चीनमा नयां वर्ष, नेपालमा ल्हाेछार
हामी नेपाली हौं । हामीले आफुले मनाउने चाडवाडहरु कसरी मनाइन्छ भन्ने ’boutमा जानी राख्नु र अन्यलाई वताउंन सक्ने हुनु राम्रो कुरा हो । यसअलवा अरुका चाडवाड पनि कस्ता हुन्छन् र कसरी त्यसलाई मनाउंछन् भन्ने ’boutमा जान्नु अझ धेरै राम्रो हो । अहिले समृद्धिको उकालो चढी रहेको चीनमा नयां वर्ष कसरी मनाउंदा रहेछन् ब्लगमित्रहरुमा पनि जानकारी बांड्ने हिसावले यो टांसो राखेको छु । थप थाप गर्न सुझाव पनि दिन सक्नु हुन्छ है ।
हामी नेपाली लुनार क्यालेन्डर अर्थात चन्द्र पात्रो अनुसार चल्छौैं । पश्चिमाहरु भने सौर्यपात्रो प्रयोग गर्दछन् । चिनियाहरु पनि चन्द्रमासको पात्रो नै प्रयोग गर्दछन् । तर व्यवहारमा भने गणनालाई उनीहरु इस्वी संवत लाई प्रयोगमा ल्याउंछन् । यही फेब्रुअरी ९ तारिख देखि नेपाली संवत् अनुसार माघ २६ मगलवारबाट चीनमा नयांवर्ष धुमधामका साथ मनाउने गर्दछन् । सयाेगबस यसपाला नेपालमा पनि तामाड०हरुले मनाउने साेनाम ल्हाेछार पनि २६ गते मगलवार नै परेकाे छ , बादर वर्षकाे रुपमा । ल्हाेछार अर्थात ल्हाे भनेकाे बर्ष र छार भनेकाे नया हाे । नेपालका बाैद्ध सम्पदायका गुरुड० शेर्पा, थकाली, तामाड० ल्हाेल्माे लगायतले , ल्होसारको रुपमा चिनियां चलनकै अनुसार यहां पनि माघ महिनामानै नयां वर्ष मनाउने गर्दछन् । नया बर्षका रुपमा मनाइने यसलाइ ल्हाेसार र ल्हाेसर पनि भन्ने गरेकाे सुनिन्छ । यसपाला गुरुड० जातिले पुस १५ मै ल्हाेछार नया वर्ष मनाए । नेपालमा भएका यी हिमाली बाैद्ध जातिहरुको नया वर्ष पनि चिनियाहरुको जस्तै मुसावर्षबाट सुरु भएर सुंगुर वर्षमा टुंगिन्छ । हरेक बाह्र वर्षमा फेरी दोहोरिने गर्छ । भरखरै भेडा वर्ष सन् २०१५ बिदा भएकाे छ । अव अर्काे भेडा वर्ष सन् २०२७ अर्थात १२ बर्ष पछि पुन दाेहाेरिएर घुमिरहन्छ । चीनमा पनि त्यस्तै परम्परा रहेछ । चीन र नेपालमा मनाइने वर्षहरुमा चीनमा ड्रागन वर्षको रुपमा मनाइन्छ भने नेपालमा कसैले ड्रागनवर्षको सटृा गरुड बर्ष खरायाेकाे सट्टा बिरालाे सुगुरकाे सट्टा बदेल मानेर मनाइने चलन छ । १२ वटा जनावरका नामबाट रहेका वर्षहरु यस्ता छन् मुसा , गाई, बाघ, खरायो, गरुड, सर्प,घोडा, भेडा, बांदर, कुखुरा, कुकुर र सुंगुर बर्ष का रुपमा मनाइन्छ । नेपालका गुरुड०, शेर्पा, थकाली र तामाड० आदिले यस वर्षलाई बांदर वर्षका रुपमा ल्होसार पर्वदेखि नयां वर्ष सुरु भएको मानेकाछन् । अाफ्नाे उमेर गणना गर्न ल्हाेछारबाटै शुरु हुन्छ । याे पर्व चीन नेपालमा मात्र हैन तिब्बत, मगाेलिया, भियतनाम, सिक्किम थाइल्यान्ड, ताइवान, हड०कड०, जापान, काेरिया, लाअाेस, भुटान र उततरी भारतमा समेत मनाइन्छ ।
