Archive for अक्टोबर, 2015

कांग्रेसले किन सहकार्य तोड्यो

अक्टोबर 18, 2015

चार पार्टीबीचको १६ बुंदे सहमती त्यसपछी नेकपा एमाले र कांग्रेसबीचको ७ बुंदे सहमती पछिनैे लामो समयसम्म टुंगिन नसकेको संबिधानको काम संबिधानसभाबाट टुंगिएर यही असोज ३ गते नेपालको संबिधान घोषणा भएको थियो । यदी १६ बुंदे सहमतिलाई मियो बनाएर नहिंडेको भए यो संबिधानसभाबाट पनि संबिधान आउने थियो कि थिएन ? यसले पार्टीहरुमा अभूतपूर्व मेल गराएको थियो । भद्र सहमति थियो भन्ने कुरा जगजाहेर नै थियो । प्रमं.सुशील कोइरालाले बरोबर आफनो देब्रेहात हल्लाएर भन्नु हुन्थ्यो संबिधान आएपछि म एक सेकेन्ड पनि कुर्सीमा बस्ने छैन । तुरुन्त राजीनामा दिनेछु । संधिान बनाउने काममा शुरुमा ४ पार्टी र पछिल्ला समयमा ३ पार्टीले यताउती नहेरी, कसैको दबावमा नपरी ९० प्रतिशत भन्दावढी सभासदहरुको समर्थनमा संबिधान जारी भयोे । यो आफैमा ऐतिहासिक कार्य थियो । १० बर्षे जनयुद्धमा होमिएको पार्टीलाई नेकपा एमाले र कांग्रेसले शान्तिपूर्ण आन्दोलनमा ल्याएर, हतियार बिसाउन लगाएर उनीहरुका सेनाको थान्कोमान्को लगाउदै संबिधानसभाको निर्वाचनमा उभ्याउनु चानचुने कुरा थिएन ।
सुशिल कोइरालको कार्यकालमा संबिधान त जारी भयो तर यसलाई लागु गर्न, संबिधानसंग बाझिएका कानूनहरु परिबर्तन गर्ने कुरामा ठुलै दन्तबजान होलान् । अझ संबिधानको सिमांकनमा चित्त नबुझेर तराइ मधेसलाई दुइ टुक्रा पार्नें हाम्रो बटमलाईन भनेर आन्दोलनको रांको बालिरहेका मधेसबादी दललाई संबिधानको लिकमा ल्याएर चित्त बुझाउन बांकिनै छ । यसका लागि पनि सहकार्य अति आवश्यक थियो । यति बेला ०६२। ०६३ को आन्दोलन पछि ९ बर्ष सहकार्य गर्दै आएका सबै ठुला पार्टीहरुको बीच अझै केही समय एक भएर अगाडि बढ्नुको बिकल्पनै थिएन ।
भद्र सहमति किन तोडे जसले राष्ट्र्पति नेपाली कांग्रेस अर्थात सुशिल कोइराला, प्रधानमन्त्री केपी ओली को नेतृत्वमा संयुक्त सरकार र सभामुख एमाओबादीले लिने भन्ने सहमति भएको भन्ने कुरा खुदै ने का का नेताहरु र अरु पार्टीले समेत भनिरहेका छन् । भद्र सहमति नतोडौं राजनीतिमा इमान्दारीताको ठूलो महत्व हुन्छ भन्दा भन्दै अघिल्लो दिन अर्थात शुक्रबार बेलुकासम्म प्रधानमन्त्रीमा नउठ्ने भनेका सुशील भोलीपल्ट शनिबार मै उठ्छु भन्दै उम्मेदवारी दिए । थुप्रै नेताले संझाउंदा समेत नमानेको कुरा खवरमा अायो । का‌गेंसकाे केन्दीय समितिकाे वैठकमा समेत अाफु उम्मेदबार हुने कुनै कुरा राखेका थिएननं । काग्रेसको पूर्ण वहादुर खड्काले बिरोध गर्दै सह महामन्त्रीबाटै राजीनामा दिए । सुशिल कोइरालालाई फसाए । सत्ता लिप्साले सहमतिको कुरा बिर्से । भारतीयका एजेन्टहरुले फसाए आदि आदि । उनकाे भनाइमा यो निर्णयले सुशिल कोइराला मात्र हैन पार्टी समेतलाई दुरगामी ठूलो धक्का पुग्ने छ । प्रधानमन्त्री लिन खोज्दा राष्ट्र्पति पद समेत गुमाउनु पर्ने कुरा का‌गेंसबाटै आयो । केपी ओली लगायत अन्य पार्टीहरुले लिखित रुपमै भद्र सहमति अनुसार सहयोग गर्न प्रधानमन्त्रीलाई भेटेरै र पार्टीलाई लिखित पत्र समेत पठाए । तथापी उनले सहमति भएको भए पनि प्रजातान्त्रिक अभ्यासका लागि अाफुनै उठ्ने दाबि गरे । सांझसम्म पनि सहमतिमै अघि वढ्ने कुरा गरि रहेका सुशीललाई राति ११ बजे पछि र का पूर्ब प्रमुख माथुर र राजदूत रायले देउवालाई राखेर दवाव दिए पछि उनी उठ्न सहमतिमा पुगेको भन्ने सबै पत्र पत्रिकामा खवर आयो । स्वंय नेकाका नेताहरुले समे यसै भने । राती ९ बजे सम्मपनि कृष्ण प्रसा सिटौलाले अझै तपाइको प्रधानमन्त्री बन्ने चाहना हो भनेर २ पटक सम्म सोध्दा जवाफ नआएपछि , तपाइ त सर्बसम्मतिबाट राष्ट्र्पति बन्ने हो भन्दा पछि सुशीलले तपाइहरु जानुस् म राष्ट्र्पति पनि बन्दीन प्रधानमन्त्री पनि बन्दीन भनेर भनेका थिए भन्ने कुरा सिटौलाले नै छापाहरुमा भने । तर भोलिपल्ट बिहान भेट्दा कुरा अर्कै भै सकेको बुझियो । यसैले उहांलाई उठाउने को को हुन् उनै जानुन् सिटौलाले कान्तिपुरको आफनो अन्तरबार्तामा भने । शेर बहादुर भने वहां उठ्छु भन्नु भयो त्यसैले मैले प्रस्तावक बसिदिएको हुं । रामचन्द्रले भने संधै मिलेर भागबण्डा गर्नेकुरा चित्त बुझेन अनि समर्थक वसिदिए । यत्रो बिषयलाई यसरी हलुका दृष्टिले हेरियो । कांग्रेसको बैठकबाट प्रधानमन्त्रीमा को उठ्ने वा सुशील कोइरालाई उठाउने निर्णय पनि भएन ।
नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताहरुको मधेसबादीहरुले गरेको आन्दोलन र भारतीय शाषक वर्गहरुले लगाएको अघोषित नाकावन्दीका बिरुद्ध जुध्न पनि भद्रसहमति कार्यान्वयन गर्नु पर्ने थियो । त्यसैले यस्तो बेलामा प्रधामन्त्रीको उम्मेदवारी भद्र सहमति अनुसार एक जना मात्र हुनु पर्ने थियो । एउटा उचाइमा पुगिसकेका , भद्रसहमति गर्ने सुशील कोइराला नउठी उनको पार्टीबाट अरुको उम्मेदवारी हुनु त्यति आश्चर्यको कुरा हुने थिएन । सुशील स्वयंमको उम्मेदवारीले के देखायो भने उनि के लोभमा फसे उनै जानुन । एउटा कालखण्डमा धरहराको टुप्पोमा चढी सकेका, इतिहास पुरुष बनिसकेका मानिस फेरी किन ओर्लेर धरहरा चढ्न खाजेका हुन् । यसले ठूलो हन्डर दुख र जनताको पसिना खर्च गरेर झन्डै ९ बर्ष लगाएर बनाएको