स‌बिधान र बाबुराम भटृराई


७ दशको प्रयत्नपछि बल्ल जनताका प्रतिनिधिहरुद्धारा संबिधानसभाबाट बनेको ऐतिहासिक संबिधानको घोषण ०७२ असोज ३ गते भयो । संबिधान घोषणा हुंदा सिंगै नेपालमा रहेका नेपालीले हर्षोल्लास र दिपावली मनाएर खुसी मनाउन भने सकेनन् । बिश्वका धेरै देशहरुले स्वागत गरे पनि नजिककाे मित्र ठानिएको छिमेकि भारतले भने स्वागत गर्न सकेन । देश ठूलो भए पनि उसको सानो चित्त रहेछ । माेदीकाे छिमेकीलाइ साथ लिएर अघि बढ्ने कुरा हात्तीकाे देखाउने दा‌त जस्तै रहेछ ।  संयुक्त राष्ट्रसंघजस्तो संस्थाले पनि छिमेकिले झैं जिब्रो चपाएरै बोलेको थियो । परन्तु एकहप्ता पछि कोशेढुंगा भनेर बोली फेर्यो ।
संबिधान घोषणा हुनु दुई दिन मात्र अघि आएर भारतले आफना असन्तुष्टि खुलेरै बिशेष दूत जय शंकर मार्फत राख्न पठायो । बिहारको चुनाव र शान्ति सुरक्षाको निहुंबनाएर उसले नेपाललाई भन्यो अहिले संबिधान घोषणा नगर । हाम्रो चुनाव पछि मात्र गर । कि तराइका मागलाई संबोधन गर । उसको निहुं खोजाइ तराइका मागलाई संबोधन गर भन्नेनै थियो । भारतले भन्दैमा स्वतन्त्र सार्वभौम नेपालका नेताहरुले मान्नु पर्छ भन्ने ठानेनन् । सबै कुरामा मान्नु पनि हुंदैनथ्यो । तराइका जनप्रतिनिधिहरु संसद छाडेर हिंडेपछि अन्तत नेपालको संबिधान अत्यधिक वहुमतको आधारमा ९० पंतिशत सभासद्काे समर्थनमा घोषणा भएरै छाड्यो । साना देशका नेताहरुले मेरो कुरो नमान्ने भनेर अझ ७ माग भारतिय राजदूतमार्फत पठाएको कुरा पनि सार्वजनिक भयो । भारतको नियत के रहेछ अहिलेको अघोषित नाकाबन्दीले छर्लड०ग पार्छ । १६ बुंदे सहमति मेरो स्वीकृति सल्लाह बेगर भएकोमा उसको ठूलो आपत्ति थियो । यही सहमतिले नै नेपालमा संबिधान जारी हुन सकेको हो । मधेशबादी दल र भारतीय शासकको यसमा ठूलो आपत्ति थियो । भारतलाई लाग्दो हो ०७ साल ०१७ साल ०४६ र १२ बुंदे सहमति हुंदा यी सबैमा हाम्रो सल्लाह र सुझाब अनुसार भएका थिए भन्ने इगोले काम गरे जस्तो लाग्यो । यी कुराहरु बेग्लै परिस्थितिमा भएका थिए । तर संबिधान बनाउने कुरा सार्वभौम जनताका प्रतिनिधि वा हाम्रा नेताहरुले सबै कुरामा उसको सहयोगनै लिन पर्छ भन्ने थिएन । भारतको बिभिन्न किसिमको हस्तक्षेप पछि नेताहरु नगलेपछि उसले आन्दोलनकारीलाई सीमामा बसेर नाकावन्दी गर्न सहज वातावरण बनाइदियो । आन्दोलनकारीले पनि नेपाल र भारतको सिमानामा बसेर आन्दोलन गर्ने । भारतको भूमिबाट ढुंगामुडा हान्ने ,प्रहरीले हटाउन खोज्दा भारतपस्ने, आन्दोलनकारीलाई भारतीयशाषकले खाजा पानी खुवाउने जस्ता कार्य गरेर भारतबाट आन्दोलनकारीलाइ सहयोग पुग्ने कार्यनै भए । जसका कारण अघोषित नाकावन्दी सुरु भयो ।
यदी भारतले भने झैं संबिधान घोषणा गर्ने काम पर सारेको भए नेपालमा संबिधानसभाबाट स‌बिधान आउने थिएन वा भारतको हस्तक्षेप पछिल्ला दिनमा अझ भयंकर हुने थियो । नेपाली नेता संधै भारत परस्त भएर बाच्नु पथ्र्यो । लिकमा हिडिसकेकाे स‌बिधान बनाउनेकाम पर सार्दा धेरै दवाव र मुद्दाका बिषयहरु थपिदैं देश आगोको भुंमरिमा फस्ने निश्चित थियो । संबिधानसभाबाट संबिधान नआवस भन्ने तत्वलाई मसला राम्रै हुने थियो । जे होस संबिधान आयो । एउटा