चीनमा पनि भेडा वर्षलाई विदा गरेर फेब्रुअरी ९ तारिख देखि बांदर वर्षका रुपमा मनाउंदैछन् । नयां वर्षलाई चीनमा बसन्त चाड भनिन्छ । चिनिंया भाषामा भने छुन्चु भनिन्छ । याे परम्परागत चिनिया वर्ष ४७१४ औ्रं नयां वर्ष हो । नयां पुस्ताका चिनियाहरु भने यो नयां वर्षलाई बांदर वर्ष २०१६ भनेर बुझ्दछन् । परम्परागत चिनिया वर्षको गणना व्यवहारमा नभएकोले यसो भएको हुनु पर्छ । चिनियाहरु पनि गणनालाई इस्वि संवतलाइनै प्रयोग गर्दछन् ।
नेपालमा मनाइने हिन्दुहरुको ठुलो चाड दशैंमा विदेश गएकाहरु पनि स्वदेस आउने र चाड मनाउने गर्दछन् भने चिनिया वर्ष मनाउने चिनियाहरुचांहि यस वेलामा धेरै जसो घुम्न अरु देस देसावर जान रुचाउंदा रहेछन् । आर्थिक समृद्धिका कारण हुन सक्छ अघिल्ला वर्ष भन्दा हरेक वर्ष वसन्त चाडका विदामा यसरी घुम्न रुचाउने वा चीन भित्रकै पनि विििभन्न ठार्उंमा घुम्न चाहनेको संख्या ह्वातै वढेको कुरा पढ्न पाइन्छ । रेल, हवाइ जहाज, समुन्द्री जाहजका माध्यमबाट करोडौं मानिसले नयां ठाउंको यात्रा गर्दछन् । नया वर्ष अथवा वसन्त चाडमा चिनियाहरुले खाने, घुम्ने र भोजभतेर गर्ने कुरामा धेरै रकम खर्चन्छन् । भ्रमण गर्न रुचाउने, महंगा महंगा कुराहरु किनमेल गर्ने । पटका पड्काउने, उपहार बांड्ने गरेर ठूलो रकम खर्च हुन्छ । नयां वर्षमा धेरै चिनियाहरुले भ्रमणमै आफनो धेरै रकम खर्च गर्ने गर्दछन् । चीनमा नया वर्ष दश पन्द् दिनसम्म धुमधामका साथ मनाइदाे रहेछ । यस चाडमा बिदा पनि लामै समय हुने कुरा नेपाल र चीनकाे सीमानामा रहेकाे केरुड० नाकानै २ हप्ताका लागि पुरै बन्द हुने कुराले याे चाडकाे महत्व कति रहेछ हामी अाफै थाहा पाउछाै ।
चिनिया अन्तराष्टिय रेडियोको बेइजिड०स्थित नेपाली सेवामा काम गर्ने चेतनाथ आचार्यज्यूले चिनिया वर्षका ’boutमा त्यहां बस्दा भोगेका कुरा लेख्नु भएको छ । जुन हाम्रा लागि रोचक लाग्छन् । चीनमा पनि त्यस्तो अन्धविश्वासी कामहरु अझै पनि हुंदा रहेछन् । वसन्त चाडमा पानी कमलका बियां खायो भने छोरा जन्मिन्छ भन्ने बिश्वास पनि छ । त्यस्तै चिनियां अन्धविश्वासअनुसार सबैभन्दा भाग्यशाली वर्षहरुमा ड्रागन, बाघ, घोडा, सर्प ,बांदर , कुकुर वर्ष पर्दछन् । यो बर्षमा चीनमा जन्मदर उच्च हुने गर्छ तर भेडा, सुंगुर र मुसा वर्षलाई अत्यन्त नराम्रो वर्ष मानिन्छ । यी वर्षमा दम्पतीले सकेसम्म बच्चा जन्माउने योजना बनाउंदैनन् । यस अवधिमा चीनको कुनै कुनै भागमा ताजा र सेतो तोफु खाइदैन यस्तो तोफुलाई त्यतिवेला दुर्भाग्य र मुत्युको प्रतीक मानिंदो रहेछ ।
यस वर्ष वांदर वर्ष परेकोले रातो रड०को सजावट देखि लगाउने कुरामा पनि रातै रड० सबैभन्दा वढी प्रयोग हुन्छ । वसन्त चाडअगाडि चीनमा रातो रड०का महिलाका भित्री वस्त्र ( व्रा , पेन्टी ) तथा पुरुषले पनि अन्डरवेयर रातै रड०का वढी किन्ने लगाउने गर्दछन् । बांदर वर्षमा जन्मिएका सबै चिनियाले यो चाडमा भित्री पोसाक रातो रड०को लगाउने चलन छ ।
हामी नेपालीले जस्तै चिनियाहरुले पनि नयां वर्षलाई ठूलो चाडका रुपमा लिएका हुन्छन् । त्यसैले यस बेलामा आफनो घर सफा राख्ने, सडक गल्ली , बजार , कार्यालय, बिद्यालय , कलकारखाना सबैतिर सफा राख्ने र जताततै राता बत्ती लालटेनले सजाउने गर्दछन् । यस समयमा पुरै चीन रातो बस्तुले सजिएको हुन्छ ।
नेपालमा चाडवाड सुरु हुनु पूर्व सर सफाइमा ध्यान दिएजस्तै चीनमा पनि चिनियाहरुले नयां वर्ष सुरु हुने अघिल्लो दिन सरसफा गर्ने र त्यसरी सफा गर्दा आएको फोहर भने वाहिर फाल्ने गर्दा रहेनछन् । त्यसमा नयां वर्षका लागि जोह गरिएका धन सम्पत्ति पनि फ्याकिन्छ भन्ने विस्वासले त्यसलाई एकातिर राखिन्छ । ल्हाेछार एक परिचय भन्न् पुस्तकमा वताइए अनुसार नेपालकाे हिमाली भेगमा याे नया वर्ष मनाउने क्ंममा नया वर्षकाे १५ दिन अघिबाटै गहु जाै मकैकाे समर्द्दिकाे रुपमा लाेफुइ अर्थात जमरा राख्ने चलन छ । चिनियाहरुले जस्तै बाहैां महिनाकाे २९ अाै दिनका दिन बिहान सवेरै नुहाउने सबैतिर सरसफाइ गर्ने कार्यबाट याे पर्ब शुरु हुन्छ । त्यस दिन बेलुका ९ भन्दा बढी अन्नकाे परिकार बनाएर खाने पनि गरिन्छ । हामी नेपाली पनि महिनाको पहिलो दिन एक गते प्राय पैसा दिन, वा अरु नराम्रा काम गर्न रुचाउंदैनौ । त्यसदिन मिठो खाए संधै मिठो खान पाइने ठान्दछौं र दुख पाए संधै दुख पर्छ भन्ने विस्वास भए जस्तै चिनियाहरु पनि नयां वर्षको पहिलो दिन घर सार्दैनन् । विरामी भए पनि हतपत्त डाक्टरकोमा जांदैनन् । लुगा धनुे, सिरकका खोल तथा तन्नाहरु धुंदैनन् । कपाल काट्दैनन् । नयां वर्षका दिन मृत्युका कुरा, रोगका कुरा प्रकोप आदिका कुरा प्रसंगवस पनि उठाउंदैनन् । यस दिन राम्रा र शुभ कुराहरु मात्र हेर्ने, सुन्ने ,गर्ने गर्न रुचाउंछन् । बिहे गरेर घर गएकी छोरी नयां वर्षका दिन माइत आउंन हुंदैन भन्ने चलन छ ।
अझ गजव त चिनियाहरु वसन्त चाडको एक हप्ताभरिु धारिलो हतियार चलाउदैनन् । मारकाट् गर्दैनन् । नयां वर्षका लागि चाहिने मासु पनि एक हप्ता अघिनै किनेर फ्रिजमा राख्ने गर्दछन् । हतियार निकालेर केही काट्ने काम सम्म गर्नु हुंदैन , गर्दैनन् । भएका सबै हात हतियार लुकाएर राख्ने चलन छ । कपाल काट्ने कैंचीदेखि नड० काट्ने नेलकट पनि चलाउनु हुन्न भन्ने बिश्वास चिनियाहरुमा छ ।
हाम्रो चाड वाडको लोकप्रिय बस्तु मासु भने झै चिनियाहरुको यस चाडमा परिवार भेला भएर खाइने लोकप्रिय खाना भने चिआवो च हो । यो एक प्रकारको मम हो । यसलाई पानीमा डुवाएर पकाउने गरिन्छ ।
याे नया वर्ष मनाउने चलन चीनवाटै शुरु भएकाे बिस्वास गरिन्छ । इतिहासकार एब सस्कर्तिविद्हरुकाे भनाइ अनुसार पात्राेकाे चलन चीनवाटै शुरु भएकाे ठानिन्छ । पाचिन कालदेखि चीनमा पचलित याे परमपरा पछि तिब्बत र तिब्बतमा पचलित बुद्धधर्म मान्ने नेपाली जनजाति शेर्पा तामाड० अादिमा पनि मान्ने चलन अाएकाे हुनु पर्छ । तिब्बतसग हाम्राे सम्वन्ध अाजकाे हैन धेरै पुरानाे हाे । ७ अाै शताब्दीतिर नेपाली राजकुमारी भृकुटी र चिनिया राजकुमार सङचङ गम्पाेसंग बिबाह नै भै सकेकाे थियाे ।
जय ब्लग ।
gpkarki@gmail.com