संबिधानको पालनामा उ बाधक वन्न खोजेको त हैन । यसपटक प्रजातन्त्रबादी, बुद्धिजिवी सबै छक्क परे कि सुशील कोइरालाले किन यसो गरे । उनमा लोभ किन पलायो । संबिधान जारी भएपछि एक मिनेट नवस्ने भनेर फलाक्दै हिंडेका उनी संबिधान जारी भएपछि राजीनामा पनि नदिइ बाटो फुकाउने काममात्र गरे । अन्तिम समयसम्म पनि सुशील कोइरालाले केपीलाइ समर्थन गर्छन कि भनेर मानिसहरु आसावादी भएका भएका थिए । भन्न त सुशील कोइराला प्रधानमन्त्री उठेरनै आन्दोलनको रांको बाल्नेहरु, संबिधान मान्दिन भन्ने र जलाउनेहरु जारी संबिधान अनुसार भएको प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएर पक्ष र बिपक्षमा लागेर संबिधान स्वीकार गरे । यो राम्रो काम पनि भयो । उनी नउठेका भए सायद यस्तो हुने कम संभावना थियो । तर संसदमा भएका साना धेरै पार्टी र ठुला पार्टीहरुले समेत समर्थन जनाइ सक्दा पनि हार्नैका लागि किन उठे प्रश्न तेर्सिएको छ । यसको पर्दाफास कुनै दिन हुनेछ भन्नेमा सबै आशावादी छन् । कांग्रेसले भद्रसहमति तोडेकै कारण अहिले सरकार बनाउंदा राजतन्त्र चाहने, धर्मनिरपेक्षता नचाहने शक्ति राप्रपा समेतलाई लिएर सरकार बनाउन बाध्य पारिएको छ । यदि कांग्रेससंगको सहकार्य जारी भएकै भए यो स्थिति पक्कै पनि आउने थिएन ।
१० बर्षे जनयुद्धमा लागेका माओबादीलाई शान्तिबार्तामा ल्याउनु, राजाले खोसेको संसद पुर्नस्थापना गराउनु , संबिधानसभाको दोस्रो पटक पनि चुनाव गराएर संबिधान जारी गराउने कुरा बिश्वकै लागि उदाहरणीय कुरा हो । यस्तो बेलामा सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदबार हुंदा केपी आफैले प्रस्तावक बसेर प्रधानमन्त्री बनाएका थिए । अहिले नेकाले पनि त्यस्तै गर्न सकेको भए, समझदारी र सहकार्यको बाटो पनि बिश्वका लागि उदाहरणीय हुने थियो । ठुला पार्टीका बीच सर्बसम्मतीको एउटै मात्र उम्मेदवार खडा गरेर सहमतीको सरकार बन्न सकेको भए नेपाली राजनीतिले बिश्वमा एउटा छुटृै म्यासेज दिन सक्थ्यो । लोभ लालच बाट माथि उठेर यो काम हुन सकेको भए नेताहरु शिर्ष पुरुष बन्ने थिए , राजनेता बन्ने थिए । राजनीतिमा नैतिकता, इमान्दारीता र बिश्वासको पनि ठूलो महत्व हुन्छ भन्ने सकारात्मक सन्देस जाने थियो ।
बिजय दशमी २०७२ को हार्दिक मंगलमय शुभकामना सहित, जयब्लग ।

स‌बिधान र बाबुराम भटृराई

अक्टोबर 1, 2015

७ दशको प्रयत्नपछि बल्ल जनताका प्रतिनिधिहरुद्धारा संबिधानसभाबाट बनेको ऐतिहासिक संबिधानको घोषण ०७२ असोज ३ गते भयो । संबिधान घोषणा हुंदा सिंगै नेपालमा रहेका नेपालीले हर्षोल्लास र दिपावली मनाएर खुसी मनाउन भने सकेनन् । बिश्वका धेरै देशहरुले स्वागत गरे पनि नजिककाे मित्र ठानिएको छिमेकि भारतले भने स्वागत गर्न सकेन । देश ठूलो भए पनि उसको सानो चित्त रहेछ । माेदीकाे छिमेकीलाइ साथ लिएर अघि बढ्ने कुरा हात्तीकाे देखाउने दा‌त जस्तै रहेछ ।  संयुक्त राष्ट्रसंघजस्तो संस्थाले पनि छिमेकिले झैं जिब्रो चपाएरै बोलेको थियो । परन्तु एकहप्ता पछि कोशेढुंगा भनेर बोली फेर्यो ।
संबिधान घोषणा हुनु दुई दिन मात्र अघि आएर भारतले आफना असन्तुष्टि खुलेरै बिशेष दूत जय शंकर मार्फत राख्न पठायो । बिहारको चुनाव र शान्ति सुरक्षाको निहुंबनाएर उसले नेपाललाई भन्यो अहिले संबिधान घोषणा नगर । हाम्रो चुनाव पछि मात्र गर । कि तराइका मागलाई संबोधन गर । उसको निहुं खोजाइ तराइका मागलाई संबोधन गर भन्नेनै थियो । भारतले भन्दैमा स्वतन्त्र सार्वभौम नेपालका नेताहरुले मान्नु पर्छ भन्ने ठानेनन् । सबै कुरामा मान्नु पनि हुंदैनथ्यो । तराइका जनप्रतिनिधिहरु संसद छाडेर हिंडेपछि अन्तत नेपालको संबिधान अत्यधिक वहुमतको आधारमा ९० पंतिशत सभासद्काे समर्थनमा घोषणा भएरै छाड्यो । साना देशका नेताहरुले मेरो कुरो नमान्ने भनेर अझ ७ माग भारतिय राजदूतमार्फत पठाएको कुरा पनि सार्वजनिक भयो । भारतको नियत के रहेछ अहिलेको अघोषित नाकाबन्दीले छर्लड०ग पार्छ । १६ बुंदे सहमति मेरो स्वीकृति सल्लाह बेगर भएकोमा उसको ठूलो आपत्ति थियो । यही सहमतिले नै नेपालमा संबिधान जारी हुन सकेको हो । मधेशबादी दल र भारतीय शासकको यसमा ठूलो आपत्ति थियो । भारतलाई लाग्दो हो ०७ साल ०१७ साल ०४६ र १२ बुंदे सहमति हुंदा यी सबैमा हाम्रो सल्लाह र सुझाब अनुसार भएका थिए भन्ने इगोले काम गरे जस्तो लाग्यो । यी कुराहरु बेग्लै परिस्थितिमा भएका थिए । तर संबिधान बनाउने कुरा सार्वभौम जनताका प्रतिनिधि वा हाम्रा नेताहरुले सबै कुरामा उसको सहयोगनै लिन पर्छ भन्ने थिएन । भारतको बिभिन्न किसिमको हस्तक्षेप पछि नेताहरु नगलेपछि उसले आन्दोलनकारीलाई सीमामा बसेर नाकावन्दी गर्न सहज वातावरण बनाइदियो । आन्दोलनकारीले पनि नेपाल र भारतको सिमानामा बसेर आन्दोलन गर्ने । भारतको भूमिबाट ढुंगामुडा हान्ने ,प्रहरीले हटाउन खोज्दा भारतपस्ने, आन्दोलनकारीलाई भारतीयशाषकले खाजा पानी खुवाउने जस्ता कार्य गरेर भारतबाट आन्दोलनकारीलाइ सहयोग पुग्ने कार्यनै भए । जसका कारण अघोषित नाकावन्दी सुरु भयो ।
यदी भारतले भने झैं संबिधान घोषणा गर्ने काम पर सारेको भए नेपालमा संबिधानसभाबाट स‌बिधान आउने थिएन वा भारतको हस्तक्षेप पछिल्ला दिनमा अझ भयंकर हुने थियो । नेपाली नेता संधै भारत परस्त भएर बाच्नु पथ्र्यो । लिकमा हिडिसकेकाे स‌बिधान बनाउनेकाम पर सार्दा धेरै दवाव र मुद्दाका बिषयहरु थपिदैं देश आगोको भुंमरिमा फस्ने निश्चित थियो । संबिधानसभाबाट संबिधान नआवस भन्ने तत्वलाई मसला राम्रै हुने थियो । जे होस संबिधान आयो । एउटा सात दशककाे ऐतिहासिक राजनीतिक कार्य सम्पन्न भयो । जसका लागि यो देशका धेरै मानिसले जीवन उत्सर्ग गरेका थिए । धेरै आरोह अवरोह, संकट पार गर्दै दुइ बर्षमा अाउनु पर्ने  झन्डै ९ बर्षको प्रयत्नपछि संविधान आयो । जसका लागि राज्यको खर्वौ लगानी भएको थियो । अब एउटा स्थायी घर बन्यो त्यसलाई सुन्दर पार्ने  रंगरोगन गर्ने काम बिस्तारै गर्दै जांदा हुने भो । कस्तो व्यवस्था र परिपाटी बसाल्ने , कस्तो संविधान बनाउने भन्ने सोचमा लागेर राजनीतिमा होमिने सबैलाई अब आर्थिक क्रान्तिका माध्यमबाट नेपालीको जीवनस्तर उकास्न बाटो खुलेको छ । नेपालमा संबिधानसभाबाट संबिधान आउला र भन्नेहरुका लागि ०६२ ।०६३ को आन्दोलन जस्तै संसारलाई अचम्म पार्ने गरी अघिल्ला स‌बिधानभन्दा प्रगतिशिल, र अहिलेको सोचले यस समयको उन्नत संबिधान सबैका वुद्धि वर्गतले भ्याएसम्मका तत्कालिक कुरालाई समेटेर संबिधान आएको छ । जनताका प्रतिनिधिहरु आफैले बनाएको संबिधान आएको छ । झन्डै ७ दशकको माग पुरा भएको छ । खुसियाली मनाउने धेरैले दिपावली पनि गरे, मन नपराउनेहरुले पोले । स‌बिधान देशकाे मूल कानून पनि हाे तर संबिधान आफैमा सबै कुरा भने होइन । संबिधान माध्यम हो । संबिधान बाटो देखाउने उज्यालो टर्चलाइट हो । अब यसलाई व्यवहारमा लागु गर्ने असल योग्य कर्मीहरुको आवस्यकता छ । तबमात्र संविधान आएर के पायौं । के पाइदो रहेछ आगामी दिनमा देखाउने छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा जनताले माओवादीहरुलाई संबिधान बनाउन ठुलै बिश्वासकासाथ भारी मत दिए । तर संबिधान बन्न सकेन उल्टै बाबुरामको नेतृत्वमा रहेको सरकारले संबिधानसभानै बिघटन गरिदिए । दोस्रो संबिधानसभाबाट जनताले पहिलो पार्टीलाई तेस्रोमा झारिदियो । नेपाली कांग्रेस र एमालेलाई मिलेर संबिधान बनाउ भन्दै पहिलो र दोस्रो पार्टीको रुपमा संबिधान बनाउन पुग्ने गरी मताधिकार दिए । उत्साहित प्रचण्ड मत परिणामबाट निरास देखिएका थिए । तर पछिल्लो कालमा संबिधान ल्याउनै पर्ने बाध्यता थियो । नसक्दा प्राप्त उपलव्धी पनि डुव्ने खतरा पनि त्यतिकै थियो । नेपाली कांग्रेस एमालेले जनादेश अनुसार लागेकै थिए भने पछिल्लो समयमा एमाओबादी पनि दृढ निर्णयमा पुगेका थिए । प्रचण्डले यसकालमा संबिधान नचाहने तत्वहरुलाई राम्ररी बुझे । केही संझौता गरेरै भए पनि आफना केही एजेन्डा सहितको संबिधान जारी गर्ने र बांकी एजेन्डामा लड्दै जाने सोचका साथ उनी दृढ भएर लागे । परिपक्व काम गरे भनेर संझिन योग्य मानिए । एमालेसंग सहकार्य गरेर संबिधान जारी गर्न उनले खेलेको भूमिका निश्चयनै स्वागत योग्य छ । खस्कदै गएको उनको उचाइ फेरी वढेको देख्न थालेका छन् ।
तर डा. बाबुराम भटृराईले संबिधानका यावत कुरामा सरिक भएर अन्तिममा सबिधानका प्रतिमा आफैले हस्ताक्षर गरेको मसि सुक्न नपाउंदै पार्टी छोडेर किन मधेशतिर लहसिन पुगे । ३ गते संबिधान जारी भयो । त्यही पार्टीको १० गते देखि शुरु हुने केन्द्रिय कमिटीको बैठकमा आफना पक्षको माग जोडदार उठाउलान् भन्ने मानिसले अड्कल काटेका थिए तर ९ गते शनिबार संबिधान आएको एक साता नबित्दै यस्तो कदम चाले । हुनत संबिधान आउने पक्का पक्कि भै सकेपछि वा आफनै समितिबाट अन्तिम सिफारिस गरे पछि उनी अली टाढीन थालेको कुरा सबैले बुझैकै हो । संबिधान घोषणा गर्ने प्रक्रिया केही दिन रोकौ भनेरे खिचोला निकालेका थिए । जब कि यो कुरा मोदीका बिशेष दूत आएर नेपालमा संबिधान रोक्न दबाब दिरहेकै बेला उनले यस्तो बखेडा नगरेका हैनन् । संबिधान आउने उपलक्षमा पार्टीहरुले दिपावली मनाउन आग्रह गरिरहंदा पनि सामाजिक संजालमा उनले लेखे दिपावली गरी हाल्नु पर्ने काम छैन, इतिहासले यो दिनलाई कसरी संझला भनेर लेख्न भ्याए । संबिधानसभाबाट संबिधान बनाउने सोचका साथ निरन्तर लडिरहेका र प्रचण्डसंग पार्टीमा ३० बर्ष बिताएका यीनमा संबिधान आएपछि भने यस्तो सोच कसरी आयो यस्मा पक्कै केही रहस्य लुृकेको छ , कुनै बेला खुल्ने अनुमान मानिसले गरेका छन् । संबिधानसभाबाट संबिधान पारित भै सकेपछि पनि अनुसांगिक मिलाउने अन्तिम कार्यको संयोजक भएर नेतृत्व गर्दै अन्तिम घडीसम्म पहलगर्दै आएको संबिधानबाट यतिचांडै किन बिरक्तिएका होलान् । नेपालमा संबिधानसभाबाट संबिधान आएको देख्न नसक्ने भारतको हेराइ र उनको हेराइ एउटै भए जस्तो लाग्यो । अहिले त उनी संबिधान पछि अब पार्टीको औचित्य समाप्त भयो । अब नयां चिराबाट अगाडी बढ्नुपर्छ भनेर देशमा आइरहेको संकट पूर्ण घडिमा झन् अन्यौलता थप्न पो लागि परेको देखियो । स‌कट परेकाे याे बेला सबै एकजुट भएर लाग्नु पर्नेमा उनमा किन बिचलन अायाे याे त समयले बताउलानै । उनको पछिल्लो समयमा पार्टीको प्रमुख पदमा पुग्ने तिब्र आंकाक्षामा ठेस पुगेर पो यसो गरेका हुन् कि वा आफु प्रधानमन्त्री भएको बेलामा संबिधान जारी गर्न सकिएन यसको श्रेय लिन सकिएन भनेर पो उनमा निरासा आएको हो । अब पुरानो घरमा नवस्ने ,पुरानो घरको काम छैन भन्दै एक्कासि पार्टी छोडेको देख्दा उनमा कतै राजनैतिक बिचलन पो आएको हो कि । किन, कस्का लागि यस्तो काम गरे, उनकै पार्टीका हरिबोल गजुरेलले भने भटृराई कसैका गंभिर योजनामा फसे । उनकै सहयोद्धाका रुपमा रहेका देबेन्द्र पौडेल, टोप बहादुर रायमाझीले समेत भटृराइले ठिक काम गरेनन् , गलत समयमा पार्टीबाट बाहिर निस्के भने । प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगिसकेको मानिसले देशमा संकट आइपरेको बखतमा , संबिधान सभाका ९० प्रतिशत प्रतिनिधिको सहमतिबाट बनेको संबिधानधानलाई थेग्न जोगाउन पहल हुंदैन र यसमा भएका कमिकमजोरी सच्याउन प्रयत्न गर्दैनन् भने भोली नयां पार्टी खोल्दैमा यिनीबाट देशको समस्या समाधान होला त ? अाजकाे समस्या त हिजाे भट्रराइजस्ता नेताले राेपेकाे बीउ अहिले टुसाएर अाज याे समस्याले गा‌जेकाे हाे । सिंगै नेपालको नेताभएर रहेका उनी अहिले मधेसको सहानुभूति लिएर भारतको चाहना पुरा गर्न खोजेका त हैनन् भन्ने स‌का धेरैलाइ लागेकाे छ । निश्चयनै मधेसी र थारुहरुको जायजमाग संबोधन हुनुपर्छनै  स‌बिधान सम्मत हिसावले। पार्टीभित्र रहंदा पनि बिद्रोहको बाटो हैन शान्ति र संबिधानलाई प्रमुख कार्य ठानेर लाग्नु पर्छ भन्ने यी स‌बिधान अाएपछि पार्टी र सा‌सद पदनै छाेडेर अहिले अागाेमा घ्यु थपिरहेका छनं । भट्राइले राजीनामा दिएर सडकमा अाउनु उता भारतले नाकाबन्दी गरेर मधेसीदलका मागलाइ बल पुग्नु एकैपटक भएकाे छ ।

अर्थमन्त्री रहंदा पनि बढी राजस्व स‌कलन गरेर चर्चामा अाएकै हुन् ।  प्रधानमन्त्री हुंदा पनि धेरै मानिस आशाबादी थिए तर बिप्पा संझौता गरेर भारतको चाहना पुरा गर्न खोजेर ठुलै बिरोध पाए पनि  बिकासको एउटा मोडेल ल्याउन सफल भएका थिए । अहिले राजधानीको मुहार फेर्ने काम उनको मोडेलले  गरेकै हाे । हुन त नयां शक्तिको खांचो छ भनेर दुई बषअघि नेपाल साप्ताहिकमा लेख लेखेर बहस नचलाएका भने हाेइनन् । स‌कटकाे अवस्थामा उनकाे राजनीतिक पलायनले उब्जाएकाे समस्या र अान्दाेलनकारीकाे कतिपय नाजायज मागलाइ बल दिने कामकाे भने मानिसले हेक्का राखिरहने छन् नै । अब के  नयां पार्टी खोलेर छलाड० मार्न सक्लान्  वा कसलाइ खुसी पार्न याे काम गरे उ खुसी हाेला वा नहाेला । अहिलेसम्मको नेपाल र नेपालीको सोचाइ बुझ्दा उनले छलाड० मार्न सक्दैनन्  । एउटा अर्को नयां पार्टीकाे खिचडी पाक्ला र केही मानिसको झुन्डलिएर अध्यक्ष भएर बस्लान् । त्यो भन्दा माथि केही हुनेवाला छैन ।

जय ब्लग । gpkarki@gmail.com