सात दशककाे ऐतिहासिक राजनीतिक कार्य सम्पन्न भयो । जसका लागि यो देशका धेरै मानिसले जीवन उत्सर्ग गरेका थिए । धेरै आरोह अवरोह, संकट पार गर्दै दुइ बर्षमा अाउनु पर्ने  झन्डै ९ बर्षको प्रयत्नपछि संविधान आयो । जसका लागि राज्यको खर्वौ लगानी भएको थियो । अब एउटा स्थायी घर बन्यो त्यसलाई सुन्दर पार्ने  रंगरोगन गर्ने काम बिस्तारै गर्दै जांदा हुने भो । कस्तो व्यवस्था र परिपाटी बसाल्ने , कस्तो संविधान बनाउने भन्ने सोचमा लागेर राजनीतिमा होमिने सबैलाई अब आर्थिक क्रान्तिका माध्यमबाट नेपालीको जीवनस्तर उकास्न बाटो खुलेको छ । नेपालमा संबिधानसभाबाट संबिधान आउला र भन्नेहरुका लागि ०६२ ।०६३ को आन्दोलन जस्तै संसारलाई अचम्म पार्ने गरी अघिल्ला स‌बिधानभन्दा प्रगतिशिल, र अहिलेको सोचले यस समयको उन्नत संबिधान सबैका वुद्धि वर्गतले भ्याएसम्मका तत्कालिक कुरालाई समेटेर संबिधान आएको छ । जनताका प्रतिनिधिहरु आफैले बनाएको संबिधान आएको छ । झन्डै ७ दशकको माग पुरा भएको छ । खुसियाली मनाउने धेरैले दिपावली पनि गरे, मन नपराउनेहरुले पोले । स‌बिधान देशकाे मूल कानून पनि हाे तर संबिधान आफैमा सबै कुरा भने होइन । संबिधान माध्यम हो । संबिधान बाटो देखाउने उज्यालो टर्चलाइट हो । अब यसलाई व्यवहारमा लागु गर्ने असल योग्य कर्मीहरुको आवस्यकता छ । तबमात्र संविधान आएर के पायौं । के पाइदो रहेछ आगामी दिनमा देखाउने छ ।
पहिलो संबिधानसभाको निर्वाचनमा जनताले माओवादीहरुलाई संबिधान बनाउन ठुलै बिश्वासकासाथ भारी मत दिए । तर संबिधान बन्न सकेन उल्टै बाबुरामको नेतृत्वमा रहेको सरकारले संबिधानसभानै बिघटन गरिदिए । दोस्रो संबिधानसभाबाट जनताले पहिलो पार्टीलाई तेस्रोमा झारिदियो । नेपाली कांग्रेस र एमालेलाई मिलेर संबिधान बनाउ भन्दै पहिलो र दोस्रो पार्टीको रुपमा संबिधान बनाउन पुग्ने गरी मताधिकार दिए । उत्साहित प्रचण्ड मत परिणामबाट निरास देखिएका थिए । तर पछिल्लो कालमा संबिधान ल्याउनै पर्ने बाध्यता थियो । नसक्दा प्राप्त उपलव्धी पनि डुव्ने खतरा पनि त्यतिकै थियो । नेपाली कांग्रेस एमालेले जनादेश अनुसार लागेकै थिए भने पछिल्लो समयमा एमाओबादी पनि दृढ निर्णयमा पुगेका थिए । प्रचण्डले यसकालमा संबिधान नचाहने तत्वहरुलाई राम्ररी बुझे । केही संझौता गरेरै भए पनि आफना केही एजेन्डा सहितको संबिधान जारी गर्ने र बांकी एजेन्डामा लड्दै जाने सोचका साथ उनी दृढ भएर लागे । परिपक्व काम गरे भनेर संझिन योग्य मानिए । एमालेसंग सहकार्य गरेर संबिधान जारी गर्न उनले खेलेको भूमिका निश्चयनै स्वागत योग्य छ । खस्कदै गएको उनको उचाइ फेरी वढेको देख्न थालेका छन् ।
तर डा. बाबुराम भटृराईले संबिधानका यावत कुरामा सरिक भएर अन्तिममा सबिधानका प्रतिमा आफैले हस्ताक्षर गरेको मसि सुक्न नपाउंदै पार्टी छोडेर किन मधेशतिर लहसिन पुगे । ३ गते संबिधान जारी भयो । त्यही पार्टीको १० गते देखि शुरु हुने केन्द्रिय कमिटीको बैठकमा आफना पक्षको माग जोडदार उठाउलान् भन्ने मानिसले अड्कल काटेका थिए तर ९ गते शनिबार संबिधान आएको एक साता नबित्दै यस्तो कदम चाले । हुनत संबिधान आउने पक्का पक्कि भै सकेपछि वा आफनै समितिबाट अन्तिम सिफारिस गरे पछि उनी अली टाढीन थालेको कुरा सबैले बुझैकै हो । संबिधान घोषणा गर्ने प्रक्रिया केही दिन रोकौ भनेरे खिचोला निकालेका थिए । जब कि यो कुरा मोदीका बिशेष दूत आएर नेपालमा संबिधान रोक्न दबाब दिरहेकै बेला उनले यस्तो बखेडा नगरेका हैनन् । संबिधान आउने उपलक्षमा पार्टीहरुले दिपावली मनाउन आग्रह गरिरहंदा पनि सामाजिक संजालमा उनले लेखे दिपावली गरी हाल्नु पर्ने काम छैन, इतिहासले यो दिनलाई कसरी संझला भनेर लेख्न भ्याए । संबिधानसभाबाट संबिधान बनाउने सोचका साथ निरन्तर लडिरहेका र प्रचण्डसंग पार्टीमा ३० बर्ष बिताएका यीनमा संबिधान आएपछि भने यस्तो सोच कसरी आयो यस्मा पक्कै केही रहस्य लुृकेको छ , कुनै बेला खुल्ने अनुमान मानिसले गरेका छन् । संबिधानसभाबाट संबिधान पारित भै सकेपछि पनि अनुसांगिक मिलाउने अन्तिम कार्यको संयोजक भएर नेतृत्व गर्दै अन्तिम घडीसम्म पहलगर्दै आएको संबिधानबाट यतिचांडै किन बिरक्तिएका होलान् । नेपालमा संबिधानसभाबाट संबिधान आएको देख्न नसक्ने भारतको हेराइ र उनको हेराइ एउटै भए जस्तो लाग्यो । अहिले त उनी संबिधान पछि अब पार्टीको औचित्य समाप्त भयो । अब नयां चिराबाट अगाडी बढ्नुपर्छ भनेर देशमा आइरहेको संकट पूर्ण घडिमा झन् अन्यौलता थप्न पो लागि परेको देखियो । स‌कट परेकाे याे बेला सबै एकजुट भएर लाग्नु पर्नेमा उनमा किन बिचलन अायाे याे त समयले बताउलानै । उनको पछिल्लो समयमा पार्टीको प्रमुख पदमा पुग्ने तिब्र आंकाक्षामा ठेस पुगेर पो यसो गरेका हुन् कि वा आफु प्रधानमन्त्री भएको बेलामा संबिधान जारी गर्न सकिएन यसको श्रेय लिन सकिएन भनेर पो उनमा निरासा आएको हो । अब पुरानो घरमा नवस्ने ,पुरानो घरको काम छैन भन्दै एक्कासि पार्टी छोडेको देख्दा उनमा कतै राजनैतिक बिचलन पो आएको हो कि । किन, कस्का लागि यस्तो काम गरे, उनकै पार्टीका हरिबोल गजुरेलले भने भटृराई कसैका गंभिर योजनामा फसे । उनकै सहयोद्धाका रुपमा रहेका देबेन्द्र पौडेल, टोप बहादुर रायमाझीले समेत भटृराइले ठिक काम गरेनन् , गलत समयमा पार्टीबाट बाहिर निस्के भने । प्रधानमन्त्री जस्तो उच्च ओहोदामा पुगिसकेको मानिसले देशमा संकट आइपरेको बखतमा , संबिधान सभाका ९० प्रतिशत प्रतिनिधिको सहमतिबाट बनेको संबिधानधानलाई थेग्न जोगाउन पहल हुंदैन र यसमा भएका कमिकमजोरी सच्याउन प्रयत्न गर्दैनन् भने भोली नयां पार्टी खोल्दैमा यिनीबाट देशको समस्या समाधान होला त ? अाजकाे समस्या त हिजाे भट्रराइजस्ता नेताले राेपेकाे बीउ अहिले टुसाएर अाज याे समस्याले गा‌जेकाे हाे । सिंगै नेपालको नेताभएर रहेका उनी अहिले मधेसको सहानुभूति लिएर भारतको चाहना पुरा गर्न खोजेका त हैनन् भन्ने स‌का धेरैलाइ लागेकाे छ । निश्चयनै मधेसी र थारुहरुको जायजमाग संबोधन हुनुपर्छनै  स‌बिधान सम्मत हिसावले। पार्टीभित्र रहंदा पनि बिद्रोहको बाटो हैन शान्ति र संबिधानलाई प्रमुख कार्य ठानेर लाग्नु पर्छ भन्ने यी स‌बिधान अाएपछि पार्टी र सा‌सद पदनै छाेडेर अहिले अागाेमा घ्यु थपिरहेका छनं । भट्राइले राजीनामा दिएर सडकमा अाउनु उता भारतले नाकाबन्दी गरेर मधेसीदलका मागलाइ बल पुग्नु एकैपटक भएकाे छ ।

अर्थमन्त्री रहंदा पनि बढी राजस्व स‌कलन गरेर चर्चामा अाएकै हुन् ।  प्रधानमन्त्री हुंदा पनि धेरै मानिस आशाबादी थिए तर बिप्पा संझौता गरेर भारतको चाहना पुरा गर्न खोजेर ठुलै बिरोध पाए पनि  बिकासको एउटा मोडेल ल्याउन सफल भएका थिए । अहिले राजधानीको मुहार फेर्ने काम उनको मोडेलले  गरेकै हाे । हुन त नयां शक्तिको खांचो छ भनेर दुई बषअघि नेपाल साप्ताहिकमा लेख लेखेर बहस नचलाएका भने हाेइनन् । स‌कटकाे अवस्थामा उनकाे राजनीतिक पलायनले उब्जाएकाे समस्या र अान्दाेलनकारीकाे कतिपय नाजायज मागलाइ बल दिने कामकाे भने मानिसले हेक्का राखिरहने छन् नै । अब के  नयां पार्टी खोलेर छलाड० मार्न सक्लान्  वा कसलाइ खुसी पार्न याे काम गरे उ खुसी हाेला वा नहाेला । अहिलेसम्मको नेपाल र नेपालीको सोचाइ बुझ्दा उनले छलाड० मार्न सक्दैनन्  । एउटा अर्को नयां पार्टीकाे खिचडी पाक्ला र केही मानिसको झुन्डलिएर अध्यक्ष भएर बस्लान् । त्यो भन्दा माथि केही हुनेवाला छैन ।

जय ब्लग । gpkarki@gmail.com

Advertisements

ट्यागहरु:

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )


%d bloggers like this: