेर २४ मिनेटजांदा आएको महाभूकम्पले बिनाशपारेको कथा भुक्तभोगीहरुले सुनाउंथे । अहिले त्यस्तै अर्को बिनाशकारी महाभूकम्पको कथा फेरी यो पुस्ताले कतिसम्म सुनाउने हो थाहा छैन । यसपटक काठमाडौंबाट ८० किलोमिटर उत्तर पश्चिम गाेरखा सदरमुकामबाट ५२ किमि टाढा गाेरखा र लमजुड०को सीमा समुन्द्रसतहबाट १९१० मिटर उचार्इमा रहेकाे बारपाकलाई ( इपिसेन्टर ) केन्द्र बिन्दु बनाएर करिब १ मिनेट आएको महाभूकम्पले क्षतबिक्षत बनायाे । यस अघि बि.सं. १९९०( सन् १९३४ ) सालमा संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर आएको ८.२ स्केलको महाभूकम्पले ८ हजार ५ सय १९ ( महिला ४ हजार ६ सय ६९, पुरुष ३ हाजार ८ सय पचास ) जनाको ज्यान लिएको थियो । काठमाडौंमा मात्र करीब ४ हजार ५ सय ( पुरुष १ हजार ९५२,महिला २ हजार २९६ ) जनाले भूकम्पका कारण ज्यान गुमाएका थिए । ९० सालको भूकम्पजांदा काठमाडौं उपत्यकाको जनसंख्या करिब २ लाख थियो हाेला । अहिले करिब ३५ लाख छ । त्यससमयमा मुलुकभर १२ हजार ३ सय ९७ घर पूर्ण रुपमा ध्वस्त र ४३ हजार ३ सय ४२ घर क्षतिग्रसत भए । अहिलेसम्म नेपालको इतिहासमा यो नै सबैभन्दा ठूलो भूकम्प हो । तर क्षतिको हिसाबले २०७२ को भूकम्प झनै बिनासकारी देखिएको छ । यससंगै समयले फड्को मारेको रोचक प्रसंग पनि हामी जोड्न सक्छौं । १९९० सालको महाभूकम्पमा तत्कालिन श्री ३ प्रधानमन्त्री जुद्धशमशेर शिकार खेल्न बर्दियाको बगेडी शिकारी क्याम्पमा थिए । विपत्तिको सूचना पाएर काठमाडौं आइपुग्न उनलाई २० दिन लागेको थियो भने यसपटकको महाभूकम्पको समयमा प्रधानमन्त्री सुशील कोईराला इण्डोनेसियाबाट थाइल्याण्डतिर उडिरहेका भए पनि भोलिपल्टै काठमाडौं आइपुगे । DSC02614 त्यसो त २०४५ सालको भदौ ५ गते बिहान पौने पांच बजे आएको ६.७ रेक्टर स्केलको भूकम्पले पनि ठूलै बिनाश नगरेको होइन । उदयपुरस्थित मुर्कुचीलाई केन्द्रबिन्दु बनाएर आएको झन्डै ४० सेकेन्डकाे त्यो भूकम्पले करिब ७ सय ५० जनाको ज्यान लिएकोे थियो । २०६८ साल आश्विन १ गते बेलुका ६.२५ बजे ६.८ रेक्टरस्केलको भूकम्प आयो , जसको केन्द्र काठमाडौंबाट २७२ किमि पूर्व रहेको सिक्किम थियो । यो भूकम्पलाई त्यतिबेला ९० साल पछिको ठूलो मानिएको थियो । भूकम्पका कारण बेलायती राजदूताबासको पर्खाल भत्कदा तीन जनाको ज्यान लिएको थियो । त्यस्तै ०३७ मा बझाड०लाई केन्द्रबिन्दु बनाएर आएको ६.५ को भूकम्पले पनि ९ सय पांचजनाको ज्यान लिएको र १ लाख ४० हजार ९ सय ९३ घर भत्किएका थिए । DSC02649 बिनासकारी भूकम्प संधै उस्तै उस्तै हुंदो रहेछ पहिले जस्तै यसपटक पनि एकै दिनमा कयौं पटक आएका भूकम्पका धक्काले मानिसलाई त्रस्त पारेको थियो । बरिष्ठ भूगर्भबिद डा. सोमनाथ सापकोटाको अनुसार भूकम्प आएको पहिलोदिन शनिबार बेलुकी सात वजेसम्म ५२ पटक भूकम्प गएको थियो । ५ रेक्टर स्केल भन्दा ठूला २० र अरु सो भन्दा साना भूकम्प गएको थियो । स साना त गन्नै नसकिने असंख्य थिए ।नेपालमा अाएका महाभूकम्प र त्यस पछि अाउने परकम्पन सम्वन्धी यथार्थ कुराहरू  लेखिएका पाइदैन । बिज्ञानले भूकम्प पछि परकम्पन जान्छ त भनेकाे छ तर कति समयसम्म भन्ने कुरा भन्न सकिदैन रहेछ । १९९० मा महाभूकम्प पछि कति समय परकम्पन भयाे त यस’bout पनि अाधिकारीक तथ्य कतै पाइदैन । कम्तीमा तीन महिनासम्म परकम्पन अाएकाे कुरा गाेरखापत्र ( ११ बैशाख १९९१ ) ले लेखेकाे पाइयाे । जसमा  लेखिएकाे छ अझसम्म नेपालमा कहिले कांहि अलि अलि भुइंचालाे जांदैछ , यसमा सर्बसाधारणले अात्तिनु पर्ने कुरा केही छैन ।

नेपालमा रेकर्ड गरिएका भूकम्पमध्ये बि.सं १३१० काे पहिलो बिनासकारी भूकम्प मानिन्छ । सो भूकम्प असार शुक्ल तृतीया तिथी सोमाबारका दिन करीब ७.७ रेक्टर स्केलको थियो । भूकम्पमा राजा अभय मल्लको निधन भएको थियो । सो भूकम्पमा काठमाडौंका एकतिहाई मानिसको मृत्यु भएको ठानिन्छ । त्यसबेला काठमाडौंका स्थानीय बासिन्दाले १५ दिन देखी एक महिनासम्म सहर छोड्न परेको थियो रे । इतिहासकार महेशराज पन्तकाे भनाइमा भने न्रेपालमा २४ डिसेम्वर १२२३ मा अाएकाे महाभूकम्प’bout गाेपाल राजबंशावलीमा उल्लेख रहेकाे कुरा बताउनु हुन्छ । यसाे हाे भने त नेपालमा ८०० बर्ष पहिले देखि भूकम्पकाे कुरा लेखिएकाे पाइयाे ।   त्यस्तै रेकर्ड गरिएका भूकम्पमध्ये बि.सं १३१६ सालको भूकम्प पनि बिनाशकारी नै थियो । भूकम्पको इतिहास हेर्दै जांदा बि.सं. १४६३ मा आएको बिनासकारी भूकम्पले पनि सयौं मानिसको ज्यान लिएको थियो । हजारौ घर भत्किनुका साथै अहिले ०७२ को भूकम्पले जस्तै त्यतिबेला पनि रातो मच्छिन्द्र्रनाथको मन्दिर लगायत अरु दर्जनौ मन्दिर ढलेका रहेछन् । बि.सं.१७३७ र १८६६ साल जेठ १० गते गएको भूकम्पबाट काठमाडौं र ललितपुरमा ठूलो मानबीय क्षती त भएन तर मठ मन्दिर भने प्रशस्तैमात्रामा क्षति भएको इतिहास पढ्न पाइन्छ । DSC02660 बि.सं. १८२४ असार १ गते गएको भूकम्पको एकै दिनमा २१ पटक र बि.सं. १८८० यमपन्चकका दिन आएको भूकम्पको एकैदिन १७ पटक भूकम्पको धक्का आएको थियो । बि.सं. १८९० सालको भदौ १२ गते सोमबार बेलुका करिब ६ बजेतिर आएको भूकम्पले काठमाडौंमा भएका दुई वटा धरहरा मध्ये एउटा पुरै ढलेको थियो भने अर्को भीमसेन थापाको घर अगाडि भएको धरहरा आधा भएको इतिहास छ । त्यो आधा भएको धरहराको इतिहास पछि पूर्ण हुन नसकि इतिहासमै सिमित रह्योे । १८९० असोज १० गते र १८९१ सालको असार र असोज महिनामा पनि अर्को दुइवटा ठूला भूकम्प गएको थियो । आजभन्दा ८२ बर्ष अगाडि अर्थात बि.सं. १९९० सालमा गएको महाभूकम्पले भने ठूलो धनजनको क्षति बनाउनुका साथै पुनः दोस्रो पटक १०८ बर्षअघि भीमसेन थापाले बनाएको ११ तले धरहरा चौथौ तलामाथिबाट भांचिएको थियो । १९९२ मा पुनः निर्माण भएको काठमाडौको पहिचानको रुपमा उभिएको धरहरा ०७२ को महाभूकम्पले तेस्रो पटक फेदैबाट टुक्रा टुक्रा पारेर भैंमै ढालिदियो । यसपटक ढल्दा आफुमात्र ढलेन भनिन्छ एक सय पचपन्न जनाको ज्यान समेत लियो । धरहरा तत्कालिन राजेन्द्रबिक्रम शाहकी बज्यै ललित त्रिपुरासुन्दरीदेबीको स्मृतिमा तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले बि.सं. १८८२ मा बनाएका थिए । ००७ साल अघिसम्म धरहराको टुप्पोबाट बिगुल फुकेर सूचनाकाे जानकारी गराउने प्रचलन थियो रे । इतिहासकार तुलसीराम बैद्यले भनेका छन् ००७ सालमा तत्कालीन युवराजा महेन्द्र बीरबिक्रम शाहकी पत्नी इन्द्रराज्यलक्ष्मी बितेपछि मध्यरातमा धरहराबाट बिगुल फुकिएको र त्यही सूचनाका आधारमा सरकारी हाकिम जंगीअड्डाका मानिस, कांठका सिपाइहरु कुदेर पुग्थे । ०४६ साल अघि प्रजाततन्त्र दिबसकादिन पनि धरहराकाे टुप्पाेबाट सेनाबाट बिगुल बजनाइने गरेका थियाे ।  धरहरासंगै १६० वर्षको इतिहास बोकेको नेपालकै पहिलो बिद्यालय दरबार हाइस्कुल, त्यही अगाडिको रानीपोखरी भित्रको मन्दिर पनि क्षतिग्रस्तनै भए । DSC02612 भूकम्प कसरी आउंछ किन आउंछ भन्ने ’boutमा डा. दिपक चम्लागांई लेख्छन्ः नेपालको हिमालय क्षेत्र पहिलेदेखि नै भूकम्पीय रुपमा जोखिमपूर्ण मानिदै आएको छ । बि.सं १३१० यता नेपालमा हालसम्म २१ वटा ठूला साना भूकम्प गएको देखिन्छ । यो भूकम्प २२ औं हो । इन्डियन प्लेट र तिब्बती प्लेट बीचको जब संघात ( कोलिजन ) हुन्छ, यो सन्चित इनर्जीमा सीधै असर गर्छ, र तलबाट प्लेट माथितिर ठेलिन्छ । यसरी प्लेट माथितिर ठेलिंदा इनर्जी थेग्न नसकेर रिलिज हुन्छ र भूकम्प आउंछ । तर यिनले अहिलेको भूकम्पलाइ महाभूकम्प मानेका छैनन् , यो महाबिध्वंशकारी भूकम्प भनेका छन् । बैज्ञानिक परिभाषामा आठ रेक्टर स्केलभन्दा माथिको भूकम्पलाई मात्र महाभूकम्प भनिन्छ । DSC02695 भूकम्प मापन केन्द्रका अधिकृत उमेशप्रसाद गौतमले भनेका छन् , यसपटकको भुकम्प जमिनको सतहबाट १५ देखि १८ मिटर गहिराइबाट आएको अनुमान छ । यसले १ सय २० देखि ३० किलोमिटर लामो दूरीसम्म प्रभाब पारेको छ । सामान्य जमिनको तह तीनवटा हुन्छन् । बैज्ञानिक भाषामा पहिलोलाई क्रस्ट , दोस्रो म्यान्टल र तेस्रो तहलाई कोर भनिन्छ । नेपालको सन्दर्भमा सतहदेखि ५५ मिटर गहिराइसम्मलाई क्रस्ट परिभाषित गरिएको छ । भूकम्पहरु क्रस्टमै जान्छन् । जमिनको जति माथिल्लो सतहमा प्लेटहरु भांचिन्छन् , दोब्रिन्छन् कम्पनको मात्र त्यति नै बढी महसुस हुन्छ । जस्तो यसपटकको भूकम्प पनि १५देखि १८ मिटरको साटो ३० मिटरभन्दा तलबाट आएको भए क्षति र कम्पनको मात्रा कम हुन सक्थ्यो । आज भूकम्प गएको १४ दिन बितिसकेको छ । आजै पनि बिहानदेखि सांझसम्म ५ रेक्टर र सो भन्दा मुनिका गरी ५ पटक भूकम्प गएको छ । अझै मानिसमा यसले त्रास बढाएको छ । भूकम्प बिज्ञहरु ठूलो भुंइचालो पछि सानो आउनु यसको नियतिनै हो भन्छन् । १४ औं दिन आएको खवर अनुसार ६ लाख ६९ हजार ७ सय ७५ जना बिस्थापित भएका छन् । २ लाख ८८ हजार ७ सय ९८ घर पूर्ण क्षतिग्रस्त भए भने २ लाख ५४ हजार ११२ घरमा आंशिक क्षति पुगेको तथ्याड०क बाहिर आएको छ । आजका दिन सम्म २ सय ६४ नेपाली र १११ बिदेशी नागरिक बेपत्ता छन् । मृत्यु हुनेहरुको संख्या करिब ८ हजार पुगेको छ ,यस्मा १७ जना बिदेशी परेका छन् । १६ हजार ३९० घाइते भएका छन् । रास्टि्य भूकम्प प्रबिधि समाजमा रहेकाे तथ्याङक अनुसार  नेपालमा भूकम्प बि.सं.१३१०, १३१६, १४६३, १७३७, १८६६, १८८०, १८९०, १८९१, १९९०, २०३१, २०३७, २०४५, २०५०, २०५१, २०५२, २०५४, २०५८, २०५९, २०६०, २०६८ मा  ठूला र महाभूकम्प  गए । अहिले २०७२ मा गएकाे २२ अाैं भूकम्प हाे । DSC02743 मृतकहरूप्रति हार्दिक श्रद्धान्जली, परिबारजनप्रति समबेदना, पिडितजनप्रति सहानुभूति व्यक्त गर्दछु । जय व्लग । स्रोतः गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नेपाल, हिमाल र आफनै डायरी ।

Advertisements

ट्यागहरु:

One Response to “बिनाशकारी महाभूकम्प २०७२ (१)”

  1. sunita Says:

    Ramro Leakh.gyan bardhak chha

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: