बिनाशकारी महाभूकम्प २०७२ (२)


DSC02744

इन्डियन प्लेट, तिब्बतियन (युरेसियन ) प्लेटमुनि छिरेको छ तर अघि जान सकेन । दुबै प्लेट आपसमा रगडिए । त्यसैले चटृानमा चाप पर्यो । त्यही कारण भूकम्प आयो । अहिले आएको पटक पटकको भूकम्प पराकम्पन हो । ठूलो भूकम्प पछिको कम्पन राम्रो हो । कुनै पनि भूकम्प गएपछि पराकम्पन एक डेढ महिनासम्म पनि हुन सक्छ । यो घट्दै जान्छ । यसले अर्को ठूलो भूकम्प जाने खतरा कम गर्छ । ९० सालकाे भूकम्पमा पनि ४ महिना अर्थात बैशाख सम्म भुइं हल्लिरहेकाे कुरा इतिहास बिद् ज्ञानमणि नेपालले अाफनाे पुस्तक  नेपालनिरूपणमा लेखेका छन् । त्यस्तै त्यतिबेला परकम्पबाट अात्तिएका जनतालार्इ अास्वस्त पार्न ११ बैशाख १९९१ काे गाेरखापत्रले यस्ताे लेखेकाे रहेछः अझसम्म नेपालमा कहिले कांहि अलि अलि भुंइचालाे जांदैछ यसमा सर्बसाधारणले अात्तिनु पर्ने कुरा केही छैन ।DSC02828
इन्डियन र तिब्बतियन प्लेट मिलेर हिमालयन शृंखला बनेको छ । यो पूर्वको म्यानमारदेखि पश्चिमको अफगानिस्तानसम्म २४ सय किलोमिटर तल छ । जापानमा छुटृै प्लेट छ । त्यसैले त्यहा भूकम्प गै रहन्छ । इन्डोनेसिया र चिलीका प्लेट पनि फरक हुन् । कुनै एउटा प्लेटमा अर्को प्लेटको मुनि छिरेपछि तलको भाग भित्र जान्छ , माथिल्लो भाग उठ्छ । प्लेट मुनि गएपछि शक्ति सन्चय भइ थाम्न नसकेपछि बिस्फोट भएको हो । त्यही कारण भूकम्प जान्छ । इन्डियन प्लेट दक्षिण र युरेसियन उत्तरमा छ । यो प्रतिबर्ष करिब २ सेन्टिमिटर मुन छिर्छ । भूकम्प सम्वन्धी माथिका कुराहरु भूगर्भविद र भूकम्पबिदका हुन् । हामीले पत्याउने उनीहरुकै कुरा हुन् । जो यस सम्वन्धमा बिज्ञ छन् । युरेसियन ( तिब्बतियन ) प्लेट र इन्डियन प्लेटको कडा घर्षणको परिणाम हो भूकम्प ।

DSC02870
भूकम्प कसरी जान्छ , महाभूकम्प कस्तो हुन्छ अहिलेकोे पुस्ताले यसपटक राम्ररी बुझ्न पाए । हाम्रो पृथ्बी माछाले बोकेको छ ,माछाले कांध फेर्दा भूकम्प जान्छ । देबी देबता रिसाएमा भूकम्प जान्छ , यो सबै भगवानको खेल हो .. ,आदि कुरा फजुल हुन् भन्ने कुरा भूकम्पसम्वन्धी बिज्ञहरुका उदाहरण सहितका तथ्य्हरुले प्रस्ट पारेका छन् । १९९० सालको महाभूकम्पको कथा मात्र सुन्ने हामी सबैले देख्न भोग्न पायौं । भूकम्प किन अाउंछ,कसरी अाउंछ, यसकाे शक्ति कस्ताे हुन्छ, कसरी घर भत्कदाे रहेछ,एउटा बिध्यार्थीले प्राक्रटीकल गरेजस्तै भयाे । यो पुस्ताले निश्चय पनि अब आफु बस्ने घर वा सामुहिक घर भवन बनाउंदा २०७२ साल बैशाख १२ गते ११.५६ को त्यो कम्पनलाई पछिसम्म भुल्ने छैनन् होला ।

DSC03044

काठमाडौंमा बाहिरबाट आएर जग्गा किन्नेहरुलाइ जग्गापाए पुग्ने, कस्तो जग्गा हो, जग्गाको भूबनोट, कस्तो संरचनाको हो केही थाहा नहुने । पहिले पहिरो गएको थियो थिएन थाहा हुंदैन । काठमाडाैं ,ललितपुर र भक्तपुरका धेरै जसाे जग्गामा पहिले पहिले कालीमाटी झिक्ने चलन थियाे । किन्नेहरु सोधीखोजी पनि नगर्ने , वा सम्वन्धित निकायमा गएर नवुझ्ने । अरुले थाहा पाइहाल्छन् कि जस्तो ठान्ने प्रबृत्ति छ । जग्गा बेच्नेले अाफनाे जग्गा राम्राे भन्ने नै भए । जग्गा सम्वन्धी बिस्तृत कुरा जान्न बुझ्न अहिलेसम्म गाउं वा नगरमा त्यस्तो कुनै निकाय पनि छैन । २५,३० बर्ष अगाडि ठूला ठुला पैह्रो गएर भिरालो परेको जग्गा पनि घर बनाउन किनबेच भै रहेको छ । त्यस्ता जग्गा खरिद गरि घर पनि निर्माण गरे तर निर्माण भएको केही महिना नबित्दै  जमिन भासिएर वा बगेर पुरै संरचना घर बाटो इनार सहित जस्ताको तस्तै झन्डै १०० मिटर पर लगेर राखिदिए हामीलेनै देख्याै  । घरमा सुतिरहेका मानिसले समेत भोलिपल्ट बिहान मात्र आफनो घर बगेकाे थाहा पाए ।

DSC02871 भू उपयोग नीति नहुंदा कहां के गर्ने स्पष्ट छैन । त्यसैले भूउपयोग नीति राज्यले ल्याउनु टड्कारो आवश्यकता देखिएको छ । अहिलेकाे क्षतिबाट पाठसिक्दै अब बिज्ञहरूले नगर होस् वा गाउंमा घर निर्माण सम्वन्धी मापदण्ड बनाइ त्यसलाई कडाइकासाथ पालना गराउनु राज्यको दायित्व हो । बिना प्राबिधिक इन्जिनियरहरुको सिफारिस वा उनीहरुको निगरानीमा अब कुनै पनि भवन वा घर बन्नु हुंदैन । व्यापारिक केन्द्रमा बाहेक बसोबास गर्ने हिसावले बनाउने घरको डिजाइन पनि राज्यले निश्चित गरिदिनु पर्छ । त्यसको उचाइ जग्गाको क्षेत्रफल अनुसार तोकिनु पर्छ । बाटाेकाे मापदन्ड पनि पहिलेनै एकिन गरिनुपर्छ । बस्तीमा दुइ अढाइ तल्ला भन्दा माथिका घर बन्नु हुन्न । हिजाे जस्ताे दुइ तलाकाे स्वीकृति लिएर पांच सात तला बनाउंदा पनि राज्य ट्वां परेर हेरीरहने अवस्था अब हुनु हुंदैन । अबको बिनासकारी अवस्थाबाट पनि नीति निर्माताहरुले नबुझ्ने हो भने भोलीको पिंढीले अझ ठूलो क्षति व्यहोर्नु पर्ने निश्चित छ ।

DSC02874
१२ गतेको भूकम्प आउनु केही दिनमात्र अघि एकजना भाइले माटोको जोडाइ भएको वाल सीस्टमको घरमा २ तला थपे । जस्ता हाल्ने सोचले माथिल्लोे तलामा चारैतिरको पुरै गाह्रो ४ इन्चको लगाएर पछि बिम राखेर छत ढलान गरे । केहीदिन पछि आएको भुइंचालोले घर चिरा चिरा पारिदियाे  ढल्न त ढलेन । तात्तातै फेरी सबैको सुझाब अनुसार ४ इन्चको गह्रो माथि अडेकाे माथिल्लाे तलाकाे ढलान बीम हटाए । मानिसमा यस्तो चेतना छ । डकर्मीे पनि कस्ता उनलाई काम पाए पुग्ने । आफै बस्नु पर्ने घर कस्तो बनाउने, कुन ठाउंमा बनाउने प्राबिधिकको सल्लाह लिने कुरामा चासो हुनुपर्ने हो तर घर भने पछि गाह्रो लगाएर छाना हालेपछि घाम पानीबाट ओत पाइहालिन्छ भन्ने मात्र हाम्राे साेच रह्रयाे । अहिलेकाे भूकम्पले घर बनाउंदा धेरै कुरा बिचार गर भनेर सिकएर जांदै छ ।  कतिपय घरमा बाहिरी देखावटी खुव साजसज्जा गर्ने डिजाइन निकाल्ने तर संरचना मजवुत नबनाउने वा मजबुत छ छैन भन्ने कुरा बिज्ञलाई देखाउने चासै देखिन्न्न । राज्यको नीति नियम र निगरानी कडा भए मात्र एउटा परिपाटी बस्न सक्छ ।

DSC02889
अाफनै गाउंकाे उदाहरणा दिदां पनि अहिले भत्केका चर्केका वा ढलेका घरहरुमा एकथरि पुरानो ९० सालको भूकम्प पनि देखेका  घरहरु ढले । ग्रामिण भेगका ढुंगा माटोले बनेका पुराना घरहरुले पनि आजको भूकम्प थेग्न सकेन । अर्को दुख सुखका बेला एकतला माटाेकाे जाेडाइले बनाएर राखिएका घरहरु पछि तीन चार तला डिजाइन निकालेर थपेका घरहरु पनि तल्लो तलानै काम नलाग्ने गरी बस्नै नहुने गरी चर्के मर्के , बाड०गीए । यस्ता घरहरु गाउंमा थुप्रै छन् । अर्को कोठाको चौडा बढाउन गाह्रोभन्दा बाहिर टपबाट सिधै उठाएर बनाएका घरहरु पनि धेरै नोक्सान भएका देखिएका छन् । कति घरहरु बाहिर चांहि केही भएका छैनन् तर तल्लो जगनै भासिएर भित्रि गाराे जताततै चर्केर ढल्केका छन् । पिलर बीम भएका घरहरू पनि तल्लाे तलाका गाराेहरू चर्के मर्केका छन्र । घर बनेको माटोका संरचनाले पनि काम गरेको होला । कही घरको डिजाइनमा पनि त्रुटि होलान् । कोही घर बनाउंदा प्रयोग भएका रोडा बालुवा गिट्टी सिमेन्टका कारण पनि पिलर चर्कने, बीम चर्कने , गाह्रो चर्कने अवस्थमा पुगेका हाेलान् । तर धेरै अग्ला घरहरु भन्दा एक तले दुइतले घरहरु केही पुराना भए पनि ति भने भत्केका देखिदैनन् । ढुंगा माटोले बनेको घरभन्दा निश्चयनै पिलर बीमबाट बनेका घरहरु केही बलिया र अहिलेकाे भुकम्प थेग्न सकेका गाउंघर शहर डुल्दा देखियो । नगरमा घर बनाउने नियम भए पनि व्यवहारमा कार्यान्वयन भएको पाइदैन । तर जापानमा जुनसुकै संरचना बनाउंदा पनि भूकम्प प्रतिरोधी बनाइन्छ । त्यसरी बनेका घरहरु पनि कति वर्षका लागि हुन् भनेर पहिलेनै किटान गरिएका हुन्छन् रे । समय पुगेपछि ती संरचना कामलाग्ने भए पनि भत्काइन्छ । हामीकहां घर बनाए पछि नभत्केसम्म त्यसलाई उपयोगगर्ने चलन छ । आफुले बनाएको घर जतिसुकै पुरानो भए पनि भत्काउन नचाहने हाम्रो नियति छ । बनेका संरचना पनि भूकम्पप्रतिरोधी बनाउने तर्फ कडाइकासाथ पालना गराउन सकेको छैन ।

मेरै गाउंमा पनि दुर्इ सय भन्दा बढी घरहरू क्षाति भएका देखिए । हुन त अन्यत्रकाे बिजाेग हेर्दा हामीकहां कम हाे ।९० सालकाे भुइचालाे देखेका वुढापाकाहरूले सुनाउनु हुन्थ्याे, चाेभार ,कीतिपुर र हाम्राे गाउं बसेकाे ढुंगा एउटै छ त्यसैले याे ठाउं बलियाे छ , त्यसैले उतीबेला पनि धेरै घर भत्किएनन् रे । तर अहिले चर्केका भूकम्पबाट प्रभाबित भएका त पांच सात सय पुगे । ठुला र राम्रा घर भए पनि बस्नै नहुनेगरी क्षतिभएकाले ती सबैले अरूकाे बारी खेतमा हालिएकाे पालमुनी रात बिताउन परेकाे छ । ९ जना मानिसले त ज्यानै गुमाउन पर्रयाे । हाम्रै गाउंका २ जनाले गाउंभन्दा बाहिर गएकाे अवस्थामा घरले किचिएर मृत्यु बरणा गर्नु पर्रयाे । बाहिरबाट अाएर डेराबस्ने ७ जनाले हाम्राे गाउंमा अाफनाे सास छाेडे । एकजना कर्मठ, मिलनसार,  सहृदयी असल साथी पुरेन्द्र सुबेदीलार्इ हामीलेनै गुमाउनु पर्दा गाउंनै शाेकमग्न हुन पुग्याे ।

DSC02956
भुइंचालो र म
बैशाख १२ गते खाना खान ढिलै भएको थियो । खाना खाएपछि , पहिलो तलाको कोठामा कान्तिपुर पत्रिका पढ्दै थिए । शुरुमै मेच पुरै हल्लियोे । भुइचालो आयो भन्दै जुरुक्क उठे, चलाइ रहेको काखे कम्प्युटरलाई ओछ्यानमा फाल्दै तल ओर्लन खोजे तर सकिन । कोठाको ढोकामा आइपुग्दा पुरै भर्याड० नाचीरहेकाे देखे । ढोकाकै चौकोस र खापा जोडले समातेर उभिइरहे । घर ,भर्याड० हल्लिएको देख्दा अब केही बांकी नरहने भो,घरसंगै अफु पनि नबांचिने भो मृत्यु पक्का छ भन्ने मनमा लाग्यो । तर म दिमाग सून्य भएर ढोकामै बसेर भुइंचालो आयो भुइचालो आयो भन्दै एकोहोरा कराएर बसीरहे । बास्तबमा म केहीसमय चेतना गुमाएको अवस्थामा पुगेछु । मलाई पुरै घर हल्लाएको र आफु हल्लीएको बाहेक ’round घटेका घटना’bout केही थाहै भएन । अलि पछि घरभित्र पुरै धुवां मडारिएको जस्तो लाग्यो । बेगले हावाहुरी चलेर भरयाड० छोपेको जस्तापाताको आवजसुन्दा ती हावामा उड्न तयार भएजस्तो लाग्यो । उभिनै गाह्रो भए जस्तो भयो । त्यसदिन अरु परिबार तल्लो तलामै थिए । बुढी तलको ढोकामा बसेर नाती छैन , नाती कां गो भनेर एकोहोरो कराइ रहेको सुने । नातीछैन भनेको सुनेपछि म चारहात खुटृा टेक्दै भर्याड०बाट तल ओर्लिए । बुढि एकोहोरो लौ न नाती छैन भनेर उ ढाेकाकै सहारा लिएर कराइ रहेकी थिइ । भुइचालोले सातो लि रहेको यति बेला आफनो ज्यान बचाउने सोच भन्दा पनि नातीको मायाले मलाई घरका दुबै कोठामा लग्यो , हेरें कोही थिएनन् । त्यसपछि हानिदै  बुढीलाई तान्दै बाहिर  बाटोमा लरबरिंदै पुगे। बाटोमा थुप्रै मानिस जम्मा भै सकेका रहेछन् । छोरी नाती ना’em घर अगाडीको बारीको पाटमा पुगेर हामीलाईनै हेर्दै रहेछन् । भेटपछि एकछिन बांचेकाे हर्षमा रुवाबासी चल्यो । सबैलाई घर नजिक नबसौ भन्दै बारीको बीचतिर गएर बसाै भन्दै अाफै अगाडी लागे ।  एकै छिनमा घर अगाडीको आफनो बारीभरि मानिसले भरिसकेका थिए । हाम्राे बारी दायां वायांका घरबाट वच्न अलि सुरक्षित थियो । मकै भटमासका टुसा माटा माथि छर्लङग देखिन्थे । यस्ताे बेलामा पनि सांधको बारीमा मानिस टेक्न नदिन वुढा वुढी छेकिरहेका थिए । यस्तो बेलामा बालीको वास्ता गर्ने कुरै थिएन । बारीमा बसीरहंदा पनि भुइचालोले आफनो तान्डबनृत्य देखाइ रहेको थियो । हामी डरले चाउरिरहेका थियौ । फोनको महत्व यहीबेला देखियो । नसनाता इष्टमित्र कसैलाई फोन लाग्दैन । फोन गए पनि उठ्दैन । आइहाले पनि कुरा बुझिदैन । हामी त बांच्याै फलानाे के भयाे हाेला । बहिनीकाे के भयाे हाेला , घर बाहिर गएकाे छाेरालाइ के भयाे हाेला, नाता गाेता सबैतिर सबैका मन दाैडिरहेका थिए । भुइचालाेले भुइ अनि घर नचाइरहन्थ्याे, हामी बांचेकाेमा खुसी हुंदै बच्न हरसंभव काेसिस गरिरहेका थियाैं ।

DSC02996
कोही शिव शिव भन्छन् । कोही नारायण नारायण भन्छन् । कोही प्रभु हामीले जानी नजानी केही गर्यौहोला माफ दिनुस भनेर हात जोडीरहेका छन् । पटक पटक आएको भुइचालोले सबैको नौ नारी गलाएको थियो । बारीका पाटामा र सडकमा  अाेहाेर दाेहाेर गर्ने मानिसहरू  समाज अस्पतालमा यति मानिस मरे । काठमाडौंमा लाखौ मानिस पुरिए रे । बस ट्र्क जताततै पल्टेर सडक अस्तव्यस्त छन् । यस्तै यस्तै हल्ला चलिरहेको थियो । समाज अस्पताल पुगियो । सडक अस्पताल भएकाे थियाे । मानिस व्यवस्थित गर्न लागियाे । टौखेलका ४ जनाले ज्यान गुमाइ सकेका रहेछन् । सडककै एकातिर सेतो कपडा ओढाएर लास लस्करै सुताइएको थियो । घरको कामगर्ने तराइका मानिसहरु थुप्रै घाइते भएर सडकमै सुति रहेका थिए । युवाहरुले सडकमा गाडी व्यवस्थित गरिरहेका थिए । सतुंगलबाट ल्याएको माटोमा पुरिएको अढाइ दुई वर्षको बच्चाको अवस्था देख्दा आफनै ओठ मुख सुके । डाक्टरको लामो प्रयास पनि केही लागेन । एकजनाले बोकेर त्यही लासको लस्करमा राखिदिए । काेही कराउंदै बा अामा, छाेरा नानी भनेर रूंदै थिए । एकैछिनमा माहाेल बिभत्स भयाे ।

DSC02997
घर फर्कने कसैको आंट आएन । बांसको जोहो , लठ्ठीे घोचाको जोहो गरेर बारीका पाटामा अापफना घरघरमा जेभएका प्लास्टिक, तन्नाकपडा ल्याएर बेलुका टाउको छोप्ने सम्मको व्यवस्था सामुहिक रुपमा बस्ने जोहो गर्न थाले । डस्ना र सिरक नभै सुत्न नसक्नेहरु पनि त्यसदिन चिसो बारिको भुंइमै टाट , फोम ,सुकुल ओच्छ्याएर बस्न बाध्य हुनु पर्यो । केहीले घरभित्र छिरेर कपडा ओछ्यान ल्याए । हामीले पनि सुकुलमै त्यो रात काट्यौ । पालमा रात काट्दा घरमा अर्को विपत् चोर लाग्छ कि भनेर सबै अत्तालिएका थिए । पालैपालाे रेखदेख गरियाे । पहिलाे दिन खानाको जोहो भएन, जाेसंग जे छ एक अापसमा बांडिचुंडि गरी चिउरा दालमोठ यस्तै यस्तै खाएर पहिलो दिन काटियो । रातमा पानी परेर मानिसको अझ धैर्यताको परीक्षण प्रकृतिले गर्यो । पहिलो रात कोही सुते कोही जागाराम बसे । नाती सानो भएकोले मैले दुइ तीन बजेसम्म जागाराम बसेर उसको रेखदेख गरे । पाल भित्र जात थर भाषा, घर धनी डेरावाला , सबैकुरा विर्सेर सामुहिकताको भावनाले पालभित्र रहेका थिए । भाेलीपल्ट  चार पांच घरको एउटै चुल्हो बने । यस दिन राज्यको खोजी कसैले गरेनन् । राज्यले पनि के पो गरोस् ,देशभरी यही पिडा छ भनेर सबै चुपलागे । संचारले खुब काम गर्यो । एफएम रेडियो । नेपाल रेडियोले पुरा रातभर देशभरको खवर सुनाइ रह्यो । संचार जगत नभएको भए हल्लाले मानिस धेरै थिलथिलो हुने थिए । दूरसंचारले राष्ट्र्यि अन्तराष्ट्र्रिय कल निशुल्क गर्न पाइने गरी दिएको सुविधा प्रशंसनियनै भयो ।

DSC02959
देशमा स्वदेसी विदेशी खर्चमा भूकम्प सम्वन्धी गोष्ठि सेमिनार , प्रशिक्षण , उद्धारगर्ने तौर तरिका सम्वन्धी तालीम थुप्रै भएका कुरा सुनिएका थिए तर भुइंचालो पछि त्यस्ता गोष्ठि सेमिनारले उत्पादन गरेको कार्यकर्ता कोही पाइएन । कोही देखा परेनन् । सेना र प्रहरीनै यस क्षेत्रमा अगाडी देखिए । उनीहरुका काम प्रशंसनिय भए । धेरै मानिसले पुर्नजन्म पाए । यतिबेला त गाउ, नगरका टोल टोलबाट केही न केही मानिस केही चिन्ह लगाएर देखापर्नु पर्ने थियो । तालिम गोष्ठिबाट सिकेका कुरा व्यवहारमा देखाउन पनि आ आफनो गाउं टोलमा देखा पर्नु पथ्र्यो । तर त्यस्तो देखिएन । भूकम्प पछि उद्दारका तौर तरिकामा पनि सबै अलमलिएकै देखियो । मानिसमा भूकम्प सम्वन्धी जनचेतना र सचेतनता भने संचार माध्यमका कारण केही भएको देखियो । सबै तालिमे भएर अाफुले सकेकाे सबैले गरेकै देखियाे । भूकम्प अाएपछि गर्ने कुरा ठूला तारे हाेटलमा भन्दा बरू प्रत्येक गाउं, टाेलका मानिस जम्मा पारेर जनचेतना बांड्दा सिकउंदानै पछिका दिनमा राम्राे हाेला जस्ताे लाग्याे ।

DSC02998
दोस्रो दिनभरी हल्लाको बजारले ठाउं पायो । हल्ला पनि के के हो । १० रेकटरको भुइचालो आउंदै छ । धरहरा छैन, घंटाघर छैन । सिहंदरबार छैन । सबै मठ मनिदर छैनन् पशुपति चांही केही भएन रे । दुइघंटे हल्लाले पनि संसारै पिट्याे । बिविसीले भनेको यति बजे ठूलो भूकम्प जान्छ रे । ठाउं ठाउंमा माइकिंग गर्दै २ घंटा घरमा नवस्नु भनेकाे छ भन्ने हल्लाले निकै ततायो । फलानो ज्योतिषले पहिलेनै भनेको थियो रे भुइंचालो आउंछ भनेर ।

DSC02999
पालै पिच्छेको चुल्हो चौको बन्यो, भान्छा, र सुताइ सामुहिक भयो । हाम्रो पालमा बस्ने ४ परिबार मिलेर एउटै डिक्चीको भात र ठूलो कराइमा पाकेको गुन्दुक भात खाइयो । डरमानी मानी बनभोज मान्दै खाइयो । बेलुका हाम्रै पालका सहयात्री भाइ बिश्वम्भरको जन्मदिन भनेर उनका तर्फबाट भान्छामा मासु पाक्ने भयो । हिजोको अनिदो आज त राम्ररी सुत्न पर्छ भनेर दिउंसै पाल मिलाइ सकेका थियौ । एउटै पालमा टाउका जोडेर दुइलाइनमा बीस बाइस जना सुत्ने व्यवस्था मिलायौ । पकाउने काममा लोग्नेमानिस लाग्यौ । तर खानेबेलामा मुसलधारे पानी परेर कहां खान पाउनु कहां बस्नु बिजोकनै भयो । ओढ्ने ओछ्यान सबै भिजे । केटाकेटीहरु भोकभोकै लडे । प्लास्टिकका टुक्रा टाक्री जोडेर आफनै सिपमा बनाइएका पालले पानी छेक्न सकेन । मुसलधारे पानीबाट बच्न मानिसहरु फेरी ओढ्ने ओच्छयान बोकेर घर घरकै पिंढी बरण्डामा पुगे । बारीका पाटामा रहेका केही पालमामात्र मानिस बांकि रहे । हाम्रो पालमा पनि चार पाच जनामात्र जे भए पनि पाल नछा्ड्ने भनेर बस्यौ । राती फेरी गडगडाउंदै भुइचालो आइहाल्यो । सबै आफना ओछ्यान ओड्ने बोकेर फेरी त्यहि चिसो पाल र भुइमामै आइपुगे । पानी परेर गिलो भएको जमिनमा मानिसहरु फेरी बोरा दरी , फोम ओछ्याउंदै रात बिताए । दोस्रो दिनको रात अघिल्लोदिनको भन्दा अझ कस्टकर रह्यो । बल्ल तेस्रो दिन चांही दुइदिनको अनिदो हल्लाले थिलथिलो भएको शरीर सुकुलमै मजाले निदाइयो । तेस्रोदिन बेलुका पनि हाम्रो भान्छामा पाकेको गुन्द्रुकको झोल यति मिठो भयोकि, थपि थपि सुप संझेर खाइयो । यसरीनै अर्को दुईदिन समेत पांचरात आफुले आफनै सुरक्षाको लागि बनाएको घरलाई टुलुटुलु हेरे बारीका पाटामा बितायौ । बारीका पाटामा प्लास्टिकको ओतमा सुतुन्जेल के लाग्यो भने भुइंचालोले मानिस मार्ने हैन रहेछ । हामीलाई मार्ने त हाम्रै मानबीय कमजोरीले बनेको संरचना घर पर्खालले पो रहेछ भन्ने ज्ञान मिल्यो ।
हाम्रा बाउ बाजेका पालामा अहिलेको जस्तो सामाजिक संजाल र मोबाइल नभएकोले हल्ला छाप्रोमै सिमित हुन्थ्यो होला । अहिले त एउटा हल्ला सुनेर अर्को गाउं वा जिल्लाको मानिसलाई सोध्दा हावा भन्दा छिटो पुगेको उही हल्ला सुनाउंथे । हल्लाको खेति गर्नेहरुलाई पनि कति आनन्द लागेकोहोला अरुलाई त्रसित पारेर । दुइघंटे हल्लालाई चिर्न खोजे पनि यतिका दिन त बसी सकियो ,२ घंटाको कुरा के भो र हेरिदिउं न भनेर मानिसहरु ग्वारग्वारती बारीका पाटामा आ आफना पालमा भेला हुन थाले । यसरीनै ५ दिन हामीले आफनो प्यारो घरबाट डराउंदै बांच्नका लागि घर छोडर बितायौ । कसै कसैले भुइचालो गएको चौथो रात राहत भनेर २ माना चिउरा ४ पोका चाउचाउ ल्याए । दुइवटा प्लासिटकका पाल आइपुगे । हामीले संझ्यौ राज्य हाम्रो भन्दा बढी क्षति भएको पहाडतिरै लाग्यो होला भनेर तर संचारमाध्यमबाट सुन्दा उनीहरु पनि बस्नका लागि पाल पाइएन , खान पाइएन भनेर रोदन गरिरहेको सुन्दा सरकार अलमलिएको जस्तो लाग्यो ।

भूकम्प अाएकाे तेस्राे दिन कालिमाटी, भीमसेनस्थान हुंदै बसन्तपुर , हनुमान ढाेका , धरहरापुग्दा देखिएका दृश्यले मन थामिनसक्नु  भयाे । क्यामरामा कैद गर्दा पनि सपना जस्ताे लागिरह्रयाे । मन मानेन पछि पाटन र भक्तपुर पुगे ।  ५ दिन बितेपछि गाउंमा केही  राहतसामाग्री अाए । कसरी बांड्ने भन्ने छलफल धेरैका बीचमा बसेर गरियाे । क्षतिकाे बिबरण संकलन गर्न राज्यबाट टाेली अायाे । त्यसका पछि पछि तीनचार दिन लाग्याै । भत्किएका  र जिर्ण भएका घरहरूबाट सरसामान निकाल्न  नपाएका त्यस्ता घरमा ज्यानकाे जाेखिम राखेर मालसामान अन्नपात, सबै निकाल्याै ।

DSC03006
पहाडमा एकीकृत बस्तीः
अब पहाडमा रहेका घरहरु यथास्थानमै बनाउन वा मर्मत गर्न पैसा बांडेर राज्य पन्छने होइन । पहाडमा छरिएर रहेका बस्तीहरुलाई एकीकृत बस्तीका रुपमा बसाल्नुपर्छ जसले गर्दा नया संरचनाको सृजना हुन सक्छ । अहिले आएको विपदको घटनालाई हामीले अवसरका रुपमा लिई अब नयां ढंगले सोच्ने योजना बनाउनेतिर लाग्नु पर्छ । अब बन्ने घरहरु व्यवस्थित सुरक्षित र भरपर्दो हुनु पर्छ । सडक संजालले छाेएकाे हुनुपर्छ । धेरै पहिलादेखि पहाड घुम्नजांदा मेरो मनमा यही कुरा आउंथ्यो । अहिले विद्धानहरुले पहाडमा एकीकृत बस्ती हुनुपर्छ ,बनाउनु पर्छ भन्ने सोच राख्नु भएको छ त्यसैले यसलाई व्यवहारमा ल्याउनु पर्यो । म आफै अमेरिका पुग्दा त्यहांको एकैनासे ठुला ठुला एकिकृत बस्ती देख्दा मेरो त्यो सोचाईले अझ मूर्त रुप लियो । । एउटै मापदण्ड, एकै उचाइ भएका घर र घरमा बस्ने मानिसका लागि चाहिने सम्पूर्ण कुराकोे जोहो गरेको व्यवस्थित बसोबासमा रहने मानिसले राज्यबाट पाएको सेवा सुविधा लोभलाग्दा थिए । हामीकहां पनि यस्ताकुरालाई व्यवहारमा ल्याउन सक्यौ नेताहरुले दूरदर्शीता देखाउन सके लोकतन्त्रको जग मजबूत हुने थियो । बिश्वसामु हामीले विपद्लाई एउटा नयां संरचनाकासाथ बदलेको सन्देश दिन सक्नुपर्छ । नेपाल र नेपालीले अवसर पाउंदा गर्न सक्छन् भन्ने देखाउन सक्थ्यौ । जसले गर्दा खेतीयोग्य जमिन खण्डिकरण हुने थिएन । अन्न फल्न पाउने थियाे, अरुमा पुरै आत्म निर्भर हुनु पर्ने थिएन । जथाभावी बाटा बनेर प्रकृतिको दोहन हुने थिएन । गाउको एउटा घरबाट अर्को घरसम्म पुग्न घंटौ समय लगाउनु पर्ने थिएन । पानी, बिजुली, टेलीफोन शिक्षा स्वास्थ्य, इन्टरनेट जस्ता सुविधा दिन राज्यलाई सजिलो हुने थियो । आपत बिपतका घडीमा राज्यले तुरुन्त आफना सेवा पुराउन सक्ने थियो । फोहर संकलनका लागि मार्ग खुल्थो । बर्षेनि आउने बर्षा ,पैह्रोबाट धनजनको क्षति र राज्यले यसका लागि खर्चने समयमा अरु बिकास निर्माणमा लाग्न पाउने थियो । पहाडमा छरिएर रहेका वस्तीले बिकासको प्रतिफल लगायत आधुनिक राज्यको सेवा सुविधाबाट बन्चीत हुन परेको छ । यस्ता सबै सुविधा सहरमा बस्नेले मात्र उपभोग गरेका छन् । जसका कारण पहाडका मानिस तराई र सहर पस्न आतुर रहेका छन् । पहाडमा बस्नेहरु मध्ये पनि जो सार्मथ्य पैसावाल र पहुंचवाला छ उसैले मात्र यी सुविधा गाउं र सहरबाट लिन सकेका छन् । त्यसैले अब नयां सोचका साथ जग्गा एकिकरण गरी उपयुक्त स्थानहरुको छनौट गरी एकीकृत वस्ती बिकास गर्ने हो भने सबैले बिकासको प्रतिफलको उपयोग गर्न सक्छन् । नयां नेपालको सृजना हुन सक्छ । सबै ग्रामिण भेगहरुमा एकिकृत सहरीकरणको अवधारणल्याइ अगाडी बढ्नुपर्छ ।

खुल्लास्थानको जोहोः
सहरीकरणसंगै खुल्लास्थानको अभाव हुंदै गएको छ । धेरै पहिलादेखिने यस्को जोहो हुनुपर्छ भनेर आवाज उठे पनि राज्यले कानमा तेल हालेर बसेको छ । अमेरिका पुग्दा देखियो खुल्ला पार्क र चौरको महत्व । एउटा नगरपालिका भित्र २१ वटा भन्दा वढी स्थानमा ठुला ठुला खुल्ला पार्क चौर देखियो । आपत्त विपत्त परेका बेला घनाबस्तीका मानिस कहा जाने ? यसपालाको भूइचालोमा सहरमा मात्र हैन गाउमा पनि व्यक्ति बिषेशका जग्गामा भुइचालोबाट बच्न भेला हुनु पर्यो । पाल हालेर सुत्न त्यही व्यक्तिका जग्गामा बस्नु पर्यो । वर्षाकाे समय परेकाे हुंदाे हाे त । खुल्लास्थानको जोहो नहुने हो भने अव गाउंहरुमा पनि विपद्का बेला बस्न ठाउं हुने छैन । सहरका धेरै ठाउंमा सडकमा, खोलाका किनारमा मानिसले रात बिताउनु परेको देखियो । एसियाकै परेडखेल्ने ठूलो चौरको रुपमा रहेको टुंडिखेल सबैले आफुखुसी बांडिचुंडि सकेर बांकी रहेको सानो टुंडिखेलमा यसपाला काठमाडौं बासीले आश्रय लिन पाए । संस्कृतबिद सत्यमाेहनकाे संझाइ मननयाेग्य छ, उनले ९० सालकाे भूकम्पमा पाटनकाे न्याैटाे टाेलकाे चाैरले सबैलाइ अाश्रय दिएकाे थियाे । अहिले ०७२ सालमा  ८२ वर्षपछि अाएकाे भूकम्पलार्इ पनि त्यही न्याैटाे टाेलकाे चाैरले अाश्रय दियाे । त्यस्तै अहिलेकाे दशरथ रंगशालादेखि रानीपाेखरीसम्म फैलिएकाे तत्कालिन टुंडिखेलमा जताततै पाल टांगिएका थिए । घर नजिक चाेक र देवल हुने बाहेक सबै त्यही टुंडिखेलकाे चाैरमा अाश्रय लिन पुगेका थिए । वहांकाे याे भनाइबाटनै  खुल्ला चाैर पार्ककाे कति महत्व छ भन्ने कुरा छर्लङग हुन्छ । अहिले नै यस सम्वन्धी योजना बन्नु पर्यो अनि विपत्तको अवस्थामा भरपुर उपयोग हुन सक्छ । खुल्ला पार्क चौरसंगै प्रयाप्त सार्वजनिक भवन पनि वडा, गाउं पिच्छे हुनु आवश्यक छ । अब अलि बृहत फराकिलो सोचका साथ अहिले देखिनै नबनाउने हो भने भोलिका विपत्तीका दिन पछुताएर मात्र केही हुनेवाला छैन ।
DSC02609

गाउं सहरमा घर निर्माणः

भू उपयोग नीति अत्यावस्यकिय छ । कहां खेती लगाउने । कहां सहर बसाउने , कहां गाउं बसाउने । कहां पार्क बनाउने । कहां उद्योग चलाउने । बन कहां लगाउने आदि आदि व्यवस्थित रुपमा गर्न यो आवश्यक छ । अब घर निमाएण गर्दा कहां कसरी कुन मापदण्ड भित्र रहेर बनाउन पाउने । यसका लागि घर बनाउनेले गर्नु पर्ने कुरा के के हुन् स्पट हुनु पर्छ । बिना प्राविधिक । इन्जिनियरहरुको रेखदेख बिना सहरमा होस गाउंमा घर बनाउन नपाइने नीति ल्याइनु पर्छ । नगरमा मात्र हैन गाउंमा पनि स्वीकृतिलिनु पर्ने व्यवस्था अनिबार्य गरिनु पर्छ ।घर कस्ताे कहां बनाउने, ठाउं जांचिने माटाे परीक्षण गरिने व्यवस्था पूर्ण रूपमा कडाइकासाथ लागुहुनु पर्छ । घर बलियाे हुनमा निर्माण सामाग्रीकाे पनि गुणास्तरीय हुनु पर्छ। बजारमा उपलब्ध हुने सिमेन्ट, डन्डी ,बालुवा ,गिट्टी काे गुणस्तर परीक्षणा राज्यबाट कडाइकासाथ हुनुपर्छ । उपभाेक्ताले खरिद गर्ने यस्ता सामानकाे सुनिस्चितता गर्न काम त राज्यकाे नै हाे नी । यस्ता कुराकाे जिम्मेवारी लिनेले जिम्मेवारी पुरा गरे नगरेकाे जिम्मेवारी पाउंदाकाे अवस्थामा मात्र हैन रिटायर्ड अवस्थामा पनि कठघरामा उभिनु पर्ने कानून वन्नु पर्छ । अब हतारिने हैन व्यवस्थित बसाेबास नीति, भवन संहिता ल्याएर मात्र घर निर्माणा गर्न पाउने व्यवस्था सहित कार्य हुनु पर्छ । अाजकाे नरसंहारबाट सिकेर भाेलीकाे पिंढीले याे दुख भाेग्न नपर्ने जिम्मेबारी तपाइ हामी सबैकाे कांधमा अाएकाे छ । हेराै के हाेला ।

अात्मीय साथी पुरेन्द्रप्रति हार्दिक श्रद्धान्जली ।

अर्काे तेस्राे भागमा भूकम्पकै कुरा लिएर अाउने छु ।  जय ब्लग ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: